मैले बीस वर्षभन्दा बढी समयदेखि बाइबल अध्ययन गर्दैआएको छु। बाइबललाई ४० जनाभन्दा बढी विभिन्न लेखकहरूद्वारा फरक-फरक समयमा लेखिएको भए पनि यसमा एउटै पनि त्रुटि छैन भन्‍ने मैले थाहा पाएको छु। यसले परमेश्‍वर नै बाइबलको वास्तविक लेखक हुनुहुन्छ, र धर्मशास्त्रका सबै पुस्तकहरू पवित्र आत्माबाट आएका हुन् भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ।

6 फेब्रुअरी 2022

सन्दर्भका लागि बाइबल पदहरू:

“यहोयाकीनले शासन गर्न थाल्दा तिनी अठाह्र वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना शासन गरे। तिनकी आमाको नाउँ नेहूश्‍ता थियो, जो यरूशलेमकी एल्‍नातानकी छोरी थिइन्” (२ राजा २४:८)

“यहोयाकीनले शासन गर्न थाल्दा तिनी आठ वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना दश दिन शासन गरे: र तिनले त्यही काम गरे जुन यहोवाको नजरमा दुष्कर्म थियो” (२ इतिहास ३६:९)

“येशूले उसलाई भन्‍नुभयो, साँच्‍चै म तिमीलाई भन्छु, आजको रात, भाले बास्‍नुभन्दा पहिले, तिमीले मलाई तीनपटक इन्कार्नेछौ” (मत्ती २६:३४)

“र येशूले तिनलाई भन्‍नुभयो, म साँच्‍चै तिमीलाई भन्छु, आज, यही रात दुईपटक भाले बास्‍नुभन्दा पहिले, तिमीले मलाई तीनपटक इन्कार गर्नेछौ” (मर्कूस १४:३०)

“अनि उहाँले भन्‍नुभयो, पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्छौ भन्‍ने कुरालाई तीनपटक इन्कार नगरेसम्‍म आज भाले बास्‍नेछैन” (लूका २२:३४)

“येशूले तिनलाई जवाफ दिनुभयो, के तिमी मेरो खातिर आफ्‍नो ज्यान दिन्छौ? साँचो-साँचो म तिमीलाई भन्छु, तिमीले मलाई तीनपटक इन्कार नगरूञ्‍जेलसम्‍म भाले बास्‍नेछैन” (यूहन्‍ना १३:३८)

“अनि तिनले मन्दिरमा चाँदीका टुक्राहरू फ्याँके, र त्यहाँबाट हिँडे, अनि गएर झुन्डिएर आत्महत्या गरे” (मत्ती २७:५)

“अब यो मानिसले अधर्मको इनामबाट जमिन किन्यो; र उँधोमुन्टो भई खसेर, दुई भाग भई फुट्यो, र त्यसका सबै आन्द्रा-भुँडी छताछुल्ल भए” (प्रेरित १:१८)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

बाइबल इस्राएलमा परमेश्‍वरले गर्नुभएको कार्यको ऐतिहासिक अभिलेख हो, र यसले प्राचीन भविष्यवक्ताहरूको धेरै भविष्यवाणीका साथै त्यस समयमा उहाँको कार्यमा यहोवाले बोल्‍नुभएका केही वाणीहरूको अभिलेख राख्छ। यसैले, सबै मानिसहरूले यस पुस्तकलाई पवित्र ठान्छन् (किनकि परमेश्‍वर पवित्र र महान् हुनुहुन्छ)। अवश्य नै, यी सबै यहोवाप्रतिको तिनीहरूको श्रद्धा र परमेश्‍वरप्रतिको तिनीहरूको उपासनाको परिणाम हो। परमेश्‍वरका सृष्टिहरूले आफ्ना सृष्टिकर्ताको यति आदर गर्ने र प्रिय ठान्‍ने भएकाले मात्रै मानिसहरूले यो पुस्तकलाई यसरी उल्‍लेख गर्छन्, र यस पुस्तकलाई स्वर्गीय पुस्तक भनी भन्‍ने मानिसहरू पनि छन्। वास्तवमा, यो मानव अभिलेख मात्र हो। यो व्यक्तिगत तवरमा यहोवाले नामाकरण गर्नुभएको थिएन, न त यहोवाले यसको सृष्टिलाई व्यक्तिगत तवरमा अगुवाइ नै गर्नुभयो। अर्को शब्दमा भन्दा, यस पुस्तकको लेखक परमेश्‍वर होइन, तर मानिसहरू हुन्। पवित्र बाइबल केवल मानिसले यसलाई दिएको सम्‍मानजनक नाम मात्र हो। यो नामको बारेमा यहोवा र येशूले एक-अर्कासँग छलफल गरेपछि निर्णय गरिएको थिएन; यो मानव विचार भन्दा बढि केही पनि होइन। किनकि यो पुस्तक यहोवाले लेख्नुभएको थिएन, येशूले लेख्नुभएको हो भन्ने कुरा त परै जाओस्। यसको सट्टा, यो धेरै प्राचीन भविष्यवक्ताहरू, प्रेरितहरू र द्रष्टाहरूले मानिसहरूका लागि दिएका विवरणहरू हुन् जुन पछिल्ला पुस्ताले प्राचीन लेखहरूको पुस्तकमा सङ्कलित गरेका थिए, जुन विशेषगरी पवित्र देखिन्छ, अर्थात् यस्तो पुस्तक जसमा भविष्यका पुस्ताहरूले खोल्न पर्खिरहेका धेरै अतुलनीय र गहिरा रहस्यहरू समावेश छन् भन्‍ने तिनीहरूले विश्‍वास गर्छन्। त्यस्तै गरी, मानिसहरू यो पुस्तक स्वर्गीय पुस्तक हो भनेर विश्‍वास गर्न अझ बढी चाहना गर्छन्। चार सुसमाचार र प्रकाशको पुस्तकलाई यसमा जोडेपछि त, यसप्रति मानिसहरूको दृष्टिकोण अरू कुनै पनि पुस्तकको भन्दा विशेष गरी फरक छ, र कसैले पनि यो “स्वर्गीय पुस्तक” विच्छेदन गर्ने आँट गर्दैन किनकि यो एकदम “पवित्र” छ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

आज, तिमीहरूका बीचमा कसले पवित्र आत्माले प्रयोग गर्नुभएकाहरूले बोलेका सबै वचनहरू पवित्र आत्माबाट नै आएका थिए भनेर भन्‍ने आँट गर्छ? के कसैले त्यस्ता कुराहरू भन्‍ने आँट गर्छ? यदि तैँले त्यस्ता कुराहरू भन्‍ने आँट गर्छस् भने, एज्राको अगमवाणीको पुस्तकलाई किन खारेज गरियो, र प्राचीन सन्तहरू र अगमवक्ताहरूको पुस्तकलाई पनि किन त्यसै गरियो? यदि ती सबै पवित्र आत्माबाट नै आएका थिए भने, तिमीहरूले किन त्यस्तो स्वेच्‍छाचारी छनौटहरू गर्ने आँट गर्छौ? के तँ पवित्र आत्‍माको कार्यलाई छनौट गर्न योग्य छस्? इस्राएलका धेरै कथाहरूलाई पनि खारेज गरियो। अनि यदि तँ विगतका यी लेखहरू पवित्र आत्‍माबाट आएका हुन् भन्‍ने विश्‍वास गर्छस् भने, किन कतिपय पुस्तकहरूलाई खारेज गरियो? यदि ती सबै पवित्र आत्‍माबाट नै आएका थिए भने, तिनीहरू सबैलाई सुरक्षित राखिनुपर्थ्यो, र पढ्नको लागि मण्डलीहरूका दाजुभाइ-दिदीबहिनीहरूकहाँ पठाइनु पर्नेथियो। तिनीहरूलाई मानिसको इच्‍छाद्वारा चुनिनु वा हटाउनु हुँदैनथियो; त्यसो गर्नु गलत हो। पावल र यूहन्‍नाका अनुभवहरू तिनीहरूका व्यक्तिगत अन्तर्दृष्टिहरूसँग मिसिएका थिए भन्दैमा तिनीहरूका अनुभवहरू र ज्ञान शैतानबाट आएको थियो भन्‍ने हुँदैन, तर तिनीहरूसँग तिनीहरूका व्यक्तिगत अनुभवहरू र अन्तर्दृष्टिहरूबाट आएका कुराहरू थिए भन्‍ने मात्रै यसको अर्थ हुन्छ। तिनीहरूका ज्ञान त्यस बेलाको तिनीहरूको खास अनुभवहरूको पृष्ठभूमि अनुरूप थियो, र यो सबै पवित्र आत्माबाट नै आएको थियो भनेर कसले निर्धक्‍कसाथ भन्‍न सक्छ? सुसमाचारका चार वटै पुस्तकहरू पवित्र आत्‍माबाट आएका थिए भने, किन मत्ती, मर्कूस, लूका र यूहन्‍नाले येशूको कामको बारेमा केही फरक-फरक कुरा भने? यदि तिमीहरू यो कुरामा विश्‍वास गर्दैनौ भने, पत्रुसले प्रभुलाई कसरी तीन पटक इन्कार गरे त्यसको बारेमा बाइबलमा दिइएको विवरणलाई हेर: तिनीहरू सबै फरक छन्, र ती प्रत्येकमा आ-आफ्‍नै विशेषताहरू छन्। अज्ञानी धेरैहरूले यसो भन्छन्, “देहधारी परमेश्‍वर पनि मानिस नै हुनुहुन्छ भने, के उहाँले बोल्‍नुहुने वचनहरू पूर्ण रूपमा पवित्र आत्‍माबाट नै आउन सक्छन्? यदि पावल र यूहन्‍नाका वचनहरू मानव इच्‍छाद्वारा मिश्रित थिए भने, के उहाँले बोल्‍नुहुने वचनहरूमा मानव इच्‍छा वास्तवमै मिश्रित छैनन् र?” यस्ता कुराहरू भन्‍ने मानिसहरू अन्धा र अज्ञानी हुन्! सुसमाचारका चार पुस्तकहरूलाई ध्यान दिएर पढ; येशूले गर्नुभएका कुराहरू र उहाँले बोल्‍नुभएका वचनहरूका बारेमा तिनमा के विवरण दिइएका छन् त्यसलाई पढ। हरेक पुस्तक अलिक फरक छ, र हरेकको आ-आफ्‍नै दृष्टिकोण छ। यदि यी पुस्तकहरूका लेखकहरूले लेखेका कुराहरू सबै पवित्र आत्‍माबाट आएका थिए भने, यो सबै उही र समरूप हुनुपर्ने थियो। त्यसो भए किन तिनमा भिन्‍नताहरू छन् त? के यसलाई देख्‍न नसक्‍ने गरी मानिस अत्यन्तै मूर्ख छैन र?

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा

नयाँ करारको मत्तीको सुसमाचारले येशुको वंशावलीको दस्तावेजीकरण गर्छ। सुरुमा, यसले भन्छ कि येशू अब्राहाम र दाऊदका सन्तान र योसेफका छोरा थिए; त्यसपछि यसले भन्छ कि येशू पवित्र आत्माबाट गर्भधारण हुनुभयो अनि कन्याबाट जन्मनुभयो—यसको मतलब उहाँ योसेफको छोरा वा अब्राहम र दाऊदका सन्तान हुनुहुन्नथ्यो। यद्यपि, वंशावलीले येशू योसेफसित सम्बन्धित हुनुहुन्छ भनेर जोड दिन्छ। त्यसपछि, वंशावलीले येशू जन्मनुभएको प्रक्रियाको अभिलेख राख्न सुरू गर्दछ। यसले भन्छ कि येशू पवित्र आत्माबाट गर्भधारण हुनुभएको थियो, उहाँ कन्याबाट जन्मनुभयो, र उहाँ योसेफको छोरा हुनुहुन्नथ्यो। यद्यपि वंशावलीमा यो स्पष्ट रूपमा लेखिएको छ कि येशू योसेफका पुत्र हुनुहुन्थ्यो र वंशावली येशूका निम्ति लेखिएकोले यसमा बयालिस पुस्ताका अभिलेखहरू राखिएका छन्। जब यो योसेफको पुस्तामा जान्छ, तब यसले तुरुन्तै भन्छ कि योसेफ मरियमको पति थिए, र यी शब्दहरू येशू अब्राहामका सन्तान हुनुहुन्छ भनेर प्रमाणित गर्नका निम्ति दिइएका थिए। के यो विरोधाभास होईन र? वंशावलीले स्पष्ट रूपमा योसेफको पुर्खाको अभिलेख राख्छ, यो स्पष्ट रूपमा योसेफको वंशावली हो, तर मत्तीले यो येशूको वंशावली हो भनेर जोड दिन्छन्। के यसले पवित्र आत्माद्वारा येशूको गर्भधारणको तथ्यलाई इन्कार गर्दैन र? त्यसो भए, मत्तीले लेखेको वंशावली मानव विचार होइन र? यो हास्यास्पद छ! यसरी यो पुस्तक पूर्ण रूपमा पवित्र आत्माबाट आएको थिएन भनेर तैँले थाहा पाउन सक्छस्।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

आज, मानिसहरू बाइबल नै परमेश्‍वर हुन् र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। त्यसैले, तिनीहरू बाइबलका सबै वचनहरू मात्र परमेश्‍वरले बोल्नुभएका वचनहरू थिए र ती सबै परमेश्‍वरले भन्नुभएको थियो भनेर विश्‍वास गर्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले यो समेत सोच्छन् कि, पुरानो र नयाँ करारका सबै छैसठ्ठी पुस्तकहरू मानिसहरूले लेखेका भए पनि, ती सबै परमेश्‍वरका प्रेरणाद्वारा दिइएका थिए, र पवित्र आत्माका वाणीहरूका अभिलेख थिए। यो मानिसको गलत बुझाइ हो, र यो कुरा तथ्यहरूसँग पूर्ण रूपमा मेल खाँदैन। वास्तवमा, अगमवाणीका पुस्तकहरूबाहेक पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्रहरू मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्ज्ञानबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्ज्ञानका परिणाम हुन्, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि उपदेश र प्रोत्साहनका शब्दहरू थिए। तिनीहरू पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, तिनले यूहन्नाले देखेका दर्शनहरू देख्ने कुरा त परै जाओस्। तिनका पत्रहरू एफिसस, फिलाडेल्फिया, गलातिया र अन्य मण्डलीहरूको लागि लेखिएका थिए। त्यसकारण, नयाँ करारका पावलका पत्रहरू पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरू थिए, अनि तिनीहरू न त पवित्र आत्माबाट आएका प्रेरणाहरू हुन्, न त तिनीहरू पवित्र आत्माका प्रत्यक्ष वाणीहरू नै हुन्। ती केवल उपदेश, सान्त्वना र प्रोत्साहनका शब्दहरू हुन् जुन तिनले आफ्नो कामको सिलसिलामा मण्डलीहरूको लागि लेखेका थिए। त्यसैले पनि ती पावलको त्यतिखेरको कामका अभिलेख हुन्। ती प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूका लागि लेखिएका थिए, ताकि त्यस समयका मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूले उनको सल्लाह अनुसरण गरून् र प्रभु येशूको पश्चात्तापको मार्गमा हिँडून्। पावलले चाहे तिनीहरू त्यो समयका मण्डलीहरू हुन् वा भविष्यका, तिनीहरू सबैले तिनले लेखेका कुरा खानु र पिउनुपर्छ भनेर कुनै पनि हिसाबले भनेनन्, न त तिनले आफ्ना सबै शब्दहरू परमेश्‍वरबाट आएका हुन् भनेर नै भने। त्यस बेलाको मण्डलीको परिस्थितिअनुसार, उनले केवल दाजुभाइ तथा दिदीबहिनीहरूसँग कुराकानी गरे र तिनीहरूलाई हौसला दिए र तिनीहरूमा विश्‍वासको प्रेरणा दिए र उनले केवल मानिसहरूलाई प्रचार गरे वा सम्झाए अनि उपदेश दिए। तिनका शब्दहरू आफ्नै बोझमा आधारित थिए र तिनले यी शब्दहरूमार्फत मानिसहरूलाई सहायता गरे। तिनले त्यस समयका मण्डलीहरूको प्रेरितको काम गरे, तिनी प्रभु येशूद्वारा प्रयोग भएका कामदार थिए, र यसैले तिनले मण्डलीहरूको जिम्मेवारी लिनुपर्थ्यो, र मण्डलीहरूको काम गर्नुपर्थ्यो, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूको स्थितिको बारेमा थाहा पाउनुपर्थ्यो—र यसैकारण, तिनले प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूका लागि पत्रहरू लेखे। तिनले मानिसहरूका लागि भनेका सबै सुधारात्मक र सकारात्मक कुराहरू सही थिए, तर यसले पवित्र आत्माको वाणीहरूलाई प्रतिनिधित्व गर्दैन, र यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन। एकजना मानिसको अनुभवहरूका अभिलेखहरू र एकजना मानिसको पत्रहरूलाई मानिसहरूले मण्डलीहरूको लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको रूपमा लिनु एक अत्यन्तै गलत बुझाइ, र एक ठूलो ईश्‍वरनिन्दा हो! यो कुरा विशेषगरी पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरूको प्रसङ्गमा सत्य हुन आउँछ, किनकि उनका पत्रहरू त्यस बेलाका प्रत्येक मण्डलीको परिस्थितिहरू र स्थितिहरूको आधारमा दाजुभाइ तथा दिदीबहिनीहरूका लागि लेखिएका थिए र ती प्रभुमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रोत्साहन दिनको लागि थिए ताकि तिनीहरूले प्रभु येशूको अनुग्रह प्राप्त गर्न सकून्। तिनका पत्रहरू त्यसबेलाका दाजुभाइ तथा दिदीबहिनीहरूलाई जगाउनको लागि थियो। यो भन्न सकिन्छ कि यो तिनको आफ्नै बोझ थियो र यो पवित्र आत्माले उनलाई दिनुभएको बोझ पनि थियो; जे भए पनि, तिनी त्यस समयका मण्डलीहरूको नेतृत्व गर्ने एक प्रेरित थिए जसले मण्डलीहरूको लागि पत्रहरू लेखे र तिनीहरूलाई प्रोत्साहित गरे—यो तिनको जिम्मेवारी थियो। तिनको पहिचान केवल एक कामदार प्रेरितको मात्र थियो, र तिनी परमेश्‍वरले पठाउनुभएको एक प्रेरित थिए; तिनी अगमवक्ता थिएनन्, न त तिनी भविष्यवक्ता नै थिए। तिनको लागि, तिनको आफ्नो काम र दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण थियो। तसर्थ, तिनी पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे। तिनका शब्दहरू पवित्र आत्माका वचनहरू थिएनन्, तिनलाई परमेश्‍वरको वचन भन्न मिल्ने कुरा त परै जाओस्, किनकि पावल परमेश्‍वरको सृष्टिबाहेक अरू केही थिएनन्, र तिनी अवश्य पनि परमेश्‍वरको देहधारण थिएनन्। तिनको परिचय येशूको जस्तो थिएन। येशूका शब्दहरू पवित्र आत्माका वचनहरू थिए, ति परमेश्‍वरका वचनहरू थिए, किनकि उहाँको परिचय परमेश्‍वरको पुत्र—ख्रीष्टको थियो। कसरी पावल उहाँको बराबर हुन सक्छन् र? यदि मानिसहरूले पावलको जस्तो पत्रहरू र शब्दहरूलाई पवित्र आत्माका वाणीहरूका रूपमा देख्छन् र तिनलाई परमेश्‍वरको रूपमा पुज्छन् भने, तिनीहरू फरक नै छुट्याउन नसक्ने अति नै अविवेकी छन् भनेर मात्र भन्न सकिन्छ। अझै कठोर रूपमा बोल्दा, के यो ईश्‍वरनिन्दा होइन र? कुनै मानिस कसरी परमेश्‍वरको तर्फबाटबोल्न सक्छ र? अनि कसरी मानिसहरू तिनका पत्रहरू र तिनले बोलेका शब्दहरूको अभिलेखहरूसामु ती पवित्र पुस्तक वा स्वर्गीय पुस्तक नै हुन् जस्तो गरी झुक्न सक्छन र? के कुनै मानिसले परमेश्‍वरका वचनहरूलाई यत्तिकै बोल्न सक्छ त? कुनै मानिसले कसरी परमेश्‍वरको तर्फबाट बोल्न सक्छ र? अनि त्यसो भए, तँ के भन्छस्—तिनले मण्डलीहरूको लागि लेखेका पत्रहरूमा तिनको आफ्नै विचारको दाग मिसिएको हुन सक्दैन र? कसरी तिनमा मानव विचारहरूको दाग नलागेको हुन सक्छ र? तिनले आफ्ना व्यक्तिगत अनुभवहरू र आफ्नै ज्ञानको आधारमा मण्डलीहरूको लागि पत्रहरू लेखे। उदाहरणका लागि, पावलले गलातिका मण्डलीहरूलाई एउटा पत्र लेखे जसमा एउटा निश्चित धारणा थियो, र पत्रुसले अर्को पत्र लेखेका थिए, जसमा अर्को दृष्टिकोण थियो। तीमध्ये कुनचाहिँ पवित्र आत्माबाट आयो र? निश्चित रूपमा कसैले पनि भन्न सक्दैन। तसर्थ, यो मात्र भन्न सकिन्छ कि तिनीहरू दुवैले मण्डलीहरूका लागि बोझ बहन गरेका थिए, तैपनि तिनीहरूका पत्रहरूले तिनीहरूको कद प्रतिनिधित्व गर्छन्, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूको लागि प्रावधन र सहयोग अनि मण्डलीहरूमाथिको तिनीहरूको बोझलाई प्रतिनिधित्व गर्दछन् र तिनले मानव कार्यलाई मात्र प्रतिनिधित्व गर्दछन—ती सम्पुर्ण रूपमा पवित्र आत्माका थिएनन्। यदि तैँले तिनका पत्रहरूलाई पवित्र आत्माका वचनहरू हुन् भनेर भन्छस् भने, तँ हास्यास्पद छस्, र तैँले ईश्‍वरनिन्दा गर्दैछस्! नयाँ करारका पावलका पत्रहरू र अन्य पत्रहरू हालसालैका आत्मिक व्यक्तिहरूका संस्मरण जस्तै हुन्: ती वाचम्यान नीका पुस्तकहरू वा लरेन्सका अनुभवहरूसँग मिल्दाजुल्दा छन्। कुरा यति मात्र हो कि हालसालैका आत्मिक व्यक्तित्वका पुस्तकहरूलाई नयाँ करारमा संकलित गरिएको छैन, तैपनि यी मानिसहरूको सार चाहिँ एउटै थियो: तिनीहरू एक निश्चित अवधिमा पवित्र आत्माले प्रयोग गर्नुभएका व्यक्तिहरू थिए, र तिनीहरूले प्रत्यक्ष रूपमा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनथे।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बाइबल प्रभुको गवाही हो, र यो हाम्रो विश्‍वासको आधार पनि हो। प्रभुमा विश्‍वास गर्नेहरू सबैले बाइबलअनुसार नै दुई हजार वर्षदेखि विश्‍वास गर्दै आएका छन्। यसैले हामी के विश्‍वास गर्छौं भने, बाइबलले प्रभुको प्रतिनिधित्व गर्दछ, प्रभुमा विश्‍वास गर्नु भनेको बाइबलमा विश्‍वास गर्नु हो, र बाइबलमा विश्‍वास गर्नु भनेको प्रभुमा विश्‍वास गर्नु हो। हामी बाइबलबाट कहिल्यै टाढा जान सक्दैनौं। यदि हामी बाइबलबाट टाढा जान्छौं भने हामीले कसरी प्रभुमा विश्‍वास गर्न सक्छौं? के तपाईं हाम्रो बुझाइमा केही गल्‍ती छ भनेर भन्दैहुनुहुन्छ?

सन्दर्भका लागि बाइबल पदहरू: “शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही...

दुई हजार वर्षदेखि प्रभुमाथिको मानिसको विश्‍वास बाइबलमा आधारित छ। सर्वशक्तिमान् परमेश्‍वरले आखिरी दिनको न्यायको काम सुरु गर्नुभएपछि, सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गर्ने सबैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्नमा ध्यान केन्द्रित गर्छन्, र बाइबल बिरलै मात्र पढ्छन्। म के जान्न चाहन्छु भने, सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेपछि, मानिसहरूले बाइबललाई कसरी सही तरिकाले हेर्न र प्रयोग गर्न सक्छन्?

सन्दर्भका लागि बाइबल पदहरू: “शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्