बाइबल परमेश्‍वरको कामको गवाही हो। हामी प्रभुमा विश्‍वास गर्नेहरूले आकाश र पृथ्वी अनि सबै थोक परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन् भनेर बाइबलकै आधारमा स्वीकार गर्छौं। बाइबलकै कारण तिनीहरूले परमेश्‍वरका कामहरूको आश्चर्य, महान्‌ता, र सर्वशक्तिसम्पन्नतालाई देख्छन्। त्यति मात्र होइन, बाइबलमा परमेश्‍वरका धेरै वचनहरू र मानिसको अनुभवका गवाहीहरू छन्, जसले मानिसको जीवनका लागि प्रबन्ध गर्न सक्छ, र मानिसलाई धेरै सुधार गर्न सक्छ। के हामी बाइबल पढेर अनन्त जीवन पाउन सक्छौं? वा के बाइबलमा अनन्त जीवनको बाटो छ?

6 फेब्रुअरी 2022

सन्दर्भका लागि बाइबल पदहरू:

“शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही दिने तिनै हुन्। अनि तिमीहरूले जीवन पाउन सक भनी तिमीहरू मकहाँ आउँदैनौं” (यूहन्‍ना ५:३९-४०)

“म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन” (यूहन्‍ना १४:६)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

बाइबल पढ्दा मानिसहरूले जीवनका थुप्रै मार्गहरू पनि प्राप्त गर्न सक्दछन् जुन अरू पुस्तकहरूमा पाउन सकिँदैन। यी मार्गहरू विगतका भविष्यवक्ताहरू र प्रेरितहरूले युगहरूमा अनुभव गरेका पवित्र आत्माको काम बारेका जीवनका मार्गहरू हुन्, र धेरै जसो वचनहरू मूल्यवान् छन्, र जसले मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्न सक्दछन्। तसर्थ, सबै मानिसहरू बाइबल पढ्न मन पराउँछन्। बाइबलमा धेरै कुरा लुकेका छन् तसर्थ महान् आत्मिक व्यक्तित्वहरूको लेखहरूप्रति भन्दा यसप्रति व्यक्तिहरूको धारणा फरक छ। पुरानो र नयाँ युगमा यहोवा र येशूको सेवा गर्ने व्यक्तिहरूको अनुभव र ज्ञानहरूको अभिलेख र सङ्ग्रह नै बाइबल हो, र पछि आउने पुस्ताहरूले यसबाट अभ्यास गर्न धेरै ज्ञान, प्रकाश र मार्गहरू प्राप्त गर्न सक्षम भएका छन्। बाइबल कुनै पनि महान् आत्मिक व्यक्तित्वको लेखहरू भन्दा उच्च हुनुको कारण के हो भने, उनीहरूका सबै लेखहरू बाइबलबाट लिइएको हो, उनीहरूका सबै अनुभवहरू बाइबलबाट आएका हुन् र ती सबैले बाइबलको व्याख्या गर्छन्। मानिसहरूले कुनै पनि महान् आत्मिक व्यक्तित्वका पुस्तकहरूबाट प्रावधान प्राप्त गर्न सक्ने भए पनि, उनीहरूले अझै बाइबललाई पुज्छन्, किनकि यो उनीहरूका लागि महान् र गहन देखिन्छ! बाइबलले पावलका पत्रहरू र पत्रुसका पत्रहरू जस्ता जीवनका वचनहरूका केही पुस्तकहरूलाई एकट्ठा गर्ने भए पनि, र मानिसहरूलाई यी पुस्तकहरूले प्रावधान दिने र मद्दत गर्नसक्‍ने भए पनि, यी पुस्तकहरू पुरानो भएका छन्, ती अझै पुरानै युगमा पर्छन्, र ती जतिसुकै राम्रो भए पनि, ती केवल एक अवधिको लागि उपयुक्त छन्, र अनन्त छैनन्। किनकि परमेश्‍वरको काम सँधै विकास भइरहेको हुन्छ, र यो केवल पावल र पत्रुसको समयमा रोकिन सक्दैन, वा सँधै अनुग्रहको युगमा रहन सक्दैन जुन युगमा येशूलाई क्रूसमा टाँगिएको थियो। त्यसैले, यी पुस्तकहरू अनुग्रहको युगका लागि मात्र उपयुक्त छन्, आखिरी दिनहरूको राज्यको युगको लागि होइन। तिनीहरूले केवल अनुग्रहको युगका विश्‍वासीहरूका लागि प्रदान गर्न सक्छन्, राज्यको युगका सन्तहरूको लागि होइन, र ती जतिसुकै राम्रो भए पनि ती अप्रचलित छन्। यहोवाले गर्नुभएको सृष्टिको काम वा इस्राएलमा उहाँले गर्नुभएको कार्य पनि यस्तै हो: यो काम जतिसुकै महान् भए पनि, यो अझै म्याद सकिएको नै हुनेथियो र त्यो बितेर जाने समय आउनेथियो। परमेश्‍वरको काम पनि यस्तै हो: यो महान् छ, तर यो समाप्त हुने समय आउने नै छ; यो सँधै सृष्टिको कार्यको बीचमा रहन सक्दैन, न त क्रूसीकरणको बीचमा नै। क्रूसीकरणको काम जत्तिकै विश्‍वासलाग्दो भए तापनि, शैतानलाई पराजित गर्न यो जतिसुकै प्रभावकारी भए तापनि, आखिरमा काम भनेको, काम नै हो, र युगहरू पनि, आखिर युगहरू नै हुन्। काम सधैँ उही जगमा रहन सक्दैन, न त समय कहिल्यै परिवर्तन नहुने नै हुन्छ, किनकि सृष्टि थियो त्यसकारण आखिरी दिनहरू पनि हुनै पर्छ। यो अपरिहार्य छ! त्यसकारण, आज नयाँ करारमा रहेका जीवनका वचनहरू—प्रेरितहरूका पत्रहरू, र सुसमाचारका चार पुस्तकहरू ऐतिहासिक पुस्तकहरू भएका छन्, तिनीहरू पुरानो पञ्चाङ्ग भएका छन्, र कसरी पुरानो पञ्चाङ्गहरूले मानिसहरूलाई नयाँ युगमा प्रवेश गराउन सक्दछन्? यी पञ्चाङ्गहरू जीवन प्रदान गर्न जत्तिको सक्षम भए पनि, मानिसहरूलाई क्रूसमा अगुवाई गर्न उनीहरू जत्तिको सक्षम भए पनि, के तिनीहरू पुरानो भएका छैनन्? के तिनीहरू मूल्य विहीन छैनन् र? यसैले, म भन्छु तैँले अन्धा भएर यी पञ्चाङ्गहरूमा विश्‍वास गर्नु हुँदैन। ती धेरै पुराना भइसकेका छन्, तिनीहरूले तँलाई नयाँ काममा ल्याउन सक्दैनन्, र तिनीहरूले तँलाई बोझ मात्रै दिन सक्छन्। न त तिनले तँलाई नयाँ काममा, र नयाँ प्रवेशमा ल्याउन नै सक्छन्, तर तिनले तँलाई पुरानो धार्मिक मण्डलीहरूमा लैजान्छन्—र यदि त्यसो भयो भने, के तँ परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा पछि हटिरहेको हुनेथिएनस् र?

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनु सरह हो—तर वास्तवमा, के कुराहरू यति सरल छन् र? बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो परमेश्‍वरको कार्यको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कार्यको अघिल्लो दुई चरणको प्रमाण भन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कार्यको उद्देश्यको बारेमा कुनै समझ प्रदान गर्दैन। यसले व्यवस्थाको युग र अनुग्रहको युगको अवधिको परमेश्‍वरको कामको दुई चरणहरूलाई प्रस्तुत गर्दछ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्मको यहोवाको कार्यको इतिहासलाई वर्णन गर्दछ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका कामहरूको अभिलेख राख्दछ जुन सुसमाचारका चार पुस्तकहरूमा साथै पावलको काममा पनि छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्‍वरले इतिहासलाई फर्केर हेर्नुहुन्‍न! यसैले, यदि तैँले केवल बाइबललाई मात्रै बुझ्छस्, र आज परमेश्‍वरले गर्नुहुने कामको बारेमा केही बुझ्दैनस् भने, र यदि तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, परमेश्‍वर खोज्नुको अर्थ के हो भन्ने तँलाई थाहा छैन। यदि तँ इस्राएलको इतिहासको अध्ययन गर्न, परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको इतिहासको अनुसन्धान गर्नका लागि बाइबल पढ्छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस्। तर आज, तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र जीवनको पछि लाग्‍ने हुनाले, तैँले परमेश्‍वरको ज्ञानको खोजी गर्ने, र मरिसकेका अक्षरहरू, र धर्मसिद्धान्तहरू वा इतिहासलाई बुझ्‍ने प्रयासको पछि नलाग्‍ने हुनाले, तैँले आजको परमेश्‍वरको इच्छा खोज्नुपर्छ, र तैँले पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ। यदि तँ पुरातत्वविद होस् भने तैँले बाइबल पढ्न सक्ने थिइस्—तर तँ पुरातत्वविद होइनस्, तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्, र तैँले आजको परमेश्‍वरको इच्छाको खोजी गर्नु नै उत्तम हुनेथियो।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

सायद तँ अहिले जीवन प्राप्त गर्ने इच्‍छा गर्छस्, वा सायद तँ सत्यता प्राप्त गर्ने इच्‍छा गर्छस्। जेसुकै भए पनि, तँ परमेश्‍वरलाई भेट्ने इच्‍छा गर्छस्, तैँले भरोसा गर्न सक्‍ने, र तँलाई अनन्त जीवन दिन सक्‍ने परमेश्‍वरलाई भेट्ने इच्‍छा गर्छस्। यदि तँ अनन्त जीवन प्राप्त गर्ने इच्‍छा गर्छस् भने, सुरुमा तैँले अनन्त जीवनको स्रोतलाई बुझ्‍नैपर्छ र पहिले परमेश्‍वर कहाँ हुनुहुन्छ सो जान्‍नैपर्छ। मैले पहिले नै भनिसकेको छु कि परमेश्‍वर मात्रै अपरिवर्तनीय जीवन हुनुहुन्छ, र परमेश्‍वरमा मात्रै जीवनको बाटो छ। परमेश्‍वर अपरिवर्तनीय जीवन हुनुभएको हुनाले, उहाँ अनन्त जीवन हुनुहुन्छ; परमेश्‍वर मात्रै जीवनको बाटो हुनुभएकोले, तसर्थ परमेश्‍वर स्वयम् नै अनन्त जीवनको बाटो हुनुहुन्छ। त्यसैले, तैँले सुरुमा परमेश्‍वर कहाँ हुनुहुन्छ, र अनन्त जीवनको यो बाटो कसरी प्राप्त गर्ने सो कुरा बुझ्‍नुपर्छ। अब यी दुई विषयहरूलाई अलग-अलग रूपमा हामी सङ्गतिमा संलग्न गरौं।

यदि तँ साँच्‍चै अनन्त जीवनको बाटो प्राप्त गर्न चाहन्छस् भने, र यसको खोजीमा तँ अत्यन्तै तृषित छस् भने, पहिले यो प्रश्‍नको उत्तर दे: आज परमेश्‍वर कहाँ हुनुहुन्छ? सायद तैँले यो जवाफ दिनेछस्, “निश्‍चय नै, परमेश्‍वर स्वर्गमा बस्‍नुहुन्छ—उहाँ पक्‍कै पनि तपाईंको घरमा बसिरहनुभएको छैन होला, छ त?” सायद तैँले भन्‍न सक्छस् कि परमेश्‍वर अवश्य नै सबै कुराहरूका बीचमा बस्‍नुहुन्छ। वा सायद तैँले भन्‍न सक्छस् कि परमेश्‍वर हरेक व्यक्तिको हृदयमा बस्‍नुहुन्छ, वा परमेश्‍वर आत्मिक संसारमा हुनुहुन्छ। यीमध्ये कुनैलाई पनि म नकार्दिन, तर यो कुरालाई मैले स्पष्ट पार्नैपर्छ। परमेश्‍वर मानिसको हृदयमा बस्‍नुहुन्छ भनेर भन्‍नु पूर्ण रूपमा सत्य पनि होइन, तर यो पूर्ण रूपमा गलत पनि होइन। यसको कारण के हो भने, परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये, कसैको विश्‍वास साँचो छ र कसैको विश्‍वास झूटो छ, कसैलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ र कसैलाई उहाँले अस्वीकार गर्नुहुन्छ, कसैले उहाँलाई प्रसन्‍न तुल्याउँछन् र कसैलाई उहाँले घृणा गर्नुहुन्छ, अनि कसैलाई उहाँले सिद्ध तुल्याउनुहुन्छ र कसैलाई उहाँले हटाउनुहुन्छ। त्यसैले म भन्छु कि परमेश्‍वर एक-दुई जना मानिसहरूको हृदयमा मात्रै बस्‍नुहुन्छ, र यी मानिसहरू अवश्य नै परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरू, परमेश्‍वरले स्वीकार गर्नुहुनेहरू, उहाँलाई खुशी पार्नेहरू, र उहाँले सिद्ध पार्नुहुनेहरू हुन्। परमेश्‍वरद्वारा अगुवाइ गरिएकाहरू तिनीहरू नै हुन्। तिनीहरू परमेश्‍वरद्वारा अगुवाइ गरिएकाहरू भएकाले, पहिले नै परमेश्‍वरको अनन्त जीवनको बाटोको बारेमा सुन्‍ने र देख्‍ने मानिसहरू तिनीहरू नै हुन्। परमेश्‍वरमाथि झूटो विश्‍वास हुनेहरू, परमेश्‍वरले स्वीकार नगर्नेहरू, परमेश्‍वरले घृणा गर्नेहरू, परमेश्‍वरले हटाउनुहुनेहरू—तिनीहरूलाई परमेश्‍वरले इन्कार गर्न बाध्य छन्, तिनीहरू जीवनको बाटो विहीन रहन बाध्य छन्, र परमेश्‍वर कहाँ हुनुहुन्छ त्यसप्रति अनजान रहन बाध्य छन्। यसको विपरीत, जसको हृदयमा परमेश्‍वर बस्‍नुहुन्छ तिनीहरूलाई उहाँ कहाँ हुनुहुन्छ भन्‍ने थाहा छ। परमेश्‍वरले अनन्त जीवनको बाटो दिनुहुने मानिसहरू तिनीहरू नै हुन् र परमेश्‍वरलाई पछ्याउनेहरू तिनीहरू नै हुन्। अब के तँलाई परमेश्‍वर कहाँ हुनुहुन्छ भन्‍ने थाहा छ? परमेश्‍वर दुवै मानिसको हृदयमा अनि मानिसको छेउमा हुनुहुन्छ। उहाँ आत्मिक संसारमा, अनि सबै कुराहरूभन्दा माथि मात्रै हुनुहुन्‍न, तर अझै बढी उहाँ पृथ्वीमा हुनुहुन्छ जहाँ मानिसको अस्तित्व छ। त्यसैले आखिरी दिनहरूको आगमनले परमेश्‍वरको कार्यका चरणहरूलाई नयाँ क्षेत्रमा लगेको छ। यावत् थोक मध्येका सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकता छ, र मानिसको हृदयमा उसको बस्‍ने आधार उहाँ नै हुनुहुन्छ, र यसको साथै, उहाँ मानिसकै बीचमा अस्तित्वमा रहनुहुन्छ। यसरी मात्रै उहाँले जीवनको बाटो मानवजातिकहाँ ल्याउन, र मानिसलाई जीवनको बाटोमा ल्याउन सक्‍नुहुन्छ। मानिसले जीवनको बाटो प्राप्त गर्न सकोस्, र मानिस अस्तित्वमा रहन सकोस् भनेर परमेश्‍वर पृथ्वीमा आउनुभएको छ, र उहाँ मानिसको बीचमा जिउनुहुन्छ। उही समयमा, परमेश्‍वरले मानिसको बीचमा हुने व्यवस्थापनमा सहकार्यलाई सहज तुल्याउनको लागि पनि यावत् थोकका सबै कुरालाई हुकुम गर्नुहुन्छ। त्यसैले, यदि तैँले परमेश्‍वर स्वर्गमा हुनुहुन्छ र मानिसको हृदयमा हुनुहुन्छ भन्‍ने सिद्धान्तलाई मात्रै स्वीकार गर्छस्, तैपनि मानिसको बीचमा परमेश्‍वरको अस्तित्वलाई स्वीकार गर्दैनस् भने, तैँले कहिल्यै पनि जीवन प्राप्त गर्नेछैनस्, र सत्यको बाटो कहिल्यै प्राप्त गर्नेछैनस्।

परमेश्‍वर स्‍वयम् नै जीवन, र सत्य हुनुहुन्छ, र उहाँको जीवन र सत्य सह-अस्तित्वमा रहन्छ। सत्यलाई प्राप्त गर्न नसक्‍नेहरूले जीवनलाई कहिल्यै पनि प्राप्त गर्नेछैनन्। सत्यको मार्गदर्शन, सहयोग, र प्रावधानविना, तैँले अक्षरहरू, धर्मसिद्धान्तहरू, र, सबैभन्दा माथि, मृत्युलाई मात्रै प्राप्त गर्नेछस्। परमेश्‍वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्य र जीवन सह-अस्तित्वमा रहन्छ। यदि तैँले सत्यको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पालनपोषण प्राप्त गर्नेछैनस्; यदि तैँले जीवनको प्रावधानलाई प्राप्त गर्न सक्‍दैनस् भने, तैँले अवश्य नै सत्य प्राप्त गर्नेछैनस्, र त्यसैले कल्‍पना र धारणाहरू बाहेक, तेरो शरीरको सम्पूर्णता तेरो देह—तेरो दुर्गन्धित देह बाहेक केही पनि हुनेछैन। पुस्तकका शब्‍दहरू जीवनको रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यको रूपमा आराधना गर्न सकिँदैन, र विगतका नियमहरूले वर्तमानमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको विवरणको रूपमा काम गर्न सक्दैनन्। पृथ्वीमा आएर मानिसहरूको बीचमा बस्दा परमेश्‍वरले व्यक्त गर्नुहुने कुरा मात्रै सत्य, जीवन, परमेश्‍वरको इच्‍छा, अनि उहाँको काम गर्ने वर्तमान शैली हो। यदि तैँले विगतका युगहरूको अवधिमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको अभिलेखलाई आज लागू गर्छस् भने, त्यसले तँलाई पुरातत्वविद तुल्याउँछ, र तँलाई व्याख्या गर्ने सबैभन्दा राम्रो तरिका भनेको तँ ऐतिहासिक सम्पदा सम्बन्धि विद्वान होस् भनेर भन्‍नु हो। त्यो यसैले हो किनभने तँ सँधै परमेश्‍वरले विगतका समयहरूमा गर्नुभएको कामका निसानाहरूमा विश्‍वास गर्छस्, यसभन्दा पहिले उहाँले मानिसको बीचमा काम गर्नुभएको बेला छोडिएको परमेश्‍वरको छायामा मात्रै विश्‍वास गर्छस्, र पहिलेका समयहरूमा परमेश्‍वरले आफ्‍ना अनुयायीहरूलाई दिनुभएको बाटोमा मात्रै विश्‍वास गर्छस्। तँ आज परमेश्‍वरको कार्यको दिशामा विश्‍वास गर्दैनस्, आजको परमेश्‍वरको महिमित मुहारमा विश्‍वास गर्दैनस्, र परमेश्‍वरले हाल व्यक्त गर्नुभएको सत्यको बाटोमा विश्‍वास गर्दैनस्। त्यसैले तँ अवश्य नै दिवा-सपना देख्‍ने होस् जो पूर्ण रूपमा वास्तविकताभन्दा सम्पर्क बाहिर छ। यदि तँ अझै पनि मानिसमा जीवन ल्याउन नसक्‍ने वचनहरूमा टाँसिन्छस् भने, तँ काठको ठुटाजस्तो[क] काम नलाग्‍ने छस्, किनभने तँ अत्यन्तै रूढिवादी, अत्यन्तै हठी, अत्यन्तै अविवेकी छस्!

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्‍त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै हो, र यो एक मात्र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा स्वीकार गरिनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृती प्राप्त गर्नेछैनस्, र स्वर्गको राज्यको ढोकामा प्रवेश गर्न कहिल्यै पनि योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियमहरूको, अक्षरहरूको नियन्त्रणमा हुनेहरू, र इतिहासको बन्धनमा बाँधिनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त जीवनको अनन्त बाटोलाई नै पाउनेछन्। यो यसैले हो किनभने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी होइन तर हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जसलाई जीवनको पानी दिइएको छैन तिनीहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, अनि नरकका पुत्रहरू रहनेछन्। त्यसोभए, तिनीहरूले परमेश्‍वरलाई कसरी देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर काम-कुराहरूलाई यथास्थितिमा राख्‍ने प्रयास मात्रै गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सँधै परमेश्‍वरकै विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लेर आउने छालहरू अनि बेरिएर आउने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मुर्खतामा टाँसिदै र केही पनि नगरिकन, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छ? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि के तिनले तँलाई स्वर्ग लैजान सक्छ? तैँले तेरो हातमा जे लिएको छस् ती तँलाई अस्थाई सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छ र ती मानव जिन्दगी जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई प्रतिबिम्बित गर्ने तुल्याउँदैन? के यसले तँलाई आफैभित्र समावेश रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफैले आफैलाई स्वर्ग लैजान सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अझै पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड् अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ त्यो देख्‍नको लागि हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

फूटनोट:

क. काठको ठुटा: चिनियाँ टुक्‍का, जसको अर्थ “कामै नलाग्‍ने” भन्‍ने हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

तपाईंले प्रभु येशू फर्केर आउनुभएको छ, उहाँ सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ, र उहाँले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम पूरा गर्न सत्यताहरू व्यक्त गर्दैहुनुहुन्छ भनेर गवाही दिनुहुन्छ। तैपनि परमेश्‍वरको वचन र काम सबै बाइबलमा लेखिएका छन्, र बाइबलका सत्यताहरू पूरा र पूर्ण छन् भनेर पाष्टरहरू र एल्डरहरूले भन्छन्। तिनीहरू बाइबलदेखि बाहिर परमेश्‍वरको कुनै वचन र काम हुन सक्दैन, र बाइबलदेखि बाहिरको कुनै पनि कुरा झूटो शिक्षा हो भनेर भन्छन्। यो विषयलाई हामीले कसरी लिनुपर्छ?

सन्दर्भका लागि बाइबल पदहरू: “येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिएका पुस्तकहरू संसारभरिमा पनि...

बाइबल प्रभुको गवाही हो, र यो हाम्रो विश्‍वासको आधार पनि हो। प्रभुमा विश्‍वास गर्नेहरू सबैले बाइबलअनुसार नै दुई हजार वर्षदेखि विश्‍वास गर्दै आएका छन्। यसैले हामी के विश्‍वास गर्छौं भने, बाइबलले प्रभुको प्रतिनिधित्व गर्दछ, प्रभुमा विश्‍वास गर्नु भनेको बाइबलमा विश्‍वास गर्नु हो, र बाइबलमा विश्‍वास गर्नु भनेको प्रभुमा विश्‍वास गर्नु हो। हामी बाइबलबाट कहिल्यै टाढा जान सक्दैनौं। यदि हामी बाइबलबाट टाढा जान्छौं भने हामीले कसरी प्रभुमा विश्‍वास गर्न सक्छौं? के तपाईं हाम्रो बुझाइमा केही गल्‍ती छ भनेर भन्दैहुनुहुन्छ?

सन्दर्भका लागि बाइबल पदहरू: “शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्