तपाईंले प्रभु येशू फर्केर आउनुभएको छ, उहाँ सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ, र उहाँले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम पूरा गर्न सत्यताहरू व्यक्त गर्दैहुनुहुन्छ भनेर गवाही दिनुहुन्छ। तैपनि परमेश्‍वरको वचन र काम सबै बाइबलमा लेखिएका छन्, र बाइबलका सत्यताहरू पूरा र पूर्ण छन् भनेर पाष्टरहरू र एल्डरहरूले भन्छन्। तिनीहरू बाइबलदेखि बाहिर परमेश्‍वरको कुनै वचन र काम हुन सक्दैन, र बाइबलदेखि बाहिरको कुनै पनि कुरा झूटो शिक्षा हो भनेर भन्छन्। यो विषयलाई हामीले कसरी लिनुपर्छ?

6 फ्रेवुअरी 2022

सन्दर्भका लागि बाइबल पदहरू:

“येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिएका पुस्तकहरू संसारभरिमा पनि अटाउन सक्दैनथियो” (यूहन्‍ना २१:२५)।

“मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्‍ना १६:१२-१३)।

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्। जित्नेलाई म गुप्‍त मन्न खान दिनेछु, र उसलाई सेतो ढुङ्गा दिनेछु, र त्यो ढुङ्गामा एउटा नयाँ नाम लेखिएको हुन्छ, र त्यो पाउनेलाई बाहेक अरू कसैलाई त्यो कुरा थाहा हुँदैन” (प्रकाश २:७)।

“अनि सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हातमा बाहिर र भित्र लेखेर सात वटा मोहोरहरू लगाइएको एउटा पुस्तक मैले देखेँ। र एउटा शक्तिशाली स्वर्गदूतले ‘यो पुस्तक खोल्न र यो मोहोर हटाउन को योग्य छ?’ भनेर उच्‍च सोरमा भनिरहेको मैले देखेँ। र स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि कतै पनि त्यो पुस्तक न त खोल्न सक्ने कुनै मानिस थियो न त हेर्न सक्ने न। अनि म निकै रोएँ, किनभने न त त्यो पुस्तकलाई खोल्‍न र पढ्न योग्य कुनै मानिस भेटियो न त त्यसलाई हेर्ने। अनि धर्मगुरुहरूमध्ये एक जनाले मलाई भने, नरोऊ: हेर, यहूदा कुलको सिंह, दाऊदको मूलले त्यो पुस्तक खोल्न र त्यसका सात वटा मोहोरहरू खोल्नलाई जितेका छन्” (प्रकाश ५:१-५)।

परमेश्‍वरका प्रासंगिक वचनहरू:

बाइबलमा लेखिएका कुराहरू सीमित छन्; तिनले पूर्ण रूपमा परमेश्‍वरको कामको प्रतिनिधित्व गर्न सक्दैनन्। सुसमाचारका चार वटा पुस्तकहरूमा जम्मा एक सयभन्दा कम अध्यायहरू छन्, जसमा सीमित सङ्ख्यामा घटनाहरू छन्, जस्तै येशूले अञ्‍जीरको रूखलाई सराप दिनुभएको, पत्रुसले प्रभुलाई तीन पल्ट इन्कार गरेको, येशू उहाँको क्रूसको मृत्यु र पुनरुत्थानपछि चेलाहरूकहाँ देखापर्नुभएको, उपवासको बारेमा सिकाउनुभएको, प्रार्थनाको बारेमा सिकाउनुभएको, सम्बन्धविच्छेदको बारेमा सिकाउनुभएको, येशूको जन्म र वंशावली, येशूले चेलाहरू नियुक्त गर्नुभएको, र यस्तै अरू। तापनि, मानिसले ती कुरालाई धन जत्तिकै महत्त्व दिन्छ, तिनलाई आजको कामको विरुद्ध तुलना पनि गर्छ। तिनीहरू येशूले आफ्नो जीवनमा गर्नुभएका सबै कामहरू यति मात्र थिए, परमेश्‍वरले यति मात्र गर्न सक्‍नुहुन्थ्यो, त्योभन्दा बढी केही पनि गर्न सक्‍नुहुन्‍नथियो भनी विश्‍वास गर्छन्। के यो हास्यास्पद छैन र?

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (१)” बाट उद्धृत गरिएको

यदि तैँले व्यवस्थाको युगको काम अनि इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने तैँले पुरानो नियम पढ्नुपर्छ; यदि तैँले अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ नियम पढ्नुपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्न सक्छस् त? तैँले आजको परमेश्‍वरको नेतृत्वलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्‍वर देह बन्नुभएको छ र चीनका अरू चुनिएका मानिसहरूलाई छान्नुभएको छ। परमेश्‍वरले यी मानिसहरूमा काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामबाट अघि बढ्नुहुन्छ, र अनुग्रहको युगमा भएको कामबाट अघि बढ्नुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो परमेश्‍वरले पृथ्वीमा भर्खरै गर्नुभएको काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्‍वरले पृथ्वी र इस्राएलदेखि बाहिर अझ ठुलो, अझ नयाँ काम गर्नुभएको छ भनी मानिसहरूलाई थाहा छैन, जुन इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न कल्पना गर्न नै। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामको बारेमा एउटै कुरा पनि नछोडी अग्रिम रूपमा कसले लेख्न सक्थ्यो र? त्यो जीर्ण पुरानो पुस्तकको परम्परालाई चुनौती दिने यो अझ शक्तिशाली, अझ बुद्धिमानी काम कसले अभिलेख गर्न सक्थ्यो र? आजको काम इतिहास होइन, र यस्तो भएकोले यदि तैँले आजको नयाँ मार्गमा हिंड्न चाहन्छस् भने तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्। तैँले तँलाई आज किन बाइबल नपढ्नु भनिएको छ, किन बाइबलदेखि अलग अर्को काम छ, किन परमेश्‍वरले बाइबलमा अझ नयाँ र विस्तृत अभ्यास खोज्नुहुन्न, र किन त्यसको सट्टामा बाइबलबाहिर शक्तिशाली काम छ भनेर बुझ्नुपर्दछ। तिमीहरूले बुझ्नुपर्ने सबै कुरा यही हो। तैँले पुरानो र नयाँ कामबीचको भिन्नता बुझ्नुपर्दछ, र तैँले बाइबल नपढे पनि तैँले त्यसलाई चिरफार गर्न सक्नुपर्छ; यदि होइन भने, तैँले अझै बाइबलको आराधना गरिरहनेछस् र तेरो निम्ति नयाँ काममा प्रवेश गर्न र नयाँ परिवर्तनहरू अनुभूत गर्न गाह्रो हुनेछ। त्यहाँ एक उच्च मार्ग छ भने किन त्यो न्यून, पुरानो मार्गको अध्ययन गर्नु? जब त्यहाँ नयाँ वाणीहरू र नयाँ काम छन् भने किन पुरानो ऐतिहासिक विवरणहरूको बीचमा जिउनु? ती नयाँ वाणीहरूले तेरो निम्ति प्रबन्ध गर्न सक्छन्, जसले यो नयाँ काम हो भनी प्रमाणित गर्दछ; पुराना विवरणहरूले तँलाई तृप्त पार्न वा तेरा वर्तमान आवश्यकताहरूलाई पूरा गर्न सक्दैनन्, जसले ती इतिहास हुन् अनि यहाँको र अहिलेको काम होइनन् भनी प्रमाणित गर्दछ। सबैभन्दा उच्च मार्ग भनेको नयाँ काम हो, र नयाँ कामको साथमा, विगतको मार्ग जतिसुकै उच्च भए पनि यो मानिसहरूले फर्केर हेर्ने इतिहास मात्रै हो, र सन्दर्भको रूपमा यसको महत्त्व नै भए पनि, यो अझै पनि पुरानो मार्ग नै हो। यसलाई “पवित्र पुस्तक” मा लेखिएको भए पनि पुरानो मार्ग इतिहास नै हो; “पवित्र पुस्तक” मा यसको कुनै विवरण नभए पनि, नयाँ मार्ग यहाँको र अहिलेको हो। यो मार्गले तँलाई बचाउन सक्छ, र यो मार्गले तँलाई परिवर्तन गर्न सक्छ, किनकि यो पवित्र आत्माको काम हो।

— वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (१)” बाट उद्धृत गरिएको

बाइबल एउटा ऐतिहासिक पुस्तक हो, र यदि तैंले अनुग्रहको युगमा पुरानो करार खाएको र पिएको छस् भने—यदि तैंले अनुग्रहको युगको अवधिमा पुरानो करारको समयमा चाहिने कुराको अभ्यास गरेको छस् भने—येशूले तँलाई अस्वीकार गर्नुहुनेथियो, र तँलाई दण्ड दिनुहुनेथियो; यदि तैंले येशूका कामहरूमा पुरानो करार लागू गरेको थिइस् भने, तँ एक फरिसी हुने थिइस्। यदि आज, तैंले खान र पिउन अनि प्रयोग गर्नका लागि पुरानो र नयाँ करारलाई एकसाथ राख्छस् भने, आजका परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछ; तँ आजको पवित्र आत्माको कामको पछि पतन भएको हुनेछस्! यदि तँ पुरानो करार र नयाँ करार खान्छस् र पिउँछस् भने, तँ पवित्र आत्माको प्रवाहभन्दा बाहिर छस्! येशूको समयमा, येशूले यहूदीहरू र उहाँको पछि लाग्नेहरू सबैलाई त्यस बेला उहाँमा भएको पवित्र आत्माको कामअनुसार डोऱ्याउनुभयो। उहाँले बाइबललाई उहाँको कामको आधारको रूपमा लिनुभएन, तर उहाँको कामअनुसार बोल्नुभयो; उहाँले बाइबलले भनेको कुरामा ध्यान दिनुभएन, न त उहाँले आफ्ना अनुयायीहरूलाई डोऱ्याउने तरिका नै खोज्नुभयो। उहाँले काम गर्न थाल्नुभएदेखि नै पश्चात्तापको मार्ग फैलाउनुभयो—एउटा यस्तो वचन जसको बारेमा पुरानो करारका अगमवाणीहरूमा एउटै पनि उल्लेख गरिएको थिएन। उहाँले केवल बाइबलअनुसार काम गर्नुभएन भन्ने मात्र होइन, तर उहाँले एउटा नयाँ बाटोमा पनि हिँडाउनुभयो र नयाँ काम पनि गर्नुभयो। उहाँले प्रचार गर्नुहुँदा कहिल्यै पनि बाइबलको उल्लेख गर्नुभएन। व्यवस्थाको युगको अवधिमा कसैले पनि उहाँले जस्तो बिरामीहरूलाई निको पार्ने र दुष्टात्माहरू निकाल्ने आश्‍चर्यकर्महरू गर्न सकेको थिएनन्। त्यसरी नै उहाँको काम, शिक्षा अनि उहाँका वचनहरूको अधिकार र शक्ति व्यवस्थाको युगको कुनै पनि व्यक्तिको भन्दा उत्तम थियो। येशूले केवल उहाँको नयाँ काम गर्नुभयो, र धेरै मानिसहरूले बाइबल प्रयोग गर्दै उहाँको निन्दा गरे पनि—र उहाँलाई क्रूसमा टाँग्न पुरानो करार प्रयोग गरे पनि उहाँको काम पुरानो करारको भन्दा उत्तम थियो; यदि यस्तो थिएन भने, मानिसहरूले किन उहाँलाई क्रूसमा टाँग्थे? के पुरानो करारमा उहाँको शिक्षा, बिरामीलाई निको पार्ने र दुष्टात्माहरूलाई धपाउने उहाँको क्षमताको बारेमा केही नभनिएकोले गर्दा होइन र? उहाँको काम नयाँ मार्गमा डोर्‍याउनका निम्ति गरिएको थियो, यो जानाजानी बाइबलको विरुद्ध लड्न वा जानी-जानी पुरानो करारबाट छुटकारा दिनका निम्ति थिएन। उहाँ आफ्नो सेवकाइ गर्न, उहाँको चाहना र खोजी गर्नेहरूलाई नयाँ काम दिन मात्रै आउनुभयो। उहाँ पुरानो करारको व्याख्या गर्न वा त्यसको कामलाई समर्थन गर्न आउनुभएन। उहाँको काम व्यवस्थाको युगलाई निरन्तरता दिनका लागि थिएन, किनकि उहाँको कामले बाइबल त्यसको आधार हो कि होइन भन्ने कुरामा कुनै ध्यान दिएन; येशू केवल उहाँले गर्नुपर्ने काम गर्न मात्रै आउनुभयो। यसैले, उहाँले पुरानो करारका अगमवाणीहरूको व्याख्या गर्नुभएन, न त उहाँले पुरानो करारको व्यवस्थाको युगका वचनहरू अनुसार काम नै गर्नुभयो। पुरानो करारले भनेका कुरालाई उहाँले बेवास्ता गर्नुभयो, उहाँको काम त्योसँग सहमत छ कि छैन भनी उहाँले वास्ता गर्नुभएन, अनि अरूले उहाँको कामको बारेमा के जान्दछन् वा तिनीहरूले त्यसलाई दोषी ठहराएका छन् भनी वास्ता गर्नुभएन। उहाँले केवल आफूले गर्नुपर्ने काम गर्दैजानुभयो, यद्यपि धेरै मानिसहरूले उहाँलाई दोषी ठहराउन पुरानो करारका अगमवक्ताहरूका अगमवाणीहरू प्रयोग गरे। मानिसहरूको नजरमा उहाँको कामको कुनै आधार नभएको र त्यहाँ धेरै कुरा पुरानो करारको विवरणसँग नमिलेको जस्तो देखिन्थ्यो। के यो मानिसको गल्ती थिएन र? के परमेश्‍वरको कामका निम्ति सिद्धान्त प्रयोग गर्नु आवश्यक हुन्छ? के परमेश्‍वरको काम अगमवक्ताहरूका अगमवाणीअनुसार हुनै पर्छ? त्यसोभए, ठूलो को हो: परमेश्‍वर वा बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुनसक्छ? के परमेश्‍वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिनलाई ध्यानमा राख्दै र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धोइदिनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा समावेश छैनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी सिद्धान्तहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्‍वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ। शबाथका प्रभु हुनुभएकोले के उहाँ बाइबलका परमप्रभु पनि हुन सक्नुहुने थिएन र?

— वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (१)” बाट उद्धृत गरिएको

त्यो समयमा, येशूले आफ्ना चेलाहरूलाई अनुग्रहको युगमा अभ्यास कसरी गर्ने, सँगसँगै कसरी भेला हुने, प्रार्थनामा अन्तर्बिन्ती कसरी गर्ने, अरूहरूलाई कस्तो व्यवहार गर्ने र यस्तै अरूहरू विषयहरूमा शृङ्खलाबद्ध प्रवचनहरू मात्रै दिनुभयो। उहाँले कार्यान्वयन गर्नुभएको काम अनुग्रहको युग थियो र चेलाहरू र उहाँलाई पछ्याउनेहरूले कसरी अभ्यास गर्ने भनेर मात्र व्याख्या गर्नुभयो। उहाँले अनुग्रहको युगको काम मात्र गर्नुभयो र उहाँले अन्तको दिनका कुनै पनि कामहरू गर्नुभएन। जब यहोवाले व्यवस्थाको युगमा पुरानो करारको व्यवस्था ल्याउनुभयो, तब उहाँले अनुग्रहको युगको कार्य किन गर्नुभएन त? उहाँले अनुग्रहको युगको कामलाई पहिले नै किन स्पष्ट पार्नुभएन? के यसले मानिसहरूलाई यसलाई स्वीकार गर्न सहायता गर्दैनथ्यो र? एउटा बालक जन्मनेछ र शक्तिशाली हुन्छ भनेर मात्र उहाँले अगमवाणी गर्नुभयो, तर उहाँले अनुग्रहको युगलाई पहिले नै कार्यान्वयन गर्नुभएन। हरेक युगको परमेश्‍वरको कामका सीमाहरू स्पष्ट हुन्छन्; उहाँले हालको युगको काम मात्र गर्नुहुन्छ, र उहाँ अर्को युगको कामलाई कहिल्यै पनि अग्रिम रूपमा गर्नुहुन्न। यसरी मात्र हरेक युगको उहाँको प्रतिनिधि कामलाई अगाडी ल्याउन सकिन्छ। येशूले अन्तको दिनका चिन्हहरू, कसरी धैर्यवान् हुने, कसरी मुक्ति पाउने, कसरी पश्‍चात्ताप गर्ने र स्वीकार गर्ने, क्रूस कसरी बोक्ने र कष्टहरू कसरी सहने भन्ने बारेमा मात्र बताउनुभयो; अन्तको दिनमा मानिसले कसरी प्रवेश पाउने भनेर उहाँले कहिल्यै पनि बताउनुभएन, न त उसले परमेश्‍वरको इच्छा कसरी पूरा गर्न खोज्ने भन्‍नेबारे नै उहाँले बताउनुभयो। यसरी नै, अन्तको दिनमा परमेश्‍वरले गर्नुहुने कामको बारे बाइबलमा खोजी गर्नु हास्यास्पद कुरो होइन र? बाइबल मात्र पक्रेर तैँले के देख्न सक्छस्? बाइबलको व्याख्या गर्ने होस् वा प्रचारक होस्, आजको कामलाई कसले पहिले नै देख्न सक्थ्यो र?

— वचन देहमा देखा पर्नुहुन्छको “आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?” बाट उद्धृत गरिएको

बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो परमेश्‍वरको कार्यको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कार्यको अघिल्लो दुई चरणको प्रमाण भन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कार्यको उद्देश्यको बारेमा कुनै समझ प्रदान गर्दैन। यसले व्यवस्थाको युग र अनुग्रहको युगको अवधिको परमेश्‍वरको कामको दुई चरणहरूलाई प्रस्तुत गर्दछ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्मको यहोवाको कार्यको इतिहासलाई वर्णन गर्दछ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका कामहरूको अभिलेख राख्दछ जुन सुसमाचारका चार पुस्तकहरूमा साथै पावलको काममा पनि छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्‍वरले इतिहासलाई फर्केर हेर्नुहुन्‍न! यसैले, यदि तैँले केवल बाइबललाई मात्रै बुझ्छस्, र आज परमेश्‍वरले गर्नुहुने कामको बारेमा केही बुझ्दैनस् भने, र यदि तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, परमेश्‍वर खोज्नुको अर्थ के हो भन्ने तँलाई थाहा छैन। यदि तँ इस्राएलको इतिहासको अध्ययन गर्न, परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको इतिहासको अनुसन्धान गर्नका लागि बाइबल पढ्छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस्। तर आज, तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र जीवनको पछि लाग्‍ने हुनाले, तैँले परमेश्‍वरको ज्ञानको खोजी गर्ने, र मरिसकेका अक्षरहरू, र धर्मसिद्धान्तहरू वा इतिहासलाई बुझ्‍ने प्रयासको पछि नलाग्‍ने हुनाले, तैँले आजको परमेश्‍वरको इच्छा खोज्नुपर्छ, र तैँले पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ। यदि तँ पुरातत्वविद होस् भने तैँले बाइबल पढ्न सक्ने थिइस्—तर तँ पुरातत्वविद होइनस्, तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्, र तैँले आजको परमेश्‍वरको इच्छाको खोजी गर्नु नै उत्तम हुनेथियो।

— वचन देहमा देखा पर्नुहुन्छको “बाइबल सम्बन्धमा (४)” बाट उद्धृत गरिएको

मैले यहाँ व्याख्या गर्न इच्छा गरेको तथ्य यही हो: परमेश्‍वर जे हुनुहुन्छ र उहाँसँग जे छ त्यो अनन्त रूपले अक्षय र असीम छ। परमेश्‍वर जीवन र सबै थोकको स्रोत हुनुहुन्छ; सृष्टि गरिएको कुनै पनि प्राणीले उहाँलाई बुझ्‍न सक्दैन। अन्तमा, मैले हरेकलाई सम्झना दिलाउने कार्यलाई निरन्तरता दिनुपर्छ: परमेश्‍वरलाई फेरि कहिल्यै पनि पुस्तकहरू, शब्दहरू वा उहाँका विगतका वाणीहरूमा सीमित नगर। परमेश्‍वरको कार्यको चरित्रलाई वर्णन गर्ने एउटा मात्रै शब्द छ: नयाँ। उहाँ पुराना बाटोहरू लिन वा आफ्नो कार्यलाई दोहोर्‍याउन मन पराउनुहुन्‍न; यसका अतिरिक्त, मानिसहरूले एक निश्‍चित क्षेत्रमा सीमित गरेर उहाँलाई आराधना गरेको उहाँ चाहनुहुन्‍न। यो परमेश्‍वरको स्वभाव हो।

— वचन देहमा देखा पर्नुहुन्छको सन्दर्भग्रन्थबाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

दुई हजार वर्षदेखि प्रभुमाथिको मानिसको विश्‍वास बाइबलमा आधारित छ। सर्वशक्तिमान् परमेश्‍वरले आखिरी दिनको न्यायको काम सुरु गर्नुभएपछि, सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गर्ने सबैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्नमा ध्यान केन्द्रित गर्छन्, र बाइबल बिरलै मात्र पढ्छन्। म के जान्न चाहन्छु भने, सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेपछि, मानिसहरूले बाइबललाई कसरी सही तरिकाले हेर्न र प्रयोग गर्न सक्छन्?

सन्दर्भका लागि बाइबल पदहरू: “शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्