ख्रीष्टविरोधी भनेको कस्तो व्यक्ति हो र तिनीहरूलाई कसरी पहिचान गर्न सकिन्छ

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

ख्रीष्टविरोधीसम्‍बन्धी परमेश्‍वरको परिभाषा के हो? परमेश्‍वरप्रति शत्रुवत् रहेको व्यक्ति। यो परमेश्‍वरको शत्रु हो! परमेश्‍वरप्रति शत्रुवत्, सत्यताप्रति शत्रुवत्, सत्यतालाई घृणा गर्ने, परमेश्‍वरलाई घृणा गर्ने, र जुनसुकै सकारात्मक कुरालाई पूर्ण रूपमा घृणा गर्ने—यो क्षणभरको लागि आफ्‍ना विचार र दृष्टिकोणहरूमा कमजोर, मूर्ख, र अलिक गलत हुने आम व्यक्ति होइन, न त सत्यताअनुरूप नरहेको अलिक मूर्ख बुझाइ भएको व्यक्ति नै हो। तिनीहरू यस्तो प्रकारका व्यक्ति होइनन्। यो त ख्रीष्टविरोधी, परमेश्‍वरको शत्रु हो। उसले सकारात्मक कुरा सबैलाई पूर्णतया घृणा गर्ने, सबै सत्यतालाई घृणा गर्ने, र परमेश्‍वरको सबै स्वभाव र सारलाई घृणा गर्ने व्यक्तिको भूमिका खेल्छ। यस्तो भूमिका खेल्‍ने व्यक्तिलाई परमेश्‍वरले कसरी व्यवहार गर्नुहुन्छ त? परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन! यस्ता मानिसहरूले प्राकृतिक रूपमा नै सत्यतालाई घृणा र तिरस्कार गर्छन्। यहाँ दुष्टता, क्रूरता, र सत्यताप्रतिको घृणालाई खुलासा गरिएको छ—यी भ्रष्ट स्वभावहरूमध्ये सबैभन्दा गम्‍भीर प्रकटीकरण र स्वभाव हुन्, र ती सबैभन्दा आम रूपमा र सारगत रूपमा शैतानमा हुने कुरा हुन्। यो आम, भ्रष्ट मानिसहरूमा हुने भ्रष्ट स्वभावको सानोतिनो खुलासा होइन, यो त परमेश्‍वरको निम्ति शत्रुवत् शक्ति हो। तिनीहरूले मण्डलीलाई वाधा दिन्छन् र नियन्त्रण गर्छन्, र तिनीहरूले परमेश्‍वरको व्यवस्थापनको कार्यलाई नष्ट गर्छन् र बिथोल्छन्। के यो आम, भ्रष्ट मानिसहरूले गर्ने कुरा हो? अवश्य नै होइन, त्यसकारण तैँले यसलाई कम सम्‍झनु हुँदैन। आम मानिसहरूसँग पनि दुष्ट स्वभाव हुन सक्छ; तिनीहरूमध्ये कतिले स्वार्थी र घृणित रूपमा, र कतिले नीच रूपमा व्यवहार गर्न सक्छन्, यसरी तिनीहरूले अरूको खटन मान्‍न चाहँदैनन्, र आफै यस्तो विचार गर्छन्, “यदि मानिसहरूले मलाई रिस उठाउँदैनन् भने, म पनि तिनीहरूलाई रिस उठाउनेछैन।” तर ख्रीष्टविरोधीहरू यसबाट कसरी फरक हुन्छन् त? तिनीहरूको मुख्य स्वभाव अहङ्कार होइन, बरु पूर्ण विकसित दुष्टता हो। अनि यो दुष्टता मुख्य रूपमा कसरी प्रकट हुन्छ त? यो कुरा तिनीहरूको काम-कुराहरू गर्ने विचित्रको शैलीमा देख्‍न सकिन्छ, जुन कुरालाई केही बौद्धिकता भएको, केही ज्ञान र केही सामाजिक अनुभव भएका आम मानिसहरूले पत्ता लगाउनु कठिन हुन्छ; यो बढेर दुष्टता बनेको हुन्छ, र यो छल होइन। तिनीहरूले छल र चलाकीको खेल खेल्‍न सक्छन्, र धेरैजसो मानिसहरूले भन्दा तिनीहरूले ती खेल “राम्ररी” खेल्‍न सक्छन्; धेरैजसो सर्वसाधारण मानिसहरूले तिनीहरूसँग प्रतिस्पर्धा गर्न र तिनीहरूको निराकरण गर्न सक्दैनन्। यो ख्रीष्टविरोधी हो। किन सर्वसाधारण मानिसहरूले तिनीहरूको निराकरण गर्न सक्दैनन् भनेर भनिन्छ त? यस्तो किन हुन्छ भने तिनीहरूको दुष्टता यति चरम हुन्छ कि तिनीहरूसँग मानिसहरूलाई धोका दिने असाधारण शक्ति हुन्छ। किन हामी ख्रीष्टविरोधीहरूको प्रकटीकरणहरूका बारेमा सङ्गति गरिरहेका छौं त? किनभने ख्रीष्टविरोधीहरू मानिसहरूलाई धोका दिन अत्यन्तै समर्थ हुन्छन्। तिनीहरूले धेरै मानिसहरूलाई एकैपटकमा धोका दिन सक्छन्, घातक महामारीले जस्तै, जसको संक्रमणले एकै लहरमा धेरैलाई हानि गर्न र मार्न सक्छ; यो अत्यन्तै सङ्क्रामक र व्यापक रूपमा फैलने हुन्छ, र यसको सङ्क्रामकता र यसद्वारा हुने मृत्युदर आम रोगको भन्दा बढी हुन्छ। के यी गम्भीर परिणामहरू होइनन् र?

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले लुकीछिपी काम गर्छन्, व्यक्तिवादी र तानाशाही रूपमा व्यवहार गर्छन्, मानिसहरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र मानिसहरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्”

त्यो समयमा जब परमेश्‍वर अझसम्म देहधारी हुनुभएको थिएन त्यस बेला, मानिसले परमेश्‍वरको विरोध गरे नगरेको मापन मानिसले स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वरलाई आराधना गर्यो कि गरेन र खोजी गर्यो कि गरेन त्यसमा आधारित हुन्थ्यो। त्यो समयमा परमेश्‍वरको विरोधलाई परिभाषित गर्ने तरीका त्यति व्यवहारिक थिएन, किनकि मानिसले परमेश्‍वरलाई देख्न सक्दैनथियो, न त परमेश्‍वरको प्रतिरूप कस्तो छ, वा उहाँले कसरी काम गर्नुहुन्छ र बोल्नुहुन्छ भन्‍ने नै उसलाई थाहा थियो। परमेश्‍वरको बारे मानिसमा कुनै धारणा थिएन, र उसले अस्पष्ट रूपले परमेश्‍वरमा विश्‍वास गर्थ्यो, किनकि परमेश्‍वर मानिसको अघि अझसम्म प्रकट हुनुभएको थिएन। तसर्थ, मानिसले उसको कल्पनामा परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि, परमेश्‍वरले मानिसलाई निन्दा गर्नुभएन वा उसबाट अति धेरै अपेक्षाहरू राख्नुभएन, किनकि मानिस परमेश्‍वरलाई देख्न पूर्णतः असमर्थ थियो। जब परमेश्‍वर देहधारी हुनुहुन्छ र मानिसहरूबीच काम गर्न आउनुहुन्छ, सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र सबैले ती कार्यहरू देख्छन् जुन परमेश्‍वरले उहाँको देहधारी शरीरभित्रबाट गर्नुहुन्छ। त्यो क्षणमा, मानिसका सबै धारणाहरू फिँजजस्तै बन्छन्। जसले परमेश्‍वर शरीरमा प्रकट हुनुभएको देखेका छन्, यदि उनीहरूले स्वेच्छाले उहाँको आज्ञा पालन गर्छन् भने तिनीहरूलाई दोषी ठहराइनेछैन, जब कि उद्देश्यपूर्ण तरिकाले उहाँको विरुद्ध खडा हुनेहरूलाई परमेश्‍वरको विरोधी ठानिने छ। यस्ता मानिसहरू ख्रीष्ट विरोधी, शत्रुहरू हुन् जो जानीबूझी परमेश्‍वरको विरुद्ध उभिन्छन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्

परमेश्‍वरको कार्यको उद्देश्य नबुझ्ने व्यक्ति भनेकै उहाँको विरोध गर्ने व्यक्ति हो र परमेश्‍वरको कार्यको उद्देश्य बुझिसकेर पनि परमेश्‍वरलाई सन्तुष्ट पार्न नखोज्ने व्यक्तिलाई अझ बढी विरोधी मान्नुपर्छ। भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू “स्वस्थ विधान” का जस्तो लाग्न सक्छन् तर तिनीहरू मानिसहरूलाई परमेश्‍वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्

तैंले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले तैँले परमेश्‍वरका सबै वचनहरू र उहाँका सबै कामहरूमा विश्‍वास गर्नुपर्छ। यसो भन्नुको मतलब, तैंले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले, तैंले उहाँको आज्ञापालन गर्नुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरमाथि विश्‍वास गर्छस् कि गर्दैनस् त्यसले केही मतलब राख्दैन। यदि तैँले वर्षौंदेखि परमेश्‍वरमाथि विश्‍वास गरेको छस् तर पनि तैँले कहिल्यै पनि उहाँको आज्ञापालन गरेको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्‍वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्‍वरका काम र वचनहरूको आज्ञापालन गर्न सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्‍वरको नयाँ कामको विरुद्ध शत्रुवत आचरण हुन्छ; तिनीहरूमा समर्पित हुनेबारे त अलिकति पनि मनस्थिति हुँदैन, न त तिनीहरूले कहिल्यै खुशीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूको अगाडि आफूलाई उचाल्छन् र कसैको अगाडि आफूलाई समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “सम्पत्तिहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पुर्ख्यौली सम्पत्ति हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई प्रवचन दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचार गर्नुलाई नै तिनीहरूको सबैभन्दा ठूलो कर्तव्यको रूपमा लिन्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लंघनीय” कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा “राजाहरू” बन्छन् र युगौँ युगदेखि अरूहरूलाई निरङ्कुशताका साथ व्यवहार गर्दै तिनीहरू नियन्त्रण बाहिर जान्छन्। दुष्टहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? अर्ध-आज्ञाकारीहरू समेत आखिरीसम्म अघि बढ्न सक्दैनन्, आफ्नो हृदयमा रत्तीभर आज्ञाकारीता नभएका यी निरङ्कुश व्यक्तिहरू आखिरीसम्म अघि बढ्न सक्‍ने कुरा त परै जाओस्! परमेश्‍वरको कामलाई मानिसले सजिलैसँग प्राप्त गर्न सक्दैन। मानिसहरूले तिनीहरूसँग भएको सबै तागत लगाएर पनि यसको एउटा सानो अंश मात्र प्राप्त गर्न सक्छन्, जसले आखिरमा तिनीहरूलाई सिद्ध तुल्याउने बाटो प्रदान गर्छ। त्यसो भए, प्रधान दूतका सन्तानलाई चाहिँ के हुन्छ, जसले परमेश्‍वरको कामलाई विनाश गर्न खोज्छन्? के तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहुने सम्भावना झन् कम छैन र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र स्वधर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै कल्पनाहरूद्वारा निर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नको निम्ति वरदानहरू र विद्वत्तममा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न नसक्‍ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान छ र तिनीहरूले केही धर्मसिद्धान्तहरूको प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई आफ्नो अगाडि ल्याउन र उनीहरूलाई छल्नको निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्‍वरमा नाममात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले आफ्ना अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो बाटोको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये कसैले भन्छन्, “हाम्रो विश्‍वासको बारेमा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको माध्यम एउटा मानव हो; के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्‍ने बाधाहरू बनेका छैनन् र?

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यताको खोजी गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्नु हो”

कतिपय मानिसहरू माथिका कार्य बन्दोबस्तहरूप्रति पूर्ण रूपमा लापरवाही मनोवृत्ति राख्छन्। तिनीहरूले सोच्छन्, “कार्य बन्दोबस्तहरू माथिबाट नै मिलाइन्छ, अनि यहाँ तल काम गर्नेचाहिँ हामी हौं। कतिपय भनिएका कुरा र कतिपय कार्यहरूलाई लचकताको साथ कार्यान्वयन गर्न सकिन्छ—हामीकहाँ आएपछि तिनलाई परिवर्तन गर्न सकिन्छ। आखिर, माथि त गफ मात्र हुन्छ, व्यवहारिक काम गर्ने त हामी हौं। मण्डलीको अवस्था हामी बुझ्छौं, तर माथि यसको बुझाइ हुँदैन, त्यसकारण हामीलाई दिइएका मानिसहरू र मण्डलीको काम हामीलाई जसरी उचित लाग्छ त्यसरी गर्नुपर्छ। हामीले आफूलाई जस्तो मन लाग्छ त्यसरी गर्न सक्छौं, र कसैसँग पनि हस्तक्षेप गर्ने अधिकार छैन।” त्यस्ता मानिसहरूका लागि, परमेश्‍वरको सेवा गर्ने कार्यको सिद्धान्त यस्तो हुन्छ: “यदि मलाई कुनै कुरा सही लाग्छ भने, म त्यसलाई ध्यान दिनेछु; यदि कुनै कुरा काम लगाउन सकिने खालको छैन जस्तो लाग्यो भने, म त्यसलाई बेवास्ता गर्नेछु। मलाई मन लाग्यो भने म तपाईंलाई विरोध गर्न, वा तपाईंको विरुद्धमा जान सक्छु, र मैले नचाहने कुनै पनि कुरालाई मैले कार्यान्वयन गर्नु वा अघि बढाउनु पर्दैन। यदि तपाईंले भन्नुहुने कुनै कुरा मलाई अनुचित लाग्यो भने, म तपाईंको लागि त्यसलाई परिमार्जन गरिदिनेछु, र, यसरी छानिएपछि, यसलाई म तल हस्तान्तरण गर्नेछु। मैले अनुमोदन नगरेको कुनै पनि कुरा छापिनु हुँदैन।” बाँकी सबै ठाउँमा भने माथिका बन्दोबस्तहरूलाई तिनको मूल अवस्थामा नै फैलाइन्छ तर यो व्यक्तिले भने उसले नेतृत्व गर्ने क्षेत्रका मानिसहरूलाई कार्य-बन्दोबस्तको परिमार्जित संस्करण पठाउँछ। यस्तो व्यक्तिले सधैँ परमेश्‍वरलाई एकातिर पन्छाउने इच्‍छा गर्छ, र सबैले उसलाई पछ्याऊन् र विश्‍वास गरून् भन्‍ने उत्कट इच्‍छा गर्छ। तिनीहरूको दृष्टिकोणमा, केही क्षेत्रहरूमा परमेश्‍वर तिनीहरूको बराबर हुनुहुन्‍न—तिनीहरू नै परमेश्‍वर हुनुपर्छ, र तिनीहरूमै सबैले विश्‍वास गर्नुपर्छ। तिनीहरूले गर्ने कामको प्रकृति त्यही हो। यदि तिमीहरूले यो कुरालाई बुझेको भए, के तिमीहरू त्यस्तो व्यक्तिलाई हटाउँदा र प्रतिस्थापन गर्दा अझै रुनेथियौ? के तिमीहरूले अझै पनि तिनीहरूप्रति सहानुभूति देखाउनेथियौ? के तिमीहरूले अझै पनि यस्तो विचार गर्नेथियौ, “माथिले जे गर्छ त्यो अनुचित र अन्यायी छ—त्यति धेरै कष्ट भोगेको व्यक्तिलाई माथिबाट कसरी निष्कासन हुन सक्छ?” तिनीहरूले कसको लागि कष्ट भोगेका छन्? तिनीहरूले तिनीहरूका आफ्‍नै हैसियतको लागि कष्ट भोगेका छन्। के तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेका छन्? के तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गरिरहेका छन्? के तिनीहरू परमेश्‍वरप्रति निष्ठावान र समर्पित छन्? तिनीहरू शैतानका दासबाहेक अरू केही पनि होइनन्, र तिनीहरूको काम दियाबलसको प्रभुत्व हो; यसले परमेश्‍वरको व्यवस्थापन योजनालाई नष्ट गर्छ र उहाँको कार्यमा बाधा दिन्छ। त्यो कस्तो प्रकारको विश्‍वास हो? तिनीहरू दियाबलस, ख्रीष्टविरोधीबाहेक अरू केही पनि होइनन्!

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई चिढ्याउनु भनेको के हो?”

ख्रीष्टविरोधीहरू सत्यता र परमेश्‍वरप्रति खुलेआम रूपमा शत्रुवत् हुन्छन्। तिनीहरूले चुनिएकाहरूका निम्ति परमेश्‍वरसँग होडबाजी गर्छन्, हैसियत, र मानिसहरूको हृदयको लागि उहाँसँग होडबाजी गर्छन्, र तिनीहरू यति हदसम्‍म जान्छन् कि तिनीहरूले मानिसहरूको हृदय जित्‍न, तिनीहरूलाई बहकाउन, र तिनीहरूलाई चेतना-सून्य बनाउन सबै किसिमका प्रयासहरू समेत गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूले गर्ने हरेक कुरा—चाहे त्यो खुला रूपमा गरिएको होस् वा गुप्त रूपमा गरिएको होस्—त्यो त्यसको प्रकृतिमा नै, परमेश्‍वरको निम्ति शत्रुवत् हुन्छ। यो परमेश्‍वरको निम्ति शत्रुवत् हुन्छ भनेर म किन भन्छु त? किनभने, तिनीहरूलाई यो सत्यता हो भन्‍ने स्पष्‍ट रूपमा थाहा भए पनि, र यो परमेश्‍वर हुनुहुन्छ भन्‍ने स्पष्ट रूपमा थाहा भए पनि, तिनीहरू अझै पनि प्रतिरोधमा खडा हुन्छन्। उदाहरण: कतिपय मण्डलीहरूमा, जब ख्रीष्टविरोधीहरूले मानिसहरूलाई लोभ्याएर तिनीहरूको पक्षमा पारेका हुन्छन्, तिनीहरूलाई प्रलोभनमा पारी लगेका हुन्छन्, र तिनीहरूलाई उनीहरूका इच्‍छाअनुसार झुक्न लगाएका हुन्छन्, तब तिनीहरूले आफ्‍नै फरक मण्डली स्थापना गर्नको लागि परमेश्‍वरको घरका सबै प्रकारका पुस्तक-पुस्तिका र सामग्रीहरू लैजान्छन्। यी मानिसहरूले ख्रीष्टविरोधीहरूलाई आराधना गर्छन् र पछ्याउँछन्, यिनीहरू पूर्ण रूपमा तिनीहरूको नियन्त्रणमा हुन्छन्। यसरी व्यवहार गरेर, तिनीहरूले स्पष्ट रूपमा नै चुनिएकाहरूका लागि परमेश्‍वरसँग होड गरिरहेका हुन्छन्। के यो ख्रीष्टविरोधीहरूको एउटा गुण हो कि होइन त? त्यस्तो स्पष्ट गुणको आधारमा तिनीहरूलाई ख्रीष्टविरोधीहरूको रूपमा वर्गीकरण गर्नु, तिनीहरूलाई अन्याय गर्नु होइन, बरु अत्यन्तै सही कार्य गर्नु हो! अनि यस्ता केही ख्रीष्टविरोधीहरू पनि छन् जसले आफ्‍नै शक्ति र प्रभावको वृद्धि-विकास गर्दै, तीसँग सहमत नहुने कसैलाई उखेलेर फाल्दै, तिनीहरूलाई पछ्याउने र तिनीहरूको कुरा मान्‍नेहरूलाई तिनीहरूको पक्षमा राख्दै, एउटा स्वतन्त्र शक्ति निर्माण गर्न र तिनीहरूको इच्‍छाअनुसार मानिसहरूलाई झुक्न लगाउनको लागि मण्डलीभित्र तिनीहरूको आफ्‍नै स्वतन्त्रसत्ता निर्माण गर्छन्। माथिबाट जे-जस्ता बन्दोबस्त वा मापदण्डहरू आए पनि, माथिको कार्य बन्दोबस्तलाई खुलेआम अवज्ञा गर्न मानिसहरूलाई अगुवाइ गर्दै, यी ख्रीष्टविरोधीहरूले स्वतन्त्र कार्यशैली अपनाउँछन्। उदाहरणको लागि, माथिका मापदण्डहरू अनुपयुक्त अगुवा र सेवकहरूलाई कुनै पनि समयमा प्रतिस्थापन गरिनुपर्छ भन्‍ने हुन्छ, तर ख्रीष्टविरोधीहरूको दृष्टिकोणमा, यी अगुवा र सेवकहरू अनुपयुक्त भए तापनि, तिनीहरूलाई जगेर्ना गर्नेहरू ख्रीष्टविरोधीहरू नै भएको हुनाले, ख्रीष्टविरोधीहरूलाई नै सुरुमा निष्कासन नगरिएसम्‍म, तिनीहरूलाई माथिको आदेशद्वारा कुनै पनि हालतमा प्रतिस्थापन गर्न सकिँदैन। के तिनीहरूले यो मण्डलीको नियन्त्रण आफ्नो हातमा लिएका हुन्छन् कि हुँदैनन्? तिनीहरूको हातमा नियन्त्रण परेपछि, परमेश्‍वरको घरको कार्य बन्दोबस्तहरू सम्‍भव हुँदैनन्, र तिनलाई अबउप्रान्त अघि बढाउन सकिँदैन। कार्य बन्दोबस्तहरू जारी गरिएको लामो समय भइसकेको हुन्छ, र हरेक मण्डलीले तिनीहरूको कार्यान्वयन अवस्थाको विवरण पठाइसकेको हुन्छ—उदाहरणको लागि, निश्‍चित परिस्‍थितिहरूको कारणले कसको कर्तव्यमा परिवर्तन भएको छ वा कसलाई हटाइएको छ—तर ख्रीष्टविरोधीहरू जिम्‍मेवार रहेका क्षेत्रहरूमा, त्यस्ता मानिसहरू कोही हुँदैनन, कसैले पनि आफ्‍नो कर्तव्यमा परिवर्तन ल्याएको हुँदैन। के त्यो क्षेत्रमा एक जना पनि अनुपयुक्त व्यक्ति नहुने सम्‍भावना हुन्छ र? केही व्यक्तिहरू अनुपयुक्त भए पनि, र सोझै माथिबाट ख्रीष्टविरोधीहरूलाई तिनीहरूको प्रतिस्थापन गर्ने आदेश आएको भए पनि, लामो समयपछि पनि कुनै प्रतिक्रिया आउँदैन। यहाँ समस्या छ कि छैन? यो यस्तो परिस्थिति हो जहाँ मण्डली ख्रीष्टविरोधीहरूको हातमा परेको हुन्छ। कार्य बन्दोबस्तहरू अघि बढाउनको लागि माथिबाट आदेशहरू आउँछन्, तर ती ख्रीष्टविरोधीहरूकहाँ पुगेपछि, तिनलाई रोकिन्छ, र मातहतका मानिसहरूकहाँ कुनै खबर पुग्दैन, त्यसकारण तिनीहरूले माथिसँगको सबै सम्पर्क गुमाउँछन्, र सबै कुरा ख्रीष्टविरोधीहरूले नियन्त्रण गर्छन्। तिनीहरूले यस्तो काम गर्दा तिनीहरूको प्रकृति कस्तो हुन्छ? यो त ख्रीष्टविरोधीहरूले आफैलाई प्रकट गरेको अवस्था हो।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन् (१)”

कस्तो किसिमको व्यक्तिले राज्य स्थापना गर्छ? (ख्रीष्ट विरोधीले।) अनि त्यस्तो व्यक्तिलाई किन “ख्रीष्ट विरोधी” भनिन्छ? सर्वप्रथम, “विरोधी” को अर्थ विरोध गर्ने र शत्रुवत् बन्‍नु हो, र यसमा ख्रीष्ट, परमेश्‍वर र सत्यताको विरोध गर्ने र शत्रुवत् हुने कार्य समावेश हुन्छ। “विरोध गर्ने र शत्रुवत्” हुनु भनेको के हो? (यसको अर्थ सीधा विपक्षमा खडा हुनु हो।) (घृणा बोक्‍नु हो।) के परमेश्‍वरलाई घृणा गर्ने र सीधा उहाँको विरोधमा खडा हुने मानिसहरूले सत्यतालाई स्वीकार गर्न सक्छन्? के तिनीहरूले सत्यतालाई प्रेम गर्न सक्छन्? निश्चय तिनीहरूले त्यसो गर्न सक्दैनन्। तिनीहरूले आफैलाई व्यक्त गर्ने पहिलो तरिका भनेको सत्यतालाई प्रेम नगर्नु हो। जब कसैले सत्यता बोल्दछ, तिनीहरूले त्यस व्यक्तिको सामुन्ने केही पनि व्यक्त गर्दैनन्, तर तिनीहरूले आफ्‍नो हृदयभित्र सत्यतालाई स्वीकार गर्दैनन्, र हृदयभित्र तिनीहरूले त्यसको विरोध गर्छन्। विरोध गर्ने क्रममा, सबै सकारात्मक कुराहरूको सम्बन्धमा—परमेश्‍वरको अधीनमा बस्ने, इमानदारीसाथ आफ्नो कर्तव्य पूरा गर्ने, इमानदार मानिसहरू बन्‍ने, सबै कुरामा सत्यता खोज्ने, आदि कुराहरूमा—के तिनीहरूमा अलिकति पनि व्यक्तिगत चाहना वा प्रेम हुन्छ? हुँदैन, अलिकति पनि हुँदैन। त्यसकारण, तिनीहरूमा यस किसिमको प्रकृति सार भएकोले तिनीहरू पहिले नै परमेश्‍वर र सत्यताको प्रत्यक्ष विरोधमा उभिएका हुन्छन्। यसैले, अपरिहार्य रूपमा नै, यस्ता मानिसहरूले आफ्नो मनमा सत्यतालाई वा कुनै सकारात्मक कुरालाई प्रेम गर्दैनन्। उदाहरणको लागि, नेतृत्वको पदमा बस्ने मानिसहरूले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका विभिन्न विचारहरूलाई स्वीकार गर्न सक्नुपर्छ, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको अघि खुलस्त कुरा गर्न सक्नुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूको हप्कीलाई स्वीकार गर्नुपर्छ, र तिनीहरूले प्रतिष्ठा लिने गर्नु हुँदैन। अभ्यास गर्ने यी सबै सही तरिकाहरूको बारेमा ख्रीष्टविरोधीले के सोच्दछ? सायद उसले यसो भन्नेछ, “यदि मैले दाजुभाइ-दिदीबहिनीहरूका विचारहरू सुनें भने, के म अझै पनि अगुवा नै रहनेथिएँ? के मसँग अझै पनि प्रतिष्ठा र इज्जत हुनेथियो? के मैले अझै पनि मानिसहरूलाई मेरो डर मान्ने बनाउन सक्छु? यदि मैले मानिसहरूलाई मेरो डर मान्ने बनाउन सक्दिनँ, र मेरो कुनै इज्जत हुँदैन भने मैले के नै काम गर्न सक्छु?” ख्रीष्टविरोधीसँग ठीक यस्तै प्रकारको स्वभाव हुन्छ; उसले सत्यतालाई सानोभन्दा सानो रूपमा समेत स्वीकार गर्दैन, र अभ्यास गर्ने तरिका जति उचित हुन्छ, उसले उति नै बढी त्यसको विरोध गर्दछ। उसले अभ्यास गर्ने यी सही तरिकाहरू सत्यताको अभ्यास गर्ने तरिकाहरू हुन् भनी मानिलिँदैन। उसले सत्यता के हो भनी विश्‍वास गर्छ? उसले कस्तो विश्‍वास गर्छ भने, कुनै व्यक्तिले अरू कसैसँग व्यवहार गर्दा सधैँ कठोर शैली, कुकर्म, निर्दयी तरिकाहरू र कुटिल युक्तिहरू प्रयोग गर्नुपर्छ; उसले सत्यता, प्रेम, र परमेश्‍वरका वचनहरूको कहिल्यै पनि प्रयोग गर्नु हुँदैन। उसको मार्ग एउटा दुष्ट मार्ग हो। ख्रीष्ट विरोधी वर्गका मानिसहरूको प्रकृति सार यही हो, र तिनीहरूको काम गर्ने तरिका र तिनीहरूको व्यवहार पछाडि रहेको प्रेरणा पनि यही हो, जुन स्रोतबाट ती उत्पन्न हुन्छन्। तिनीहरूका अभिप्राय र उद्देश्यहरू यस्तै हुन्छन्। तिनीहरूले प्रायजसो प्रकट गर्ने तिनीहरूका अभिप्राय र उद्देश्यहरूको सार, निश्चित रूपमा ख्रीष्ट विरोधीको सार हो—जुन सत्यताप्रतिको अनिच्छा र घृणा हो। तिनीहरूको सार यही हो। त्यसो भए, सत्यता र परमेश्‍वरको विरोधमा खडा हुनु भनेको के हो? यसको अर्थ सत्यता र सकारात्मक कुराहरूलाई घृणा गर्नु हो। उदाहरणको लागि, सृष्टिको एक थोक भएकोले, व्यक्तिले सृष्टिको गरिएको प्राणीको कर्तव्य पूरा गर्नुपर्छ; परमेश्‍वरले जेसुकै भन्नुभए पनि, मानिसहरू अधीनमा बस्नुपर्छ, किनकि मानिसहरू सृष्टिका थोकहरू हुन्। तर ख्रीष्टविरोधीले कसरी सोच्दछ? “म सृष्टिको एक थोक हुँ भन्‍ने कुरा साँचो हो, तर जब अधीनमा बस्ने कुरा आउँछ, तब त्यो परिस्थितिमा निर्भर हुन्छ। सबैभन्दा पहिलो कुरा, त्यसमा मेरो लागि केही फाइदा हुनुपर्छ; मेरो लागि बेफाइदा हुनु हुँदैन, र मैले मेरा आफ्नै हितहरूलाई पहिलो स्थान दिनुपर्छ। यदि इनामहरू र ठूला आशिषहरू प्राप्त गर्न सकिन्छ र तपाईं मलाई अधीनमा बस्‍न लगाउनुहुन्छ भने, त्यो ठीकै छ, तर इनामविना र गन्तव्यविना, म अधीनमा बस्न सक्दिनँ।” ख्रीष्ट विरोधीले यस कुरालाई यसरी नै हेर्छ। अर्को उदाहरणको रूपमा, परमेश्‍वरले मानिसहरू इमानदार होऊन् भन्ने चाहनुहुन्छ, तर ख्रीष्ट विरोधीले यसको बारेमा के सोच्दछ? “केवल मूर्खहरू मात्र इमानदार हुन्छन्; बुद्धिमान् मानिसहरू इमानदार हुँदैनन्।” के यी विचारहरू सत्यतालाई स्वीकार नगर्ने ख्रीष्ट विरोधीहरूको दृष्टिकोणलाई जनाउँछ? यस किसिमको दृष्टिकोणको सार के हो? यसको सार सत्यलाई घृणा गर्नु हो। ख्रीष्ट विरोधीहरूको सार ठीक यस्तै हुन्छ, र तिनीहरूको सारले तिनीहरू कस्तो मार्गमा हिँड्छन् भनी निर्धारण गर्दछ र फलस्वरूप, तिनीहरूले हिँड्ने मार्गले तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा के-कस्ता कुराहरू गर्छन् त्यो निर्धारण गर्दछ।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू मानिसहरूलाई जित्ने कोसिस गर्छन्”

कुनै-कुनै मानिसहरूमा ख्रीष्ट विरोधीका केही प्रकटीकरणहरू हुन्छन् र ख्रीष्ट विरोधीको स्वभाव निश्चित प्रस्फुटिकरणहरू हुन्छन्, तर सत्यतालाई स्वीकार र अबलम्‍बन, र सत्यतालाई प्रेम पनि गर्छन्। तिनीहरू मुक्तिको सम्भावित पात्रहरू हुन्। केही त्यस्ता मानिसहरू हुन्छन् जसको रूपरङ्ग जस्तै भए पनि, तिनीहरू प्रकृति सारमा नै सत्यताको विरोधी र त्यसलाई घृणा गर्ने हुन्छन्। तैँले सत्यताको बारेमा बोल्‍नसाथ वा तिनीहरूलाई प्रचार गर्नसाथ तिनीहरू रिसाउँछन् र विरोधी बन्छन्: तिनीहरू झुल्‍न थाल्छन्, र निदाउँछन्, तिनीहरू दिक्‍क मान्छन्, अनि तिनीहरूले बुझ्दा पनि त्यसको चासो लिँदैनन्; वा बाहिरपट्टि तिनीहरू लगनशील देखिन्छन्, तर सत्यतालाई फरक आचरणले वा कुनै ज्ञान र सिद्धान्तले नाप्छन्। यदि यस्तो भयो भने, तिनीहरूले परमेश्‍वरका वचनहरू जति नै धेरै पढेका वा जति धेरै सन्देशहरू सुनेका भए पनि, आखिरमा तिनीहरूको आचरणमा थोरै पनि परिवर्तन हुनेछैन, जुन हैसियत र सांसारिक कुराहरूको खोजी हो, परमेश्‍वरसित दुश्‍मनी र सत्यताप्रतिको शत्रुता हो। यो ख्रीष्ट विरोधीको आम विशेषता हो। त्यसकारण, जब तँ तिनीहरूका कार्यहरूको उद्देश्य मानिसहरूलाई तिनीहरूको पक्षमा पार्नु हो, र परमेश्‍वरको हैसियतको निम्ति होडबाजी गर्न, मानिसहरूलाई धोका दिन तिनीहरूले आफैलाई उच्च पार्छन् र आफ्नै विषयमा गवाही दिन्छन्, र तिनीहरूका कार्यहरू शैतान र ख्रीष्ट विरोधीहरूका कार्य हुन् भन्छस्, तब के तिनीहरूले त्यस्तो दोषारोपणलाई स्वीकार गर्छन्? तिनीहरूले यस्तो कुरा स्वीकार गर्दैनन्। तिनीहरू सोच्छन्: “मैले यस प्रकारको व्यवहार गर्नु मेरो लागि सही र उचित छ। म यस्तै प्रकारले काम गर्छु। तिमीले आफूलाई जति मेरो निन्दा र आलोचना गर्न चाहन्छौ त्यति गर्न सक्छौ—म यो खोजी, यो चाहना वा काम गर्ने यो तरिकालाई छोड्‌नेछैनँ।” यो निश्चित छ: तिनीहरू ख्रीष्ट विरोधीहरू हुन्। तैँले भन्ने कुनै पनि कुराले तिनीहरूको दृष्टिकोणलाई बदल्‍न सक्दैन, न त यसले तिनीहरूको अभिप्राय र उद्देश्यहरूलाई नै परिवर्तन गर्न सक्छ, न तिनीहरूको महत्वाकांक्षा र चाहनाहरूलाई नै बदल्‍न सक्छ। यो आम ख्रीष्ट विरोधीको प्रकृति सार यस्तै हुन्छ। तिनीहरूका परिस्थितिहरू जसरी परिवर्तन भए पनि, वा तिनीहरूका वरिपरिका मानिसहरू, मामलाहरू, र थोकहरू जसरी परिवर्तन भए पनि, वा समय जसरी परिवर्तन भए पनि, अनि परमेश्‍वरले जे-जस्ता चिह्न र आश्‍चर्यकर्महरू गर्नुभए पनि, र परमेश्‍वरले तिनीहरूलाई जति धेरै अनुग्रह दिनुभए पनि—उहाँले तिनीहरूलाई दण्ड नै दिनुभए पनि—तिनीहरूका अभिप्रायहरू कहिल्यै पनि बदलिनेछैनन्। तिनीहरूको मानिस बन्ने तरिका र कामहरू गर्ने तरिका कहिल्यै पनि बदलिनेछैनन्, न त सत्यताप्रति तिनीहरूको शत्रुताको दृष्टिकोण नै बदलिनेछ। जब अरूले तिनीहरूले जे गरिरहेका छन् त्यो आफैलाई उच्च बनाउने र आफ्नै गवाही दिने अनि मानिसहरूलाई धोका दिने कार्य हो भनी भन्छन्, तब तिनीहरू आफ्नो बोल्ने शैली बदलेर यस्तो बनाउँछन् जसमा अरूले कुनै दोष भेट्टाउन सक्दैनन् र त्यसलाई कसैले पनि बुझ्न सक्दैन। तिनीहरूले आफ्नो व्यवस्थापनलाई जारी राख्न र गोप्य लक्ष्यहरू प्राप्त गर्नका लागि अझ बढी धूर्त उपायहरूको प्रयोग गर्छन्। ख्रीष्ट विरोधीमा यही कुरा प्रकट हुन्छ, र ख्रीष्ट विरोधीको सारद्वारा यही कुरा उत्पन्न हुन्छ। तिनीहरूलाई दण्ड दिइनेछ, तिनीहरूको अन्त्य आएको छ, तिनीहरू श्रापित र दोषी छन् भनेर परमेश्‍वरले भन्नुभए पनि, के यस कुराले तिनीहरूको सार परिवर्तन गर्नसक्छ? के यसले सत्यताप्रतिको तिनीहरूको दृष्टिकोण परिवर्तन गर्न सक्छ? के यसले प्रतिष्ठा, सम्पत्ति, र इज्जतप्रतिको तिनीहरूको प्रेमलाई बदल्न सक्छ? सक्दैन। शैतानले भ्रष्ट पारेका मानिसहरूलाई परमेश्‍वरको आराधना गर्ने सामान्य मानिसहरूमा परिणत गर्नु भनेको परमेश्‍वरको काम हो; यो हासिल गर्न सकिन्छ। तर भूतात्माहरू, मानिसको छाला ओढेका मानिसहरू, तर जसको सार भने शैतानी छ, जसले शैतानको शिविरमा शैतानको पूजा गर्दछन् र जो परमेश्‍वरप्रति शत्रुवत् छन्, के तिनीहरूलाई सामान्य मानिसहरूमा परिवर्तन गर्नु सम्भव छ? त्यो असम्भव हुनेछ। परमेश्‍वर यस प्रकारको काम गर्नुहुन्न; यी मानिसहरू परमेश्‍वरले मुक्ति दिनुहुनेहरूमा पर्दैनन्। त्यसो भए, परमेश्‍वरले यस्ता मानिसहरूलाई कसरी परिभाषित गर्नुहुन्छ? तिनीहरू शैतानका हुन्। तिनीहरू परमेश्‍वरको छनौट वा मुक्तिका पात्रहरू होइनन्; परमेश्‍वरले यस्ता मानिसहरू चाहनुहुन्न। तिनीहरू परमेश्‍वरको घरमा जति लामो समयदेखि रहेका भए पनि, तिनीहरूले जति धेरै दु:ख भोगेका वा तिनीहरूले जे गरेका भए पनि तिनीहरूका अभिप्रायहरू बदलिँदैनन्। तिनीहरूले आफ्ना महत्वाकांक्षा वा चाहनाहरूलाई पन्साउँदैनन्, तिनीहरूले परमेश्‍वरसँग प्रतिष्ठा र मानिसहरूका निम्ति होडबाजी गर्ने आफ्नो अभिप्राय र लालसालाई त्याग्न सक्‍ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरू जिउँदा ख्रीष्ट विरोधीहरू हुन्।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू आफैलाई उच्च पार्छन् र आफ्नै गवाही दिन्छन्”

सबै ख्रीष्ट विरोधीहरू पश्चात्ताप गर्नुभन्दा त बरु मर्छन्। तिनीहरू मृत्यु नहुञ्जेल परमेश्‍वरको विरोध गर्ने र आखिरसम्म लड्ने शपथ खान्छन्। तिनीहरूले परमेश्‍वर हुनुहुन्छ, उहाँले मानिसलाई सृष्टि गर्नुभयो, र उहाँले मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ भनेर तिनीहरूले आफ्‍नो मनमा स्वीकार गर्ने भए पनि, तिनीहरूको प्रकृतिले तिनीहरूलाई आफूले चुनेको मार्ग बदल्न असमर्थ तुल्याउँछ, र परमेश्‍वरप्रतिको तिनीहरूको शत्रुतालाई परिवर्तन गर्न असमर्थ तुल्याउँछ। तसर्थ, ख्रीष्ट-विरोधीहरूको व्यवहारको सार भनेको हैसियत प्राप्त गर्ने, मानिसहरूको मन जित्‍ने र मानिसहरूलाई तिनीहरूको पछि लाग्‍ने र पूजा गर्ने तुल्याउनको लागि विभिन्‍न माध्यम र विधिहरूको निरन्तर प्रयोग गर्नु हो। तिनीहरूले आफ्नो हृदयको गहिराइमा मानवजातिको लागि परमेश्‍वरसँग जानी-जानी होड गरिरहेका नहुन सक्छन्, तर एउटा कुरा निश्‍चित छ: तिनीहरूले मानवको लागि परमेश्‍वरसँग होड नगरे पनि, तिनीहरूले अझै पनि मानवको बीचमा हैसियत र शक्ति प्राप्त गर्न चाहन्छन्। एक दिन तिनीहरूले हैसियतको लागि परमेश्‍वरसँग होड गरिरहेका छन् भन्‍ने तिनीहरूले पत्ता लगाए पनि, र तिनीहरूले आफैलाई लगाम लगाए पनि, मानिसहरूका बीचमा हैसियत प्राप्त गर्न र सबैको मान्यता प्राप्त गर्न तिनीहरूले अरू विधिहरूको प्रयोग गर्छन्। छोटकरीमा भन्दा, ख्रीष्ट-विरोधीहरूले गर्ने सबै कुरामा तिनीहरूले विश्‍वासयोग्य ढङ्गले आफ्‍नो कर्तव्य पूरा गरिरहेका छन् भन्‍ने देखिए पनि, र तिनीहरू परमेश्‍वरका साँचो अनुयायीहरू हुन् भन्‍ने जस्तो देखिए पनि, मानिसहरूलाई नियन्त्रण गर्ने—अनि तिनीहरूका बीचमा हैसियत र शक्ति प्राप्त गर्ने—तिनीहरूको महत्वाकांक्षा कहिल्यै परिवर्तन हुनेछैन। परमेश्‍वरले जे भन्‍नुभए पनि वा गर्नुभए पनि, र उहाँले मानिसहरूलाई जे गर्न लगाउनुभए पनि, तिनीहरूले जे गर्नुपर्ने हो त्यो गर्दैनन् वा उहाँका वचनहरू र मापदण्डहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्दैनन्, न त उहाँका वाणीहरू र सत्यतालाई बुझेको परिणामस्वरूप तिनीहरूले शक्ति र हैसियतसम्‍बन्धी तिनीहरूको खोजीलाई नै त्याग्छन्; सम्पूर्ण रूपमा, तिनीहरूको महत्वाकांक्षाले तिनीहरूलाई खान्छ, तिनीहरूको बानीबेहोरा र विचारहरूलाई नियन्त्रण र निर्देशित गर्छ, र तिनीहरूले हिँड्ने मार्ग निर्धारित गर्छ। ख्रीष्ट-विरोधीको संक्षेप व्याख्या यही हो। यहाँ के कुरालाई जोड दिइएको छ त? कतिपय मानिसहरूले यसो भनेर प्रश्‍न गर्छन्, “के ख्रीष्ट-विरोधीहरू भनेका मानिसहरूलाई प्राप्त गर्नको निम्ति परमेश्‍वरसँग होडबाजी गर्ने, र उहाँलाई स्वीकार नगर्ने मानिसहरू होइनन् र?” तिनीहरूले परमेश्‍वरलाई पहिचान गर्न सक्छन्, तिनीहरूले उहाँको अस्तित्वलाई साँचो रूपमा पहिचान गर्न र विश्‍वास गर्न सक्छन्, अनि तिनीहरू उहाँलाई पछ्याउन र सत्यताको खोजी गर्न इच्‍छुक हुन सक्छन्, तर एउटा कुरा कहिल्यै परिवर्तन हुनेछैन: तिनीहरूले शक्ति र हैसियतसम्‍बन्धी तिनीहरूको महत्वाकांक्षालाई कहिल्यै त्याग्‍नेछैनन्, न त तिनीहरूले आफ्नो वातावरण वा तिनीहरूप्रतिको परमेश्‍वरको मनोवृत्तिको कारण नै ती कुराको खोजीलाई त्याग्‍नेछन्। ख्रीष्ट-विरोधीहरूको विशेषताहरू यिनै हुन्। व्यक्तिले जति धेरै कष्ट भोगेको भए पनि, तिनीहरूले जति नै धेरै सत्यता बुझेका भए पनि, तिनीहरू जति धेरै सत्यता वास्तविकताहरूमा प्रवेश गरेका भए पनि, र तिनीहरूमा परमेश्‍वरको बारेमा जाति धेरै ज्ञान भए पनि, यी बाहिरी घटनाक्रम र प्रकटीकरणहरूभन्दा बाहिर, तिनीहरूले हैसियत र शक्तिको निम्ति रहेको तिनीहरूको महत्वाकांक्षा र खोजीलाई तिनीहरूले कहिल्यै बसमा राख्‍ने वा त्याग्‍ने गर्दैनन्, र ठीक यही कुराले तिनीहरूको प्रकृति सारलाई निर्धारित गर्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई ख्रीष्ट-विरोधीहरूका रूपमा परिभाषित गर्नुभएको तथ्यमा कुनै पनि गल्ती छैन; यस कुरालाई तिनीहरूको प्रकृति सारले नै निर्धारित गरेको हुन्छ। सायद, कतिपय मानिसहरूले ख्रीष्ट विरोधी कुनै त्यस्तो व्यक्ति हो, जसले परमेश्‍वरको साथमा मानवजातिको निम्ति प्रतिस्पर्धा गर्छन् भनी विश्‍वास गर्ने गर्थे। तापनि, कहिलेकहीँ ख्रीष्ट विरोधीहरूले उहाँसँग होड गर्नैपर्छ भन्ने हुँदैन। तिनीहरू केवल त्यस्ता व्यक्तिहरू हुनुपर्छ, जसको ज्ञान, बुझाइ, अनि हैसियत र शक्ति सम्‍बन्धी जसको आवश्यकता सामान्य मानिसहरूको भन्दा फरक हुन्छ। सामान्य मानिसहरू सेखीले भरिएका हुन सक्छन्; तिनीहरूले अरूको प्रशंसा पाउने र असल प्रभाव पार्ने कोसिस गर्न सक्छन् र तिनीहरूले असल दर्जाका लागि प्रतिस्पर्धा गर्ने कोसिस गर्न सक्छन्। सामान्य मानिसहरूको महत्वाकांक्षा यही हो। जब अगुवाहरूको रूपमा तिनीहरूको स्थानमा अरूलाई राखिन्छ, र तिनीहरूका पदहरू गुमाउँछन्, तब तिनीहरूले यस कुरालाई मानिलिन्छन्; तिनीहरूको वातावरणमा परिवर्तन भएपछि, तिनीहरूको कदमा केही वृद्धि भएपछि, सत्यतामा केही प्रवेश प्राप्त गरेपछि, वा सत्यताको बारेमा गहन बुझाइ प्राप्त गरेपछि, तिनीहरूको महत्वाकांक्षा बिस्तारै सेलाउँदै जान्छ। तिनीहरूले लिने मार्गमा र तिनीहरूले यात्रा गर्ने दिशामा परिवर्तन आउँछ, र प्रतिष्ठा र शक्ति सम्‍बन्धी तिनीहरूको खोजी बिलाएर जान्छ। तिनीहरूका चाहनाहरू पनि बिस्तारै कम हुँदैजान्छन्। तापनि, ख्रीष्ट विरोधीहरू फरक हुन्छन्: तिनीहरूले प्रतिष्ठा र शक्ति सम्‍बन्धी आफ्‍नो खोजीलाई कहिल्यै पनि त्याग्‍न सक्दैनन्। जुनै पनि समयमा, कुनै पनि वातावरणमा, र तिनीहरूको वरिपरि जस्तो सुकै मानिसहरू भए पनि र तिनीहरू जत्ति नै वृद्ध भए पनि तिनीहरूको महत्वाकांक्षा कहिल्यै पनि परिवर्तन हुँदैन। कुन कुराले तिनीहरूको महत्वाकांक्षा कहिल्यै परिवर्तन हुँदैन भन्ने सङ्केत दिन्छ? मानौं तिनीहरू मण्डलीका अगुवाहरू हुन्: तिनीहरू मण्डलीका सबैलाई नियन्त्रण गर्न चाहन्छन्। त्यसपछि तिनीहरू अर्कै मण्डलीमा जान सक्छन्, जहाँ तिनीहरू अगुवाहरू नभए पनि, तिनीहरू अझै पनि त्यस हैसियतको चाहना गर्छन्। त्यस्ता मानिसहरू जहाँ-जहाँ जान्छन्, तिनीहरू त्यहाँ अधिकार चलाउन चाहन्छन्। के तिनीहरूको हृदय महत्वाकांक्षाले फुलेको हुँदैन र? तिनीहरूले जे प्रकट गर्छन् त्यो सामान्य मानवताको क्षेत्रदेखि बाहिर हुन्छ। के यसमा केही असामान्य कुरा छैन र? यसमा के असामान्य छ? तिनीहरूले जे प्रकट गर्छन् त्यो सामान्य मानिसले प्रकट गर्ने कुरा होइन। तिनीहरूले के कुराको प्रकट गर्छन्? यो कुन कारणले गर्दा प्रकट हुन्छ? यो तिनीहरूको प्रकृतिको कारणले गर्दा हुन्छ। तिनीहरू दुष्टात्माहरू हुन्। यो सामान्य भ्रष्टता जस्तो होइन; यसमा भिन्नता हुन्छ। ख्रीष्ट विरोधीहरूलाई हैसियत र शक्तिको खोजीमा कुनै कुराले रोक्दैन; तिनीहरू यसमा पूर्ण रूपमा मग्न भएका हुन्छन्। तिनीहरूको प्रकृति सार यही हो; यो तिनीहरूको वास्तविक स्वरूप, र तिनीहरूको वास्तविक अनुहार हो। तिनीहरू प्रतिष्ठाका लागि परमेश्‍वरसँग प्रतिस्पर्धा मात्रै गर्दैनन्, तर तिनीहरू मानिसहरूसँग पनि प्रतिष्ठाको निम्ति प्रतिस्पर्धा गर्छन्। चाहे अरू इच्छुक होऊन् वा नहोऊन्, सहमत होऊन् वा नहोऊन्, ख्रीष्ट विरोधीहरूले सक्रिय रूपमा तिनीहरूलाई नियन्त्रणमा राख्ने र तिनीहरूका अगुवाहरू बन्‍ने कोसिस गर्छन्, यस क्रममा अरूको इच्छाको बारेमा कुनै वास्ता गर्दैनन्। ख्रीष्ट विरोधीहरू जहाँ-जहाँ जान्छन्, तिनीहरू प्रभारी हुन चाहन्छन् र अन्तिम निर्णय लिने व्यक्ति बन्‍न चाहन्छन्। के यो तिनीहरूको प्रकृति हो? के मानिसहरूले तेरो कुरा सुन्न चाहन्छन्? के तिनीहरूले तँलाई चुन्छन्? के तिनीहरूले तँलाई चयन गर्छन्? के तिनीहरू तैँले अन्तिम निर्णय गर्नुपर्छ भन्‍ने कुरामा सहमत हुन्छन्? कसैले पनि यी मानिसहरूले अन्तिम निर्णय लिएको चाहँदैनन्, र कसैले पनि तिनीहरूको कुरा सुन्दैनन्, तर पनि तिनीहरू अझै अन्तिम निर्णय गर्ने व्यक्ति बन्‍ने कोसिस गर्छन्। के यो समस्या हो? तिनीहरू पूर्ण निर्लज्ज र लाज-सरम पचेका हुन्छन्। जब त्यस्ता व्यक्तिहरू अगुवाहरूका रूपमा हुन्छन्, त्यसबेला तिनीहरू ख्रीष्ट विरोधीहरूका रूपमा हुन्छन्; जब तिनीहरू अगुवाहरूका रूपमा हुँदैनन्, त्यस बेला पनि तिनीहरू ख्रीष्ट विरोधीहरू नै हुन्छन्।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले मानिसहरूलाई छक्क पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्”

ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठालाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसहरूको भन्दा धेरै हदसम्म पुग्छ, र यो तिनीहरूको स्वभाव र सारभित्रै हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब, ख्रीष्टविरोधीले गर्ने हरेक कामकुरामा, तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै हैसियत र प्रतिष्ठा हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीको लागि, हैसियत र प्रतिष्ठा उसको जीवन हो, र उसको जीवनभरिको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कामकुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: “मेरो हैसियतलाई के हुनेछ? अनि मेरो प्रतिष्ठालाई के हुनेछ? के यो काम गर्दा यसले मलाई प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?” तिनीहरूले पहिलो पटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; अन्यथा, तिनीहरूले यसरी प्रयत्न गर्ने थिएनन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीको लागि, हैसियत र प्रतिष्ठा केही अतिरिक्त आवश्यकता होइनन्, यी कुराहरू तिनीहरूको लागि नहुँदा पनि हुने बाह्य वस्तुहरू हुने कुरा त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले हैसियत र प्रतिष्ठा धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? हैसियत र प्रतिष्ठा घनिष्ट रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा प्रयत्न गरिरहेको कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूको लागि, हैसियत र प्रतिष्ठा तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जेसुकैको लागि प्रयत्न गरे पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जेसुकै भए पनि, तिनीहरूले पछ्याउने उद्देश्य, तिनीहरूले पछ्याउने लक्ष्य भनेको हैसियत र प्रतिष्ठा नै हो, जसलाई तिनीहरूले आफ्नो हृदयबाट निकाल्न सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको साँचो सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले हैसियत र प्रतिष्ठालाई त्याग्न सक्दैनन्; तिनीहरूलाई तैँले आम मानिसहरूमाझ राख्न सक्छस् तर तिनीहरूले सोच्ने भनेको हैसियत र प्रतिष्ठा मात्रै हुन्छ। यसकारण, तिनीहरूले विश्‍वास प्राप्त गरिसकेपछि, तिनीहरूले आफ्नो हैसियत र प्रतिष्ठालाई परमेश्‍वरमाथिको विश्‍वासको खोजी बराबर मान्छन्; भन्नुको मतलब, तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासको बाटोमा हिँड्दा, तिनीहरूले आफ्नै हैसियत र प्रतिष्ठाको पनि खोजी गर्छन्। के भन्न सकिन्छ भने तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरमाथिको विश्‍वास र सत्यताको खोजी भनेकै हैसियत र प्रतिष्ठाको खोजी हो भन्‍ने विश्‍वास गर्छन्; हैसियत र प्रतिष्ठाको खोजी भनेको सत्यताको खोजी हो र हैसियत र प्रतिष्ठा प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो भन्ने विश्‍वास गर्छन्। परमेश्‍वरमाथिको विश्‍वासको बाटोमा, यदि तिनीहरूलाई आफूले उल्लेखनीय हैसियत प्राप्त गरेको छैन भन्ने लाग्यो भने—यदि कसैले पनि तिनीहरूलाई आदर वा उच्च नजरले हेर्दैन भने, यदि अरूमाझ तिनीहरूको बढाइ गरिँदैन भने, र तिनीहरूसँग वास्तविक शक्ति छैन भने—तिनीहरू धेरै निरुत्साहित हुन्छन् र परमेश्‍वरमाथिको विश्‍वासको कुनै महत्त्व वा मूल्य छैन भन्ने विश्‍वास गर्छन्। “के मैले जुन शैलीमा विश्‍वास गर्छु त्यसलाई परमेश्‍वरले अस्वीकार गर्नुहुन्छ र? के मैले जीवन प्राप्त गरेको छैन र?” आफ्‍नो मनमस्तिष्कमा, तिनीहरूले प्राय यिनै कुराहरूको बारेमा हिसाबकिताब गर्छन्; तिनीहरूले परमेश्‍वरको घर वा तिनीहरू रहेको वातावरणमा कसरी पद प्राप्त गर्न सक्छन्, कसरी उच्च मान-प्रतिष्ठा र निश्चित तहको अख्तियार प्राप्त गर्न सक्छन्, कसरी आफूले बोल्दा मानिसहरूलाई आफ्नो कुरा सुन्ने र चापलुसी गर्ने बनाउन सक्छन्, कसरी समूहमा आफूले विभिन्न कामकुराहरूको हकमा एकतर्फी विचार राख्न र आफ्नो दृढ़ उपस्थिति देखाउन सक्छन् भनी योजना बनाउँछन्। तिनीहरूले आफ्नो मनमस्तिष्कमा प्रायजसो यही कुरा सोचिरहन्छन्। त्यस्ता मानिसहरूले यस्तै कुरामा नै प्राय प्रयत्न गरिरहन्छन्। किन तिनीहरूले सधैँ त्यस्ता कुराहरूको बारेमा सोचिरहन्छन् त? सत्यता सुनेपछि, उपदेशहरू सुनेपछि, परमेश्‍वरका वचनहरू पढेपछि, के तिनीहरूले वास्तवमै यी सबै कुराहरू बुझ्दैनन् त? के परमेश्‍वरका वचनहरू र सत्यताले तिनीहरूका धारणा, विचार र रायहरूलाई बदल्न सक्दैनन् त? यो मानिसहरूको प्रकृति र सारको समस्या हो।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (३)”

ख्रीष्टविरोधीहरू जुनसुकै समूहमा भए पनि तिनीहरूको आदर्श वाक्य के हुन्छ? “मैले प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! प्रतिस्पर्धा गर्नैपर्छ! सबैभन्दा उच्च र सबैभन्दा शक्तिशाली हुन मैले प्रतिस्पर्धा गर्नैपर्छ!” ख्रीष्टविरोधीहरूको सार यही हो; तिनीहरू जहाँ जान्छन्, त्यहाँ तिनीहरू प्रतिस्पर्धा गर्छन् र आफ्नो उद्देश्य हासिल गर्ने कोसिस गर्छन्। तिनीहरू शैतानका दास हुन्, र तिनीहरूले परमेश्‍वरको घरको कामलाई बिथोल्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव यस्तो हुन्छ: तिनीहरूले आफ्नो व्यावसायिक काममा उत्कृष्टता प्रदर्शन गर्ने जोकोहीसँग, लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गर्ने जोकोहीसँग, विशेष सीप भएको जोकोहीसँग, दाजुभाइ र दिदीबहिनीहरूको जीवन प्रवेशमा फाइदा पुर्‍याउने जोकोहीसँग, राम्रो मान-सम्मान दिइएको जोकोहीसँग, दाजुभाइ र दिदीबहिनीहरूले आफ्‍ना बीचमा राम्रो कुरा गर्ने जोकोहीसँग, सकारात्मक कुराहरू धेरै भएको जोकोहीसँग प्रतिस्पर्धा गर्छन्। सारांशमा, ख्रीष्टविरोधीहरूले मानिसहरूको समूहमा हुँदा हरेक पटक यही गर्छन्। तिनीहरूले हैसियतको लागि प्रतिस्पर्धा गर्छन्, उच्च मान-प्रतिष्ठाको लागि प्रतिस्पर्धा गर्छन्, मामलाहरूमाथिको अन्तिम निर्णय र समूहमा निर्णय गर्ने अन्तिम शक्तिको लागि प्रतिस्पर्धा गर्छन्, र यी कुराहरू प्राप्त गरेमा तिनीहरू खुसी हुन्छन्। तर यी कुराहरू प्राप्त गरिसकेपछि, के तिनीहरूले कुनै वास्तविक काम गर्छन् त? (गर्दैनन्।) तिनीहरूले वास्तविक काम गर्नलाई यी कुराहरूको लागि प्रतिस्पर्धा गर्दैनन्। तिनीहरूको उद्देश्य त हरेक व्यक्तिलाई तलतिर झार्नु हो: “तँ विश्‍वस्त भइस् वा भइनस् के मतलब? पुँजीको हिसाबमा, सबैभन्दा धेरै मसँगै छ; बोलीको हिसाबमा, सबैभन्दा सिपालु म नै हुँ; अहिले हातैमा भएका व्यावसायिक कामको सीपहरूको हिसाबमा, म कोहीभन्दा कम छैन।” तिनीहरू हरेक कुरामा प्रतिस्पर्धा गर्छन्। जब दाजुभाइ र दिदीबहिनीहरूले तिनीहरूलाई सुपरिवेक्षकको रूपमा छनौट गर्छन्, तिनीहरू आफ्ना साझेदारहरूसँग अन्तिम निर्णय र निर्णय गर्ने अख्तियारको लागि प्रतिस्पर्धा गर्छन्; यदि मण्डलीले तिनीहरूलाई कुनै कामको लागि कार्यभारी बनाउँछन् भने, ती काम कसरी अघि बढाउने भन्नेबारेमा आफ्नो कुरो नै अन्तिम हुनुपर्छ भन्ने चाहन्छन्, र आफूले भनेका कुराहरू, आफ्ना विचार र आफ्ना निर्णयहरूलाई पारित गराउन र वास्तविकतामा परिणत गराउनको लागि लड्छन्। यदि दाजुभाइ र दिदीबहिनीहरूले अरू कसैको सुझावलाई पारित गरे भने, त्यो कुरा तिनीहरूभन्दा अगाडि जान सक्नेछैन। यदि तैँले तिनीहरूले भनेअनुसार काम गरिनस् भने, तिनीहरूले तँलाई हाकिम को हो भनी देखाउनेछन्, ताकि तैँले तिनीहरूविना केही गर्न नसक्ने अनुभूति गर् र ताकि तैँले तिनीहरूले भनेअनुसार काम नगर्दा त्यसका नराम्रा परिणामहरू हुन्छन् भनी तँमा चेतना होस्। ख्रीष्टविरोधीहरूको स्वभाव त्यति अहङ्कारी, घृणास्पद र अमनासिब हुन्छ। तिनीहरूमा जे प्रकट हुन्छ त्यो मानवताको पूर्ण अभाव हो र अझ भन्ने हो भने, समझशक्तिको पूर्ण अभाव हो। तिनीहरूको व्यवहारका हरेक कुराले तिनीहरूका कार्यहरूमा तर्कशीलताको पूर्ण अभाव रहेको देखाउँछ। तिनीहरूले तैँले जे भन्छस् त्यसलाई स्वीकार गर्नेछैनन्; तेरा वचनहरू जति नै सही भए पनि, तिनीहरूले तिनलाई ध्यान दिनेछैनन्, र तँ बाटो बन्दको अवस्थामा आइपुग्छस्। तिनीहरूले स्वीकार गर्ने एउटै सिद्धान्त भनेको तिनीहरू जुनसुकै समूहको भए पनि, यदि तिनीहरूले चाहेको हैसियत र प्रतिष्ठा पाउन सके भने तिनीहरूलाई आफ्नो हृदयमा सहज हुनेछ: तिनीहरू यही नै तिनीहरूको अस्तित्वको महत्त्व हो भन्ने विश्‍वास गर्छन्। तिनीहरू मानिसहरूको जुनसुकै समूहमा भए पनि, तिनीहरूले मानिसहरूलाई आफूले प्रदान गर्ने “ज्योति” र “न्यानोपन”, आफ्ना विशेष प्रतिभाहरू, र आफ्नो अद्वितीयपन देखाउनुपर्छ। अनि तिनीहरूले आफू विशेष भएको विश्‍वास गर्ने हुनाले, प्राकृतिक रूपमै तिनीहरूले आफूलाई अरूभन्दा राम्रो व्यवहार गरिनुपर्छ, आफूले मानिसहरूको सहयोग र आदर प्राप्त गर्नुपर्छ, आफूलाई मानिसहरूले उच्च रूपमा हेर्नुपर्छ र आराधना गर्नुपर्छ भन्ने सोच्छन्—तिनीहरूले यी सबै कुराहरू तिनीहरूले पाउनु पर्ने कुरा हुन् भन्ने सोच्छन्। के त्यस्ता मानिसहरू ठूला समस्याहरू होइनन् र? सामान्य चेतनाले के भन्छ भने जब कुनै घटना घट्छ, मानिसहरूले जो व्यक्ति सही छ उसैको कुरा सुन्नुपर्छ, जसका वचनहरू परमेश्‍वरको घरको लागि फाइदाजनक छन् तिनैलाई पालना गर्नुपर्छ, र जसका विचारहरू सत्यता सिद्धान्तहरूअनुरूप छन् मानिसहरूले तिनैलाई ग्रहण गर्नुपर्छ—तर यदि सामान्य चेतना हाबी भयो भने मानिसहरूले तिनीहरूका विचारहरूलाई अनुसरण गर्दैनन्, त्यसभए तिनीहरूले के गर्छन् त? तिनीहरू हताश हुन्छन्, र आफूलाई प्रतिरक्षा गर्न र आफ्ना विचार र सुझावहरू नै सही हुन् भनी साबित गर्ने प्रयास गर्छन्, अरूलाई तर्कद्वारा मनाउन, दाजुभाइ र दिदीबहिनीहरूलाई आफ्नो कुरा सुन्ने बनाउन र आफ्ना सुझावहरू पारित गर्न लगाउन आफूले सकेको जति सबै गर्छन्। तिनीहरूले आफ्ना सुझावहरू पारित भएमा तिनले परमेश्‍वरको घरको कामलाई कस्तो असर पुर्‍याउँछन् भन्नेबारेमा सोच्दैनन्; त्यो कुरा त तिनीहरूको सोचविचारको दायराभित्र नै पर्दैन। तिनीहरू केवल सोच्छन्, “यस पटक मेरा सुझावहरूलाई पारित गरिएन भने मैले कसरी आफ्नो अनुहार देखाउन सक्नेछु र? त्यसकारण मैले प्रतिस्पर्धा गर्नैपर्छ—मेरा सुझावहरूलाई पारित गराउन मैले प्रतिस्पर्धा गर्नैपर्छ।” तिनीहरूले हरेक पटक यही सोच्ने र भन्‍ने गर्छन्—र ख्रीष्ट विरोधीहरूको स्वभाव ठ्याक्कै यही हो।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (३)”

ख्रीष्टविरोधीको सबैभन्दा स्पष्ट देखिने एक विशेषता भनेको तिनीहरू आफ्नै तानाशाह चलाइराखेको तानाशाहीजस्तै हुन्छन्; तिनीहरूले अरू कसैको कुरा सुन्दैनन्, तिनीहरूले हरेक व्यक्तिलाई नीच ठान्छन्, र अरू कसैले भनेको कुरा, गरेको काम, अरूसँग भएका अन्तर्दृष्टिहरू, अरूका दृष्टिकोणहरू र अरूका सबल पक्षहरू—तिनीहरूका नजरमा ती सबै तिनीहरूभन्दा तल्लो स्तरका हुन्छन्। तिनीहरूलाई यस्तो लाग्छ कि तिनीहरूले जे गर्न चाहन्छन् त्यसमा सहभागी हुन कोही पनि लायक छैन, न त तिनीहरू परामर्श गर्नको लागि, न त सल्लाह-सुझाव दिनको लागि नै लायक छन्—ख्रीष्टविरोधीको स्वभाव यस्तै हुन्छ। कतिपय मानिसहरू यसलाई कमजोर मानवता हुनु भनी भन्छन्—कसरी यो साधारण कमजोर मानवता मात्र हुन सक्छ र? यो त सम्पूर्ण रूपमा सैतानी स्वभाव हो; यस प्रकारको स्वभाव अत्यन्तै उग्र हुन्छ। म किन तिनीहरूको स्वभाव अत्यन्तै उग्र हुन्छ भनेर भन्दै छु त? ख्रीष्टविरोधीहरूले मण्डलीका हितहरूलगायत परमेश्‍वरको घरको कामलाई आफ्नै ठान्छन्, कसैको हस्तक्षेपविना, सम्पूर्ण रूपमा आफैले व्यवस्थापन गर्नुपर्ने आफ्नै व्यक्तिगत सम्पत्ति सोच्छन्। अनि यही कारणले गर्दा, परमेश्‍वरको घरको काम गर्दा तिनीहरूले सोच्ने कुराहरू भनेका तिनीहरूका आफ्नै हितहरू, तिनीहरूका आफ्नै हैसियत र प्रतिष्ठा मात्र हुन्। तिनीहरूको नजरमा तिनीहरूको आफ्नो हैसियत, मान-प्रतिष्ठाको लागि खतरा बन्‍ने जोकोहीलाई तिनीहरूले अस्वीकार गर्छन्; तिनीहरूले त्यस्ता मानिसहरूलाई दबाउँछन् र बहिस्कार गर्छन्। तिनीहरूले केही निश्चित विशेष कर्तव्यहरू निर्वाह गर्नको उपयोगी र सुहाउँदा मानिसहरूलाई समेत बहिस्कार गर्छन् र दबाउँछन्। तिनीहरूले परमेश्‍वरको घरको कामलाई अलिकति पनि सोचविचार गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरको घरको हितको बारेमा नै कुनै सोचविचार गर्छन्। यदि कोही तिनीहरूको हैसियतको लागि खतरा हुन्छ भने, उक्त व्यक्ति तिनीहरूमा समर्पित हुँदैन भने, उक्त व्यक्तिले तिनीहरूलाई कुनै वास्ता गर्दैन भने, तिनीहरूले त्यस्ता व्यक्तिहरूलाई एक्ल्याउँछन् र टाढै राख्छन्। त्यस्ता व्यक्तिहरूलाई तिनीहरूले आफूसँग सहकार्य गर्न दिँदैनन्, र तिनीहरूलाई खास गरी कुनै महत्त्वपूर्ण भूमिका निर्वाह गर्न वा तिनीहरूको शक्तिको दायराभित्र कुनै महत्त्वपूर्ण प्रयोगमा आउन दिँदैनन्। यी मानिसहरूका कार्यहरू वा तिनीहरूले परमेश्‍वरको घरको लागि गरेको कामकुराहरू जति नै गुणगानको लायक भए पनि, ख्रीष्टविरोधीहरूले यस कुरालाई ढाकछोप गर्नेछन्, दाजुभाइ र दिदीबहिनीहरूको अगाडि देखिन दिँदैनन्, र तिनलाई अन्धकारमै राख्छन्। यति मात्र होइन, ख्रीष्टविरोधीहरूले यी मानिसहरूका असफलता र भ्रष्टताहरूलाई भने दाजुभाइ र दिदीबहिनीहरूको अगाडि प्रस्तुत गर्छन्, तिनीहरूले यी मानिसहरू अहङ्कारी छन्, यिनीहरूले मानिसहरू र समस्याहरूको बारेमा भद्रगोल मच्चाउँछन्, यिनीहरूले परमेश्‍वरको घरको हितलाई बेच्ने सम्भावना छ, यिनीहरूले परमेश्‍वरको घरको सट्टा बाहिरी व्यक्तिहरूलाई सहयोग गर्छन्, यिनीहरू अज्ञानी छन्, आदि इत्यादि भन्छन्। तिनीहरूले यी मानिसहरूलाई अलग्याउन र दबाउन हरप्रकारका बहानाहरू फेला पार्छन्। वास्तवमा, यीमध्ये केही मानिसहरूमा विशेष सीप हुन्छ, र केहीमा थोरै कमी-कमजोरी हुन्छ। समग्रमा, यिनीहरू कर्तव्यहरू निर्वाह गर्नको लागि उपयुक्त हुन्छन्, यिनीहरू कर्तव्य निर्वाह गर्नेहरूको लागि दिइएका सिद्धान्तहरूसँग मेल खाने हुन्छन्। तर ख्रीष्टविरोधीहरूको नजरमा, तिनीहरूलाई लाग्छ, “मैले कुनै हालतमा यो कुरा सहन गर्नेवाला छैन। तँ मेरो क्षेत्रभित्र आफ्नो भूमिका खोज्दैछस्, मसँग प्रतिस्पर्धा गर्दैछस्। त्यो सम्भव छँदै छैन, त्यसको बारेमा सोच्दै नसोच्। तँ मभन्दा सक्षम छस्, मभन्दा राम्रोसँग अभिव्यक्ति दिन सक्छस्, मभन्दा शिक्षित छस्, र मभन्दा प्रसिद्ध छस्। तैँले मेरो गर्जन चोरिस् भने मैले के गर्ने? तँ मलाई आफूसँग काम गर्न लगाउन चाहन्छस्? त्यसको बारेमा त सोच्दै नसोच!” के तिनीहरूले परमेश्‍वरको घरको हितको बारेमा सोचिरहेका हुन्छन् त? हुँदैनन्। तिनीहरूले कसरी आफ्नो हैसियत जोगाउने भन्‍ने बारेमा मात्रै विचार गरिरहेका हुन्छन्, ताकि तिनीहरूले यी मानिसहरूलाई प्रयोग गर्नुको साटो परमेश्‍वरको घरको हितलाई हानि पुर्‍याउन सकून्। यो बहिस्कार हो। अझ भन्ने हो भने, तिनीहरूले खुबीविनाको मूर्खहरूलाई, असक्षम, काम अह्राउन सजिलो, र अज्ञानी मानिसहरूलाई, अन्तर्ज्ञान नभएका, आफ्नो लागि नसोच्ने र सत्यता नबुझ्ने व्यक्तिहरूलाई जगेर्ना गर्छन्—तिनीहरूले जगेर्ना गर्ने व्यक्तिहरू यिनै हुन्। अविश्‍वासीहरूमा एउटा भनाइ छ: “म अल्छीको पुर्खा बन्नुभन्दा त साँचो मान्छेको घोडा डोर्‍याउँछु र उसको लागि पाउदानी समाउँछु।” तर ख्रीष्टहरू त ठ्याक्कै उल्टो हुन्छन्: तिनीहरू अल्छीको पुर्खा बन्छन्। के यो असक्षमताको प्रकटीकरण होइन र? उदाहरणको लागि, तिनीहरूले अहङ्कारी नभएको र योगदान गर्न सक्ने कोही व्यक्तिको बारेमा बताउँछन्। यदि तैँले तिनीहरूलाई यो व्यक्ति सत्यताको बुझाइमा कस्तो छ भनेर सोधिस् भने, तिनीहरू भन्छन्, “तिनीहरूले यसलाई स्वीकार्य रूपमा नै बुझ्छन्, तिनीहरूसँग थोरै क्षमता छ।” वास्तवमा, तिनहरूले बताएको त्यो व्यक्ति सानो समस्याको सामना गर्दा नै लुक्छ, तिनीहरूमा कुनै विश्‍वास नै हुँदैन। त्यस्ता मानिसहरूको माझमा, सत्यतालाई नबुझ्ने व्यक्तिहरू, आत्मिक विषयहरूलाई नबुझ्ने व्यक्तिहरू, एकान्तमा सधैँ गुनासो गर्ने व्यक्तिहरू, र सधैँ गल्ती गर्ने व्यक्तिहरू छन्। तिनीहरू मूर्खहरू हुन्, ख्रीष्टविरोधीहरू तिनीहरूका पुर्खा हुन्, र तिनीहरूले जगेर्ना गर्ने पनि तिनीहरू नै हुन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरमा “अगुवाहरू” बनेपछि तिनीहरूले यिनै मानिसहरूलाई जगेर्ना गर्ने सम्भावना हुन्छ, अनि परिणामस्वरूप के परमेश्‍वरको घरको काममा ढिला-सुस्ती हुँदैन र? तिनीहरूमा थोरै क्षमता भएका मानिसहरूप्रति, अलिअलि सत्यता बुझ्न सक्नेहरूप्रति, केही सत्यता अभ्यास गर्नेहरूप्रति, र परमेश्‍वरको घरको कामको उत्तरदायित्व लिन सक्नेहरूप्रति कुनै आदर हुँदैन। किन त्यस्तो हुन्छ त? यस्ता मानिसहरू कहिल्यै पनि तिनीहरूको दास र अनुयायी बन्दैनन्, यिनीहरूले कहिल्यै पनि हुन्छ हजुर भन्दै तिनीहरूको सेवामा हाजिर हुँदैनन्, त्यसकारण तिनीहरूले मूर्ख, डरपोक, अज्ञानी, बेवकुफ, सुस्त र दिमाग नभएका मानिसहरूलाई जगेर्ना गर्छन्—तिनीहरूले जगेर्ना गर्ने फोहोरको डङ्गुर यही हो। के यस प्रकारको कार्य परमेश्‍वरको घरको कामको लागि फाइदाजनक हुन्छ त? हुँदैन। अनि के तिनीहरूले यसप्रति कुनै सोच प्रदान गर्छन् त? तिनीहरूले केको बारेमा सोचिरहेका हुन्छन् त? “म त्यस्तो व्यक्तिलाई खोजिरहेको छु जोसँग म काम गर्न सक्छु, र जोसँग मेरो कुरा मिल्छ, त्यस्तो व्यक्तिलाई खोजिरहेको छु जसले मलाई आफू महत्त्वपूर्ण भएको अनुभूति गराउँछ, र मेरो महत्त्वलाई अझ विशिष्ट रूपमा दर्साउँछ।” तिनीहरूको गिरोह मूर्खहरूको एक झुण्ड हो, जसले आत्मिक विषयहरू बुझ्दैनन्। समस्याको सामना गर्दा तिनीहरूमध्ये कसैले पनि सत्यताको खोजी गर्दैनन्, तिनीहरूमध्ये कसैले पनि सत्यता बुझ्दैन, तिनीहरूमध्ये कसैले पनि कामकुराहरूलाई सत्यता सिद्धान्तहरूअनुसार सम्हाल्दैन। तथापि, तिनीहरूमा एउटा कुरा छ जसलाई ख्रीष्टविरोधीहरूले मन पराउँछन्: कुनै समस्याको सामना गर्दा तिनीहरूले यी ख्रीष्टविरोधीलाई खोज्छन् र तिनीहरूले जे भन्छन् त्यही गर्छन्। ख्रीष्टविरोधीहरूले आफूसँग काम गर्ने मानिसहरू फेला पार्ने सिद्धान्त यही हो। तिनीहरूले काम गर्न र तिनीहरूका खुट्टा चुम्नको लागि मूर्खहरूको समूह, फोहोरको थुप्रो खोजी गर्छन्—र अन्त्यमा परमेश्‍वरको घरको धेरै काम रोकिन्छ। मण्डलीका हितहरू र कामको गतिमा असर पर्छ, तर यी मानिसहरूलाई त्यसको कुनै बोध हुँदैन, र तिनीहरू यस्तो समेत भन्छन्, “त्यो मेरो मात्र जिम्मेवारी होइन।” यदि सबैले यो मेरो मात्र जिम्मेवारी होइन भनेर भन्छन् भने, यो कसको जिम्मेवारी हो त? यदि समस्या देखा पर्दा कसैले पनि जिम्मेवारी लिँदैन भने, तिनीहरूले यतिका वर्षहरू उपदेशहरू सुन्नुको अर्थ के थियो त? तथ्यहरू तिनीहरूको आँखैअगाडि हुन्छन्, तैपनि तिनीहरूले तिनलाई अझै पहिचान गर्दैनन्। यी कस्ता खालका मानिसहरू हुन् त? यो तथ्यले के प्रमाणित गर्छ भने ख्रीष्टविरोधीहरूले छान्ने मानिसहरू असल हुँदैनन्; तिनीहरूले सत्यता स्वीकार गर्दैनन्। ख्रीष्टविरोधीहरूले जानी-जानी मूर्खहरू, घृणास्पद दुःखीहरू, र सत्यता स्वीकार वा प्रेम नगर्ने बेकम्माहरूको टोली बनाएर काम गर्छन्। तिनीहरूले तिनीहरूलाई काम गर्न मनाउँछन्, तिनीहरूमाझ आफैलाई घुसाउँछन्, तिनीहरूले तबसम्म यसो गर्छन् जबसम्म तिनीहरू सजातीय, एक-आपसमा घनिष्ट, र एक-अर्कासित मित्रवत् बन्दैनन्। यो के हो त? के यो ख्रीष्टविरोधी गिरोह होइन र? जब तैँले तिनीहरूको “पुर्खाहरू” लाई पदबाट हटाउँछस्, तिनीहरूका बफादार सन्तानहरूले विरोध गर्छन्, तिनीहरूले दोषारोपण गर्छन्, र माथिबाट अन्याय भयो भन्छन् र तिनीहरू लागि लुटमार गर्ने एक गुट बन्छन्। के यी ख्रीष्टविरोधीहरू केवल दुष्ट मानिसहरू हुन् त? केही ख्रीष्टविरोधीहरू खेर गएका व्यक्तिहरू हुन् जोसँग कुनै उल्लेखनीय प्रतिभा हुँदैन, तर तिनीहरूमा एउटा कुरा हुन्छ: तिनीहरूले हैसियतको निकै लालच गर्छन्। प्रतिभाहीन र अशिक्षित भएकोले तिनीहरूले हैसियतलाई प्रेम गर्दैनन् भन्ने नसोच्; त्यो गलत हो, र यसले तैँले ख्रीष्टविरोधीहरूको सारलाई पूर्ण रूपमा बुझेको रहनेछस् भन्ने देखाउँछ। जो ख्रीष्टविरोधी उसले हैसियतलाई प्रेम गर्छ। ख्रीष्टविरोधीहरूले कसैसँग पनि सँगसँगै मिलेर काम गर्न नसक्‍ने हुनाले, तिनीहरूले कसरी कुहिएका अण्डा र खुट्टा चुम्नेहरूको झुण्डलाई जगेर्ना गर्नचाहिँ सक्छन् त? के तिनीहरू त्यस्ता मानिसहरूसँग सँगै मिलेर काम गर्न चाहन्छन् त? यदि तिनीहरूले साँच्चिकै यी मानिसहरूसँग सँगै मिलेर काम गर्न सक्थे भने त, ती वचनहरू साँचो हुनेथिएनन्। तिनीहरूले कसैसँग पनि सँगै मिलेर काम गर्न सक्दैनन्—र त्यो “कसैसँग” भन्ने शब्दमा तिनीहरूले जगेर्ना गरेका मानिसहरू पनि पर्छन्। त्यसो भए, तिनीहरूले ती मानिसहरूलाई जगेर्ना गरेर के गरिरहेका हुन्छन् त? तिनीहरूले त्यस्ता व्यक्तिहरूलाई जगेर्ना गर्छन् जसलाई आदेश दिन र गोटीझैँ चलाउन सजिलो हुन्छ, जसले आफ्नो बारेमा सोच्न सक्दैनन्, जसले जे गर् भन्यो त्यही गर्छन्, र जो तिनीहरूको हैसियत संरक्षण गर्नको लागि तिनीहरूसँग काम गर्छन्। तिनीहरूले कुनै पनि सहयोगविना आफ्नो हैसियत जोगाउन अलि गाह्रो हुन्छ, अलि कडा मेहनत चाहिने हुन्छ, त्यसकारण तिनीहरूले मानिसहरूको त्यस्तो समूहको जगेर्ना गर्छन्—यस्तो समूह जो तिनीहरूको नजरमा तथाकथित रूपमा “आत्मिक” हुन्छन्—जसले खुसीसाथ कठिन परिस्थितिहरू सहन गर्छन् र जो “परमेश्‍वरको घरका हितहरू” संरक्षण गर्न सक्षम छन्। तीमध्ये हरेकले धेरै र विविध कार्यहरू गर्छन्, हरेक पल्ट समस्याको सामना गर्दा तिनीहरू प्रश्‍न सोध्न वा परामर्श लिन ती ख्रीष्टविरोधीसहरूसमक्ष जान्छन्। तिनीहरूले मानिसहरूसँग मिलेर काम गर्नु भनेको यही हो भन्ने ठान्छन्। तर के यसको अर्थ यही हो त? तिनीहरूले आदेश दिनको लागि, तिनीहरूको काम सम्पन्न गर्नको लागि, र तिनीहरूको हैसियतलाई दह्रिलो पार्नको लागि मानिसहरूको एक समूह फेला पार्छन्। यो सहकार्य गरिएको अवस्था होइन—यो त तिनीहरूले आफ्‍नै व्यक्तिगत कार्यप्रणाली सञ्चालन गर्नु हो।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (१)”

ख्रीष्टविरोधीहरूले व्यक्तिवादी र तानाशाही रूपमा व्यवहार गर्छन्, कहिल्यै अरूसँग सङ्गति गर्दैनन्, र मानिसहरूलाई जबरजस्ती तिनीहरूको आज्ञापालन गर्न लगाउँछन्। यी एउटै प्रकृति भएका निश्‍चित प्रकारका व्यवहार, निश्‍चित वर्गका बानीबेहोरा हुन्। ख्रीष्टविरोधीहरूले जे गरे पनि, तिनीहरूले जस्तोसुकै निर्णय वा बन्दोबस्तहरू गरे पनि, तिनीहरूले कहिल्यै पनि तिनको बारेमा अरूसँग सङ्गति गर्दैनन्, तिनीहरू अरूसँग कहिल्यै पनि सहमत हुँदैनन्, र तिनीहरूले कार्य र अभ्यासका सिद्धान्तहरूको कहिल्यै खोजी गर्दैनन्। यसको साथै, तिनीहरूले किन यस्तो व्यवहार गर्दैछन् भनेर मानिसहरूलाई अन्तर्दृष्टि दिँदैनन्; मानिसहरू अन्योलतामा फसेका हुन्छन्, तर तिनीहरूले ख्रीष्टविरोधीहरूले जे भन्छन् त्यही गर्नुपर्छ। यदि कसैले प्रश्‍नहरू गर्छन् भने, ख्रीष्टविरोधीहरूले सङ्गति गर्न वा यसको व्याख्या गर्न चाहँदैनन्, तर यी विषयहरूलाई पूर्ण रूपमा नियन्त्रित गरी निश्‍चित अवस्थामा राख्‍छन्—अनि त्यो अवस्था के हो त? यस अवस्थामा, कसैसँग पनि ज्ञान पाउने अधिकार हुँदैन; ख्रीष्ट विरोधीहरूले आफूलाई जे मन लाग्यो त्यही गर्छन्, र तिनीहरूले जुन कुरालाई सही मान्छन् त्यसलाई पूर्ण रूपमा पालन गरिनुपर्छ, अरू कसैसँग पनि प्रश्‍न गर्ने वा जान्‍ने हक हुँदैन, तिनीहरूसँग साझेदारीमा काम गर्ने हक हुनु त परै जाओस्। मानिसहरूले तिनीहरूलाई जे भनिएको छ त्यही मात्र गर्न सक्छन्। यस विषयमा ख्रीष्टविरोधीहरूको दृष्टिकोण के हुन्छ? “तिमीहरूले मलाई अगुवाको रूपमा छनौट गरेका हुनाले, तिमीहरू मेरो मातहत रहन्छौ, र मैले जे भन्छु तिमीहरूले त्यही गर्नुपर्छ। यदि तिमीहरू मैले जे भन्छु त्यो मान्दैनौ भने, मलाई छनौट नगर—यदि तिमीहरूले मलाई छनौट गर्छौ भने, मैले जे भन्छु तिमीहरूले त्यही मान्‍नुपर्छ! के गर्ने भन्‍ने बारेमा निर्णय गर्ने अन्तिम अधिकार मेरै मात्र हुन्छ।” त्यसकारण, तिनीहरूको नजरमा, तिनीहरू र तिनीहरूको मातहतका अनुयायीहरूको बीचमा के सम्‍बन्ध हुन्‍छ? आदेश दिनेहरू तिनीहरू नै हुन्छन्, र तिनीहरूभन्दा मुनिकाहरूले तिनीहरू सही छन् कि गलत छन् सो कुराको विश्‍लेषण गर्न पाउँदैनन्, न त तिनीहरूले उनीहरूको भर्त्सना गर्ने, भिन्‍नता छुट्याउने, प्रश्‍न गर्ने वा शङ्‍का गर्ने नै गर्न सक्छन्, न त कुनै कुराको बारेमा जिज्ञासा नै गर्न सक्छन्—यीमध्ये कुनै पनि कुरा गर्ने अनुमति हुँदैन। जब-जब ख्रीष्टविरोधीले नयाँ योजना, अभिव्यक्ति, वा काम-कुरा गर्ने तरिका अघि सार्छ, सबैले सहमतिमा ताली बजाउनुपर्छ; कुनै प्रश्‍नहरू गरिनु हुँदैन। के यसमा कुनै जबरजस्ती हुँदैन र? यो कस्तो शैलीको तरिका हो? व्यक्तिवादी र तानाशाही रूपमा व्यवहार गर्नु। यो कस्तो प्रकारको स्वभाव हो? (क्रूरता।) “व्यक्तिवादी र तानाशाही रूपमा व्यवहार गर्नु” भन्‍ने वाक्यांशको सतही अर्थको दृष्टिकोणले “व्यक्तिवादी रूपमा व्यवहार गर्नु” को अर्थ शाब्दिक रूपमा जे हुन्छ त्यसको अर्थ त्यही हुन्छ, अनि “तानाशाही रूपमा” को अर्थ तिनीहरू एकलैले मूल्याङ्कन र निर्णयहरू गरिसकेपछि, हरेकले तिनलाई पालन गर्नुपर्छ, र फरक दृष्टिकोण वा विचार राख्‍ने, वा प्रश्‍नहरूसमेत गर्ने अनुमति अरू कसैलाई हुँदैन भन्ने हुन्छ। तिनीहरू व्यक्तिवादी र तानाशाही रूपमा व्यवहार गर्नुको अर्थ जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरू स्वयम्‌ले यसको बारेमा थोरै विचार गर्छन् र के गर्ने हो भन्‍ने निर्णय गर्छन्; तिनीहरूले अरू कसैको बारेमा विचार नगरीकन त्यस्तो निर्णय एकलै, व्यक्तिगत रूपमा गर्छन्। चाहे तिनीहरूका सहकर्मी हुन् वा तिनीहरूभन्दा माथिका अगुवाहरू हुन्, अरू कसैले पनि के गर्नुपर्ने हो भन्‍ने बारेमा केही बोल्‍न पाउँदैनन्। “व्यक्तिवादी र तानाशाही रूपमा व्यवहार गर्नु” को अर्थ त्यही हो। र यस्ता मानिसहरूले गर्ने व्यवहारको स्थायी सिद्धान्त र विधि के हो त? जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले यसको बारेमा मनमा विचार गर्न थाल्छन्, तिनीहरूले आफ्‍नो मनमा यसको बारेमा यो र त्यो तरिकाले विचार गर्छन्—तर तिनीहरूले के विचार गरिरहेका हुन्छन्, सो कसैलाई थाहा हुँदैन। अनि किन कसैलाई थाहा हुँदैन त? किनभने तिनीहरूले केही पनि भन्दैनन्। कतिपय मानिसहरूले तिनीहरूलाई बोल्‍न मन नलाग्‍ने हुँदा यसो गर्छन् भनी दाबी गर्छन्। के कुरा त्यही हो त? यो चरित्रको समस्या होइन; तिनीहरूले केही पनि भन्दैनन् किनभने तिनीहरूले तँलाई जानी-जानी त्यसो गरिरहेका हुन्छन्। तिनीहरूले एकलै काम गर्न चाहन्छन्; तिनीहरूले के गर्नुपर्छ भनेर तिनीहरू आफै हिसाबकिताब गर्छन्। तिनीहरूले के कुराको हिसाबकिताब गर्छन् त? यसमा तिनीहरूको रुचि, हैसियत, प्रतिष्ठा, र मान-मर्यादा समावेश हुन्छ; तिनीहरूले यी सबै कुराको बारेमा हिसाबकिताब गर्छन्, र आफैलाई भन्छन्, “मेरो हैसियतलाई सुरक्षित गर्न, मभन्दा मुनिकाहरूलाई मेरो साँचो रूप देख्‍नबाट रोक्‍न, र सबैभन्दा महत्त्वपूर्ण कुरा, माथिबाट यो कुरालाई लुकाउन मैले कसरी उपाय पत्ता लगाउन सक्छु? यो त्यति सहज काम होइन। यदि मैले कुनै समस्याको सामना गरेँ र विचारै नगरी मभन्दा मुनिका दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गरेँ भने, सबैले मेरो साँचो रूप देख्‍नेछन्, र तिनीहरूले यो देखिसकेपछि, जो-कसैले कुराकानी गरेर यसलाई माथि उजुरी दिन सक्छ, र माथिबाट मलाई निष्कासन हुन सक्छ, त्यस अवस्थामा मैले मेरो हैसियतलाई कायम राख्‍न सक्‍नेछैन। यति मात्र होइन, यदि मैले अरूसँग निरन्तर सङ्गति गरेँ भने, के मेरो यो थोरै प्रतिभा सबैको सामुन्ने उदाङ्गो हुनेछैन र? त्यसपछि, के मानिसहरूले मलाई नीच नजरले हेर्दैनन् र?” यदि मानिसहरूले साँच्‍चै तिनीहरूको साँचो रूप देखे भने त्यो राम्रो कि नराम्रो कुरा हो भनी तिमीहरू भन्छौ? वास्तवमा, सत्यताको खोजी गर्नेहरूको हकमा, इमानदारहरूको हकमा, अलिकति इज्‍जत जानु वा मर्यादामा हानि पुग्‍नु, तिनीहरूको वास्तविकता मानिसहरूले देख्‍नु, तिनीहरूको लागि केही पनि होइन; तिनीहरूले यी कुराहरूको अनुभूति गर्दैनन् भन्‍ने देखिन्छ, न त तिनको बारेमा तिनीहरूलाई त्यति धेरै चेतना नै हुन्छ; तिनीहरूले तिनलाई खास महत्त्वपूर्ण ठान्दैनन्। यसबीच, ख्रीष्टविरोधीहरू यसको ठीक विपरीत हुन्छन्: तिनीहरूले सत्यताको खोजी गर्दैनन्, र तिनीहरूले आफ्‍नै हैसियत, र तिनीहरूप्रतिको अरूको दृष्टिकोण र मनोवृत्तिलाई तिनीहरूको आफ्‍नै जीवनभन्दा बढी महत्त्वपूर्ण ठान्छन्। यदि तिनीहरूलाई सुन दिइयो, र यसको सट्टामा तिनीहरूलाई सत्य कुरा बोल्‍न, वास्तविक अवस्था, भित्री कथाको बारेमा बोल्‍न लगाइयो भने, के तिनीहरूले उक्त प्रस्ताव स्वीकार गर्नेथिए? थोरै सुन मात्रै दिइयो भने, तिनीहरूले यसलाई योग्य मान्‍नेथिएनन्; तिनीहरूले उक्त प्रस्ताव स्वीकार गर्नेथिएनन् तर यसो भन्दै बहाना बनाइरहनेथिए, “परमेश्‍वरमा विश्‍वास गर्ने हामी पैसालाई प्रेम गर्दैनौं, तर सत्यतालाई प्रेम गर्छौं।” यदि धेरै सुन दिइयो भने, तिनीहरूले कपटपूर्ण रूपमा पैसा प्राप्त गर्नको लागि केही सच्‍चा सुनिने सतही कुराहरू बताउनेथिए, त्यसपछि कुनै कुरा हेरफेर नगरी सधैँ झैँ अघि बढ्नेथिए। “चितुवाले आफ्‍नो धब्बा परिवर्तन गर्न सक्दैन” भन्‍नुको अर्थ यही हो।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले लुकीछिपी काम गर्छन्, व्यक्तिवादी र तानाशाही रूपमा व्यवहार गर्छन्, मानिसहरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र मानिसहरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्”

ख्रीष्टविरोधीहरूसँग प्रधान स्‍वर्गदूतको जस्तै स्वभाव हुन्छ। प्रधान स्‍वर्गदूत यसो भन्थ्यो, “स्वर्गहरू र पृथ्वी अनि सबै थोक मैले नै बनाएको हो, र मानवजाति मेरो नियन्त्रणमा छ,” र यही कारणले गर्दा, यसले मानवजातिलाई अशुद्ध र भ्रष्ट तुल्यायो। ख्रीष्टविरोधीहरूले आफू शक्तिमा आउनेबित्तिकै भन्छन्, “तिमीहरू सबैले मलाई विश्‍वास गर्नुपर्छ र मलाई पछ्याउनुपर्छ। शक्ति मेरो हातमा छ, अन्तिम निर्णय मेरो हुन्छ, त्यसकारण कुनै कुरा आइपर्नेबित्तिकै मकहाँ आऊ, र मण्डलीको पैसा मकहाँ ल्याएर आऊ।” अरू भन्छन्, “मैले तिमीलाई त्यो किन दिने?” “किनभने म अगुवा हुँ—मसँग यी कुराहरूलाई सम्‍हाल्‍ने शक्ति छ, र सबै कुराको हेरचाह गर्ने काम मेरो हातमा छ!” यही कारणले गर्दा, तिनीहरूले सबै कुरा सम्हाल्छन्। दाजुभाइ-दिदीबहिनीहरूसँग खान र पिउनको निम्ति परमेश्‍वरका वचनहरू छन् कि छैनन्, वा तिनीहरूसँग उपदेशहरू वा पुस्तक-पुस्तिकाको कमी पो छ कि भन्नेबारेमा तिनीहरूलाई कुनै वास्ता हुँदैन। तैपनि, पैसा कसले राख्छ, पैसा कति छ, र यसलाई कसरी प्रयोग गर्ने भन्‍नेबारेमा तिनीहरूले वास्ता गर्छन्। यदि मण्डलीको आर्थिक स्थितिको बारेमा माथिबाट प्रश्‍न गरियो भने, तिनीहरूले मण्डलीको रकम हस्तान्तरण नगर्ने मात्र होइन, तिनीहरू माथि हुनेलाई सत्यता समेत जान्‍न दिँदैनन्। तिनीहरूले माथि हुनेबाट किन सत्यता लुकाउँछन् त? तिनीहरूले हिनामिना गर्न, हक जमाउन चाहन्छन्—के कारण त्यही हो त? ख्रीष्टविरोधीहरू भौतिक सम्पत्ति, पैसा र हैसियतमा अत्यन्तै रुचि राख्छन्, र तिनीहरूले यसो भन्दा तिनीहरू जस्ता देखिन्छन् वास्तवमा तिनीहरू त्यस्ता हुँदैनन्, “अब म परमेश्‍वरमा विश्‍वास गर्छु, र मैले सांसारिक कुराहरूको पछि लाग्‍न र रुपियाँपैसाको लालच गर्न छोडेको छु।” तिनीहरू जति सरल देखिन्छन् तिनीहरू अवश्य नै त्यति सरल छैनन्। किन तिनीहरूले हैसियतको पछि लाग्‍न र त्यसलाई कायम राख्‍न सबै कुरा गर्छन् त? किनभने तिनीहरू हैसियतले ल्याउने सबै कुरा प्राप्त गर्न वा नियन्त्रण गर्न र त्यसमाथि हक जमाउन चाहन्छन्। तिनीहरू प्रधान स्‍वर्गदूतका सच्‍चा सन्तान हुन्, र तिनीहरूले प्रधान स्‍वर्गदूतको प्रकृति र सार लिएर तिनीहरूको नामअनुसारको काम गर्छन्। हैसियतको पछि लाग्‍ने र सम्पत्ति र रुपियाँपैसामा ध्यान केन्द्रित गर्ने जोकोही व्यक्तिको स्वभावमा समस्या हुन्छ। यो समस्या आफूमा ख्रीष्टविरोधी स्वभाव हुनु मात्रै होइन, त्यसो भए, यो समस्या के हो त? सर्वप्रथम, यदि तिनीहरूलाई कुनै कामको जिम्‍मेवारी लिन दिइयो भने, तिनीहरूले अरूलाई हस्तक्षेप गर्न दिँदैनन्; यसको साथै, तिनीहरू कुनै पनि कामको सुपरिवेक्षक भइसकेपछि, तिनीहरूले आफैलाई प्रदर्शन गर्ने, आफ्‍नो प्रतिरक्षा गर्ने, र आफैलाई माथि उचाल्‍ने, आफूलाई अरूभन्दा माथि देखाउने र सबैभन्दा उच्‍च बन्‍ने, प्रतिष्ठालाई पक्रिराख्‍ने र त्यसको लागि लडाइँ गर्ने उपायहरू खोज्छन्; यसको साथै, सम्पत्ति देख्दा, तिनीहरूको नजर लोभी बन्छ, र पैसाको बारेमा विचार गर्दै र त्यसको लागि लागिपर्दै, तिनीहरूले सधैँ दिमाग खियाइरहेका हुन्छन्। यी सबै ख्रीष्टविरोधीका चिन्‍हहरू हुन्। सत्यताको उल्‍लेख हुँदा, वा दाजुभाइ-दिदीबहिनीहरूको अवस्थाहरूको बारेमा, वा तिनीहरूमध्ये कतिले कमजोर वा नकारात्मक महसुस गरिरहेका छन्, वा तिनीहरूले आफ्‍नो कर्तव्य कतिको राम्ररी पूरा गरिरहेका छन् भनेर सोध्दा तिनीहरूले त्यसमा रुचि राख्दैनन्; तर जब रुपियाँपैसाको कुरा आउँछ, कसले अनुदान दिन सक्छ, कति दिन सक्छ, त्यो रकम कहाँ राखिएको छ भन्‍ने कुरा आउँछ, तिनीहरूले सबैभन्दा बढी वास्ता गर्ने कुराहरू यिनै हुन्। यो ख्रीष्टविरोधीको एउटा चिन्‍ह र लक्षण हो।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (२)”

ख्रीष्टविरोधीहरूको दुष्टताको एउटा मुख्य चरित्र हुन्छ—यसलाई कसरी छुट्याउने सो रहस्य म तिमीहरूलाई बताउनेछु। रहस्य यही हो—पहिलो, तिनीहरूको बोली-वचनमा होस् वा व्यवहारमा होस्, तिनीहरूलाई तैँले बुझ्‍न सक्दैनस्; तैँले तिनीहरूको चाल-चलन बुझ्‍न सक्दैनस्। जब तिनीहरू तँसँग बोलिरहेका हुन्छन्, तिनीहरू घरी यता कुरा घरी उता हेरिरहेका हुन्छन्, र तिनीहरूले के युक्ति लगाइरहेका छन् सो तैँले बताउन सक्दैनस्। तिनीहरू “इमानदार” र “निष्कपट” देखिँदा पनि, तैँले तिनीहरू कस्ता हुन् भनी पत्ता लगाउन सक्दैनस्। तँलाई तेरो हृदयमा तिनीहरूको सोचाइभित्र गहन चलाकी छ, अथाह गहिराइ छ भन्‍ने निश्‍चित अनुभूति हुन्छ। तिनीहरू कुरा लुकाउने र अनौठो जस्तो देखिन्छन्। यो पहिलो विशेषता हो, र यो मात्रै पनि दुष्टताको विशेषता हो। दुष्ट ख्रीष्टविरोधीहरूको दोस्रो विशेषता भनेको तिनीहरू अत्यन्तै छली रूपमा बोल्छन् र व्यवहार गर्छन्। यो छलीपनलाई कहाँ देख्‍न सकिन्छ त? तिनीहरू अरूको मनस्थिति बुझ्‍न विशेष रूपमा सिपालु हुन्छन्, तिनीहरूको शब्‍दहरू मनोहर र सही सुनिन्छ; तिनीहरूले गहन सिद्धान्तहरूको व्याख्या गर्न सक्छन् र तिनीहरूले भावनाहरू, विवेक र तर्कशक्ति, अनि विचारधाराको हिसाबमा अरूलाई स्वीकार्य लाग्‍ने सही कुराहरू गर्छन् भन्‍ने तथ्यमा यो कुरा देख्‍न सकिन्छ। तर तैँले एउटा कुराको भेद छुट्ट्याउनुपर्छ: मनोहर सुनिने ती सबै कुराहरूलाई तिनीहरूले व्यक्तिगत रूपमा कहिल्यै कदर गर्दैनन्। उदाहरणको लागि, मानौं, तिनीहरूले तँलाई कसरी इमानदार व्यक्ति बन्‍ने, समस्या आइपर्दा कसरी प्रार्थना गर्ने, वा आफ्‍नो जीवन कसरी परमेश्‍वरलाई नियन्त्रण गर्न दिने भनी भन्छन्—तब, समस्याहरूको सामना गर्दा तिनीहरूले के गर्छन् त्यसलाई मात्रै हेर्। तिनीहरू आफ्‍नै विचार, आफ्‍नै सोचाइमा भर पर्छन्, र तिनीहरू आफ्‍नो दिमाग खियाउँदै, यो र त्यो गर्दै आफ्‍नै क्षमतामा भर पर्छन्। अरू मानिसहरूलाई आफ्नो सेवा गर्न लगाउन, तिनीहरूको आफ्‍नै काम-कुराहरूको हेरचाह गर्न लगाउनको लागि, तिनीहरूले सम्‍भव भएको सबै प्रयास गर्छन्। तिनीहरूले नगर्ने भनेको परमेश्‍वरलाई प्रार्थना गर्ने कार्य मात्रै हो। यसको साथै, तिनीहरूले परमेश्‍वरको योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूलाई मानिसहरूले कसरी स्वीकार गर्नुपर्छ र तिनमा समर्पित हुनुपर्छ भन्नेबारेमा तिनीहरूले ओठे सेवा गर्छन्, तर जब तिनीहरूले आफ्‍नै समस्याहरूको सामना गर्नुपर्छ, तब तिनीहरूले गर्ने पहिलो काम भनेको कसरी उम्किने भनेर उपाय खोज्‍नु मात्रै हो। तिनीहरूले परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई स्वीकार गर्दैनन्—मानिसहरूले के देख्‍छन् भने तिनीहरू आफ्‍नो कार्यहरूमा समर्पित हुँदैनन्, बरु आफू उम्कने बाटो मात्रै खोज्छन्। यो ख्रीष्टविरोधीहरूको दुष्ट रूप हो, जुन तिनीहरूको छली पक्षको पछाडि लुकेको हुन्छ। आफ्‍नो काममा, तिनीहरूले कहिलेकहीँ राती अबेरसम्‍म परिश्रम गर्छन् वा खाना र सुत्‍न समेत छोड्छन्, तैपनि जब तिनीहरूले परमेश्‍वरको घरले मिलाएको बन्दोबस्तको सामना गर्छन्, तब तिनीहरूले यसलाई कार्यान्वयन वा अभ्यास गर्दैनन्, र तिनीहरूले सत्यतालाई स्वीकार गर्दैनन्। तिनीहरूले प्रकट गर्ने अर्को व्यवहार के हो भने, जब तिनीहरू सहमत नहुने विचार दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई व्यक्त गर्छन्, तब तिनीहरूले यता र उता कुरा बटार्दै, यसलाई घुमाउरो पारामा इन्कार गर्छन्। यसले तँलाई के भान हुन्छ भने, तिनीहरूले तेरो विचारलाई अत्यन्तै गम्‍भीर रूपमा लिइरहेका छन्; तिनीहरूले यस विषयमा सबैसँग सङ्गति गर्छन् र बताउँछन्, तर सबै कुरा भइसकेपछि पनि, तैँले अझै तिनीहरूले जे भन्छन् त्यही गर्नुपर्छ। तिनीहरू अरू मानिसहरूका विचारहरूलाई उल्ट्याउन, अरूलाई तिनीहरूको पछि लाग्‍न लगाउन र तिनीहरूले जे भन्यो त्यही गर्न लगाउनको लागि जेसुकै गर्न पनि पछि पर्दैनन्। के सत्यता सिद्धान्तहरू खोज्‍नु भनेको यही हो त? तिनीहरूले अभ्यास गरिरहेको सिद्धान्त के हो त? यो त सबैलाई तिनीहरूको कुरा सुन्‍न लगाउनु र तिनीहरूको अधीनमा बस्‍न लगाउनु हो, र अरू मानिसहरूको कुरा सुन्‍नु तिनीहरूको कुरा सुन्‍नुजत्तिको राम्रो हुँदैन, तिनीहरूको विचारहरू नै सबैभन्दा उत्कृष्ट छन्, सबैभन्दा उच्‍च छन्, र तिनीहरू स्वयम्‌ नै सत्यता हुन् र तिनीहरूले जे भन्छन् त्यो पूर्ण रूपमा सही हो भनी मान्‍ने बनाउनु हो। के यो दुष्टता होइन र? ख्रीष्टविरोधीको दुष्टताको तेस्रो विशेषता भनेको के हो भने, जब तिनीहरूले आफ्‍नो गवाही दिन्छन्—जब तिनीहरूको आफ्‍नै श्रेष्ठता, तिनीहरूले चुकाएको मूल्य, र सतही रूपमा सबैले देख्‍न सक्‍ने तिनीहरूले गरेका केही कुरा, वा तिनीहरूका साथै अरूलाई पनि केही लाभ दिने केही कुराहरूको गवाही दिन्छन्—तब हरेकपटक तिनीहरूले यी सबै कुरा भनिसक्दा, तिनीहरूले निश्‍चित रूपमा आत्मिक सुनिने “परमेश्‍वरलाई धन्यवाद होस्; यो सबै उहाँले नै गर्नुभएको हो” जस्ता कुरा भन्छन्, अनि तिनीहरूले तँलाई तिनीहरू अत्यन्तै सक्षम छन्, तैपनि अझै परमेश्‍वरको गवाही दिन सक्छन् भन्‍ने अनुभूति गराउँछन्, तर यथार्थमा, तिनीहरूले आफ्‍नै बारेमा गवाही दिइरहेका हुन्छन् र परमेश्‍वरको त नाम मात्र लिइरहेका हुन्छन्। तिनीहरूले अलिकति पनि परमेश्‍वरको गवाही दिएका हुँदैनन्, तर यो मौकालाई तिनीहरूको आफ्‍नै गवाही दिन प्रयोग गरिरहेका हुन्छन्। के यो ख्रीष्टविरोधीको धूर्त चतुरता होइन र? के यो दुष्टता होइन र? यी तीन कुराहरूलाई आधार मानेर, ख्रीष्टविरोधीहरूलाई सहजै छुट्ट्याउन सकिन्छ।

ख्रीष्टविरोधीहरूको अर्को मुख्य विशेषता छ, जुन तिनीहरूको दुष्ट स्वभाव र सारको मुख्य अभिव्यक्ति पनि हो। तिनीहरू प्रवचनहरू वा सङ्गति सुनिरहेका हुन् वा भेलामा सहभागी भइरहेका हुन्—अरू दाजुभाइ-दिदीबहिनीहरूले आफ्‍नो बारेमा, आफूलाई न्याय गरिने, सजाय दिइने, निराकरण गरिने, र काट-छाँट गरिने कार्य स्वीकार गर्ने बारेमा, उचित रूपमा कर्तव्यहरू पूरा गर्नेबारेमा, र सृष्टि गरिएको प्राणीलाई सुहाउने स्थानमा उभिनेबारेमा, आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको इच्‍छालाई त्याग्‍नेबारेमा आफूले पाएको ज्ञानबारे जति नै राम्ररी सङ्गति गरे पनि, यसप्रति ख्रीष्टविरोधीहरूको प्रतिक्रिया कस्तो हुन्छ त? अरूले जसरी सङ्गति गरे पनि, वा जति जना मानिसहरूले सङ्गति दिए पनि, ख्रीष्टविरोधीहरूले हैसियत र आशिषहरूको पछि लाग्‍ने आफ्‍नो आशयलाई कहिल्यै परिवर्तन गर्दैनन्। त्यसैले, तिनीहरूले हरेकपटक निश्‍चित अवधिको लागि काम गरिसकेपछि, तिनीहरूले आफूले गरेका कुराहरू, तिनीहरूले परमेश्‍वरको घरमा के-कस्ता योगदान दिए, र दाजुभाइ-दिदीबहिनीहरूका लागि तिनीहरूले के-कस्ता विषयहरूलाई सम्‍हाले त्यस विषयमा हिसाब-किताब गर्छन्। तिनीहरूले आफ्‍नो हृदयमा काम-कुराहरूको गन्ती गर्दै, र परमेश्‍वरसँग सौदाबाजी गर्दै सधैँ चुपचाप हिसाब-किताब गरिरहेका हुन्छन्। तिनीहरूले किन यी कुराहरूको विषयमा सौदाबाजी गर्छन् त? किनभने, तिनीहरूको हृदयको गहिराइमा, तिनीहरूको खोजी र तिनीहरूको विश्‍वासमा सुरुदेखि नै तिनीहरूको उद्देश्य भनेको आशिष्‌हरूको पछि दगुर्नु थियो। तिनीहरूले जति धेरै वर्ष प्रवचनहरू सुने पनि, वा तिनीहरूले परमेश्‍वरका जति धेरै वचनहरू खाए र पिए पनि, तिनीहरूले आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको इच्‍छा र आशयलाई कहिल्यै त्याग्‍नेछैनन्। यदि तैँले तिनीहरूलाई कर्तव्यनिष्ठ सृष्टि गरिएको प्राणी बन्‍न र परमेश्‍वरको नियम र बन्दोबस्तहरूलाई स्वीकार गर्न अनुरोध गरिस् भने, तिनीहरू भन्छन्, “त्यो सही मार्ग होइन, मैले खोजी गर्नुपर्ने कुरा त्यो होइन। म के कुराको पछि लागेको छु भने, मैले लडाइँ लडिसकेपछि, मैले आवश्यक प्रयास गरिसकेपछि र आवश्यक कठिनाइ भोगिसकेपछि, मैले सबै कुरा परमेश्‍वरका मापदण्डहरूअनुसार गरिसकेपछि, परमेश्‍वरले मलाई कस्तो इनाम दिनुहुनेछ? के म राखिनेहरूमध्ये एक हुनेछु? परमेश्‍वरको राज्यमा मैले कस्तो पद पाउनेछु? मेरो अन्तिम गन्तव्य के हुनेछ?” तैँले जसरी सङ्गति गरे पनि, तैँले तिनीहरूले पालेको यो आशय र इच्‍छालाई कहिल्यै तोड्न सक्दैनस्। तिनीहरू पावलजस्तै हुन्छन्। के यस किसिमको दुष्टतामा निश्‍चित प्रकारको भयङ्कर स्वभाव लुकेर बसेको हुँदैन र?

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन् (२)”

निराकरण र काटछाँटप्रति ख्रीष्टविरोधीहरूको चिरपरिचित आचरण भनेको यसको तीव्र अस्वीकार वा इन्कार गर्नु हो; तिनीहरूले दाजुभाइ र दिदीबहिनीहरूलाई र परमेश्‍वरको घरलाई जति नै धेरै हानि गरेको भए तापनि, तिनीहरूले अलिकति पनि पछुतो वा आफू केही ऋणी भएको अनुभूति गर्दैनन्। यस दृष्टिकोणबाट हेर्दा, के ख्रीष्टविरोधीहरूसँग मानवता हुन्छ त? (हुँदैन।) तिनीहरूले दाजुभाइ र दिदीबहिनीहरूको जीवनमा र परमेश्‍वरको घरको हितको सबै पक्षमा त्यति धेरै हानि पुर्‍याएका हुन्छन्—त्यो कुरा जोकोहीले देख्न सक्छन्, र त्यो देख्ने हरेक व्यक्तिले तथ्य त्यही नै हो भनी भन्छन्—तर पनि ख्रष्टविरोधीहरूले यो तथ्यलाई स्वीकार गर्दैनन्, तिनीहरू जिद्दी रूपमा आफ्नै कुरामा अडिग रहन्छन् र आफू यस मामलामा गलत छु, वा आफू उत्तरदायी छु भनेर स्वीकार गर्दैनन्। के यो तिनीहरूले सत्यतालाई घृणा गर्छन् भन्ने कुराको सङ्केत होइन र? ख्रष्टविरोधीहरूले सत्यतालाई यसरी नै घृणा गर्छन्, तिनीहरूले यी मामलाहरूलाई यसरी नै लिन्छन्। के यो परमेश्‍वरको घर, मण्डली र दाजुभाइ तथा दिदीबहिनीहरूको हितलाई गम्भीर रूपमा नलिनु होइन र? यदि तिनीहरूले दाजुभाइ तथा दिदीबहिनीहरू र परमेश्‍वरको घरको हितलाई हानि गरेका छन् भनी स्वीकार गरे भने, तिनीहरूले उत्तरदायित्व स्वीकार गर्नुपर्थ्यो, साथै, तिनीहरूको हैसियत र प्रतिष्ठामा गम्भीर असर पर्थ्यो—त्यसकारण तिनीहरूले दृढ भई त्यसलाई स्वीकार गर्न मान्दैनन्; यसलाई बिलकुलै स्वीकार गर्न सकिँदैन र यदि तिनीहरूले आफ्नो हृदयभित्र त्यसलाई स्वीकार गरिहाले पनि यसलाई बाहिरी रूपमा देखाउँदैनन्। छोटकरीमा भन्दा, तिनीहरूको इन्कार जानाजान गरिएको भए पनि नभए पनि, एक हिसाबले यी कुराहरूले स्पष्ट रूपमा ख्रीष्टविरोधीहरूको सत्यताप्रतिको घृणा र शत्रुतालाई सूचित गर्छन्; अर्को हिसाबले, ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घर र मण्डलीको हितप्रति घृणा र उत्तरदायित्व इन्कारको आचरण धारण गर्दै आफ्नो हितलाई कति मूल्यवान् ठान्छन् भन्ने तथ्यलाई ती कुराहरूले देखाउँछन्। तिनीहरूसँग कुनै मानवता हुँदैन। के ख्रीष्टविरोधीहरू उत्तरदायित्वबाट पन्छिएको कुराले यी समस्याहरूलाई प्रदर्शन गर्छ॥ (गर्छ।) एक हिसाबमा, उत्तरदायित्वबाट पन्छिनुले सत्यताप्रतिको तिनहरूको शत्रुवत् आचरणलाई प्रतिनिधित्व गर्छ; हर्को हिसाबमा, यसले तिनीहरूमा मानवताको कमी छ भन्ने देखाउँछ। तिनहरूको कारणले अरू मानिसहरूको हितमा जति नै हानि पुगे पनि, तिनीहरूले आत्म-दोषारोपणको अनुभूति गर्दैनन् र तिनीहरूलाई यो कुराले कति पनि चिन्तित गराउँदैन। यो कस्तो प्रकारको प्राणी हो? तिनीहरूले “मेरो यो कुरासँग केही सम्बन्ध थियो, तर यो सबै मेरो गल्ती भने थिएन” भन्दै अलिअलि मात्रै स्वीकार गरे पनि, यसलाई अझै पनि केही मानवता, केही विवेक, एक नैतिक आधाररेखा छ भनेर भन्न सकिन्थ्यो—तर यी ख्रीष्टविरोधीहरूसँग अलिकति पनि मानवता छैन। त्यसकारण, तिमीहरू तिनीहरू के हुन् भनी भन्छौ? (दियाबलस।) त्यस्ता मानिसहरूको सार दियाबलस हो। तिनीहरूले आफूले परमेश्‍वरको घरको हितमा पुर्‍याएको एकदमै ठूलो हानिलाई देख्दैनन्, तिनीहरू आफ्नो हृदयमा अलिकति पनि चिन्तित हुँदैनन्, न त तिनीहरूले आफैलाई गाली नै गर्छन्, तिनीहरूले ऋणी अनुभव गर्ने बारेमा त कुरै नगरौं। के तिनीहरू मानिस समेत हुन् र? यो सामान्य मानिसहरूमा देखिनु पर्ने कुरा हुँदै होइन। यो दियाबलस हो। तिनीहरूले गरेको कामकुराहरूको लागि तैँले तिनीहरूलाई उत्तरदायित्व लिनको लागि अनुरोध गरिनस् तर आफ्नो गल्ती मात्र स्वीकार गर्न अनुरोध गरिस् भने पनि, तिनीहरूले अझै त्यसो गर्न सक्दैनन्, तिनीहरूले अझै पनि त्यसलाई स्वीकार गर्न सक्दैनन्। तिनीहरूले यस्तो सोच्छन्, “यदि मैले यो कुरालाई स्वीकार गरेँ भने के यो म गलत थिएँ भनेर भन्नुजस्तै हुँदैन र? के म गल्ती गर्ने व्यक्ति बन्न सक्छु र? म सधैँ सही हुनेछ, र महान् बन्नेछु; मलाई गल्ती स्वीकार गर् भनी भन्नु, के त्यो मेरो चरित्रलाई अनादर गर्नु होइन र? मैले कहिल्यै पनि गल्ती गर्न सक्दिन। यो मामलाको मसँग केही सम्बन्ध भएको भए पनि, मैले यसलाई गरेको होइन, न त यसको लागि म नै मुख्य जिम्मेवार छु; जाऊ, तिमी जसलाई मन लाग्छ उसलाई खोज, तर मेरो सामु नआऊ। जुनसुकै अवस्थामा पनि म यसको जिम्मेवारी लिन सक्दिन, म यो गल्ती स्वीकार गर्न सक्दिन।” तिमीहरूले तिनीहरूलाई आफ्नो गल्ती मुखले मात्र स्वीकार गर्न अनुरोध गरे पनि तिनीहरूले त्यसो गर्दैनन्; यो त तिनीहरूको मृत्युको माग गरेजस्तै हुन्छ—मानौं, तिनीहरूले आफ्नो गल्ती स्वीकार गरे भने, तिनीहरूलाई सजाय हुनेछ र नरकमा पठाइन्छ, र आगो र गन्धकको कुण्डमा डुबाइन्छ। सारांशमा, अरू मानिसहरूले जेसुकै भने पनि वा जेसुकै सङ्गति गरे पनि, ख्रीष्टविरोधीहरूले आफूलाई जबरजस्ती चुप लगाए पनि र बाहिरी रूपमा झगडा नगरे पनि, भित्र अन्तस्करणमा भने तिनीहरूले प्रतिस्पर्धा गरिरहेका, पछाडि धकेलिरहेका र प्रतिरोध गरिरहेका हुन्छन्। तिनीहरूले कुन हदसम्म प्रतिरोध गर्छन् त? केही ख्रीष्टविरोधीहरू छन् जसलाई तिनीहरूले केही गल्ती गरेको कारण दश वर्ष पहिले निराकरण गरिएको थियो; त्यो मामलालाई एक दशकपछि बाहिर ल्याउँदा, तिनीहरूले अझै पनि आफ्नो गल्ती थियो भन्ने स्विकार्दैनन् वा जिम्‍मेवारी लिन मान्दैनन्; बीस वर्षपछि, त्यो मामलालाई फेरि बाहिर ल्याइयो भने पनि, तिनीहरूले अझै पनि आफूलाई बचाउने प्रयास गर्छन्; तीस वर्षपछि, त्यो मामलालाई फेरि एक पटक बाहिर ल्याइयो भने, तिनीहरूले अझै पनि आफ्नो बाटो छाड्दैनन्; तिनीहरूले निरन्तर आफूलाई उचित रहको पुष्टि गर्ने र आफू सही थिएँ भनी साबित गर्ने प्रयास गर्छन्, आफ्नो प्रतिरक्षा गर्ने प्रयास गर्छन्। तीस वर्षपछि पनि, तिनीहरू यो मामलाको बारेमा प्रार्थना गर्न, तथ्यलाई स्वीकार गर्न, आफ्नो गल्तीलाई स्वीकार गर्न अझै परमेश्‍वरको सामु आउँदैनन्; अझै पनि तिनीहरू यस मामलामा अभ्यास गरिनुपर्ने सत्यता र पछ्याउनुपर्ने सिद्धान्तहरूको खोजी गर्दैनन्; तिनीहरूको हृदय अझै पनि खेदले भरिएको हुन्छ: तिनीहरूलाई के लाग्छ भने, दाजुभाइ र दिदीबहिनीहरूले तिनीहरूलाई गलत गरेका छन् र परमेश्‍वरले तिनीहरूलाई बुझ्‍नुहुन्‍न; परमेश्‍वरको घरले तिनीहरूलाई बिचरा भन्‍नुपर्छ, यसले तिनीहरूको लागि परिस्थिति अप्ठ्यारो बनाएको, जानाजान तिनीहरूको लागि समस्या सृजना गरेको, तिनीहरूलाई चढाएर छोडिएको बोको बनाएको छ भन्‍ने तिनीहरूलाई लाग्छ। के यस्ता मानिसहरू परिवर्तन हुन सक्छन्? तिनीहरूको हृदय सकारात्मक कुराहरूप्रति शत्रुता, प्रतिरोध, र घृणानुभूतिले भरिएका हुन्छन्; यसको लागि अरूले तिनीहरूलाई निराकरण र काटछाँट गर्नु तिनीहरूको चरित्रमाथिको आक्रमण हो र यसले तिनीहरूको प्रतिष्ठामा लाज ल्याउँछ, र आफ्नो हैसियतमा अत्यन्तै धेरै क्षति पुर्‍याउँछ भन्ने तिनीहरूलाई लाग्छ; यस विषयमा तिनीहरू प्रार्थना र खोजी गर्न वा आफ्नो गल्ती पहिचान गर्न कहिल्यै पनि परमेश्‍वरको सामु आउँदैनन्, न त तिनीहरूसँग कहिल्यै आफ्ना गल्तीहरूको स्वीकार गर्ने र पछुतो गर्ने आचरण हुन्छ वा यो तथ्यलाई स्वीकार गर्न परमेश्‍वरको सामु आउने नै गर्छन्—अनि तिनीहरू यस विषयमा प्रार्थना गर्न परमेश्‍वरको सामु आए भने पनि, तिनीहरूले आफ्नो इच्छा विरुद्ध र गुनासाहरू लिएर आउथे र ती गुनासाहरूलाई परमेश्‍वरसामु व्यक्त गर्थे ताकि परमेश्‍वरले तिनीहरूलाई भएको अन्यायको निवारण गरिदिनुहोस्। के भयो भनी परमेश्‍वरले प्रकाश पार्नुभएको होस्, को सही थियो र को गलत थियो भनी न्याय गर्नुभएको होस् भन्‍ने तिनीहरू चाहन्छन्। त्यति मात्र कहाँ हो र, यो मामलाको कारणले तिनीहरूले परमेश्‍वरको धर्मीपनलाई समेत शङ्का वा इन्कार गर्छन्; तिनीहरूले परमेश्‍वरको घर र मण्डलीमा सत्यता र परमेश्‍वर सर्वोच्च हुनुहुन्छ भन्ने तथ्यलाई शङ्का र इन्कार गर्छन्। यही अन्तिम परिणामको कारण ख्रीष्टविरोधीहरूको निराकरण र काटछाँट गरिन्छ; तिनीहरूले सत्यतालाई स्वीकार गर्दै गर्दैनन्।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (३)”

ख्रीष्टविरोधीहरूको परिस्‍थितिहरू जे-जस्तो भए पनि, तिनीहरूलाई सधैँ के लाग्छ भने, यो सामान्य व्यक्ति, अर्थात्, परमेश्‍वरको देहधारी शरीर तिनीहरूका लागि अनावश्यक, तिनीहरूले परमेश्‍वरलाई चिन्‍ने कार्यमा बाधा हुनुहुन्छ। तिनीहरूले मनमनै विचार गर्छन्, “मानवजाति ख्रीष्‍टको सम्पर्कमा आउनेबित्तिकै, उहाँले हामीलाई तुलनात्मक रूपमा हामी अत्यन्तै महत्त्वहीन, र अत्यन्तै भ्रष्ट छौं भन्‍ने देखाउनुहुन्छ। जबसम्‍म हामी ख्रीष्‍टको सम्पर्कमा आउँदैनौं, तबसम्‍म हामी अत्यन्तै पवित्र हुन्छौं, तर हामी ख्रीष्‍टको सम्पर्कमा आउनेबित्तिकै, हामीले आफूमा धेरै कुराको कमी भएको महसुस गर्छौं। ख्रीष्‍टलाई भेट्नुभन्दा पहिले, हामीले धेरै कुरा बुझ्छौं, र हाम्रो कद निकै ठूलो हुन्छ। यो ख्रीष्‍ट त अत्यन्तै धेरै समस्या मात्रै हो।” यसरी तिनीहरूले के विश्‍वास गर्छन् भने तिनीहरूको हातमा समय हुँदा सकेसम्‍म वचन देहमा देखा पर्नुहुन्छ मात्रै पढ्नु नै उत्तम हुनेछ। तिनीहरूले जे-जस्ता माध्यम अपनाए पनि, वा तिनीहरू जस्तोसुकै परिस्थितिमा भए पनि, ख्रीष्टविरोधीहरूको मुख्य प्रकटीकरण के हो भने, तिनीहरूले परमेश्‍वरको देहधारणको तथ्यलाई र ख्रीष्टको मुखबाट निस्‍केका वचनहरू सत्यता हुन् भन्‍ने तथ्यलाई इन्कार गर्ने प्रयास गर्छन्। यो त देहधारी परमेश्‍वरको सारलाई र ख्रीष्टको मुखबाट निस्‍केका वचनहरू सत्यता हुन् भन्‍ने तथ्यलाई इन्कार गर्नाले यसले तिनीहरूलाई मुक्तिको आशा दिन्छ भन्नेजस्तै कुरा भयो। तिनीहरूको जन्‍मजात प्रकृतिमा, ख्रीष्टविरोधीहरू र परमेश्‍वरको देहधारी शरीर आगो र पानीजस्तो आधारभूत रूपमा नै परस्पर-विरोधी हुन् र तिनीहरूबीचमा कहिल्यै पनि मिलाप गराउन सकिँदैन। यी ख्रीष्टविरोधीहरूले यस्तो विश्‍वास गर्छन्, “जबसम्‍म ख्रीष्ट अस्तित्वमा रहिरहनुहुन्छ, मेरो दिन आउनेछ भन्‍ने कुनै आशा हुनेछैन, र म दोषी ठहराइने र हटाइने, नष्ट गरिने र दण्डित हुने खतरामा हुनेछु। तर यस ख्रीष्टले जबसम्‍म वाणीहरू बोल्‍नुहुन्‍न वा आफ्‍नो काम गर्नुहुन्‍न र मानिसहरूले उहाँलाई आदर गर्दैनन्, उहाँलाई बिर्सने र उहाँलाई तिनीहरूको मनको सबैभन्दा पछाडि राख्‍ने हदसम्‍म पुग्छन् भने मात्रै, मेरो लागि मौका हुनेछ।” ख्रीष्टविरोधीहरूको प्रकृति र सार भनेको तिनीहरूले ख्रीष्टलाई घृणा र तिरस्कार नगरी बस्‍न नसक्नु हो; तिनीहरूले आफूलाई तिनीहरूको प्रतिभाको आकार र तिनीहरूको सीपको स्तरको आधारमा ख्रीष्‍टसँग तुलना गर्छन्, र कसका वचनहरू बढी शक्तिशाली छन् र कोचाहिँ बढी शक्तिशाली छ भनेर उहाँसँग होडबाजी गर्छन्। ख्रीष्‍टले गर्नुभएजस्तै काम गर्ने क्रममा, तिनीहरूले मानिसहरूलाई ख्रीष्‍ट पनि मानव जस्तै हुनुभए पनि, उहाँसँग साधारण मानिसको प्रतिभा वा ज्ञान पनि छैन भन्‍ने देखाउने प्रयास गर्छन्। हरेक पक्षमा, ख्रीष्टविरोधीहरूले आफूलाई ख्रीष्टको विरुद्धमा खडा गर्छन् र उहाँसँग प्रतिस्पर्धा गर्छन्। हरेक पक्षमा, तिनीहरूले ख्रीष्‍ट नै परमेश्‍वर हुनुहुन्छ, परमेश्‍वरको आत्माको मूर्त रूप हुनुहुन्छ, र सत्यताको देहधारण हुनुहुन्छ भन्‍ने तथ्यलाई इन्कार गर्ने प्रयास गर्छन्। हरेक पक्षमा, दाजुभाइ-दिदीबहिनीहरूका बीचमा ख्रीष्‍टलाई अधिकार जमाउनबाट रोक्‍न, तिनीहरूका बीचमा उहाँको वचनलाई फल फलाउन नदिन, यसको साथै, ख्रीष्‍टले गर्नुहुने कार्यहरू, उहाँले बोल्‍नुहुने वचनहरूलाई रोक्‍न, र मानिसहरूको लागि उहाँले तोक्नुएका सर्तहरू र तिनीहरूप्रति उहाँका अपेक्षाहरूलाई तिनीहरूका बीचमा पूरा हुनबाट रोक्‍न उपायहरू पत्ता लगाउनको लागि, तिनीहरूले आफ्‍नो दिमाग खियाउँछन्। यो त यस्तो कुरा हो कि मानौं ख्रीष्‍टको उपस्थितिमा, यी ख्रीष्टविरोधीहरूलाई हटाइनेछ र तिनीहरू मण्डलीभित्रका दोषी ठहरिएका, त्यागिएका मानिसहरूको दल बन्‍नेछन्, र अँध्यारो कुनामा राखिनेछन्। सबै किसिमका प्रकटीकरणहरूबाट के देख्‍न सकिन्छ भने, ख्रीष्टविरोधीहरू सारगत रूपमा ख्रीष्‍टप्रति यति विरोधी छन् कि तिनीहरूलाई मिलापमा ल्याउन सकिँदैन। ख्रीष्टविरोधीहरू आफैलाई ख्रीष्टबाट अलग गर्ने र उहाँको विरुद्धमा खडा हुने, ख्रीष्टलाई हराउने र उहाँलाई पराजित गर्ने, ख्रीष्‍टले गर्नुभएको कामलाई अस्तित्वविहीन, र असमर्थनीय बनाउने र परमेश्‍वरका चुनिएका मानिसहरूको बीचमा फल फलाउन नदिने इच्‍छा सहित जन्‍मन्छन्; ख्रीष्‍टले जुनसुकै काम गरिरहनुभएको भए पनि, र उहाँले जहाँ काम गरिरहनुभएको भए पनि, तिनीहरूले यसलाई पूर्ण रूपमा बरबाद भएको र फलरहित भएको हेर्न चाहन्छन्। तर जब यीमध्ये कुनै पनि कुरा तिनीहरूले चाहेको जस्तो हुँदैन, तिनीहरूको हृदयमा अन्धकार र निराशा पैदा हुन्छ; तिनीहरूलाई यी अन्धकारका समय हुन् र तिनीहरूको दिन कहिल्यै आउनेछैन भन्‍ने लाग्छ। तिनीहरूलाई हटाइएको छ भन्‍ने तिनीहरूले अनुभूति गर्छन्। के ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूले परमेश्‍वरप्रतिको तिनीहरूको विरोधी र शत्रुवत् सार तिनीहरूले जन्मपछि प्राप्त गरेका कुरा हुन् भन्‍ने देखाउँछन्? (देखाउँदैनन्।) त्यसो हो भने, यो जन्मजात कुरा हो। त्यसकारण, ख्रीष्टविरोधी मानिसहरूले सत्यतालाई स्वीकार गर्नु, ख्रीष्टलाई सहनु असम्‍भव हुन्छ। बाहिरबाट हेर्दा, तिनीहरूले केही पनि भनेका वा गरेका छन् भन्‍ने देखिँदैन, र तिनीहरूले पनि साधारण रूपमा आफ्‍नो भागको काम गर्न र मूल्य चुकाउन सक्छन् भन्‍ने देखिन्छ। तर तिनीहरूले मौका पाउनेबित्तिकै, समय उचित हुनेबित्तिकै, ख्रीष्टविरोधीहरूको ख्रीष्‍टप्रतिको आधारभूत बेमेलका परिदृश्यहरू देखा पर्न थाल्छन्, र ख्रीष्टविरोधीहरू परमेश्‍वरको विरुद्ध युद्धमा छन् भन्‍ने तथ्य र परमेश्‍वरसँगको तिनीहरूको दरार स्पष्ट देखिनेछ। यी सबै घटनाहरू यसभन्दा पहिले ख्रीष्टविरोधीहरू भएको ठाउँमा घटेका छन्, र परमेश्‍वरको आखिरी दिनहरूको कार्यको यी वर्षहरूमा विशेष गरी यस्ता घटनाहरूको सङ्ख्या धेरै बढेको छ। धेरै मानिसहरूले यी कुराहरूलाई प्रत्यक्ष रूपमा अनुभव गरेका छन्।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, जानी-जानी सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको अवहेलना गर्छन् (४)”

ख्रीष्टविरोधीहरू परमेश्‍वर बन्न चाहने भएकाले पनि मुख्यतया तिनीहरूले परमेश्‍वरको अद्वितीयपनलाई अस्वीकार गर्छन्। पावलका यी वचनहरू तिनीहरूलाई विशेष रूपमा प्रिय लाग्छ: “मेरो लागि जिउनु नै ख्रीष्ट हो, मेरो लागि जिउनु नै परमेश्‍वर हो, परमेश्‍वरको जीवनको साथमा म नै परमेश्‍वर हुँ।” तिनीहरूले के विश्‍वास गर्छन् भने, यदि यो दृष्टिकोण साँचो साबित भयो भने तिनीहरू परमेश्‍वर बन्ने, राजाले झैँ शासन गर्ने र मानिसहरूमाथि नियन्त्रण कायम गर्ने आशा हुन्छ; यदि यो पूरा भएन भने, राजाले जस्तो शासन गर्ने र परमेश्‍वर बन्ने तिनीहरूको आशा चकनाचूर हुन्छ। छोटकरीमा भन्नुपर्दा, शैतान सधैँ परमेश्‍वरको बराबर हुन चाहन्छ—र ख्रीष्टविरोधीहरू पनि त्यही चाहन्छन्: तिनीहरूसँग पनि त्यही सार हुन्छ। उदाहरणको लागि, परमेश्‍वरलाई पछ्याउनेहरूमाझ, केही मानिसहरू यस्ता हुन्छन् जसले निरन्तर परमेश्‍वरको बढाइ गर्छन् र उहाँको साक्षी दिन्छन्, उहाँको कामको बारेमा अनि उहाँका वचनहरूको न्याय र सजायले मानिसमा पार्ने प्रभावको बारेमा साक्षी दिन्छन्। तिनीहरूले मानिसलाई मुक्ति दिने परमेश्‍वरका सबै कामको प्रशंसा गर्छन्, र तिनीहरूले परमेश्‍वरले चुकाउनुभएको मूल्यको पनि प्रशंसा गर्छन्। ख्रीष्टविरोधीहरू पनि यी सबै कुराहरूको आनन्द लिन चाहन्छन् कि चाहँदैनन् त? तिनीहरू मानिसहरूबाट समेत समर्थन, चापलुसी र बढाइचढाइ अर्थात् प्रशंसाको आनन्द उठाउन चाहन्छन्। अनि तिनीहरूले अरू के-कस्ता लाजविहीन विचारहरू सृजना गर्छन् त? तिनीहरू सबै कुराहरूमा मानिसहरूले तिनीहरूमा विश्‍वास गरून्, तिनीहरूमा भर परून् भन्ने चाहन्छन्; मानिसहरू परमेश्‍वरमाथि भर पर्नु पनि ठीकै कुरा हो—तर परमेश्‍वरमाथि भर पर्नुका साथसाथै यदि ख्रीष्टविरोधीहरूमाथिको तिनीहरूको निर्भरता अझ वास्तविक, अझ सच्चा हुन्छ भने, यी ख्रीष्टविरोधीहरू औधी खुसी हुनेछन्। यदि तैँले परमेश्‍वरलाई प्रशंसा गर्दा र परमेश्‍वरले तँलाई प्रदान गर्नुभएको अनुग्रहहरूको गन्ती गर्दा, तैँले यी ख्रीष्टविरोधीहरूका सराहनीय उपलब्धिहरूलाई पनि जोडजाड गर्छस् र दाजुभाइ-दिदीबहिनीहरूमाझ तिनीहरूको लागि प्रशंसा गान गाउँछस्, तिनीहरूले गर्ने हरेक कामलाई टाढा-टाढासम्म प्रचारप्रसार गर्छस् भने, तिनीहरू आफ्नो हृदयमा अद्भुत रूपमै तृप्त हुनेछन्, र तिनीहरू सन्तुष्ट हुनेछन्। यसरी, ख्रीष्टविरोधीहरूको प्रकृति र सारको दृष्टिकोणबाट कुरा गर्दा, जब तैँले परमेश्‍वरसँग अख्तियार छ, उहाँ धर्मी हुनुहुन्छ र उहाँले मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ भनेर भन्छस्, जब तैँले परमेश्‍वरसँग मात्र त्यस्तो सार छ, परमेश्‍वरले मात्र यस प्रकारको काम गर्न सक्नुहुन्छ र यी कामकुराहरू गर्नको लागि कसैले पनि उहाँको स्थान लिन वा उहाँको प्रतिनिधित्व गर्न सक्दैन भनेर भन्छस्: जब तैँले यस्तो कुरा भन्छस्, तब ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा ती वचनहरूलाई स्वीकार गर्दैनन्, र ती वचनहरूप्रति मानिलिन इन्कार गर्छन्। किन तिनीहरूले तिनलाई स्वीकार गर्दैनन् त? किनभने तिनीहरूसँग आकांक्षाहरू हुन्छन्—यो समस्याको एउटा पक्ष यही हो। अर्को पक्षचाहिँ के हो भने, तिनीहरूले देहधारी मानिसलाई परमेश्‍वर हुनुहुन्छ भनी न त विश्‍वास न त स्वीकार नै गर्छन्। जब कसैले परमेश्‍वर अद्वितीय हुनुहुन्छ, परमेश्‍वर मात्रै धर्मी हुनुहुन्छ भनेर भन्छ, तब तिनीहरूले आफ्नो हृदयभित्र यस कुराप्रति असहमति जनाउँछन् र भित्रभित्रै विरोध गर्छन्, र भन्छन्, “गलत—म पनि त धर्मी छु!” जब तैँले परमेश्‍वर मात्रै पवित्र हुनुहुन्छ भनेर भन्छस्, तिनीहरूले भन्नेछन्: “गलत—म पनि त पवित्र छु!” यसको एउटा उदाहरण पावल हुन्: जब मानिसहरूले प्रभु येशूले मानवजातिको लागि उहाँको अमूल्य रगत दिनुभयो, उहाँले पापबलिको रूपमा काम गर्नुभयो, र मानवजातिलाई मुक्ति दिनुभयो, र पापबाट सारा मानवजातिको छुटकारा गराउनुभयो भनी प्रभु येशू ख्रीष्टका वचनहरू प्रचार गर्थे—यो कुरा सुन्दा पावलले कस्तो अनुभूति गर्थे त? के तिनले यी सबै कुराहरू परमेश्‍वरको काम हो भनी स्वीकार गर्थे त? के तिनले यी सबै कुराहरू गर्न सक्ने एउटै उहाँ ख्रीष्ट हुनुहुन्छ र यी सबै कुराहरू ख्रीष्टले मात्र गर्न सक्नुहुन्थ्यो भनी स्वीकार गर्थे त? अनि के तिनले यी सबै कुराहरू गर्न सक्ने एउटै उहाँले मात्र परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्नुहुन्छ भनी स्वीकार गर्थे त? तिनले स्वीकार गर्दैनथे। तिनले भन्थे: “यदि येशूलाई क्रूसमा टाँग्न सकिन्थ्यो भने, मानिसहरूलाई पनि क्रूसमा टाँग्न सकिन्थ्यो! यदि उहाँले अमूल्य रगत दिन सक्नुहुन्थ्यो भने, मानिसहरूले पनि दिन सक्थे! यसअलावा, मैले पनि मार्ग प्रचार गर्न सक्छु र म उहाँभन्दा बढी जानकार छु, र म कष्ट सहन गर्न सक्छु! यदि तैँले उहाँलाई ख्रीष्ट भन्छस् भने, के मलाई पनि ख्रीष्ट भन्नुपर्दैन र? यदि तैँले उहाँको पवित्र नामको प्रशंसा गर्छस् भने, के मैले पनि त्यही प्रशंसा पाउनु पर्दैन र? यदि उहाँ ख्रीष्ट कहलिन योग्य हुनुहुन्छ भने, यदि उहाँले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्नुहुन्छ भने, र यदि उहाँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने, के हामी पनि त्यस्तै नै होइनौ र? परमेश्‍वरको लागि कष्ट सहन सक्ने र मूल्य चुकाउन सक्ने, र मेहनत र काम गर्न सक्ने हामी—के हामी पनि ख्रीष्ट बन्न सक्दैनौ र? के हामीहरू पनि परमेश्‍वरद्वारा प्रशंसा गरिन र ख्रीष्ट बोलाइन सक्दैनौं र? यो कसरी ख्रीष्टभन्दा फरक छ र?” छोटकरीमा भन्नुपर्दा, तिनीहरूले परमेश्‍वरको अद्वितीयपनको बोध गर्न असफल भएका हुन्छन्, र तिनीहरूले सबै कुराहरूलाई विचारविमर्श गरेपछि पनि परमेश्‍वरको अद्वितीयपन के हो भनी बुझ्दैनन्। तिनीहरूले ख्रीष्ट हुनु वा परमेश्‍वर हुनु भनेको घाममा पसिना बगाएर अनि श्रम गरेर कसैले कुनै स्थान जितेझैं व्यक्तिले आफ्नो प्रतिभा र क्षमताको बलमा आर्जेको कुनै कुरा हो भन्ने विश्‍वास गर्छन्। तँमा ख्रीष्टको सार छ भन्दैमा तँ ख्रीष्ट कहलिन पाउँदैनस्; व्यक्तिमा यो उसको आफ्नै पसिना र श्रमबाट आउँछ, उसको आफ्नै क्षमताबाट आउँछ: जो अरूभन्दा धेरै प्रतिभावान् र धेरै क्षमतावान् छ, त्यही नै महत्वपूर्ण अधिकारी बन्न सक्ने र निर्णायक भनाइ राख्न सक्ने व्यक्ति हुनेछ। यो तिनीहरूको तर्क हो। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यता हुन् भनी स्वीकार गर्दैनन्। परमेश्‍वरका वचनहरूमा कुरा गरिएका परमेश्‍वरका सार र स्वभावलाई तिनीहरूले बुझ्दैनन्; तिनीहरू अविशिष्ट, अनुभवहीन, अनभिज्ञ हुन्छन्, त्यसकारण तिनीहरूको कुराकानीमा अनुभवहीनहरूका वचनहरू, आत्मिक बुझाइविनाका वचनहरू हुन्छन्। यदि तिनीहरूले केही वर्षसम्म काम गरेका छन् भने, तिनीहरूले तिनीहरू पहिले नै कष्ट सहन गर्न र मूल्य चुकाउन सक्षम भइसकेका छन्, प्रचारको बेला तिनीहरू ठूलठूला कुरा गर्न सक्ने, तिनीहरूले कसरी ढोङ्ग गर्ने भनी सिकिसकेका र तिनीहरू अरूलाई मोहित पार्न सक्ने, र तिनीहरूले केही मानिसहरूको समर्थन प्राप्त गरेका छन् भन्ने सोच्छन्—यसरी, अवश्य नै, तिनीहरूले आफू ख्रीष्ट बन्न, परमेश्‍वर बन्न सक्छु भन्‍ने विश्‍वास गर्छन्।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, जानी-जानी सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको अवहेलना गर्छन् (१)”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्