झूटो अगुवा वा झूटो गोठालो भनेको कस्तो व्यक्ति हो र तिनीहरूलाई कसरी पहिचान गर्न सकिन्छ

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

योग्य सेवकको कामले मानिसहरूलाई सही मार्गमा ल्याउन सक्छ र उनीहरूलाई सत्यताको ठूलो प्रवेश प्रदान गर्छ। उसको कामले मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउन सक्छ। साथै, उसले गर्ने काम व्यक्ति पिच्छे फरक हुन सक्छ र यो नीतिनियमद्वारा बाँधिएको हुँदैन, जसले गर्दा मानिसहरूले जीवनमा क्रमिक रूपमा वृद्धि हुन र सत्यताप्रतिको अझै गहन प्रवेश प्राप्त गर्नको लागि छुटकारा र स्वतन्‍त्रता प्राप्त गर्छन् क्षमता। अयोग्य सेवकको काम मापदण्डभन्दा धेरै टाढा हुन्छ। उसको काम मूर्खता हो। उसले मानिसहरूलाई नीतिनियमहरूमा मात्र ल्याउन सक्छ, र उसले मानिसहरूबाट माग गर्ने कुरा व्यक्ति पिच्छे फरक हुँदैन; उसले मानिसहरूको वास्तविक आवश्‍यकताहरू बमोजिम काम गर्दैन। यस किसिमको काममा थुप्रै नीतिनियम र सिद्धान्तहरू हुन्छन्, अनि त्यसले मानिसहरूलाई वास्तविकतामा ल्याउन सक्दैन, न त जीवन वृद्धिको सामान्य अभ्यास नै ल्याउँछ। यसले मानिसहरूलाई केवल अर्थहीन एक-दुई वटा नीतिनियमहरूको अनुयायी बन्‍न सक्षम तुल्याउँछ। यस किसिमको अगुवाइले मानिसहरूलाई अन्यत्रै डोर्‍याउन सक्छ। उसले तँलाई आफूजस्तै बनाउँछ; उसले तँलाई उसँग जे छ र ऊ जो हो त्यस्तै बनाउँछ। अगुवाहरू योग्य छन् कि छैन भनी छुट्याउन उनीहरूले अगुवाइ गर्ने मार्ग र उनीहरूको कामको परिणामलाई अनुयायीहरूले एउटा मुख्य कुराको रूपमा हेर्नु, र अनुयायीहरूले सत्यता अनुरूप सिद्धान्तहरू प्राप्‍त गरेका छन् कि छैनन् भनेर हेर्नु, र उनीहरूले आफ्नो रूपान्तरण सुहाउँदो अभ्यासका तरिकाहरू पाएका छन् कि छैनन् भनेर पनि हेर्नु हो। तैँले फरक किसिमका मानिसहरूका फरक-फरक कामको बीचमा भिन्‍नता छुट्याउनुपर्छ; तँ मूर्ख अनुयायी बन्‍नु हुँदैन। मानिसहरूको प्रवेशको लागि यो विशेष रूपले महत्त्वपूर्ण छ। यदि तैँले कुन व्यक्तिको अगुवापनमा सही मार्ग छ र कुन व्यक्तिकोमा छैन भनी छुट्याउन सक्षम भइनस् भने तँ सजिलैसँग भ्रममा पर्नेछस्। यी सबै कुराले तेरो जीवनमा प्रत्यक्ष सरोकार राख्‍छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

मानिसको विचारमा काम भनेको मानिसले अत्यन्तै सहजै हासिल गर्ने कुरा हो। उदाहरणको लागि, धार्मिक संसारका पाष्टर र अगुवाहरू आफ्‍नो काम गर्नका लागि आफ्‍ना वरदान र पदहरूमा भर पर्छन्। तिनीहरूलाई लामो समयसम्‍म पछ्याउने मानिसहरू तिनीहरूका वरदानहरूद्वारा सङ्क्रमित हुनेछन् र तिनीहरूको केही सारत्वद्वारा प्रभावित हुनेछन्। तिनीहरूले मानिसहरूका वरदान, क्षमता र ज्ञानमा ध्यान केन्द्रित गर्छन्, र तिनीहरूले अलौकिक कुराहरू अनि धेरै गहन, अवास्तविक सिद्धान्तहरूमा ध्यान दिन्छन् (अवश्य नै, यी गहन सिद्धान्तहरू अप्राप्य छन्)। तिनीहरूले मानिसहरूका स्वभावमा हुने परिवर्तनमा होइन, तर प्रचार गर्न र काम गर्नको लागि मानिसहरूलाई तालिम दिन, मानिसहरूको ज्ञान र तिनीहरूको प्रशस्‍त धार्मिक सिद्धान्तहरूलाई सुधार गर्नमा ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको स्वभाव कति परिवर्तन हुन्छ भन्‍नेमा ध्यान केन्द्रित गर्दैनन्, न त मानिसहरूले कति धेरै सत्यतालाई बुझ्छन् भन्‍नेमा नै ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको सारमा चासो दिँदैनन्, तिनीहरूले मानिसहरूको सामान्य र असामान्य स्थितिहरूलाई जान्‍ने प्रयास गर्नु त परै जाओस्। तिनीहरूले मानिसहरूका धारणाहरूलाई खण्डन गर्दैनन्, न त तिनीहरूले आफ्‍ना धारणाहरूलाई प्रकट नै गर्छन्, तिनीहरूले मानिसहरूका त्रुटिहरू वा भ्रष्टताहरूका लागि तिनीहरूलाई काट-छाँट गर्नु त परै जाओस्। तिनीहरूलाई पछ्याउने धेरैजसोले तिनीहरूका वरदानहरूद्वारा सेवा गर्छन्, अनि तिनीहरूले व्यक्त गर्ने भनेका त्यही धार्मिक धारणाहरू र धर्मशास्‍त्रीय सिद्धान्तहरू मात्र हुन्, जुन वास्तविकताको छुवाइभन्दा बाहिर छन् र मानिसहरूलाई जीवन दिन पूर्ण रूपमा असमर्थ छन्। वास्तवमा, तिनीहरूको कामको सार भनेको प्रतिभाको वृद्धि-विकास गर्नु, केही पनि नभएको व्यक्तिलाई प्रतिभावान् तुल्याई सेमिनारी दीक्षान्तसम्म शिक्षा-दीक्षा दिनु हो जसले पछि गएर काम गर्छ र अगुवाइ गर्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

मण्डलीका अगुवा र सेवकहरूका रूपमा, यदि तिमीहरू परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउन र परमेश्‍वरका गवाहीहरूका रूपमा सेवा गर्न चाहन्छौ भने, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, मानिसहरूलाई मुक्ति दिने कार्यमा परमेश्‍वरको लक्ष्‍य के हो र उहाँको कामको उद्देश्‍य के छ त्यसको बारेमा तिमीहरूसँग गहन बुझाइ हुनुपर्छ। तिमीहरूले परमेश्‍वरको इच्‍छा र उहाँले मानिसहरूलाई दिनुभएका विभिन्‍न मापदण्डहरूलाई बुझ्‍नैपर्छ। तिमीहरूका प्रयासहरूमा तिमीहरू व्यवहारिक बन्‍नैपर्छ; तिमीहरूले जति बुझ्छौ त्यति मात्रै अभ्यास गर र तिमीहरूलाई जे थाहा छ त्यो कुरा मात्रै भन। धाक नलगाओ, बढाइ-चढाइ नगर, अनि अजिम्‍मेवार टिप्पणीहरू नदेओ। यदि तैँले बढाइ-चढाइ गरिस् भने, मानिसहरूले तँलाई तिरस्कार गर्नेछन्, त्यसपछि तँलाई धिक्‍कार लाग्‍नेछ; यो अत्यन्तै अनुचित कुरा हो। जब तैँले अरूलाई सत्यता प्रदान गर्छन्, तैँले तिनीहरूको निराकरण गर्ने र तिनीहरूले सत्यता प्राप्त गरून् भनेर तिनीहरूलाई हप्काउने काम गर्नैपर्छ भन्‍नेछैन। यदि तँसँग सत्यता छैन र अरूलाई निराकरणनिराकरण गर्ने र हप्काउने काम मात्रै गर्छस् भने, तिनीहरूले तेरो डर मान्‍नेछन्, तर त्यसको अर्थ तिनीहरूले सत्यतालाई बुझ्छन् भन्‍ने हुँदैन। कतिपय प्रशासनिक कार्यमा, तैँले अरूलाई निराकरण गर्नु र तिनीहरूको काट-छाँट गर्नु अनि केही हदसम्‍म तिनीहरूलाई अनुशासनमा राख्‍नु उचितै हुन्छ। तर यदि तैँले सत्यता प्रदान गर्न सक्दैनस् र तँलाई कसरी अहङ्कारी बन्‍ने र अरूलाई हप्काउने सो मात्रै थाहा छ भने, तेरो भ्रष्टता र कुरूपताको खुलासा हुनेछ। समय बित्दै जाँदा, मानिसहरूले तँबाट जीवनको भरणपोषण वा व्यवहारिक कुराहरू तँबाट प्राप्त नगरेपछि, तिनीहरूले तँलाई घृणा गर्नेछन् र तँद्वारा दिक्‍क मान्‍नेछन्। भेदक-क्षमता नभएका मानिसहरूले तँबाट नकरात्मक कुराहरू सिक्‍नेछन्; तिनीहरूले अरूलाई निराकरण गर्न र काट-छाँट गर्न, रिसाउन, र आवेगमा आउन सिक्‍नेछन्। के त्यो अरूलाई पावलको मार्गमा डोर्‍याउनु, विनाशको बाटोमा डोर्‍याउनु सरह होइन र? के त्यो दुष्कर्म होइन र? तेरो कार्य अरूलाई सत्यताबारे बताउन र जीवन प्रदान गर्नमा केन्द्रित हुनुपर्छ। यदि तैँले अरूलाई अन्धाधुन्ध निराकरण गर्छस् र भाषण दिन्छस् भने, तिनीहरूले कसरी कहिल्यै सत्यतालाई बुझ्‍न सक्‍नेछन्? समय बित्दै जाँदा, मानिसहरूले तँलाई तेरो वास्तविक रूपमा देख्‍नेछन्, र तिनीहरूले तँलाई त्याग्‍नेछन्। तैँले यसरी अरूलाई कसरी परमेश्‍वरको अघि ल्याउने अपेक्षा गर्नसक्छस्? यसलाई कसरी काम गरेको मान्‍न सकिन्छ? तैँले यसरी नै काम गरिरहिस् भने तैँले सबैलाई गुमाउनेछस्। आखिर तैँले के काम पूरा गर्ने आशा गर्छस् र? कतिपय अगुवाहरूले समस्याहरू समाधान गर्नको लागि सत्यता बताउन सक्दैनन्। बरु, तिनीहरूले अरूलाई अन्धाधुन्ध निराकरण गर्छन् र आफ्‍नो शक्तिको तडकभडक देखाउँछन् त्यसकारण अरू तिनीहरूप्रति डराउँछन् र तिनीहरूको कुरा मान्छन्—त्यस्ता मानिसहरू झूटा अगुवा र ख्रीष्ट विरोधीहरू हुन्। जसको स्वभाव परिवर्तन भएको छैन त्यस्ता मानिसहरूले मण्डलीको काम गर्न सक्दैनन्, र परमेश्‍वरको सेवा गर्न सक्दैनन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “केवल सत्य वास्तविकता हुनेहरूले नेतृत्व गर्न सक्छन्”

मेरो पिठिउँ पछाडि धेरै जना मानिसहरू सामाजिक प्रतिष्ठाको आशिष् पाउने लालसा गर्छन्, तिनीहरू घाँटीसम्म आउने गरी खान्छस्, तिनीहरू सुत्न मन पराउँछन् र देहमा पूरा ध्यान दिन्छन्, देहको लागि कुनै उपाय छैन भनी सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफूले गर्नुपर्ने उचित काम गर्दैनन्, तर मण्डलीको उदारताको फाइदा उठाउँछन्, वा कि त तिनीहरूका दाजुभाइ र दिदी-बहिनीहरूलाई मेरा वचनहरूद्वारा हप्काउँछन्, अधिकारका स्थानहरूमा बसेर अरूमाथि हुकुम चलाउँछन्। यस्ता मानिसहरू आफूले परमेश्‍वरको इच्छा पूरा गरिरहेका छौं भन्छन्—र तिनीहरू परमेश्‍वरका घनिष्ठ मानिसहरू हुन् भनी सधैँ भन्ने गर्छन्—के यो हास्यास्पद कुरा होइन त? यदि तेरो उद्देश्यहरू सही छन् तापनि परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्दैनस् भने तँ मूर्ख बन्दैछस्; तर यदि तेरो उद्देश्यहरू सही छैनन् भने र पनि परमेश्‍वरको सेवा गर्दै छस् भन्छस् भने तँ त्यस्तो व्यक्ति हो जसले परमेश्‍वरको विरोध गर्छ, र तैँले परमेश्‍वरबाट दण्ड पाउनुपर्छ। त्यस्ता मानिसहरूप्रति मेरो कुनै सहानुभूति छैन। परमेश्‍वरको भवनमा तिनीहरू सित्तैँमा फाइदा उठाउँछन्, सधैँ देहको आराम-सुविधाको लालसा गर्छन्, अनि परमेश्‍वरको चासोका कुराहरूमा कुनै ध्यान दिँदैनन्। तिनीहरू सधैँ आफ्नो निम्ति जे असल छ त्यसैको मात्र खोजी गर्छन्, अनि तिनीहरू परमेश्‍वरको इच्छामा कुनै ध्यान दिँदैनन्। तिनीहरू आफूले गरेको कुनै पनि कार्यमा परमेश्‍वरका आत्माले गर्नुहुने सूक्ष्म जाँचलाई स्वीकार गर्दैनन्। तिनीहरू सधैँ आफ्ना दाजु-भाइ, दिदी-बहिनीहरूसँग चलाखी र छल गर्छन्, अनि दाखबारीको चतुर स्याल जस्तो भएकोले तिनीहरू अङ्गुर चोर्छन् र दाख बारी कुल्चीमिल्ची गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरसित घनिष्ठ हुन सक्छन्? के तँ परमेश्‍वरका आशिषहरू पाउने योग्यका छस्? तँ आफ्नै जीवन र मण्डलीका निम्ति कुनै बोझ उठाउँदैनस्, के तँ परमेश्‍वरको आज्ञा पाउने योग्यका छस्? तँजस्तो व्यक्तिलाई भरोसा गर्ने आँट कसले गर्ला? जब तँ यस्तो प्रकारले सेवा गर्छस् के परमेश्‍वरले तँलाई अझ ठूला कामहरू सुम्पने आँट गर्नुहुन्छ होला? के त्यसले काम अझ ढिलो गराउँदैन र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको इच्छा अनुसार कसरी सेवा गर्ने

यदि अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा परमेश्‍वरका वचनहरूलाई बुझ्‍ने क्षमता र सत्यतालाई बुझ्‍ने दक्षता छ भने, तिनीहरू आफैले परमेश्‍वरका वचनहरूलाई बुझेर उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गर्न मात्र सक्दैनन्, तिनीहरूले त आफूले अगुवाइ गरेका मानिसहरूलाई परमेश्‍वरका वचनहरू बुझ्‍न र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नको लागि सरसल्लाह दिन, अगुवाइ गर्न, र सहयोग गर्न पनि सक्छन्। तैपनि, झूटा अगुवाहरूमा त्यस्तै क्षमताको कमी हुन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई बुझ्दैनन्, र परमेश्‍वरका वचनहरूले कुन-कुन स्थितिहरूलाई उल्‍लेख गरिरहेका छन्, ती वचनहरूले कुन-कुन स्थितिहरूलाई मानिसहरूले आफ्‍ना भ्रष्ट स्वभाव प्रकट गर्ने स्थितिहरूको रूपमा, वा परमेश्‍वरप्रतिको विरोध र परमेश्‍वरविरुद्धका गुनासाहरू, वा मानिसका मनसायहरू र आदि इत्यादि कुराहरू पैदा हुने स्थितिहरूका रूपमा खुलासा गर्छन् भन्ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरूले परमेश्‍वरका वचनहरूका आधारमा विभिन्न कुराहरू मापन गर्न सक्दैनन्, र उहाँका वचनहरूको सतही स्तरमा केही वचनहरू, नियमहरू, र चल्तीका वाक्यहरू मात्रै बुझ्छन्। अरूसँग सङ्गति गर्दा, तिनीहरूले परमेश्‍वरका वचनहरूको कुनै खण्ड कण्ठ गर्छन्, र तिनको सतही अर्थ व्याख्या गर्छन्। परमेश्‍वरका वचनहरूसम्‍बन्धी झूटा अगुवाहरूको बुझाइ, ज्ञान, र स्वीकार यत्तिमै सीमित हुन्छ। तिनीहरूमा परमेश्‍वरका वचनहरू बुझ्‍ने क्षमताको कमी हुन्छ। तिनीहरूले शब्‍दहरू र ती शब्‍दहरूको शाब्दिक स्तरमै व्यापक रूपमा स्पष्ट रहेको अर्थको गहिराइलाई मात्रै बुझ्छन्—परिणामस्वरूप, तिनीहरूलाई आफूले उहाँका वचनहरूलाई बुझेको र भित्री रूपमा स्वीकार गरेको छु भन्ने लाग्छ। त्यसरी नै तिनीहरूले अरूलाई दैनिक जीवनमा सरसल्लाह दिन र “सहयोग गर्न” को लागि परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थको प्रयोग गर्छन्, र यसरी तिनीहरू आफूले आफ्‍नो काम गरिरहेको, परमेश्‍वरका वचनहरू खान र पिउन र परमेश्‍वरका वचनहरूमा प्रवेश गर्ने कार्यमा अगुवाइ गरिरहेको विश्‍वास गर्छन्। झूटा अगुवाहरूले प्रायजसो अरूसँग परमेश्‍वरका वचनहरूको सङ्गति गर्छन् र तिनीहरूलाई कुनै एक समस्या सामना गर्दा परमेश्‍वरका वचनहरूको यो खण्ड, र कुनै अर्को समस्या सामना गर्दा परमेश्‍वरका वचनहरूको त्यो खण्ड खानु र पिउनुपर्छ भनेर बताउँदै विभिन्‍न तरिकाले परमेश्‍वरका वचनहरू बताउँछन्। जब मानिसहरूमा परमेश्‍वरका वचनहरूसम्‍बन्धी गलत बुझाइ हुन्छ, तिनीहरू भन्छन्, “हेर, यस विषयमा परमेश्‍वरका वचनहरू पूर्ण रूपमा स्पष्ट र बुझ्‍न सकिने छन्। तैपनि कसरी तिमीले परमेश्‍वरलाई गलत रूपमा बुझ्‍न सक्यौ? के परमेश्‍वरका वचनहरूले हामीलाई यस्ता-यस्ता कुराहरू पालन गर्नुपर्छ भनेर भन्दैनन् र, अनि के तिनले हामीलाई त्यस्ता-त्यस्ता कुराहरू पालन गर्नुपर्छ भनेर भन्दैनन् र?” यसरी तिनीहरूले मानिसहरूलाई परमेश्‍वरका वचनहरू कसरी बुझ्‍ने र तिनमा कसरी प्रवेश गर्ने भनी सिकाउँछन्। तिनीहरूको निर्देशनमा रही, धेरै मानिसहरू परमेश्‍वरका वचनहरू कण्ठ गर्न र निश्‍चित समस्या सामना गर्दा परमेश्‍वरका निश्‍चित वचनहरू स्मरण गर्न सक्‍ने बन्छन्। तर तिनीहरूले जति धेरै पढे पनि र कण्ठ गरे पनि, तिनीहरू परमेश्‍वरका वचनहरूले के कुरा उल्‍लेख गरिरहेका छन् भन्‍नेबारेमा अनजान नै रहन्छन्। जब तिनीहरू साँच्‍चै नै कठिनाइमा परेका हुन्छन्, वा तिनीहरूमा कुनै शङ्का हुन्छ, तब तिमीहरूले जानेका र स्मरण गर्न सक्‍ने परमेश्‍वरका वचनहरूले तिनीहरूका कठिनाइ समाधान गर्न सक्दैनन्। यसले एउटा समस्यालाई चित्रण गर्छ: तिनीहरूले बुझेका परमेश्‍वरका वचनहरू धर्मसिद्धान्त मात्रै हुन्, निश्‍चित प्रकारका नियमहरूभन्दा बढी केही पनि होइनन्; ती वास्तविकता होइनन्, र ती सत्यता होइनन्। यसर्थ, परमेश्‍वरका वचनहरू खाने र पिउने अनि परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नको लागि झूटा अगुवाहरूले मानिसहरूलाई गर्ने अगुवाइ तिनीहरूलाई उहाँका वचनहरूको ठेट अर्थ सिकाउने कार्यमा मात्रै सीमित हुन्छ; यसले तिनीहरूलाई उहाँका वचनहरूबाट अन्तर्दृष्टि हासिल गराउन सक्दैन र तिनीहरूलाई तिनीहरूभित्र के-कस्ता भ्रष्ट स्वभावहरू छन् भन्‍ने कुरा जान्‍न सहयोग गर्दैन। मानिसहरूमा केही आइपर्दा हरेकपटक तिनीहरूमा प्रकट हुने स्वभाव र सार, र तिनलाई परमेश्‍वरका वचनहरूको प्रयोग गरी कसरी समाधान गर्न सकिन्छ, र तिनीहरूमा त्यस्ता कुराहरू आइपर्दा हरेकपटक मानिसहरू के-कस्ता स्थितिहरूमा हुन्छन्, र त्यस्ता स्थितिहरूलाई कसरी समाधान गर्न सकिन्छ, र यसको बारेमा परमेश्‍वरका वचनहरूले के भन्छन्, उहाँका वचनहरूलाई के जरुरी हुन्छ, सिद्धान्तहरू के-के हुन्, र त्यसमा कुन सत्यता छ—तिनीहरूले यीमध्ये कुनै पनि कुरालाई बुझ्दैनन्। तिनीहरूले मानिसहरूलाई अर्ती दिनेबाहेक केही पनि गर्दैनन्: “परमेश्‍वरका वचनहरू खाओ र पिओ। परमेश्‍वरका वचनहरूमा सत्यता हुन्छ, र यदि तिमीहरूले उहाँका वचनहरूलाई अझै सुन्यौ भने, समय बित्दै जाँदा, तिमीहरूले सत्यतालाई बुझ्‍नेछौ। परमेश्‍वरका वचनहरूको मुख्य भागहरू नै तिमीले बुझ्दैनौ, त्यसकारण तिमीले अझै बढी प्रार्थना गर्नुपर्छ, अझै बढी खोजी गर्नुपर्छ, अझै बढी सुन्‍नुपर्छ, र अझै बढी मनन गर्नुपर्छ।” झूटा अगुवाहरूले त्यस्ता अर्तीहरू बारम्‍बार दिइरहन सक्छन्। कुनै प्रकारको समस्या पैदा हुँदा हरेकपटक, तिनीहरूले एउटै कुरा भन्छन्, त्यसपछि, मानिसहरूले अझै पनि समस्याको सारलाई पहिचान गरेका हुँदैनन् र तिनीहरूलाई परमेश्‍वरका वचनहरूको अभ्यास कसरी गर्ने अझै थाहा हुँदैन; तिनीहरूले उहाँका वचनहरूको शाब्दिक नियम र अर्थहरूलाई मात्रै पालन गर्छन्, तर जब परमेश्‍वरका वचनहरू अभ्यास गर्ने सत्यता सिद्धान्तहरू र सत्यताको लागि जरुरी हुने वास्तविकताको कुरा आउँछ, तिनीहरूले यसलाई बुझ्दैनन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (१)”

झूटा अगुवाहरूले फरक-फरक परिस्थितिहरूमा फरक-फरक प्रकारका मानिसहरूका स्थिति र प्रकटीकरणहरूको सारलाई कहिल्यै बुझ्‍न सक्दैनन्, न त तिनीहरूले यसबाट पैदा हुने समस्याहरूलाई नै कहिल्यै समाधान गर्न सक्छन्। तिनीहरूले सत्यतालाई नबुझ्‍ने हुनाले, तिनीहरूले क्षणिक रूपमा कमजोर हुने वा बेला-बेलामा नकारात्मक हुनेहरूलाई धोकेबाजहरू, आफ्नो कर्तव्यमा कपटी गर्ने, र गैर-विश्‍वासीहरूको रूपमा हेर्दै, मानिसहरूलाई गलत रूपले पहिचान गर्छन्, र बदमासीपूर्ण काम गर्छन्; यस क्रममा, सतही रूपमा वरदान प्राप्त, सानातिना, सरल काम गर्न सक्‍ने र थोरै प्रयास लगाउन सक्‍नेहरूलाई नै तिनीहरूले ठूलो साथ दिन्छन् र मण्डलीमा राख्‍ने प्रयास गर्छन्। के यो बदमासी हुनु होइन र? अनि कसरी झूटा अगुवाहरू बदमास बन्‍न पुग्छन्? तिनीहरूसँग परमेश्‍वरका वचनहरू बुझ्‍ने शक्तिको कमी हुन्छ र तिनीहरूले सत्यता बुझ्दैनन्, त्यसकारण जब विभिन्‍न कुराहरू तिनीहरूमाथि आइपर्छन्, तिनीहरूले आफूले बुझेको सानोतिनो, अत्यन्तै सतही सत्यताको प्रयोग गर्छन्, अनि तिनीहरूले यसलाई लागू गर्ने प्रयास गरिरहँदा, वाधा र खलबली पैदा गर्नेबाहेक केही पनि गर्दैनन्। धेरैपटक, तिनीहरूले मानिसहरूको जीवन प्रवेशका कठिनाइहरू समाधान नगर्ने मात्र होइन, तिनीहरू त मानिसहरूलाई दुर्बलताबाट सामर्थ्यतर्फ उठाउन समेत असफल हुन्छन्, यसको सट्टा, तिनीहरूले परमेश्‍वरको लागि समर्पित हुने साँचो विश्‍वास र दृढ निश्‍चयता भएका कतिपयलाई कमजोर र उहाँलाई गलत सम्झिने तुल्याउँछन्, जबकि परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्न नचाहने गैर-विश्‍वासीहरूलाई परमेश्‍वरको घरले तिनीहरूबाट फाइदा लिइरहेको छ, र तिनीहरूलाई सेवामा जबरजस्ती लगाइरहेको छ भन्‍ने गलत बुझाइ हुन्छ, मानौं परमेश्‍वरको घरमा कोही प्रतिभावान् नै छैनन् र अरू उपयुक्त व्यक्ति भेट्टाउन सम्‍भव नै छैन। झूटा अगुवाहरूको कामको प्रतिकूल प्रभाव यस्तै हुन्छ। यी सबै कुरा कसरी हुन आउँछ त? तिनीहरूले सत्यतालाई बोध गर्न नसक्‍ने र केवल फिक्का शब्द र वाक्यहरूलाई स्मरण गर्न सक्‍ने हुनाले यस्तो हुन आउँछ। तिनीहरू आफैसँग सत्यताको कुनै पनि साँचो अनुभव, ज्ञान, वा बुझाइ हुँदैन, र अन्तिममा, जब तिनीहरूमाथि समस्या आइपर्छ, तिनीहरूले केही वचनहरू सुगा-रटाइ गर्न मात्रै सक्छन्: “परमेश्‍वरलाई प्रेम गर, इमानदार बन, जब तिमीमाथि केही आइपर्छ तब आज्ञापलन गर र समर्पित होऊ, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर; तिमीसँग बफादारिता हुनैपर्छ, तिमीले देहलाई परित्याग गर्नैपर्छ, र आफूलाई परमेश्‍वरमा समर्पित गर्नैपर्छ!” तिनीहरूले आफ्‍नो जीवन समृद्ध तुल्याउनका लागि त्यस्ता खोक्रा चल्ती-वाक्यहरूको प्रयोग गर्छन्—यस क्रममा, अरूलाई पनि प्रभाव पार्ने आशा गर्छन्। तर यसको प्रभाव के हुन्छ त? केही पनि परिवर्तन हुँदैन। तसर्थ, जीवन प्रवेश गर्नेसम्‍बन्धी मानिसहरूका कठिनाइहरू समाधान गर्ने हकमा झूटा अगुवाहरू सफल हुन सक्दैनन्। मानिसहरूले सामना गर्ने असंख्य समस्याहरूलाई तिनीहरूले समाधान गर्न सक्दैनन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (१)”

झूटा अगुवाहरूले मानिसहरूलाई अन्योल र भ्रममा पार्नको लागि प्रायजसो सतही रूपमा सही देखिने कुराहरू भन्छन्, जसले पछि गएर ती मानिसहरूको जीवन प्रवेशमा नकारात्मक प्रभाव पार्छ। यसले केही यस्ता परिणामहरू पनि पैदा गर्छ, जुन कहिल्यै घटित नहुनुपर्ने हो। झूटा अगुवाहरूको तथाकथित आत्मिक भनाइहरू र वाक्यशैलीहरूलाई झूटा शिक्षा र भ्रमहरू भनेर भन्‍न सकिन्छ। सतही रूपमा तिनमा कुनै गल्ती छन् जस्तो सुनिँदैन, तर तिनले मानिसहरूको जीवन प्रवेशमा र तिनीहरूले हिँड्ने मार्गमा अवरोध, बाधा, र अन्योलताको काम गर्छन्। तिनले कतिपय मानिसहरूमा परमेश्‍वरप्रति गलत बुझाइहरूको विकास गर्छन् र परमेश्‍वरका वचनहरूप्रति शङ्का र विरोध पैदा गराउँछन्। झूटा अगुवाहरूले मानिसहरूलाई पार्ने प्रभावहरू यिनै हुन्। झूटा अगुवाहरूले अरूलाई अगुवाइ गर्नको लागि त्यस्ता झूटा शिक्षा र भ्रमहरूको प्रयोग गर्छन्, ताकि यी मानिसहरूले परमेश्‍वरलाई पछ्याइरहेको बेला नै, तिनीहरूले उहाँको बारेमा धारणा, प्रतिरक्षा, र शङ्काहरूको निरन्तर विकास गरिरहून्। त्यसकारण, झूटा अगुवाहरूको अन्योलता र प्रभावमा, एउटा नयाँ धर्मले पकड लिन्छ। यस प्रकारको नयाँ धर्म २,००० वर्ष पहिलेको इसाई जगत जस्तै हो, जसले परमेश्‍वरको आफ्‍नै मार्गलाई नअपनाई पावल वा अन्य चेलाहरूको शिक्षाजस्ता मानव वचन र मानव शिक्षाहरूलाई मात्रै पालन गर्छ। झूटा अगुवाहरूले गर्ने काम भनेको बहकाउनु हो, र तिनीहरू सत्यताको खोजी गर्ने सामान्य र उचित मार्ग हिँडिरहेका मानिसहरूको मार्गमा खडा हुन्छन्। तिनीहरूले सत्यताको खोजी गर्ने सही मार्गबाट मानिसहरूलाई टिपेर झूटो आत्मिक मार्गमा लैजान्छन्; तिनीहरूले मानिसहरूलाई धार्मिक पद्धतिको विश्‍वासमा ल्याउँछन्। जब मानिसहरूलाई झूटा अगुवाहरूले अन्योलमा पार्छन्, नेतृत्व गर्छन्, र अगुवाइ गर्छन्, तिनीहरूले निरन्तर त्यस्ता सिद्धान्त, भनाइ, कार्य, वा दृष्टिकोणहरू निकाल्छन् जुन सत्यतासँग सम्‍बन्धित नै हुँदैनन्, तैपनि ती पूर्ण रूपमा सही देखिन्छन्। यी कुराहरू सत्यतासँग पूर्ण रूपमा नमिल्‍ने र पूर्ण रूपमा असम्बन्धित हुन्छन्। तर झूटा अगुवाहरूको नेतृत्वमा, सबैले यी कुराहरूलाई सत्यताको रूपमा लिन्छन् र ती सत्यता हुन् भनेर तिनीहरूले गलत रूपमा विश्‍वास गर्छन्। जबसम्म कुनै व्यक्तिले राम्रो बोल्छ र तिनीहरूको हृदयमा विश्‍वास छ र मुखले विश्‍वासको स्वीकार गर्छ, तबसम्म त्यो व्यक्तिले सत्यता प्राप्त गरेको हुन्छ भन्‍ने तिनीहरूलाई लाग्छ। यी विचार र दृष्टिकोणहरूको बहकाउमा परेर, मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न, वा परमेश्‍वरका वचनहरूमा प्रवेश गर्न, वा तिनलाई अभ्यास गर्न, वा उहाँका वचनहरूमा जिउन नसक्‍ने मात्र होइन, तिनीहरू त परमेश्‍वरका वचनहरूबाट झन्-झन् टाढा पनि हुँदै जान्छन्। तिनीहरूले सबै कुरा परमेश्‍वरका वचनहरूअनुसार गरिरहेका छन् जस्तो देखिन्छ, तर यी तथाकथित परमेश्‍वरका वचनहरू परमेश्‍वरका मापदण्डहरू र उहाँको इच्‍छासँग सम्‍बन्धित हुँदैनन्। सत्यता सिद्धान्तहरूसँग तिनको कुनै सम्‍बन्ध हुँदैन। त्यसो भए, तिनको सम्‍बन्ध केसँग हुन्छ त? झूटा अगुवाहरूको शिक्षा, झूटा अगुवाहरूको अभिप्रायहरू, र ती झूटा अगुवाहरूको आफ्‍नै व्यक्तिगत इच्‍छा र बुझाइहरूसँग हुन्छ। तिनीहरूको अगुवाइ गर्ने शैलीले धेरै मानिसहरूलाई धार्मिक विधिविधान र कठोर नियमहरूमा, धर्मसिद्धान्तका अक्षरहरूमा, ज्ञान र दर्शनशास्‍त्रतर्फ ल्याउँछ। ख्रीष्टविरोधीहरूको तुलनामा झूटा अगुवाहरूले अरूलाई आफ्‍नो अघि वा शैतानको अघि नल्याउने भए तापनि, यी झूटा शिक्षा र भ्रमहरूले मानिसहरूको हृदयलाई पकडमा लिन्छन्। जब मानिसहरू यी झूटा शिक्षा र भ्रमहरूद्वारा भरिएर तिनीहरूले पहिले नै जीवन प्राप्त गरिसकेका छन् भन्‍ने विश्‍वास गर्छन्, तब तिनीहरू सत्यता, परमेश्‍वरका वचनहरू, र परमेश्‍वरले तोक्नुभएका सर्तहरूको अडिग, अटुट शत्रुहरू भएका हुन्छन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (२)”

झूटा अगुवाहरूले कहिल्यै पनि सत्यता सिद्धान्तहरूको सङ्गति गर्दैनन्, न त तिनीहरूले कहिल्यै सत्यता सिद्धान्तहरूको खोजी नै गर्छन्; तिनीहरूले बुझेका हुँदैनन्, तैपनि बुझेको जस्तो बहाना गर्छन्, मनमस्तिष्कमा समाहित गरेका हुँदैनन् तैपनि मनमस्तिष्कमा समाहित गरेको बहाना गर्छन्। तिनीहरू नेतृत्वको कार्य गर्न सक्दैनन् भन्‍ने स्पष्टै हुन्छ, तिनीहरूले आत्मिक कुराहरूलाई बुझ्दैनन्, तिनीहरूले सत्यतालाई सतही रूपमा मात्रै बुझेका हुन्छन्, र तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्‍न सक्‍ने उचाइ प्राप्त गर्न सक्दैनन्—तैपनि अझै तिनीहरूले बुझेको, मनमस्तिष्कमा समाहित गरेको बहाना बनाउँछन्। तिनीहरूले काम गर्दा प्रायजसो, तिनीहरूले कि त अन्धाधुन्ध अगुवाइ गर्छन्, कि त नियमहरू पालना मात्रै गर्छन्; बाहिरी रूपमा तिनीहरू व्यस्त देखिन्छन्, तैपनि तिनीहरूको कामको कुनै प्रभाव हुँदैन। यी झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू नबुझ्‍ने हुनाले, र प्रायजसो नियमहरू मात्रै पालना गर्ने अनि धारणा र कल्‍पनाहरूमा भर पर्ने हुनाले, तिनीहरू जिम्‍मेवार रहेका विभिन्‍न कार्य परियोजनाहरूमा चित्तबुझ्दो प्रगति र त्यति धेरै महत्त्वपूर्ण परिणामहरू आउँदैनन्; तिनीहरूको नेतृत्वको अधीनमा रहेका धेरैजसो मानिसहरूले परमेश्‍वरको इच्‍छालाई वा कार्यले पछ्याउनुपर्ने सत्यता सिद्धान्तहरूलाई बुझ्दैनन्। तिनीहरूको नेतृत्वको अधीनमा रहेका धेरैजसो मानिसहरूले बुझ्‍ने एउटै मात्र कुरा यही हुन्छ, “हामी परमेश्‍वरको इच्‍छाप्रति सचेत हुनुपर्छ,” “हामी हाम्रो कर्तव्य निर्वाहमा विश्‍वासयोग्य हुनुपर्छ,” “हामीमा केही कुरा आइपर्दा कसरी प्रार्थना गर्नुपर्छ सो हामीलाई थाहा हुनुपर्छ,” “जब हामीमाथि कुनै घटना घट्छ तब हामीले सत्यता सिद्धान्तहरूको खोजी गर्नुपर्छ।” मानिसहरूले प्रायजसो यी मन्त्र र सिद्धान्तहरू फलाक्छन्, तैपनि तिनीहरूसँग सत्यता सिद्धान्तहरूको अलिकति पनि बुझाइ हुँदैन। कुनै घटनाको सामना गर्दा धेरैजसो मानिसहरूले प्रार्थना गर्छन्, र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा विश्‍वासयोग्य हुने चेष्टा गर्छन्—तर वास्तवमा विश्‍वासयोग्य हुनको लागि तिनीहरूले के गर्नुपर्छ? तिनीहरूले परमेश्‍वरको इच्‍छालाई वास्तवमै बुझ्‍नको लागि कति धेरै प्रार्थना गर्नुपर्छ? जब तिनीहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले सत्यता सिद्धान्तहरूको बुझाइ हासिल गर्नको लागि के कुराको खोजी गर्नुपर्छ? त्यस्ता प्रश्‍नहरूको सामना गर्दा, तिनीहरूसँग कुनै उत्तर हुँदैन। तिनीहरूले अगुवालाई सोध्छन्, र अगुवाले भन्छ, “जब तिमीमाथि कुनै कुरा आइपर्छ, अझै धेरै समय परमेश्‍वरका वचनहरू पढ, अझ धेरै प्रार्थना गर, अझै धेरै सङ्गति गर, र अनुसन्धान गर्नको लागि इन्टरनेटको प्रयोग गर।” तिनीहरू भन्छन्, “त्यसो भए, यसमा सिद्धान्त के छ त?” “अनलाइन खोज अनि तिमीले पत्ता लगाउनेछौ। व्यावसायिक कामको बारेमा परमेश्‍वरका वचनहरूले केही पनि भन्दैन, र मैले पनि त्यो कुरा बुझेको छैन। यदि तिमीहरू बुझ्‍न चाहन्छौ भने, अनलाइन खोज—मलाई नसोध। म तिमीहरूलाई सत्यता बुझ्‍न अगुवाइ गर्छु, व्यावसायिक कामसँग सम्‍बन्धित कुरा बुझ्‍नको लागि होइन।” झूटा अगुवाहरूले कुरा टार्नको लागि प्रयोग गर्ने शब्‍दहरू यस्तै हुन्छन्। अनि परिणाम के हुन्छ त? धेरैजसो मानिसहरूसँग आफ्‍नो कर्तव्य पूरा गर्ने तीव्र जोस हुने भए तापनि, तिनीहरूलाई सिद्धान्तमा रही कसरी काम गर्ने सो थाहा हुँदैन, र तिनीहरूलाई सिद्धान्तभित्र रही उचित रूपमा आफ्‍नो कर्तव्य कसरी पूरा गर्ने सो थाहा हुँदैन। तसर्थ, झूटा अगुवाहरूले लिएका विभिन्‍न कार्य परियोजनाहरूका परिणामहरूका आधारमा मूल्याङ्कन गर्दा, धेरैजसो मानिसहरू आफ्‍नो कार्य गर्ने क्रममा विशेषज्ञता, शैक्षिक ज्ञान, र पहिले सिकेका सीपहरूमा भर पर्छन्; परमेश्‍वरका निश्‍चित मापदण्डहरू के-के हुन्, तिनीहरूले परमेश्‍वरको गवाही हासिल गर्नको लागि के गर्नुपर्छ, धेरैभन्दा धेरै मानिसहरूको ध्यान कसरी आकर्षित गर्ने, अझै ठूलो रुचि कसरी आकर्षित गर्ने, हरेक व्यावसायिक कामले प्रशंसा ल्याउने र परमेश्‍वरलाई लाजमा नपार्ने गरी तिनलाई अझ असाधारण बनाउन, अझ उदाहरणीय, अझै सावधानीपूर्ण बनाउनको लागि तिनीहरूले के गर्न सक्छन् सो यी मानिसहरूलाई थाहा हुँदैन। किन यसो हुन्छ त? यसको उत्तर झूटा अगुवाहरूको कार्यसँग प्रत्यक्ष रूपमा सम्‍बन्धित छ; यसको प्रत्यक्ष कारण के हो भने झूटा अगुवाहरूलाई सत्यता सिद्धान्तहरू भनेका के हुन् सो थाहा हुँदैन, तिनीहरूलाई मानिसहरूले बुझ्‍नुपर्ने र पछ्याउनुपर्ने सिद्धान्तहरू के हुन् सो थाहा हुँदैन। तिनीहरू स्वयम्‌लाई यस्ता कुराहरूको ज्ञान हुँदैन, न त तिनीहरूले मानिसहरूलाई परमेश्‍वरका वचनहरू वा सीधै माथिबाट खोजी गर्न नै कहिल्यै अगुवाइ गरेका हुन्छन्। यसले गर्दा प्रायजसो विभिन्‍न कामहरूलाई फेरि दोहोर्‍याएर गर्नुपर्ने अवस्थाहरू आइपर्छन्। यसले आर्थिक र भौतिक स्रोत-साधनहरू खेर फाल्‍ने मात्रै होइन, धेरै मात्रमा मानव शक्ति र समय पनि उडाउँछ। यस प्रकारको परिस्थिति र त्यस्तो कार्यले पैदा गर्ने प्रभाव प्रत्यक्ष रूपमा झूटा अगुवाहरूसँग सम्‍बन्धित हुन्छ; यसको प्रत्यक्ष सम्‍बन्ध झूटा अगुवाहरूले काम गर्ने शैली र तिनीहरूको नेतृत्वसँग हुन्छ। झूटा अगुवाहरू अन्धाधुन्ध दगुरिहिँड्छन् भनेर दाबी गर्न नसकिए पनि, धेरैजसो अवस्थामा, तिनीहरूले गर्ने काम परमेश्‍वरले तय गर्नुभएका सिद्धान्त र मापदण्डहरूको विपरीत हुन्छन् भनेर भन्दा अत्योक्ति हुँदैन। यो कस्तो पनि अवस्था हो भने, तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्दैनन् र अरूसँग सत्यता सिद्धान्तहरूको बारेमा स्पष्ट सङ्गति गर्न सक्दैनन्, बरु मानिसहरूलाई आफ्‍नो इच्‍छाअनुसार काम गर्न दिँदै, जस्तो पर्छ त्यस्तै टर्छ भन्‍ने अवधारणा अपनाउँछन्, त्यसकारण यसले नदेखिँदो रूपमा धेरै मानिसहरूलाई व्यावसायिक कामसँग सम्‍बन्धित कर्तव्य पूरा गर्ने क्रममा स्थापित मापदण्डहरूअनुसार काम पूरा गर्न नसक्‍ने तुल्याउँछ। यसले विभिन्‍न मानिसहरूलाई तिनीहरूले जे चाहन्छन् त्यही गर्ने, तिनीहरू जे गर्न सिपालु छन् त्यही गर्ने, र तिनीहरूलाई जस्तो ठीक लाग्छ त्यही काम गर्न सक्छन् भन्ने सोच राख्ने तुल्याएको हुन्छ। काममा पैदा हुने अवस्था र स्थिति यस्तै हुन्छ, तैपनि झूटा अगुवाहरूले यसको बारेमा केही पनि गर्न सक्दैनन्। एकतर्फ तिनीहरू शक्तिहीन हुन्छन्, र अर्कोतर्फ, यी झूटा अगुवाहरूको अज्ञानता, शक्तिविहीनता, आत्मिक बुझाइको कमी, र झूटो आत्मिकताको कारण, तिनीहरूले मानिसहरूलाई यसरी व्यवहार गर्नु ठीक हो, तिनीहरूलाई जोश मात्रै चाहिन्छ, परमेश्‍वरको घरमा जोकोहीले आफूलाई इच्‍छा लागेअनुसार आफ्‍नो सामर्थ्यहरूको प्रयोग गर्न सक्छन् तर त्यसको उद्देश्य परमेश्‍वरको साक्षी दिने र आफ्‍नो कर्तव्य पूरा गर्ने हुनुपर्छ भन्‍ने सोचाइतर्फ बहकाउँछन्। विभिन्‍न कर्तव्यहरूका लागि बुझ्‍नैपर्ने सत्यता सिद्धान्तहरूका बारेमा झूटा अगुवाहरूको मनोवृत्ति र दृष्टिकोण यस्तै हुन्छ, र तिनीहरूले काम गर्ने तरिका यस्तै हुन्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (३)”

झूटा अगुवाहरूले समूह सुपरिवेक्षकहरूको वास्तविक अवस्थाको बारेमा कहिल्यै जानकारी लिने वा त्यसको लेखा राख्‍ने गर्दैनन्, न त तिनीहरूले जीवन प्रवेशसम्‍बन्धी अवस्था, साथै काम र कर्तव्यप्रतिको मनोवृत्ति अनि परमेश्‍वर र परमेश्‍वरमाथिको विश्‍वासप्रतिका विभिन्‍न मनोवृत्तिहरू, महत्त्वपूर्ण कार्यको निम्ति जिम्‍मेवार समूह सुपरीवेक्षकहरू र अधिकृतहरूको अवस्थाको बारेमा जानकारी लिने, लेखा राख्ने, वा बुझ्ने प्रयास नै गर्छन्; झूटा अगुवाहरूले कामको अवधिमा देखा पर्ने तिनीहरूका रूपान्तरणहरू, तिनीहरूका प्रगति, वा विभिन्‍न समस्याहरू, विशेष गरी तिनीहरूको कामको हरेक अवधि र चरणमा देखा पर्ने र त्यसलाई प्रभाव पार्ने, बाधा दिने, र बिगार्ने विभिन्‍न अवस्थाहरूको बारेमा जानकारी लिँदैनन्। यदि तिनीहरूले त्यस्ता कुराहरूलाई बुझ्‍न सक्दैनन् भने, तिनीहरूले तिनलाई तुरुन्तै समाधान गर्न सक्दैनन्—अनि यदि तिनीहरूले तुरुन्तै तिनलाई समाधान गर्न सक्दैनन् भने, सुपरिवेक्षकहरूले काममा पैदा गरेका नकरात्मक प्रभाव र हानिहरूलाई तिनीहरूले तुरुन्तै समाधान गर्न सक्‍नेछैनन्। तसर्थ, यस हिसाबमा, झूटा अगुवाहरूले आफ्‍नो जिम्‍मेवारी पूरा गरेका हुँदैनन्। तिनीहरूले जिम्‍मेवारीहरू पूरा नगर्नु भनेको कर्तव्यच्युत हुनु हो; तिनीहरूले अरूको रेखदेख गर्ने, तिनीहरूको बारेमा थप जानकारी लिने, तिनीहरूको अवस्थाको बारेमा राम्ररी बुझ्‍ने र तिनीहरूको अनुगमन गर्ने आफ्‍नो भूमिकालाई पूरा गरिरहेका हुँदैनन्। परमेश्‍वरसँग मानिसको हृदयभित्रको कुरालाई हेर्ने शक्ति छ; मानिससँग छैन। तसर्थ, मानिसले कठिन परिश्रम गर्नैपर्छ, उसले अल्छी गर्नु हुँदैन, र उसले तुरुन्तै काम पूरा गर्नुपर्छ। स्पष्ट रूपमा, झूटा अगुवाहरूले यो काम गर्ने क्रममा आफ्‍नो जिम्‍मेवारी पूरा गर्न नसक्‍नु अत्यन्तै गम्‍भीर तवरमा कर्तव्यच्युत हुनु हो, जसले गर्दा निश्‍चित सुपरीवेक्षकहरूमा विभिन्‍न समस्याहरू देखा परेका हुन्छन् र तिनीहरू अयोग्य भए पनि आफ्‍नो पदमा बसिरहेका हुन्छन्, र यसले गर्दा आखिरमा काममा बारम्‍बार ढिलाइ हुनुका साथै हरकिसिमका समस्याहरू अटुट रूपमा र समाधान नगरिएको अवस्थामा नै रहिरहन्छन्। यी कुराहरू झूटा अगुवाहरूले सुपरिवेक्षकको बारेमा जानकारी नलिएको र त्यसको लेखा नराखेको कारण पैदा हुने समस्याहरू हुन्। यी समस्याहरू सुपरीवेक्षकहरूले हेलचेक्र्याइँ गरिरहेका छन् कि छैनन्, र तिनीहरूले व्यावहारिक काम गरिरहेका छन् कि छैनन् त्यससँग सम्बन्धित छन्। यी समस्याहरूका हकमा, झूटा अगुवाहरूले निरीक्षण कार्य नगर्ने, तिनीहरूको मातहतमा के भइरहेका छन् त्यसको बारेमा प्रायजसो जानकारी नलिने, र अवस्थाको बारेमा अद्यावधिक बुझाइ प्राप्त नगर्ने हुनाले, सुपरीवेक्षकहरूले कतिको राम्ररी काम गरिरहेका छन्, तिनीहरूले के-कस्ता प्रगति गरिरहेका छन्, र तिनीहरूले व्यवहारिक काम गरिरहेका छन् कि मन्त्र मात्रै जपिरहेका र माथिको कुरालाई झारा टार्न मात्र सम्‍हाल्‍नको लागि सतही घटनाको प्रयोग गरिरहेका छन् त्यसको बारेमा तिनीहरूलाई अत्तोपत्तो हुँदैन। कुनै निश्‍चित सुपरीवेक्षकको काम र तिनीहरू कुन काम विशेषमा आबद्ध छन् भन्‍ने प्रश्‍न गर्दा, तिनीहरू भन्छन्,“मलाई थाहा छैन—जे भए पनि, मैले तिनीहरूसँग कामको कुरा गर्दा तिनीहरूले अरू केही पनि उल्‍लेख गरेनन्।” झूटा अगुवाहरूको ज्ञानको हद यही हो; यदि सुपरीवेक्षक आफ्‍ना जिम्‍मेवारीहरूबाट पन्छिएको छैन र कममा सधैँ तत्पर हुन्छ भने, यो तिनीहरूको बारेमा केही पनि समस्या छैन भन्‍ने तथ्यको व्यवहारिक प्रदर्शन हो भनेर तिनीहरूले गलत रूपमा विश्‍वास गरेका हुन्छन्। झूटा अगुवाहरूले यसरी नै काम गर्छन्; के यो झूटको सङ्केत हो त? तिनीहरू आफ्‍नो जिम्‍मेवारी पूरा गर्न असफल भइरहेका हुन्छन् कि हुँदैनन् त? यो अत्यन्तै गम्‍भीर रूपमा कर्तव्यच्युत हुनुको अवस्था हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (३)”

झूटा अगुवाहरूको कामको मुख्य विशेषता के हो भने, तिनीहरूले आफ्‍ना नाराहरू लगाइसकेपछि, आफ्‍ना आदेशहरू जारी गरिसकेपछि, तिनीहरूले त्यस विषयमा आफ्‍नो हात धुन्छन्। परियोजनाको पछिको विकासको बारेमा तिनीहरूले कुनै प्रश्‍न गर्दैनन्; कुनै समस्या, असामान्यता, वा कठिनाइहरू देखा परे कि भनेर तिनीहरूले सोध्दैनन्। तिनीहरूले त्यसलाई हस्तान्तरण गर्नेबित्तिकै त्यो सकिएको मान्छन्। वास्तवमा, परियोजनाको प्रगतिको लेखा राख्‍नु अगुवाहरूले गर्न सक्‍ने कुरा हो। यी कुराहरूमा तँ अत्यन्तै नयाँ भए पनि—यदि यसबारेमा तँसँग कुनै पनि ज्ञान छैन भने पनि—तैँले त्यस्तो कार्यलाई अघि बढाउन सक्छस्; अवस्था जाँच गर्न र सुझावहरू दिनको लागि सम्‍बन्धित कार्यको बारेमा ज्ञान भएको, त्यसलाई बुझ्‍ने कसैलाई खोज्। तिनीहरूका सुझावहरूबाट तैँले उचित सिद्धान्तहरूलाई पहिचान गर्न सक्छस्, त्यसरी तैँले कामको लेखा राख्‍न सक्‍नेछस्। सम्‍बन्धित कार्यको प्रकारको बारेमा तँ परिचित भए पनि वा नभए पनि, तैँले त्यसलाई बुझे पनि वा नबुझे पनि, तैँले कम्तीमा पनि यसको जिम्‍मेवारी लिनुपर्छ, यसको लेखा राख्‍नुपर्छ, यसको प्रगतिको बारेमा जानकारी लिन सोधपुछ र प्रश्‍नहरू गर्नुपर्छ। त्यस्ता विषयहरूको बारेमा बुझ्‍ने कार्यलाई तैँले जारी राख्‍नुपर्छ; यो तेरो जिम्‍मेवारी हो, तैँले खेल्नुपर्ने भूमिका हो। कामको लेखा नराख्‍नु—यसबाट आफ्‍नो हात धुनु—झूटा अगुवाहरूले गर्ने व्यवहार हो। निश्‍चित कामको लेखा राख्‍न निश्‍चित कार्य नगर्नु—यी निश्‍चित कार्यका निश्‍चित प्रगतिको बारेमा कुनै बुझाइ र जानकारी नहुनु—यो पनि झूटो अगुवाको प्रकटीकरण हो।

कामको प्रगतिको स्थितिको बारेमा झूटा अगुवाहरूले नबुझ्‍ने हुनाले, यसले गर्दा बारम्‍बार ढिलाइ हुने गर्छ। निश्‍चित कार्यमा, मानिसहरूले सिद्धान्तहरू नबुझेका हुनाले, साथै यसको जिम्‍मेवारी लिने कुनै पनि उपयुक्त व्यक्ति नभएको हुनाले, काम गर्नेहरू प्रायजसो नकरात्मक स्थितिमा, निष्क्रियता, र प्रतीक्षामा रहन्छन्, जसले कामको प्रगतिलाई निकै गहन असर पार्छ। सबैभन्दा पहिले, यदि अगुवाले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गरेको थियो भने—यदि तिनीहरूले जिम्‍मेवारी लिएका थिए, कामलाई अघि सारेका थिए, तिनलाई अगाडि बढाउन हतार गरेका थिए, र निर्देशन दिनको लागि सम्‍बन्धित कामलाई बुझ्‍ने मानिस भेट्टाएका थिए भने, काममा बारम्बार ढिलाइ हुनुको सट्टा काम शीघ्र गतिमा अघि बढ्नेथियो। त्यसकारण, अगुवाहरूले कामको वास्तविक स्थितिलाई बुझ्‍नु र त्यसको बारेमा जानकारी लिनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अवश्य नै, अगुवाहरूले कामको प्रगतिको बारेमा बुझ्‍नु र त्यसको जानकारी लिनु अत्यावश्यक हुन्छ—किनभने कामको प्रगतिको सम्बन्ध त्यस कामको प्रभावकारिता र लक्षित परिणामहरूसँग हुन्छ। यदि कामको प्रगति कसरी भइरहेको छ भन्‍ने बारेमा समेत अगुवालाई थाहा छैन भने, प्रायजसो काम बिस्तारै र निष्क्रिय रूपमा अघि बढ्नेछ भनेर भन्‍न सकिन्छ। बोझ बोक्‍ने र त्यस किसिमको काममा केही क्षमता भएको कुनै व्यक्ति, तिनीहरूलाई काम गर्न लगाउने, रेखदेख र निर्देशन प्रदान गर्ने व्यक्तिको उपस्थिति नहुँदा, आफ्‍नो कर्तव्य पूरा गर्ने काममा लागेका धेरैजसो मानिसहरूले बिस्तारै र निष्क्रिय रूपमा काम गर्नेछन्। कुनै आलोचना, अनुशासन, काट-छाँट वा निराकरण भएन भने पनि यस्तै हुन्छ। अगुवाहरू र सेवकहरूले तिनीहरूको कामको प्रगतिको बारेमा अद्यावधिक जानकारी लिने र बुझ्‍ने गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ, किनभने मानिसहरू अल्छी हुन्छन्, र अगुवाहरूको अगुवाइ, अह्राइ-खटाइ, र फलोअपबिना, कार्य-प्रगतिको बारेमा अद्यावधिक बुझाइ भएका अगुवाहरूविना, मानिसहरू सुस्‍त, अल्छी, लापरवाही बन्छन्—यदि काम गर्ने तिनीहरूको शैली यही हो भने, कामको प्रगति र प्रभावकारितामा निकै गहन असर पर्नेछ। यी परिस्‍थितिहरूलाई ध्यानमा राख्दै, अगुवाहरू र सेवकहरूले हरेक कामको शीघ्र लेखा राख्नुपर्छ र कर्मचारी र कामको अवस्थाको बारेमा जानकारी लिनुपर्छ। अवश्य नै, झूटा अगुवाहरू यो कार्यमा लापरवाही र उदासीन हुन्छन्; तिनीहरूले जिम्‍मेवारी लिन सक्दैनन्। त्यसकारण, वर्तमान स्थितिको हिसाबमा होस् वा कामको प्रगतिको हिसाबमा होस्, झूटा अगुवाहरूले सधैँ “घोडामा चढेर फूलहरूको तारिफ गर्छन्”; तिनीहरू लापरवाही र उदासीन, साथै औपचारितकता मात्रै निभाउने खालका हुन्छन्; तिनीहरू ठूला-ठूला र खोक्रा शब्‍दहरू बोल्छन्, धर्मसिद्धान्तको प्रचार गर्छन्, र झारा टार्ने काम गर्छन्। आम रूपमा, झूटा अगुवाहरूले काम गर्ने तरिका यही हो। तिनीहरूलाई ख्रीष्टविरोधीहरूसँग तुलना गर्दा, तिनीहरूले खुलस्त रूपमा कुनै दुष्ट काम नगर्ने भए पनि र जानी-जानी हानि नगर्ने भए तापनि, के कार्यप्रतिको तिनीहरूको मनोवृत्तिले दुष्टतालाई समेत छायामा पार्दैन र? तिनीहरूको कार्यलाई प्रकृतिको हिसाबले दुष्ट भनी परिभाषित गर्न नसकिए पनि, प्रभावकारिताको हिसाबले, यसको प्रकृति लापरवाही र झारा टार्ने शैलीको, बोझको कुनै बोध नभएको हुन्छ भनेर भन्‍दा अत्योक्ति हुँदैन; आफ्‍नो कामप्रति तिनीहरूसँग कुनै विश्‍वसनीयता हुँदैन।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (४)”

तिनीहरूको कामको वर्तमान स्थिति र प्रगतिको हिसाबमा, झूटा अगुवाहरू जानकारी लिन र कार्यस्थलमा भइरहेको वास्तविक अवस्थाको लेखा लिन वा काममा पैदा भएको हुनसक्‍ने समस्याहरूलाई तुरुन्तै पहिचान गर्न र समाधान गर्न अनि भुलचुक र असामान्यताहरूलाई सुधार गर्नको लागि खास विवरणहरू उचित रूपमा बुझ्‍ने प्रयास गर्न कहिल्यै पनि कार्यस्थलमा जाँदैनन्। तिनीहरूले कामको वास्तविक विष्यवस्तुको हकमा गर्ने एउटै कुरा भनेको नाराहरू फलाक्‍नु र काम गरेजस्तो गरेर झारा टार्नु मात्रै हो। सबै परियोजनामा, कामसम्‍बन्धी तिनीहरूको सङ्गति कार्यस्थलमा कहीँ पनि देखिँदैन। तिनीहरूले काममा कहिल्यै पनि निश्‍चित समस्याहरू समाधान गर्ने प्रयास गरिरहेको वा निश्‍चित समस्या वा असामान्यतालाई पहिचान गर्ने क्षमता देखाइरहेको देखिँदैन, समस्याहरू, असामान्यताहरू, र भुलचुकहरूलाई सम्‍बोधन गर्ने, सुधार गर्ने, वा समाधान गर्ने कार्य गरिरहेको देख्‍नु त परै जाओस्। झूटा अगुवाहरूको कार्यमा पैदा हुने विभिन्‍न प्रकारका समस्याहरू यिनै हुन्। झूटा अगुवाहरूले जानी-जानी हस्तक्षेप गर्ने वा बाधा दिने नगरे पनि, तिनीहरूले आफ्‍नै राज्य स्थापना गर्ने प्रयास नगरे पनि, तिनीहरू खुलेआम निरङ्कुश शासकले जस्तो व्यवहार गर्ने वा ख्रीष्टविरोधीहरूसँग सम्‍बन्धित निश्‍चित कार्य वा व्यवहारहरू प्रदर्शन नगर्ने भए पनि, र तिनीहरूलाई ख्रीष्टविरोधीहरूका रूपमा वर्गीकरण गर्न नसकिने भए पनि, झूटा अगुवाहरूको मानवता र विभिन्‍न कार्यहरूले तिनीहरूको काममा निकै ठूलो समस्या र बाधा उत्पन्‍न गर्छ, जसले कामको प्रगति, कार्यक्षमता र प्रभावकारितालाई प्रभाव पार्छ। कहिल्यै नसकिने, कहिल्यै समाधान नगरिने समस्याहरू हुनु झूटा अगुवाहरूको कार्यको अटुट विशेषता हो। जस्तोसुकै काममा संलग्‍न भए तापनि, झूटा अगुवाहरूको भूमिका नाटक देखाउनु, नाराहरू फलाक्‍नु र धर्मसिद्धान्त प्रचार गर्नुबाहेक केही पनि हुँदैन; तिनीहरू चीनका गाउँघरमा सार्वजनिक रूपमा राखिएका सूचना दिने लाउडस्पिकरहरू जस्तै हुन्, जसले मानिसहरूलाई सूचना प्रदान गर्नेबाहेक केही पनि गर्दैनन्। तिनीहरूले गर्न सक्‍ने एउटै मात्र काम यही हो। तिनीहरूका मातहतका मानिसहरूले के गरिरहेका छन्, तिनीहरूले त्यो काम कतिको राम्ररी गरिरहेका छन् र कामसँग सम्बन्धित विवरणसँग सम्‍बन्धित अन्य त्यस्तै धेरै प्रश्‍नहरूको बारेमा यी झूटा अगुवाहरू पूर्ण रूपमा अनजान हुन्छन्। तिनीहरूले हरेक कामको निश्‍चित प्रगति र भइरहेका निश्‍चित काम-कुराहरूको बारेमा थप पत्ता लगाउन र बुझ्‍नको लागि यी कुराहरूलाई पत्ता लगाउने, तिनमा सहभागी हुने, आम स्तरका मानिसहरूसँग गहन रूपमा संलग्‍न हुने, कार्यस्थलमा वास्तवमा के भइरहेको छ त्यसमा लागिपर्ने कार्य गर्ने कुनै इच्‍छा तिनीहरूसँग हुँदैन। त्यसकारण, झूटा अगुवाहरूको वर्गका मानिसहरूले आफ्‍नै राज्य स्थापना गर्ने वा अगुवाको रूपमा तिनीहरूले बिताउने समय अवधिमा जानी-जानी हस्तक्षेप गर्ने र बाधा दिने काम नगरे पनि, वस्तुगत दृष्टिकोणबाट हेर्दा, तिनीहरूले काम र यसको प्रगतिमा ढिलाइ पैदा गर्छन्; तिनीहरू अगुवाले खेल्नुपर्ने भूमिका निर्वाह गर्न सक्दैनन्, तिनीहरूले बफादारिता वा जिम्‍मेवारी देखाउन सक्दैनन्, न त हरेक चरणमा काम सहज रूपमा अघि बढोस् भनेर तिनीहरूले आफ्‍नो जिम्‍मेवारीमा लिनुपर्ने कार्यमा नेतृत्व र अह्राइ-खटाइ गर्ने काम गर्न नै सक्छन्। त्यसो भए, झूटा अगुवाहरूको वर्गमा पर्ने मानिसहरूसँग कुनै बफादारिता वा बोझको बोध हुँदैन भनेर भन्‍नु उचित छ त? तिनीहरूले जानी-जानी आफ्‍नो काम बेवास्ता गरे पनि वा तिनीहरू साँच्‍चै त्यसो गर्न नसक्‍ने भए पनि, सबै कुरालाई ध्यानमा राखी भन्दा, तिनीहरूले परमेश्‍वरको घरको कामलाई नकरात्मक रूपमा प्रभाव पार्छन्; तिनीहरूले काममा ढिलाइ पैदा गर्छन् र त्यसलाई सही मार्गमा ल्याउन रोक्छन्, तिनीहरूले कामको बेला पैदा हुने समस्याहरूका समाधानहरूलाई रोक्छन् र तिनीहरू कामलाई सहज तरिकाले अघि बढ्न रोक्‍ने बाधा बन्छन्। त्यसरी नै, काममा संलग्‍न हुने मानिसहरूले सत्यता सिद्धान्तहरूलाई बुझ्दैनन्; यो पनि कामको अवधिमा समाधान नगरिएको समस्या हो जसको जिम्‍मेवार तिनै झूटा अगुवा हुन्छन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (४)”

विभिन्‍न कार्यहरूलाई अघि बढाउने क्रममा, वास्तवमा झूटा अगुवाहरूले समाधान गर्नुपर्ने, सुधार गर्नुपर्ने, र निवारण गर्नुपर्ने विभिन्‍न समस्या, असामान्यता, र भुलचुकहरू हुन्छन्—तर, तिनीहरूसँग बोझको बोध नभएकोले, तिनीहरूले सरकारी अधिकारीको भूमिका मात्रै खेल्‍न सक्‍ने र वास्तविक काम गर्न नसक्‍ने भएको हुनाले, परिणामस्वरूप तिनीहरूले विनाशकारी भताभुङ्ग अवस्था पैदा गर्छन्, यहाँसम्‍म कि कतिपय समूहले त एकता पनि गुमाउँछन्, र समूह सदस्यहरूले एक-अर्कालाई कमजोर बनाउँछन्, एक-अर्काप्रति शङ्का गर्ने र सतर्क हुने बन्छन्, र परमेश्‍वरको घरप्रति समेत सचेत हुने बन्छन्। जब झूटा अगुवाहरूले यस्तो अवस्थाको सामना गर्छन्, तिनीहरूले कुनै निश्‍चित कार्यलाई पनि अघि बढाउँदैनन्। तिनीहरूको काम अवरुद्ध अवस्थामा रहन्छन्, र तिनीहरूको काम अधकल्चो अवस्थामा छ भन्‍ने कुराले झूटा अगुवाहरूलाई अलिकति पनि पीडा हुँदैन; तिनीहरूले आफै कुनै पनि वास्तविक कार्य गर्न सक्दैनन्, बरु तिनीहरूले के गर्नुपर्छ र के गर्नुपर्दैन भनेर माथिबाट आदेश पठाइने प्रतीक्षा गर्छन्, मानौं माथिको लागि मात्रै काम गरिन्छ—र यदि माथिबाट कुनै पनि निर्दिष्ट मापदण्डहरू आएनन्, कुनै निश्‍चित आदेश वा निर्देशनहरू आएनन् भने, कुनै कुरा गर्नु आवश्यक छ भनेर तिनीहरूले देखे पनि तिनीहरूले केही पनि गर्दैनन्। अथवा, माथिबाट सिद्धान्तहरू मात्रै प्रदान गरियो भने, तिनीहरूसँग काम नगर्ने अझै राम्रो बहाना हुन्छ। झूटा अगुवाहरू के हुन् त? सारांशमा, तिनीहरूले कुनै खास काम गर्दैनन्, तिनीहरू कुनै खास काममा सहभागी हुँदैनन्, तिनीहरूले कुनै खास समस्या पहिचान गर्न वा समाधान गर्न सक्दैनन्, कामको दिशा र सिद्धान्तहरूको मापदण्ड स्थापित गर्नको लागि तिनीहरूले कुनै खास कामको बारेमा सही मार्गदर्शन, सहायता, र बन्दोबस्‍त प्रदान गर्न सक्दैनन्, कुनै खास कार्यलाई कार्यान्वयन गर्नको लागि तिनीहरूले सक्रिय रूपमा कुनै खास मागहरू गर्न र कुनै खास योजना प्रस्तावित गर्न सक्‍ने कुरा त परै जाओस्; तिनीहरूले गर्ने भनेको भेलाहरूमा सहभागी हुनु, नाराहरू फलाक्‍नु र विनाकाम यताउता गर्नु मात्रै हो; तिनीहरूलाई परमेश्‍वरको घरले दिएको काम र तिनीहरूले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरू तिनीहरूले पूरा गर्दैनन्, न त तिनीहरूले ती पूरा गर्न नै सक्छन्। झूटा अगुवा भनेको यही हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (४)”

झूटा अगुवाहरू उत्तरदायी रहेको कामको दायराभित्र, साँचो रूपमै सत्यताको खोजी गर्ने र पदोन्नति एवं जगेर्नाको लागि योग्य केही मानिसहरूलाई बारम्बार दबाइन्छ। यीमध्ये केही मानिसहरूले सुसमाचार फैलाउँछन्, र केहीलाई भने भात पकाउन लगाइन्छ। सत्यतामा, तिनीहरूले बाहिर नदेखाए पनि तिनीहरू काम गर्न सक्षम हुन्छन्—तैपनि झूटा अगुवाहरूले यो कुरा देख्दैनन् र तिनीहरूसँग न त अन्तरक्रिया नै गर्छन् न त तिनीहरूको बारेमा सोधपुछ नै। यसैबीचमा, अलिअलि विशेष खुबी भएकाहरू, चापलुसी गर्नेहरू, सार्वजनिक रूपमा देखिन मन पराउनेहरू, मीठो बोल्नेहरू, र पद एवं हैसियत चाहनेहरूलाई बढुवा गरिन्छ, यतिसम्म कि समाजमा गाउँको मुखिया र सचिवहरूको काम गरेकाहरू र कर्पोरेट कम्पनीहरूमा कार्यकारीहरूको रूपमा काम गरेकाहरू र व्यापार व्यवस्थापनको अध्ययन गरेकाहरू सबैलाई महत्वपूर्ण पदहरू प्रदान गरिन्छ। यी मानिसहरू साँचो विश्‍वासीहरू हुन् कि होइनन्, वा तिनीहरूले सत्यताको खोजी गर्छन् कि गर्दैनन् भन्ने कुरालाई कुनै मतलब गरिन्न—झूटा अगुवाहरू जहाँ-जहाँ काम गर्नको लागि उत्तरदायी हुन्छन्, त्यहाँ-त्यहाँ यी मानिसहरूलाई पदोन्नति गरिन्छ र महत्वपूर्ण पदहरू प्रदान गरिन्छ। के यो समाजमा जे हुन्छ त्यस्तै भएको अवस्था होइन र? झूटा अगुवाहरूको कार्यकालअन्तर्गत, साँचो रूपमा कष्ट सहन गर्न सक्ने, धर्मीपनको बोध भएका, सकारात्मक कुराहरूलाई प्रेम गर्ने र सत्यतामा पदोन्नति एवं जगेर्ना गरिनुपर्ने तैपनि पदोन्नति र जगेर्ना नगरिएका धेरै परिश्रमी व्यक्तिहरू—तिनीहरूले तालिम लिने अवसर विरलै मात्र पाउँछन् जबकि कमजोर क्षमता र दुष्ट मानवता भएका, काम-कारबाही गरिहाल्न पाए हुन्थ्यो भन्ने चाह भएका, धाक देखाउन मन पराउने तर कुनै पनि वास्तविक खुबी नभएका व्यक्तिहरूले परमेश्‍वरको घरमा महत्वपूर्ण कामहरू गर्छन् र सुपरिवेक्षकको जिम्मेवारीहरू ओगट्छन्। यसले गर्दा परमेश्‍वरको घरका धेरैजसो कामहरूमा ढिला-सुस्ती हुन्छ, र ती कामहरू सहजता र परमेश्‍वरको घरमा हुनुपर्ने कार्यकौशलताका साथ अघि बढ्दैनन्, र ती कामहरू सिद्धान्तहरूअनुरूप गरिँदैनन् र परमेश्‍वरको घरको मापदण्डहरूको कार्यान्वयन असफल हुन्छ। झूटा अगुवाहरूले अनुचित रूपमा मानिसहरूलाई काममा लगाउँदा यसबाट आउने परिणाम र पर्ने प्रभाव यही हो।

झूटा अगुवाहरू कमजोर क्षमताका हुन्छन्, नजर र हृदय दुवैमा अन्धा हुन्छन् र तिनीहरूले सत्यता सिद्धान्तहरूलाई बुझ्दैनन्, जुन आफैमा एक गम्भीर समस्या हो। तिनीहरूसँग अर्को अझै गम्भीर समस्या हुन्छ, र त्यो समस्या के हो भने जब तिनीहरूमा केही अक्षर र धर्मसिद्धान्तहरूको बुझाइ र दक्षता रहेको हुन्छ र तिनीहरूले केही नाराहरू चिच्याउन सक्छन्, तब तिनीहरूले आफूले सत्यता वास्तविकता जान्दछु भन्ने ठान्छन्। तिनीहरूले जुनसुकै काम गरे पनि र जोसुकैलाई काममा लगाउने निर्णय गरे पनि, तिनीहरूले खोजी कार्य र विचारविमर्श गर्दैनन्, र तिनीहरूले अरूसँग सङ्गति गर्दैनन्, र तिनीहरूले परमेश्‍वरको घरका कार्य बन्दोबस्त र सिद्धान्तहरूलाई विस्तृत रूपमा हेर्ने त कुरै छोडौं। तिनीहरूमा निकै नै आत्मविश्‍वास हुन्छ, र तिनीहरूले जे सोच्छन् त्यही नै गरिनुपर्छ र तिनीहरूले जे विश्‍वास गर्छन् त्यही नै सही छ, र त्यो सबै सिद्धान्तहरूअनुरूप छ भन्ने विश्‍वास गर्छन्। तिनीहरूले गलत रूपमा के पनि विश्‍वास गर्छन् भने, तिनीहरूले धेरै वर्षहरूसम्म काम गरेको हुनाले परमेश्‍वरको घरमा सेवा गर्नको लागि तिनीहरूसँग पर्याप्त अनुभव छ, परमेश्‍वरको घरमा काम कसरी सञ्चालन र विकसित हुन्छ भन्‍ने तिनीहरूलाई थाहा छ, र त्यो सबै तिनीहरूको हृदयभित्र छ। तिनीहरूले परमेश्‍वरको घरको कामलाई मापन गर्छन् र तिनीहरूको आफ्नै अनुभव र तिनीहरूको आफ्नै धारण र कल्पनाहरूको माध्यमद्वारा परमेश्‍वरको घरको काम गर्छन् जसले गर्दा तिनीहरूको कार्यकालमा परमेश्‍वरको घरको काम भताभुङ्ग, भद्रगोल, र अव्यवस्थित हुन्छ। यदि समूहभित्र केही सक्षम मानिसहरू छन् भने, कष्ट सहन गर्न सक्ने र मूल्य चुकाउन सक्ने र आफ्ना कर्तव्यहरू निष्ठापूर्वक निर्वाह गर्न सक्ने व्यक्तिहरू छन् भने, तिनीहरूले गर्ने कार्य निरन्तर रूपमा राम्रैसँग अघि बढ्छन्, तर झूटा अगुवाहरूको यी सबै कुरासँग कुनै सम्बन्ध हुँदैन। अनि जहाँ त्यस्ता मानिसहरू हुँदैनन्, गरिँदै गरिएको त्यो कामको लागि झूटा अगुवा अलिकति पनि उपयोगी हुन सक्दैन। एउटा कारण के हो भने, झूटा अगुवाले त्यो कामको लागि सही मानिसहरू, कामले गति लिन्छ र काममा प्रगति र सुधार हुँदै जान्छ भन्‍ने कुरालाई सुनिश्चित गराउने व्यक्तिहरू छान्न सक्दैन; अर्को कारण के हो भने, जुन काममा कमजोर प्रणाली छ, त्यसमा तिनीहरूले सकारात्मक र सक्रिय रूपमा सहभागी हुने वा यसका विशेष पक्षहरूको बारेमा प्रशिक्षण प्रदान गर्ने कार्य गर्दैनन्। उदाहरणको लागि, मानौं कामको कुनै चरणमा काम गरिरहेका धेरै मानिसहरू त्यति धेरै जग नभएका नव-विश्‍वासीहरू छन् जसले राम्रोसँग सत्यता बुझ्दैनन्, जो त्यो कामसँग त्यति परिचित छैनन्, र जसले कामको सिद्धान्तलाई त्यति राम्रो बोध गरेका छैनन्। झूटो अगुवा अन्धो हुने हुनाले उसले यी समस्याहरूलाई देख्न सक्दैन। तिनीहरूले जबसम्म कसैले काम गरिरहेको हुन्छ तबसम्म काम राम्रोसँग गरिए पनि नराम्रोसँग गरिए पनि त्यसले मतलब राख्दैन भन्ने विश्‍वास गर्छन्। कामको प्रणालीभित्रका सबै कमजोर अङ्ग वा सदस्यहरूको बारेमा सोधपुछ गरिनुपर्छ, बारम्बार अवलोकन गरिनुपर्छ, तिनीहरूलाई बारम्बार सहयोग गरिरहनुपर्छ, र ती मानिसहरूले सत्यतालाई बुझुन्जेल र सही बाटोमा पाइला चालुन्जेलसम्म तिनीहरूको व्यक्तिगत सुपरिवेक्षण र सहभागिता, कामसम्बन्धी तिनीहरूको व्यक्तिगत परामर्श, र तिनीहरूलाई निरन्तर सहयोगको माग वा आदेशसमेत गरिनुपर्छ भन्ने तिनीहरूलाई थाहै हुँदैन। उपयुक्त सुपरिवेक्षकहरूको साथमा मात्र तिनीहरूले चिन्ता गर्न छोड्न सक्छन्। तैपनि झूटा अगुवाहरूले यसरी काम गर्दैनन्। तिनीहरूले यस्तो गर्नु आफ्नो काम हो भन्ने देख्दैनन्, त्यसकारण तिनीहरूले आफ्नो कामको दायराभित्र सबै काम र सबै मानिसहरूलाई समान रूपमा व्यवहार गर्छन्। तिनीहरू कामको प्रणालीको कमजोर अङ्ग वा सदस्यहरू भएका वा उपयुक्त कार्यभारी नभएका ठाउँहरूमा प्राय जाँदैनन्, न त तिनीहरूले गरिनुपर्ने निश्चित कामहरूको बारेमा परामर्श दिने वा व्यक्तिगत रूपमै सहभागी हुने कार्य नै गर्छन्; अनि जहाँ उपयुक्त व्यक्ति र कामलाई अघि बढाउन सक्षम व्यक्तिले सुपरिवेक्षण गरिरहेको छ, त्यहाँ पनि तिनीहरू गएर कामको बारेमा जाँच वा मार्गदर्शन गर्दैनन्, न त तिनीहरू कामको विस्तृत विवरणहरूमा नै व्यक्तिगत रूपमा सहभागी हुन्छन्, र तिनीहरूले निश्चय नै त्यहाँको सुपरिवेक्षकको सबल पक्षहरूको अनुसरण गर्ने प्रयास गर्दैनन्। छोटकरीमा भन्नुपर्दा, झूटा अगुवाहरूले कामको कुनै पनि निश्‍चित महत्त्वका कार्यहरू गर्दैनन्। तिनीहरूले काम जेसुकै भए पनि जबसम्म कर्मचारीहरूलाई काममा लगाइएको छ र सुपरिवेक्षक छानिएको छ तबसम्म सबै कुरा ठीक-ठाक हुन्छ भन्ने विश्‍वास गर्छन्। तिनीहरूले त्यहाँ थप केही पनि गर्न जरुरी छैन र तिनीहरूसँग यसको थप कुनै सम्बन्ध छैन, तिनीहरूले गर्नुपर्ने सबै कुरा भनेको बारम्बार सभाहरू आयोजना गरिरहनु र कुनै समस्या पैदा भयो भने फोन गर्नु मात्र हो भन्ने विश्‍वास गर्छन्। झूटा अगुवाहरूले यस शैलीमा काम गर्ने भए तापनि, तिनीहरूले आफूले राम्रोसँग काम गरिरहेको ठान्छन् र तिनीहरू आफूसँग खुशी भएका हुन्छन् र तिनीहरूले सोच्छन्, “कामका कुनै पनि निश्‍चित कार्यहरूमा कुनै पनि समस्या छैनन्। कर्मचारीहरूको राम्रोसँग बन्दोबस्त गरिएका छन् र सुपरिवेक्षकहरू राखिएका छन्। म यस काममा कसरी यति राम्रो, यति प्रतिभावान् हुन सकेँ होला?” के यो लाजमर्दो कुरा होइन र? तिनीहरू नजर र हृदयमा यति धेरै अन्धा हुन्छन् कि तिनीहरूले गर्नुपर्ने काम नै देख्दैनन् र कुनै समस्याहरू नै भेटाउँदैनन्। केही ठाउँहरूमा काम नै ठप्प भएको हुन्छ, तैपनि तिनीहरू सन्तुष्ट हुन्छन् र तिनीहरूले त्यो ठाउँका दाजुभाइ र दिदीबहिनीहरू युवा र नयाँ छन्, तिनीहरू पछि उग्र जोसका साथ काम गर्न र निश्चय नै त्यो काम राम्रोसँग गर्न सक्षम बन्नेछन् भन्ने सोच्छन्, जबकि वास्तवमा ती युवा मानिसहरूले केही पनि बुझ्दैनन् र केही पनि गर्न सक्दैनन्। केही कामको बारेमा अलिअलि जानेका मानिसहरू पनि हुन्छन् तर तिनीहरूले गर्ने कुनै पनि काम जे-जस्तो हुनुपर्ने हो त्यस्तो कहिल्यै हुँदैन। तिनीहरूले गर्ने कुनै पनि काम सिद्धान्तअनुरूपको हुँदैन, र ती सबै कामलाई सच्चाइनुपर्ने र निरन्तर रूपमा दोहोर्‍याउनुपर्ने हुन्छ। त्यहाँको काममा दरारजस्ता त्यति ठूला गल्ती-कमजोरीहरू हुन्छन्; र तिनीहरूलाई सङ्गति गरिनुपर्ने धेरै सिद्धान्तहरू हुन्छन्, तिनीहरूलाई मार्गदर्शन आवश्यक पर्ने धेरै विषयहरू हुन्छन्, समाधान गरिनुपर्ने धेरै समस्याहरू हुन्छन् … र पनि झूटो अगुवाले केही पनि देख्दैन वा कुनै समस्या पनि फेला पार्दैन, अझै ऊ त सबै कुराहरू ठीकठाक छन् भन्ने सोच्छ। त्यसोभए तिनीहरूको सोचविचारहरू दिनभरि कहाँ हुन्छन् त? तिनीहरूले पदवाहकको रूपमा आफूले हैसियतको सुखभोग कसरी गर्न सक्छु भनेर सोचिरहेका हुन्छन्। झूटो अगुवा भनेको हृदय नभएको वस्तु हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (५)”

जब अगुवा र कामदारहरूले कामको नेतृत्व गरिरहेका हुन्छन्, तब तिनीहरूले कामको दौरान पैदा हुने समस्याहरूलाई तुरुन्तै पहिचान गरेर समाधान गर्नुपर्छ, तिनीहरूले कामको दौरान आइपर्ने समस्याहरूको बारेमा सङ्गति, छलफल र तर्कवितर्क गर्नुपर्छ। जब यी समस्याहरूको बारेमा बारम्बार गरिएका सङ्गति, छलफल र तर्कवितर्कले कुनै नतिजा निकाल्दैन, वा जब कसैले पनि सही कार्यदिशा कुन हो भनेर स्पष्टताका साथ बताउन सक्दैन, बरु कामकुराहरू अझै कम स्पष्ट बन्दै जान्छन्, तब त्यस्तो समयमा अगुवा र कामदारहरूले आफ्नो उत्तरदायित्व सम्हाल्नुपर्छ र तुरुन्तै समस्याको समाधान वा समस्या समाधान गर्ने विधिको बारेमा सुझाव दिनुपर्छ र तुरुन्तै कामकुराहरू के-कसरी विकसित हुँदैछन् भनेर पनि अवलोकन गर्ने, जानकारी लिने र मूल्याङ्कन गर्नुपर्छ। नतिजा निस्कने गरी तर्कवितर्क गर्न नसकिने र निष्कर्षमा लैजान नसकिने कुनै समस्या पहिचान गरिसकेपछि, तिनीहरूले त्यसको बारेमा माथि प्रतिवेदन दिन र माथिसँग परामर्श गर्नको लागि कुनै समय खेर फाल्नु हुँदैन; तिनीहरूले पर्खेर बस्नु हुँदैन वा उक्त समस्यालाई समाधान गर्ने कुनै असैद्धान्तिक प्रयास गर्नु हुँदैन, उक्त समस्यालाई पछि सार्ने वा बेवास्ता गर्ने त कुरै छोडौं। के तिमीहरूका वर्तमान अगुवा र कामदारहरूले यसरी नै काम गर्छन् त? तिनीहरूले हरप्रकारका विरोधाभास र सामान्य समस्याहरूलाई पहिचान गर्दै, तुरुन्तै फलोअप गर्नुपर्छ, अनुगमन गर्नुपर्छ, र प्रोत्साहन दिँदै कामलाई अघि बढाउँदै लैजानुपर्छ। जब तिनीहरूले ठूला समस्याहरू पत्ता लगाउँछन्, अगुवा र कामदारहरू कार्यक्षेत्रमा हुनुपर्छ, र तिनीहरूसँग उक्त समस्याको सम्पूर्ण घटना वृत्तान्तको बारेमा, कसरी यो पैदा भयो, यसमा संलग्न विविध प्रकारका मानिसहरू र यो समस्याको बारेमा विभिन्न प्रकारका मानिसहरूले राखेका दृष्टिकोणहरूको बारेमा सही बुझाइ र विस्तृत बोध हुनुपर्छ; यसै गरी तिनीहरूले यी समस्याहरूको बारेमा सङ्गति र छलफल र तर्कवितर्कमा समेत सहभागिता जनाउनुपर्छ—तिनीहरू सहभागी हुनैपर्छ; सहभागी हुनु अति नै महत्वपूर्ण छ। सहभागी हुँदा, यसले तँलाई कामको दौरान पैदा हुने समस्याको लेखाजोखा र समाधान गर्न सहयोग गर्छ। यदि तैँले सुन्छस् मात्र तर सहभागिता जनाउँदैनस् भने, यदि तैँले सधैँ टाढैबाट हेर्छस् मात्र भने, यदि तँ सधैँ बाह्य अवलोकनकर्ता मात्र बन्छस् र काममा पैदा हुने कुनै पनि समस्याहरूको आफूसँग कुनै सम्बन्ध छैन भन्ने ठान्छस् भने र तँमा तिनीहरूप्रति तेरो कुनै दृष्टिकोण वा आचरण छैन भने, तँ स्पष्ट रूपमै झूटो अगुवा होस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (७)”

झूटो आत्मिकता देखाउने झूटा अगुवाहरूले काम गर्नु भनेको शब्‍दहरू र धर्मसिद्धान्त प्रचार गर्नु, मन्त्र जप्‍नु, काम गरेजस्तो टोपल्‍नु, परमेश्‍वरका वचनहरूबाट वाक्यांशहरू प्रचार गर्नु हो भनेर विश्‍वास गर्छन्; वास्तवमा काम कसरी गर्ने वा अगुवा र सेवकहरूको कर्तव्यहरू वास्तवमा के हुन् भन्‍ने तिनीहरूलाई थाहा हुँदैन, न त परमेश्‍वरको घरले व्यक्तिलाई किन अगुवा वा सेवकको रूपमा छनौट गर्छ, यसको उद्देश्य के समस्या समाधान गर्नु हो भन्‍ने नै तिनीहरूलाई थाहा हुन्‍छ। तसर्थ, तैँले तिनीहरूलाई तिनीहरूले कसरी आफ्‍नो काममा लाग्‍नुपर्छ, परिस्थितिलाई कसरी सम्हाल्नुपर्छ, यसभित्रका समस्याहरूलाई कसरी पहिचान गर्नुपर्छ र आदि इत्यादि कुराहरू जति नै सिकाए पनि, तिनीहरूले यो कुनै पनि कुरालाई ग्रहण गर्ने छैनन्, न त तिनीहरूले आफूले सुनेको कुनै कुरालाई नै बुझ्छन्। अगुवा र सेवकहरूबाट परमेश्‍वरको घरले के माग गर्छ त्यो तिनीहरूले अभ्यास गर्न सक्दैनन्, र तिनीहरूले यसलाई कहिल्यै पनि हासिल गर्नेछैनन्। तिनीहरू कामसँग सम्‍बन्धित सबै किसिमका समस्याहरूलाई पहिचान गर्न असफल हुन्छन्—व्यक्तिगत समस्याहरू, सिद्धान्तका प्रश्‍नहरू, प्राविधिक वा व्यवसायसम्‍बन्धी समस्याहरू। त्यसकारण, झूटो आत्मिकता देखाउने त्यस्ता मानिसहरूको नेतृत्वमा, अटुट रूपमा कामदारसम्बन्धी समस्या र कामसम्‍बन्धी अरू समस्याहरू आइरहन्छन्; प्राविधिक वा व्यावसायिक समस्याहरू पनि आइरहन्छन्, थुप्रिरहन्छन्, र ती जति थुप्रिन्छन्, त्यति नै थप समस्याहरू पैदा हुन्छन्। यी झूटा अगुवाहरूका जिम्‍मेवारीहरूको क्षेत्रभित्र, कामदार र कामसँग सम्‍बन्धित कुराहरू अझै लथालिङ्ग बन्छन्, र कार्य-प्रदर्शन र प्रभावकारिता झन्-झन् घट्दै जान्छन्। जब मानिसहरूलाई व्यवस्थापन गर्ने कुरा आउँछ, केही हदसम्‍म कुशल र राम्रो बोल्‍न सक्‍नेहरूलाई कार्यभार लिन दिइन्छ—तिनीहरूले आफ्‍नै हिसाबले काम गर्छन्, र तिनीहरूले काम, र मानिसहरूलाई नियन्त्रण गर्न सक्छन्। दुष्टहरूलाई प्रतिबन्ध गर्ने, जाँच गर्ने, हटाइने गरिँदैन, र विश्‍वासयोग्य ढङ्गले आफ्‍नो कर्तव्य पूरा गर्नेहरूलाई यति बाधा दिइन्छ कि तिनीहरू नकारात्मक र कमजोर बन्छन्, र तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्न वा परमेश्‍वरका वचनहरू खान र पिउन अनिच्‍छुक बन्छन्। तिनीहरूले आफ्‍नो कर्तव्यप्रति विश्‍वास गुमाउँछन्, परमेश्‍वरप्रतिको विश्‍वास गुमाउँछन्, र सत्यताको खोजी गर्ने कार्यप्रति विश्‍वास गुमाउँछन्। निश्‍चित सीप हुनेहरू, प्राविधिक रूपमा सिपालुहरूलाई उचित रूपमा प्रयोग गरिँदैन। को असल व्यक्ति हो र को खराब व्यक्ति हो, कोसँग क्षमता छ र कोसँग छैन, कसलाई जगेर्ना गरिनुपर्छ र कसलाई गरिनुपर्दैन भन्ने कुराहरूबीचमा भिन्नता अस्पष्ट भएको हुन्छ—सबै कुरा पूर्ण लथालिङ्ग हुन्छ। तैपनि, झूटो आत्मिकता देखाउने झूटा अगुवाहरू यसप्रति पूर्ण रूपमा अन्धा हुन्छन्; तिनीहरूले यसलाई देख्‍न सक्दैनन्। जब कामदार समस्याहरूको कुरा आउँछ, तब कसलाई शुद्ध पारिने, कसलाई निष्कासन गरिने, कसलाई लगाम लगाउने, र कसलाई बढुवा दिने भन्नेबारेमा पालन गरिनुपर्ने सिद्धान्तहरूको बारेमा परमेश्‍वरको घरले जे सङ्गति गरे पनि र जेमा जोड दिए पनि, झूटो आत्मिकता देखाउने अगुवाहरूले आफूले सुनेको कुरालाई आत्मसात् गर्ने, बुझ्‍ने गर्दैनन्। तिनीहरू कुनै पनि प्रश्‍न नगरी आफ्नै झूटो आत्मिकताको दृष्टिकोणहरूमा नै लागिरहन्छन्। यी झूटा अगुवाहरूलाई के लाग्छ भने तिनीहरूको आफ्‍नै व्याख्या र रेखदेखमा, हरेक व्यक्तिले खेल्नुपर्ने भूमिका हुन्छ; त्यसमा कुनै पनि अराजकता छैन, तिनीहरू सबैले राम्रै गरिरहेका छन्, तिनीहरू सबैसँग विश्‍वास छ, र तिनीहरू सबै आफ्‍नो कर्तव्य पूरा गर्न इच्‍छुक छन्। कसैले पनि न त जेलको न त खतराको डर मान्छन्, किनभने सबैसँग कष्ट भोग्‍ने आँट छ, र कोही पनि यहूदा हुने इच्‍छा गर्दैनन् भन्‍ने तिनीहरूको विश्‍वास हुन्छ। यी अगुवाहरूलाई सबै कुरा ठीक-ठाक अघि बढिरहेको छ भन्ने के लाग्छ। जस्तोसुकै भयानक समस्याहरू देखिए पनि वा जस्तोसुकै दुष्ट मानिसहरू देखा परे पनि, समस्या जति नै स्पष्ट भए पनि, तिनीहरूले यसलाई देख्‍न सक्दैनन्। तिनीहरूले देखे पनि, यो समस्या हो भनेर तिनीहरूलाई थाहा हुँदैन, र तिनीहरूलाई यो समस्या हो भनेर थाहा भए पनि, यसलाई कसरी समाधान गर्ने सो तिनीहरूलाई थाहा हुँदैन। त्यसै गरी, झूटो आत्मिकता भएकाहरू कामको अवधिमा देखा पर्ने सिद्धान्तहरूसँग नमिल्‍ने अनगिन्ती समस्याहरूप्रति अझै बढी अन्धा हुन्छन्। तिनीहरू भन्छन्, “मैले सिकाउनुपर्ने कामको सिद्धान्त सिकाएको छु, मैले तिनीहरूलाई बारम्‍बार सल्‍लाह दिएको छ, र तिनीहरूलाई लेख्‍नसमेत लगाएको छु।” तैपनि तिनीहरूले यो सबै सही व्यक्तिलाई बताए कि बताएनन्, तिनीहरूले बताएका बुँदाहरू सही छन् कि छैनन्, सिद्धान्तहरूअनुरूप छन् कि छैनन्, परमेश्‍वरका वचनहरूअनुरूप छन् कि छैनन्, वा व्यवहारिक छन् कि छैनन्—यो कुरा तिनीहरूलाई थाहा हुँदैन। तिनीहरूले प्रचार गर्ने धर्मसिद्धान्तको खुराकको कुरा गर्दा, यसलाई पचाएर कस्तो प्रकारको मानिसहरू सन्तुष्ट हुन सक्छन् र? मूर्ख र अज्ञानी, अशिक्षित, सुस्त, पटमूर्ख, बेकुफ। यी मानिसहरूलाई भ्रमित छोडिन्छ, तिनीहरूलाई यी सबै परमेश्‍वरका वचनहरू हुन्, र यीमध्ये कुनै पनि कुरा गलत हुन सक्दैनन् भन्‍ने विश्‍वास लाग्छ। यस्ता मानिसहरू मात्रै यो धर्मसिद्धान्तद्वारा सन्तुष्ट हुन सक्छन्। झूटो आत्मिकता भएका अगुवाहरूले कामको अवधिमा देखा पर्ने समस्याहरूलाई पहिचान गर्न सक्दैनन्; तिनका निम्ति तिनीहरू अन्धा हुन्छन्। अवश्य नै, प्रविधि वा विशेषज्ञतासँग सम्‍बन्धित कुराहरूका निम्ति तिनीहरू झनै अन्धा हुन्छन्—यी कुराहरू तिनीहरूको पहुँचभन्दा झन् बाहिर हुन्छन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (८)”

झूटो आत्मिकता भएका झूटा अगुवाहरूको मुख्य विशेषता के हो? प्रचार गर्नमा तिनीहरू पोख्त हुन्छन्। तर तिनीहरूले जे प्रचार गर्छन् त्यो साँचो मार्ग हुँदैन, र त्यो परमेश्‍वरले प्रचार गर्नुभएको मार्ग हुँदैन। त्यो सत्यताको मार्ग हुँदैन, तर यो ठेट धर्मसिद्धान्त मात्रै हुन्छ। तिनीहरू ठेट धर्मसिद्धान्त प्रचार गर्नमा सिपालु हुन्छन्, चाहे तिनलाई कण्ठ गरेर होस् वा मनन गरेर होस्, तिनीहरू आफूमा परमेश्‍वरका वचनहरूका शब्‍द र अक्षरहरू मात्रै लागू गर्न सिपालु हुन्छन्। समग्रमा, धर्मसिद्धान्तको प्रचार गर्ने कुरामा तिनीहरू खास रूपमा लगनशील र अटल हुन्छन्। बाहिरी रूपमा, तिनीहरूले जे गर्छन् त्यो सत्यतासँग सम्बन्धित देखिन्छ; तिनीहरूले बाधा दिने वा हस्तक्षेप गर्ने, अनुचित व्यवहार गर्ने, वा कुनै गलत कुरा बोल्‍ने वा गर्ने गरेको देखिँदैन। तैपनि, तिनीहरूले कुनै पनि व्यवहारिक कार्य गर्न वा अलिकति जिम्‍मेवारी पूरा गर्न समेत सक्दैनन्, जसले गर्दा अन्त्यमा तिनीहरूले कामसँग सम्‍बन्धित कुनै पनि समस्याहरूलाई पहिचान गर्न सक्दैनन्। तिनीहरूले अन्धा मानिसहरूले जस्तो काम गर्छन्; तिनीहरू अन्धा हुन्छन्, तिनीहरूले समस्यालाई देख्‍न सक्दैनन्, त्यसलाई पहिचान गर्न सक्दैनन्, त्यसकारण के तिनीहरूले समस्याको बारेमा तुरुन्तै जानकारी दिन र खोजी कार्य गर्न सक्छन् त? अवश्य नै सक्दैनन्। के झूटो आत्मिकता भएका झूटा अगुवाहरूको समस्या गम्‍भीर हुन्छ त? के त्यस्ता मानिसहरू घृणित हुन्छन्, के तिनीहरू तिरस्कारयोग्य हुन्छन्? (तिनीहरू तिरस्कारयोग्य हुन्छन्।) तिनीहरूले आफूसँग क्षेत्रविशेषको ज्ञान-सीपहरू भएको, आफूले केही धर्मसिद्धान्त प्रचार गर्न र परमेश्‍वरका धेरै वचनहरू कण्ठ गर्न र मानिसहरूप्रतिको परमेश्‍वरका मापदण्डहरूको सबै पक्षलाई पूर्ण रूपमा र सटीक रूपमा सारांशित गर्न सक्ने विश्‍वास गर्छन्—तर तिनीहरूले व्यावहारिक कार्य गर्न सक्दैनन्। तिनीहरूले आफूलाई सुसज्‍जित पार्ने, बुझ्‍ने, र जान्‍ने वचन र धर्मसिद्धान्तहरूले तिनीहरूलाई अगुवा वा सेवकको कर्तव्यहरू पूरा गर्न सहायता गर्न सक्दैनन्, तिनीहरूले काममा सामना गर्ने समस्याहरू पत्ता लगाउन र सम्‍बोधन गर्न तिनीहरूलाई सहायता गर्ने कुरा त परै जाओस्। के यस प्रकारको अगुवा वा सेवक यस्तो पदको लागि योग्य हुन्छ त? स्पष्ट रूपमै, हुँदैन। के तिमीहरूले झूटो आत्मिकता देखाउने अयोग्य झूटो अगुवालाई निर्वाचित गर्नु हुन्छ त? (हुँदैन।) के तिमीहरूले कहिल्यै त्यस्ता अगुवाहरूलाई निर्वाचित गरेका छौ त? (छौँ।) मलाई लाग्छ तिमीहरूले धेरैलाई नै निर्वाचित गरेका छौ। जसले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको हुन्छ, जसले परमेश्‍वरका धेरै वचनहरू पढेको छ, प्रशस्तै उपदेशहरू सुनेको छ, काम र प्रचारसम्‍बन्धी प्रचुर अनुभव छ, घण्टौंसम्‍म प्रचार गर्न सक्छ—त्यस्तो व्यक्ति काम गर्न सक्षम हुन्छ भन्‍ने तिमीहरूलाई लाग्छ। अनि परिणाम के हुन्छ त? तिनीहरूलाई निर्वाचित गरिसकेपछि, तिमीहरूले गम्‍भीर समस्या पत्ता लगाउँछौ: तिनीहरूलाई कहिल्यै भेट्‍न सकिँदैन, तिनीहरूको ढोका सधैँ बन्द हुन्छ, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूबाट पछि हटेका हुन्छन्। तैपनि, अरूले मनमनै विचार गर्छन्, “उसले विश्‍वास गरेको यति धेरै वर्ष भयो, उसले सत्यतालाई बुझ्छ र उसँग जग छ। उसँग कद हुनुपर्ने हो र उसले समस्याहरू समाधान गर्न सक्‍नुपर्ने हो—तब किन ऊ सधैँ ढोका बन्द गरेर बस्छ? यसले उसँग ठूलो बोझ छ भन्‍ने देखाउँछ! अगुवाको रूपमा निर्वाचित भइसकेपछि, ऊ चुपचाप बस्ने बनेको छ, उसले फरक तरिकाले बोल्छ, र ऊ अहिले हामीजस्तो छैन। यही कारणले गर्दा, उसलाई प्रायजसो देख्‍न पाइँदैन।” के तिमीहरूले त्यही विश्‍वास गर्छौ? के तिमीहरूले फेरि यस प्रकारको झूटो अगुवालाई निर्वाचित गर्नेछौ? (गर्नेछैनौं।) किन गर्दैनौ त? अन्धो मानिसलाई तिमीहरूको मार्गदर्शकको रूपमा छनौट गर्नुका परिणामहरू के-के हुन्छन्, तिमीहरू के भन्छौ? के अन्धो मानिसले तँलाई सही मार्गमा लैजान सक्छ त? ऊ अन्धो हो, उसले कसरी तँलाई अगुवाइ गर्न सक्छ र? उसले जहाँ काम गरे पनि र उसले जे गरे पनि, ऊ आफैलाई अगुवाइ गर्ने अरू कसैको खाँचो हुन्छ; उसको आफ्‍नै कुनै पनि दिशा वा उद्देश्यहरू हुँदैनन्, र उसले बुझेका धर्मसिद्धान्तहरू उसले अरूलाई सुनाउनको लागि मात्रै प्रचार गर्छ—त्यसको कुनै व्यवहारिक प्रभाव वा मूल्य हुँदैन। यदि तैँले उसलाई वचनहरू र धर्मसिद्धान्त प्रचार गर्न सकेको कारण आदर गर्छस् भने, तँ कस्तो प्रकारको व्यक्ति होस् त? तँ अन्धो, मूर्ख, निर्बुद्धि होस्। तँ अन्धो मानिस भेट्दा प्रसन्‍न हुन्छस् र मार्गमा डोर्‍याउन उसैलाई अनुरोध गर्छस्। अनि तँ पनि पनि अन्धो हुँदैनस् र? तँसँग के देख्नको लागि आँखाहरू हुन्छन् त? अविश्‍वासीहरूमाझ एउटा भनाइ छ: अन्धोले अन्धोलाई डोर्‍याउनु। झूटो आत्मिकता देखाउने अगुवाहरूलाई निर्वाचन गर्नु भनेको अन्धोले अन्धोलाई डोर्‍याउनु हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (८)”

यदि ख्रिष्टविरोधीहरूलाई मण्डलीमा अनियन्त्रित रूपमा व्यवहार गर्न दिइन्छ, दाजुभाइ र दिदीबहिनीहरूलाई नियन्त्रण गर्न, धम्की दिन, छल गर्न वा गलत बाटोमा डोर्‍याउनको लागि जस्तोसुकै नारा चिच्याउन र तर्कहरू गर्नको लागि स्वतन्त्रता दिइन्छ भने, र अगुवाहरूले आफूसँग भेद छुट्याउने समझ नभएकाले तुरुन्तै यी ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न र तिनीहरूलाई नियन्त्रणमा राख्न असमर्थ रहेकाले केही पनि गर्दैनन् जसको कारण दाजुभाइ-दिदीबहिनीहरू यी ख्रीष्टविरोधीहरूद्वारा गोटीझैँ प्रयोग गरिए र बिथोलिए भने, उक्त मण्डलीका अगुवाहरू रद्दी हुन्। यदि मण्डलीका ख्रीष्टविरोधीहरू र दुष्ट व्यक्तिहरूलाई दाजुभाइ-दिदीबहिनीहरूले घृणा र तिरस्कार गरे भने, यदि तिनीहरूलाई मण्डलीभित्रै नियन्त्रित गरियो र हरेक व्यक्तिले तिनीहरूको बारेमा भेद छुट्याइसकेको छ, यति सम्म कि दाजुभाइ-दिदीबहिनीहरूलाई गलत बाटोमा डोर्‍याउने र धोका दिने तिनीहरूका बोलीवचन र रित्ता नाराहरूले मण्डलीमा कुनै काम गर्दैन र तिनीहरूलाई नियन्त्रण गरिएको र थुनिएको छ भने, उक्त मण्डलीका अगुवाहरू मापदण्डअनुरूपका छन्; तिनीहरू सत्यता वास्तविकता धारण गरेका अगुवाहरू हुन्। यदि मण्डलीलाई कुनै एक ख्रीष्टविरोधीले बिथोलिरहेको छ र त्यस कुरालाई दाजुभाइ-दिदीबहिनीहरूले पहिचान र अस्वीकार गरिसकेपछि, उक्त ख्रीष्टविरोधीले दाजुभाइ-दिदीबहिनीहरूलाई दबाएर र दुर्व्यवहार गरेर बदला लिन्छ, तर पनि मण्डलीका अगुवाहरूले केही गर्दैनन् भने, उक्त मण्डलीका अगुवाहरू रद्दी हुन् र तिनीहरूलाई हटाइनुपर्छ। मण्डलीका अगुवाहरूको रूपमा, यदि तिनीहरू सत्यताको प्रयोग गरी समस्याहरू समाधान गर्न असमर्थ छन् भने, यदि तिनीहरूले मण्डलीमा ख्रीष्टविरोधीहरूको स्वेच्छाचारितालाई पहिचान, नियन्त्रण र सीमित गर्न सक्दैनन्, दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षित पार्न, तिनीहरूले आफ्ना कर्तव्यहरू सामान्य तवरमा गर्न सकून् भनी तिनीहरूलाई संरक्षण गर्न, अनि परमेश्‍वरको घरको कामको सामान्य कार्यान्वयनलाई कायम राख्न सक्दैनन् भने, उक्त मण्डलीका अगुवाहरू रद्दी हुन् र तिनीहरूलाई हटाइनुपर्छ। यदि मण्डलीका अगुवाहरू ख्रीष्टविरोधी एकदमै डरलाग्दो र क्रूर भएको कारण त्यसको छेउ पर्न र त्यसलाई चिढ्याउन डराउँछन् र यसरी त्यो ख्रीष्टविरोधीलाई मण्डलीमा बेलगाम छाडिदिन्छन् जसको कारण त्यो निरङ्कुश बन्छ, त्यसले जे मन लाग्यो त्यही गर्छ, र परमेश्‍वरको घरको धेरैजसो काम शिथिल र ठप्प पार्छ भने, उक्त मण्डलीका अगुवाहरू रद्दी हुन् र तिनीहरूलाई हटाइनुपर्छ। यदि प्रतिशोध गर्छन् भन्‍ने डरको कारण, मण्डलीका अगुवाहरूले कहिल्यै पनि ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न साहस गर्दैनन्, र तिनीहरूले कहिल्यै पनि ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरूलाई सीमित गर्ने प्रयास गर्दैनन्, जसको कारण मण्डली जीवन बिथोलिन्छ र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा ठूलो वाधा र हानि आइपर्छ भने, उक्त मण्डलीका अगुवाहरू रद्दी हुन् र तिनीहरूलाई हटाइनुपर्छ।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (८)”

कुनै अगुवाले आफ्नो उत्तरदायित्व पूरा गरिरहेको छ कि छैन, तिनीहरू झूटा अगुवा हुन् कि होइनन् भनी कसरी मूल्याङ्कन गर्न सकिन्छ? सबैभन्दा आधारभूत कुरा भनेको तिनीहरूले व्यावहारिक काम गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूमा व्यावहारिक काम गर्ने क्षमता छ कि छैन हेर्नु हो। दोस्रो, तिनीहरूले यो व्यावहारिक काम गर्छन् कि गर्दैनन् हेर्नु हो। तिनीहरूको मुखबाट आउने वचनहरूलाई, तिनीहरूले कति राम्ररी सत्यता बुझ्छन् भन्ने कुरालाई बेवास्ता गर्, तिनीहरूले बाह्य कामहरू वा अन्य कुनै पनि कामकुराहरू अघि बढाइरहेको बेला, तिनीहरूमा निश्चित मात्रामा क्षमता, बुद्धि, प्रतिभा वा सामर्थ्य हुन्छ कि हुँदैन भन्ने कुरालाई बेवास्ता गर्—यी सबै कुराहरूलाई बेवास्ता गर्, र तिनीहरूले व्यावहारिक कार्य गर्छन् कि गर्दैनन् भन्ने कुरालाई मात्र हेर्; यदि तिनीहरूले व्यावहारिक कार्य गर्दैनन् भने, तिनीहरू जति नै क्षमतावान् भए पनि तिनीहरू झूटा अगुवाहरू हुन्। केही मानिसहरू भन्छन्, “तिनीहरूले व्यावहारिक कार्य गरून् कि नगरून्, के मतलब? तिनीहरूमा ठूलो क्षमता छ, र तिनीहरू दक्ष छन्; जब तिनीहरू काममा लाग्छन्, तब तिनीहरू धेरैजसो मानिसहरूभन्दा उत्तम हुन्छन्। त्यति मात्र होइन, तिनीहरूले वास्तविक काम नगरे पनि, र धेरैजसो समय तिनीहरू यताउता हल्लिएरै बिताए पनि, तिनीहरूले कुनै पनि नराम्रो काम गरेका छैनन्, न त तिनीहरूले दुष्ट काम नै गरेका छन्, न त तिनीहरूले कुनै विध्वंस र वाधा नै पैदा गरेका छन्। तिनीहरूले कुनै दाजुभाइ र दिदीबहिनीहरू वा मण्डलीलाई कुनै हानि वा खराब असर पुर्‍याएका छैनन्। त्यसकारण, कसरी तपाईं तिनीहरू झूटा अगुवाहरू हुन् भनी भन्‍न सक्‍नुहुन्छ?” यसलाई कसरी व्याख्या गर्ने? अहिले, तँ कति प्रतिभावान् छस्, तँमा कति क्षमता छ, वा तँ कति शिक्षित छस् भन्ने कुरालाई बिर्सिदे; तैँले व्यावहारिक काम गर्छस् कि गर्दैनस्, र तैँले अगुवाको उत्तरदायित्व पूरा गर्छस् कि गर्दैनस् त्यसले मात्र अर्थ राख्छ। अगुवाको रूपमा तैँले काम गर्दा, के तँ आफ्नो उत्तरदायित्वको दायराभित्रका हरेक निश्‍चित कार्यमा सहभागी भइस्, कामको अवधिमा पैदा भएका कति वटा समस्याहरूलाई तैँले प्रभावकारी रूपमा समाधान गरिस्, कति मानिसहरूले तेरो काम, तेरो अगुवाइ र मार्गनिर्देशनको कारण सत्यता सिद्धान्तहरूको बारेमा बुझाइ हासिल गरे, परमेश्‍वरको घरका कति धेरै काममा प्रगति गराइयो र अघि बढाइयो? अर्थ राख्ने कुराहरू यिनै हुन्। तैँले कति वटा मन्त्रहरू जप्‍न सक्छस्, कति वचन र धर्मसिद्धान्तहरूमा तँ पोख्त भएको छस् भन्ने कुरालाई बिर्सिदे, हरेक दिन तँ कति घण्टा मेहनत गर्दै बिताउँछस्, तँ कति थाकेको छस् भन्ने कुरालाई बिर्सिदे, र तैँले बाहिर सडकमा कति समय बिताएको छस्, तैँले कति वटा मण्डलीहरूमा भ्रमण गरेको छस्, तैँले कति धेरै जोखिमहरू मोलेको छस्, तैँले कति पटक खाना छुटाएको छस् भन्ने कुरालाई बिर्सिदे—यी सबै कुराहरूलाई बिर्सिदे, र तँ आफू जिम्मेवार रहेको सबै कामका उपलब्धिहरूलाई मात्र हेर्। परमेश्‍वरको घरले आवश्यक गरेको दायराभित्रको, तँ उत्तरदायी रहेको कति कामहरू कार्यान्वयन भएका छन्, चाहे ती मानव संसाधन, प्रशासनिक, होस् वा व्यावसायिक काम नै किन नहोस्; ती काम कति राम्ररी कार्यान्वयन भएका छन्, तिनीहरूलाई कति राम्ररी फलोअप गरिएको छ, सिद्धान्तसँग सम्बन्धित कति लापरवाही, विचलन, समस्या र गल्तीहरूले सुधार र सच्याउने कार्यमा तैँले सहयोग गरेको छस्, कति समस्याहरूलाई समाधान गर्न तैँले सहयोग गरेको छस्, तैँले सिद्धान्तहरू र परमेश्‍वरको घरको मापदण्डहरूअनुरूप ती समस्याहरू समाधान गरिस् कि गरिनस्, आदि इत्यादि—यी सबै कुराहरू नै कुनै अगुवाले आफ्नो उत्तरदायित्वहरूलाई पूरा गरिरहेको छ कि छैन भनेर लेखाजोखा गर्ने मापदण्डहरू हुन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “झूटा अगुवाहरूको पहिचान (९)”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्