चिन्ह र अचम्मका कार्यहरूले मानवजातिलाई मुक्ति दिन सक्छ कि सक्दैन

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

हजारौं वर्षको परमेश्‍वरको योजनामा, कामको दुई भागहरू शरीरमा गरिन्छन्: प्रथम क्रूसीकरणको काम, जसको निम्ति उहाँ महिमित हुनुभयो; अर्को चाहिँ आखिरी दिनहरूमा गरिने विजय र सिद्धताको कार्य हो, जसको निम्ति उहाँ महिमित बन्‍नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। यसैकारण तिमीहरूलाई दिइएको परमेश्‍वरको कार्य वा परमेश्‍वरको आज्ञालाई हल्का विषयको रूपमा नलेऊ। तिमीहरू सबै नै परमेश्‍वरको प्रशस्त र अनन्त महिमाको हकवाला हौ र यो विशेष रूपमा परमेश्‍वरले नै नियुक्त गर्नुभएको थियो। उहाँको महिमाको दुई भागमध्ये, एउटा तिमीहरूमा प्रकट हुन्छ; परमेश्‍वरको महिमाको एउटा भागको पूर्णता, यो तिमीहरूकै निजी धन होस् भनेर तिमीहरूलाई प्रदान गरिएको छ। यो परमेश्‍वरले तिमीहरूमा गर्नुहुने सम्मान हो, अनि यो उहाँले धेरै वर्षअघि पूर्वनिर्धारित गर्नुभएको योजना पनि हो। ठूलो रातो अजिङ्गर बस्ने देशमा परमेश्‍वरले गर्नुभएको कार्यको महानता सम्‍झँदा, यदि यो कार्यलाई अरू कुनै ठाउँतिर सारिएको भए, यसले धेरै अघि ठूलो फल फलिसक्ने थियो र मान्छेले तत्कालै ग्रहण गर्नेथियो। यसबाहेक, यो काम परमेश्‍वरमा विश्‍वास गर्ने पश्चिमका पादरीहरूलाई स्वीकार गर्न अत्यन्तै सजिलो हुनेथियो, किनकि येशूद्वारा गरिएको कार्यको चरणले उदाहरणको काम गर्छ। यसैकारण परमेश्‍वरले महिमाको कार्यको यो चरण अरू कतै हासिल गर्न सक्‍नुहुन्‍न; मानिसहरूको समर्थन पाएर र राष्ट्रहरूद्वारा मान्यता प्राप्त गरेर, यो हाबी हुन सक्दैन। यस देशमा कार्यको यस चरणले राख्‍ने असाधारण महत्त्व यही हो। तिमीहरूमध्ये एक जना पनि व्यवस्थाद्वारा सुरक्षित छैनौ—बरु, तिमीहरू त व्यवस्थाद्वारा दण्डित हुन्छौ। त्योभन्दा ठूलो समस्या यो छ कि मानिसहरूले तिमीहरूलाई बुझ्दैनन्: तिमीहरूको आफन्त होस्, वा तिमीहरूको बाबा-आमा, तिमीहरूको इष्टमित्र, अथवा तिमीहरूका सहकर्मीहरू होस्, तिनीहरूमध्ये कसैले पनि तिमीहरूलाई बुझ्दैनन्। जब तिमीहरू परमेश्‍वरद्वारा “त्यागिन्छौ,” तिमीहरूको निम्ति यस धरतीमा जिइरहनु असम्भव हुँदछ, तर त्यसो भए तापनि, मानिसहरू परमेश्‍वरदेखि टाढा जान सक्दैनन्, जुन मानिसहरूलाई परमेश्‍वरले जित्नुको महत्त्व हो, र परमेश्‍वरको महिमा हो। तिमीहरूले आज जे प्राप्त गरेका छौ त्यो प्रेरितहरू र युगौँदेखिका अगमवक्ताहरूको भन्दा ठूलो छ अनि मोशा र पत्रुसभन्दा पनि धेरै नै ठूलो छ। आशिष एक-दुई दिनमा नै प्राप्त गर्न सकिँदैन, तर अत्यन्तै ठूलो त्यागद्वारा त्यसलाई प्राप्त गर्नुपर्छ। यसको अर्थ, तिमीहरूसित शोधन गरिएको प्रेम हुनैपर्छ, तिमीहरूमा ठूलो विश्‍वास हुनैपर्छ, अनि तिमीहरूले प्राप्त गरेकै होस् भनी परमेश्‍वरले चाहनुभएका विभिन्‍न सत्यताहरू तिमीहरूमा हुनैपर्छ; अझ भन्नुपर्दा, तिमीहरू धम्की दिने अथवा विश्‍वासघाती नबनी न्यायतर्फ फर्कनैपर्छ, अनि तिमीहरूमा परमेश्‍वरको निम्ति एउटा स्थिर अनि निरन्तरताको प्रेम हुनैपर्छ। तिमीसित अठोट हुनैपर्छ, तिमीहरूको जीवन स्वभावमा परिवर्तनहरू हुनैपर्छ, तिमीहरूको भ्रष्टता निको हुनैपर्छ, तिमीहरूले कुनै पनि गुनासोविना परमेश्‍वरका सबै योजनाहरू स्वीकार गर्नैपर्छ, अनि तिमीहरू मृत्युसम्‍मै आज्ञाकारी रहनैपर्छ। तिमीहरूले प्राप्त गर्नुपर्ने कुरा यही नै हो, परमेश्‍वरको कार्यको अन्तिम लक्ष्य यही नै हो, अनि परमेश्‍वरले मानिसहरूको यस समूहलाई गर्न लगाउनुहुने कुरा पनि यही नै हो। उहाँले नै तिमीहरूलाई दिनुहुने भएकोले, उहाँले तिमीहरूबाट फिर्ता पनि माग्नु नै हुनेछ, अनि निश्चय नै तिमीहरूबाट उचित मागहरू पनि गर्नु नै हुनेछ। यसैकारण, परमेश्‍वरले गर्नुहुने सबै कार्यको कारण छ, जसले समय समयमा परमेश्‍वरले अत्यन्तै कठोर र कार्य किन गर्नुहुन्छ त्यो देखाउँछ। यसैकारण, तिमीहरू परमेश्‍वरमा भएको विश्‍वासले भरिनैपर्छ। संक्षिप्तमा, परमेश्‍वरले सबै कार्य तिमीहरूकै खातिर गर्नुहुन्छ, ताकि तिमीहरू उहाँको उत्तराधिकार प्राप्त गर्ने योग्यको बन्न सक। यो परमेश्‍वरको आफ्नै महिमाको खातिर नभएर तिमीहरूको उद्धार अनि त्यो अशुद्ध देशमा अत्यन्तै पीडित भएका मानिसहरूको यस समूहलाई सिद्ध बनाउनुको खातिर हो। तिमीहरूले परमेश्‍वरको इच्छा बुझ्नैपर्छ। यसर्थ, म धेरै यस्ता अज्ञानी मानिसहरूलाई सल्लाह दिन चाहन्छु जोसमा कुनै पनि ज्ञान अथवा चेतना छैन: परमेश्‍वरको परीक्षा नगर, अनि अब उसो उहाँको विरोध पनि नगर। परमेश्‍वर पहिले नै यस्तो कष्टमा भएर गइसक्नुभएको छ जो कुनै पनि मान्छेले अहिलेसम्म सहेकै छैन, अनि धेरै अघि मानिसको खातिर धेरै ठूलो अपमान पनि सहिसक्नुभएको छ। तिमीहरू अब अझै अरू के-के त्याग्न सक्दैनौ? परमेश्‍वरको इच्छाभन्दा धेरै महत्त्वपूर्ण अरू के हुनसक्छ? परमेश्‍वरको प्रेमभन्दा उच्च के हुनसक्छ? यस अशुद्ध देशमा आफ्नो कार्यलाई निरन्तरता दिनु नै परमेश्‍वरको निम्ति कठिन कुरा हो; यदि, यसै माथि, मान्छेले थाहा हुँदाहुँदै अनि जानी-जानी पाप गर्छ भने, परमेश्‍वरको कार्य त लम्बिने नै छ। संक्षिप्तमा, यो कसैको फाइदाको निम्ति होइन, यसले कसैलाई पनि लाभ दिँदैन। परमेश्‍वरलाई समयले सीमित पार्दैन; सबैभन्दा पहिले उहाँको कार्य अनि उहाँको महिमा आउँछ। यसैकारण, उहाँले आफ्नो कार्यको निम्ति कुनै पनि मोल तिर्नुहुनेछ, चाहे यसको लागि जति नै समय किन नलागोस्। परमेश्‍वरको स्वभाव यही हो: आफ्नो कार्य नसिध्याएसम्म उहाँले विश्राम लिनुहुनेछैन। उहाँले आफ्नो महिमाको दोस्रो भाग प्राप्त गर्नुभएपछि मात्र उहाँको कार्य अन्त गर्नुहुनेछ। यदि, सारा ब्रह्माण्डमा, परमेश्‍वरले उहाँको महिमाको प्रक्रियाको दोस्रो खण्ड पूरा गर्नुहुन्न भने, उहाँको दिन कहिल्यै आउनेछैन, उहाँको हातले उहाँको चुनिएको जातिलाई कहिल्यै छोड्नेछैन, उहाँको महिमा कहिल्यै पनि इस्राएलमाथि आउनेछैन, अनि उहाँको योजना कदापि पूरा हुनेछैन। तिमीहरूले परमेश्‍वरको इच्छा देख्न सक्‍नुपर्छ, अनि परमेश्‍वरको कार्य स्वर्ग र पृथ्वी अनि सारा थोकहरूको सृष्टि जस्तो सरल छैन भन्‍ने देख्नैपर्छ। किनभने, आजको कार्य भ्रष्ट भएका, चरम रूपमा लट्टिएकाहरूको रूपान्तरण हो, यो तिनीहरूलाई शुद्ध गर्नको लागि हो जो सृष्टि त गरिए तर शैतानको बन्धनमा परे। यो आदम अनि हव्वाको सृष्टि होइन, न त ज्योतिको सृष्टि, अथवा हरेक वनस्पति अनि पशुको सृष्टि नै हो। परमेश्‍वरले शैतानद्वारा भ्रष्ट बनाइएका कुराहरूलाई शुद्ध गर्नुहुन्छ अनि तिनीहरूलाई नयाँ बनाउनुहुन्छ; तिनीहरू उहाँको आफ्नै स्वामित्वका कुराहरू बन्छन्, अनि तिनीहरू उहाँको महिमा बन्छन्। यो मानिसले सोचेजस्तो हुँदैन, यो स्वर्ग अनि पृथ्वी अनि त्यसमा भएका यावत् थोकहरूको सृष्टि जस्तो, अथवा शैतानलाई सरापेर अतल कुण्डमा फ्याँके जस्तो सरल हुँदैन; बरु, यो मानिसलाई रूपान्तरण गर्ने, नकारात्मक कुराहरूलाई परिवर्तन गरेर सकारात्मक बनाउने, उहाँका नभएका कुराहरूलाई उहाँको आफ्नै बनाउने कार्य हो। परमेश्‍वरको कार्यको यस चरण पछाडिको सत्यता यही नै हो। तिमीहरूको यस कुरालाई बुझ्नैपर्छ अनि यी कुराहरूलाई ज्यादै सरल बनाउन छाड्नैपर्छ। परमेश्‍वरको कार्य अन्य साधारण कामहरू जस्तो हुँदैन। यसको अद्भुतता अनि बुद्धि मान्छेको समझदेखि बाहिरको कुरा हो। परमेश्‍वरले यी सबै कुराहरू कार्यको यस चरणको समयमा सृष्टि गर्नुहुन्न, न त उहाँले तिनीहरूलाई नष्ट नै गर्नुहुन्छ। बरु, उहाँले आफैले सृष्टि गर्नुभएका सबै कुराहरूलाई रूपान्तरण गर्नुहुन्छ, अनि शैतानले दूषित पारेको सबै कुराहरूलाई शुद्ध पार्नुहुन्छ। अनि यस किसिमले परमेश्‍वरले एउटा महान कार्यको सुरुवात गर्नुहुन्छ, अनि परमेश्‍वरको कार्यको सम्पूर्ण महत्त्व यही हो। के यी वचनहरूमा तिमीहरूले देख्‍ने परमेश्‍वरको कार्य साँच्चै नै यति सरल छ त?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँले मानिसलाई दबाब दिन, वा विश्‍वस्त तुल्याउन चिह्नहरू र अचम्‍मका कामहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्‍वरको शक्तिलाई स्पष्ट बनाउन सक्दैन। यदि परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरू मात्र देखाउनुभएको भए, परमेश्‍वरको वास्तविकता स्पष्ट पार्न असम्भव हुनेथियो, यसरी मानिसलाई सिद्ध बनाउन पनि असम्भव नै हुनेथियो। परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरूद्वारा मानिसलाई सिद्ध बनाउनुहुन्न, तर मानिसमा पानी हाल्न र गोठालो गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिसको पूर्ण आज्ञाकारीता र मानिसमा परमेश्‍वरको ज्ञान प्राप्त गरिन्छ। उहाँले गर्नुहुने काम र उहाँले बोल्नुहुने वचनको उद्देश्य यही नै हो। परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनका निम्ति चिह्नहरू र अचम्‍मका कामहरू देखाउने विधिको प्रयोग गर्नुहुन्न—उहाँले मानिसलाई सिद्ध पार्नको लागि वचनहरू प्रयोग गर्नुहुन्छ, र धेरै वटा फरक-फरक तरिकाहरू प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, निराकरण र काँटछाँट वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध बनाउन अनि मानिसलाई परमेश्‍वरको काम, बुद्धि र अद्भुदताको ज्ञान दिन परमेश्‍वर विभिन्‍न दृष्टिकोणहरूबाट बोल्नुहुन्छ। जब परमेश्‍वरले आखिरी दिनहरूमा युगको समाप्ति गर्नुहुने समयमा मानिसलाई पूर्ण बनाइन्छ, त्यसबेला ऊ चिन्हहरू र अचम्‍मका कामहरू हेर्न योग्यको हुनेछ। जब तँ परमेश्‍वरलाई चिन्छस् र परमेश्‍वरले जे नै गर्नुभए पनि उहाँको आज्ञापालन गर्ने सक्ने बन्छस्, तब चिह्नहरू र अचम्‍मका कामहरू देख्दा उहाँको विषयमा तँमा उप्रान्त कुनै धारणाहरू हुनेछैन। यस क्षणमा, तँ भ्रष्ट छस् र परमेश्‍वरको पूर्ण आज्ञा पालन गर्न असक्षम छस्—के यस्तो अवस्थामा तँ परमेश्‍वरका चिन्हहरू र अचम्‍मका कामहरू देख्‍न योग्य छस् भन्‍ने ठान्छस्? जब परमेश्‍वरले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्छ, त्यही बेला परमेश्‍वरले मानिसलाई दण्ड दिनुहुन्छ, अनि युग परिवर्तन हुन्छ, त्यसबाहेक युगको अन्त्य पनि हुन्छ। जब परमेश्‍वरको काम सामान्य रूपमा पूरा भइरहेको हुन्छ, त्यसबेला उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्न। चिन्हहरू र अचम्‍मका कामहरू देखाउनु उहाँको निम्ति हास्यास्पद रूपमा सजिलो हुन्छ, तर परमेश्‍वरको कामको सिद्धान्त त्यो होइन, न त त्यो मानिसको निम्ति परमेश्‍वरको व्यवस्थापन नै हो। यदि मानिसले चिन्हहरू र अचम्‍मका कामहरू देख्यो, र परमेश्‍वरको आत्मिक शरीर मानिसकहाँ देखा पर्‍यो भने, के सबै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नेथिएनन् र? मैले पहिलेबाटै भनेको थिएँ, कि विजेताहरूको एउटा दल पूर्वबाट जितिन्छ, ती विजेताहरू जो, महासंकष्टको बीचबाट निस्कन्छन्। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ यही हो, कि ती प्राप्त गरिएका मानिसहरूले न्याय र सजाय, निराकरण र काटछाँट र हरकिसिमका शोधनबाट भएर गएपछि मात्र साँचो रूपमा आज्ञापालन गर्न सके। यी मानिसहरूको विश्‍वास अस्पष्ट र अमूर्त हुँदैन, तर वास्तविक हुन्छ। तिनीहरूले कुनै पनि चिन्हहरू र अचम्‍मका कामहरू वा कुनै आश्‍चर्यकर्महरू देखेका हुँदैनन्; तिनीहरू कुनै बुझ्न नसकिने अक्षरहरू र सिद्धान्तहरू वा गहन अन्तर्दृष्टिहरूको बारेमा कुरा गर्दैनन्; त्यसको साटो, तिनीहरूसित वास्तविकता, परमेश्‍वरका वचनहरू र परमेश्‍वरको वास्तविकताको साँचो ज्ञान हुन्छ। के यस्तो झुण्ड परमेश्‍वरको शक्तिलाई स्पष्ट पार्न अझ बढी सक्षम हुँदैन र? आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने काम वास्तविक काम हो। येशूको युगको अवधिमा, उहाँ मानिसलाई सिद्ध बनाउन आउनुभएन, तर मानिसलाई उद्धार गर्न आउनुभयो, त्यसकारण, मानिसहरूलाई उहाँको पछि लगाउन उहाँले केही आश्‍चर्यकर्महरू गर्नुभयो। किनकि उहाँ मुख्य रूपले क्रूसीकरणको काम पूरा गर्न आउनुभएको थियो, र चिह्नहरू देखाउनु उहाँको सेवकाइको हिस्सा थिएन। त्यस्ता चिन्हहरू र अचम्‍मका कामहरू उहाँको कामलाई अझ प्रभावकारी बनाउन गरिएका थिए; ती अतिरिक्त काम थिए, र तिनले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्दैनथिए। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही चिन्हहरू र अचम्‍मका कामहरू पनि देखाउनुभयो—तर परमेश्‍वरले आज गर्नुहुने काम वास्तविक काम हो, र निश्चय पनि उहाँले अहिले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्‍न। यदि उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुभयो भने उहाँको वास्तविक काम लथालिङ्ग हुनेथियो, र उहाँले अरू थप काम गर्न सक्नुहुनेथिएन। यदि परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन वचन प्रयोग गर्छु भनी भन्‍नुभयो, तर उहाँले चिन्हहरू र अचम्‍मका कामहरू पनि देखाउनुभयो भने, के मानिसले साँच्चै उहाँमा विश्‍वास गरेको छ कि छैन भनी स्पष्ट पार्न सकिन्थ्यो? यसैले, परमेश्‍वरले त्यस्ता कार्यहरू गर्नुहुन्न। मानिसभित्र धर्म धेरै छ; परमेश्‍वर मानिसभित्र भएका सबै धार्मिक धारणाहरू र अलौकिक कुराहरूलाई रद्द गर्न अनि मानिसलाई परमेश्‍वरको वास्तविकता जनाउन आखिरी दिनहरूमा आउनुभएको छ। उहाँ परमेश्‍वरको त्यो प्रतिरूप हटाउन आउनुभएको छ, जुन अस्पष्ट र काल्पनिक छ—अर्को शब्दमा भन्ने हो भने, एउटा यस्तो परमेश्‍वरको प्रतिरूप जसको कुनै अस्तित्व नै छैन। अनि यसैले अहिले तेरो निम्ति एउटै मात्र मूल्यवान् कुरा भनेको वास्तविकताको ज्ञान प्राप्त गर्नु हो! सत्य सबै कुराभन्दा माथि हुन्छ। आज तँमा कति धेरै सत्यता छ? के चिन्हहरू र अचम्‍मका कामहरू देखाउनेहरू सबै परमेश्‍वर हुन्? दुष्टात्माहरूले पनि चिन्हहरू र अचम्‍मका कामहरू देखाउन सक्छन्; के ती सबै परमेश्‍वर हुन्? परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा मानिसले खोज्ने भनेको सत्यता हो र उसले जीवनमा खोज्‍ने कुरा जीवन हो, चिन्हहरू र अचम्‍मका कामहरू होइन। परमेश्‍वरमा विश्‍वास गर्ने सबैको उद्देश्य यही नै हुनुपर्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

आखिरी दिनहरूको काममा, वचन चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ शक्तिशाली हुन्छ, र वचनको अधिकारले चिह्न र चमत्कारका कार्यहरूलाई उछिन्‍नेछ। त्यो वचनले मानिसको हृदयको गहिराइमा गडेका सबै भ्रष्ट स्वभावलाई प्रकट गर्दछ। तँसित त्यसलाई आफै पहिचान गर्ने कुनै उपाय छैन। जब वचनद्वारा तिनलाई तेरो अगि उदाङ्गो पारिन्छ तब तैँले तिनलाई प्राकृतिक रूपमै चिन्‍नेछस्; तैँले तिनलाई अस्वीकार गर्न सक्‍नेछैनस्, र तँ पूर्ण रूपमा विश्‍वस्त हुनेछस्। के यो वचनको अधिकार होइन र? यो आज वचनको कामद्वारा प्राप्त गरिने परिणाम हो। त्यसकारण, रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अधिकारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको शरीर अझै पनि शैतानकै अधीनमा हुन्छ, र ऊभित्र त्यो भ्रष्ट शैतानिक स्वभाव अझै रहिरहन्छ। अर्को शब्दमा भन्ने हो भने, जुन कुरा अझै शुद्ध पारिएको हुँदैन त्यो पाप र फोहोरसँग सम्बन्धित हुन्छ। वचनको माध्यमबाट शुद्ध पारिएपछि मात्र मानिस परमेश्‍वरद्वारा प्राप्त हुन र पवित्र हुन सक्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

आज, तिमीहरू सबैलाई यो कुरा प्रस्ट हुन जरुरी छ कि, आखिरी दिनहरूमा, परमेश्‍वरले पूरा गर्नुहुने मुख्य कुरा “वचन देह बन्‍नुहुन्छ” भन्‍ने तथ्य नै हो। पृथ्वीमा उहाँका यथार्थ कामद्वारा, उहाँले मानिसलाई उहाँलाई चिन्ने र उहाँसँग संलग्‍न हुने, र उहाँका यथार्थ कामहरू हेर्ने तुल्याउनुहुन्छ। उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न सक्‍नुहुन्छ र उहाँले त्यसो गर्न नसक्‍ने समयहरू पनि हुन्छन् भन्‍ने कुरा मानिसलाई स्पष्ट रूपमा देखाउनुहुन्छ; यो युगमा नै भर पर्छ। यसबाट, तैँले देख्न सक्छस्, परमेश्‍वर चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न असक्षम हुनुहुन्न, बरु गर्नुपर्ने कामअनुसार र युगअनुसार उहाँले आफ्‍नो काम गर्ने तरीका परिवर्तन गर्नुहुन्छ। कामको विद्यमान चरणमा, उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्न; उहाँले येशूको युगमा केही चिन्‍हहरू र अचम्‍मका कामहरू देखाउनुभयो किनभने त्यो युगमा उहाँको काम फरक थियो। परमेश्‍वरले आज त्यो काम गर्नुहुन्न, र केही मानिसहरू उहाँलाई चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न असक्षम हुनुहुन्छ भन्‍ने ठान्छन्, वा अन्यथा उनीहरू सोच्छन्, यदि उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुहुन्‍न भने, उहाँ परमेश्‍वर हुनुहुन्‍न। के यो गलत कुरा होइन? परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न सक्‍नुहुन्छ, तर उहाँले फरक युगमा काम गरिरहनुभएको हुनाले, उहाँ यस्ता काम गर्नुहुन्न। यो फरक युग हो, र यो परमेश्‍वरको कामको फरक चरण हो, त्यसकारण परमेश्‍वरले सरल बनाउनुभएका कामहरू पनि फरक नै छन्। परमेश्‍वरमाथिको मानिसको विश्‍वास चिन्‍हहरू र अचम्‍मका कामहरूमाथिको विश्‍वास होइन, न त यो आश्‍चर्यकर्महरूमाथिको विश्‍वास नै हो, तर नयाँ युगको दौरान उहाँले गर्नुहुने वास्तविक काममाथिको विश्‍वास हो। परमेश्‍वरले काम गर्ने तरिकाद्वारा परमेश्‍वरलाई मानिसले बुझ्छ, र यो ज्ञानले मानिसमा परमेश्‍वरमाथिको विश्‍वास सिर्जना गर्छ, त्यो भनेको, परमेश्‍वरको काममा र कर्महरूमा विश्‍वास। कामको यो चरणमा, परमेश्‍वर मुख्य रूपमा बोल्नुहुन्छ। चिन्‍हहरू र अचम्‍मका कामहरू हेर्ने प्रतीक्षा नगर्; तैँले कुनै त्यस्तो काम देख्‍नेछैनस्! किनभने तँ अनुग्रहको युगमा जन्‍मेको थिइनस्। यदि तँ जन्‍मेको थिइस् भने, तैँले चिन्‍हहरू रआश्‍चर्यकर्महरू देख्न सक्थिस्, तर तँ आखिरी दिनहरूका समयमा जन्‍मेको थिइस्, त्यसैले तैँले परमेश्‍वरको वास्तविकता र सामान्यता मात्र देख्न सक्छस्। आखिरी दिनहरूमा अलौकिक येशूलाई हेर्ने अपेक्षा नगर्। तैँले व्यावहारिक देहधारी परमेश्‍वरलाई मात्रै देख्‍नेछस्, जो कुनै सामान्य मानवजातिभन्दा फरक हुनुहुन्न। हरेक युगमा, विभिन्न कार्यहरूलाई परमेश्‍वरले स्पष्ट गर्नुहुन्छ। हरेक युगमा, परमेश्‍वरले फरक-फरक कार्यहरूका भागलाई स्पष्ट गर्नुहुन्छ, र हरेक युगको कामले परमेश्‍वरको स्वभावको एउटा भाग, र परमेश्‍वरको कार्यहरूको एउटा भागलाई प्रतिनिधित्व गर्छ। उहाँले स्पष्ट गर्नुहुने कार्यहरू उहाँ जुन युगमा काम गर्नुहुन्छ त्यो युगसित भिन्न हुन्छ, तर तिनीहरू सबैले मानिसलाई परमेश्‍वरको गहन ज्ञान दिन्छन्, परमेश्‍वरमाथिको सत्य र नम्र विश्‍वास दिन्छन्। परमेश्‍वरका सबै कार्यहरूका कारणले, परमेश्‍वर अत्यन्तै अचम्‍मका, अत्यन्तै महान् हुनुभएको कारणले, उहाँ सर्वशक्तिमान् र बुझ्न नसकिने हुनुहुन्छ त्यस कारणले मानिसले परमेश्‍वरमा विश्‍वास गर्छ। परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रस्तुत गर्न सक्नुहुन्छ, बिरामीलाई निको पार्न र भूतप्रेतहरूलाई निकाल्न सक्नुहुन्छ भनेर यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तेरो दृष्टिकोण गलत छ, र कतिपय मानिसहरूले तँलाई भन्‍नेछन्, “के दुष्ट आत्माहरूले पनि यस्ता कामहरू गर्न सक्दैनन् र?” के यसले परमेश्‍वरको प्रतिरूपलाई शैतानको प्रतिरूपसँग अन्योलमा पार्ने काम गर्दैन? आज, परमेश्‍वरमा मानिसको विश्‍वासको कारण उहाँका धेरै कार्यहरू र उहाँले गर्ने कामको ठूलो मात्रा र उहाँले बोल्ने धेरै तरिकाहरू नै हुन्। मानिसलाई विजय गर्न र उसलाई सिद्ध पार्न परमेश्‍वरले आफ्‍ना वाणीहरूको प्रयोग गर्नुहुन्छ। परमेश्‍वरका धेरै कार्यहरूको कारणले मानिसले परमेश्‍वरमा विश्‍वास गर्छ, उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू देखाउन सक्‍नुहुन्छ भनेर होइन; उहाँका कार्यहरू देखेर मात्रै मानिसहरूले उहाँलाई बुझ्न सक्छन्। परमेश्‍वरका यथार्थ कार्यहरू, उहाँले कसरी काम गर्नुहुन्छ, उहाँले कस्ता बुद्धिमानी तरिकाहरू उहाँ प्रयोग गर्नुहुन्छ, उहाँले कसरी बोल्नुहुन्छ, र उहाँले कसरी मानिसलाई सिद्ध पार्नुहुन्छ ती जानेर मात्रै—यी पक्षहरू जानेर मात्रै—तैँले परमेश्‍वरको वास्तविकतालाई बुझ्‍न र उहाँको स्वभाव बुझ्न सक्छस्, उहाँले के मन पराउनुहुन्छ, उहाँले के कुरालाई घृणा गर्नुहुन्छ, र मानिसमा उहाँले कसरी काम गर्नुहुन्छ त्यो बुझेर मात्र। परमेश्‍वरका मन पर्ने र नपर्ने कुराहरूलाई बुझेर, तैँले कुन सकारात्मक हो र कुन नकारात्मक हो त्यसलाई छुट्ट्याउन सक्छस्, र परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञानद्वारा तेरो जीवनमा प्रगति हुन्छ। संक्षेपमा, तैँले परमेश्‍वरको कामको ज्ञान प्राप्त गर्नैपर्छ, र परमेश्‍वरमा विश्‍वास गर्नेबारे तेरा दृष्टिकोणहरूलाई सोझो तुल्याउनुपर्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरलाई पछ्याउनु भनेको के हो र मानिसलाई पछ्याउनु भनेको के हो

परमेश्‍वरका प्रासंगिक वचनहरू:परमेश्‍वरलाई पछ्याउनुको प्रमुख महत्त्व भनेको सबै कुरा परमेश्‍वरको आजको वचन अनुसार नै हुनुपर्छ भन्‍ने नै हो:...

झूटो ख्रीष्टलाई कसरी पहिचान गर्न सकिन्छ र तिनीहरूको प्रामाणिक चिन्हहरू के-के हुन्

सन्दर्भका लागि बाइबल पदहरू:“अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू।...

व्यक्तिले कसरी सत्यतालाई पहिचान गर्न सक्छ र कसले वास्तवमै सत्यता व्यक्त गर्न सक्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू:परमेश्‍वर स्‍वयम् नै जीवन, र सत्य हुनुहुन्छ, र उहाँको जीवन र सत्य सह-अस्तित्वमा रहन्छ। सत्यलाई प्राप्त गर्न...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्