व्यक्तिले कसरी सत्यतालाई पहिचान गर्न सक्छ र कसले वास्तवमै सत्यता व्यक्त गर्न सक्छ

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वर स्‍वयम् नै जीवन, र सत्य हुनुहुन्छ, र उहाँको जीवन र सत्य सह-अस्तित्वमा रहन्छ। सत्यलाई प्राप्त गर्न नसक्‍नेहरूले जीवनलाई कहिल्यै पनि प्राप्त गर्नेछैनन्। सत्यको मार्गदर्शन, सहयोग, र प्रावधानविना, तैँले अक्षरहरू, धर्मसिद्धान्तहरू, र, सबैभन्दा माथि, मृत्युलाई मात्रै प्राप्त गर्नेछस्। परमेश्‍वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्य र जीवन सह-अस्तित्वमा रहन्छ। यदि तैँले सत्यको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पालनपोषण प्राप्त गर्नेछैनस्; यदि तैँले जीवनको प्रावधानलाई प्राप्त गर्न सक्‍दैनस् भने, तैँले अवश्य नै सत्य प्राप्त गर्नेछैनस्, र त्यसैले कल्‍पना र धारणाहरू बाहेक, तेरो शरीरको सम्पूर्णता तेरो देह—तेरो दुर्गन्धित देह बाहेक केही पनि हुनेछैन। पुस्तकका शब्‍दहरू जीवनको रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यको रूपमा स्वीकार गर्न सकिँदैन, र विगतका नियमहरूले वर्तमानमा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको विवरणको रूपमा काम गर्न सक्दैनन्। पृथ्वीमा आएर मानिसहरूको बीचमा बस्दा परमेश्‍वरले व्यक्त गर्नुहुने कुरा मात्रै सत्य, जीवन, परमेश्‍वरको इच्‍छा, अनि उहाँको काम गर्ने वर्तमान शैली हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

सत्यता नै जीवनका सूत्रहरूको सर्व यथार्थ हो, र सारा मानिस जातिमाझ यस्ता सूत्रहरू सर्वोच्च हुन्छ। परमेश्‍वरले यसलाई मानिसबाटको आवश्यकता बनाउनुभएको हुनाले, र यो परमेश्‍वरद्वारा व्यक्तिगत रूपमा गरिएको कार्य भएको हुनाले, यसलाई “जीवनको सूत्र” भनिएको हो। यो सूत्र केही कुराबाट सारांश गरिएको होइन, न त यो कुनै महान्‌ हस्तीबाट आएको प्रसिद्ध उद्धरण नै हो। यसको सट्टामा, यो त स्वर्ग र पृथ्वी र सबै थोकका मालिकबाट मानिस जातिको लागि आएको उच्चारण हो; यो मानिसद्वारा सारांश गरिएका केही शब्दहरू होइनन्, तर परमेश्‍वरको अन्तर्निहित जीवन हो। अनि त्यसैले यसलाई “सबै जीवनका सूत्रहरूमध्येको सर्वोच्च” भनी भनिएको हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्

मानिसको संसारबाट सत्यता आउँछ, तैपनि मानिसमाझको सत्यता ख्रीष्‍टले नै हस्तान्तरण गर्नुभएको हो। यो ख्रीष्टबाट, अर्थात् परमेश्‍वर स्वयम्‌बाट उत्पन्न हुन्छ, र यसको लागि मानिस सक्षम छैन। तैपनि ख्रीष्टले सत्यता मात्रै दिनुहुन्छ; मानिस सत्यता सम्‍बन्धी आफ्‍नो खोजीमा सफल हुनेछ कि हुनेछैन भन्‍ने कुराको निर्णय गर्न उहाँ आउनुहुन्‍न। त्यसैले सत्यता सम्‍बन्धी सफलता वा असफलताको कुरा सबै मानिसको खोजीमा नै निर्भर हुन्छ। सत्यता सम्‍बन्धी मानिसको सफलता वा असफलता ख्रीष्टसँग कहिल्यै सम्‍बन्धित रहेको छैन, तर त्यसको सट्टा यसलाई उसकै खोजीले निर्धारित गर्छ। मानिसको गन्तव्य अनि उसको सफलता वा असफलतालाई परमेश्‍वरले नै बोक्‍नुभएको होस् भनेर यसलाई परमेश्‍वरको शिरमा थोपर्न मिल्दैन, किनभने यो परमेश्‍वर स्‍वयम्‌को मामला होइन, तर यो परमेश्‍वरका सृष्टिहरूले पूरा गर्नुपर्ने कर्तव्यसँग नै प्रत्यक्ष रूपमा सम्‍बन्धित छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

सत्यता सूत्रबद्ध हुँदैन, न त यो नियम नै हो। यो मरेको छैन, यो आफैमा जीवन हो, यो सजीव कुरा हो, र यो सृष्टि गरिएको थोकले जीवनमा पछ्याउनुपर्ने नियम र मानिससित जीवनमा हुनुपर्ने नियम हो। यो तैँले अनुभवद्वारा जतिसक्दो धेरै बुझ्‍नुपर्ने कुरा हो। तेरो अनुभवमा तँ जुन अवस्थामा आइपुगे तापनि, तँलाई परमेश्‍वरको वचन वा सत्यतादेखि अलग गर्न सकिँदैन, र परमेश्‍वरको स्वभावको बारेमा तँ जे बुझ्छस्, र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसबारे तँलाई जे थाहा छ, ती सबैलाई परमेश्‍वरका वचनहरूमा व्यक्त गरिएका छन्; ती सत्यतासित फुकाउनै नमिल्ने गरी गाँसिएका छन्। परमेश्‍वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, ती आफैमा सत्यता हुन्; सत्यता परमेश्‍वरको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको विशुद्ध प्रस्फुटन हो। यसले उहाँसित जे छ, र उहाँ जे हुनुहुन्छ, त्यसलाई ठोस बनाउँछ र यसले उहाँसित जे हुनुहुन्छ र उहाँ जे हुनुहुन्छ, त्यसको प्रष्ट अभिव्यक्ति दिन्छ; परमेश्‍वरले के मन पराउनुहुन्छ अनि के मन पराउनुहुन्न, तैँले के गरेको उहाँ चाहनुहुन्छ, अनि उहाँले तँलाई के गर्न अनुमति दिनुहुन्‍न, कुन मानिसहरूलाई उहाँले तुच्छ ठान्नुहुन्छ, कुन मानिसहरूमा उहाँले आनन्द लिनुहुन्छ त्यसबारे यसले तँलाई अझ प्रत्यक्ष रूपमा बताउँछ। परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरूको पछाडि, मानिसहरूले उहाँको आनन्द, रिस, शोक र खुशीको साथै उहाँको सारलाई देख्न सक्छन्—यो उहाँको स्वभावको प्रकटीकरण हो।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

सत्यता नै सबै सकारात्मक कुराहरूका वास्तविकता हुन्। यो मानिसको जीवन र उसले यात्रा गर्ने दिशा हुनसक्छ; यसले व्यक्तिलाई आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍ने, परमेश्‍वरको आज्ञापालन गर्ने र सृष्टि गरिएको सुयोग्य व्यक्ति बन्‍ने, परमेश्‍वरलाई प्रेम गर्ने र उहाँको निगाह प्राप्त गर्ने व्यक्ति बन्‍ने तुल्याउँछ। यसको मूल्यलाई ध्यानमा राखी हेर्दा, परमेश्‍वरका वचनहरू र सत्यताको बारेमा व्यक्तिसँग कस्तो आचरण र दृष्टिकोण हुनुपर्छ? यो निकै स्पष्ट छ: परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने र उहाँप्रतिको श्रद्धाभावपूर्ण हृदय भएकाहरूका लागि, उहाँका वचनहरू तिनीहरूको जीवन-रक्त नै हुन्। मानिसले परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नुपर्छ, र तिनलाई खानु र पिउनुपर्छ, अनि तिनमा रमाउनुपर्छ, र तिनलाई आफ्‍नो जीवनको रूपमा, उसले हिँड्ने बाटोको दिशाको रूपमा, उसको तत्पर सहायता र प्रावधानको रूपमा स्वीकार गर्नुपर्छ; मानिसले सत्यताका अभिव्यक्तिहरू र मापदण्डहरू अनुसार जिउनुपर्छ, अभ्यास गर्नुपर्छ, र अनुभव गर्नुपर्छ, अनि यसलाई अध्ययन गर्ने, अनुसन्धान गर्ने, अनुमान गर्ने, र शङ्का गर्ने गर्नुको सट्टा, यसले उसलाई गरेका मागहरू, सत्यताले उसलाई प्रदान गरेका हरेक अभिव्यक्तिहरू र मागहरूमा समर्पित हुनुपर्छ। सत्यता नै मानिसको तत्पर सहायता, उसको तत्पर प्रावधान भएको हुनाले, र यो उसको जीवन हुनसक्‍ने भएको हुनाले, मानिसले सत्यतालाई सबैभन्दा बहुमूल्‍य कुराको रूपमा लिनुपर्छ, किनभने उसले जिउनको लागि, उहाँको डर मान्दै र दुष्टतालाई घृणा गर्दै परमेश्‍वरका मापदण्डहरूलाई पूरा गर्नको लागि, र अभ्यासका सिद्धान्तहरूलाई बुझ्दै र परमेश्‍वरप्रति समर्पणता हासिल गर्दै आफ्‍नो दैनिक जीवनमा अभ्यास गर्ने मार्ग प्राप्त गर्नको लागि सत्यतामा भरोसा गर्नुपर्छ। आफ्‍नो भ्रष्ट स्वभावलाई त्याग्‍न, मुक्ति पाएको र योग्य सृष्टि गरिएको प्राणी बन्‍नको लागि मानिसले सत्यतामा नै भरोसा गर्नुपर्छ।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, जानी-जानी सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको अवहेलना गर्छन् (७)”

परमेश्‍वर स्वयम्‌सँग सत्यता छ, र उहाँ सत्यको स्रोत हुनुहुन्छ। हरेक सकारात्मक कुरा र हरेक सत्यता परमेश्‍वरबाट नै आउँदछ। उहाँले सबै थोक र सबै घटनाको सही र गलतको विषयमा न्याय गर्न सक्नुहुन्छ? उहाँले भइसकेका कुराहरूमाथि, अहिले भइरहेका कुराहरूमाथि छ, र मानिसले अझै नजानेको भविष्यका कुराहरूमाथि न्याय गर्न सक्नुहुन्छ। सबै कुराको सही र गलतको बारेमा न्याय गर्न सक्‍ने न्यायकर्ता उहाँ मात्रै हुनुहुन्छ, र यसको अर्थ सबै थोकको सही र गलतलाई उहाँले मात्र न्याय गर्न सक्नुहुन्छ भन्‍ने हुन्छ। उहाँलाई सबै कुराका नियमहरू थाहा छ। यो सत्यको मूर्त रूप हो, जसको अर्थ उहाँ स्वयममा सत्यको सार छ भन्‍ने हुन्छ। यदि मानिसले सत्यतालाई बुझ्यो र सिद्धतालाई प्राप्त गऱ्यो भने, के सत्यताको मूर्त रूपसँग उसको कुनै सरोकार हुन्छ? जब मानिसलाई सिद्ध बनाइन्छ, तब उसले अहिले परमेश्‍वर जे गर्नुहुन्छ र उहाँले जुन कुराहरूको माग गर्नुहुन्छ ती सबैलाई सही प्रकारले बुझ्न सक्दछ, र ऊसँग अभ्यास गर्ने सही तरिका हुन्छ; मानिसले परमेश्‍वरको इच्छा पनि बुझ्दछ र सही र गलत छुट्ट्याउन पनि सक्छ। तापनि केही यस्ता कुराहरू छन् जहाँ मानिस पुग्न सक्दैन, ती कुराहरू परमेश्‍वरले उसलाई बताउनुभएपछि मात्र उसले ती जान्दछ—के मानिसले अज्ञात कुराहरू, परमेश्‍वरले अझसम्म उसलाई नबताउनुभएका कुराहरू जान्न सक्छ? (उसले जान्न सक्दैन।) मानिसले अगमवाणीहरू गर्न सक्दैन। यसबाहेक, यदि मानिसले परमेश्‍वरबाट सत्यता प्राप्त गऱ्यो, र सत्यको वास्तविकता प्राप्त गऱ्यो, र धेरै सत्यताहरूको सार जान्यो भने पनि, र सही र गलत छुट्ट्याउन सक्यो भने पनि, के ऊसित सबै कुरालाई नियन्त्रण र शासन गर्ने क्षमता हुन्छ? (हुँदैन।) भिन्नता त्यही नै हो। सृष्टि गरिएका प्राणीहरूले सत्यको स्रोतबाट सत्य प्राप्त गर्न मात्र सक्छन्। के तिनीहरूले मानिसबाट सत्य प्राप्त गर्न सक्छन्? के मानिसले यो जुटाउन सक्छ? के मानिसले मानिसको निम्ति प्रबन्ध गर्नसक्छ? उसले सक्दैन, र भिन्नता त्यही नै हो। तैँले प्राप्त मात्र गर्न सक्छस्, प्रदान गर्न सक्दैनस्—के तँलाई सत्यको मूर्त रूप भन्न सकिन्छ? सत्यको मूर्त रूपको वास्तविक सार के हो? यो त्यो स्रोत हो जसले सत्यता प्रदान गर्दछ, सबै थोकमाथिको प्रशासन र सार्वभौमिकताको स्रोत, र यो त्यो मापदण्ड र नियमहरू पनि हो जसद्वारा सबै थोकहरू र सबै घटनाहरूको न्याय गरिन्छ। सत्यको मूर्त रूप यही नै हो।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (३)”

परमेश्‍वरका वचनहरू परमेश्‍वरका वचनहरू नै हुन्; परमेश्‍वरका वचनहरू सत्यता हुन्। ती त्यस्ता जग र व्यवस्था हुन् जसद्वारा मानवजातिको अस्तित्व हुनुपर्दछ, र ती तथाकथित सिद्धान्तहरू जुन मानव जातिबाट उत्पन्न हुन्छन्, परमेश्‍वरले तिनको निन्दा गर्नुहुन्छ। तिनले उहाँको स्वीकृति प्राप्त गर्दैनन्, र ती उहाँका वाणीहरूको मूल वा आधार त झनै होइनन्। परमेश्‍वरले आफ्नो स्वभाव र आफ्नो सार आफ्ना वचनहरूद्वारा प्रकट गर्नुहुन्छ। परमेश्‍वरको अभिव्यक्तिद्वारा ल्याइएका सबै वचनहरू सत्य हुन्, किनकि उहाँसँग परमेश्‍वरको सार छ, र उहाँ सबै सकारात्मक थोकहरूको वास्तविकता हुनुहुन्छ। यस किसिमको भ्रष्ट मानव जातिले परमेश्‍वरका वचनहरूलाई जुन स्थानमा राखे पनि वा जसरी तिनलाई परिभाषित गरे पनि, वा तिनलाई जसरी हेरे वा बुझे पनि परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्ने तथ्यलाई कहिल्यै पनि बद्लिँदैन। परमेश्‍वरका वचनहरू जति धेरै बोलिए पनि, र यस भ्रष्ट पापी मानवजातिले तिनलाई जति नै निन्दा र इन्कार गरे पनि, एउटा तथ्य रहिरहन्छ जसलाई परिवर्तन गर्न सकिँदैन: यी परिस्थितिहरूमा समेत, मानव जातिले महत्त्व दिने तथाकथित संस्कृति र परम्पराहरू सकारात्मक थोकहरू बन्न र सत्यता बन्‍न सक्दैनन्। यो अपरिवर्तनीय छ। परिवर्तनहरू र बित्दै जाने समयको कारण मानवजातिको परम्परागत संस्कृति र अस्तित्वको मार्ग सत्य बन्नेछैन, न त मानवजातिको निन्दा वा भुलक्कडपनको कारण परमेश्‍वरका वचनहरू मानिसका वचनहरू नै बन्नेछन्। यो सार कहिल्यै पनि परिवर्तन हुनेछैन; सत्य सधैँ सत्य नै हुन्छ। यहाँ कुन तथ्य छ? मानवजातिले सारांशमा वर्णन गरेका सबै भनाइहरू शैतानबाट उत्पन्न हुन्छन्—ती मानवीय कल्पना र धारणाहरू हुन्, यहाँसम्म कि ती मानिसको तातो रगतबाट उत्पन्न भएका हुन्, र सकारात्मक कुराहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। अर्कोतर्फ, परमेश्‍वरका वचनहरू परमेश्‍वरको अस्तित्व र प्रतिष्ठाका अभिव्यक्ति हुन्। कुन कारणले गर्दा उहाँले यी वचनहरू व्यक्त गर्नुहुन्छ? म किन ती सत्यता हुन् भनी भन्छु? कारण के हो भने परमेश्‍वरले सबै थोकका सबै नियमहरू, सिद्धान्तहरू, जराहरू, अस्तित्वहरू, वास्तविकताहरू, र रहस्यहरूमाथि शासन गर्नुहुन्छ, र ती सबै उहाँकै हातको पकडमा छन्, र परमेश्‍वरले मात्र सबै थोकका सबै सिद्धान्तहरू, वास्तविकताहरू, तथ्यहरू र रहस्यहरू जान्नुहुन्छ; उहाँले तिनीहरूका सुरुआतहरू र तिनीहरूको जरा वास्तवमा के हुन् भनी जान्नुहुन्छ। त्यसकारण, केवल परमेश्‍वरका वचनहरूमा उल्‍लेखित सबै थोकहरूका परिभाषाहरू मात्र सबैभन्दा सही छन्, र परमेश्‍वरका वचनहरू भित्रका मागहरू नै मानवजातिको लागि एक मात्र मापदण्ड हो—एक मात्र मापदण्ड जसद्वारा मानवजाति अस्तित्वमा हुनुपर्छ। तैपनि, मानवजाति जुन नियमहरूद्वारा अस्तित्वमा रहन्छ ती नियमहरू एक हिसाबले परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍ने तथ्यको उल्लङ्घनबाट आउँछन्, र अर्को हिसाबमा सबै थोकका नियमहरूमाथिको परमेश्‍वरको सार्वभौमिकताको तथ्यको उल्लङ्घनबाट आउँछन्। ती नियमहरू मानिसका कल्‍पना र धारणाहरूबाट आउँछन्, र शैतानबाट पनि आउँछन्। शैतानले कस्तो भूमिका खेल्छ त? पहिलो कुरा, शैतानले सत्यताको नक्‍कल गर्छ; दोस्रो, परमेश्‍वरले गर्नुभएको सबै थोकको सृष्टिका सिद्धान्त र नियमहरूलाई यसले नष्ट गर्छ, बाधा दिन्छ, र कुल्चीमिल्ची पार्छ। तसर्थ, शैतानबाट आएका कुराहरू यसको सारसँग सटीक रूपमा मिल्छन्, र शैतानका अभिप्राय, परीक्षा, र छलहरू, साथै शैतानको कहिल्यै अन्त्य नहुने महत्वाकांक्षाले भरिएका हुन्छन्। यी कुराहरूलाई भ्रष्ट मानवजातिले छुट्ट्याउन सके पनि नसके पनि, भ्रष्ट मानवजातिले तिनलाई जतिसुकै हदसम्‍म स्वीकार गरे पनि, र भ्रष्ट मानवजातिले तिनलाई कदर गर्ने, आराधना गर्ने, र प्रचार गर्ने युगको अवधि जतिसुकै लामो भए पनि, र जतिसुकै मानिसहरूले तिनको कदर, आराधना, र प्रचार गरे पनि, ती कहिल्यै पनि सत्यता बन्‍नेछैनन्। ती कहिल्यै पनि सत्यता बन्‍नेछैनन्, र सधैँ नकरात्मक कुराहरूका रूपमा नै रहनेछन्, किनभने तिनको सार, व्युत्पत्ति, र जड शैतान हो, त्यो शैतान जो परमेश्‍वरको शत्रु र सत्यताको शत्रु हो। तिनलाई तुलना गर्नको लागि कुनै सत्यता नहुँदा, तिनीहरूले ती असल छन् र सकरात्मक हुन् भनेर बहाना गर्न सक्छन्, तर जब तिनलाई विश्‍लेषण गर्न र खुलासा गर्नको लागि सत्यताको प्रयोग गरिन्छ, तिनीहरू जोखिमरहित हुँदैनन्। तिनीहरू स्थिर रूपमा खडा हुन सक्दैनन्, र तिनीहरू तुरुन्तै दोषी ठहरिन्छन्, खुलासा हुन्छन्, र पन्छ्याइन्छन्। परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यता परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिको सामान्य मानवताका खाँचोहरूअनुरूप हुन्छन्, तर शैतानले मानिसलाई दिने कुरा ठ्याक्कै नै ती खाँचोहरूको उल्‍लङ्घन हुन्छन्। यसले सामान्य व्यक्तिलाई असामान्य, असंयमी, सङ्कुचित मनको, अहङ्कारी, मूर्ख, दुष्ट, कठोर, क्रूर, र सबैभन्दा मुख्य कुरा, अत्यन्तै घमण्डी तुल्याउँछ। कुनै विन्दुमा, त्यो व्यक्ति मानसिक रूपमा बौलाहा बन्छ, आफू को हुँ भन्‍ने कुरा उसलाई अबउप्रान्त थाहा हुँदैन। तिनीहरू सामान्य मानिसहरू बन्‍न इन्कार गर्छन् तर असामान्य मानव-प्राणीको रूपमा यवहार गर्छन्; तिनीहरू सर्वसाधारण मानिसहरू बन्‍न इन्कार गर्छन् तर उच्‍च मानवप्राणीहरू बन्नमा जोड दिन्छन्—यसरी मानिसहरूको मानवतालाई भ्रष्ट तुल्याइन्छ, र यसरी तिनीहरूको अन्तर्निहित गुणलाई विकृत तुल्याइन्छ। सत्यताले मानिसहरूलाई सामान्य मानवताका सिद्धान्त र नियमहरू, र परमेश्‍वरले तय गर्नुभएका सबै सिद्धान्तहरूअनुसार अझै बढी नैसर्गिक रूपमा जिउने तुल्याउँछ, जबकि शैतानका यी तथाकथित भनाइ र नियमहरूले मानिसहरूलाई तिनीहरूको अन्तर्निहित गुणहरूलाई उल्‍लङ्घन गर्ने र परमेश्‍वरले जारी गर्नुभएका र तय गर्नुभएका नियमहरूबाट उम्कन प्रयास गर्ने, र सामान्य मानवता भएका मानिसहरूले गर्न नहुने र विचार गर्न नहुने असंयमी कुराहरू गर्दै सामान्य मानवताको मार्गलाई समेत त्याग्‍ने तुल्याउँछ।

ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन … को लागि आफ्‍ना कर्तव्य पूरा गर्छन् … (१)”

परमेश्‍वर स्वयमको जीवन नै सत्यता हो; यसले उहाँको स्वभाव, उहाँको सार र उहाँमा भएका सबै थोकको प्रतिनिधित्व गर्दछ। यदि तैँले थोरै अनुभव हुनु नै सत्य धारण गर्नु हो भनी भन्छस् भने, के तैँले परमेश्‍वरको स्वभावको प्रतिनिधित्व गर्न सक्छस्? तँसँग सत्यताको कुनै एक तत्व वा पक्षको बारेमा केही अनुभव वा ज्योति हुनसक्छ, तर तैँले अरूलाई त्यो सधैँभरि दिन सक्दैनस्, त्यसैले तैँले प्राप्त गरेको यो ज्योति सत्यता होइन; यो एक निश्चित बिन्दु मात्र हो, जहाँ मानिसहरू पुग्न सक्छन्। यो व्यक्तिमा हुनुपर्ने उचित अनुभव र सही बुझाइ मात्र हो: सत्यको केही वास्तविक अनुभव र ज्ञान। यो ज्योति, अन्तर्दृष्टि, र अनुभव सम्‍बन्धी बुझाइले कहिल्यै पनि सत्यको स्थान लिन सक्दैन; यदि सबै मानिसहरूले यो सत्यताको पूर्ण अनुभव गरेका थिए भने पनि, र तिनीहरूका सबै अनुभव सम्‍बन्धी बुझाइहरूलाई एकसाथ जम्‍मा गरे पनि त्यसले अझै पनि सत्यताको स्थान लिन सक्नेछैन। विगतमा भनिएजस्तै, “म यसलाई मानव संसारका लागि एउटा सूत्रको रूपमा जोड्छु: मानिसहरूका माझमा, मलाई प्रेम गर्ने कोही पनि छैन।” सत्यताको अभिव्यक्ति यही हो: जीवनको साँचो सार यही हो। यो सबै थोकहरूभन्दा अति नै गम्भीर छ; यो परमेश्‍वर स्वयम्‌को एक अभिव्यक्ति हो। तैँले यसको अनुभव गरिरहन सक्छस्, र यदि तैँले तीन वर्षसम्म यसको अनुभव गरिस् भने तँसँग यसको सतही बुझाइ हुनेछ; यदि तैँले सात वा आठ वर्षसम्म यसको अनुभव गरिस् भने तैँले यसको अझ धेरै बुझाइ प्राप्त गर्नेछस्—तर तैँले प्राप्त गर्ने कुनै पनि बुझाइले कहिल्यै पनि सत्यको एउटा अभिव्यक्तिको स्थान लिन सक्नेछैन। अर्को व्यक्तिले केही वर्षसम्म यसको अनुभव गरिसकेपछि थोरै बुझाइ प्राप्त गर्न सक्दछ, र फेरि दश वर्षसम्म यसको अनुभव गरेपछि थप बढी गहन बुझाइ प्राप्त गर्न सक्छ, त्यसपछि आजीवन यसको अनुभव गरेपछि थप बढी समझ प्राप्त गर्न सक्छ—तर यदि तिमीहरूले दुवैले प्राप्त गरेका बुझाइलाई जोड्यौ भने पनि—तिमीहरू दुवैमा जति धेरै बुझाइ भए पनि, जति धेरै अनुभव भए पनि, जति धेरै अन्तर्दृष्टि भए पनि, जति धेरै प्रकाश भए पनि, जति नै धेरै उदाहरणहरू भए पनि—ती सबैले पनि सत्यको एउटा अभिव्यक्तिको स्थान लिन सक्दैन। मेरो यो भनाइको अर्थ के हो? मेरो भनाइको अर्थ यो हो कि मानिसको जीवन सधैँ मानिसको जीवन नै हुनेछ, र तेरो बुझाइ सत्यता, परमेश्‍वरका अभिप्रायहरू र उहाँका मापदण्डहरूसित जति नै मिले पनि, त्यसले कहिल्यै पनि सत्यको स्थान लिन सक्दैन। मानिसहरूले सत्यता प्राप्त गरेका छन् भन्नुको अर्थ तिनीहरूमा केही वास्तविकता छ, तिनीहरूले सत्यताका केही बुझाइ प्राप्त गरेका छन्, तिनीहरूले परमेश्‍वरको वचनहरूमा केही वास्तविक प्रवेश पाएका छन्, तिनीहरूले आफूमा केही वास्तविक अनुभव प्राप्त गरेका छन् र तिनीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको सही मार्गमा छन् भन्ने हुन्छ। परमेश्‍वरबाटको एउटा अभिव्यक्ति समेत व्यक्तिको सम्पूर्ण जीवनकालको लागि अनुभव गर्न पर्याप्त हुन्छ; यदि मानिसहरूले धेरै वटा जीवनकालमा वा केही हजार वर्षसम्म यसको अनुभव प्राप्त गरे भने पनि तिनीहरूले एउटा सत्यतालाई पूरै र सम्पूर्ण रूपले अनुभव गर्न सक्नेछैनन्। यदि मानिसहरूले केही सतही वचनहरू मात्र बुझेका छन्, र पनि तिनीहरूले सत्यता प्राप्त गरेको दाबी गर्छन् भने, के त्यो हरप्रकारले र पूर्ण रूपले मूर्खता हुनेछैन र?

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्य वास्तवमा के हो भन्ने के तँलाई थाहा छ?”

मेरा वचनहरू कहिल्यै परिवर्तन नहुने सत्यता हो। म मानिसको निम्ति जीवनको आपूर्ति र मानवजातिको निम्ति एक मात्र मार्गदर्शक हुँ। मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले मान्यता दिने वा नदिने र स्वीकार गर्ने वा नगर्ने कुराद्वारा निर्धारण गरिँदैन, तर वचनहरूका सार स्वयम्‌ले नै निर्धारण गर्छन्। यस पृथ्वीमा भएका एक जनाले पनि मेरो वचनहरू ग्रहण गर्न नसके तापनि कुनै पनि मानिसलाई गर्ने ती वचनहरूको सहायता अपार छन्। त्यसकारण, मेरो वचनको विरुद्धमा विद्रोह गर्ने, खण्डन गर्ने, अत्यन्तै तिरस्कार गर्नेहरूको सामना गर्दा मेरो विचार यति मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो साक्षी बनून् र मेरो वचन सत्य, बाटो र जीवन हो भनी देखाऊन्। मैले भनेका कुराहरू सही छन्, त्यही कुराले मानिस सुसज्जित हुनुपर्छ, यसको अलाबा जसलाई मानिसले स्वीकार गर्नुपर्छ भनी तिनीहरूले नै देखाऊन्। मलाई पछ्याउने सबैलाई यो तथ्य जान्न दिनेछु: मेरा वचनहरू पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास नगर्ने मानिसहरू, मेरो वचनमा उद्देश्य नभेट्टाउनेहरू, अनि मेरा वचनहरूका कारण मुक्ति ग्रहण नगर्नेहरू तिनीहरू हुन् जसलाई मेरा वचनहरूद्वारा दोषी ठहराइएका छन्, अनि यसको अलाबा, मेरो मुक्ति गुमाएका छन्, अनि मेरो लहुरो तिनीहरूबाट कहिल्यै हट्नेछैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ

यो समयको आसपास, परमेश्‍वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। अझ, यो परमेश्‍वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्‍वर देहमा फर्किनु हुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यहरूको लाभ पाउन सक्छस्। यो निरर्थक देहले परमेश्‍वरबाट सत्यका सबै वचनहरू मूर्तरूप दिन्छ, आखिरी दिनहरूमा परमेश्‍वरका कामको जिम्मा लिन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्‍वरको स्वभावको सम्पूर्णता व्यक्त गर्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्यहरू बताउनु हुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यहरू पनि बताउनु हुनेछ जुन सत्यहरू तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध हुन सक्छन्, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य तँलाई उहाँ मानिसहरूले विश्‍वास गरे जस्तो साधारण देह होइन भन्ने तँलाई हेर्न दिन पर्याप्त छ। किनकि उहाँले परमेश्‍वरको इच्छा र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरले देखाउनु हुने हेरविचारको उहाँ प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरू सुन्न नसके पनि जसले स्वर्गहरू र पृथ्वी हल्लाएको देखिन्छ, वा बलिरहेका ज्वालाहरू जस्ता उहाँका आँखाहरू हेर्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन अनुभव गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्‍वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्‍वरले मानवजातिको लागि करुणा देखाइरहनु भएको छ; तँ परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्‍वरको व्यग्रता महसुस सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम पृथ्वीका मानिसहरू माझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वर मानिसलाई हेर्न दिनु हो, र परमेश्‍वरलाई बुझ्न, उहाँको आज्ञा पालन गर्न, आदर गर्न र प्रेम गर्न मानिसलाई सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुन त यो दिनमा मानिसले देख्ने परमेश्‍वर मानिस जस्तै हुनुहुन्छ, एउटा नाक र दुई आँखा भएका परमेश्‍वर, र साधारण परमेश्‍वर, अन्त्यमा परमेश्‍वरले तिमीहरूलाई देखाउनु हुनेछ कि यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्ग र पृथ्वीमा भयानक परिवर्तन भएर जाने थियो; यदि यो मानिस अस्तित्वमा थिएन भने, स्वर्गहरू फिका हुने थिए, यो पृथ्वी अस्तव्यस्ततामा जाकिने थियो, र सबै मानवजाति भोकमरी र विपत्तिहरूका माझमा जिउने थिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि तिमीहरूलाई आखिरी दिनहरूमा मुक्ति दिन देहधारी परमेश्‍वर आउनु भएन भने, त्यसबेला परमेश्‍वरले सबै मानवजातिलाई धेरै अघि नै नरकमा विनाश गरिसक्नु भएको हुने थियो; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, तिमीहरू सधैँको लागि महापापीहरू हुने थियौ, र तिमीहरू सदैव लाशहरू हुने थियौ। तिमीहरूले थाहा पाउनुपर्छ कि यदि यो देह अस्तित्वमा रहेको थिएन भने, सबै मानवजातिले एक अपरिहार्य विपत्ति सामना गर्नु पर्ने थियो, र आखिरी दिनहरूमा मानवजातिलाई परमेश्‍वरले दिने त्यो भन्दा कठोर दण्डबाट बच्न उनीहरूलाई असम्भव हुने थियो। यदि यो साधारण देह जन्मिएको थिएन भने, तिमीहरू सबै त्यो स्थितिमा हुने थियौ जहाँ बाँच्न सक्षम नभएर तिमीहरू जीवनको लागि याचना गर्ने थियो र मर्न सक्षम नभएर मृत्युको लागि प्रार्थना गर्ने थियो; यदि यो देह अस्तित्वमा रहेको थिएन भने, त्यसपछि तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुने थिएनौ, तर बरु, तेरो घोर पापहरूका कारणले परमेश्‍वरद्वारा तँ दण्डित हुने थिइस्। के तिमीहरूलाई थाहा थियो कि यदि यो देहमा परमेश्‍वरको पुनरागमनको लागि थिएन भने, कसैलाई पनि मुक्तिमा मौका हुने थिएन; र यदि यो देहको आगमनको लागि थिएन भने, परमेश्‍वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुने थिएन? यो यसो हुने हुनाले, के तिमीहरू परमेश्‍वरको दोस्रो देहधारणलाई अझसम्म इन्कार गर्न सक्षम छौ? यो साधारण मानिसबाट तिमीहरूले यति धेरै फाइदाहरू प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुशीसाथ स्वीकार गरेनौ?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

झूटो ख्रीष्टलाई कसरी पहिचान गर्न सकिन्छ र तिनीहरूको प्रामाणिक चिन्हहरू के-के हुन्

सन्दर्भका लागि बाइबल पदहरू:“अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू।...

चिन्ह र अचम्मका कार्यहरूले मानवजातिलाई मुक्ति दिन सक्छ कि सक्दैन

परमेश्‍वरका प्रासंगिक वचनहरू:हजारौं वर्षको परमेश्‍वरको योजनामा, कामको दुई भागहरू शरीरमा गरिन्छन्: प्रथम क्रूसीकरणको काम, जसको निम्ति उहाँ...

परमेश्‍वरलाई पछ्याउनु भनेको के हो र मानिसलाई पछ्याउनु भनेको के हो

परमेश्‍वरका प्रासंगिक वचनहरू:परमेश्‍वरलाई पछ्याउनुको प्रमुख महत्त्व भनेको सबै कुरा परमेश्‍वरको आजको वचन अनुसार नै हुनुपर्छ भन्‍ने नै हो:...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्