परमेश्वरलाई पछ्याउनु भनेको के हो र मानिसलाई पछ्याउनु भनेको के हो
परमेश्वरका प्रासंगिक वचनहरू:
परमेश्वरलाई पछ्याउनुको प्रमुख महत्त्व भनेको सबै कुरा परमेश्वरको आजको वचन अनुसार नै हुनुपर्छ भन्ने नै हो: चाहे तैँले जीवनमा प्रवेशको खोजी गरिरहेको होस् वा परमेश्वरको इच्छाको पूर्णता नै, सबै कुरा परमेश्वरको आजको वचन वरिपरि नै केन्द्रित हुनुपर्छ। यदि तेरो कुराकानी र खोजी परमेश्वरको आजको वचनहरू वरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्वरको वचनको लागि अपरिचित छस्, र तँमा पवित्र आत्माको कार्यको पूर्ण अभाव छ। परमेश्वरले चाहनुभएको कुरा भनेको उहाँका पाइलाहरूलाई पछ्याउने मानिसहरू नै हुन्। तैँले पहिले बुझेको कुरा जति सुन्दर र शुद्ध भए तापनि, परमेश्वरले यो चाहनुहुन्न, र तैँले यस्ता कुराहरूलाई पन्छ्याउन सक्दैनस् भने, भविष्यमा तेरो प्रवेशमा निकै ठूलो वाधा हुनेछ। पवित्र आत्माको वर्तमान ज्योतिलाई पछ्याउन सक्नेहरू सबै आशिषित छन्। विगतका युगका मानिसहरूले पनि परमेश्वरका पाइलाहरूलाई पछ्याए, तैपनि तिनीहरूले आजको दिनसम्म पछ्याउन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष् यही नै हो। पवित्र आत्माको वर्तमान कार्यलाई पछ्याउन सक्ने, र उहाँले तिनीहरूलाई जता डोर्याउनुभए पनि परमेश्वरलाई नै पछ्याउने गरी परमेश्वरका पाइलाहरूलाई पछ्याउन सक्नेहरू—यिनीहरू परमेश्वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू, परमेश्वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट-भोग जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई स्याबासी दिनुहुनेछैन। आज, परमेश्वरको वर्तमान वचनहरूलाई पछ्याउनेहरू पवित्र आत्माको प्रवाहमा हुन्छन्; परमेश्वरको आजको वचनप्रति अपरिचित हुनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर हुन्छन्, र त्यस्ता मानिसहरूलाई परमेश्वरले स्याबासी दिनुहुन्न।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ
“अन्तिमसम्मै परमेश्वरलाई पछ्याउनेहरूले मुक्ति पाउनेछ” भन्ने वचनहरूमा, “पछ्याउनु” को अर्थ संकष्टको बीचमा दह्रिलो गरी खडा हुनु भन्ने हुन्छ। आज, धेरैले परमेश्वरलाई पछ्याउनु सजिलो छ भन्ने विश्वास गर्छन्, तर जब परमेश्वरको काम समाप्त हुन लागेको हुन्छ, तैँले “पछ्याउनु” को साँचो अर्थलाई जान्नेछस्। तैँले विजय गरिएपछि आज अझै पनि परमेश्वरलाई पछ्याउन सक्छस् भन्दैमा, तँ सिद्ध पारिनेहरूमध्ये एक हुनेछस् भन्ने कुरालाई यसले प्रमाणित गर्दैन। परीक्षाहरूको सामना गर्न नसक्नेहरू, संकष्टको बीचमा विजय बन्न नसक्नेहरू आखिरमा दृढ रूपमा खडा हुन असक्षम हुनेछन्, त्यसकारण परमेश्वरलाई अन्तिमसम्मै पछ्याउन असमर्थ हुनेछन्। परमेश्वरलाई साँचो रूपमा पछ्याउनेहरू आफ्नो कामको जाँचलाई सामना गर्न सक्नेहरू हुन्, जबकि परमेश्वरलाई साँचो रूपमा नपछ्याउनेहरू परमेश्वरको कुनै पनि परीक्षाहरूको सामना गर्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरूलाई निकालिनेछ, तर विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्वरलाई साँचो रूपले खोजी गर्छ कि गर्दैन भन्ने कुरालाई उसको कामको जाँचले, अर्थात्, परमेश्वरका परीक्षाहरूले निर्धारण गर्छ, र मानिस स्वयमले गर्ने निर्णयसँग यसको कुनै सम्बन्ध हुँदैन। परमेश्वरले कुनै पनि व्यक्तिलाई आवेगमा इन्कार गर्नुहुन्न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन सक्छ। मानिसको लागि अदृश्य कुनै पनि कुरा, वा मानिसलाई विश्वस्त तुल्याउन नसक्ने कुनै पनि काम उहाँले गर्नुहुन्न। मानिसको आस्था साँचो हो कि होइन भन्ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र मानिसद्वारा यसको निर्णय हुन सक्दैन।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
के तँलाई परमेश्वरको पछि लाग्नुको अर्थ के हो सो थाहा छ? कुनै दर्शनविना, तँ कुन मार्गमा हिंड्नेछस्? आजको काममा, यदि तँसँग कुनै दर्शन छैन भने तँ पूर्ण बनाइने योग्यको बिलकुलै हुनेछैनस्। तँ कसमाथि विश्वास गर्छस्? तँ उहाँमा किन विश्वास गर्छस्? तँ किन उहाँलाई पछ्याउँछस्? के तँ आफ्नो विश्वासलाई एक प्रकारको खेलको रूपमा हेर्छस्? के तैंले आफ्नो जीवनलाई एक प्रकारको खेलौनाको रूपमा लिँदैछस्? आजका परमेश्वर सबैभन्दा ठूलो दर्शन हुनुहुन्छ। तैंले उहाँलाई कतिसम्म जान्दछस्? तैंले उहाँलाई कतिसम्म देखेको छस्? आजका परमेश्वरलाई देखेपछि के परमेश्वरमाथिको तेरो विश्वासको जग बलियो भएको छ? के तँ जबसम्म यसरी अलमल्ल तरिकाले पछि लाग्छस् तब तैँले मुक्ति पाउनेछस् भन्ने सोच्छस्? के तँ हिलोको पानीमा माछा पक्रन सक्छु भन्ने सोच्छस्? के यो त्यत्ति सजिलो छ? आज परमेश्वरले बोल्नुहुने वचनहरू सम्बन्धी कति वटा धारणाहरूलाई तैंले पर पन्साएको छस्? के तँसँग आजका परमेश्वरको दर्शन छ? आजको परमेश्वरको बारेमा तेरो बुझाइ कहाँ छ? तँ सधैँ उहाँको पछि लागेर वा उहाँलाई हेरेर मात्र पनि उहाँलाई[क] प्राप्त गर्न सक्छस् र कोही पनि तँबाट मुक्त हुन सक्नेछैन भन्ने सोच्छस्। परमेश्वरलाई पछ्याउनु त्यस्तो सजिलो कुरा हो भन्ने नठान्। उहाँलाई तैँले चिन्नैपर्छ, तैँले उहाँको कामलाई जान्नैपर्छ, र उहाँको खातिर कठिनाइ सहन गर्ने, आफ्नो जीवन उहाँको निम्ति बलिदान दिने र उहाँद्वारा सिद्ध पारिने इच्छा तँमा हुनैपर्छ, मुख्य कुरा यही नै हो। तँमा हुनुपर्ने दर्शन यही हो। यदि तेरा सोचहरू अनुग्रहको आनन्द लिने कुरामा मात्र सधैँ झुक्छन् भने त्यसलाई बदल्नुपर्छ। परमेश्वर मानिसहरूको आनन्दको निम्ति मात्र वा तिनीहरूमाथि अनुग्रह प्रदान गर्नको निम्ति मात्र यहाँ हुनुहुन्छ भन्ने नठान्। तँ गलत हुनेछस्! यदि एक व्यक्तिले उहाँलाई पछ्याउनको निम्ति आफ्नो जीवन खतरामा राख्न सक्दैन भने र यदि एक व्यक्तिले पछ्याउनको निम्ति संसारका हरेक सम्पत्ति त्याग्न सक्दैन भने, त्यसले उहाँलाई अन्तिमसम्म पछ्याइरहन निश्चय पनि सक्नेछैन। तेरो जगको रूपमा तँसँग दर्शनहरू हुनुपर्छ। यदि एक दिन तँमाथि दुर्भाग्य आइलाग्यो भने, तैँले के गर्नुपर्छ? के तैँले अझ पनि उहाँलाई पछ्याउन सक्छस्? तैँले अन्तिमसम्म उहाँलाई पछ्याउन सक्षम हुनेछस् कि हुनेछैनस् भनेर हलुका रूपमा कुरा नगर्। अहिले कति बेला भयो भनेर हेर्न तैँले आफ्ना आँखा खोलेको नै राम्रो। तिमीहरू अहिले मन्दिरको स्तम्भहरू जस्तै हुनसक्ने भए तापनि, एउटा यस्तो बेला आउनेछ जुन बेला त्यस्ता सबै स्तम्भहरू कीराहरूले खानेछन्, जसको कारण मन्दिर ढल्नेछ, किनकि वर्तमान समयमा तिमीहरूमा धेरै दर्शनहरूको अभाव छ। तिमीहरूले आफ्ना साना संसारहरूलाई मात्र ध्यान दिन्छौ र खोजको सबैभन्दा भरपर्दो र उचित बाटो के हो सो तिमीहरूलाई थाहा छैन। तिमीहरूले आजको कामको दर्शनलाई ध्यान दिँदैनौ, न त यी कुराहरूलाई आफ्ना हृदयमा नै राख्छौ। एक दिन तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबैभन्दा अपरिचित ठाउँमा राख्नुहुनेछ भन्ने कुरालाई तिमीहरूले ध्यान दिएका छौ? एक दिन मैले तिमीहरूबाट सबै थोक खोसेँ भने तिमीहरूको के हाल हुनेछ के त्यसबारे तिमीहरूले कल्पना गर्न सक्छौ? के तिमीहरूको त्यस दिनको ऊर्जा अहिलेको जस्तै हुनेछ? तिमीहरूको विश्वास पुनः देखा पर्नेछ? परमेश्वरलाई पछ्याउँदा तिमीहरूले यस महान् दर्शनलाई जान्नै पर्छ जो “परमेश्वर” हुनुहुन्छ: यो सबैभन्दा महत्त्वपूर्ण विषय हो।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीहरूले कामलाई बुझ्नै पर्छ—दुबिधामा नपछ्याओ!
जब उनीहरूसँग कुनै समस्या हुँदैन, जब उनीहरूका लागि सबै कुराहरू सहज रूपमा चलिरहेका हुन्छन्, त्यसबेला धेरैजसो मानिसहरूले परमेश्वर शक्तिशाली, धार्मिक र प्रेमिलो हुनुहुन्छ भन्ने महसुस गर्छन्। जब परमेश्वरले उनीहरूको जाँच गर्नुहुन्छ, उनीहरूलाई निराकरण गर्नुहुन्छ, उनीहरूलाई ताडना दिनुहुन्छ र अनुशासन कारबाही गर्नुहुन्छ, जब उहाँले तिनीहरूलाई आफ्नै चासोका कुराहरू पन्साउन, देहलाई त्याग्न र सत्यताको अभ्यास गर्न लगाउनुहुन्छ, जब परमेश्वरले उनीहरूमा काम गर्नुहुन्छ, र उनीहरूका भाग्य र तिनीहरूको जीवनका निम्ति योजनाबद्ध काम गर्नुहुन्छ र शासन गर्नुहुन्छ, तिनीहरू विद्रोही बन्छन् र आफू र परमेश्वरको बीचमा शत्रुता उत्पन्न गर्छन्; तिनीहरूले आफ्नो र परमेश्वरको बीचमा विवाद र खाल्डो सृजना गर्छन्। त्यस्तो बेला उनीहरूलाई आफ्नो हृदयमा परमेश्वर अलिकति पनि प्रेमिलो हुनुहुन्न भन्ने लाग्छ; उहाँ पटक्कै शक्तिशाली हुनुहुन्न, किनकि उहाँले जे गर्नुहुन्छ त्यसले उनीहरूका चाहनाहरू पूरा गर्दैन। परमेश्वरले तिनीहरूलाई दुःखित तुल्याउनुहुन्छ; उहाँले तिनीहरूलाई उदास बनाउनुहुन्छ; उहाँले तिनीहरूमाथि पीडा र कष्ट ल्याउनुहुन्छ; उहाँले तिनीहरूलाई अशान्त महसुस गराउनुहुन्छ। यसैले उनीहरू कुनै पनि हालतमा परमेश्वरको अधीनमा बस्दैनन्, बरु उहाँको विरुद्ध विद्रोह गर्छन् र उहाँबाट टाढा बस्छन्। के त्यसो गरेर उनीहरूले सत्यताको अभ्यास गरिरहेका हुन्छन्? के उनीहरूले परमेश्वरको मार्ग पछ्याइरहेका हुन्छन्? के उनीहरू परमेश्वरलाई पछ्याउँछन्? पछ्याउँदैनन्। यसैले परमेश्वरको कामको बारेमा तेरा धारणाहरू र कल्पनाहरू जति नै धेरै भए पनि, र तैँले पहिले आफ्नै इच्छाअनुसार जसरी व्यवहार गरे पनि र परमेश्वरको विरुद्धमा विद्रोह गरे पनि, यदि तँ साँचो रूपले सत्यताको पछि लाग्छस्, अनि परमेश्वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गर्छस्, परमेश्वरका वचनहरूको काटछाँट र निराकरणलाई स्वीकार गर्छस् भने, यदि उहाँले योजनाबद्ध रूपमा गर्नुहुने सबै कुरामा तँ परमेश्वरको मार्गलाई पछ्याउन सक्छस् भने, परमेश्वरका वचनहरू पालना गर्छस् र उहाँको इच्छाको खोजी गर्छस् भने, उहाँका वचनहरू र उहाँको इच्छाअनुसार अभ्यास गर्छस्, समर्पणताको खोजी गर्न सक्छस्, र तेरा आफ्ना सबै इच्छा, चाहना, विचार, अभिप्रायहरू र परमेश्वरप्रतिको शत्रुतालाई पन्साउन सक्छस् भने—तब मात्र तैँले परमेश्वरलाई पछ्याइरहेको हुन्छस्! तैँले परमेश्वरलाई पछ्याइरहेको छस् भनेर भन्छस्, तर तैँले सबै काम आफ्नै इच्छाअनुसार मात्र गर्छस्। तैँले गर्ने सबै काममा तेरा आफ्नै उद्देश्यहरू, तेरा आफ्नै योजनाहरू हुन्छन्; तैँले यस कुरालाई परमेश्वरको हातमा छोड्दैनस्। त्यसो भए के परमेश्वर अझै पनि तेरा परमेश्वर हुनुहुन्छ? यदि परमेश्वर तेरा परमेश्वर हुनुहुन्न भने, जब तँ परमेश्वरलाई पछ्याउँछु भनेर भन्छस्, तब के ती खोक्रा शब्दहरू मात्र हुँदैनन् र? के त्यस्ता शब्दहरू मानिसहरूलाई मूर्ख बनाउने प्रयास होइनन्? तँ परमेश्वरलाई पछ्याउँछु भनेर भन्छस्, तर तेरा सबै कामहरू र व्यवहारहरू, जीवनप्रतिको तेरो दृष्टिकोण, तेरा मूल्य-मान्यताहरू, र तैँले कामकुराहरूलाई लिने र सम्हाल्ने आचरण र सिद्धान्तहरू सबै शैतानबाट आउँदछ—तैँले यी सबै कुरालाई पूर्ण रूपले शैतानका सिद्धान्तहरू र तर्कअनुसार सम्हाल्छस्। त्यसो भए, के तँ परमेश्वरलाई पछ्याउँछस्?
… परमेश्वरमाथिको विश्वासलाई व्याख्या गर्ने सबैभन्दा सरल तरिका भनेको परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्नु हो, अनि यही जगमा, उहाँलाई पछ्याउनु, उहाँको आज्ञापालन गर्नु, उहाँको प्रभुत्व, योजनाबद्ध कार्यहरू र प्रबन्धहरूलाई स्वीकार गर्नु, उहाँका वचनहरू सुन्नु, उहाँका वचनहरू अनुरूप जिउनु, सबै कुरा उहाँका वचनहरू अनुसार गर्नु, सृष्टि गरिएको एक सच्चा प्राणी बन्नु, र उहाँको भय मान्नु र खराबीबाट अलग बस्नु हो; यो मात्र परमेश्वरमाथिको साँचो विश्वास हो। परमेश्वरलाई पछ्याउनु भनेको यही हो। तँ परमेश्वरलाई पछ्याउँछु भन्छस्, तर तेरो हृदयमा तैँले परमेश्वरका वचनहरूलाई स्वीकार गर्दैनस्, र उहाँको अधीनता, योजनाबद्ध कार्यहरू, र बन्दोबस्तहरूलाई स्वीकार गर्दैनस्। यदि तँसित परमेश्वरले गर्नुहुने कार्यको बारेमा सधैँ धारणाहरू हुन्छन्, र उहाँले गर्नुहुने कार्यलाई तैँले सधैँ गलत रूपमा बुझ्छस् भने, र त्यसको बारेमा गुनासो गर्छस् भने; यदि तँ सधैँ असन्तुष्ट हुन्छस्, र उहाँले गर्नुहुने कार्यलाई सधैँ तेरा आफ्नै धारणाहरू र कल्पनाहरू अनुसार नाप्छस् र विचार गर्छस् भने; यदि तँसित सधैँ तेरा आफ्नै बुझाइहरू हुन्छन् भने—त्यसले समस्या उत्पन्न गर्दछ। तैँले परमेश्वरको कामको अनुभव गरिरहेको हुँदैनस्, र तँसित साँचो रूपले उहाँलाई पछ्याउने मार्ग हुँदैन। यो परमेश्वरमा विश्वास गर्नु होइन।
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “धर्ममाथिको विश्वासले कहिल्यै पनि मुक्तितर्फ डोर्याउँदैन”
कतिपय मानिसहरू सत्यमा आनन्दित हुँदैनन्, न्यायको बारेमा त कुरै छोडौं। त्यसको साटो, तिनीहरूले शक्ति र धनसम्पत्तिमा आनन्द लिन्छन्; यस्ता मानिसहरूलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले संसारमा प्रभाव भएका सम्प्रदायहरूको मात्र खोजतलास गर्दछन्, र तिनीहरूले सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरूलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यको मार्गलाई स्वीकारेका भए पनि, तिनीहरू अर्ध-विश्वास गर्नेहरू मात्र हुन्; तिनीहरूले आफ्नो सम्पूर्ण मन र मस्तिष्क दिन सक्दैनन्, तिनीहरू मुखले परमेश्वरका निम्ति आफू स्वयम्लाई समर्पण गर्ने बारेमा बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका हृदय ख्याति, भाग्य र वैभवमाथि केन्द्रित हुन्छन्। तिनीहरूले त्यस्तो कमजोर व्यक्तिले त्यति धेरै मानिसहरूलाई जित्न सक्छ, त्यति मामूली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्ने कुरामा प्रश्न उठाउँछन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगन्य मानिसहरू परमेश्वरद्वारा चुनिएका मानिसहरू हुन् भन्ने कुरामा शङ्का गर्छन्। यदि यस्ता मानिसहरू परमेश्वरका मुक्तिका पात्रहरू हुन्थे भने, स्वर्ग र पृथ्वी उलटपुलट हुन्थ्यो र सम्पूर्ण मानिसहरू हाँस्नेथिए भन्ने तिनीहरू विश्वास गर्छन्। यदि परमेश्वरले यस्ता नगन्य व्यक्तिहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्वर स्वयम बन्नेथिए भन्ने तिनीहरू विश्वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्वासले दूषित भएका हुन्छन्; विश्वास नगर्ने भन्दा बढी, तिनीहरू बेवकुफ पशुहरू हुन्। किनकि तिनीहरूले दर्जा, मर्यादा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र तिनीहरूले ठूला समूह र सम्प्रदायहरूलाई मात्र मान्यता दिन्छन्। ख्रीष्टले डोर्याउनुभएका मानिसहरूप्रति तिनीहरूसँग अलिकति पनि सम्मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काउने विश्वासघातीहरू मात्र हुन्।
तैंले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैंले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैंले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै यस्तो मनोवृत्तिमा अल्झिरहन्छस्, जसले गर्दा तँलाई ख्रीष्टको कामलाई पत्याउन गाह्रो हुन्छ र तँ यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्वासको कमी छ। तैंले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैंले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिसर्न सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै सम्मानको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ।
कुनै पनि अवस्थामा पनि, म त भन्छु, सत्यलाई मूल्यवान् नठान्नेहरू सबै सत्यका लागि गैर-विश्वासी र विश्वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको स्वीकृति प्राप्त गर्नेछैनन्। के अब तैंले तँभित्र कति धेरै अविश्वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? तसर्थ म तँलाई उत्साह प्रदान गर्छु: तैंले सत्यको मार्गलाई चुनेको हुनाले, तैंले आफूलाई सम्पूर्ण हृदयले समर्पण गर्नुपर्दछ; अस्पष्ट वा हतोत्साहित नबन्। तैंले यो बुझ्नुपर्छ कि परमेश्वर संसारको स्वामित्वमा हुनुहुन्न न त उहाँ कुनै व्यक्तिको स्वामित्वमा नै हुनुहुन्छ, बरु उहाँ त साँचो रूपले उहाँमा विश्वास गर्नेहरू सबै, उहाँको आराधना गर्नेहरू सबै, र उहाँतर्फ समर्पित र विश्वासयोग्य हुनेहरू सबैका हुनुहुन्छ।
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ परमेश्वरको साँचो विश्वासी होस्?
मण्डलीभित्र अगुवा र सेवकहरूको तह जे-जस्तो भए पनि, यदि तिमीहरू तिनीहरूको आराधना गर्छौ र परमेश्वरमा विश्वास गर्न र मुक्ति हासिल गर्नको लागि सबै कुरामा तिनीहरूकै भर पर्छौ भने, यो आवेग आफैमा गलत छ। नेतृत्वमा तिनीहरूको दर्जा जेसुकै भए तापनि, तिनीहरू आम मानिसहरू नै हुन्, र यदि तैँले तिनीहरूलाई आफूभन्दा माथिको व्यक्तिको रूपमा हेर्छस्, यदि तँलाई तिनीहरू तँभन्दा माथि छन्, तिनीहरू तँभन्दा महान् वा अझ योग्य छन्, र तिनीहरूले तँलाई अगुवाइ गर्नुपर्छ, तिनीहरू सबै कुरामा अरूभन्दा निकै नै उच्च छन् भन्ने लाग्छ भने, त्यो गलत हो—त्यो तेरो भ्रम हो। अनि यो भ्रमले पैदा गर्ने परिणामहरू के-के हुन् त? यो भ्रम, यो त्रुटिपूर्ण बुझाइले तँलाई अचेत रूपमा तेरा अगुवाहरूलाई वास्तविकतासँग नमिल्ने मापदण्डहरूअनुसार मापन गर्ने तुल्याउँछ; यसको साथै, तँलाई थाहै नभई, तँ गहन रूपमा तिनीहरूको तथाकथित विशिष्टता र धाकप्रति, वा तिनीहरूको क्षमता र प्रतिभाहरूतर्फ तानिन्छस्, यसरी तँलाई थाहा हुनुअगावै, तैँले तिनीहरूको आराधना गरिरहेको हुन्छस्, र तिनीहरू तेरा ईश्वरहरू बनेका हुन्छन्। तिनीहरू तेरो आदर्श व्यक्ति, तेरो आराधनाको पात्र बन्न सुरु गरेको क्षणदेखि, तँ तिनीहरूको अनुयायीहरूमध्येको एक बनेको क्षणसम्मको मार्ग नै तँलाई अचेत रूपमा परमेश्वरदेखि टाढा लैजाने मार्ग हो। अनि तँ परमेश्वरबाट क्रमिक रूपमा टाढा जाँदै गर्दा, तैँले आफूले अझै पनि परमेश्वरलाई पछ्याइरहेको छस्, तँ परमेश्वरको घरमा छस्, तँ परमेश्वरको उपस्थितिमा छस् भन्ने विश्वास गरिरहेको हुन्छस्। तैपनि, थाहै नपाई, तँलाई शैतानले भ्रष्ट तुल्याएको व्यक्ति, वा ख्रीष्टविरोधीले समेत टाढा लगिसकेको हुनेछ। त्यो मामलाको अत्यन्तै खतरनाक स्थिति हो। यो समस्यालाई समाधान गर्नको लागि, तैँले ख्रीष्टविरोधीहरूका फरक-फरक स्वभाव र तिनीहरूको कार्य-सञ्चालनको तौरतरिकालाई, साथै तिनीहरूको कार्यको प्रकृति र तिनीहरूले प्रयोग गर्न मन पराउने विधि र छलहरूलाई सटीक रूपमा बुझ्न र पत्ता लगाउन सक्नुपर्छ; तैँले आफैलाई सुधार गरेर यो कार्यलाई सुरु गर्नुपर्छ। परमेश्वरमा विश्वास गर्ने तर मानिसको आराधना गर्नु सही मार्ग होइन। कतिपयले यसो भन्न सक्छन्: “ठीकै छ, म जुन अगुवाहरूको आराधना गर्छु, मसँग त्यसका कारणहरू छन्—मैले आराधना गर्नेहरू मेरा धारणा र कल्पनाहरूअनुरूपका छन्।” तैँले परमेश्वरमा विश्वास गरे पनि किन मानिसलाई आराधना गर्ने हठ गर्छस्? आखिरमा, तँलाई मुक्ति दिने को हुनुहुन्छ? कसले तँलाई साँचो रूपमा प्रेम गर्नुहुन्छ र रक्षा गर्नुहुन्छ—के तैँले यो कुरालाई साँच्चै देख्न सक्दैनस्? तँ परमेश्वरलाई पछ्याउँछस् र उहाँको वचन सुन्छस्, र यदि कसैले सही तरिकाले बोल्छ र व्यवहार गर्छ, अनि सत्यता सिद्धान्तहरू अनुरूप हुन्छ भने, के सत्यताको पालना गर्नु नै तेरो लागि पर्याप्त हुँदैन र? तँ किन यति नीच छस्? तँ पछ्याउनको लागि आराधना गर्न कसैको खोजीमा लाग्ने जिद्दी गर्छस्—तँ किन शैतानको दास हुन मन पराउँछस्? बरु किन सत्यताको सेवक नहुने र? व्यक्तिसँग चेतना र गरिमा छ कि छैन सो पत्ता लगाउन यहाँ हेर्। तैँले आफैलाई सुधार गरेर, आफूलाई फरक-फरक मानिसहरू र घटनाहरूका बीचमा भिन्नता छुट्याउने सत्यताहरूद्वारा सुसज्जित गरेर, हरेक प्रकारको घटना र व्यक्तिले आफूलाई प्रकट गर्ने सबै तरिकाहरूका बीचमा भिन्नता छुट्याउने क्षमता विकास गरेर, सबै अवस्थामा के-कस्ता प्रकृति र स्वभाव प्रकट गरिन्छ सो जानेर यो कार्यलाई सुरु गर्नुपर्छ; तैँले तँ कस्तो प्रकारको व्यक्ति होस्, तेरो वरिपरिका मानिसहरू कस्ता प्रकारका हुन्, र तँलाई कस्तो प्रकारका मानिसहरूले अगुवाइ गरिरहेका छन् भन्ने कुरालाई पनि बुझ्नुपर्छ। तैँले तिनलाई सटीक रूपमा बुझ्न पनि सक्नुपर्छ। तँ सत्यताले, यस प्रकारको कदले सुसज्जित भएपछि, तँ ख्रीष्टविरोधीहरूको छलमा सहजै पर्नेछैनस्, न त तँ तिनीहरूको धोकासँग नै डराउनेछस्।
ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले लुकीछिपी काम गर्छन्, व्यक्तिवादी र तानाशाही रूपमा व्यवहार गर्छन्, मानिसहरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र मानिसहरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्”
मण्डलीमा जति नै धेरै मानिसहरूले आफ्ना कर्तव्यहरू निर्वाह गरे पनि, तिनीहरू दुई जना वा दर्जनौं भए पनि, तिनीहरूले पवित्र आत्माको काम गुमाएको क्षण, तिनीहरूले परमेश्वरको कामको अनुभव गरिरहेका हुँदैनन्, र परमेश्वरको कामसँग तिनीहरूको कुनै सम्बन्ध हुँदैन र परमेश्वरको काममा तिनीहरूको कुनै भूमिका हुँदैन। तिनीहरू धार्मिक समूह बनिसकेका हुन्छन्। के यी मानिसहरू ठूलो खतरामा हुँदैनन् र? तिनीहरूले समस्याको सामना गर्दा कहिल्यै पनि सत्यताको खोजी गर्दैनन् र तिनीहरू सत्यता सिद्धान्तअनुसार कार्य गर्दैनन्, बरु तिनीहरू मानवजातिका बन्दोबस्त र चालबाजीमा पर्छन्। अझै धेरै यस्ता पनि छन् जो आफ्ना कर्तव्यहरू निर्वाह गर्दा कहिल्यै पनि प्रार्थना गर्दैनन् वा सत्यता सिद्धान्तहरूको खोजी गर्दैनन्; तिनीहरूले केवल अरूलाई सोध्छन् र अरूले भनेअनुसार काम गर्छन्, अरूले दिएको इसारामा काम गर्छन्। अरूले जता-जता देखाउँछन्, तिनीहरू आफै त्यता-त्यतै जान्छन्। तिनीहरूको विश्वासमा, तिनीहरूलाई सत्यताको खोजी-कार्य अस्पष्ट र कष्टप्रद लाग्छ, जबकि अरूमा भर पर्नु र अरूले जे भन्छन् त्यो गर्नु सजिलो र सबैभन्दा व्यावहारिक लाग्छ, त्यसैले तिनीहरूले हरेक कामकुरामा अरूलाई सोध्दै र अरूले भनेअनुसार गर्दै जुन काम सबैभन्दा सरल र पीडाहीन हुन्छ त्यही गर्छन्। परिणामस्वरूप, धेरै वर्षसम्म विश्वास गरेर पनि, तिनीहरू समस्याको सामना गर्दा एक पटक पनि प्रार्थना गर्न र उहाँको इच्छा र सत्यताको खोजी गर्न, र सत्यताको बुझाइ हासिल गर्न अनि परमेश्वरको इच्छाअनुसार कार्य र व्यवहार गर्न परमेश्वरको अघि आएका हुँदैनन्—तिनीहरूले त्यस्तो अनुभव कहिल्यै गरेका हुँदैनन्। के त्यस्ता मानिसहरूले वास्तवमै परमेश्वरमाथिको विश्वासको अभ्यास गर्छन् त? मलाई अचम्म लाग्छ: किन होला केही मानिसहरू कुनै समूहको हिस्सा बन्नेबित्तिकै, तिनीहरू सहजै स्वरूपको हिसाबमा परमेश्वरमा विश्वास गर्ने व्यक्तिबाट मानिसमा विश्वास गर्ने व्यक्तिमा र परमेश्वरलाई पछ्याउने व्यक्तिबाट मानिसलाई पछ्याउने व्यक्तिमा तुरुन्तै परिणत हुन्छन्? किन तिनीहरू त्यति चाँडै परिवर्तन हुन्छन्? किन तिनीहरू वर्षौंसम्म परमेश्वरमा विश्वास गरेर पनि त्यस प्रकारले व्यवहार गर्छन्? तिनीहरूले यतिका वर्ष परमेश्वरमा विश्वास गरेका छन्, तर अनौठो कुरा, तिनीहरूको हृदयमा परमेश्वरले कहिल्यै पनि कुनै स्थान पाउनुभएको हुँदैन। परमेश्वरसँग तिनीहरूको कहिल्यै पनि कुनै सम्बन्ध स्थापित भएको हुँदैन। तिनीहरूका कार्यहरू, वचनहरू, जीवन, तिनीहरूको चाल-चलन र मामला सम्हाल्ने शैली, र तिनीहरूको कर्तव्य प्रदर्शन र परमेश्वरप्रतिको सेवासमेत—तिनीहरूले गर्ने सबै कामकुराहरू, तिनीहरूले व्यक्त गर्ने सबै कुराहरू, र तिनीहरूको हरेक सोच वा विचारसमेत—यीमध्ये कुनै कुराको पनि परमेश्वरमाथिको विश्वाससँग कुनै सम्बन्ध हुँदैन। त्यसकारण, के यो व्यक्ति साँचो विश्वासीहरूमध्येको एक हो त? के कसैको विश्वासका वर्षहरूको कूल सङ्ख्याले परमेश्वरमाथिको विश्वासमा तिनीहरूको कद कति ठूलो छ भन्ने कुरालाई प्रकट गर्न सक्छ त? के यो परमेश्वरसँग तिनीहरूको सामान्य सम्बन्ध छ भन्ने कुराको प्रमाण हो त? कदापि होइन।
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “निरन्तर परमेश्वरको अघि जिएर मात्र व्यक्तिले मुक्तितर्फको बाटोमा हिँड्न सक्छ”
जति धेरै मानिसहरूले परमेश्वरमा विश्वास गरे पनि, उहाँले तिनीहरूको विश्वासलाई धर्म वा समूहको विश्वास भनी परिभाषित गर्नुभएपछि, उहाँले तिनीहरूलाई मुक्ति दिन सकिँदैन भनी पहिले नै निर्धारण गरिसक्नुभएको हुन्छ। म किन यसो भन्दैछु त? परमेश्वरको काम र मार्गनिर्देशनरहितका र उहाँलाई आराधना गर्दै नगर्ने मानिसहरूको गिरोह वा भीडमा, तिनीहरूले कसलाई आराधना गर्छन् त? तिनीहरूले कसलाई पछ्याउँछन् त? स्वरूप र नाममा, तिनीहरूले कुनै व्यक्तिलाई पछ्याउँछन् तर तिनीहरूले आधारभूत रूपमा कसलाई पछ्याउँछन् त? अन्तस्करणमा तिनीहरूले परमेश्वरलाई स्वीकार गर्छन्, तर वास्तविक रूपमा भने, तिनीहरू मानव चालबाजी, बन्दोबस्तहरू र नियन्त्रणको अधीनमा रहन्छन्। तिनीहरूले शैतान, दियाबलसलाई पछ्याउँछन्; तिनीहरूले परमेश्वरसँग शत्रुवत् रहेका शक्तिहरू र उहाँका शत्रुहरूलाई पछ्याउँछन्। के परमेश्वरले मानिसहरूको यस्तो झुण्डलाई मुक्ति दिन चाहनुहुन्छ? (चाहनुहुन्न।) किन चाहनुहुन्न त? के तिनीहरू पश्चात्ताप गर्न समर्थ हुन्छन् त? (हुँदैनन्।) तिनीहरू पश्चात्ताप गर्न असमर्थ हुन्छन्। तिनीहरूले मानव उद्यम अघि बढाउँदै र तिनीहरूका आफ्नै व्यवस्थापन सञ्चालन गर्दै विश्वासको झण्डा हल्लाउँछन् र तिनीहरू मानवजातिको मुक्ति सम्बन्धी परमेश्वरको व्यवस्थापन योजनाको विपरीत दौडन्छन्। तिनीहरूको अन्तिम परिणाम भनेको परमेश्वरद्वारा घृणित र तिरस्कृत हुनु हो; उहाँले यी मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्न, तिनीहरूले पश्चात्ताप गर्न सक्दैनन्, तिनीहरूलाई शैतानले पहिले नै बन्दी बनाइसकेको छ—तिनीहरू सम्पूर्ण रूपमा शैतानको हातमा छन्। तेरो विश्वासमा, के तैँले कति वर्ष परमेश्वरमा विश्वास गरेको छस् भन्ने तथ्यले उहाँले तँलाई स्याबासी दिनुहुन्छ कि दिनुहुन्न भन्ने कुरामा कुनै अर्थ राख्छ र? के तैँले पालना गर्ने रीतिरिवाज र नियमहरूले कुनै अर्थ राख्छन् र? के परमेश्वरले मानिसहरूको अभ्यासको विधिलाई हेर्नुहुन्छ र? के उहाँले कति जना मानिसहरू छन् भन्ने कुरालाई हेर्नुहुन्छ र? उहाँले मानवजातिको एक भागलाई छनौट गर्नुभएको छ; उहाँले तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदै र तिनीहरूलाई मुक्ति दिनुपर्छ कि दिनुपर्दैन भन्ने कुराको मापन कसरी गर्नुहुन्छ त? यी मानिसहरूले हिँड्ने मार्गहरूको आधारमा उहाँले यो निर्णय गर्नुहुन्छ। अनुग्रहको युगमा, परमेश्वरले मानिसहरूलाई बताउनुभएका सत्यताहरू आजका भन्दा कम संख्यामा र कम विशिष्ट भएका भए तापनि, उहाँले त्यो बेलाका मानिसहरूलाई पनि सिद्ध पार्न सक्नुहुन्थ्यो, र मुक्ति पनि सम्भव नै थियो। त्यसकारण, जहाँसम्म धेरै सत्यताहरू सुनेका र परमेश्वरका इच्छाहरू बुझेका यस युगका मानिसहरूको कुरा छ, यदि तिनीहरू उहाँको मार्ग पछ्याउन असमर्थ छन् र उनीहरूले मुक्तिको बाटो हिँड्न सक्दैनन् भने, तिनीहरूको अन्तिम परिणाम के हुनेछ त? तिनीहरूको अन्तिम परिणाम इसाई धर्म र यहूदी धर्ममा विश्वास गर्नेहरूको जस्तै हुनेछ; त्यसमा कुनै पनि भिन्नता हुनेछैन। यो परमेश्वरको धर्मी स्वभाव हो! तैँले जति नै धेरै उपदेशहरू सुनेको भए पनि वा तैँले जति नै धेरै सत्यता बुझेको भए पनि, यदि आखिर तैँले मानिसहरू र शैतानलाई पछ्याउँछस् भने, र अन्ततः तँ परमेश्वरको मार्ग पछ्याउन असमर्थ हुन्छस् र तँ परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्दैनस् भने, त्यस्ता मानिसहरूलाई परमेश्वरले घृणा र तिरस्कार गर्नुहुनेछ। बाह्य स्वरूप सबैलाई हेर्दा, परमेश्वरद्वारा घृणा र तिरस्कार गरिएका यस्ता मानिसहरूले अक्षरहरू र धर्मसिद्धान्तहरूको बारेमा धेरै कुरा बताउन सक्छन्, र तिनीहरूले धेरै सत्यता बुझेका पनि हुन सक्छन्, तैपनि तिनीहरू परमेश्वरको आराधना गर्न असमर्थ हुन्छन्; तिनीहरू परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्दैनन्, र तिनीहरू उहाँप्रति पूर्ण रूपमा समर्पित हुन असमर्थ हुन्छन्। परमेश्वरको नजरमा, उहाँले तिनीहरूलाई धर्मको हिस्साको रूपमा, मानिसहरूको समूहको रूपमा—मानिसहरूको गिरोहको रूपमा—र शैतानको वास बस्ने ठाउँको रूपमा परिभाषित गर्नुहुन्छ। तिनीहरू सबैलाई सामूहिक रूपमा शैतानको गिरोह भनिन्छ, र यी मानिसहरूलाई परमेश्वरले सम्पूर्ण रूपमा घृणा गर्नुहुन्छ।
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “निरन्तर परमेश्वरको अघि जिएर मात्र व्यक्तिले मुक्तितर्फको बाटोमा हिँड्न सक्छ”
परमेश्वरलाई पछ्याउँछौं भनी दाबी गर्नेहरूले आफ्ना आँखाहरू खोल्नु र उनीहरूले वास्तवमा कसमाथि विश्वास गर्छन् भनी राम्ररी हेर्नु राम्रो हुन्छ: तैंले विश्वास गरेको साँच्चै परमेश्वर हुनुहुन्छ कि शैतान हो? यदि तैंले विश्वास गरेको व्यक्ति परमेश्वर हुनुहुन्न, तर तेरा आफ्नै मूर्तिहरू हो भनी जान्दछस् भने तैंले आफैलाई एक विश्वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। यदि तैंले कसमाथि विश्वास गर्छस् भनी साँच्चै जान्दैनस् भने, फेरि तैंले आफैलाई एक विश्वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। त्यसो भन्नु ईश्वरनिन्दा हुनेछ! कसैले पनि तँलाई परमेश्वरमा विश्वास गर्नु बाध्य पार्दैन। तिमीहरू ममा विश्वास गर्छु भनेर नभन; मसँग यस्तै कुराकानी धेरै भएको छ, र म त्यो फेरि सुन्न चाहन्नँ, किनकि जुन कुरामा तिमीहरू विश्वास गर्छौ ती तिमीहरूका हृदयभित्रका र तिमीहरूका स्थानीय बदमासहरूका मूर्तिहरू हुन्। सत्य सुन्दा जो आफ्ना टाउको हल्लाउँछन्, जो मृत्युको कुरा सुन्दा हाँस्छन् तिनीहरू सबै शैतानका अन्डाहरू हुन्, तिनीहरू ती मानिसहरू हुन् जसलाई हटाइनेछ। मण्डलीका धेरै मानिसमा कुनै विवेक छैन। जब कुनै भ्रामक कुरा आउँछ, तिनीहरू अप्रत्याशित रूपमा शैतानको पक्षमा खडा हुन्छन्; शैतानको नोकर हो भनी भन्दा तिनीहरू रिसाउने समेत गर्छन्। मानिसहरूले आफूसँग कुनै विवेक छैन भने पनि तिनीहरू सधैँ सत्यता विनाको पक्षमा खडा हुन्छन्, तिनीहरू कठिन समयमा सत्यको पक्षमा कहिल्यै खडा हुँदैनन्, तिनीहरू कहिल्यै पनि खडा भएर सत्यको निम्ति तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै विवेकको कमी छ? तिनीहरू किन अप्रत्याशित रूपमा शैतानको पक्ष लिन्छन्? किन तिनीहरू सत्यको समर्थनमा निष्पक्ष र उचित एउटै शब्द पनि कहिल्यै बोल्दैनन्? के यो स्थिति वास्तविक रूपमा उनीहरूको क्षणिक भ्रमको कारण उत्पन्न भएको हो? मानिसहरूमा चेतनाको जति कमी हुन्छ तिनीहरू सत्यको पक्षमा खडा हुन त्यत्ति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले चेतना नहुने मानिसहरूले खराबीलाई प्रेम गर्छन् भन्ने देखाउँछ? के यसले तिनीहरू शैतानको बफादार अन्डा हुन् भन्ने देखाउँदैन र? किन तिनीहरू सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूका कुरा र काम, तिनीहरूको अनुहारका भावहरू नै तिनीहरू कुनै पनि प्रकारले सत्यलाई प्रेम गर्नेहरू होइनन् भनेर प्रमाणित गर्न पर्याप्त हुन्छ; बरु तिनीहरू सत्यलाई घृणा गर्नेहरू हुन्। तिनीहरू शैतानको पक्षमा खडा हुन सक्नुले नै शैतानले यी स-साना भूतहरूलाई साँच्चै प्रेम गर्छ भन्ने पर्याप्त प्रमाण हो, जसले आफ्नो सारा जीवन शैतानका निम्ति लडाइँ गर्दै बिताउँछन्। के यी सबै तथ्यहरू पर्याप्त रूपमा स्पष्ट छैनन्? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने तैंले सत्यको अभ्यास गर्नेहरूलाई किन सम्मान गर्दैनस्, र तँ सत्यता प्रयोग नगर्नेहरूलाई एकै झलक पनि नहेरी किन तुरुन्तै तिनीहरूका पछि लाग्छस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग विवेक छ कि छैन त्यसको मलाई कुनै मतलब छैन। तैंले कति ठूलो मूल्य तिरेको छस् त्यसको मलाई कुनै मतलब छैन। तेरा बल जति नै ठूलो भए पनि मलाई कुनै मतलब छैन, तँ स्थानीय बदमास वा झन्डा बोक्ने अगुवा जो भए पनि मलाई कुनै मतलब छैन। यदि तेरा शक्तिहरू महान् छन् भने पनि त्यो शैतानको सामर्थ्यको सहायताले मात्र हो। यदि तेरो इज्जत ठूलो छ भने पनि त्यो केवल तेरो वरिपरि सत्यको अभ्यास नगर्नेहरू धेरै भएकोले गर्दा मात्र हो। यदि तँ निष्कासन गरिएको छैनस् भने त्यो यसकारण हो कि अहिले निष्कासन गर्ने समय भएको छैन; बरु, यो हटाउने काम गर्ने समय हो। अहिले तँलाई निष्कासन गर्ने कुनै हतार छैन। म केवल त्यस दिन पर्खिरहेको छु जब तँलाई हटाएपछि तँलाई दण्ड दिनेछु। जसले सत्यको अभ्यास गर्दैन त्यसलाई हटाइनेछ!
वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
फूटनोट:
क. मूल पाठमा “उहाँलाई” भन्ने शब्द समावेश छैन।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।