व्यक्ति कसरी सामान्य आत्मिक जीवनमा प्रवेश गर्न सक्छ

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

एक सामान्य आत्मिक जीवन जिउन, व्यक्तिले हरेक दिन नयाँ ज्योति प्राप्त गर्न र परमेश्‍वरका वचनहरूको साँचो बुझाइको खोजी गर्न सक्‍नुपर्छ। व्यक्तिले सत्यतालाई स्पष्ट रूपमा देख्‍नुपर्छ, सबै मामिलामा अभ्यासको बाटो खोज्नुपर्छ, हरेक दिन परमेश्‍वरका वचनहरू पढेर नयाँ प्रश्‍नहरू पत्ता लगाउनुपर्छ, र आफ्नै अपर्याप्तताहरूलाई बुझ्नुपर्छ, ताकि ऊसँग तृष्णा गर्ने र खोजी गर्ने हृदय होस् जसले उसको सम्पूर्ण अस्तित्वलाई अगुवाइ गर्छ, र ताकि पछि छोडिने डरले व्यक्ति परमेश्‍वरको सामु सधैँ शान्त हुन सकोस्। निरन्तर प्रवेश प्राप्त गर्न इच्छुक अनि तृषित र खोजी गर्ने हृदय भएको व्यक्ति आत्मिक जीवनको सही मार्गमा हुन्छ। जो पवित्र आत्माद्वारा प्रेरित छन्, जसले अझ राम्रो गर्न चाहन्छन्, जो परमेश्‍वरद्वारा सिद्ध हुन खोजी गर्छन्, जो परमेश्‍वरका वचनहरूको गहिरो बुझाइको तृष्णा गर्छन्, जो अलौकिकको पछि लाग्दैनन्, बरु वास्तविक मूल्य तिर्छन्, जसले वास्तवमा परमेश्‍वरको इच्छाको वास्ता गर्छन्, जसले वास्तवमै प्रवेश प्राप्त गर्दछन्, जसले गर्दा उनीहरूका अनुभवहरू अझ सच्‍चा र वास्तविक हुन्छन्, जसले रित्तो शब्द र सिध्दान्तहरूको खोजी गर्दैनन् वा अलौकिकता महसुस गर्न खोज्दैनन्, जसले कुनै महान व्यक्तित्वको पूजा गर्दैनन्—सामान्य आत्मिक जीवनमा प्रवेश गरेकाहरू यिनीहरू नै हुन्। उनीहरूले गर्ने सबै कुरा जीवनमा थप वृद्धि प्राप्त गर्न र आत्मामा आफैलाई ताजा र जीवन्त तुल्याउनको लागि हो, र तिनीहरूले सधैँ सक्रिय रूपमा प्रवेश प्राप्त गर्न सक्छन्। महसुसै नगरी तिनीहरूले सत्यलाई बुझ्छन् र वास्तविकतामा प्रवेश गर्छन्। सामान्य आत्मिक जीवन भएका मानिसहरूले हरेक दिन आत्माको मुक्ति र स्वतन्त्रता पाउँछन् र तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने गरी उहाँका वचनहरू स्वतन्त्र रूपमा अभ्यास गर्न सक्छन्। यी मानिसहरूका लागि, प्रार्थना गर्नु कुनै औपचारिकता वा प्रक्रिया होइन; प्रत्येक दिन, तिनीहरूले नयाँ प्रकाशलाई पछ्याउन सक्छन्। उदाहरणको लागि, मानिसहरूले परमेश्‍वरसामु आफ्नो हृदय शान्त गराउन आफैलाई तालिम दिन्छन्, र उनीहरूको हृदय परमेश्‍वरसामु साँच्चै नै शान्त हुन सक्छ, र तिनीहरूलाई कसैले पनि वाधा दिन सक्दैन। कुनै व्यक्ति, घटना, वा चीजले उनीहरूको सामान्य आत्मिक जीवनलाई बाधा दिन सक्दैन। यस्तो तालिम परिणाम उत्पन्न गर्ने उद्देश्यले गरिएको हुन्छ; यो मानिसहरूलाई नियम पालन गर्न लगाउनको लागि होइन। यो अभ्यास नियम-पालनसँग सम्‍बन्धित छैन, बरु यो त मानिसहरूको जीवनमा वृद्धि ल्याउने कार्यसँग सम्‍बन्धित छ। यदि तैँले यो अभ्यासलाई पालना गर्नुपर्ने नियमहरूको रूपमा मात्र देख्छस् भने, तेरो जीवन कहिल्यै परिवर्तन हुनेछैन। तँ अरूको जस्तै अभ्यासमा संलग्न हुन सक्छस्, तर जब तिनीहरूले अन्ततः पवित्र आत्माको कामको गतिलाई पछ्याउन सक्‍ने हुन्छन्, तब तँलाई पवित्र आत्माको प्रवाहबाट हटाइन्छ। के तैँले आफैलाई धोका दिइरहेको छैनस् र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सामान्य आत्मिक जीवनको सम्‍बन्धमा

पवित्र आत्माको आजका वचनहरू पवित्र आत्माका कार्यका गतिशीलताहरू हुन्, र यो अवधिमा पवित्र आत्माले मानिसलाई निरन्तर अन्तर्दृष्टि दिनु नै पवित्र आत्माको कामको प्रवृत्ति हो। र आज पवित्र आत्माको कामको प्रवृत्ति के हो? यो परमेश्‍वरको आजको काममा, र सामान्य आत्मिक जीवनमा मानिसहरूको नेतृत्व गर्नु हो। सामान्य आत्मिक जीवनमा गरिने प्रवेशका धेरै चरणहरू छन्:

१. पहिलो, तैँले आफ्‍नो हृदयलाई परमेश्‍वरको वचनमा खन्याउनैपर्छ। तैँले विगतको परमेश्‍वरको वचनलाई पछ्याउनुहुँदैन, र तिनलाई अध्ययन गर्नुहुँदैन, न त तिनलाई आजको वचनहरूसँग नै तुलना गर्नुहुन्छ। बरु, तैँले आफ्‍नो हृदयलाई पूर्ण रूपमा परमेश्‍वरको वर्तमान वचनमा लगाउनुपर्छ। यदि अझै पनि विगतका परमेश्‍वरको वचन, आत्मिक पुस्तकहरू, वा अरू प्रचारका विवरणहरूलाई पढ्न चाहने, र आजको पवित्र आत्माको वचनलाई नपछ्याउने मानिसहरू छन् भने, तिनीहरू सबैभन्दा मूर्ख मानिसहरू हुन्; परमेश्‍वरले त्यस्ता मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। यदि तँ आजको पवित्र आत्माको ज्योतिलाई स्वीकार गर्न इच्‍छुक छस् भने, परमेश्‍वरको आजका वाणीहरूमा आफ्‍नो हृदयलाई पूर्ण रूपमा खन्याऊ। तैँले हासिल गर्नुपर्ने पहिलो कुरा यही नै हो।

२. तैँले आजको परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको जगमा प्रार्थना गर्नैपर्छ, तँ परमेश्‍वरका वचनहरूमा प्रवेश गरेर परमेश्‍वरसँग कुराकानी गर्नैपर्छ, र तैँले पछ्याउन चाहने उपलब्धिको लागि मापदण्डहरू स्थापित गर्दै परमेश्‍वरको अघि तैँले आफ्‍ना संकल्पहरू गर्नैपर्छ।

३. तैँले पवित्र आत्‍माको आजको कामको जगमा सत्यताको गहन प्रवेशको खोजी गर्नुपर्छ। विगतका म्याद सकिएका वाणीहरू र सिद्धान्तहरूलाई पक्री नराख्।

४. तैँले पवित्र आत्‍माद्वारा छोइने र परमेश्‍वरका वचनहरूमा प्रवेश गर्ने प्रयास गर्नुपर्छ।

५. तँ आज पवित्र आत्‍माले हिँड्नुभएको मार्गमा प्रवेश गर्न लागि पर्नुपर्छ।

अनि तँ कसरी पवित्र आत्‍माद्वारा छोइनलाई खोजी गर्छस्? महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वर्तमान वचनहरूमा जिउनु, र परमेश्‍वरका मापदण्डहरूको जगमा रही प्रार्थना गर्नु हो। यसरी प्रार्थना गरिसकेपछि, पवित्र आत्‍माले तँलाई अवश्य नै छुनुहुन्छ। यदि तँ आज परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको जगमा रही खोजी गर्दैनस् भने, यो व्यर्थ हुन्छ। तैँले यसो भन्दै प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर! म तपाईंको विरोध गर्छु, र म तपाईंको धेरै ऋणी छु; म धेरै अनाज्ञाकारी छु, र म कहिल्यै पनि तपाईंलाई सन्तुष्ट तुल्याउन सक्दिनँ। हे परमेश्‍वर, तपाईंले मलाई मुक्ति दिनुभएको होस् भन्‍ने मेरो कामना छ, म तपाईंलाई अन्त्यसम्‍मै सेवा दिन चाहन्छु, म तपाईंकोनिम्ति मर्न चाहन्छु। तपाईंले मलाई न्याय गर्नुहोस् र मलाई सजाय दिनुहोस्, अनि मसँग कुनै गुनासो छैन; म तपाईंको विरोध गर्छु र म मर्न योग्य छु, ताकि मेरो मृत्युमा सबै मानिसहरूले तपाईंको धर्मी स्वभावलाई देख्‍न सकून्।” जब तँ हृदयबाटै यसरी प्रार्थना गर्छस्, परमेश्‍वरले तँलाई सुन्‍नुहुनेछ र तँलाई अगुवाइ गर्नुहुनेछ; यदि तँ पवित्र आत्माको आजका वचनहरूको जगमा रही प्रार्थना गर्दैनस् भने, पवित्र आत्माले तँलाई छुनुहुन्छ भन्‍ने कुराको कुनै सम्‍भावना हुँदैन। यदि तँ परमेश्‍वरको इच्‍छा अनुसार, र आज परमेश्‍वरले जे गर्न चाहनुहुन्छ त्यो अनुसार प्रार्थना गर्छस् भने, तैँले यसो भन्‍नेछस्: “हे परमेश्‍वर! म तपाईंका आज्ञाहरूलाई स्वीकार गर्न र तपाईंका आज्ञाहरूप्रति विश्‍वासयोग्य हुन चाहन्छु, अनि म मेरो सम्पूर्ण जीवन नै तपाईंकै महिमामा अर्पण गर्न इच्‍छुक छु, ताकि मैले गर्ने सबै कुरा परमेश्‍वरका मानिसहरूका मापदण्डहरूसम्‍म पुग्‍न सकून्। मेरो हृदय तपाईंद्वारा छोइएको होस्। तपाईंको आत्माले मलाई सधैँ अन्तर्दृष्टि दिनुभएको होस्, मैले गर्ने सबै कुराले शैतानलाई शर्ममा पारोस्, आखिरमा मलाई तपाईंले प्राप्त गर्नुभएको होस् भन्‍ने मेरो कामना छ।” यदि तँ यसरी, परमेश्‍वरको इच्‍छावरिपरि केन्द्रित भई प्रार्थना गर्छस् भने, पवित्र आत्माले अपरिहार्य रूपमै तँमा काम गर्नुहुनेछ। तेरो प्रार्थनाका शब्‍दहरू कति धेरै छन् त्यसले केही फरक पार्दैन—तैँले परमेश्‍वरको इच्‍छालाई बुझ्छस् कि बुझ्दैनस्, मुख्य कुरा त्यही हो। तिमीहरू सबैले सायद निम्‍न अनुभव प्राप्त गरेका छौ: भेलामा प्रार्थना गरिरहेको बेला कहिलेकहीँ पवित्र आत्‍माको कार्यका गतिशीलताहरू तिनको चरम अवस्थामा पुग्छन् र त्यसले सबैको सामर्थ्यलाई माथि उठाउँछ। कतिपय मानिसहरू प्रार्थना गर्दा-गर्दै परमेश्‍वरको अघि पछुतोले भरिएर नराम्ररी रुन्छन् अनि रोएर बरर आँसु झार्छन्, र कतिपय मानिसहरू तिनीहरूका सङ्कल्प देखाउछन् र भाकल गर्छन्। पवित्र आत्माको कामले हासिल गर्नुपर्ने प्रभाव त्यस्तै हो। आज, सबै मानिसहरूले परमेश्‍वरको वचनमा आफ्‍नो हृदय पूर्ण रूपमा खन्याउनुमहत्त्वपूर्ण छ। पहिले बोलिएका वचनहरूमा ध्यान नदे; पहिले जे आएको थियो त्यसलाई नै तँ अझै पक्रिरहन्छस् भने, पवित्र आत्‍माले तँभित्र काम गर्नुहुनेछैन। के तँ यो कति महत्त्वपूर्ण छ भन्‍ने देख्छस्?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने तरीका भनेको उनीहरूका हृदयले परमेश्‍वरको आत्मा छोएर र त्यसबाट उहाँको सन्तुष्टि प्राप्त गरेर र उनीहरूको हृदयको प्रयोग गरेर परमेश्‍वरका वचनसँग सन्निकट रहनु र त्यसकारणले परमेश्‍वरका आत्माद्वारा प्रेरित हुनु हो। यदि तँ सामान्य आत्मिक जीवन प्राप्त गर्न चाहन्छस् र परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न चाहन्छस् भने तैँले सबैभन्दा पहिले आफ्‍नो हृदय उहाँलाई अर्पित गर्नुपर्छ। उहाँको सामुन्ने तैँले आफ्नो हृदय शान्त बनाएपछि मात्र र तेरो पूरा हृदय उहाँमा अर्पित गरेपछि मात्र तँ स्वाभाविक आत्मिक जीवन विकसित गर्न क्रमशः सक्षम हुनेछस्। यदि परमेश्‍वरमा मानिसहरूको विश्‍वासमा उनीहरूले आफ्नो हृदय उहाँमा अर्पित गर्दैनन् र यदि उनीहरूको हृदय उहाँमा छैन भने र उहाँको अभिभारालाई उनीहरूले आफ्नै अभिभाराको रूपमा लिँदैनन् भने, उनीहरूले गर्ने सबै कुरा परमेश्‍वरलाई बेइमान गर्ने काम, धार्मिक मानिसहरूको नमूनाको काम हो र उनीहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न सक्दैनन्। यस प्रकारको व्यक्तिबाट परमेश्‍वरले केही पनि प्राप्त गर्न सक्नुहुन्न। यस प्रकारका व्यक्तिले परमेश्‍वरको घरमा अनावश्यक र प्रयोगहीन सजावट जस्तै, परमेश्‍वरको काममा प्रतिभारको रूपमा मात्र काम गर्न सक्छ। परमेश्‍वरले यस प्रकारको व्यक्तिलाई कुनै कामको लागि पनि प्रयोग गर्नुहुन्न। यस प्रकारको व्यक्तिमा पवित्र आत्माको कामको लागि कुनै अवसर नहुने मात्र होइन, ऊ पूर्णता हुनुमा समेत कुनै मूल्य हुँदैन। यस प्रकारका व्यक्ति, सच्चाइमा जिउँदो लास हो। यस्ता मानिसहरूमा पवित्र आत्माले प्रयोग गर्न सक्ने केही कुरा पनि हुँदैन, तर यसको विपरीत, उनीहरू सबै शैतानद्वारा हडपिएका र पूरै भ्रष्ट बनेका छन्। परमेश्‍वरले यी मानिसहरूलाई निष्कासन गर्नुहुनेछ। हाल, मानिसहरूको प्रयोग गर्दा पवित्र आत्माले उनीहरूका ती भागहरू, जुन काम पूरा गर्नको लागि वाञ्छनीय हुन्छन्, तिनीहरू प्रयोग मात्र गर्नुहुन्न, उहाँले उनीहरूका अवाञ्छनीय भागहरूलाई सिद्ध बनाउने र परिवर्तन गर्ने पनि गर्नुहुन्छ। यदि तेरो हृदय परमेश्‍वरमा अर्पित गर्न सकिस् र उहाँको सामुन्ने शान्त रहन सकिस् भने, पवित्र आत्माद्वारा प्रयोग हुने, पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश प्राप्त गर्ने, अवसर र योग्यता पाउनेछस् र अझ बढी, पवित्र आत्माको लागि तेरा कमजोरीहरूलाई राम्रो बनाउने अवसर तैँले पाउनेछस्। जब परमेश्‍वरलाई तँ आफ्‍नो हृदय अर्पित गर्छस्, सकारात्मक पक्षमा, तैँले अझ गहन प्रवेश गर्न पाउनेछस् र अन्तर्दृष्टिको उच्च तह प्राप्त गर्न सक्नेछस्। नकारात्मक पक्षमा, तँलाई तेरा आफ्नै गल्तीहरू र कमजोरीहरूको बढी जानकारी हुनेछ, परमेश्‍वरको इच्छा पूरा गर्ने खोजीमा तँ बढी उत्सुक हुनेछस् र तँ निष्क्रिय हुनेछैनस् बरु सक्रिय रूपमा प्रवेश गर्नेछस्। तसर्थ, तँ सही व्यक्ति बन्नेछस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

परमेश्‍वरका वचनहरूमा प्रवेश गर्नका लागि तेरो हृदयलाई उहाँको उपस्थितिमा शान्त गर्नुभन्दा अर्को महत्त्वपूर्ण कदम छैन। यो वर्तमानमा सबै मानिसहरू तत्कालै प्रवेश गर्नु पर्ने वा सिक्‍नु पर्ने आवश्यक पाठ हो। परमेश्‍वरको अघि तेरो हृदयलाई शान्त पार्ने कुरामा प्रवेश गर्ने मार्गहरू निम्न रहेका छन्:

१. बाहिरी कुराबाट आफ्नो हृदयलाई मुक्त गर्। परमेश्‍वरको अघि शान्त बन्, र परमेश्‍वरसँग प्रार्थना गर्दा तेरो अविभाज्य ध्यान दे।

२. परमेश्‍वरको अगाडि तेरो हृदय शान्त राखेर, परमेश्‍वरका वचनहरू खा, पिई र आनन्द उठा।

३. परमेश्‍वरको प्रेमको बारेमा ध्यान र चिन्तन गर् र परमेश्‍वरको कार्यको बारेमा हृदयमा मनन गर्।

सर्वप्रथम, प्रार्थनाको पक्षबाट सुरु गर्। अविभाज्य ध्यानसहित र निश्चित समयमा प्रार्थना गर्। तँसँग समय जतिसुकै कम भए पनि, तँ काममा जतिसुकै व्यस्त भए पनि, वा तँमाथि जेसुकै आइपरे पनि, हरेक दिन सामान्य रूपमा नै प्रार्थना गर्, र सामान्य रूपमा नै परमेश्‍वरका वचन खा र पिई। परमेश्‍वरका वचनहरू तैँले खाँदा र पिउँदासम्‍म, तेरो परिवेश जेसुकै भए पनि, तैँले तेरो आत्मामा ठूलो आनन्द पाउनेछस्, र तँ तेरो वरिपरिका मानिस, घटना, वा काम-कुराहरूले तँ विचलित हुनेछैनस्। जब तँ परमेश्‍वरलाई आफ्नो हृदयमा सामान्य तरिकाले चिन्तन गर्छस्, बाहिर भइरहेको कुराले तँलाई बाधा दिनेछैन। कद हुनुको अर्थ यही हो। प्रार्थनाबाट सुरु गर्: परमेश्‍वरको अगाडि शान्त भएर प्रार्थना गर्नु नै सबैभन्दा फलदायी हुन्छ। त्यसपछि, परमेश्‍वरका वचनहरू खा र पिई, परमेश्‍वरका वचनहरू मनन गर्दै त्यसमा प्रकाश खोज्, अभ्यासको मार्ग खोज्, परमेश्‍वरले आफ्‍ना वचनहरू बोल्‍नुको उद्देश्य खोज्, र दायाँबायाँ नलागी तिनलाई बुझ्। सामान्यतया, बाहिरी कुराहरूबाट विचलित नभई परमेश्‍वरलाई तेरो हृदयको नजिक ल्याउन, परमेश्‍वरको प्रेमको चिन्तन गर्न र परमेश्‍वरका वचनहरूको बारेमा विचार गर्न सक्‍नु तेरो लागि सामान्य हुनुपर्दछ। जब तेरो हृदयले निश्चित मात्रामा शान्ति हासिल गरेको हुन्छ, तेरो परिवेश जस्तोसुकै भए पनि, अन्ततः तेरो हृदय प्रशंसाले नभरिञ्‍जेलसम्म, तँ शान्त भएर ध्यान लगाउन सक्छस् र, आफूभित्र, परमेश्‍वरको प्रेमको चिन्तन गर्न र साँचो रूपमा उहाँको नजिक जान सक्छस्, र यो प्रार्थनाभन्दा पनि राम्रो हो। त्यसपछि तँसँग निश्‍चित कद हुनेछ। यदि तैँले माथि व्याख्या गरिएको अवस्थाहरू हासिल गर्न सकिस् भने, यो तेरो हृदय परमेश्‍वरको अगाडि वास्तवमै शान्त छ भन्ने कुराको प्रमाण हुनेछ। यो प्रथम आधारभूत पाठ हो। मानिसहरू परमेश्‍वरको अगाडि शान्त हुन सकेपछि मात्रै, तिनीहरूलाई पवित्र आत्माले स्पर्श दिन सक्‍नुहुन्छ, र पवित्र आत्माले अन्तर्दृष्टि र ज्योति दिन सक्‍नुहुन्छ, अनि मात्रै तिनीहरूले परमेश्‍वरसँग साँचो सङ्गति गर्न, साथै परमेश्‍वरको इच्छा र पवित्र आत्मको मार्गदर्शन प्राप्‍त गर्न सक्छन्। त्यसपछि तिनीहरू आफ्नो आत्मिक जीवनको सही मार्गमा प्रवेश गरेका हुनेछन्। परमेश्‍वरको अगाडि जिउने तिनीहरूको तालिम जब निश्चित गहिराइमा पुग्छ, र तिनीहरूले आफूलाई त्याग्न, आफूलाई घृणा गर्न, आफूलाई सराप्‍न, र परमेश्‍वरका वचनहरूमा जिउन सक्छन्, तब परमेश्‍वरको अघि तिनीहरूको हृदय साँचो रूपमा शान्तिमा हुन्छ। आफैलाई घृणा गर्न सक्‍नु, आफूलाई सराप्‍न सक्‍नु, र आफैलाई त्याग्‍न सक्‍नु भनेको परमेश्‍वरको कार्यबाट हासिल गर्ने प्रभाव हो, र मानिसहरूले आफ्‍नै प्रयासमा यसो गर्न सक्दैनन्। तसर्थ, परमेश्‍वरको अगाडि हृदयलाई शान्त पार्ने अभ्यास मानिसहरूले तत्कालै प्रवेश गर्नुपर्ने पाठ हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको अघि आफ्नो हृदयलाई शान्त राख्ने सम्‍बन्धमा

पहिला नै उल्लेख गरिए झैं तैँले आफ्‍नो आत्मा परमेश्‍वरलाई सुम्पनुपर्छ। पवित्र आत्माले डोर्‍यउनुहुने मार्गमा हिँड्न यो एउटा सर्त हो। सही मार्गमा प्रवेश गर्नका लागि तैँले यसो गर्नु आवश्यक छ। कुनै व्यक्तिले सचेतन रूपमा परमेश्‍वरलाई आफ्नो हृदय सुम्पने कार्य कसरी गर्न सक्छ? आफ्नो दैनिक जीवनमा जब तिमीहरू परमेश्‍वरको कामको अनुभव गर्छौ र उहाँसँग प्रार्थना गर्छौ, तब तिमीहरू लापरवाही गर्छौ—काम गरिरहेको अवस्थामा तिमीहरू परमेश्‍वरको प्रार्थना गर्छौ। के यसलाई तैँले आफ्नो हृदय परमेश्‍वरलाई दिएको भन्न सकिन्छ? तँ घरायसी मामला र शारीरिक विषयमा सोच्छस्; तँ सधैँ दुई मनको हुन्छस्। के यसलाई तैँले आफ्नो हृदय परमेश्‍वरका सामु शान्त पारिरहेको मान्न सकिन्छ? यसो हुनुको कारण तेरो हृदय बाह्य मामिलाहरूमा अल्झिएर रहेको छ र तेरो हृदय परमेश्‍वर सामु फर्कन सकेको छैन। यदि तेरो हृदय परमेश्‍वर सामु सत्य रूपमा शान्तिपूर्ण अवस्थामा रहेको हुन्थ्यो भने तैँले अवश्य पनि सचेत सहकार्यको काम गर्नु पर्दछ। भनाइको तात्पर्य यो हो कि तिमीहरू सबैसँग प्रार्थना गर्ने समय हुनु पर्दछ र त्यस्तो समयमा तिमीहरूले मानिसहरू, घटनाहरू र चिजहरू अलग्‍गै राख्नु पर्दछ; आफ्नो हृदयलाई एकचित्त गर्ने र परमेश्‍वरसामु आफूलाई शान्त पार्नुपर्छ। प्रत्येक व्यक्तिले गहन वा सतही जुनसुकै तवरले भए तापनि व्यक्तिगत भक्तिभाव, परमेश्‍वरका काम बारे आफ्नो ज्ञान र तिनीहरूको आत्मालाई कसरी उत्तेजित पारिन्छ भनी व्यक्तिगत नोट राख्नुपर्छ; हरेकले आफ्नो हृदयलाई परमेश्‍वरको सामु सचेत रूपमा शान्त राख्नुपर्छ। यदि तैँले आत्मिक जीवनका लागि दैनिक एक वा दुई घण्टा समय समर्पण गर्न सकिस् भने तैँले हरेक दिन आफ्नो जीवन सम्पन्न भएको महसुस गर्नेछस् र तेरो हृदय उज्ज्वल र सफा हुनेछ। यदि तैँले प्रत्येक दिन यस प्रकारको आत्मिक जीवन व्यतीत गरिस् भने तेरो हृदय परमेश्‍वरको हतमा फर्कन सक्षम हुनेछ, तेरो आत्मा झन्-झन् बलियो हुनेछ, तेरो अवस्थामा निरन्तर सुधार हुँदै जानेछ, पवित्र आत्माले डोर्याउनुभएको मार्गमा हिँडिरहन तँ अझ बढी सक्षम हुनेछस् र परमेश्‍वरले तँलाई अझ धेरै आशीर्वाद प्रदान गर्नुहुनेछ। तिमीहरूको आत्मिक जीवनको उद्देश्य सचेतन रूपमा पवित्र आत्माको उपस्थिति हासिल गर्नु हो। यो नियमको पालन वा धार्मिक अनुष्ठान गर्नु होइन, तर साँचो रूपमा परमेश्‍वरसँग काम गर्नु हो, साँचो रूपमा आफ्नो शरीर अनुशासनमा राख्नु हो—मानवले यसो गर्नुपर्छ, यसकारण तिमीहरूले यो कार्य पूर्ण प्रयत्नका साथ गर्नुपर्छ। तिमीहरूले जति धेरै राम्ररी सहकार्य गर्दछौ र धेरै प्रयत्न गर्छौ, त्यति नै धेरै तेरो हृदय परमेश्‍वरकहाँ फर्कन सक्षम हुन्छ र तँ उहाँको सामु आफ्नो हृदय समर्पण गर्न सक्षम हुन्छस्। एक निश्चित विन्दुमा परमेश्‍वरले तेरो हृदय पूर्ण रूपमा प्राप्त गर्नु हुनेछ। कसैले पनि तेरो हृदय प्रभाव पार्न वा कब्जा गर्न सक्षम हुनेछैन र तँ पूर्ण रूपमा परमेश्‍वरको हुनेछस्। यदि तँ यस मार्गमा हिँचिस् भने परमेश्‍वरका वचन हरबखत तँमा आफै प्रकट हुनेछन् र तैँले नबुझेका सबै कुराको बारे तँलाई प्रकाश दिनेछ। यो सबै तँसँगको सहकार्यबाट प्राप्त गर्न सकिनेछ। यसकारण परमेश्‍वरले सधैँ भन्नुहुन्छ, “मसँग काम गर्ने सबैलाई म दुई गुणा बढी इनाम दिनेछु”। तिमीहरूले यो मार्ग स्पष्ट देख्नु पर्दछ। यदि तिमीहरू सही मार्गमा हिँड्न चाहन्छौ भने तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न आफूले सक्ने जति सबै कुरा गर्नै पर्दछ। आत्मिक जीवन प्राप्त गर्न तिमीहरूले सक्दो सबै थोक गर्नु पर्दछ। सुरुको अवस्थामा तिमीहरूलाई यस कार्यबाट ठूलो परिमाणमा प्रतिफल प्राप्त नहोला, तर तिमीहरूले आफूलाई पछि फर्कन वा नकारात्मकतामा डुब्‍न नदिनुहोस्। तैँले कडा परिश्रम गरिरहनु पर्दछ! तैँले जति धेरै आत्मिक जीवन जिउँछस् तेरो हृदय परमेश्‍वरका वचनले भरिनेछ, सधैँ यिनै विषयसँग सरोकार राख्नेछ, यो बोझ बोक्नेछ। त्यसपछि तेरो आत्मिक जीवनको माध्यमबाट परमेश्‍वरसामु तेरो भित्री सत्य प्रकट गर्; तँ के गर्न तत्पर छस्, तँ के विषयमा सोचिरहेको छस्, उहाँको वचनको बारे तेरो बुझाई र दृष्टिकोण के छ सबै उहाँलाई बता। केही चीज बाँकी नराख्, थोरै पनि बाँकी नराख्! मनमनै शब्दहरू बोल्ने र परमेश्‍वरसँग प्रति आफ्ना सत्य भावनाहरू प्रकट गर्ने अभ्यास गर्; यदि यो तेरो हृदयभित्र छ भने यसलाई कुनै पनि हालत बता। यस प्रकारले तँ जति धेरै बोल्छस् त्यति नै धेरै परमेश्‍वरको प्रेमिलो स्वभाव अनुभव गर्नेछस् र त्यति नै परमेश्‍वरले तेरो हृदय खिँच्नुहुनेछ। जब यसो हुन्छ तब मात्र तैँले अनुभव गर्नेछस् कि परमेश्‍वर तेरो लागि कुनै पनि कुराभन्दा प्रिय हुनुहुन्छ। जुनसुकै अवस्थामा पनि तैँले परमेश्‍वरको पक्ष कहिल्यै छोड्नेछैनस्। यदि तैँले यस प्रकारको आत्मिक भक्ति दैनिक अभ्यास गर्छस् र यसलाई आफ्नो मनबाट निकाल्दैनस्, तर यसलाई आफ्नो जीवनमा ठूलो महत्त्वका साथ आत्मसाथ गर्छस् भने परमेश्‍वरको वचनले तेरो हृदयमा ओगट्नेछ। यसको अर्थ पवित्र आत्माले छुनु हो। तेरो हृदय सधैँ परमेश्‍वरको स्वामित्वमा थियो झैँ हुनेछ, मानौँ तैँले जसलाई प्रेम गर्छस् त्यो सदैव तेरो हृदयमा छ। त्यसलाई तँबाट कसैले खोसेर लान सक्दैन। जब यसो हुन्छ तब परमेश्‍वरले वास्तवमा तँभित्र बास गर्नुहुन्छ र तेरो हृदयभित्र स्थान हुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एक सामान्य आत्मिक जीवनले मानिसहरूलाई सही मार्गतर्फ डोर्‍याउँछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्