व्यक्तिले कसरी परमेश्‍वरका वचनहरूलाई खानु र पिउनुपर्छ र परमेश्‍वरका वचनहरूको चिन्तन गर्नुपर्छ

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

अहिले राज्यको युग हो। तँ यो नयाँ युगमा प्रवेश गरेको छस् कि छैनस् त्यो तँ परमेश्‍वरका वचनहरूका यथार्थतामा प्रवेश गरेको छस् कि छैनस्, उहाँका वचनहरू तेरो जीवनको यथार्थता बनेको छ कि छैन त्यसमा निर्भर हुन्छ। हरेक व्यक्तिलाई परमेश्‍वरका वचनहरू परिचित गराइएको छ ताकि, अन्त्यमा, सबै मानिसहरू परमेश्‍वरको वचनको संसारमा जिऊन्, र भित्रैबाट हरेक व्यक्तिलाई उहाँका वचनहरूले अन्तर्दृष्टि र प्रकाश दिऊन्। यदि, यो समयको दौरान, तँ परमेश्‍वरका वचनहरू पढ्नमा लापरवाह भइस् भने, र उहाँका वचनहरूमा तेरो रुची छैन भने, यसले तेरो स्थिति गलत छ भन्‍ने देखाउँछ। यदि तँ वचनको युगमा प्रवेश गर्न सक्दैनस् भने, तँमा पवित्र आत्माले काम गर्नुहुन्न; यदि तँ यो युगमा प्रवेश गरेको छस् भने, उहाँले आफ्नो काम गर्नुहुनेछ। पवित्र आत्माको काम प्राप्त गर्न वचनको युगको प्रारम्भमा तैँले के गर्न सक्छस्? यो युगमा, र तिमीहरूका माझमा, परमेश्‍वरले उल्लिखित तथ्य समाप्त गर्नुहुनेछ: हरेक व्यक्तिले परमेश्‍वरका वचनहरू जिउनु पर्नेछ, सत्यलाई व्यवहारमा लागू गर्न सक्नु पर्नेछ, र परमेश्‍वरलाई गम्भीरतापूर्वक प्रेम गर्नु पर्नेछ; सबै मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आधारको रूपमा र आफ्नो वास्तविकताको रूपमा प्रयोग गर्नु पर्नेछ, र परमेश्‍वरलाई आदर गर्ने हृदयहरू हुनु पर्नेछ; र परमेश्‍वरका वचनहरूको अभ्यासद्वारा मानिसले त्यसपछि परमेश्‍वरसँगै राजसी शक्ति धारण गर्ने छ। परमेश्‍वरले हासिल गर्नुपर्ने काम यही हो। के तँ परमेश्‍वरका वचनहरू नपढी रहन सक्छस्? आज, उहाँका वचनहरू नपढी एक वा दुई दिन पनि बिताउन सकिँदैन भन्‍ने अनुभव गर्नेहरू धेरै छन्। उनीहरूले उहाँका वचनहरू हरेक दिन पढ्नुपर्छ, र यदि समयले साथ दिएन भने, तिनीहरूलाई सुन्नु नै काफी हुनेछ। पवित्र आत्माले मानिसहरूलाई दिने आभास यही हो, र उहाँले उनीहरूलाई प्रेरित गर्न सुरु गर्ने तरिका यही नै हो। यसको अर्थ, वचनहरूद्वारा उहाँ मानिसहरूलाई प्रेरित गर्नुहुन्छ, ता कि उनीहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न सकून्। यदि, परमेश्‍वरका वचनहरू नखाई र नपिई केवल एक दिनपछि तैँले अँध्यारो र तिर्खा अनुभूति गर्छस् र यसलाई सहन सक्दैनस् भने, तँ पवित्र आत्माद्वारा चलायमान भएको छस्, र उहाँ तँबाट फर्किएर जानुभएको छैन भन्‍ने यसले देखाउँछ। अतः, यो प्रवाहमा रहेको तँ नै होस्। यद्यपि, यदि परमेश्‍वरका वचनहरू नखाई र नपिई एक दिन वा दुई दिन पछि, तैँले केही पनि अनुभूति गरिनस् भने, यदि तँलाई तिर्खा छैन, र तँ कत्ति पनि प्रभावित भएको छैनस् भने, पवित्र आत्मा तँबाट फर्किएर जानुभएको छ भन्‍ने यसले देखाउँछ। यसको अर्थ, तँभित्रको स्थितिमा केही खराबी छ भन्‍ने हुन्छ; तँ वचनको युगमा प्रवेश गरेको छैनस्, र तँ पछाडि परेकाहरूमध्ये एक होस्। मानिसहरूलाई शासन गर्न परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ; यदि तैँले परमेश्‍वरका वचनहरू खाइस् र पिइस् भने, तँलाई असल अनुभूति हुन्छ, र यदि तैँले त्यसो गरिनस् भने, तँसँग कुनै हिँड्ने मार्ग छैन। परमेश्‍वरका वचनहरू मानिसहरूका खाना, र उनीहरूलाई प्रेरित गर्ने शक्ति बन्छन्। बाइबल भन्छ, “मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ।” आज, परमेश्‍वरले यो काम पूरा गर्नुहुनेछ, र उहाँले यो सच्चाइ तिमीहरूमा समाप्त गर्नुहुनेछ। विगतमा कसरी, मानिसहरू परमेश्‍वरका वचनहरू नपढी धेरै दिन बिताउन सक्थे र तर पनि सधैँ जस्तै खान र काम गर्न सक्थे, तर आजको अवस्था पनि यस्तै छैन र? यो युगमा, परमेश्‍वरले सबैलाई शासन गर्न मुख्यतः वचनहरू प्रयोग गर्नुहुन्छ। परमेश्‍वरका वचनहरूद्वारा, मानिसलाई न्याय गरिन्छ र सिद्ध पारिन्छ, त्यसपछि अन्तिममा राज्यमा लगिन्छ। खासगरी राज्यको युगमा, परमेश्‍वरका वचनहरूले मात्र मानिसको जीवनको निम्ति जुटाउन सक्छ, र परमेश्‍वरका वचनहरूले मात्र मानिसलाई प्रकाश र अभ्यासको लागि मार्ग दिन सक्छ। जबसम्म तँ परमेश्‍वरका वचनहरूको वास्तविकताबाट बाहिर जाँदैनस्, हरेक दिन उहाँका वचनहरूलाई खाने र पिउने गर्छस्, तबसम्‍म परमेश्‍वरले तँलाई सिद्ध बनाउन सक्नुहुन्छ।

जीवनको खोज हतारमा पाइने चीज होइन; जीवनको वृद्धि केवल एक वा दुई दिनमा हुँदैन। परमेश्‍वरको काम सामान्य र व्यावहारिक छ, र एउटा प्रक्रिया छ जसबाट भएर यो जानुपर्छ। देहधारी येशूलाई आफ्नो क्रूसीकरणको काम सम्पन्न गर्न साँढे तेत्तीस वर्ष लाग्यो—तसर्थ अत्यन्त कठिन, मानिसलाई शुद्ध पार्ने र उसको जीवनलाई परिवर्तन गर्ने कामबारे के? परमेश्‍वरलाई प्रकट गर्ने सामान्य मानिस बनाउनु सजिलो काम होइन। ठूलो रातो अजिङ्गरको राज्यमा जन्मिएका मानिसहरू, जो कम क्षमताका छन् र परमेश्‍वरका वचनहरू र कामको लामो अवधि चाहन्छन्, तिनीहरूमा यो खासगरी लागू हुन्छ। तसर्थ नतिजाहरू हेर्न अधैर्य नबन्। परमेश्‍वरका वचनहरू खान र पिउन तँ सक्रिय हुनैपर्छ, र परमेश्‍वरका वचनहरूमा अझ बढी प्रयास लगाउनुपर्छ। जब तैँले उहाँका वचनहरू पढिसक्छस्, परमेश्‍वरका वचनहरूमा ज्ञान, अन्तर्दृष्टि, विवेक, र बुद्धिमा विकसित हुँदै, तैँले तिनलाई वास्तविक व्यवहारमा लागू गर्न सक्नुपर्छ। यस मार्फत, यसलाई अनुभूति नगरीकन तँ परिवर्तन हुनेछस्। यदि तैँले परमेश्‍वरका वचनहरूलाई खाने र पिउने, तिनीहरूलाई पढ्ने, तिनीहरूलाई बुझ्ने, तिनीहरूलाई अनुभव गर्ने, र तिनीहरूलाई व्यवहारमा लागू गर्ने कार्यलाई आफ्नो सिद्धान्तको रूपमा लिन सकिस् भने, तिनलाई अनुभव नै नगरिकन तँ परिपक्व हुनेछस्। परमेश्‍वरका वचनहरू पढेर पनि तिनीहरूलाई व्यवहारमा लागू गर्न सक्दैनौं भन्नेहरू छन्। तेरो हतार के हो? जब तपाईं खास कदको नापमा पुग्छस्, तँ उहाँका वचनहरूलाई व्यवहारमा लागू गर्न सक्‍नेछस्। के चार वा पाँच वर्षको बालकले आफ्ना मातापितालाई सहारा दिन वा सम्मान दिन सकिन भनेर भन्छ? तेरो वर्तमान उचाइ कति ठूलो छ त्यो तैँले जान्‍नुपर्छ। तैँले जे व्यवहारमा लागू गर्न सक्छस्, त्यसलाई व्यवहारमा लागू गर्, र परमेश्‍वरको व्यवस्थापनलाई अवरोध गर्ने व्यक्ति नबन्। परमेश्‍वरका वचनहरूलाई मात्र खा र पी, र अब उप्रान्त त्यसलाई आफ्नो सिद्धान्तको रूपमा ली। परमेश्‍वरले तँलाई पूर्ण पार्न सक्नुहुन्छ कि सक्‍नुहुन्न भन्ने बारे, अहिलेको लागि, चिन्ता नगर्। त्यसलाई अहिले नै खोजतलास नगर्। परमेश्‍वरका वचनहरू तकहाँ जसरी आउँछन् त्यसरी नै तिनलाई खा र पी, र परमेश्‍वरले अवश्य नै तँलाई पूर्ण बनाउनुहुनेछ। यद्यपि, तैँले उहाँका वचनहरूलाई खाँदा र पिउँदा पालन गर्नुपर्ने एउटा सिद्धान्त छ। अन्धाधुन्ध त्यसो नगर्। परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा एकातिर, तैँले थाहा पाउनु पर्ने वचनहरू खोजेर पत्ता लगा—यसको अर्थ, दर्शनहरूसँग सम्बन्धित वचनहरू—र अर्कोतिर, तैँले वास्तविक व्यवहारमा लागू गर्नुपर्ने वचनहरू खोजेर पत्ता लगा—यसको अर्थ, तपाईं प्रवेश गर्नुपर्ने कुरालाई। एक पक्षको सम्बन्ध ज्ञानसँग छ, र अर्कोको प्रवेशसँग। तैँले दुवैलाई बुझिसकेपछि—तैँले के बुझ्नु पर्ने हो र के अभ्यास गर्नुपर्ने हो त्यसलाई बुझिसकेपछि—परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने सो तँलाई थाहा हुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

परमेश्‍वरका वचनहरू खाने र पिउने सिद्धान्तहरूमा, एउटा ज्ञानसँग सम्बन्धित छ, र अर्को प्रवेशसँग। तैँले कुन वचनहरू थाहा पाउनुपर्छ? तैँले दर्शनहरूसँग सम्बन्धित वचनहरू थाहा पाउनुपर्छ (जस्तै, परमेश्‍वरको काम अहिले कुन युगमा प्रवेश गरेको छ सो वर्णन गर्ने वचनहरू, अहिले परमेश्‍वर के प्राप्त गर्ने चाहना राख्नुहुन्छ, देहधारण के हो, र यस्तै-यस्तै; यी सबै दर्शनहरूसँग सम्बन्धित छन्।) मानिस प्रवेश गर्नुपर्ने मार्ग भनेको के हो? यसले मानिसले अभ्यास गर्नुपर्ने र प्रवेश गर्नुपर्ने परमेश्‍वरका वचनहरूलाई जनाउँछ। माथि उल्‍लेखित परमेश्‍वरका वचनहरू खाने र पिउने दुई पक्षहरू हुन्। अब उप्रान्त, यस प्रकारले, परमेश्‍वरका वचनहरू खाने र पिउने गर्नू। यदि तँलाई दर्शनसँग सम्बन्धित उहाँका वचनहरूको बारेमा प्रष्ट बुझाइ छ भने, हर समय पढिरहनु आवश्यक छैन। प्राथमिक महत्त्वको कुरा भनेको प्रवेश गर्दा अझै बढी वचनहरू खानु र पिउनु हो, जस्तै परमेश्‍वरतिर तेरो हृदय कसरी फर्काउने, परमेश्‍वरको सामुन्ने तेरो हृदय कसरी शान्त बनाउने, र कसरी शरीरलाई त्याग्ने। तैँले व्यवहारमा लागू गर्नुपर्ने कुराहरू यिनै हुन्। परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने सो थाहा नपाइकन, सच्चा सङ्गति असम्भव छ। उहाँका वचनहरू कसरी खाने र पिउने सो थाहा पाएपछि, चाबी के हो तैँले बुझेपछि, सङ्गति स्वतन्त्र हुनेछ, र जुनसुकै सवाल उठे पनि, तँ सङ्गति गर्न र वास्तविकतालाई बुझ्न सक्‍नेछस्। यदि, परमेश्‍वरका वचनहरूको सङ्गति गर्दा, तपाईंसँग वास्तविकता छैन भने, चाबी के हो तैँले बुझेको छैनस्, जसले परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने तँलाई थाहा छैन भन्‍ने देखाउँछ। परमेश्‍वरका वचनहरू पढ्दा केही मानिसहरूलाई थकाइ लाग्दो लाग्न सक्छ, जुन सामान्य स्थिति होइन। परमेश्‍वरका वचनहरू पढ्दा कहिल्यै थकाइ नलाग्‍नु, तिनीहरूको लागि सधैँ तृषित रहनु, र परमेश्‍वरका वचनहरू सधैँ असल पाउनुचाहिँ सामान्य हो। वास्तवमै प्रवेश गरेकाले यसरी परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्। जब परमेश्‍वरका वचनहरू अत्याधिक व्यावहारिक छन् र मानिस प्रवेश गर्नु पर्ने ठ्याक्कै यही हो भन्‍ने तँलाई लाग्छ; जब उहाँका वचनहरू मानिसको लागि असाध्यै उपयोगी र लाभदायक छन्, र ती मानिसको जीवनको भण्डार हुन् भन्‍ने तँलाई लाग्छ—तँलाई यो अनुभूति पवित्र आत्माले दिनुहुन्छ, र पवित्र आत्माले तँलाई छुनुहुन्छ। यसले पवित्र आत्माले तँमा काम गरिरहनु भएको छ र परमेश्‍वर तँबाट फर्किएर जानुभएको छैन भन्‍ने प्रमाणित गर्छ। केही मानिसहरू, परमेश्‍वर सधैँ बोलिरहेको देखेर, उहाँका वचनहरूदेखि दिक्क हुन्छन्, र उनीहरूले त्यसलाई पढे पनि वा नपढे पनि यसको कुनै परिणाम छैन भन्‍ने ठान्छन्—जुन सामान्य स्थिति होइन। वास्तविकतामा प्रवेश गर्ने प्यास भएको हृदय उनीहरूसँग छैन, र यस्ता मानिसहरू सिद्ध पारिन न तृष्णा गर्छन् न महत्त्व नै दिन्छन्। जब तैँले आफूमा परमेश्‍वरका वचनहरूको तृष्णा नभएको पाउँछस्, यसले तँ सामान्य स्थितिमा छैनस् भन्‍ने देखाउँछ। विगतमा, परमेश्‍वर तँबाट फर्किएर जानु वा नजानु भन्‍ने कुरा, तँ आफूभित्र शान्तिमा थिइस् वा थिइनस्, र तैँले आनन्द अनुभव गरिस् वा गरिनस् त्यसले निर्धारित गर्न सक्थ्यो। अब तँ परमेश्‍वरका वचनहरूको तृष्णा गर्छस् कि गर्दैनस्, उहाँका वचनहरू तेरो वास्तविकता हो कि होइन, तँ निष्ठावान् छस् कि छैनस्, र तैँले परमेश्‍वरको लागि आफूले गर्न सक्ने सबै गर्न सक्छस् कि सक्दैनस्, चाबी त्यही हो। अर्को शब्दमा, परमेश्‍वरका वचनहरूको वास्तविकताद्वारा मानिसको न्याय गरिन्छ। परमेश्‍वरले आफ्ना वचनहरू सबै मानवजातिप्रति लक्षित गर्नुहुन्छ। यदि तँ ती पढ्न इच्छुक छस् भने, उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, तर यदि छैनस् भने, उहाँले दिनुहुनेछैन। धार्मिकताको लागि जो भोका र प्यासा छन् परमेश्‍वरले उनीहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ, र जसले उहाँलाई खोजी गर्छ उनीहरूलाई उहाँले अन्तर्दृष्टि दिनुहुन्छ। उनीहरूले परमेश्‍वरका वचनहरू पढेपछि पनि उहाँले उनीहरूलाई अन्तर्दृष्टि दिनु भएन भनेर कतिले भन्छन्। तर कुन तरिकाले तैँले ती वचनहरू पढिस्? यदि तैँले उहाँका वचनहरू घोडाको पछाडि सवार मानिसले फूलहरू हेरे जस्तो तरिकाले पढिस् भने, र वास्तविकतालाई कुनै महत्त्व दिइनस् भने, परमेश्‍वरले कसरी तँलाई अन्तर्दृष्टि दिन सक्नुहुन्थ्यो? परमेश्‍वरका वचनहरूलाई बहुमूल्य नमान्नेलाई उहाँले कसरी सिद्ध पार्न सक्‍नुहुन्छ? यदि तँ परमेश्‍वरका वचनहरूलाई बहुमूल्य मान्दैनस् भने, तँसँग न त सत्य हुनेछ न त वास्तविकता। यदि तँ उहाँका वचनहरूलाई बहुमूल्य मान्छस् भने, तँ सत्यलाई व्यवहारमा लागू गर्न सक्छस्, र त्यसपछि मात्र तैँले वास्तविकतालाई बुझ्‍नेछस्। त्यसैकारण तँ व्यस्त भए पनि वा नभए पनि, परिस्थिति अनुकूल भए पनि वा नभए पनि, र तँलाई जाँचिए पनि वा नजाँचिए पनि, तैँले परमेश्‍वरका वचनहरू हमेसा खानु र पिउनु पर्छ। सबै कुरामा, परमेश्‍वरका वचनहरू मानिसको अस्तित्वका जग हुन्। उहाँका वचनहरूबाट कोही पनि फर्किन सक्दैन, तर उहाँका वचनहरू तिनीहरूले एक दिनमा तीन छाक खाना खाए जसरी खानुपर्छ। सिद्ध पारिनु र परमेश्‍वरद्वारा प्राप्त गरिनु त्यति सजिलो हुन सक्थ्यो? वर्तमानमा तैँले बुझे पनि नबुझे पनि, र परमेश्‍वरका कामप्रति तँमा सूक्ष्मदृष्टि भए पनि नभए पनि, तैँले सम्भव भएसम्म धेरै परमेश्‍वरका वचनहरू खानु र पिउनुपर्छ। यो सक्रिय तरिकाले प्रवेश गर्नु हो। परमेश्‍वरका वचनहरू पढिसकेपछि, जेमा तँ प्रवेश गर्न सक्छस् त्यसलाई व्यवहारमा लागू गर्न हतार गर्, र तँ जे सक्छस् त्यसलाई एक क्षणको लागि अलग राख्। सुरुवातमा तैँले बुझ्‍न नसक्‍ने परमेश्‍वरका धेरै वचनहरू हुन सक्छन्, तर दुई वा तीन महीनापछि, सायद एक वर्षपछि तैँले ती बुझ्‍नेछस्। यो कसरी हुन सक्छ? यसको कारण के हो भने, परमेश्‍वरले मानिसहरूलाई एक वा दुई दिनमा सिद्ध पार्न सक्नुहुन्न। अधिकांश समय, जब तँ उहाँका वचनहरू पढ्छस्, तैँले तुरुन्तै नबुझ्न सक्छस्। त्यो समयमा, ती केवल पाठभन्दा बढी केही पनि होइन भन्‍ने लाग्‍न सक्छ; तैँले ती बुझ्नुभन्दा अगाडि तैँले केही समय तिनलाई अनुभव गर्नुपर्छ। परमेश्‍वरले यति धेरै बोलेपछि, उहाँका वचनहरू खान र पिउन तैँले आफ्नो सक्दो कोसिस गर्नुपर्छ, र त्यसपछि, थाहै नपाई तैँले यो बुझ्नेछस्, थाहै नपाई, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। जब पवित्र आत्माले मानिसलाई अन्तर्दृष्टि दिनुहुन्छ, यो प्रायः मानिसको जानकारी विना नै हुन्छ। जब तँ तृषित हुन्छस् र खोजी गर्छस्, उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ र अगुवाइ गर्नुहुन्छ। पवित्र आत्माले काम गर्ने सिद्धान्त तैँले खाने र पिउने परमेश्‍वरका वचनहरूमा केन्द्रित छ। परमेश्‍वरका वचनहरूलाई महत्त्व नदिने र उहाँका वचनहरूका बारेमा सँधै फरक आचरण राख्‍ने—तिनीहरूका मूर्ख सोचाइमा, तिनीहरूले वचनहरू पढे पनि वा नपढे पनि यो उदासीनताको कुरा हो भन्‍ने विश्‍वास गर्छन्—तिनीहरू वास्तविकता नभएकाहरू हुन्। यस्ता व्यक्तिमा न त पवित्र आत्माको काम न त उहाँको अन्तर्दृष्टि देख्न नै सकिन्छ। यस्ता मानिसहरू योग्यता विनाका बहाना गर्नेहरू, केही गरेजस्तो गर्नेहरू मात्रै हुन्, दृष्टान्तका नाङ्गुवोजस्तै।[क]

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

तैँले हरेक पल्ट परमेश्‍वरका वचनहरूको अध्याय खाएपछि र पिएपछि, यदि तैँले उहाँले अहिले गरिरहनुभएको कामलाई बुझ्न सक्छस् अनि कसरी प्रार्थना गर्ने, कसरी सहकार्य गर्ने, कसरी प्रवेश हासिल गर्ने सो सिक्‍न सक्छस् भने, तब मात्रै परमेश्‍वरका वचनहरूको तेरो खुवाई र पियाईले परिणामहरू उत्पन्न गर्नेछन्। जब, परमेश्‍वरका वचनहरूद्वारा तैँले प्रवेशको मार्ग भेट्टाउन सक्छस् अनि परमेश्‍वरको कामको वर्तमान गतिशीलता, साथै पवित्र आत्माको कामको दिशालाई ठम्याउन सक्छस्, तब तँ ठीक मार्गमा प्रवेश गरेको हुनेछस्। परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा यदि तैँले मुख्य बुँदाहरूलाई बुझेको छैनस् अनि त्यसपछि अभ्यास गर्नका लागि बाटो भेट्टाउन अझै असक्षम छस् भने, यसले परमेश्‍वरका वचनहरू कसरी ठीक प्रकारले खाने र पिउने भन्‍ने तँलाई अझै थाहा छैन, अनि तैँले त्यसो गर्ने विधि वा सिद्धान्त पत्ता लगाएको छैनस् भन्‍ने देखाउँछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ

जब तँ परमेश्‍वरको वचन खान्छस् र पिउँछस्, तब तैंले ती कुराहरूसँग तेरो आफ्नै वास्तविकतालाई नाप्नुपर्छ। अर्थात्, जब तैंले आफ्नो वास्तविक अनुभवको क्रममा तेरा कमजोरीहरू पत्ता लगाउँछस्, तब तैँले अभ्यास गर्ने मार्ग खोज्न, तेरा गलत अभिप्राय र धारणाहरूलाई त्याग्‍न सक्‍नुपर्छ। यदि तँ सधैँ यी थोकहरूका लागि प्रयास गर्छस् र तिनलाई हासिल गर्न तेरो हृदय समर्पित गर्छस् भने, तब तँसँग हिँड्ने मार्ग हुनेछ, तैँले रित्तो महसुस गर्नेछैनस्, यसरी तैँले एउटा सामान्य स्थिति कायम राख्न सक्छस्। तब मात्र तँ आफ्नो जीवनको बोझ बोक्ने, विश्‍वास भएको व्यक्ति हुनेछस्। किन केही मानिसहरूले परमेश्‍वरका वचनहरू पढेपछि ती अभ्यास गर्न सक्दैनन्? के तिनीहरूले अत्यन्त महत्त्वपूर्ण कुराहरू बुझ्न नसकेकाले गर्दा होइन र? के तिनीहरूले जीवनलाई गम्भीरतासाथ नलिएकाले गर्दा होइन र? तिनीहरूले महत्त्वपूर्ण कुराहरूलाई बुझ्न नसक्नु र तिनीहरूसँग अभ्यास गर्ने कुनै मार्ग नहुनुको कारण के हो भने, जब उनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तब तिनीहरू ती वचनसँग आफ्नो अवस्थालाई जोड्न सक्दैनन्, न त उनीहरूले आफ्नै अवस्थालाई नै वशमा राख्न सक्छन्। कतिपय मानिसहरू भन्छन्: “म परमेश्‍वरका वचनहरू पढ्छु र मेरो अवस्थालाई ती वचनसँग जोड्छु, र म भ्रष्ट र कमजोर क्षमताको छु भन्‍ने मलाई थाहा छ, तर म परमेश्‍वरको इच्छा पूरा गर्न सक्दिनँ।” तैंले केवल सतह मात्र देखेको छस्; तँलाई थाहा नभएका धेरै वास्तविक कुराहरू छन्: शरीरका मनोरञ्जनहरूलाई कसरी पन्साउने, आत्म-धार्मिकतालाई कसरी पन्छ्याउने, आफैलाई कसरी परिवर्तन गर्ने, यी कुराहरूमा कसरी प्रवेश गर्ने, तेरो क्षमतालाई कसरी सुधार गर्ने? र कुन पक्षबाट सुरु गर्ने। तैंले सतहका केही कुराहरूलाई मात्र बुझ्छस्, र तैंले जानेको कुरा यति मात्र हो कि तँ धेरै भ्रष्ट छस्। जब तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्छस्, तब तैँले तँ कति धेरै भ्रष्ट छस् भन्ने बारेमा मात्र कुरा गर्छस्, र यस्तो देखिन्छ कि तैँले आफैलाई चिन्छस् र तेरो जीवनका लागि तैँले ठूलो बोझ बोक्छस्। वास्तविकतामा त, तेरो भ्रष्ट स्वभाव परिवर्तन भएको छैन, जसले के प्रमाणित गर्छ भने तैंले अभ्यास गर्ने मार्ग फेला पारेको छैनस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

तँ परमेश्‍वरको इच्छाप्रति जति धेरै सचेत हुन्छस्, तैँले त्यति नै बढी बोझ बोक्नेछस् अनि तँले बोक्ने बोझ जति ठूलो हुन्छ, तेरो अनुभव त्यति नै बढी समृद्ध हुनेछ। जब तँ परमेश्‍वरको इच्छाप्रति सचेत हुन्छस्, परमेश्‍वरले तँमाथि एउटा बोझ राखिदिनुहुनेछ, तब उहाँले तँलाई सुम्पिनुभएका बोझहरूको सम्बन्धमा उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। जब परमेश्‍वरले तँलाई यो बोझ दिनुहुन्छ, तब परमेश्‍वरको वचनबाट खाँदै र पिउँदै गर्दा तैँले सबै सम्बन्धित सत्यताहरूलाई ध्यान दिनेछस्। यदि तँसित तेरा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन सम्बन्धी बोझ छ भने, यो परमेश्‍वरले तँलाई सुम्पिनुभएको बोझ हो, अनि तैँले सधैँ आफ्नो दैनिक प्रार्थनाहरूमा यो बोझ उठाउनेछस्। परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो तँमाथि लादिएको छ, अनि परमेश्‍वरले जे गर्न चाहनुहुन्छ, तँ त्यो गर्न इच्छुक हुन्छस्; परमेश्‍वरको बोझलाई आफ्नो बोझको रूपमा लिनु भनेको यही नै हो। यस अवस्थामा, परमेश्‍वरको वचनबाट तैँले खाँदा र पिउँदा, तँले यस्तै प्रकारका विषयहरूमा ध्यान दिनेछस्, अनि तैँले कसरी यी समस्याहरू समाधान गर्नेछस् तँ त्यो जान्‍न उत्सुक हुनेछस्? मेरा दाजुभाइ तथा दिदीबहिनीहरूले छुटकारा हासिल गर्न तथा आत्मिक आनन्द पाउन कसरी म तिनीहरूलाई सक्षम तुल्याउन सक्छु? सङ्गति गर्दै गर्दा तँले यी समस्याहरू समाधान गर्ने कुरामाथि पनि ध्यान दिनेछस्, अनि परमेश्‍वरको वचनबाट खाँदै र पिउँदै गर्दा तैँले यी विषयहरूसँग सम्बन्धित वचनहरू खाने र पिउने कुरामाथि ध्यान दिनेछस्। उहाँको वचनहरूबाट खाँदै र पिउँदै गर्दा तैँले एउटा बोझ पनि बोक्नेछस्। परमेश्‍वरको मागहरूबारे तैँले बुझिसकेपछि, कुन मार्ग लिनुपर्ने हो त्यस बारेमा तँलाई अझ स्पष्ट हुनेछ। तेरो बोझले ल्याएको पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश यही हो, अनि यो तँलाई प्रदान गरिएको परमेश्‍वरको निर्देशन पनि हो। किन म यसो भन्छु? यदि तँसित कुनै बोझ छैन भने, परमेश्‍वरको वचनहरू खाँदा र पिउँदा तैँले ध्यान दिनेछैनस्; बोझ बोक्दै गर्दा जब तैँले परमेश्‍वरको वचनहरू खान्छस् र पिउँछस्, तब तैँले त्यसको सारलाई राम्ररी बुझ्न सक्छस्, तेरो मार्ग भेट्टाउन सक्छस् अनि परमेश्‍वरको मार्गलाई ध्यान दिन सक्छस्। त्यसैकारण, तेरा प्रार्थनाहरूमा, परमेश्‍वरले तँमाथि अझै बोझहरू राखिदिनुभएको अनि तँलाई अझै ठूलठूला कामहरू सुम्पिनुभएको होस् भनेर तैँले चाहना गर्नुपर्छ, ताकि तेरो अगाडि अभ्यास गर्नका निम्ति तँसित धेरै मार्ग होस्; ताकि परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा त्यसले तँमा अझ ठूलो प्रभाव पार्न सकोस्; ताकि उहाँको वचनहरूको सारलाई राम्ररी बुझ्न सक्षम भएर तँ बढ्न सक्; ताकि पवित्र आत्माद्वारा प्रभावित भएर तँ अझै बढी सक्षम हुन सक्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ

तँलाई परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने सो थाहा छ भने मात्रै यस कार्यले तँलाई सत्यता बुझ्‍न समर्थ तुल्याउनसक्छ। तैपनि, सत्यतालाई बुझेर मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस् भन्‍ने हुँदैन। कतिपय मानिसहरू राम्रो क्षमता भएका हुन्छन् तर तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्; तिनीहरूले थोरै सत्यतालाई बुझ्‍न सके पनि, तिनीहरूले यसलाई अभ्यास गर्दैनन्। के त्यस्ता मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? सत्यतालाई बुझ्‍नु सिद्धान्तहरूलाई बुझ्‍नु जस्तो सरल छैन। सत्यतालाई बुझ्‍नको लागि, तँलाई परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने सो थाहा हुनुपर्छ। उदाहरणको लागि, परमेश्‍वरप्रतिको प्रेम सम्‍बन्धी सत्यताको खण्डलाई खाने-पिउने कार्यलाई लिऊँ। परमेश्‍वरको वचनले भन्छ: “‘प्रेम’ भनिए अनुसार यस्तो भावना हो जुन शुद्ध र दोषरहित हुन्छ जहाँ तँ प्रेम गर्न, अनुभव गर्न र विचारमग्न हुन आफ्नो हृदय प्रयोग गर्छस्। प्रेममा कुनै सर्तहरू हुँदैन, कुनै अवरोधहरू हुँदैन र कुनै दूरी पनि हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छलकपट हुँदैन र कुनै धूर्तता पनि हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन र केही कुरा पनि अपवित्र हुँदैन।” परमेश्‍वरले यसरी नै प्रेमलाई परिभाषित गर्नुहुन्छ, र सत्यता यही नै हो। तर तिमीहरूले कसलाई प्रेम गर्नुपर्छ? के तिमीहरूले आफ्‍नो श्रीमानलाई प्रेम गर्नुपर्छ? आफ्‍नी श्रीमतीलाई? तिमीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई? होइन। जब परमेश्‍वरले प्रेमको बारेमा भन्‍नुहुन्छ, उहाँले सङ्गी मानवप्रतिको तिमीहरूको प्रेमको बारेमा होइन, तर परमेश्‍वरप्रतिको मानिसको प्रेमको बारेमा कुरा गरिरहनुभएको हुन्छ। यो प्रेम साँचो प्रेम हो। तिमीहरूले यो सत्यतालाई कसरी बुझ्‍नुपर्छ? यसको अर्थ के हो भने, मानिसहरूले उहाँलाई शङ्का नगरून् वा उहाँबाट आफैलाई टाढा नराखून्, तर उहाँप्रति शुद्ध र निष्खोट प्रेम राखून् भन्‍ने परमेश्‍वर चाहनुहुन्छ। “निष्खोट” को अर्थ कुनै लालची इच्‍छाहरू नहुनु र परमेश्‍वरलाई कुनै पनि लालची मागहरू नगर्नु, उहाँमा सर्तहरू नलाद्‍नु, र कुनै पनि बहाना नगर्नु भन्‍ने हुन्छ। यसको अर्थ तेरो हृदयमा पहिलो स्थान उहाँकै छ भन्‍ने हुन्छ; यसको अर्थ तेरो हृदयमा उहाँका वचनहरूले मात्रै स्थान ओगटेका छन् भन्‍ने हुन्छ। यो शुद्ध र निष्खोट भावना हो। यो भावनाले तेरो हृदयको निश्‍चित स्थान ओगट्छ; तैँले सधैँ उहाँको बारेमा विचार गरिरहेको हुन्छस् र उहाँको याद गरिरहेको हुन्छस्, अनि तैँले हरेक क्षणमा उहाँलाई मनमा राख्छस्। प्रेम गर्नु भनेको तेरो हृदयबाट प्रेम गर्नु हो। हृदयबाट गरिने प्रेममा वास्ता गर्ने, फिक्री गर्ने र चाहना गर्ने कार्य समावेश हुन्छन्। हृदयबाट प्रेम गर्नमा सफल हुनको लागि, तँ जान्‍ने प्रक्रियाबाट भएर जानुपर्छ। तँसँग परमेश्‍वरको बारेमा थोरै ज्ञान रहेको वर्तमान समयमा, तैँले उहाँको लागि तड्पिन, उहाँको तृष्णा गर्न, उहाँको आज्ञापालन गर्न, उहाँको बारेमा विचार गर्न, उहाँसँग प्रार्थना गर्न, र उहाँलाई पुकार्नको लागि आफ्‍नो हृदयको प्रयोग गर्नुपर्छ; तै उहाँका विचार र चिन्ताहरूमा सहभागी हुन समेत सक्‍नुपर्छ। तैँले यी कुराहरूमा आफ्‍नो हृदयलाई लगाउनुपर्छ। यसो भन्दै ओठे-सेवा मात्रै नगर्: “प्रिय परमेश्‍वर! म यो तपाईंकै लागि गर्दैछु, म त्यो तपाईंकै लागि गर्दैछु!” तेरो हृदयले परमेश्‍वरलाई प्रेम गर्नु र उहाँलाई सन्तुष्ट पार्नु मात्रै वास्तविकता हो। तैँले मुखले नभने पनि, परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ, आफ्‍नो हृदयमा तैँले उहाँको बारेमा विचार गरिरहेको हुन्छस्। तैँले आफ्‍नो श्रीमान, आफ्‍नी श्रीमती, आफ्‍ना छोराछोरी, आफ्‍नो बाबुआमालाई त्याग्‍न सक्छस्; तर हृदय परमेश्‍वर विहीन हुन सक्दैन। परमेश्‍वरविना, तँ जिउनै सक्दैनस्। यसको अर्थ तँसँग प्रेम छ, र तेरो हृदयमा परमेश्‍वर हुनुहुन्छ। “प्रेम गर्न, अनुभव गर्न र विचारमग्न हुन आफ्नो हृदय प्रयोग गर्छस्।” यसमा धेरै कुराहरू समावेश हुन्छन्। परमेश्‍वरले मानिसबाट चाहनुहुने साँचो प्रेम यही नै हो; अर्को शब्‍दमा भन्दा, तैँले उहाँलाई आफ्‍नो हृदयमा प्रेम र वास्ता गर्नुपर्छ, र सधैँ उहाँलाई मनमा राख्‍नुपर्छ। यसको अर्थ शब्‍दहरू उच्‍चारण गर्नु भन्‍ने मात्रै हुँदैन, न त यसको अर्थ तैँले आफ्‍ना व्यवहारहरूमा आफ्‍नो बारेमा कसरी व्यक्त गर्छस् त्यो नै हुन्छ; बरु, प्राथमिक रूपमा, यसको अर्थ हृदयबाट काम-कुरा गर्नु, र तेरा सबै कार्यहरूलाई संचालन गर्न तेरो हृदयलाई दिनु हो। यसरी कामकुरा गर्ने क्रममा, कुनै अभिप्राय, कुनै अशुद्धता, कुनै शङ्का हुँदैन; यस्तो हृदय निकै शुद्ध हुन्छ। तेरा हृदयका शङ्काहरू कसरी व्यक्त हुन्छन्? तैँले जब सधैँ यसरी विचार गरिरहेको हुन्छस् तब ती व्यक्त हुन्छन्, “के परमेश्‍वरले यसो गर्नु उचित छ त? परमेश्‍वरले किन यसो भन्‍नुहुन्छ? यदि परमेश्‍वरले यसो भन्‍नुको पछाडि कुनै कारण छैन भने, म यसको आज्ञापालन गर्नेछैन। यदि परमेश्‍वरले यसो गर्नु अनुचित छ भने, म आज्ञापालन गर्नेछैन। अहिलेको लागि म यसलाई छोडिदिन्छु।” शङ्काहरू बोकेर नराख्‍नु भनेको परमेश्‍वरले जे भन्‍नुहुन्छ र गर्नुहुन्छ त्यो सही छ, र परमेश्‍वरको लागि कुनै सही वा गलत भन्‍ने हुँदैन भनेर पहिचान गर्नु हो। मानिसले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, परमेश्‍वरप्रति ध्यान दिनैपर्छ, परमेश्‍वरलाई सन्तुष्ट पार्नैपर्छ, र उहाँका विचार र चासोहरूमा सहभागी हुनैपर्छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा तेरो लागि अर्थपूर्ण देखिए पनि नदेखिए पनि, यो मानिसका धारणा र कल्‍पनाहरूसँग मिल्दो भए पनि नभए पनि, र मानिसले यसलाई बुझे पनि नबुझे पनि, तैँले यी कुराहरूलाई सधैँ पालन गर्न र तीप्रति आदरपूर्ण, समर्पित हृदय राख्‍न सक्छस्। के त्यस्तो अभ्यास सत्यता अनुरूप हुँदैन र? के यो प्रेमको प्रकटीकरण र अभ्यास होइन र? त्यसकारण, यदि तँ परमेश्‍वरका वचनहरूबाट परमेश्‍वरको इच्छा र उहाँको वाणीहरू पछाडिको अभिप्रायहरूलाई बुझ्दैनस् भने, यदि तँ उहाँका वचनहरूले प्राप्त गर्न खोजेको उद्देश्य र परिणामहरूलाई बुझ्दैनस् भने, यदि तँ उहाँका वचनहरूले मानिसमा के हासिल गर्न र सिद्ध बनाउन खोजेको हो भनी बुझ्दैनस् भने, यदि तँ यी कुराहरूलाई बुझ्दैनस् भने, यसले तैंले सत्यतालाई बुझेको छैनस् भन्‍ने प्रमाणित गर्छ। परमेश्‍वरले जे भन्नुहुन्छ त्यो किन भन्नुहुन्छ? उहाँ किन त्यस्तो शैलीमा बोल्नुहुन्छ? उहाँ आफूले बोल्ने हरेक शब्दमा किन त्यत्ति गम्भीर र इमानदार हुनुहुन्छ? किन उहाँले निश्‍चित शब्दहरूको प्रयोग गर्ने निर्णय गर्नुहुन्छ? के तँलाई थाहा छ? यदि तँ निश्चित रूपमा भन्न सक्दैनस् भने, त्यसको अर्थ तैंले परमेश्‍वरको इच्छा वा उहाँको उद्देश्यलाई बुझेको छैनस् र तैंले उहाँका वचनहरू पछाडिको प्रसंगलाई बुझेको छैनस् भन्ने हुन्छ। यदि तैंले यो कुरा बुझेको छैनस् भने, तैँले कसरी सत्यता प्राप्त गर्न सक्छस्? सत्यता प्राप्त गर्नु भनेको परमेश्‍वरले भन्नुहुने हरेक शब्दबाट उहाँको अर्थ बुझ्नु हो; यसको अर्थ तैंले परमेश्‍वरका वचनहरू बुझेपछि त्यसलाई अभ्यास गर्न सक्‍नु हो, यसरी तँ परमेश्‍वरका वचनहरूमा जिउन सक्छस् र त्यो तेरो वास्तविकता बन्दछ। जब तँमा परमेश्‍वरको वचनको पूर्ण ज्ञान हुन्छ तब मात्र तैंले सत्यतालाई बुझ्न सक्छस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “केवल सत्य वास्तविकता हुनेहरूले नेतृत्व गर्न सक्छन्”

यदि तँ आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छस् भने, तैँले सुरुमा सत्यतालाई बुझ्‍नुपर्छ, र सत्यताको खोजी गर्ने अझै कठिन प्रयास गर्नुपर्छ। सत्यताको खोजी गर्ने कार्यको एउटा महत्त्वपूर्ण भाग भनेको परमेश्‍वरका वचनहरूलाई कसरी मनन गर्ने भनी सिक्‍नु हो। परमेश्‍वरका वचनहरूको मनन गर्नुको उद्देश्य भनेको ती वचनहरूपछाडिका साँचो अर्थलाई बुझ्‍नु हो: खोजी गरेर, तैँले परमेश्‍वरका वाणीहरूको अर्थलाई, उहाँका मापदण्डहरू के हुन्, र ती वचनहरूमा उहाँको इच्‍छा के छ सो बुझ्‍नेछस्—सत्यताको वास्तविकता बुझ्‍नु भनेको यही हो। सत्यताको वास्तविकतालाई बुझिसकेपछि, तैँले अभ्यासका सिद्धान्तहरूलाई बुझ्‍न सक्‍नेछस्, र सोहीअनुरूप तैँले सत्यता वास्तविकतामा प्रवेश पनि प्राप्त गर्नेछस्। यसरी र यो कुरा थाहै नपाई, तैँले पहिले नबुझेका विषयहरूमा अन्तर्दृष्टि पाउनेछस्, तैँले नयाँ अन्तर्ज्ञान पाउनेछस्, र क्रमिक रूपमा ती तेरो वास्तविकता बन्‍नेछन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यतालाई बारम्बार मनन गर्दा मार्ग आउँछ”

यदि तँ सत्यताको पछि लाग्‍न चाहन्छस् भने, यदि तँ सत्यतालाई बुझ्‍न र सत्यतालाई प्राप्त गर्न चाहन्छस् भने, तैँले परमेश्‍वरको अघि कसरी शान्त हुने, कसरी सत्यताको चिन्तन गर्ने, र परमेश्‍वरका वचनहरूको मनन कसरी गर्ने सो सिक्‍नुपर्छ। सत्यताको चिन्तन गर्नको लागि पूरा गर्नुपर्ने कुनै औपचारिकताहरू छन्? कुनै नियमहरू छन्? कुनै समय-सीमाहरू छन्? के तैँले यो कुनै निश्‍चित स्थानमा गर्नुपर्छ? पर्दैन—परमेश्‍वरका वचनहरूको बारेमा कुनै पनि समय वा कुनै पनि स्थानमा मनन गर्न सकिन्छ। यदि तैँले तेरा खोक्रा विचार र कल्‍पनाहरूमा थोरै समय बिताइस्, र त्यो समयलाई सत्यताको मनन गर्न प्रयोग गरिस् भने, परिणामस्वरूप प्रतिदिन कति समय बरबाद हुनेथिएन होला? मानिसहरूले समय बरबाद गर्दा के गर्छन्? तिनीहरूले पूरै दिन गफ गर्दै र कुरा काट्दै, आफूलाई रुचि लाग्‍ने काम-कुराहरू मात्र गर्दै, अर्थहीन कुराहरूमा मात्रै संलग्‍न भई, विगतका व्यर्थका कुराहरूका बारेमा मात्रै विचार गर्दै, अनि आफ्नो भविष्य कस्तो हुनेछ, भविष्यको राज्य कहाँ हुनेछ, नरक कहाँ छ भन्‍ने कुराहरू कल्‍पना गर्दै दिन बिताउँछन्—के यी अर्थहीन कुराहरू होइनन् र? यदि यो समय सकारात्मक कुराहरूमा बिताइयो भने—यदि तँ परमेश्‍वरको अघि शान्त छस्, परमेश्‍वरका वचनहरूको मनन गर्दै र सत्यताको बारेमा सङ्गति गर्दै अझै धेरै समय बिताउँछस्, आफ्ना हरेक कार्यको बारेमा चिन्तन गर्छस्, र उहाँबाट हुने सुक्ष्म जाँचको लागि त्यसलाई परमेश्‍वरको सामुन्ने ल्याउँछस्, र तँ परमेश्‍वरप्रति सबैभन्दा विद्रोही हुने ती महत्त्वपूर्ण क्षेत्रहरूमा विशेष रूपमा हेर्दै, र तिनलाई समाधान गर्न परमेश्‍वरका सम्‍बन्धित वचनहरूको खोजी गर्दै, तैँले महसुस गर्न वा पहिचान गर्न नसकेका कुनै मुख्य समस्याहरू छन् कि भनेर हेर्छस् भने—तँ क्रमिक रूपमा सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्।

परमेश्‍वरका वचनहरूको मनन गर्ने कार्यमा के कुरा समावेश हुन्छ त? यसमा तैँले धेरैपटक उच्‍चारण गर्ने तथाकथित आत्मिक शब्‍दहरू र धर्मसिद्धान्तहरूलाई, र तैँले प्रायजसो सही ठान्‍ने गरेका अभ्यासका आत्मिक सिद्धान्तहरूलाई पक्रिने, र तिनको विषयमा प्रार्थना-वाचन गर्ने कार्य समावेश हुन्छ: “यी आत्मिक वाक्यांश र शब्दावलीहरूका सिद्धान्तको बारेमा म स्पष्ट छु, तिनको शाब्दिक अर्थको बारेमा मसँग राम्रो बुझाइ छ, तर तिनको वास्तविकता के हुन् त? मैले तिनलाई कसरी अभ्यास गर्नुपर्छ?” परमेश्‍वरका वचनहरूलाई मनन गर्ने तरिका यही हो; यही पक्षबाट सुरु गर। यदि परमेश्‍वरमा विश्‍वास गर्दा, मानिसहरूलाई उहाँका वचनहरूलाई कसरी मनन गर्ने भन्‍ने थाहा छैन भने, सत्यतामा प्रवेश गर्न र त्यसलाई बुझ्‍न तिनीहरूलाई निकै कठिन हुनेछ। यदि मानिसहरूले सत्यतालाई साँचो रूपमा बुझ्‍न सक्दैनन् भने, के तिनीहरू साँच्‍चै नै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन् त? तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन् त? यदि मानिसहरूले सत्यता प्राप्त गर्न सक्दैनन्, र तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन् भने, के तिनीहरूले परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट पार्न सक्छन् त? यो अत्यन्तै कठिन हुनेछ। उदाहरणको लागि, “परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नु” भन्‍ने धेरैपटक प्रयोग गरिने वाक्यांशलाई लिऊँ: तैँले यी वचनहरूको बारेमा चिन्तन गर्नुपर्छ, र आफैलाई यसो भन्‍नुपर्छ, “परमेश्‍वरको डर मान्‍नु भनेको के हो? यदि मैले कुनै गलत कुरा बोलेँ भने, यो परमेश्‍वरको डर मान्नु हो कि होइन? त्यसरी बोल्‍नु दुष्ट काम गर्नु हो कि असल काम गर्नु हो? के परमेश्‍वरले यसको याद गर्नुहुन्छ? के यसलाई परमेश्‍वरले भर्त्सना गर्नुहुन्छ? के-कस्ता कुराहरू दुष्ट हुन्? के मैले भन्‍ने र गर्ने कुराहरू, मैले प्रकट गर्ने विभिन्‍न स्वभावहरूका पछाडि मेरा आफ्‍नै विचार, अभिप्राय, सोचाइ, दृष्टिकोण, आवेग र उत्पत्ति हुन्छन्—के यिनलाई दुष्टता मानिन्छ? तीमध्ये कुनलाई परमेश्‍वरले स्वीकृती दिनुहुन्छ? कुन-कुनलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ? कुन-कुनलाई परमेश्‍वरले भर्त्सना गर्नुहुन्छ? कुन-कुन विषयमा अत्यन्तै गम्भीर गल्ती गर्ने ठूलो सम्‍भावना हुन्छ?” यी सबै विचार गर्न योग्य कुरा हुन्। के तिमीहरूले नियमित रूपमा सत्यताको मनन गर्छौ? तिमीहरूले कति धेरै समय बरबाद गरेका छौ? सत्यताको विषयमा, परमेश्‍वरमाथिको विश्‍वाससँग सम्‍बन्धित, जीवन प्रवेशसँग सम्‍बन्धित, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने विषयसँग सम्‍बन्धित कति वटा विषयहरूमा तिमीहरूले विचार गरेका छौ? तिमीहरूले परमेश्‍वरका वचनहरूको मनन गर्दा वा परमेश्‍वरमाथिको विश्‍वास र सत्यतासँग सम्‍बन्धित विषयहरूमा मनन गर्दा, त्यसले फल फलाउँछ भने, तिमीहरूले जीवन प्रवेश प्राप्त गरेका हुनेछौ। आज अझै पनि यी कुराहरूका बारेमा कसरी मनन गर्ने सो तिमीहरूलाई थाहा छैन, र यसरी तिमीहरूले जीवन प्रवेश प्राप्त गरेका छैनौ। जब कसैले जीवन प्रवेश प्राप्त गरेको हुन्छ, र परमेश्‍वरका वचनहरूको बारेमा मनन गर्न र समस्याहरूको बारेमा चिन्तन गर्न सक्छ, तब तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न थालेका हुन्छन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यतालाई बारम्बार मनन गर्दा मार्ग आउँछ”

परमेश्‍वरको वचन के हो? यो सबै सकारात्मक कुराहरूको वास्तविकता हो; यो परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सत्यता, बाटो र जीवन हो। परमेश्‍वरका वचनहरू धर्मसिद्धान्त, नारा वा तर्कहरू होइनन्, न त ती कुनै प्रकारको दर्शन र सिकाइ नै हुन्। बरु, तिनीहरू त मानिसको जीवन र अस्तित्वसँग, उसको व्यवहार र स्वभावसँग, मानिसले प्रकट गर्ने सबै कुराहरूसँग र मानिसको हृदयमा पैदा हुने र उसको मस्तिष्कमा विद्यमान हुने विचार र रायहरूसँग सम्बन्धित कुरा हो। यदि परमेश्‍वरका वचनहरूको बारेमा तेरा चिन्तनहरू यी कुराहरूसँग बाँधिएका छैनन् भने र तैँले उहाँका वचनहरू पढ्दा र उपदेश र सङ्गतिहरू सुन्दा यदि तँ यी कुराहरूसँग बाँधिएको हुँदैनस् भने, तैँले जे बुझ्न सक्छस् त्यो सतही र सीमित हुन्छ। तैँले परमेश्‍वरका वचनहरूलाई कसरी चिन्तन गर्ने भनी सिक्नुपर्छ। यो अत्यन्तै जरुरी छ। परमेश्‍वरका वचनहरूलाई चिन्तन गर्ने धेरै तरिकाहरू छन्: तैँले तिनलाई चुपचाप पढ्न सक्छस् र पवित्र आत्माको अन्तर्दृष्टि र ज्योतिको खोजी गर्दै हृदयभित्र प्रार्थना गर्न सक्छस्; तैँले सत्यताको खोजी गर्ने व्यक्तिहरूको साथमा सङ्गति र प्रार्थना-वाचन पनि गर्न सक्छस्; र अवश्य नै, तैँले परमेश्‍वरका वचनहरूको बुझाइ र ज्ञान गहिर्‍याउको लागि तेरो चिन्तनमा सङ्गति र उपदेशहरूलाई पनि समावेश गर्न सक्छस्। यी तरिकाहरू धेरै र विविध प्रकारका छन्। छोटकरीमा भन्नुपर्दा, परमेश्‍वरका वचनहरूलाई पढ्दा, यदि व्यक्तिले तिनीहरूको बुझाइ हासिल गर्न चाहन्छ भने, परमेश्‍वरका वचनहरूलाई चिन्तन र प्रार्थना-वाचन गर्न अत्यन्तै जरुरी हुन्छ। परमेश्‍वरका वचनहरूको प्रार्थना-वाचन गर्नुको उद्देश्य त्यसलाई नहेरी वाचन गर्न सक्षम हुनु होइन, न त त्यसलाई घोक्नु नै हो, बरु यो त तिनलाई प्रार्थना-वाचन र चिन्तन गरेपछि तिनीहरूको बारेमा सही बुझाइ प्राप्त गर्नु, र परमेश्‍वरले बोल्नुभएका यी वचनहरूको अर्थका साथै उहाँको अभिप्रायलाई जान्नु हो। यो तिनीहरूमा अभ्यास गर्ने बाटो पत्ता लगाउनु र आफूलाई आफ्नै बाटोमा हिँड्नबाट रोक्नु हो। यसअलावा, यो परमेश्‍वरका वचनहरूमा खुलासा गरिएका विविध प्रकारका स्थितिहरू र विभिन्न ढङ्गका मानिसहरूबीचको भेद छुट्याउन सक्‍नु र हरेक प्रकारको व्यक्तिसँग व्यवहार गर्ने अभ्यासको सही बाटो पत्ता लगाउन सक्‍नु हो। यसका साथै, यो बाटो बिराउनबाट जोगिनु र परमेश्‍वरले घृणा गर्नुहुने बाटोमा पाइला चाल्नबाट जोगिनु हो। तैँले परमेश्‍वरका वचनहरूलाई कसरी प्रार्थना-वाचन र चिन्तन गर्ने भनी जानिसकेपछि र यस कार्यलाई बारम्बार गर्न थालेपछि मात्र परमेश्‍वरका वचनहरूले तेरो हृदयमा जरा गाडेर ती तेरो जीवन बन्नेछन्।

परमेश्‍वरको सङ्गतिबाट उद्धृत गरिएको

तैँले सत्यता वास्तविकताको जुनसुकै पक्षको बारेमा सुनेको भए पनि, यदि तैँले त्यसको आधारमा आफूलाई जाँच्छस्, ती वचनहरूलाई आफ्‍नो जीवनमा लागू गर्छस्, र तिनलाई आफ्‍नो अभ्यासमा समाहित गर्छस् भने, तैँले अवश्य नै केही न केही प्राप्त गर्नेछस्, र तँ अवश्य नै परिवर्तन हुनेछस्। यदि तैँले यी वचनहरूलाई आफ्‍नो भुँडीमा थुपार्छस् र आफ्‍नो मस्तिष्कमा कण्ठ गरी राख्छस् भने, तँ कहिल्यै पनि परिवर्तन हुनेछैनस्। प्रवचनहरू सुन्‍ने क्रममा, तैँले यसरी मनन गर्नुपर्छ: “यी वचनहरूले के-कस्ता स्थितिहरूको बारेमा उल्‍लेख गरिरहेका छन्? तिनले सारका के-कस्ता पक्षलाई उल्‍लेख गरिरहेका छन्? मैले सत्यताको यो पक्षलाई कुन-कुन विषयहरूमा लागू गर्नुपर्छ? मैले सत्यताको यो पक्षसँग सम्‍बन्धित कुनै कुरा गर्दा, के मैले यहीअनुसार अभ्यास गरिरहेको हुन्छु त? अनि जब मैले यसलाई अभ्यास गरिरहेको हुन्छु, के मेरो स्थिति यी वचनहरूअनुसार हुन्छन् त? हुँदैनन् भने, के मैले खोजी, सङ्गति वा प्रतीक्षा गर्नुपर्छ त?” के तिमीहरूले आफ्‍नो जीवनमा यसरी अभ्यास गर्छौ त? गर्दैनौ भने, तिमीहरूको जीवन परमेश्‍वरविहीन र सत्यताविहीन छ। तिमीहरू अक्षर र धर्मसिद्धान्तहरूअनुसार वा तिमीहरूका आफ्‍नै चासो, आत्मविश्‍वास, र जोसअनुसार जिउँछौ। सत्यतालाई वास्तविकताको रूपमा प्राप्त नगरेकाहरूसँग वास्तविकता हुँदैन, र आफ्‍नो वास्तविकताको रूपमा परमेश्‍वरका वचनहरू प्राप्त नगरेका मानिसहरू उहाँका वचनहरूमा प्रवेश नगरेका मानिसहरू हुन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”

यदि मानिसहरूले सत्यताको निम्ति कुनै प्रयास गर्दैनन् भने, ढिलो-चाँडो तिनीहरू पतन हुनेछन्, र तिनीहरूलाई दृढ भई खडा हुन समस्या हुनेछ। यस्तो किन हुन्छ भने जब तिनीहरूमाथि परीक्षाहरू आइपर्छन्, त्यसको समाधान केही अक्षर र धर्मसिद्धान्तमा सीमित हुनेछैन। अक्षर र धर्मसिद्धान्तहरूले वास्तविक समस्याहरूलाई समाधान गर्न सक्दैनन्! तँसँग हरेक सत्यताको बारेमा स्पष्ट बुझाइ हुनुपर्छ, तिनको बारेमा तैँले नियमित रूपमा मनन गर्नुपर्छ, ताकि तैँले तिनलाई तेरो हृदयदेखि नै जान् र तिनलाई भित्र-बाहिर हरेक रूपमा जान्; तब मात्रै तँलाई तेरो जीवनमा कुनै समस्या आइपर्दा के गर्ने भन्ने थाहा हुनेछ। तर यदि तैँले यी सत्यताहरूका बारेमा कुनै सोचविचार गरिनस् भने के तैँले तिनलाई प्राप्त गर्न सक्छस् त? यदि तैँले तिनको बारेमा मनन गरिनस् भने, तैँले तिनको बारेमा जतिपटक सुने पनि वा तिनको बारेमा तैँले जति धेरै बताउन सके पनि, तँ तिनको शाब्दिक अर्थभन्दा अगाडि कहिल्यै पनि जान सक्‍नेछैनस्। यी शाब्दिक अर्थहरूले प्रायजसो तँलाई तँसँग जोश र सामर्थ्य भएको कारण परमेश्‍वरमाथिको तेरो विश्‍वासले फल फलाइसकेको छ, र तेरो कद अत्यन्तै ठूलो छ भन्‍ने भ्रम दिनेछ—तर तँलाई केही हुनेबित्तिकै, तैँले यी शाब्दिक अर्थहरूले तँलाई हरेक परीक्षा वा जाँचमा तँ सहजतासाथ अघि बढ्ने प्रत्याभूति दिन सक्दैनन् भन्‍ने कुरा पत्ता लगाउनेछस्। जब मानिसहरूलाई केही हुन्छ तब तिनीहरू प्रायजसो अन्योलमा हुन्छन्, र यस्तो विचार गर्छन्, “मैले यसको बारेमा के गर्नुपर्छ त? मैले चाँचाँडो परमेश्‍वरका वचनहरूमा खोजी गर्नुपर्छ र विभिन्‍न सिद्धान्तहरूलाई पत्ता लगाउनुपर्छ। यो सत्यताको कुन पक्षसँग सम्‍बन्धित छ त?” त्यस्तो समयमा तैँले के महसुस गर्नेछस् भने, तैँले आफैलाई अत्यन्तै थोरै सत्यताले सुसज्‍जित गरेको छस्, तैँले अत्यन्तै थोरै मात्रामा सत्यता वास्तविकतालाई बुझेको छस्। मानिसहरूले यो कुरा प्रायजसो तिनीहरू खाँचोमा पर्दा मात्रै महसुस गर्छन्। तिनीहरू समस्यामा नहुँदा, तिनीहरूले सधैँ नै आफूलाई पहिले नै आफूले धेरै सत्यताले सुसज्‍जित गरिसकेको, आफू सत्यताले भरिपूर्ण भएको ठान्छन्। तिनीहरू केले भरिपूर्ण भएका हुन्छन् त? अक्षर र धर्मसिद्धान्तहरूले, सतही कुराहरूले। तिनीहरूले आफू सत्यताले भरिपूर्ण भएको अनुभव गर्नु गलत हो; जब तँलाई तँ सत्यताले भरिपूर्ण छस् भन्‍ने लाग्छ, तँ खतरामा हुन्छस्। तर जब तँलाई तँ केही पनि होइनस्, तैँले नबुझ्‍ने कुराहरू धेरै छन् भन्‍ने लाग्छ, तब तैँले कसरी प्रवेश गर्ने भन्‍नेबारेमा मनन गर्न सक्‍नेछस्। यदि तँलाई सधैँ तँसँग सत्यता छ, तँ यसद्वारा भरिपूर्ण छस्, तँसँग पर्याप्त छ, तैँले आफैलाई चिन्छस्, र परमेश्‍वरलाई प्रेम गर्छस्, र परमेश्‍वरको लागि सबै कुरा गर्न सक्छस् भन्‍ने लाग्छ भने, यो खतराको लक्षण हो। तैँले जति यस्तो सोच्छस्, त्यति नै यसले तैँले केही पनि बुझ्दैनस्, तँमा कुनै पनि सत्यता वास्तविकता छैन भन्‍ने प्रमाणित गर्छ। यसको बारेमा ध्यान दिएर विचार गर्। सत्यताको बारेमा कसरी मनन गर्ने सो सिक्; यो परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूको जीवनको एउटा अत्यन्तै महत्त्वपूर्ण भाग हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यतालाई बारम्बार मनन गर्दा मार्ग आउँछ”

फूटनोट:

क. मूल पाठमा “दृष्टान्तको” भन्ने शब्‍द समावेश छैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्