परमेश्‍वरमा विश्‍वास गर्नु र धर्ममा विश्‍वास गर्नुबीचका भिन्नताहरू के-के हुन्

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

धर्ममा विश्‍वास गर्नु भनेको के हो? परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो? के त्यसमा भिन्नता छ? धर्मको सामान्य र प्रमुख विशेषताहरू के-के हुन्? मानिसहरूले धर्ममा विश्‍वास गर्नुलाई सामान्यतया कसरी परिभाषित गर्छन्? धर्ममा विश्‍वास गर्ने कुरामा व्यवहार परिवर्तन गर्ने, अरूसँग झगडा गर्ने, अरूलाई सराप्ने, दुराचार गर्ने, अरूलाई शोषण गर्ने, अरूबाट फाइदा उठाउने, र स-साना थोकहरू चोरी गर्ने र व्यक्तिगत सम्पत्ति चोरी गर्ने व्यवहारमा परिवर्तन गर्ने कार्यहरू समावेश हुन्छन्। मुख्य रूपमा यसले व्यवहारमा परिवर्तन हुनुलाई जनाउँछ। जब कसैले धर्ममा विश्‍वास गर्छ, उनीहरू असल व्यवहार गर्ने, असल व्यक्ति बन्ने कोसिस गर्छन्; यी बाहिरी व्यवहारहरू हुन्। धर्मलाई मनोवैज्ञानिक बैसाखी भन्दा के होला? दिमागको क्षेत्र भनेर भन्दा के होला? विश्‍वास छ भने व्यक्तिमा मनोवैज्ञानिक बैसाखी हुन्छ। त्यसकारण धर्ममाथिको विश्‍वासलाई यसरी परिभाषित गर्न सकिन्छ: राम्रो व्यवहार गर्ने हुनु, र मनोवैज्ञानिक बैसाखी बोक्‍नु—योभन्दा अरू केही होइन। जब उनीहरूले जसमा विश्‍वास गर्छन् के उहाँको साँच्चै अस्तित्व छ कि छैन र उहाँ वास्तवमा को हुनुहुन्छ, उहाँले तिनीहरूबाट के माग गर्नुहुन्छ जस्ता विवरणहरूको कुरा आउँछ तब तिनीहरू आफ्नो निष्कर्ष र कल्पनाको प्रयोग गर्छन्। त्यस्तो आधारको विश्‍वासलाई धर्ममा विश्‍वास गर्नु भनिन्छ। धर्ममा विश्‍वास गर्नुको मुख्य अर्थ व्यवहार परिवर्तन गर्न खोज्नु र मनोवैज्ञानिक बैसाखी प्राप्त गर्नु हो, तर के यसले व्यक्तिको जीवनको मार्गमा कुनै परिवर्तन ल्याउँछ? व्यक्तिको जीवनको मार्ग, उद्देश्य वा दिशामा अलिकति पनि परिवर्तन हुँदैन, न त उनीहरूको जिउने आधारमा नै कुनै परिवर्तन हुन्छ। अनि परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो? परमेश्‍वरले उहाँमा विश्‍वास गर्नुलाई कसरी परिभाषित गर्नुहुन्छ र के माग गर्नुहुन्छ? (उहाँको सार्वभौमिकतामा विश्‍वास गर्नु।) यो भनेको उहाँ अस्तित्वमा हुनुहुन्छ भनी विश्‍वास गर्नु र उहाँको सार्वभौमिकतामा विश्‍वास गर्नु हो—यो सबैभन्दा मुख्य कुरा हो। परमेश्‍वरले उहाँमाथिको मानिसहरूको विश्‍वासमा के माग गर्नुहुन्छ? यो कुन कुरासित सम्बन्धित छ? (इमानदार मानिसहरू हुनु, सामान्य मानवता हुनु, सत्यताको पछि लाग्नु, स्वभाव रूपान्तरणको खोजी गर्नु र परमेश्‍वरलाई चिन्न खोज्नु।) अनि मानिसहरूका बोलीवचनहरू र व्यवहारको सम्बन्धमा केही माग गरिएको छ? बाहिरी रूपमा, तँमा मुख्य रूपले सन्तको जस्तो शालीनता हुनुपर्छ र सामान्य मानवतामा जिउनुपर्छ भन्‍ने माग गरिएको छ। र परमेश्‍वरमा विश्‍वास गर्नुको परिभाषा के हो? परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरका वचनहरू पालन गर्नु हो; यो परमेश्‍वरले बोल्‍नुभएका वचनहरू अनुसार अस्तित्वमा हुनु, जिउनु, र कर्तव्य पूरा गर्नु, र सामान्य मानिसका सबै गतिविधिहरूमा संलग्न हुनु हो। यसले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरको पछि लाग्नु हो, परमेश्‍वरले गर्न लगाउनुभए जस्तै काम गर्नु हो, र तँलाई परमेश्‍वरले जिउन लगाउनुभए जस्तै जिउनु हो भन्ने बुझाउँछ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको उहाँको मार्गलाई पछ्याउनु हो। अनि त्यसो गर्दा, के मानिसहरूको जीवनको उद्देश्य र दिशा धर्ममा विश्‍वास गर्नेहरूको भन्दा पूर्ण रूपमा फरक हुँदैन र? परमेश्‍वरमा विश्‍वास गर्ने कार्यमा कुन-कुन कुराहरू सामेल हुन्छन्? मानिसहरू सामान्य मानवतामा जिउनुपर्छ; उनीहरूले परमेश्‍वरका वचनहरू पालन गर्नुपर्दछ, परमेश्‍वरले उनीहरूलाई जे गर्न लाउनु भए पनि उनीहरूले त्यो गर्नुपर्छ; र तिनीहरूले परमेश्‍वरका वचनहरू अनुसार अभ्यास गर्नुपर्छ। यी सबै कुरामा परमेश्‍वरका वचनहरू समावेश हुन्छन्। परमेश्‍वरका वचनहरू के हुन्? (सत्यता।) परमेश्‍वरमा विश्‍वास गर्ने कार्यमा सत्यता सामेल हुन्छ; यो जीवनको स्रोत, र सही मार्ग हो; यसमा मानिसहरू जीवनमा हिँड्ने मार्ग समावेश हुन्छ। के धर्ममा विश्‍वास गर्ने कार्यमा यी कुनै कुरा समावेश हुन्छ? त्यसमा हुँदैन। धर्ममा विश्‍वास गर्नको लागि, बाहिरी रूपमा असल व्यवहार गर्दा, आफैलाई नियन्त्रणमा राख्दा, नियमहरू पालन गर्दा र मनोवैज्ञानिक बैसाखी हुँदा भइहाल्छ। यदि व्यक्तिले असल व्यवहार गर्छ र ऊसित एक मानसिक साथ र बैसाखी छ भने के उनीहरूको जीवनको मार्ग परिवर्तन हुन्छ? (हुँदैन।) कतिपय मानिसहरू भन्छन्, “धर्ममा विश्‍वास गर्नु र परमेश्‍वरमा विश्‍वास गर्नु एउटै कुरा हो।” त्यसो भए के तिनीहरूले परमेश्‍वरलाई पछ्याउँछन्? धर्ममा विश्‍वास गर्नु भनेको व्यवहारमा परिवर्तन गर्न खोज्नु मात्र हो, मनोवैज्ञानिक बैसाखीको खोजीभन्दा बढी अरू केही होइन, र त्यसमा कुनै सत्यता सामेल हुँदैन। फलस्वरूप, यी मानिसहरूको स्वभावमा कुनै परिवर्तन हुन सक्दैन। उनीहरूले सत्यतालाई अभ्यास वा कुनै ठोस परिवर्तन ल्याउन सक्दैनन्, अनि उनीहरूमा परमेश्‍वरको साँचो ज्ञान हुँदैन। जब कसैले धर्ममा विश्‍वास गर्छ, उनीहरूका व्यवहार जति नै असल भए पनि, उनीहरूको मनोवैज्ञानिक बैसाखी जति नै मजबुत भए पनि के उनीहरू परमेश्‍वरको पछि लाग्छन्? (लाग्दैनन्।) उनीहरू कसको पछि लाग्छन्? उनीहरू शैतानको पछि लाग्छन्। अनि उनीहरू जसरी जिउँछन्, जसको पछि लाग्छन्, जे इच्छा गर्छन्, जे अभ्यास गर्छन् र उनीहरू आफ्‍नो जीवनमा जुन कुरामा भर पर्छन् त्यसको आधार के हुन्छ? त्यो आधार पूर्ण रूपमा शैतानको भ्रष्ट स्वभाव र त्यसको सार हुन्छ। उनीहरू आफ्‍नो चालचलन जस्तो छ र अरूसँग जस्तो व्यवहार गर्छन्, त्यो शैतानको जीवन तर्क र दर्शन अनुरूप हुन्छ; उनीहरू जे भन्छन् ती सबै झूटा हुन्छन्, अलिकति पनि सत्यता हुँदैन; उनीहरूले आफ्नो शैतानी स्वभावमा अलिकति पनि परिवर्तन हासिल गरेका हुँदैनन्, र उनीहरूले पछ्याउने कुरा शैतान नै हुन्छ। उनीहरूको जीवनको दृष्टिकोण, मूल्य-मान्यता, काम-कुराहरू सम्हाल्ने तरिकाहरू, र उनीहरूका कार्यहरूका सिद्धान्तहरू सबै उनीहरूको शैतानी प्रकृतिको अभिव्यक्ति हुन्; उनीहरूको बाहिरी व्यवहारमा थोरै मात्र परिवर्तन भएको हुन्छ; उनीहरूको जीवनको बाटो, उनीहरू जिउने शैली, वा उनीहरूको दृष्टिकोणमा अलिकति पनि परिवर्तन भएको हुँदैन। यदि तँ साँच्चै परमेश्‍वरमा विश्‍वास गर्छस् भने, केही वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि वास्तवमा तँमा के-कस्ता परिवर्तनहरू भएका छन्? तेरो जीवनको जगमा परिवर्तन हुन्छ। तँ कुन आधारमा जिउँछस्? तँ हरेक दिन जे गर्छस् र जे भन्छस् त्यसलाई कुन कुराले संचालन गर्दछ? यो सबै कुन कुनामा आधारित हुन्छ? (यो सबै परमेश्‍वरको वचन र सत्यतामा आधारित हुन्छ।) उदाहरणको लागि, तँ अब झूटो बोल्दैनस्—त्यसको आधार के हो? तँ किन अब त्यस्तो प्रकारले बोल्दैनस्? (किनकि परमेश्‍वरलाई त्यो मन पर्दैन।) तैंले अब त्यस प्रकारले नबोल्नु वा काम नगर्नुको एउटा आधार छ, र त्यो आधार परमेश्‍वरको वचन, परमेश्‍वरले माग गर्नुभएको कुरा र सत्यता हो। त्यसो भए, के त्यस्तो व्यक्तिसित उस्तै जीवनको मार्ग हुन्छ? एउटा सारांश यसप्रकार छ: धर्ममा विश्‍वास गर्नु भनेको के हो? परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो? जब मानिसहरूले धर्ममा विश्‍वास गर्छन्, उनीहरू शैतानको पछि लाग्छन्; जब उनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन्, उनीहरू परमेश्‍वरलाई पछ्याउँछन्। भिन्नता यही हो। आज, तँ परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्छस्; तँ धर्ममा विश्‍वास गर्छस् कि परमेश्‍वरमा? भिन्नता के छ? यो कुन कुरामा आधारित छ? यो तँ हिँड्ने मार्गमा आधारित हुन्छ। यदि तैँले असल व्यवहार, मनोवैज्ञानिक बैसाखी, नियमहरूको पालना, र व्यक्तिगत फाइदा हुने योजनाहरूको खोजी गर्छस् भने, र यदि तैँले सत्यतालाई अलिकति पनि खोजी गर्दैनस्, तर असल देखिने व्यक्ति मात्र हुन चाहन्छस् भने, र तेरो प्रकृतिको सारमा वा भ्रष्ट स्वभावमा थोरै पनि परिवर्तन भएको छैन भने, तँ धर्ममा विश्‍वास गर्छस्। जसले परमेश्‍वरमा विश्‍वास गर्छन्, उनीहरूले परमेश्‍वरले व्यक्त गर्नुहुने सबै सत्यताहरू स्वीकार गर्न सक्छन्; उनीहरूले सत्यताको आधारमा आफैमाथि चिन्तन गर्न र आफूलाई चिन्न सक्छन्, र साँचो पश्चात्ताप गर्न सक्छन्, र अन्त्यमा, उनीहरूले परमेश्‍वरका वचनहरू पालन गरी जिउन, परमेश्‍वरको आज्ञापालन गर्न र परमेश्‍वरको आराधना गर्न सक्छन्—त्यस्ता मानिसहरू मात्र परमेश्‍वरमा साँचो विश्‍वासहरू हुन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “धर्ममाथिको विश्‍वासले कहिल्यै पनि मुक्तितर्फ डोर्‍याउँदैन”

परमेश्‍वरमा विश्‍वास गर्नु, अनि धर्म र धार्मिकपनमा विश्‍वास गर्नुबिच के भिन्नता छ? कसैले धर्ममा विश्‍वास गर्दा सबैले यो विचार गर्छ कि त्यस व्यक्तिलाई जीवनयापनको अभाव छ, तिनीहरूलाई घर-परिवारमा कठिनाइहरू भइरहेको हुन सक्छ। नत्र, उनीहरू भर पर्न सक्ने कुरा प्राप्त गर्न चाहन्छन्, आत्मिक पोषण पाउन चाहन्छन् भन्‍ने यसको अर्थ हुन्छ। धर्ममा विश्‍वास गर्नु भनेको मानिसहरूलाई परोपकारी बनाउनु, अरूलाई सहायता गर्ने बनाउनु, अरूप्रति दयालु बनाउनु, सद्गुण थुपार्न अझ असल कर्महरू गर्न लाउनु, हत्या वा आगजनी गर्न नदिनु, खराब कार्यहरू गर्न नदिनु, मानिसहरूलाई कुटपिट गर्न वा उनीहरूलाई सराप्न नदिनु, चोरी वा लुटपाट गर्न नदिनु, ठग्नु वा धोका दिन नलगाउनु भन्दा बढी अरू केही होइन। “धर्ममा विश्‍वास” गर्नुको अवधारणा यही हो, जुन सबैका मनमा हुन्छ। आज तिमीहरूका हृदयमा धर्ममा विश्‍वास गर्ने धारण कतिसम्म छ? यस्ता विचारहरू हुनु नै धर्ममा विश्‍वास गर्नु हो भनी के तिमीहरू भन्न सक्छौ? के विश्‍वास हुनुको अवस्था र धर्ममा विश्‍वास गर्ने अवस्थाबिच भिन्नता छ? धर्ममाथिको विश्‍वास र परमेश्‍वरमाथिको विश्‍वासको बीचमा के भिन्नता छ? जब तैँले पहिलो पटक परमेश्‍वरमा विश्‍वास गर्न थालिस्, त्यस बेला सायद तैँले धर्ममा विश्‍वास गर्नु र परमेश्‍वरमा विश्‍वास गर्नु एउटै कुरा हो भनी विचार गरेको थिइस्। तर आज, पाँच वर्षभन्दा बढी समयसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि, तँलाई विश्‍वास गर्नु भनेको वास्तवमा के हो भन्‍ने लाग्छ? के धर्ममा विश्‍वास गर्नुभन्दा यसमा कुनै भिन्नता छ? धर्ममा विश्‍वास गर्नु भनेको व्यक्तिको आत्मामा खुसी र सान्त्वना ल्याउनका लागि केही नियमहरू पालन गर्नु हो। मानिस कुन बाटोमा हिँड्छ, मानिसहरू कुन तरिकाले जिउँछन्, तिनीहरू आफ्नो जीवन कसरी जिउँछन् भन्ने प्रश्नहरूसित यसको कुनै सम्बन्ध हुँदैन। भन्नुको अर्थ, तेरो हृदयमा, तेरो भित्री संसारमा कुनै परिवर्तन भएको हुँदैन; तँ पहिलेकै जस्तो हुन्छस्, अनि तेरो प्रकृति र सार पनि त्यस्तै रहन्छ। तैँले परमेश्‍वरबाट आएका सत्यताहरूलाई स्वीकार गरेको र ती कुरालाई आफ्नो जीवन बनाएको हुँदैनस्, तर केवल केही असल कार्यहरू गरेको वा केही विधि र नियमहरू पालन मात्र गरेको हुन्छस्। तँ धर्मको विश्‍वाससित सम्बन्धित केही कार्यहरूमा मात्र संलग्न भएको हुन्छस्—बस यति मात्र हो। त्यसो भए परमेश्‍वरमाथिको विश्‍वासले कुन कुरालाई सङ्केत गर्छ? यसको अर्थ तँ यस संसारमा कसरी जिउँछस् त्यसमा परिवर्तन आउनु हो, यसको अर्थ तेरो अस्तित्वको महत्त्वमा र जीवनमा तेरा लक्ष्यहरूमा अघि नै परिवर्तन आइसकेको छ भन्ने हो। तँ सुरुमा आफ्ना पुर्खाहरूलाई आदर गर्न, भीडबाट अलग बस्न, राम्रो जीवन बिताउन, र ख्याति र सम्पत्ति प्राप्त गर्ने प्रयासमा जिउथिस्। आज, तैँले ती कुराहरूलाई त्यागेको छस्। तँ अब शैतानको पछि लाग्दैनस्, तर तँ त्यसलाई त्याग्न चाहन्छस्, त्यो दुष्ट प्रवृत्तिलाई त्याग्न चाहन्छस्। तैँले परमेश्‍वरलाई पछ्याइरहेको छस्, तैंले जे स्वीकार गरेको छस् त्यो सत्यता हो, र तँ हिँडिरहेको मार्ग सत्यताको पछि लाग्ने मार्ग हो। तेरो जीवनको दिशा पूर्ण रूपमा परिवर्तन भएको छ। यो भनेको जीवनप्रति भिन्नै दृष्टिकोण राख्नु हो, सृष्टिकर्तालाई पछ्याउनु हो, सृष्टिकर्ताको नियम र व्यवस्थालाई स्वीकार गर्नु र त्यसको अधीनमा बस्नु हो, अनि आखिरमा एउटा साँचो सृष्टि बन्नु हो। के यो तेरो जीवनशैली परिवर्तन गर्नु होइन र? यो तेरो पहिलेको खोज, जीवनशैली, र तैँले गरेका सबै कुराहरूको पछाडि रहेका अभिप्रायहरू र उद्देश्यहरू भन्दा पूर्ण रूपमा विपरीत हुन्छ—ती पूर्ण रूपमा अमिल्दा हुन्छन्, ती एउटै क्षेत्रमा पनि हुँदैनन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसहरू जिउनका निम्ति वास्तवमा कुन कुरामा भर पर्दैआएका छन्”

परमेश्‍वरमाथिको विश्‍वासलाई व्याख्या गर्ने सबैभन्दा सरल तरिका भनेको परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्नु हो, अनि यही जगमा, उहाँलाई पछ्याउनु, उहाँको आज्ञापालन गर्नु, उहाँको प्रभुत्व, योजनाबद्ध कार्यहरू र प्रबन्धहरूलाई स्वीकार गर्नु, उहाँका वचनहरू सुन्नु, उहाँका वचनहरू अनुरूप जिउनु, सबै कुरा उहाँका वचनहरू अनुसार गर्नु, सृष्टि गरिएको एक सच्‍चा प्राणी बन्‍नु, र उहाँको भय मान्नु र खराबीबाट अलग बस्नु हो; यो मात्र परमेश्‍वरमाथिको साँचो विश्‍वास हो। परमेश्‍वरलाई पछ्याउनु भनेको यही हो। तँ परमेश्‍वरलाई पछ्याउँछु भन्छस्, तर तेरो हृदयमा तैँले परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्दैनस्, र उहाँको अधीनता, योजनाबद्ध कार्यहरू, र बन्दोबस्तहरूलाई स्वीकार गर्दैनस्। यदि तँसित परमेश्‍वरले गर्नुहुने कार्यको बारेमा सधैँ धारणाहरू हुन्छन्, र उहाँले गर्नुहुने कार्यलाई तैँले सधैँ गलत रूपमा बुझ्छस् भने, र त्यसको बारेमा गुनासो गर्छस् भने; यदि तँ सधैँ असन्तुष्ट हुन्छस्, र उहाँले गर्नुहुने कार्यलाई सधैँ तेरा आफ्नै धारणाहरू र कल्पनाहरू अनुसार नाप्छस् र विचार गर्छस् भने; यदि तँसित सधैँ तेरा आफ्नै बुझाइहरू हुन्छन् भने—त्यसले समस्या उत्पन्न गर्दछ। तैँले परमेश्‍वरको कामको अनुभव गरिरहेको हुँदैनस्, र तँसित साँचो रूपले उहाँलाई पछ्याउने मार्ग हुँदैन। यो परमेश्‍वरमा विश्‍वास गर्नु होइन।

वास्तवमा, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो? के धर्ममा विश्‍वास गर्नु परमेश्‍वरमा विश्‍वास गर्नु बराबर हो? जब मानिसहरूले धर्ममा विश्‍वास गर्छन्, तिनीहरू शैतानको पछि लाग्छन्। जब उनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन् तब मात्र उनीहरूले परमेश्‍वरलाई पछ्याउँछन्, र ख्रीष्टलाई पछ्याउनेहरूले मात्र परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्दछन्। के परमेश्‍वरको वचनलाई आफ्नो जीवनको रूपमा कहिल्यै स्वीकार नगर्ने कुनै व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति हो? तिनीहरूले जति धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए पनि त्यसबाट केही फाइदा हुँदैन। आफ्नो विश्‍वासमा सधैँ धर्मकर्ममा व्यस्त हुने, तर सत्यताको अभ्यास नगर्ने व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होइन, र परमेश्‍वरले तिनीहरूलाई स्वीकार गर्नुहुन्‍न। परमेश्‍वरले कुन आधारमा तँलाई स्वीकार गर्नुहुन्छ? तैँले उहाँले गर्नुभएको मागअनुसार सबै काम-कुराहरू गर्छस् कि गर्दैनस् भन्ने आधारमा उहाँले तँलाई स्वीकार गर्नुहुन्छ। उहाँको स्वीकृति उहाँका वचनहरू अनुरूप प्रदान गरिन्छ, तेरो बाहिरी व्यवहारमा कति वटा परिवर्तनहरू भए वा तैँले उहाँको निम्ति यताउति दगुरेर कति समय बिताइस् भन्ने आधारमा होइन, तर तँ हिँडेको बाटो, र तँ सत्यताको पछि हिँडिस् कि हिँडिनस् भन्ने कुरामा आधारित हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्छौं भनी भन्‍ने र परमेश्‍वरका निम्ति प्रशंसाका शब्दहरू बोल्‍नेहरू धेरै हुन्छन्—तर तिनीहरूका हृदयमा, तिनीहरूले परमेश्‍वरले बोल्नुभएका वचनहरूलाई प्रेम गर्दैनन्, न त तिनीहरू सत्यतामा नै रुचि राख्छन्। उनीहरू आफ्नो हृदयमा सधैँ के विश्‍वास गर्छन् भने, यदि उनीहरू शैतानको दर्शन र बाहिरी संसारका विभिन्न सिद्धान्तहरू अनुसार जिए भने मात्र उनीहरू सामान्य हुनेछन्, र आफैलाई सुरक्षा गर्न सक्नेछन्, यस प्रकारले जिएर मात्र यो संसारमा त्यसले उनीहरूको जीवनलाई मूल्य दिनेछ। के यो व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने व्यक्ति हो? प्रसिद्ध, महान् व्यक्तिहरूका सबै भनाइहरू विशेष गरी दार्शनिक जस्तो सुनिने भनाइहरूले मानिसहरूलाई धोका दिन सक्छन्। यदि तँ ती भनाइहरूलाई सत्यता ठान्छस्, र तिनलाई सूत्रवाक्यको रूपमा पालन गर्छस्, तर जब परमेश्‍वरका वचनहरू, तँलाई इमान्दार व्यक्ति बन्‍न, तँलाई आफ्‍नो कामकुरामा निष्ठावान बन्‍न, तँलाई प्रदान गरिएको क्षेत्रमा ध्यान दिन र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न, र तँलाई अटल रहन लगाउने परमेश्‍वरको सबैभन्दा साधारण वचनहरूको पालना गर्ने कुरा आउँछ, तब तँ ती कुराहरूलाई अभ्यास गर्न सक्दैनस्, र तँ ती कुराहरूलाई सत्यताको रूपमा लिइनस् भने, तँ परमेश्‍वरलाई पछ्याउने व्यक्ति होइनस्। तँ सायद तैंले परमेश्‍वरका वचनहरू अभ्यास गरेको छस् भनेर भन्छस् होला, तर यदि परमेश्‍वरले तँलाई सत्यताका निम्ति जोड् दिनुभयो र यसो भनेर सोध्‍नुभयो भने के हुन्छ: “तैँले के अभ्यास गरेको छस्? तैँले अभ्यास गरेका ती वचनहरू कसले बोलेका हुन्? तैंले पालन गरेका सिद्धान्तहरूको आधार के हो?” यदि त्यो आधार परमेश्‍वरका वचनहरू होइन भने त ती शैतानका वचनहरू हुन्; तँ शैतानका वचनहरू अनुसार जिउँछस्, तैपनि तैँले सत्यताको अभ्यास गर्छु र परमेश्‍वरलाई सन्तुष्ट पार्छु भनी भन्छस्, के यो उहाँको विरुद्धमा गरिने ईश्‍वरनिन्दा होइन? मानिसहरू इमानदार हुनुपर्छ भनेर परमेश्‍वर भन्‍नुहुन्छ, तर इमानदार हुनको लागि के-के गर्नुपर्छ, इमानदारीताको अभ्यास कसरी गर्नुपर्छ, वा तिनीहरूले जिएका र प्रकट गरेका कुन-कुन कुराहरू इमानदार छैनन् र तीमध्ये कुन-कुन कुराहरू इमानदार छन् भनी विचार गर्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरूमा भएको सत्यताको सारमाथि चिन्तन गर्दैनन्, तर अविश्‍वासीहरूको पुस्तक भेट्टाउँछन्, र त्यो पढेपछि उनीहरू भन्छन्, “यी असल वचनहरू हुन्—परमेश्‍वरको वचनभन्दा भन्दा पनि असल। ‘सोझा मानिसहरू सधैँ सफल हुन्छन्’—के परमेश्‍वरको वचनले पनि त्यसै भनेको छैन र? यो पनि सत्यता नै हो!” यसैले उनीहरूले यी वचनहरू पालन गर्छन्। ती वचनहरू पालन गर्दा तिनीहरू कस्तो प्रकारले जिउँछन्? के तिनीहरू सत्यताको वास्तविकता अनुसार जिउन सक्छन्? के यस्ता मानिसहरू धेरै छन्? तिनीहरूले थोरै ज्ञान प्राप्त गर्दछन्, केही पुस्तकहरू पढ्छन्, र केही अन्तर्दृष्टि प्राप्त गर्छन्, र उनीहरूले केही प्रसिद्ध कथा वा लोकप्रिय भनाइ सुन्छन् र तिनलाई सत्यताको रूपमा लिन्छन्। उनीहरू यी शब्दहरू अनुसार काम गर्दछन्, र तिनलाई आफ्ना कर्तव्यहरूमा र परमेश्‍वरमाथिको उनीहरूको विश्‍वासको जीवनमा लागू गर्छन्, र त्यसले उहाँलाई सन्तुष्ट तुल्याउँछ भनेर समेत विचार गर्छन्। के यो जालझेल होइन र? के यो चालबाजी होइन? यो ईश्‍वरनिन्दा हो! मानिसहरूमा यस्तो कुरा धेरै हुन्छ। उनीहरू राम्रो सुनिने, सही-देखिने लोक सिद्धान्तहरू पालन गर्छन्, मानौं ती कुराहरू नै सत्यता हुन्। उनीहरूले परमेश्‍वरका वचनहरूलाई एकातिर राख्छन् र तिनमा ध्यान दिँदैनन्, र उनीहरूले त्यो जति पटक पढे पनि, त्यसलाई हृदयमा राख्दैनन् वा तिनलाई सत्यताको रूपमा लिँदैनन्। के यसो गर्ने व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति हो? के तिनीहरूले परमेश्‍वरलाई पछ्याउँछन्? त्यस्तो व्यक्तिले धर्ममा विश्‍वास गर्छन्; तिनीहरूले शैतानलाई पछ्याउँछन्! तिनीहरूले आफ्‍नो हृदयमा शैतानले भनेका वचनहरूमा दर्शन छ, यी शब्दहरूको गहिरो अर्थ छ, ती धर्मशास्त्र हुन्, बुद्धिमानी भनाइहरू हुन् भनी सोच्छन् र उनीहरूले अरू जे-सुकैलाई छोडे पनि यी वचनहरूलाई कहिल्यै पन्साउन सक्दैनन्। उनीहरूका निम्ति, त्यसो गर्नु जीवन गुमाउनुजस्तो हुन्छ, उनीहरूको मुटुमा प्वाल पार्नुजस्तो हुन्छ। यो कस्तो प्रकारको व्यक्ति हो? यो शैतानलाई पछ्याउने व्यक्ति हो।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “धर्ममाथिको विश्‍वासले कहिल्यै पनि मुक्तितर्फ डोर्‍याउँदैन”

यदि एक व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ तर उहाँका वचनहरूमा ध्यान दिँदैन, सत्यतालाई स्वीकार गर्दैन वा उहाँका बन्दोबस्तहरू र योजनाहरूप्रति ऊ समर्पित हुँदैन भने; यदि उनीहरूले केही निश्‍चित असल व्यवहारहरू मात्र देखाउँछन्, तर देहलाई छोड्न अनि तिनीहरूका अहङ्कार वा रुचिहरू केही पनि त्याग्न सक्दैनन् भने; यदि, सबैका अघि उनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका देखापरे पनि, उनीहरू अझै पनि आफ्नो शैतानी स्वभावअनुसार जिउँछन् र शैतानको जीवनदर्शन र अस्तित्वमा रहने तरिकाहरूलाई अलिकति पनि त्यागेका हुँदैनन् र उनीहरू परिवर्तन हुँदैनन् भने—तब उनीहरूले सम्भवतः परमेश्‍वरमा कसरी विश्‍वास गर्न सक्छन् र? त्यो त धर्ममा गरिएको विश्‍वास हो। त्यस्ता मानिसहरूले चिजबिजहरू त्याग्छन् अनि सतही रूपमा आफैलाई अर्पण गर्छन्, तर उनीहरू हिंड्ने मार्ग र उनीहरूले गर्ने सबै कुराको स्रोत र प्रेरक-शक्ति परमेश्‍वरको वचन वा सत्यतामा आधारित हुँदैनन्; यसको साटो, उनीहरूले निरन्तर आफ्नै कल्पना, इच्छा, र व्यक्तिगत अनुमानअनुसार कार्य गरिरहन्छन् र शैतानका जीवनदर्शन र स्वभावहरू नै निरन्तर उनीहरूको अस्तित्व र कार्यहरूको आधार भइरहेका हुन्छन्। ती विषयहरू, जसको सत्यता उनीहरूले बुझ्दैनन्, उनीहरूले त्यसको खोजी गर्दैनन्। ती विषयहरू, जसको सत्यता उनीहरूले बुझ्छन्, त्यो उनीहरूले अभ्यास गर्दैनन्, परमेश्‍वरलाई महान् ठानेर उच्‍च पार्दैनन्, वा सत्यतालाई मूल्यवान् ठान्दैनन्। उनीहरू नामको लागि मात्र परमेश्‍वरका अनुयायी हुन्छन्, तर त्यो पनि कुरामा मात्र हुन्छ; उनीहरूका कार्यहरूको सार उनीहरूका भ्रष्ट स्वभावहरूको अभिव्यक्तिबाहेक अरू केही हुँदैन। उनीहरूको आशय र इरादा सत्यताको अभ्यास गर्नु हो र परमेश्‍वरका वचनहरूअनुसार कार्य गर्नु हो भन्ने कुनै संकेत नै हुँदैन। जो मानिसहरू अरू सबै कुराभन्दा पहिले आफ्नै हितलाई विचार गर्दछन्, जसले पहिले आफ्नै चाहना र उद्देश्यहरू पूरा गर्छन्—के उनीहरू परमेश्‍वरको पछि लाग्‍ने मानिसहरू हुन् त? (होइनन्।) अनि के परमेश्‍वरको पछि नलाग्‍ने मानिसहरूले आफ्नो स्वभावमा परिवर्तन ल्याउन सक्छन् त? (सक्दैनन्।) यदि उनीहरूले आफ्नो स्वभाव परिवर्तन गर्न सक्दैनन् भने, के उनीहरू दयनीय हुँदैनन् र? … जब उनीहरूसँग कुनै समस्या हुँदैन, जब उनीहरूका लागि सबै कुराहरू सहज रूपमा चलिरहेका हुन्छन्, त्यसबेला धेरैजसो मानिसहरूले परमेश्‍वर शक्तिशाली, धार्मिक र प्रेमिलो हुनुहुन्छ भन्ने महसुस गर्छन्। जब परमेश्‍वरले उनीहरूको जाँच गर्नुहुन्छ, उनीहरूलाई निराकरण गर्नुहुन्छ, उनीहरूलाई ताडना दिनुहुन्छ र अनुशासन कारबाही गर्नुहुन्छ, जब उहाँले तिनीहरूलाई आफ्नै चासोका कुराहरू पन्साउन, देहलाई त्याग्‍न र सत्यताको अभ्यास गर्न लगाउनुहुन्छ, जब परमेश्‍वरले उनीहरूमा काम गर्नुहुन्छ, र उनीहरूका भाग्य र तिनीहरूको जीवनका निम्ति योजनाबद्ध काम गर्नुहुन्छ र शासन गर्नुहुन्छ, तिनीहरू विद्रोही बन्छन् र आफू र परमेश्‍वरको बीचमा शत्रुता उत्पन्न गर्छन्; तिनीहरूले आफ्‍नो र परमेश्‍वरको बीचमा विवाद र खाल्डो सृजना गर्छन्। त्यस्तो बेला उनीहरूलाई आफ्‍नो हृदयमा परमेश्‍वर अलिकति पनि प्रेमिलो हुनुहुन्न भन्‍ने लाग्छ; उहाँ पटक्कै शक्तिशाली हुनुहुन्न, किनकि उहाँले जे गर्नुहुन्छ त्यसले उनीहरूका चाहनाहरू पूरा गर्दैन। परमेश्‍वरले तिनीहरूलाई दुःखित तुल्याउनुहुन्छ; उहाँले तिनीहरूलाई उदास बनाउनुहुन्छ; उहाँले तिनीहरूमाथि पीडा र कष्ट ल्याउनुहुन्छ; उहाँले तिनीहरूलाई अशान्त महसुस गराउनुहुन्छ। यसैले उनीहरू कुनै पनि हालतमा परमेश्‍वरको अधीनमा बस्दैनन्, बरु उहाँको विरुद्ध विद्रोह गर्छन् र उहाँबाट टाढा बस्छन्। के त्यसो गरेर उनीहरूले सत्यताको अभ्यास गरिरहेका हुन्छन्? के उनीहरूले परमेश्‍वरको मार्ग पछ्याइरहेका हुन्छन्? के उनीहरू परमेश्‍वरलाई पछ्याउँछन्? पछ्याउँदैनन्। यसैले परमेश्‍वरको कामको बारेमा तेरा धारणाहरू र कल्पनाहरू जति नै धेरै भए पनि, र तैँले पहिले आफ्नै इच्छाअनुसार जसरी व्यवहार गरे पनि र परमेश्‍वरको विरुद्धमा विद्रोह गरे पनि, यदि तँ साँचो रूपले सत्यताको पछि लाग्छस्, अनि परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गर्छस्, परमेश्‍वरका वचनहरूको काटछाँट र निराकरणलाई स्वीकार गर्छस् भने, यदि उहाँले योजनाबद्ध रूपमा गर्नुहुने सबै कुरामा तँ परमेश्‍वरको मार्गलाई पछ्याउन सक्छस् भने, परमेश्‍वरका वचनहरू पालना गर्छस् र उहाँको इच्छाको खोजी गर्छस् भने, उहाँका वचनहरू र उहाँको इच्छाअनुसार अभ्यास गर्छस्, समर्पणताको खोजी गर्न सक्छस्, र तेरा आफ्ना सबै इच्छा, चाहना, विचार, अभिप्रायहरू र परमेश्‍वरप्रतिको शत्रुतालाई पन्साउन सक्छस् भने—तब मात्र तैँले परमेश्‍वरलाई पछ्याइरहेको हुन्छस्! तैँले परमेश्‍वरलाई पछ्याइरहेको छस् भनेर भन्छस्, तर तैँले सबै काम आफ्‍नै इच्छाअनुसार मात्र गर्छस्। तैँले गर्ने सबै काममा तेरा आफ्नै उद्देश्यहरू, तेरा आफ्नै योजनाहरू हुन्छन्; तैँले यस कुरालाई परमेश्‍वरको हातमा छोड्दैनस्। त्यसो भए के परमेश्‍वर अझै पनि तेरा परमेश्‍वर हुनुहुन्छ? यदि परमेश्‍वर तेरा परमेश्‍वर हुनुहुन्न भने, जब तँ परमेश्‍वरलाई पछ्याउँछु भनेर भन्छस्, तब के ती खोक्रा शब्दहरू मात्र हुँदैनन् र? के त्यस्ता शब्दहरू मानिसहरूलाई मूर्ख बनाउने प्रयास होइनन्? तँ परमेश्‍वरलाई पछ्याउँछु भनेर भन्छस्, तर तेरा सबै कामहरू र व्यवहारहरू, जीवनप्रतिको तेरो दृष्टिकोण, तेरा मूल्य-मान्यताहरू, र तैँले कामकुराहरूलाई लिने र सम्‍हाल्‍ने आचरण र सिद्धान्तहरू सबै शैतानबाट आउँदछ—तैँले यी सबै कुरालाई पूर्ण रूपले शैतानका सिद्धान्तहरू र तर्कअनुसार सम्हाल्छस्। त्यसो भए, के तँ परमेश्‍वरलाई पछ्याउँछस्?

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “धर्ममाथिको विश्‍वासले कहिल्यै पनि मुक्तितर्फ डोर्‍याउँदैन”

परमेश्‍वरमाथिको विश्‍वासमा, यदि मानिसहरूले सत्यतालाई पालना गर्नुपर्ने केही नियमहरूको रूपमा मात्र लिन्छन् भने, के तिनीहरूको विश्‍वास केही धार्मिक विधिविधानमा परिणत हुने सम्भावना हुँदैन र? अनि त्यस्ता धार्मिक समारोहहरू र इसाई धर्मबीचमा के-कस्ता भिन्नताहरू छन् त? यी मानिसहरूले भन्छन् त्यसको शैलीमा झनै गहन र झनै प्रगतिशील हुन सक्छन्, तर यदि तिनीहरूको विश्‍वास नियमहरूमा र कुनै प्रकारको विधिमा परिणत भएको छ भने, के त्यसको मतलब त्यो विश्‍वास इसाई धर्ममा परिवर्तन भएको छ भन्ने हुँदैन र? (हो, हुन्छ।) यी कुराहरू पुराना शिक्षा र नयाँ शिक्षाका भिन्नताहरू हुन्, तर यदि शिक्षाहरू सिद्धान्त मात्र भए भने, र ती मानिसहरूको लागि केवल विधिविधान वा नियम बनेका छन् भने—त्यसै गरी, मानिसहरूले यसबाट न त सत्यता नै प्राप्त गर्न सक्छन्, न त सत्यता वास्तविकतामा नै प्रवेश गर्न सक्छन् भने—के तिनीहरूको विश्‍वास इसाई धर्मजस्तै भएको हुँदैन र? सारमा, के यो इसाई धर्म होइन र? (हो, यो इसाई धर्म नै हो।) त्यसो भए, तिमीहरूको व्यवहारमा र तिमीहरूले आफ्ना कर्तव्यहरू निभाउँदा, के-कस्ता कामकुराहरूमा तिमीहरूका दृष्टिकोण र विचारहरू इसाई धर्ममा विश्‍वास गर्नेहरूको जस्तै वा उस्तै प्रकारको हुन्छ त? (नियम पालना गर्ने अनि अक्षरहरू र धर्मसिद्धान्तहरूले आफूलाई सुसज्जित गर्ने कार्यमा।) (आत्मिक देखिने स्वरूप र असल व्यवहार देखाउने, अनि भक्त र नम्र बन्ने कुरामा जोड दिने कार्यमा।) तिमीहरू बाहिरी रूपमा असल व्यवहार देखाउँछौ, आफैलाई एक प्रकारको आत्मिक स्वरूपको आवरणमा राखेर प्रस्तुत हुन सक्दो गर्छौ र तिमीहरूले सच्चरित्रवान् भएको बहाना गर्दै सापेक्षित रूपमा मानव धारणहरू र कल्‍पनाहरूमा स्वीकृत कामकुराहरू गर्छौ। तिमीहरू उच्च मञ्चमा उभिएर अक्षर र धर्मसिद्धान्तहरूको प्रचार गर्छौ, मानिसहरूलाई असल बन्न, सच्चरित्रवान् बन्न र सत्यतालाई बुझ्न सिकाउँछौ; तिमीहरू सही आत्मिक कुराहरू बताउँदै आत्मिक धर्मसिद्धान्हरूको प्रवचन गर्छौ; तिमीहरू आत्मिक भएको तडकभडक देखाउँछौ र आफूले भन्ने र गर्ने हरेक कामकुराहरूमा सतही आत्मिकताको भाव झल्काउँछौ, तैपनि अभ्यासमा र आफ्नो कर्तव्य निभाउने कार्यमा भने तिमीहरू कहिल्यै पनि सत्यताको खोजी गर्दैनौ। तिमीहरूले कुनै समस्याको सामना गर्नेबित्तिकै परमेश्‍वरलाई एकातिर हुत्याउँदै पूर्ण रूपमा मानव इच्छाअनुसार काम गर्छौ। तिमीहरूले कहिल्यै पनि सत्यता सिद्धान्तहरूअनुसार काम गरेका छैनौ, न त तिमीहरूलाई सत्यता के हो, परमेश्‍वरका अभिप्रायहरू के-के हुन्, वा उहाँले मानिसले पालना गर्नुपर्ने भनी आवश्यक गर्नुभएका मापदण्डहरू के-के हुन् भन्नेबारेमा नै केही थाहा छ; तिमीहरूले यी कुराहरूलाई कहिल्यै पनि गम्भीर रूपमा लिएका छैनौ वा न त तिमीहरूले आफैलाई यी कुराहरूसँग सम्बन्धित समेत गराएका छौ। के मानिसहरूका त्यस्ता बाह्य कार्यहरू र आन्तरिक स्थितिहरूमा—अर्थात, यस प्रकारको विश्‍वासमा—परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने कार्य सामेल हुन्छ? यदि मानिसहरूको विश्‍वास र सत्यताको खोजीमा कुनै सम्बन्ध हुँदैन भने, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् कि गर्दैनन्? सत्यताको खोजीमा कुनै सम्बन्ध नभएका मानिसहरूले जति नै धेरै वर्ष उहाँलाई विश्‍वास गरे पनि, तिनीहरूले साँचो रूपले परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छन् कि सक्दैनन्? (तिनीहरूले सक्दैनन्।) त्यसो भए, त्यस्ता मानिसहरूको बाह्य व्यवहार के हो त? तिनीहरूले कस्तो बाटो हिँड्न सक्छन् त? (फरिसीहरूको बाटो।) तिनीहरूले कुन कुराले आफूलाई सुसज्जित गर्दै दिनहरू बिताउँछन् त? के त्यो अक्षर र धर्मसिद्धान्तहरू होइन र? के तिनीहरूले आफैलाई अझ बढी फरिसीहरूजस्तो बनाउन, अझ बढी आत्मिक बनाउन, र अझ बढी परमेश्‍वरलाई तथाकथित रूपमा सेवा गर्ने व्यक्तिहरूजस्तो बनाउनको लागि अक्षर र धर्मसिद्धान्तहरूद्वारा आफूलाई सुसज्जित पार्दै, आभूषित गर्दै दिनहरू बिताउँदैनन् र? यी कार्यहरूको प्रकृति के हो त? के यो परमेश्‍वरको आराधना गर्नु हो? के यो परमेश्‍वरमाथिको सच्‍चा विश्‍वास हो? (होइन, यो सच्‍चा विश्‍वास होइन।) त्यसो भए, तिनीहरूले के गरिरहेका हुन्छन् त? तिनीहरू परमेश्‍वरलाई धोका दिइरहेका हुन्छन्; तिनीहरू केवल प्रक्रियाका चरणहरूको औपचारिकता निभाइरहेका हुन्छन् र धार्मिक समारोहमा संलग्न भइरहेका हुन्छन्। तिनीहरूले आशिषित हुने आफ्‍नो लक्ष्य पूरा गर्नको लागि विश्‍वासको झण्डा हल्लाइरहेका हुन्छन् र धार्मिक रीतिरिवाजको काम गरिरहेका हुन्छन्, र परमेश्‍वरलाई धोका दिने प्रयास गरिरहेका हुन्छन्। यी मानिसहरूले परमेश्‍वरलाई आराधना गर्दै गर्दैनन्। अन्त्यमा, के त्यस्ता मानिसहरूको समूह परमेश्‍वरलाई तथाकथित रूपमा सेवा गर्ने र परमेश्‍वरलाई तथाकथित रूपमा विश्‍वास गर्ने र पछयाउनेहरूजस्तै बन्दैनन् र?

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “निरन्तर परमेश्‍वरको अघि जिएर मात्र व्यक्तिले मुक्तितर्फको बाटोमा हिँड्न सक्छ”

यदि तिमीहरूले पछ्याउने मार्ग धार्मिक मानिसहरूले पछ्याउने मार्ग नै हो भने, यसले तिमीहरूलाई इसाइत्वको विश्‍वासी तुल्याउँछ; तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनौ र उहाँको काम अनुभव गरिरहेका हुँदैनौ। लामो समयसम्‍म परमेश्‍वरमा विश्‍वास नगरेका कतिपयले हुनेखानेहरूलाई, राम्रो बोली-वचन भएकाहरूलाई आदर गर्छन्। तिनीहरूले त्यस्ता मानिसहरूलाई बसेका देख्छन् र सहजताको साथ दुई-तीन घण्टा कुराकानी गर्न सक्छन्। तिनीहरूले उनीहरूबाट सिक्‍न थाल्छन्—आत्मिक शब्‍द र अभिव्यक्तिहरू, साथै उक्त व्यक्ति कसरी बोल्छ र कसरी हाउभाउ प्रस्तुत गर्छ ती कुरा सिक्‍न थाल्छन्। त्यसपछि तिनीहरूले आत्मिक शब्‍दहरूको एक-दुई वटा खण्ड स्मरण गर्छन्, यसरी तिनीहरू तबसम्‍म अघि बढिरहन्छन्, जबसम्‍म तिनीहरूको वर्षौंको विश्‍वास तिनीहरूले बसेर लामो समयसम्म निरन्तर, वाक्पटुताका साथ र सविस्तार व्याख्या गर्नको लागि पर्याप्त हुँदैन। तर यदि कसैले ध्यान दिएर सुन्‍ने हो भने, यो सबै निरर्थक, खोक्रा शब्‍दहरू, अक्षर र धर्मसिद्धान्तहरू मात्रै हुन्छ; अनि तिनीहरू स्पष्ट रूपमा नै धार्मिक ठगहरू हुन्छन्, आफैलाई र अरूलाई ठग्‍ने ठगहरू। कस्तो दुःखद कुरा! तिमीहरूले एकपटक पाइला चालेपछि बरबादी ल्याउने, र पछाडि फर्कन नसकिने त्यस्तो मार्गलाई पछ्याउनु हुँदैन। त्यस्ता कुराहरूलाई बहुमूल्य ठान्‍नु, तिनलाई आफ्‍नो जीवनको रूपमा लिनु, र जता जाँदा पनि आफूलाई अरूसँग तुलना गर्ने मापनको रूपमा तिनलाई प्रयोग गर्नु; आफूमा भ्रष्ट, शैतानी स्वभावभन्दा बाहेक केही आत्मिक सिद्धान्तहरू, र ढोङ्गीपनका तत्वहरू हुनु—यस्तो व्यक्ति घृणित मात्रै हुँदैन, ऊ त चरम रूपमा घृणित, अत्यन्तै घिनलाग्दो र लाजमर्दो हुन्छ, र अरूले त्यस्ता व्यक्तिहरूलाई हेर्नै सक्दैनन्। यही कारणले गर्दा, कुनै बेला प्रभु येशूलाई पछ्याउनेहरूको सम्प्रदायलाई अहिले इसाई जगत भनिन्छ। यो एउटा सम्प्रदाय हो, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा, तिनीहरूले कडाइका साथ औपचारिकता पूरा गर्नेबाहेक केही पनि गर्दैनन्। तिनीहरूको जीवन स्वभावमा कुनै परिवर्तन भएको हुँदैन, र तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू हुँदैनन्; तिनीहरूको खोजी परमेश्‍वरबाट आउने सत्यता, बाटो र जीवन हुँदैन, बरु तिनीहरू फरिसीहरू बन्‍ने प्रयास गर्छन्, र परमेश्‍वरप्रति शत्रुवत् हुन्छन्—अहिले यिनै मानिसहरूको समूहलाई इसाई जगतको रूपमा परिभाषित गरिएको छ। तिनीहरूको समूहलाई कसरी “इसाई जगत” भनेर भन्‍न थालियो त? यस्तो किन हुन गयो भने तिनीहरूले आफूलाई पवित्र, आत्मिक, दयालु, साथै परमेश्‍वरका साँचो अनुयायीहरूका रूपमा प्रस्तुत गर्छन्, तैपनि तिनीहरूले सबै सत्यतालाई इन्कार गर्छन् र परमेश्‍वरबाट आउने सबै सकारात्मक कुराहरूको यथार्थतालाई इन्कार गर्छन्। परमेश्‍वरले पहिले बोल्‍नुभएका वचनहरूलाई तिनीहरूले आफैलाई छली आवरण पहिर्‍याउन, हतियार र वस्‍त्र धारण गर्नको लागि प्रयोग गर्छन्, र अन्तिममा जताततै गएर खानपानको लागि मानिसहरूलाई ठग्‍ने एक प्रकारको पूँजीको रूपमा प्रयोग गर्छन्। तिनीहरूले परमेश्‍वरका विश्‍वासीहरूको भेस धारण गर्छन् र अरूलाई धाक देखाउँछन् र ठग्छन्; तिनीहरू अरूसँग प्रतिस्पर्धा गर्छन् र अरूसँग होडबाजी गर्छन्—तिनीहरूका लागि, यी कुराहरू वैभव र पूँजी हुन्। तिनीहरूले धोकाद्वारा परमेश्‍वरका आशिष्‌ र इनामहरू पनि प्राप्त गर्न चाहन्छन्। तिनीहरूले पछ्याउने मार्ग यही हो। तिनीहरूले यस्तो मार्ग पछ्याउने हुनाले, तिनीहरूको यो समूहलाई आखिरमा इसाई जगतको रूपमा परिभाषित गरिन्छ। यसलाई अहिले हेर्दा, “इसाई जगत” भन्‍ने नाम असल हो कि खराब हो त? यो अपमानजनक नाम हो, र यसमा वैभवपूर्ण वा सानदार केही पनि छैन।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मानिसहरूको देहको जीवन एकै क्षणमा, केही दशकमा समाप्त हुन्छ। पछाडि फर्केर हेर्दै, तिनीहरू आफ्नो जीवनलाई सम्झन्छन्: स्कूल गएको, काम गरेको, बिहे गरेको, छोराछोरी जन्माएको, मृत्यु पर्खेको, तिनीहरूको सम्पूर्ण जीवन परिवार, पैसा, हैसियत, सम्पत्ति र इज्जतको लागि व्यस्त बनेर यताउता दौडधूप गर्नुमा बितेको हुन्छ, मानव अस्तित्वको वास्तविक दिशा र उद्देश्यबाट पूर्ण रूपमा वञ्चित रहेको हुन्छ, र जीवित रहनुमा कुनै महत्त्व वा अर्थ पाउन सकेको हुँदैन। त्यसैले मानिसहरू एक पुस्तादेखि अर्को पुस्तासम्‍म यस्तो पीडादायक र खोक्रो तरिकाले जिउँछन्। किन मानिसहरूको जीवन यति पीडादायी र खोक्रो छ? र मानव अस्तित्वको पीडा र खोक्रोपनको समाधान कसरी गर्न सकिन्छ?

परमेश्‍वरका प्रासंगिक वचनहरू: मानिसहरूले भोग्ने जन्म, मृत्यु, बिराम अनि वृद्धावस्था हुने आजीवन कष्टको स्रोत के हो? के कुराले मानिसहरूमा यी...

मानिसहरू प्रसिद्धि, भाग्य, भोजन, कपडा, आनन्दको लागि बाँच्छन्। तिनीहरू आफ्नो सम्पूर्ण जीवन व्यस्त भएपछि, यो सबै बेकार हुन्छ। म केवल मूल्य र अर्थको साथ जीवन पाउन सक्नु अघि कसरी बाँच्ने भनेर जान्न चाहन्छु।

परमेश्‍वरका प्रासंगिक वचनहरू: मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्