म परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छु, तर म अझै जवान छु, मैले मेरो परिवार र मेरो जीवनचर्याका लागि कडा मेहनत गर्नुपर्छ, र मैले गर्न चाहेका कुराहरू अझ पनि धेरै छन्। यदि बुढेसकालसम्म पर्खेँ र परमेश्‍वरमा विश्‍वास गर्ने समय पाएँ भने के अझै पनि म मुक्ति पाउनेछु?

7 फ्रेवुअरी 2022

सन्दर्भका लागि बाइबल पदहरू:

“किनकि यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?” (मत्ती १६:२६)।

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मेरो आत्माले महान् कार्य गर्ने समय, र अन्यजातिहरूमा मैले मेरो कार्य सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सृष्टि गरिएका सबै प्राणीहरू प्रत्येकलाई त्यसको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो र प्रभावकारी ढङ्गले अगाडि बढ्न सकोस्। त्यसैले, म तिमीहरूलाई के भन्छु भने अझै पनि तैँले आफ्नो सम्पूर्णतालाई मेरा सबै काममा अर्पण गर्‌, अनि, यसको साथै, मैले तँमा गरेका मेरा सबै कामलाई तैँले स्पष्ट रूपमा छुट्या र निश्चित बन, र तैँले आफ्नो सम्पूर्ण शक्ति मेरो काममा लगा, ताकि यो अधिक प्रभावशाली बन्न सकोस्‌। यो कुरा तैँले बुझ्नुपर्छ। आपसमा झगडा गर्ने, पछि हट्ने बाटो खोज्ने, वा शारीरिक सुख-विलासहरू खोज्ने जस्ता कार्यहरूबाट टाढा बस्, जसले मेरो कामलाई सुस्त गर्छ, र तेरो सुन्दर भविष्यलाई सुस्त गर्छ। तँलाई जोगाउनु त कता हो कता, यस्ता कार्यले तँमाथि विनाश निम्त्याउनेछ। के यो तेरो मूर्खता हुनेछैन र? तँ आज लोभिएर जुन खुसीमा भुल्छस्‌, तेरो भविष्यलाई बिगार्ने त्यही कुरा हो, जबकी तैँले जुन दुःख आज भोग्छस्‌, तेरो रक्षा गर्ने त्यही कुरा हो। तँ यी चीजहरूका बारे स्पष्ट रूपमा सजग हुनुपर्छ, ताकि कडा परिश्रम गरेर पनि आफूलाई उम्काउन कठिन हुने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र भूललाई घाम नै देख्न नसकिने बाक्लो कुहिरोभित्र लुकाउने कार्यबाट पछि हट्न सक्। जब बाक्लो कुहिरो हट्छ, तैँले आफैलाई न्यायको महान् दिनमा रहेको पाउनेछस्‌।

— वचन देहमा देखा पर्नुहुन्छको “सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो” बाट उद्धृत गरिएको

मेरा वचनबाहिर जिउनेहरू, परीक्षाको संकष्टदेखि भाग्‍नेहरू, के तिनीहरू सबै संसारमा यता-उता बरालिरहँदैनन् र? तिनीहरू शरद्का पातहरूझैँ एक ठाउँमा नबसी घरी यता, घरी उता सलबलाउँछन्, मेरा सान्त्वनाका वचनहरूको त कुरै नगरौं। मेरो सजाय र शोधनले तिनीहरूलाई नपछ्याए तापनि के तिनीहरू एक ठाउँदेखि अर्को ठाउँमा, स्वर्गको राज्य बाहिरका सडकहरूमा भौतारिने भिखारीहरू होइनन् र? के संसार साँच्चै तेरो विश्राम स्थल हो त? के तैँले मेरो सजायलाई पन्छाएर साँच्चै नै यस संसारबाट सन्तुष्टिको सबैभन्दा मन्द मुस्कान प्राप्त गर्न सक्छस्? के तैँले तेरो क्षणिक आनन्दलाई तेरो हृदयको लुकाउन नमिल्ने रिक्ततालाई ढाक्नको निम्ति प्रयोग गर्न सक्छस्? तैँले तेरो परिवारका सबैलाई मूर्ख बनाउन सक्लास्, तर तैँले मलाई कहिल्यै पनि मूर्ख बनाउन सक्दैनस्। तेरो विश्‍वास अत्यन्तै थोरै भएको कारण आजको दिनसम्म पनि तँमा जिन्दगीले दिने आनन्द पत्ता लगाउने शक्ति छैन। म तँलाई आग्रह गर्छु: मानिसले सहन नसक्‍ने दुःख सहेर सम्पूर्ण जीवन मामुली र देहको निम्ति व्यस्त रहनुभन्दा मेरो निम्ति इमान्दारीपूर्वक आधा जीवन जिउनु तेरो लागि असल हुन्छ। मेरो सजायबाट भागेर आफैलाई जोगाउनुको उद्देश्य के छ र? मेरो क्षणिक सजायबाट लुकेर अनन्तको लज्जा, अनन्तको सजायको कटनी गर्नुको के अर्थ छ र? वास्तवमा म कसैलाई पनि मेरो इच्छातिर झुकाउँदिन। यदि कोही मेरा सबै योजनाहरूप्रति साँचो रूपमा समर्पित हुने इच्छा गर्छ भने, तिनीहरूसँग म तुच्छ व्यवहार गर्नेछैन। तर सबै मानिसहरूले ममाथि विश्‍वास गर्नुपर्छ, जसरी अय्यूबले म, यहोवामाथि विश्‍वास गरे। यदि तिमीहरूको विश्‍वासले थोमाको विश्‍वासलाई जित्छ भने तिमीहरूको विश्‍वासले मेरो प्रशंसा प्राप्त गर्नेछ, तिमीहरूको निष्ठामा तिमीहरूले मेरो परमानन्द पाउनेछौ र तिमीहरूका दिनमा तिमीहरूले मेरो महिमा पक्कै पाउनेछौ।

— वचन देहमा देखा पर्नुहुन्छको “वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो” बाट उद्धृत गरिएको

भाइ हो, ब्यूँझ! बहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि समय आफ्‍नो हातमा लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, तिमीहरूले अध्ययन गरेर तिमीहरूलाई जति पटक मन लाग्यो त्यति पटक परीक्षा दिन सक्छौ। तैपनि, मेरो दिनले थप ढिलाई सहनेछैन। सम्झना गर! सम्झना गर! म तिमीहरूलाई यी असल वचनहरूद्वारा अनुरोध गर्छु। तिमीहरूकै आँखाको अघि संसारको अन्त्य हुन्छ, अनि ठूला विपत्तिहरू तीव्र गतिमा नजिक आउँछन्। कुनचाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको भोजन र पेय पदार्थ र वस्‍त्र? तिमीहरूले यी कुराहरूलाई तौलने बेला आएको छ। अबदेखि शङ्कालु नहोओ, र सुनिश्‍चितताबाट सर्माएर नजाओ!

कति दयनीय! कति दरिद्र! कति अन्धो! मानवजाति कति निर्दयी छ! वास्तवमा नै, तिमीहरूले मेरो वचनको निम्ति कान थुन्छौ—के म तिमीहरूसँग व्यर्थमा बोलिरहेको छु? तिमीहरू अझै पनि अति असावधान छौं—किन? किन त्यसो भयो? के तिमीहरूमा कहिल्यै यस्तो विचार आएन? म कसको लागि यी कुराहरू भन्छु? मलाई विश्‍वास गर! म तिमीहरूका मुक्तिदाता हुँ! म तिमीहरूका सर्वशक्तिमान् जन हुँ! जागा रहो! जागा रहो! गएको समय फेरि कहिल्यै फर्केर आउँदैन—यो कुरालाई याद राख! पछुतोलाई निको पार्ने औषधि संसारमा कहीँ छैन! त्यसकारण, मैले तिमीहरूसँग कसरी बोल्‍नुपर्छ? के मेरो वचन तिमीहरूको होसियार, बारम्बार विचारको योग्य छैन? तिमीहरू मेरो वचनप्रति कति बेपरवाह छौ र आफ्‍नो जीवनप्रति कति अजिम्‍मेवार छौं; म यसलाई कसरी सहन सक्छु? कसरी सक्छु?

— वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ३०” बाट उद्धृत गरिएको

मानिसले ज्ञान सिक्‍ने प्रक्रियाको अवधिमा, शैतानले सबै किसिमका विधिहरूको प्रयोग गर्छ, चाहे यो कथाहरू बताउने, तिनीहरूलाई ज्ञानको केही व्यक्तिगत टुक्राहरू दिने होस्, वा तिनीहरूलाई तिनीहरूका इच्‍छा वा महत्वाकांक्षाहरू सन्तुष्ट पार्न दिने होस्। शैतानले तँलाई कुन बाटोमा डोर्याउन चाहन्छ? ज्ञान सिक्‍नु गलत कुरा होइन, यो पूर्ण रूपमा प्राकृतिक कुरा हो भन्‍ने मानिसहरू ठान्छन्। यसलाई आकर्षक तरिकाले भन्दा, उत्कृष्ट विचारहरूको जगेर्ना गर्नु वा महत्वाकांक्षाहरू हुनु भनेको इच्‍छाशक्ति हुनु हो, र जीवनको सहि मार्ग यही नै हुनुपर्छ। यदि मानिसहरूले आफ्‍ना आदर्शहरूलाई पूरा गर्न सक्छन्, वा सफलतापूर्वक पेसा स्थापना गर्न सक्छन् भने के यो तिनीहरूका लागि वैभवशाली जिउने तरिका होइन र? यी कुराहरू गरेर, व्यक्तिले आफ्‍ना पुर्खाहरूलाई सम्‍मान गर्ने मात्रै होइन तर इतिहासमा आफ्‍नो छाप छोडेर जाने मौका पनि पाउँछ—के यो असल कुरा होइन? संसारका मानिसहरूको नजरमा यो असल कुरा हो, र तिनीहरूको लागि यो उचित र सकारात्मक हुनुपर्छ। तैपनि, के शैतानले त्यसको कुटिल मनसायहरूद्वारा मानिसहरूलाई यस प्रकारको मार्गमा लैजान्छ अनि त्यो त्यतिमै सकिन्छ र? अवश्य नै होइन। वास्तवमा, मानिसका आदर्शहरू जति नै उत्कृष्ट भए पनि, मानिसका इच्‍छाहरू जति नै यथार्थ वा ती जति नै न्यायसंगत भए पनि, मानिसले हासिल गर्न चाहने, मानिसले खोजी गर्ने सबै कुरा अपरिहार्य रूपमै दुई वटा शब्‍दसँग जोडिएको हुन्छ। यी दुई शब्‍द हरेक व्यक्तिको जीवनको लागि अत्यन्तै महत्त्वपूर्ण छन्, र शैतानले मानिसमा हालिदिन चाहने कुराहरू यिनै हुन्। यी दुई शब्‍द के-के हुन्? ती “ख्याति” र “प्राप्ति” हुन्। शैतानले अत्यन्तै सूक्ष्म प्रकारको विधिको प्रयोग गर्छ, जुन विधि मानिसहरूका धारणाहरूसँग अत्यन्तै मिल्दो हुन्छ, जुन त्यति आमूल परिवर्तनकारी हुँदैन, जसद्वारा यसले मानिसहरूलाई अनजानमा त्यसको जीवनशैली, जिउने सम्‍बन्धी त्यसका नियमहरू स्वीकार गर्न, र जीवनका लक्ष्यहरू र जीवनको दिशा निर्माण गर्न लगाउँछ, त्यसो गरेर तिनीहरूले अनजानमा जीवनमा महत्वाकांक्षाहरू लिन पुग्छन्। जीवनका यी महत्वाकांक्षाहरू जति भव्य देखिए पनि, ती अपरिहार्य रूपमा नै “ख्याति” र “प्राप्ति” सँग जोडिएका हुन्छन्। कुनै पनि महान् वा चर्चित व्यक्तिले, वास्तवमा सबै मानिसहरूले जीवनमा पछ्याउने कुराहरू यी दुई वटा शब्‍दहरूसँग मात्रै गाँसिएका छन्: “ख्याति” र “प्राप्ति।” ख्याति र प्राप्ति पाइसकेपछि, तिनीहरूले उच्‍च प्रतिष्ठा र धेरै धनको आनन्द लिन, अनि जीवनमा आनन्द लिन तिनलाई पूँजीको रूपमा प्रयोग गर्न सक्छन् भन्‍ने मानिसहरूको विचार हुन्छ। ख्याति र प्राप्ति सुख-चैन खोजी गर्न र देहको आनन्द लिनलाई तिनीहरूले प्रयोग गर्न सक्‍ने पूँजी हो भन्‍ने तिनीहरू ठान्छन्। मानवजातिले अत्यन्तै लोभ गर्ने यो ख्याति र प्राप्तिको खातिर, मानिसहरूले स्वेच्‍छाले तर अनजानमा आफ्‍नो शरीर, मन, तिनीहरूसँग भएका सबै कुरा, तिनीहरूको भविष्य र तिनीहरूको गन्तव्य सबै शैतानलाई सुम्पन्छन्। तिनीहरूले सुम्पेका सबै कुरा फिर्ता लिनु आवश्यक छ भन्‍ने कुरालाई कहिल्यै नजानीकन, तिनीहरूले एक क्षण पनि नहिचकिचाइकन त्यसो गर्छन्। मानिसहरूले यसरी शैतानमा शरण लिएर त्यसप्रति निष्ठावान बनिसकेपछि के तिनीहरूले आफैलाई नियन्त्रण गर्ने कुनै क्षमता राख्‍न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण रूपमा र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण रूपमा र घोर रूपमा दलदलमा डुबेका हुन्छन्, र तिनीहरू आफैलाई मुक्त गर्न सक्दैनन्। कुनै व्यक्ति ख्याति र प्राप्तिको दलदलमा फसिएपछि, तिनीहरूले उप्रान्त जुन कुरा चम्किलो छ, जुन कुरा धर्मी छ, वा जुन कुराहरू सुन्दर र असल छन् तिनलाई खोजी गर्दैनन्। किनभने मानिसहरूमाथि राख्‍ने ख्याति र प्राप्तिको लोभ्याउने शक्ति अत्यन्तै ठूलो हुन्छ; ती मानिसहरूले आफ्‍नो जीवनभरि र कहिल्यै अन्त्य नहुने गरि सम्पूर्ण अनन्तसम्‍म पछ्याउने कुराहरू बन्छन्। के यो साँचो होइन र?

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ६” बाट उद्धृत गरिएको

जबसम्‍म मानिसहरूले ख्याति र प्राप्तिको बारेमा मात्रै सोच्‍न सक्छन् तबसम्‍म मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि शैतानले ख्याति र प्राप्तिको प्रयोग गर्छ। तिनीहरूले ख्याति र प्राप्तिको लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिको लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिको लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिको लागि नै आफूसँग भएको सबै कुराको बलिदान गर्छन्, अनि तिनीहरूले ख्याति र प्राप्तिकै खातिर कुनै पनि मूल्याङ्कन वा निर्णय गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र तिनलाई हटाउनको लागि तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रिन्छन्। यही ख्याति र प्राप्तिको खातिर नै, मानिसहरूले परमेश्‍वरलाई त्याग्छन् र उहाँलाई धोका दिन्छन्, अनि झन्-झन् बढी दुष्ट बन्दै जान्छन्। त्यसकारण, यसरी शैतानको ख्याति र प्राप्तिको बीचमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ६” बाट उद्धृत गरिएको

परमेश्‍वरले उहाँ देखा पर्ने दिनको चाहना राख्‍नेहरूलाई खोज्नुहुन्छ। उहाँका वचनहरू सुन्‍न सक्‍नेहरू, उहाँका आदेशलाई नबिर्सेकाहरू र आफ्ना हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। उहाँको सामुन्‍ने बालकजस्‍तै आज्ञाकारी भएकाहरू र उहाँको विरोध नगर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। यदि तैँले आफैलाई परमेश्‍वरमा समर्पित गरिस्, कुनै शक्ति वा दबाबद्वारा रोकिएनस् भने, परमेश्‍वरले तँमाथि दया देखाउनुहुनेछ र तँमाथि आशिष खन्याउनुहुनेछ। यदि तँ उच्च स्थान, सम्माननीय प्रतिष्ठामा छस्, प्रशस्त ज्ञानका स्रोत, प्रशस्त सम्पत्तिका मालिक होस्, धेरै मानिसहरूले तँलाई समर्थन गर्छन्, तर पनि उहाँको बोलावट र उहाँको आज्ञालाई स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि परमेश्‍वरका सामु आउन यी कुनै पनि कुराहरूले तँलाई रोकेनन् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा अति अर्थपूर्ण अभियान र मानवजातिका निम्ति अति धार्मिक कार्य हुनेछन्। यदि तैँले ओहोदा र तेरा आफ्ना लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गरिस् भने, तैँले गरेका सबै कुराहरू श्रापित हुनेछन् र परमेश्‍वरद्वारा ती निन्‍दित हुनेछन्। सायद, तँ राष्ट्रपति, वैज्ञानिक, पाष्टर, वा एल्डर होस्, तर यदि तँ आफ्ना काम-कारबाहीहरूमा आफ्ना ज्ञान र क्षमतामा भर पर्छस् भने, तँ जति नै उच्‍च ओहोदामा भए पनि, तँ जहिले पनि असफल हुनेछस् र परमेश्‍वरका आशिषहरूबाट सधैँ वञ्‍चित हुनेछस्, किनकि तैँले गरेको कुनै पनि कुरालाई परमेश्‍वरले स्वीकार गर्नुहुन्‍न, र तैँले गरेको कार्य धार्मिक हो भनी उहाँले मान्‍नुहुन्‍न वा तैँले मानवजातिका फाइदाका लागि केही कार्य गरेको छस् भनी स्वीकार गर्नुहुन्न। तैँले गरेका सबै कामले मानवजातिलाई परमेश्‍वरको सुरक्षाबाट वञ्‍चित गर्ने र परमेश्‍वरका आशिषहरूलाई अस्वीकार गर्ने गरी तैँले मानवजातिका ज्ञान र बललाई प्रयोग गरिस् भनी उहाँले तँलाई भन्‍नुहुनेछ। तैँले मानवजातिलाई अँध्यारोतिर, मृत्युतिर र मानवले परमेश्‍वर र उहाँका आशिषलाई गुमाएका असीमित अस्तित्वको सुरुआततिर लैजान्छस् भनी उहाँले तँलाई भन्‍नुहुनेछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ” बाट उद्धृत गरिएको

मानवजातिको भविष्यप्रति परमेश्‍वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस फर्कन नसक्‍ने विनाशको मार्गतिर क्रमिक रूपमा लागिरहेको कुराले उहाँलाई पीडा दिन्छ। परमेश्‍वरको हृदयलाई छियाछिया बनाउने र दुष्‍टलाई खोज्नको लागि उहाँलाई त्याग्‍ने त्यस्तो मानवजातिको दिशा कतातिर लागेको हुन सक्छ भन्ने कुराप्रति कसैले कहिल्यै विचार गरेको छैन। यसैकारणले गर्दा कसैले पनि परमेश्‍वरको क्रोध थाहा गर्दैन, कसैले परमेश्‍वरको मार्गलाई खोज्दैन वा परमेश्‍वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, किन कसैले पनि परमेश्‍वरको शोक र पीडालाई बुझ्न खोज्दैन। परमेश्‍वरको आवाज सुनेपछि पनि परमेश्‍वरको अनुग्रह र वास्ताबाट तर्केर उहाँको सत्यतालाई त्यागेर मानिस आफ्नै मार्गमा हिँडिरहन्छ र परमेश्‍वरको शत्रु शैतानको हातमा आफूलाई बेच्न रुचाउँछ। के मानिस आफ्नो जिद्दीमा लागिरहनुपर्छ, अनि परमेश्‍वरलाई फर्केर नहेरिकन नै उहाँलाई छोड्ने मानवजातिप्रति परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्‍ने कुरालाई कसैले विचार गरेको छ? परमेश्‍वरले यस अघि कहिल्यै नभएको विपत्ति उहाँको बाहुलीले तयार पार्नुभएको हुनाले उहाँले पटक-पटक याद दिलाउनुभएको र अर्ती दिनुभएको कसैले जान्दैनन्, जुन विपत्ति मानव देह र प्राणको निम्ति असह्‍य हुनेछ। यो विपत्ति देहको निम्ति मात्र दण्ड होइन, तर प्राणको निम्ति पनि हो। तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्‍वरको योजना विफल हुन्छ, र उहाँका याद दिलाउने कुराहरू र अर्तीहरूको निम्ति कुनै प्रतिक्रिया दिँदैन, तब उहाँले कस्तो क्रोध पोखाउनुहुन्छ होला? यो कुनै पनि सृष्‍टि गरिएका प्राणीहरूले कहिल्यै नभोगेका र नसुनेका किसिमको हुनेछ। त्यसैले म भन्छु, यो विपत्ति पहिले कहिल्यै आएको थिएन र फेरि कहिल्यै आउने छैन। मानवजातिलाई सृष्‍टि गर्ने परमेश्‍वरको योजना यो एक पटकको लागि मात्रै हो र मानवजातिलाई मुक्ति दिने पनि यो एक पटकको लागि मात्रै हो। यो पहिलो पटक पनि र अन्तिम पनि हो। यसकारण, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन यस पटक गर्नुहुने कडा परिश्रम र जोशपूर्ण अपेक्षालाई कसैले बुझ्दैन।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मानिसहरू प्रसिद्धि, भाग्य, भोजन, कपडा, आनन्दको लागि बाँच्छन्। तिनीहरू आफ्नो सम्पूर्ण जीवन व्यस्त भएपछि, यो सबै बेकार हुन्छ। म केवल मूल्य र अर्थको साथ जीवन पाउन सक्नु अघि कसरी बाँच्ने भनेर जान्न चाहन्छु।

परमेश्‍वरका प्रासंगिक वचनहरू: मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई...

मानिसहरूको देहको जीवन एकै क्षणमा, केही दशकमा समाप्त हुन्छ। पछाडि फर्केर हेर्दै, तिनीहरू आफ्नो जीवनलाई सम्झन्छन्: स्कूल गएको, काम गरेको, बिहे गरेको, छोराछोरी जन्माएको, मृत्यु पर्खेको, तिनीहरूको सम्पूर्ण जीवन परिवार, पैसा, हैसियत, सम्पत्ति र इज्जतको लागि व्यस्त बनेर यताउता दौडधूप गर्नुमा बितेको हुन्छ, मानव अस्तित्वको वास्तविक दिशा र उद्देश्यबाट पूर्ण रूपमा वञ्चित रहेको हुन्छ, र जीवित रहनुमा कुनै महत्त्व वा अर्थ पाउन सकेको हुँदैन। त्यसैले मानिसहरू एक पुस्तादेखि अर्को पुस्तासम्‍म यस्तो पीडादायक र खोक्रो तरिकाले जिउँछन्। किन मानिसहरूको जीवन यति पीडादायी र खोक्रो छ? र मानव अस्तित्वको पीडा र खोक्रोपनको समाधान कसरी गर्न सकिन्छ?

परमेश्‍वरका प्रासंगिक वचनहरू: मानिसहरूले भोग्ने जन्म, मृत्यु, बिराम अनि वृद्धावस्था हुने आजीवन कष्टको स्रोत के हो? के कुराले मानिसहरूमा यी...

यदि हामी परमेश्‍वरमा विश्‍वास गर्दैनौं, र असल कामहरू गर्ने र कुनै दुष्ट काम नगर्ने सद्‍गुणी मात्र छौं भने, के हामी परमेश्‍वरद्वारा मुक्ति पाउन सक्छौं?

परमेश्‍वरका प्रासंगिक वचनहरू: मानवले अरू मानवको न्याय गर्ने मापदण्ड उनीहरूको आचरणमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्