उहाँको पुनरुत्थानपछि उहाँका चेलाहरूलाई येशूका वचनहरू

13 अगस्ट 2021

यूहन्‍ना २०:२६-२९ अनि फेरि आठ दिनपछि उहाँका चेलाहरू भित्रै थिए र थोमा पनि तिनीहरूसँग थिए: तब ढोकाहरू बन्द भएको अवस्थामा येशू भित्र आउनुभयो र बिचमा खडा भएर भन्‍नुभयो, तिमीहरूलाई शान्ती होस्। तब उहाँले थोमालाई भन्‍नुभयो, तिम्रो औँला यहाँ ल्याऊ र मेरा हातहरू हेर; र तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्‍वासी होइन, तर विश्‍वास गर्ने होऊ। अनि थोमाले उहाँलाई जवाफ दिएर भने, मेरा प्रभु र मेरा परमेश्‍वर। येशूले तिनलाई भन्‍नुभयो, थोमा तिमीले मलाई देखेको कारण विश्‍वास गरेको छौ: तिनीहरू आशिषित् हुन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्।

यूहन्‍ना २१:१६-१७ उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? तिनले उहाँलाई भने, हो, प्रभु; तपाईंलाई थाहा छ म तपाईंलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्‍नुभयो, मेरा भेडालाई खुवाऊ। उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुःखित भए किनभने उहाँले तिनलाई तेस्रो पटक “के तिमी मलाई प्रेम गर्छौ?” भनेर भन्‍नुभयो। अनि तिनले उहाँलाई भने, प्रभु, तपाईंलाई सबै कुरा थाहा छ; तपाईंलाई थाहा छ, म तपाईंलाई प्रेम गर्छु। येशूले तिनलाई भन्‍नुभयो, मेरा भेडालाई खुवाऊ।

यी खण्डहरूले उहाँको पुनरुत्थानपछि आफ्ना चेलाहरूलाई प्रभु येशूले गर्नुभएको र भन्नुभएको निश्चित कुराहरूलाई बयान गरेको छ। पहिले, हामी पुनरुत्थानअघि र पुनरुत्थानपछि प्रभु येशूमा हुन सक्ने कुनै भिन्नताहरूलाई हेरौं। के उहाँ केही दिनहरू अघिको त्यही प्रभु हुनुहुन्थ्यो त? धर्मशास्त्रमा पुनरुत्थानपछिको प्रभु येशूलाई बयान गर्ने निम्न पङ्ति छ: “तब ढोकाहरू बन्द भएको अवस्थामा येशू भित्र आउनुभयो र बिचमा खडा भएर भन्‍नुभयो, तिमीहरूलाई शान्ती होस्।” यो एकदमै स्पष्ट कि त्यस बेला प्रभु येशूले उप्रान्त देहको शरीर हुनुहुन्‍नथियो, तर उहाँ अब एउटा आत्मिक शरीरमा हुनुहुन्थ्यो। किनभने उहाँले देहका सीमाहरूलाई पार गरिसक्नुभएको थियो; ढोका बन्द भए तापनि, उहाँ मानिसहरूको बीचमा आउन सक्नुभयो र तिनीहरूले उहाँलाई हेर्न सके। पुनरुत्थानपछिको प्रभु येशू र पुनरुत्थानअघि शरीरमा जिइरहनुभएका प्रभु येशू बीचको सबैभन्दा ठूलो भिन्नता यही नै हो। त्यस क्षणको आत्मिक शरीरको रूप र त्यसभन्दा अघिको प्रभु येशूको रूप बीच भिन्नता नभएको भए तापनि, त्यस क्षणमा प्रभु येशू मानिसहरूका निम्ति पराई जस्तो महसुस हुने व्यक्ति हुनुभएको थियो, किनकि मृतकहरूबाट पुनरुत्थान हुनुभएपछि उहाँ एउटा आत्मिक शरीर हुनुभएको थियो, अनि उहाँको अघिको शरीरको तुलनामा, उहाँको यो आत्मिक शरीर धेरै अलमल र अन्योलमा पार्ने प्रकारको थियो। यसले पनि प्रभु येशू ख्रीष्ट र मानिसहरू बीचमा धेरै ठूलो दूरी सृजना गर्‍यो, अनि त्यस क्षण प्रभु येशू ख्रीष्ट धेरै रहस्यमय हुनुभएको छ भन्‍ने मानिसहरूले आफ्नो हृदयमा महसुस गरे। मानिसहरूले गरेका यी अनुभूतिहरू र भावनाहरूले अकस्मात् तिनीहरूलाई देख्न वा छुन नसकिने परमेश्‍वरमा विश्‍वास गर्ने युगमा फर्काइ ल्यायो। त्यसैले, आफ्नो पुनरुत्थानपछि प्रभु येशूले गर्नुभएको पहिलो कुरा सबैको सामने आफूलाई देखाउनु, उहाँ अस्तित्वमा हुनुहुन्छ भनी पुष्टि गर्नु अनि उहाँको पुनरुत्थानको तथ्यलाई पुष्टि गर्नु थियो। यसका अतिरिक्त, यस कार्यले मानिसहरूसितको उहाँको सम्बन्धलाई उहाँले देहमा काम गर्नुहुँदा, उहाँ तिनीहरूले देख्‍न र छुन सक्‍ने ख्रीष्ट हुनुहुँदा जस्तो थियो त्यस्तै अवस्थामा पुनर्स्थापित गरिदियो। यसको एउटा परिणाम के थियो भने, प्रभु येशू क्रूसमा टाँगिनुभएपछि उहाँ बौरी उठ्नुभएको थियो भन्ने सम्बन्धमा मानिसहरूसित कुनै पनि शङ्का रहेन, अनि मानिसजातिलाई उद्धार गर्ने प्रभु येशूको कामको बारेमा पनि तिनीहरूसित कुनै शङ्का रहेन। अर्को परिणाम के थियो भने, प्रभु येशू उहाँको पुनरुत्थानपछि उहाँ मानिसहरूकहाँ देखापर्नुभएको र मानिसहरूलाई उहाँले आफूलाई देख्न र छुन दिनुभएको तथ्यले मानवजातिलाई अनुग्रहको युगमा दृढतापूर्वक सुरक्षित गर्‍यो अनि प्रभु येशू “हराउनुभयो” वा उहाँ “एक शब्द नबोली जानुभयो” भन्ने कथित आधारमा यस समयदेखि पहिलेको व्यवस्थाको युगमा मानिसहरू फर्कनेछैनन् भन्‍ने कुरालाई पनि सुनिश्‍चित गर्‍यो। यसरी उहाँले प्रभु येशूका शिक्षाहरू तथा उहाँले गर्नुभएका कामलाई मानिसहरूले पछ्याउनेछन् भन्‍ने कुरालाई सुनिश्चित तुल्याउनुभयो। यसरी, अनुग्रहको युगको काममा एउटा नयाँ चरणको औपचारिक रूपले सुरुवात भयो, अनि त्यस क्षणदेखि, व्यवस्थामुनि जिउँदै आइरहेका मानिसहरू औपचारिक रूपले व्यवस्थाबाट माथि उठे र नयाँ युगमा, नयाँ सुरुवातभित्र प्रवेश गरे। पुनरुत्थानपछि मानवजातिकहाँ प्रभु येशू देखा पर्नुभएको घटनाका बहुमुखी अर्थहरू हुन्।

प्रभु येशू अहिले आत्मिक शरीरमा वास गरिरहनुभएको थियो, त्यसकारण कसरी मानिसहरूले उहाँलाई छुन र देख्न सके? यस प्रश्‍नले मानवजातिकहाँ प्रभु येशू देखा पर्नुभएको घटनाको महत्त्वलाई छुन्छ। हामीले भर्खरै पढेको धर्मशास्त्रका खण्डहरूमा तिमीहरूले कुनै कुरा याद गर्‍यौ? सामान्यतया आत्मिक शरीरहरूलाई देख्न वा छुन सकिँदैन, र पुनरुत्थानपछि प्रभु येशूले लिनुभएको काम पहिल्यै नै पूरा भइसकेको थियो। त्यसैले, सिद्धान्तमा, मानिसहरूलाई भेट्न तिनीहरूको माझमा उहाँ आफ्नो मूल स्वरूपमा फर्की जानु बिलकुल आवश्यक थिएन, तर थोमा जस्तो मानिसहरूकहाँ प्रभु येशूको आत्मिक शरीर देखा पर्नुले उहाँ देखा पर्नुको महत्त्वलाई अझ बढी ठोस बनायो, त्यसैले यसले मानिसहरूको हृदयलाई अझ बढी गहिरो गरी छेड्यो। जब उहाँ थोमाकहाँ आउनुभयो, तब उहाँले शङ्कालु थोमालाई उहाँको हात छुन दिनुभयो र उनलाई भन्नुभयो: “तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्‍वासी होइन, तर विश्‍वास गर्ने होऊ।” यी वचनहरू र कार्यहरू उहाँ पुनरुत्थान भएपछि प्रभु येशूले भन्न र गर्न चाहनुभएका कुराहरू थिएनन्; वास्तवमा, ती उहाँ क्रूसमा टाँगिनुभन्दा अघि उहाँले गर्न चाहनुभएका कुराहरू थिए। यो स्पष्ट छ कि, उहाँ क्रूसमा टाँगिनुभन्दा अघि, प्रभु येशूलाई थोमा जस्ता मानिसहरूको बारेमा पहिले नै थाहा थियो। यसबाट हामी के देख्न सक्छौं? उहाँ पुनरुत्थानपछि पनि अझै उही प्रभु येशू हुनुहुन्थ्यो। उहाँको सार परिवर्तन भएको थिएन। थोमाका शङ्काहरू त्यस बेला मात्र सुरु भएको थिएन तर उसले प्रभु येशूलाई पछ्याइरहेको सम्पूर्ण समयमा ऊसितै थियो। तथापि, मरेकाहरूबाट जिई उठ्नुभएको अनि आफ्नो मूल प्रतिरूप, आफ्नो मूल स्वभावमा र शरीरमा रहँदाको समयमा प्राप्त भएको मानवजातिको बुझाइसहित प्रभु येशू फर्किनुभएको थियो, त्यसैले थोमालाई उहाँको आत्मिक शरीरको देखाउनको लागि मात्रै होइन तर उहाँको आत्मिक शरीर छुन र त्यसको अस्तित्व अनुभव गर्न दिन, र उसका शङ्काहरू पूर्ण रूपले हटाउनको निम्ति उहाँ पहिले थोमाकहाँ जानुभयो। प्रभु येशू क्रूसमा टाँगिनुभन्दा अघि, थोमा उहाँ ख्रीष्ट हुनुहुन्छ भन्ने कुरामा सधैँ शङ्का गर्थे र विश्‍वास गर्न असमर्थ थिए। उनले आफ्नो आँखाले जे देख्न सक्थ्यो, उनले आफ्नो हातले जे छुन सक्थ्यो, त्यसको आधारमा मात्रै परमेश्‍वरमाथिको उनको विश्‍वास स्थापित थियो। यस प्रकारको व्यक्तिको विश्‍वासको बारेमा प्रभु येशूलाई राम्ररी थाहा थियो। तिनीहरूले केवल स्वर्गको परमेश्‍वरमा विश्‍वास गर्थे, अनि परमेश्‍वरले पठाउनुभएका एक मात्र पुत्रलाई वा देहमा आउनुभएका ख्रीष्टलाई बिलकुल विश्‍वास गरेनन्, न त तिनीहरूले उहाँलाई स्वीकार गर्थे। थोमाले प्रभु येशू ख्रीष्टको अस्तित्व र उहाँ साँच्चिकै देहधारी परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्न र विश्‍वास गर्न सकोस् भनेर उहाँले थोमालाई उनको हात बढाएर उहाँको करङ छुन दिनुभयो। के प्रभु येशूको पुनरुत्थानभन्दा अघि र पछिको थोमाको शङ्कामा कुनै भिन्‍नता थियो र? उनले सधैँ शङ्का गरिरहेका थिए अनि प्रभु येशूको आत्मिक शरीर व्यक्तिगत रूपमा उनीकहाँ प्रकट नभएसम्म र उनलाई उहाँको शरीरमा भएका कीलाका डोबहरू छुन नदिएसम्म कसैले उनका शङ्काहरूलाई समाधान गर्न र उनीबाट तिनलाई हटाउन सक्ने थिएन। त्यसैले, प्रभु येशूले थोमालाई उहाँको करङ छुन दिनुभएको र साँच्चिकै कीलाका डोबहरूको अस्तित्व महसुस गर्न दिनुभएको समयपछि, थोमाको शङ्का हट्यो, अनि उनले प्रभु येशू बौरी उठ्नुभएको हो भनी साँचो रीतिले जान्न सके, अनि उनले प्रभु येशू साँचो ख्रीष्ट र देहधारी परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार र विश्‍वास गरे। यस समयमा थोमाले उप्रान्त शङ्का नगरेको भए तापनि, उनले ख्रीष्टलाई भेट्ने अवसर सधैँका निम्ति गुमाएका थिए। उनले उहाँसित हुने, उहाँलाई पछ्याउने, उहाँलाई चिन्ने अवसर सधैँका लागि गुमाएका थिए। उनले आफू ख्रीष्टद्वारा सिद्ध बनाइने मौका गुमाएका थिए। प्रभु येशूको देखा पर्नुभएको घटना र उहाँका वचनहरूले शङ्काहरूले भरिएकाहरूको विश्‍वासमा एउटा निष्कर्ष र फैसला प्रदान गर्‍यो। स्वर्गका परमेश्‍वरलाई मात्र विश्‍वास गर्ने र ख्रीष्टलाई विश्‍वास नगर्ने शङ्कालुहरूलाई यो कुरा बताउन उहाँले आफ्नो वास्तविक वचनहरू र कार्यहरूको प्रयोग गर्नुभयो: परमेश्‍वरले तिनीहरूको विश्‍वासको तारिफ गर्नुभएन, न त शङ्का गर्दै उहाँलाई पछ्याएकोमा उहाँले तिनीहरूको तारिफ नै गर्नुभयो। परमेश्‍वरले आफ्‍नो महान् काम पूरा गर्नुभएको दिन मात्रै तिनीहरूले परमेश्‍वरलाई र ख्रीष्टलाई पूर्ण रीतिले विश्‍वास गर्ने दिन हुनसक्थ्यो। अवश्य नै, त्यो दिन तिनीहरूको शङ्कामाथि एउटा फैसला गरिने दिन थियो। ख्रीष्टप्रतिको तिनीहरूको आचरणले तिनीहरूको भाग्यलाई निर्धारण गर्थ्यो, अनि तिनीहरूको हठी शङ्काले तिनीहरूको विश्‍वासले तिनीहरूको निम्ति कुनै फल फलाएन भन्ने सङ्केत गर्थ्यो, अनि तिनीहरूको कठोरताले तिनीहरूको आशाहरू व्यर्थ थिए भन्ने सङ्केत गर्थ्यो। स्वर्गका परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास भ्रमहरूमा आश्रित थियो, अनि ख्रीष्टप्रतिको तिनीहरूको शङ्का वास्तवमा ख्रीष्टप्रतिको तिनीहरूको साँचो आचरण थियो, तिनीहरूले प्रभु येशूको शरीरमा भएका कीलाका डोबहरूलाई छोएको भए तापनि, तिनीहरूको विश्‍वास अझै पनि व्यर्थको थियो र तिनीहरूको परिणामलाई इनारबाट डोकोमा पानी निकाल्‍नु झैँ थियो भनेर व्याख्या गर्न सकिन्छ—सबै व्यर्थमा। प्रभु येशूले थोमालाई जे भन्नुभयो, त्यो हरेक मानिसलाई यो कुरा बताउने उहाँको तरिका थियो भन्‍ने स्पष्ट छ: बौरी उठ्नुभएका प्रभु येशू नै मानिसहरूको बीचमा काम गर्दै साढे तेत्तीस वर्षसम्मको समय बिताउनुहुने प्रभु येशू हुनुहुन्छ। उहाँलाई क्रूसमा टाँगिएको र उहाँले मृत्युको अन्धकारमय घाटीको अनुभव गर्नुभएको भए तापनि, र उहाँले पुनरुत्थानको अनुभव गर्नुभएको भए तापनि, उहाँले कुनै पनि पक्षमा कुनै परिवर्तन अनुभव गर्नुभएन। अहिले उहाँको शरीरमा कीलाका डोबहरू भए तापनि, र उहाँ पुनरुत्थान भई र चिहानबाट बाहिर निस्कनुभएको भए तापनि, उहाँको स्वभाव, मानवजाति सम्‍बन्धी उहाँको बुझाइ, अनि मानवजातिप्रतिको उहाँका अभिप्रायहरू अलिकति पनि बदलिएको थिएन। साथै, उहाँ क्रूसबाट तल ओर्लेर आउनुभएको छ, पापमाथि विजयी हुनुभएको छ, कठिनाइहरूमाथि विजयी हुनुभएको छ, र मृत्युमाथि विजय हुनुभएको छ भनी उहाँले मानिसहरूलाई बताउँदै हुनुहुन्थ्यो। कीलाका चिन्‍हहरू शैतानमाथिको उहाँको विजयको प्रमाण, सारा मानवजातिलाई सफलतापूर्वक छुटकारा दिनको लागि पापबलि बन्‍नुभएको प्रमाण मात्रै थियो। उहाँले पहिले नै मानवजातिको पाप लिइसक्नुभएको छ र उहाँले छुटकाराको आफ्‍नो काम पूरा गरिसक्‍नुभएको छ भनेर मानिसहरूलाई बताइरहनुभएको थियो। जब उहाँ आफ्ना चेलाहरूलाई भेट्न फर्कनुभयो, तब उहाँले आफ्नो उपस्थितिद्वारा तिनीहरूलाई यो सन्देश दिनुभयो: “म अझै जीवित छु, म अझै अस्तित्वमा छु; आज म साँच्चिकै तिमीहरूको माझमा उभिरहेको छु ताकि तिमीहरूले मलाई देख्न र छुन सक। म तिमीहरूको साथमा सधैँ हुनेछु।” प्रभु येशूले थोमाको उदाहरणलाई भविष्यका मानिसहरूका निम्ति चेतावनीको रूपमा पनि प्रयोग गर्न चाहनुभयो: तैँले प्रभु येशूमाथिको विश्‍वासमा उहाँलाई देख्न वा छुन नसके पनि, तेरो साँचो विश्‍वासको कारणले तँ धन्यको छस्, अनि तेरो साँचो विश्‍वासको कारणले तैँले प्रभु येशूलाई देख्न सक्छस्, अनि यस्तो प्रकारको व्यक्ति धन्यको हुन्छ।

थोमाकहाँ प्रकट हुँदा प्रभु येशूले बोल्नुभएको भनी बाइबलमा लेखिएका यी वचनहरू अनुग्रहको युगका सबै मानिसहरूको निम्ति अत्यन्तै उपयोगी छ। उहाँ थोमाकहाँ देखा पर्नुभएको घटना र उहाँले तिनलाई भन्नुभएका वचनहरूले त्यसपछिका पुस्ताहरूमाथि गहिरो प्रभाव पारेको छ; तिनको अनन्त महत्त्व छ। परमेश्‍वरलाई विश्‍वास गरे पनि, परमेश्‍वरलाई शङ्का गर्ने व्यक्तिलाई थोमाले प्रतिनिधित्व गर्छ। तिनीहरू शङ्कालु प्रकृतिका हुन्छन्, तिनीहरूमा कुटिल हृदय हुन्छ, तिनीहरू विश्‍वासघाती हुन्छन्, अनि परमेश्‍वरले पूरा गर्न सक्नुहुने कुराहरूमा तिनीहरू विश्‍वास गर्दैनन्। तिनीहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌ता तथा उहाँको सार्वभौमिकतामा विश्‍वास गर्दैनन्, न त तिनीहरूले देहधारी परमेश्‍वरमा नै विश्‍वास गर्छन्। तैपनि, प्रभु येशूको पुनरुत्थानले तिनीहरूका यी गुणहरूलाई प्रहार गरे, अनि यसले तिनीहरूलाई आफ्नो शङ्का पत्ता लगाउने, आफ्नो शङ्का पहिचान गर्ने, अनि आफ्नो विश्‍वासघातलाई स्वीकार गर्ने अवसर पनि प्रदान गर्‍यो, यसरी तिनीहरू प्रभु येशूको अस्तित्व र पुनरुत्थानमा साँचो रीतिले विश्‍वास गर्ने अवस्थामा आइपुगे। थोमालाई जे भएको थियो, त्यो पछिका पुस्ताहरूको निम्ति एउटा चेतावनी र सावधानी थियो ताकि धेरै मानिसहरूले आफैलाई थोमा जस्तो शङ्कालु नहुन, अनि यदि तिनीहरू शङ्काले भरिए भने तिनीहरू अन्धकारभित्र डुब्नेछन् भनी चेतावनी दिन सकून्। यदि तँ परमेश्‍वरलाई पछ्याउँछस् तर थोमाले जस्तै, परमेश्‍वरको अस्तित्व छ कि छैन भनेर पुष्टि गर्न, प्रमाणित गर्न र अनुमान गर्न प्रभुको करङलाई छुन र उहाँको कीलाको डोबहरूलाई सधैँ छुन चाहन्छस् भने परमेश्‍वरले तँलाई त्यागिदिनुहुनेछ। त्यसैले, मानिसहरू थोमा जस्तो आफ्नै आँखाले देख्न सकेपछि मात्र विश्‍वास गर्ने नबनून् तर शुद्ध, इमानदार मानिसहरू बनून्, तिनीहरू परमेश्‍वरप्रति शङ्काहरू नगरून् तर केवल उहाँलाई विश्‍वास गरून् र पछ्याऊन् भन्‍ने चाहना प्रभु येशूको हुन्छ। यस्ता मानिसहरू धन्यका हुन्छन्। यो उहाँले मानिसहरूबाट गर्नुभएको एउटा सानो अपेक्षा हो, अनि यो उहाँका अनुयायीहरूको निम्ति एउटा चेतावनी हो।

माथि उल्‍लेखित कुरा शङ्काले भरिएकाहरूप्रतिको प्रभु येशूको आचरण हो। त्यसोभए, उहाँलाई इमानदारितापूर्वक विश्‍वास गर्ने र पछ्याउन सक्ने मानिसहरूका निम्ति प्रभु येशूले के भन्नुभयो र के गर्नुभयो? प्रभु येशू र पत्रु बीचको संवादद्वारा हामी यसपछि यही कुरा हेर्न गइरहेका छौँ।

यस कुराकानीमा, प्रभु येशूले पत्रुसलाई बारम्‍बार एउटा कुरा सोध्नुभयो: “यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” यो साँचो रीतिले ख्रीष्टलाई विश्‍वास गर्ने र प्रभुलाई प्रेम गर्न संघर्ष गर्ने पत्रुस जस्ता मानिसहरूबाट प्रभु येशूले आफ्‍नो पुनरुत्थानपछि तोक्‍नुभएको उच्‍च मापदण्ड हो। यो प्रश्‍न एक प्रकारको अनुसन्धान र केरकार थियो, तर त्यो भन्दा पनि बढी, यो पत्रुस जस्ता मानिसहरूबाट गरिएको एउटा माग र अपेक्षा थियो। प्रभु येशूले यस प्रकारको प्रश्‍न गर्ने विधि प्रयोग गर्नुभयो ताकि मानिसहरूले आफैमाथि चिन्तन गरुन् र आफैलाई नियालून् र यो प्रश्‍न सोधून्: मानिसहरूका निम्ति प्रभु येशूका मागहरू के-के हुन्? के म प्रभुलाई प्रेम गर्छु? के म परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति हुँ? मैले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? प्रभु येशूले यो प्रश्‍न पत्रुसलाई मात्रै सोध्नुभएको भए तापनि, सत्यता के हो भने, उहाँको हृदयमा पत्रुसलाई यी प्रश्‍नहरू सोधेर उहाँले परमेश्‍वरलाई प्रेम गर्न खोज्ने धेरै मानिसहरूलाई यही प्रकारको प्रश्‍न सोध्न यो अवसरको प्रयोग गर्न चाहनुभयो। पत्रुसले यस प्रकारको व्यक्तिको प्रतिनिधिको रूपमा काम गर्न, प्रभु येशू स्‍वयम्‌को मुखबाट यो प्रश्‍न प्राप्त गर्ने सौभाग्य मात्र पाएका थिए।

आफ्‍नो पुनरुत्थानपछि प्रभु येशूले थोमालाई भन्नुभएका निम्‍न वचनहरू: “तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्‍वासी होइन, तर विश्‍वास गर्ने होऊ।” र पत्रुसलाई तीन पल्ट दोहोर्‍याएर गरिएको प्रश्‍न: “यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” लाई तुलना गर्दा यसले प्रभु येशूको आचरणको कठोरता र उहाँले प्रश्‍न गर्नुभएको बेला उहाँले अनुभव गर्नुभएको आतुरताबारे मानिसहरूलाई अझै राम्ररी अनुभव गराउँछ। शङ्कालु थोमाको बारेमा कुरा गर्दा, उनको छलपूर्ण प्रकृतिको कारण, प्रभु येशूले उनलाई आफ्नो हात बढाएर उहाँको शरीरको कीलाका डोबहरू छुन दिनुभयो जसले उसलाई प्रभु येशू बौरी उठ्नुभएका मानिसको पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्न र ख्रीष्टको रूपमा रहेको प्रभु येशूको पहिचानलाई स्वीकार गर्न अग्रसर गरायो। प्रभु येशूले थोमालाई कडा रूपले हप्काउनुभएन, अनि उसलाई मौखिक रूपले कुनै स्पष्ट न्याय गर्नुभएन, तापनि उहाँले तिनलाई बुझ्‍नुभएको छ भनी थोमालाई थाहा दिन व्यवहारिक कार्यहरूको प्रयोग गर्नुभयो, साथै त्यस्तो प्रकारको व्यक्तिप्रतिको आफ्नो धारणा तथा अठोटलाई पनि प्रदर्शन गर्नुभयो। त्यस्तो प्रकारको व्यक्तिप्रतिको प्रभु येशूका माग र अपेक्षाहरू उहाँले भन्नुभएका कुराहरूबाट देख्न सकिँदैन, किनकि थोमा जस्ता मानिसहरूमा साँचो विश्‍वासको एउटा टुक्रा पनि हुँदैन। तिनीहरूको निम्ति प्रभु येशूका मागहरू सीमित छन्, तर पत्रुस जस्ता मानिसहरूको निम्ति उहाँले प्रकट गर्नुभएको आचरण पूर्ण रूपले भिन्न छ। पत्रुसले आफ्नो हात बढाएर उहाँका कीलाका डोबहरू छोएको उहाँले चाहनुभएन, न त उहाँले पत्रुसलाई यसो भन्नुभयो: “अविश्‍वासी होइन, तर विश्‍वास गर्ने होऊ।” बरु, उहाँले पत्रुसलाई बारम्‍बार त्यही प्रश्‍न सोध्नुभयो। प्रश्‍न विचारयोग्य र अर्थपूर्ण थियो, यस्तो प्रश्‍न जसले ख्रीष्टका हरेक अनुयायीलाई अफसोस र डर अनुभूति गराउने मात्र होइन तर प्रभु येशूको चिन्तित, दुःखी मनस्थितिलाई पनि अनुभूति गर्ने तुल्याउँछ। अनि जब तिनीहरू ठूलो पीडा र कष्टमा हुन्छन्, तब तिनीहरूले प्रभु येशूको चिन्ता र उहाँको वास्तालाई अझ बढी बुझ्‍न सक्छन्; तिनीहरूले उहाँको गम्भीर शिक्षा र शुद्ध, इमान्दार मानिसहरूप्रतिको उहाँका कडा मागहरूलाई महसुस गर्छन्। प्रभु येशूको प्रश्‍नले मानिसहरूलाई के कुराको महसुस गर्न दिन्छ भने, यी सरल शब्दहरूमा प्रकट भएका प्रभुका अपेक्षाहरू उहाँमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने सम्‍बन्धी मात्र होइनन् तर प्रेम प्राप्त गर्ने, तेरो प्रभुलाई र तेरो परमेश्‍वरलाई प्रेम गर्ने कुरा हासिल गर्ने सम्‍बन्धी पनि हुन्। यस्तो प्रकारको प्रेम वास्तापूर्ण र आज्ञाकारी हुन्छ। यो परमेश्‍वरको निम्ति मानिसहरू जिउनु, परमेश्‍वरको निम्ति मर्नु, सबै कुरा परमेश्‍वरको निम्ति समर्पण गर्नु, अनि सबै कुरा परमेश्‍वरको निम्ति खर्च गर्नु र दिनु हो। यस्तो प्रकारको प्रेम भनेको परमेश्‍वरलाई सान्त्वना दिनु, उहाँलाई गवाहीमा आनन्दित हुन र विश्राममा रहन दिनु पनि हो। यो परमेश्‍वरप्रति मानवजातिको भुक्तानी हो, मानिसको जिम्मेवारी, दायित्व र कर्तव्य हो, अनि यो मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभरि पछ्याउनुपर्ने साँचो बाटो हो। यी तीन प्रश्‍नहरू प्रभु येशूले पत्रुसबाट र सिद्ध तुल्याइने सबै मानिसहरूबाट चाहनुभएको एउटा माग र आग्रह थियो। यिनै तीन प्रश्‍नहरूले पत्रुसलाई अन्त्यसम्म जीवनको उहाँको मार्गलाई पछ्याउन अग्रसर र उत्प्रेरित गरे, अनि प्रभु येशू बिदाइ हुने समयका यिनै प्रश्‍नहरूले पत्रुसलाई सिद्ध तुल्याइने आफ्‍नो मार्गमा यात्रा सुरु गर्न अग्रसर गर्‍यो, जसले प्रभुप्रतिको उनको प्रेमको कारणले गर्दा, प्रभुको हृदयको निम्ति वास्ता गर्न, प्रभुको आज्ञापालन गर्न, प्रभुलाई सान्त्वना प्रदान गर्न, अनि यस प्रेमको कारणले आफ्नो सम्पूर्ण जीवन र आफ्नो पूरा अस्तित्व प्रदान गर्न अग्रसर गर्‍यो।

अनुग्रहको युगको अवधिमा, परमेश्‍वरको कार्य मुख्य रूपमा दुई प्रकारका मानिसहरूका निम्ति थियो। पहिलो प्रकारको व्यक्ति उहाँमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने, उहाँका आज्ञाहरूलाई पालन गर्न सक्‍ने, क्रूस उठाउन सक्‍ने र अनुग्रहको युगको साँचो मार्गलाई पछ्याइरहन सक्‍ने व्यक्ति थियो। यस प्रकारको व्यक्तिले परमेश्‍वरको आशिषलाई प्राप्त गर्छ र परमेश्‍वरको अनुग्रहमा आनन्दित हुन्छ। दोस्रो प्रकारको व्यक्ति सिद्ध तुल्याइन सकिने पत्रुसजस्तो व्यक्ति हो। त्यसैले, प्रभु येशूको पुनरुत्थान भएपछि, सर्वप्रथम उहाँले यी दुई सबैभन्दा अर्थपूर्ण कुराहरू गर्नुभयो। एउटा थोमासित गरियो, अर्को चाहिँ पत्रुससित। यी दुई कुराहरूले केलाई प्रतिनिधित्व गर्दछ? के तिनले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको साँचो अभिप्रायहरूलाई प्रतिनिधित्व गर्दछ? के तिनले मानवजातिप्रति परमेश्‍वरको इमानदारीतालाई प्रतिनिधित्व गर्दछ? थोमाको जीवनमा उहाँले गर्नुभएको काम मानिसहरूलाई शङ्कालु होइन तर विश्‍वास गर्ने मानिसहरू बन्‍न चेतावनी दिनको लागि थियो। पत्रुसको जीवनमा उहाँले गर्नुभएको काम पत्रुस जस्ता मानिसहरूको विश्‍वासलाई बलियो पार्नु र यस्तो व्यक्तिबाट प्रभुले गर्नुभएका मागहरूलाई स्पष्ट गर्नु र तिनीहरूले पछ्याइरहनुपर्ने लक्ष्यहरूलाई देखाउनु थियो।

प्रभु येशू बौरी उठ्नुभएपछि, उहाँ आफूले आवश्यक ठान्नुभएका मानिसहरूकहाँ प्रकट हुनुभयो, तिनीहरूसित बोल्नुभयो, अनि तिनीहरूसित मागहरू गर्नुभयो, यसरी उहाँले मानिसहरूका निम्ति आफ्ना अभिप्रायहरू र तिनीहरूबाट गरिएका अपेक्षाहरू छोडेर जानुभयो। भनाइको अर्थ, देहधारी परमेश्‍वर भएको हैसियतले मानवजातिप्रति उहाँको चिन्ता र मानिसहरूबाटको उहाँको माग कहिल्यै बदलिएको छैन; उहाँ शरीरमा हुनुहुँदा अनि उहाँ क्रूसमा टाँगिएर पुनरुत्थान हुनुभएपछि पनि यी उस्तै रहे। उहाँ क्रूसमा टाँगिनुभन्दा अगाडि यी चेलाहरूको निम्ति चिन्तित हुनुहुन्थ्यो, अनि उहाँको हृदयमा उहाँ हरेक व्यक्तिको अवस्थाको बारेमा स्पष्ट हुनुहुन्थ्यो अनि उहाँले हरेक व्यक्तिको कमी कमजोरी बुझ्नुहुन्थ्यो अनि अवश्य नै, उहाँ मर्नुभएपछि, पुनरुत्थान हुनुभएपछि र आत्मिक शरीर हुनुभएपछि पनि हरेक व्यक्तिको बारेमा उहाँको बुझाइ उहाँ शरीरमा हुनुभएको समयको जस्तै थियो। ख्रीष्टको रूपमा रहेको उहाँको पहिचानबारे मानिसहरू पूर्ण रूपले निश्चित छैनन् भन्‍ने उहाँलाई थाहा थियो, तर देहमा हुँदाको समयमा उहाँले मानिसहरूबाट कडा मागहरू गर्नुभएन। तथापि, उहाँ पुनरुत्थान हुनुभएपछि, तिनीहरूकहाँ प्रकट हुनुभयो अनि प्रभु येशू परमेश्‍वरबाट आउनुभएको हो र उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भनी तिनीहरूलाई पूर्ण रूपले निश्चित तुल्याउनुभयो, अनि उहाँ देखा पर्नुभएको घटना र उहाँको पुनरुत्थानको तथ्यलाई मानवजातिको आजीवन खोजीको निम्ति सबैभन्दा ठूलो दर्शन र उत्प्रेरणाको रूपमा प्रयोग गर्नुभयो। मृत्युबाट भएको उहाँको पुनरुत्थानले उहाँलाई पछ्याउनेहरू सबैलाई सामर्थ्य मात्र दिएन तर यसले मानवजातिको माझमा अनुग्रहको युगको उहाँको कामलाई पनि पूर्ण रूपले कार्यान्वयन गर्‍यो, अनि यसरी प्रभु येशूको अनुग्रहको युगको मुक्तिको सुसमाचार मानवजातिको हरेक कुनामा विस्तारै फैलियो। के तँ पुनरुत्थानपछि प्रभु येशू देखा पर्नुभएको घटनाको कुनै महत्त्व थियो भनेर भन्छस्? यदि तँ त्यस समयको थोमा वा पत्रुस भएको भए, र तेरो जीवनमा तैँले यो अत्यन्तै अर्थपूर्ण कुराको सामना गरेको भए, यसले तँमाथि कस्तो प्रकारको प्रभाव पार्नेथियो? के तैँले यसलाई परमेश्‍वरमाथि विश्‍वास गर्ने तेरो जीवनको सबैभन्दा उत्तम र सबैभन्दा ठूलो दर्शनको रूपमा देख्नेथिइस्? उहाँलाई पछ्याउने क्रममा, उहाँलाई सन्तुष्ट पार्न प्रयास गर्ने क्रममा, अनि तेरो सारा जीवनमा परमेश्‍वरलाई प्रेम गर्न खोज्ने क्रममा के यसलाई तैँले आफूलाई निर्देशित गर्ने शक्तिको रूपमा देख्नेथिइस्? के तँ यो महान् दर्शनलाई फैलाउन जीवनभरिको प्रयास अर्पण गर्ने थिइस्? के तैँले प्रभु येशूको मुक्तिलाई फैलाउने कार्यलाई परमेश्‍वरको आज्ञाको रूपमा स्वीकार गर्ने थिइस्? तिमीहरूले यसलाई अनुभव नगरेको भए पनि, आधुनिक मानिसहरूका लागि परमेश्‍वर र उहाँको इच्छाको स्पष्ट बुझाइ प्राप्त गर्न थोमा र पत्रुसका उदाहरणहरू पहिल्यै पर्याप्त छन्। यसो भन्न सकिन्छ, कि परमेश्‍वर देहधारी भइसक्नुभएपछि, मानवजातिको माझमा उहाँले व्यक्तिगत रूपमा जीवन अनुभव गरिसक्नुभएपछि, र व्यक्तिगत रूपमा मानव जीवन अनुभव गरिसक्‍नुभएपछि, अनि मानवजातिको भ्रष्टता र त्यस समयका मानव जीवनको अवस्था देखिसक्नुभएपछि, देहमा हुनुभएका परमेश्‍वरले मानवजाति कति असहाय, विलापमय र दयनीय रहेछ भनी झन् गहन रूपमा महसुस गर्नुभयो। परमेश्‍वरले देहमा जिउँदा धारण गर्नुभएको आफ्नो मानवताको कारणले, आफ्नो शारीरिक अन्तर्ज्ञानको कारणले मानव अवस्थाको निम्ति अझ धेरै सहानुभूति हासिल गर्नुभयो। यसले गर्दा उहाँले आफ्ना अनुयायीहरूका निम्ति अझ बढी फिक्री गर्नुभयो। सायद कुराहरू तिमीहरूले बुझ्न नसक्‍ने कुराहरू हुन्, तर परमेश्‍वरले उहाँका सबै अनुयायीहरूका निम्ति देहमा महसुस गर्नुभएको यो चिन्ता र फिक्रीलाई म केवल दुई शब्द प्रयोग गरेर व्याख्या गर्नसक्छु: “उत्कट चिन्ता।”। यो शब्‍द मानव भाषाबाट आएको भए पनि, र यो अत्यन्तै मानवीय भए पनि, यसले आफ्‍ना अनुयायीहरूप्रति परमेश्‍वरको भावनाहरूलाई साँचो रूपमा व्यक्त गर्छ र व्याख्या गर्छ। मानिसहरूको निम्ति परमेश्‍वरको उत्कट चिन्ताको सम्बन्धमा भन्दा, तिमीहरूका अनुभवहरूको दौरानमा तिमीहरूले यसलाई विस्तारै महसुस गर्नेछौ र यसको स्वाद पाउनेछौ। तथापि, तिमीहरूको आफ्नै स्वभावमा परिवर्तनको खोजी गरेको आधारमा परमेश्‍वरको स्वभावलाई बिस्तारै बुझेर मात्रै यसलाई प्राप्त गर्न सकिन्छ। जब प्रभु येशू यसरी देखा पर्नुभयो, तब यसले मानवजातिका उहाँका अनुयायीहरूप्रतिको उहाँको उत्कट चिन्तालाई वास्तविकतामा उतार्‍यो र उहाँको आत्मिक शरीरमा, अर्थात् उहाँको ईश्‍वरत्वमा स्थानान्तरण गर्ने तुल्यायो। उहाँ देखा पर्नुभएको घटनाले मानिसहरूलाई एक पल्ट फेरि परमेश्‍वरको चिन्ता तथा वास्ता अनुभव र अनुभूति गर्न दियो, साथै युगको आरम्भ गर्ने, युगलाई खोल्‍ने, अनि युगको अन्त्य पनि गर्न परमेश्‍वर नै हुनुहुन्छ भन्ने कुरालाई पनि यसले शक्तिशाली रूपमा प्रमाणित गर्‍यो। उहाँ देखा पर्नुभएको घटनाद्वारा, उहाँले सबै मानिसहरूको विश्‍वासलाई बलियो बनाउनुभयो र संसारलाई उहाँ परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ भन्ने तथ्य प्रमाणित गर्नुभयो। यसले उहाँका अनुयायीहरूलाई अनन्त पुष्टि दियो, अनि उहाँ देखा पर्नुभएको घटनाद्वारा उहाँले नयाँ युगको उहाँको कामको एउटा चरणलाई पनि आरम्भ गर्नुभयो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

हराएको भेडाको दृष्टान्त

मत्ती १८:१२-१४ तिमीहरू कसरी सोच्छौ? यदि कुनै मानिससँग एक सय भेडा छन् र तीमध्ये एउटा बरालिन्छ भने के उसले उनान्‍सयलाई छाडेर पर्वतहरूतिर गई...

मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ (भाग एक)

१. मत्ती १२:१ त्यस बेला येशू शबाथको दिन मकै बारी भएर जानुभयो; अनि उहाँका चेलाहरू भोकाए र मकैका घोगोहरू टिपेर खान थाले। २. मत्ती १२:६-८ तर म...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्