परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम भनेको विशाल सेतो सिंहासनबाट हुने न्यायको काम हो

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

विगतमा बताइएको, परमेश्‍वरको घरमा सुरु हुने न्यायमा, यी शब्दहरूमा सम्बोधन गरिएको “न्याय” ले अन्तिम दिनहरूमा परमेश्‍वरको सिंहासनका सामु आउने व्यक्तिहरूलाई उहाँले दिने न्यायलाई जनाउँछ। अन्तिम दिनहरू आएपछि, परमेश्‍वरले स्वर्गमा एउटा ठूलो टेबुल खडा गर्नुहुनेछ, त्यसमाथि एउटा सेतो कपडा राखिनेछ, अनि त्यसपछि, सबै मानिसहरू भूइँमा घुँडा टेकिरहँदा ठूलो सिंहासनमा बसेर, उहाँले प्रत्येक व्यक्तिका पापहरू प्रकट गर्नुहुनेछ र तिनीहरूलाई स्वर्गमा उचालिने वा आगो र गन्धकको कुण्डमा पठाइने भनी उहाँले निर्णय गर्नुहुनेछ भन्ने खालका अलौकिक कल्पनाहरूमा विश्‍वास गर्ने व्यक्तिहरू पनि सायद छन्। मानवले जे कुराको कल्पना गरे पनि, यसले परमेश्‍वरको कामको सारलाई परिवर्तन गर्न सक्दैन। मानवका कल्पनाहरू उसका विचारहरूका सृजना बाहेक अरू केही होइनन्; तिनीहरू मानवका मगजबाट आउँछन्, मानवले देखेका र सुनेका कुराहरूलाई जम्मा भएर जोडिएका हुन्छन्। त्यसकारण म भन्दछु, कि तिनीहरूले अनुमान गरेका चित्रहरू जतिसुकै बुद्धिमान् भए पनि, तिनीहरू केवल प्रतिनिधि चित्रणहरू मात्र हुन् र तिनीहरूले परमेश्‍वरको कामको योजनालाई प्रतिस्थापन गर्न सक्दैनन्। जे नै भए पनि, मानवलाई शैतानले भ्रष्ट पारेको छ, यसैले उसले कसरी परमेश्‍वरका विचारहरूलाई बुझ्न सक्छ र? मानवले परमेश्‍वरको न्यायको कामलाई शानदार कुराको रूपमा कल्पना गर्छ। परमेश्‍वर आफैले नै न्यायको काम गर्नुहुने हुनाले, यो काम अथाह तहको हुने, र मरणशीलले बुझ्न नसक्ने, र यसले स्वर्गलाई थर्काउने, र पृथ्वीलाई हल्लाउने हुनेछ; यदि यसो होइन भने, यो कसरी परमेश्‍वरले गर्नुहुने न्यायको काम हुन सक्छ? यो न्यायको कार्य भएको हुनाले, परमेश्‍वरले काम गर्नुहुँदा खास गरी उहाँचाहिँ दबाब दिने र गौरवशाली हुनैपर्छ र न्याय गरिएकाहरू आँसु झार्दै चिच्याउने र कृपाको निम्ति आफ्ना घुँडा टेक्नेहरू हुनेछन् भनी उनले विश्‍वास गर्छन्। यस्तो दृश्य अवश्य पनि भव्य हुन्छ, र अति रोमाञ्चक हुन्छ…। परमेश्‍वरको न्यायको काम आश्‍चर्यपूर्ण हुन्छ भनी प्रत्येकले कल्पना गर्छ। तथापि, परमेश्‍वरले मानवका बीचमा आफ्नो न्यायको काम लामो समयदेखि सुरु गर्नुभएको भए पनि, तँ थकित निद्रामा आराम गरिरहेको छस् भनी के तँलाई थाहा छ? परमेश्‍वरको न्यायको काम औपचारिक रूपमा नै सुरु भयो भनी तैँले विचार गरेको समयमा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ? त्यसबेला, सायद, तैँले भर्खर मात्र जीवनको अर्थलाई बुझ्न लागेको हुनेछस्, तर परमेश्‍वरको दण्डको निर्दयी कार्यले तँलाई अझै गहिरो निद्रामा, नरकमा ल्याउनेछ। तब मात्र तैँले परमेश्‍वरको न्यायको कार्य पूरा भइसकेको एक्कासि महसुस गर्नेछस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

“न्याय” शब्द उल्लेख हुँदा, यहोवाले सबै स्थानहरूमा बोल्नुभएका वचनहरू र येशूले फरिसीहरूसँग बोल्नुभएका हप्काइका वचनहरूका बारेमा सायद तैँले विचार गर्छस् होला। ती वचनहरू कठोर हुँदा-हुँदै पनि, ती मानवका लागि दिइएका परमेश्‍वरका न्यायका वचनहरू होइनन्; ती वचनहरू विभिन्न वातावरणहरूभित्र, अर्थात् विभिन्न सन्दर्भहरूमा परमेश्‍वरले बोल्नुभएको थियो। ख्रीष्टले आखिरी दिनहरूमा मानवलाई न्याय गर्नुहुँदा उहाँले बोल्नुहुने वचनहरू यी वचनहरूभन्दा भिन्न छन्। आखिरी दिनहरूमा ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खासगरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको वासस्थान हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। न्यायको आफ्नो कामलाई कार्यान्वयन गर्नुहुँदा परमेश्‍वरले थोरै वचनहरूद्वारा मानवको प्रकृतिलाई स्पष्ट मात्र पार्नुहुन्न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म छिँवल्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरमा समर्पित हुनका लागि पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको गहिरो बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सारतत्व, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

आखिरी दिनहरूका काम उनीहरूका किसिमअनुसार सबैलाई छुट्याउनु, र परमेश्‍वरको व्यवस्थापन योजनालाई निष्कर्षमा पुर्याउनु हो, किनकि समय नजिक छ र परमेश्‍वरको दिन आएको छ। उहाँको राज्यमा प्रवेश गर्ने सबैलाई परमेश्‍वरले ल्याउनुहुन्छ—अन्तिमसम्‍म उहाँप्रति निष्ठावान् हुनेहरू सबैलाई—परमेश्‍वर स्वयम्‌को युगमा। परमेश्‍वर स्वयम्‌को युगमा आइपुग्‍नुभन्दा पहिले, परमेश्‍वरको काम मानवका कार्यहरूलाई अवलोकन गर्नु होइन, वा मानवको जीवनको सोधपूछ गर्नु होइन, तर मानवको अनाज्ञाकारितालाई न्याय गर्नु हो, किनकि परमेश्‍वरको सिंहासनको सामुन्ने आउने सबैलाई उहाँले पवित्र पार्नुहुन्छ। यस दिनसम्म परमेश्‍वरका पाइलाहरूलाई पछ्याउनेहरू सबै परमेश्‍वरको सिंहासनका सामुन्ने आउनेहरू हुन्, अनि यो यस्तो हुँदा, अन्तिम चरणको परमेश्‍वरको कामलाई स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्‍वरको शुद्धीकरणको पात्र हुन्छ। अर्को शब्दमा भन्दा, अन्तिम चरणमा भएको परमेश्‍वरको कामलाई स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्‍वरको न्यायको पात्र हुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

कतिपयले यो विश्‍वास गर्छन् कि कुनै अज्ञात समयमा परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ र मानिसकहाँ देखा पर्नुहुन्छ, त्यसपछि उहाँले कसैलाई नछोडीकन तिनीहरू हरेकलाई पालैपालो गरी जाँच्दै, सारा मानवजातिलाई व्यक्तिगत रूपमा न्याय गर्नुहुनेछ। यस्तो विचार गर्नेहरूलाई देहधारणको कामको यो चरणको बारेमा थाहा छैन। परमेश्‍वरले मानिसलाई पालैपालो गरी न्याय गर्नुहुन्‍न, र उहाँले मानिसलाई पालैपालो गरी जाँच्‍नुहुन्‍न; त्यसो गर्नु भनेको न्यायको काम होइन। के सारा मानवजातिको भ्रष्टता उस्तै छैन र? के सारा मानवजातिको सार उस्तै छैन र? न्याय गरिने भनेको मानवजातिको भ्रष्ट सार, शैतानले भ्रष्ट तुल्याएको मानिसको सार, र मानिसको सारा पापहरूलाई हो। मानिसका तुच्‍छ र सानातिना गल्तीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुन्‍न। न्यायको काम प्रतिनिधिमूलक छ, र यसलाई कुनै निश्‍चित व्यक्तिको लागि विशेष रूपमा अघि बढाइँदैन। बरु, यो त्यस्तो काम हो जसमा सारा मानवजातिको न्यायलाई प्रतिनिधित्व गर्नको लागि मानिसहरूको समूहलाई न्याय गरिन्छ। मानिसहरूको समूहमा आफ्‍नो कार्य व्यक्तिगत रूपमा गर्नुभएर, देहमा हुनुहुने परमेश्‍वरले सारा मानवजातिको कार्यलाई प्रतिनिधित्व गर्नको लागि आफ्‍नो कार्यको प्रयोग गर्नुहुन्छ, जसपश्चात यो क्रमिक रूपमा फैलिदै जान्छ। न्यायको काम पनि यस्तै छ। परमेश्‍वरले निश्‍चित प्रकारको व्यक्ति वा मानिसहरूको निश्‍चित समूहलाई न्याय गर्नुहुन्‍न, तर सारा मानवजातिको सारा अधार्मिकतालाई न्याय गर्नुहुन्छ—उदाहरणको लागि, परमेश्‍वरप्रतिको मानिसको विरोध, वा उहाँप्रति मानिसको अनादर, वा परमेश्‍वरको काममा मानिसको बाधा, इत्यादि। न्याय गरिने भनेको परमेश्‍वरलाई विरोध गर्ने मानिसको सार हो, र यो कार्य नै आखिरी दिनहरूको विजयको काम हो। मानिसले देखेको देहधारी परमेश्‍वरको कार्य र वचन नै आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्यायको काम हो, जुन विगतका समयका मानिसहरूले कल्‍पना गरेका थिए। देहधारी परमेश्‍वरले हाल गरिरहनुभएको काम नै वास्तवमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्याय हो। आजका देहधारी परमेश्‍वर नै आखिरी दिनहरूमा सारा मानवजातिलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। यो देह र उहाँको काम, उहाँको वचन, अनि उहाँको सम्पूर्ण स्वभाव नै उहाँको सम्पूर्णता हो। उहाँको कामको क्षेत्र सीमित भए पनि, र सम्पूर्ण ब्रह्माण्डलाई प्रत्यक्ष रूपमा संलग्‍न नगरे पनि, न्यायको कामको सार भनेको सारा मानवजातिको प्रत्यक्ष न्याय हो—यो चीनका चुनिएका मानिसहरूका खातिर मात्र होइन, न त मानिसहरूको सानो समूहको खातिर नै हो। देहमा परमेश्‍वरको कार्यको अवधिमा, यो कार्यको क्षेत्रले सम्पूर्ण ब्रह्माण्डलाई संलग्‍न नगरे तापनि, यसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ, र जसरी उहाँको पुनरुत्थान र स्वर्ग आरोहणपछि ब्रह्माण्डभरि येशूको सुसमाचारलाई फैलाइयो त्यसरी नै उहाँले आफ्‍नो देहको कार्य क्षेत्र भित्रको कामलाई समाप्त गर्नुभएपछि, उहाँले यो कार्यलाई तुरुन्तै सारा ब्रह्माण्डभरि फैलाउनुहुनेछ। चाहे यो आत्माको काम होस् या देहको काम होस्, यो सीमित क्षेत्रभित्र गरिने काम हो, तर जसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ। आखिरी दिनहरूको अवधिमा, परमेश्‍वरले आफ्‍नो देहधारी पहिचानमा देखा परेर आफ्‍नो काम गर्नुहुन्छ, र देहमा हुनुहुने परमेश्‍वर नै ठूलो सेतो सिंहासनको अगाडि मानिसलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। उहाँ आत्मा भए पनि वा देह भए पनि, न्यायको काम गर्नुहुने नै आखिरी दिनहरूमा मानवजातिलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। यसलाई उहाँको कामको आधारमा परिभाषित गरिन्छ, र यसलाई उहाँको बाहिरी रूप वा अन्य विभिन्‍न कारकतत्वहरूको आधारमा परिभाषित गरिँदैन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

आजको विजयको कामको उद्देश्य मानिसको अन्त्य कस्तो हुनेछ भनी स्पष्ट पार्नु हो। म किन भन्छु कि आजको दण्ड र न्याय आखिरी दिनहरूमा हुने ठूलो सेता सिंहासनको अघि हुने न्याय हो? के तँ यो देख्दैनस्? विजयको काम किन अन्तिम चरणमा छ? के यो सबै वर्गका मानिसहरूको अन्त्य कस्तो प्रकारको हुनेछ भन्ने कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नका निम्ति होइन र? के यो दण्ड र न्यायको विजयको क्रममा सबैलाई आफ्नो वास्तविक रङ्ग देखाउने अनुमति दिन र त्यसपछि तिनीहरूका आ-आफ्नै प्रकारअऩुसार वर्गीकरण गर्नका लागि होइन र? यसलाई मानवजातिलाई जित्नु भन्नुभन्दा बरु प्रत्येक वर्गको व्यक्तिले कस्तो प्रकारको अन्त्यको सामना गर्नुपर्छ त्यो देखाउनु हो भन्नु राम्रो हुन्छ। यो मानिसहरूको पापहरूको न्याय गर्ने र त्यसपछि विभिन्न वर्गहरूका मानिसहरूलाई प्रकट गर्दै त्यसद्वारा तिनीहरू दुष्ट वा धर्मी के हुन् भनेर निर्णय गर्नु हो। विजयको कामपछि, असललाई इनाम दिने र दुष्टलाई दण्ड दिने काम हुन्छ। पूर्ण रूपमा आज्ञापालन गर्ने मानिसहरूलाई-अर्थात् पूर्ण रूपले जितिएका मानिसहरूलाई-सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको कार्य फैलाउने अर्को चरणमा राखिनेछ; अनि नजितिएकाहरूलाई अन्धकारमा राखिनेछन् र तिनीहरूले विपत्तिको सामना गर्नेछन्। यसरी मानिसलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ, दुष्ट काम गर्नेहरू दुष्टहरूको समूहमा राखिनेछन्, फेरि सूर्यको किरणसँग नहुने गरी राखिनेछन्, र धर्मीहरू असल मानिसहरूको समूहमा राखिनेछन्, जसले ज्योति प्राप्त गर्नेछन् र सदासर्वदा ज्योतिमा जिउँनेछन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामले कसरी मानवजातिलाई शुद्ध पार्छ र मुक्ति दिन्छ

सन्दर्भका लागि बाइबल पदहरू: “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय...

प्रभु येशूले मानवजातिलाई उद्धार गर्नुभएको भए पनि, अझै परमेश्‍वरले आखिरी दिनहरूमा किन न्यायको काम गर्नुपर्छ

सन्दर्भका लागि बाइबल पदहरू: “साँचो-साँचो म तिमीलाई भन्छु, पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ...

परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामको महत्त्व कसरी जान्ने

परमेश्‍वरका प्रासंगिक वचनहरू:युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै...

परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम अस्वीकार गर्दाका नतिजा र परिणामहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, स्वाभाविक रूपमा नै यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्