परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामको महत्त्व कसरी जान्ने

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै मानिसहरू न्याय गर्न र साँचो हृदयले उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध बनाउनको लागि सबै अधर्मी कुरालाई प्रकट गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्यमा पुर्‍याउन सक्छ। आखिरी दिनहरू पहिले नै आइसकेका छन्। सृष्टिमा भएका सबै थोकहरूलाई तिनीहरूको प्रकारअनुसार अलग गरिन्छन्, र तिनीहरूका प्रकृतिको आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानवताको परिणाम र तिनीहरूको गन्तव्य प्रकट गर्नुहुने क्षण यही नै हो। यदि मानिसहरूले सजाय र न्याय भोग्दैनन् भने, तिनीहरूको अनाज्ञाकारिता र अधार्मिकता प्रकट गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायको माध्यमबाट मात्र सबै सृष्टिको परिणाम प्रकट गर्न सकिन्छ। जब मानिसलाई सजाय दिइन्छ र न्याय गरिन्छ, तब मात्र उसले आफ्नो वास्तविक रङ्ग देखाउँदछ। खराबलाई खराबको साथमा, असललाई असलको साथमा राखिनेछ, र सारा मानव जातिलाई तिनीहरूको आफ्नै प्रकारअनुसार अलग गरिनेछ। सजाय र न्यायद्वारा, सबै सृष्टिको परिणाम प्रकट गरिनेछ, यसरी दुष्टलाई दण्ड दिन र असललाई इनाम दिन सकिन्छ, र सबै मानिसहरू परमेश्‍वरको प्रभुत्वमा हुन्छन्। यी सबै काम धार्मिक सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसको भ्रष्टता चरम सीमामा पुगेकोले, र उसको अनाज्ञाकारिता अत्यन्तै गम्भीर बनेकोले परमेश्‍वरको धार्मिक स्वभाव, अर्थात् विशेष गरी दण्ड र न्याय मिसिएको, र आखिरी दिनहरूमा प्रकट भएको स्वभावले मात्र मानिसलाई पूर्ण रूपमा परिवर्तन गर्न र पूर्ण बनाउन सक्छ। यो स्वभावले मात्र खराबीलाई प्रकट गर्न र त्यसरी सबै अधर्मीहरूलाई कडा दण्ड दिनु सक्छ। त्यसकारण, यस प्रकारको स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ, अनि उहाँको स्वभावको प्रकाश तथा प्रदर्शन प्रत्येक नयाँ युगको कामका लागि प्रकट गरिन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकट गर्नुहुन्छ भन्ने होइन। आखिरी दिनहरूमा मानिसका परिणामहरू प्रकट गर्ने क्रममा, परमेश्‍वरले मानिसलाई असीम करुणा र प्रेम प्रदान गर्नुहुन्छ र ऊप्रति प्रेमिलो गरिरहनुहुन्छ, मानिसलाई धार्मिक न्यायको अधीनमा ल्याउनुभएन, बरु उसलाई सहनशीलता, धैर्य र क्षमा देखाउनुहुन्छ, र मानिसको पाप जति नै गम्भीर नै भए पनि त्यसको निम्ति अलिकति पनि धर्मी न्याय नगरी क्षमा गर्नुहुन्छ भन्‍ने मान्यता राख्दा: परमेश्‍वरको सबै व्यवस्थापन कहिले समाप्त हुनेछ? यस्तो प्रकारको स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेछ? उदाहरणको लागि, एक जना न्यायाधीश, जो सधैँ प्रेमिलो छ, दयालु अनुहार र कोमल हृदयका न्यायाधीश छ, उसलाई लिऊँ। मानिसहरूले जस्तो-सुकै अपराध गरेको भए पनि उसले तिनीहरूलाई प्रेम गर्छ, र तिनीहरू जो-सुकै भए पनि तिनीहरूलाई प्रेम गर्छ। त्यो अवस्थामा, के ऊ निर्णयमा पुग्नसक्छ? आखिरी दिनहरूमा, केवल धार्मिक इन्साफले मात्र मानिसलाई उनीहरूको प्रकारअनुसार छुट्ट्याउन सक्छ र मानिसलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यस तरिकाले, न्याय र सजायको परमेश्‍वरको धार्मिक स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

आज परमेश्‍वरले तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैंले यो थाहा पाउनु पर्छ, कि तँलाई दोष लाउनुको लक्ष्य तैंले आफैलाई चिन भन्ने हो। उहाँले तँलाई दोष लाउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, यसैले कि तैंले आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, ताकि तैँले आफ्‍नो मूल्यलाई जान्‍न सक् र परमेश्‍वरका सबै कामहरू धार्मिक र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरू अनुसार छन्, र उहाँले मानिसको मुक्तिको योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने, बचाउनुहुने, न्याय गर्नुहुने र दण्ड दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्। यदि तँलाई तँ निम्न प्रतिष्ठाको छस्, तँ भ्रष्ट र अनाज्ञाकारी छस् भन्ने मात्र थाहा छ, तर परमेश्‍वरले आज तँमाथि पठाउनुहुने न्याय र सजायद्वारा उहाँको मुक्तिलाई स्पष्ट पार्न चाहनुहुन्छ भनी जानिनस् भने तैंले अनुभव प्राप्त गर्ने कुनै उपाय हुँदैन, अनि तँ अझ अगि बढ्न योग्य हुने कुरा त परै जाओस्। परमेश्‍वर मार्न वा नाश गर्न आउनुभएको होइन, तर न्याय गर्न, सराप्न, सजाय दिन र बचाउन आउनुभएको हो। उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको नतिजा प्रकट गर्नुभन्दा पहिले—पृथ्वीमा परमेश्‍वरले गर्नुहुने काम मुक्तिका लागि हुनेछ; यसको उद्देश्य भनेको उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण—सम्पूर्ण रूपमा—बनाउनु नै हो र उनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा ल्याउनु हो। परमेश्‍वरले मानिसहरूलाई जसरी बचाउनु भए पनि, त्यो सबै तिनीहरूका पुरानो शैतानिक स्वभावबाट तिनीहरूलाई अलग पारेर नै गरिन्छ; अर्थात्, उहाँले तिनीहरूलाई जीवनको खोजी गर्ने बनाएर बचाउनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूसँग परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्ने कुनै उपाय हुँदैन। मुक्ति परमेश्‍वर स्वयम्‌को काम हो, र जीवनको खोजी गर्नु भनेको मुक्ति स्वीकार गर्नको लागि मानिसले गर्नैपर्ने कुरा हो। मानिसको नजरमा मुक्ति परमेश्‍वरको प्रेम हो र परमेश्‍वरको प्रेम कहिल्यै पनि सजाय, न्याय र सरापहरू हुन सक्दैन; मुक्तिमा प्रेम, दया र त्यसबाहेक सान्त्वनाका शब्दहरू, साथसाथै परमेश्‍वरले प्रदान गर्नुभएका असीमित आशिषहरू हुनुपर्दछ। जब परमेश्‍वरले मानिसलाई बचाउनुहुन्छ, तब मानिसहरूले आफ्ना हृदयहरू परमेश्‍वरलाई दिन सकून् भनी परमेश्‍वरले उनीहरूलाई आफ्ना आशिषहरू र अनुग्रहले असर पार्दै त्यसो गर्नुहुन्छ भनी मानिसहरू विश्‍वास गर्दछन्। भन्नुको तात्पर्य यो हो, कि उहाँले मानिसलाई छुनु भनेको उहाँले तिनीहरूलाई बचाउनु हो। यस प्रकारको मुक्ति एक सम्झौता गरेर गरिन्छ। जब परमेश्‍वरले तिनीहरूलाई एक सय गुणा दिनुहुन्छ तब मात्र मानिस परमेश्‍वरको नाउँको सामु अधीनमा आउँदछ र उहाँका निम्ति राम्रो गर्ने र उहाँलाई महिमा दिने कोसिस गर्छ। मानव जातिका लागि परमेश्‍वरको अभिप्राय यो होइन। परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै झूट छैन। यदि यो झूट थियो भने, निश्चय उहाँ व्यक्तिगत रूपले आफ्नो काम गर्न आउनुहुने थिएन। विगतमा, उहाँको मुक्तिको माध्यमहरूमा चरम प्रेम र दया देखाउने कार्य समावेश थियो, यहाँसम्म कि, उहाँले मानव जातिलाई सम्पूर्ण रूपमा प्राप्त गर्न शैतानलाई आफ्नो सबै कुरा दिनुभयो। वर्तमान विगतजस्तो अलिकति पनि छैन: आज तिमीहरूलाई दिइएको मुक्ति आखिरी दिनहरूमा, प्रत्येकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिएको समयमा आउँछ; तिमीहरूको मुक्तिको माध्यम प्रेम वा करुणा होइन, तर त्यो सजाय र न्याय हो, यसैले कि मानिसले पूर्ण रूपमा मुक्ति पाओस्। यसैले, तिमीहरूले पाउने भनेको सजाय, न्याय र निर्दयी प्रहार मात्र हो, तर यो कुरा जान: यो निर्दयी प्रहारमा दण्ड अलिकति पनि छैन। मेरा वचनहरू जति नै कठोर भए पनि, तँमाथि आइपर्ने चाहिँ थोरै वचनहरू मात्र हुन् जुन तिमीहरूलाई निर्दयी लाग्‍न सक्छ, रम जति नै रिसाए पनि तिमीहरूमाथि बर्सिने भनेको मेरो शिक्षाका वचनहरू नै हुन्, मेरो उद्देश्य तिमीहरूको हानि गर्ने वा तिमीहरूलाई मार्ने होइन। के यो सबै तथ्य होइनन् र? यो जान् कि हिजोआज चाहे धार्मिक न्याय होस् वा निर्दयी शुद्धीकरण र सजाय होस्, सबै कुरा मुक्तिकै लागि हुन्। आज प्रत्येकलाई प्रकार अनुसार वर्गीकरण गरिए पनि वा मानिसका वर्गहरूलाई उदाङ्गो पारिए पनि, परमेश्‍वरका सबै वचनहरू र कामको उद्देश्य भनेको परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई मुक्ति दिनु नै हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्नका लागि ल्याइन्छ, र निर्दयी शोधन तिनीहरूलाई शुद्ध पार्नका लागि गरिन्छ; कठोर वचनहरू वा ताडना, दुवै शुद्ध पार्नका लागि र मुक्तिको खातिर दिइन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ

मैले आज बोल्ने वचनहरू मानिसका पापको न्याय गर्न, मानिसको अधर्मको न्याय गर्न, मानिसको अनाज्ञाकारितालाई श्राप दिनका निम्ति हुन्। मानिसको कुटिलपन र कपट, मानिसका बोली-वचनहरू र कामहरू—जुन सबै परमेश्‍वरको विरोधाभासमा छन्, ती सबलाई न्यायको दायरामा ल्याउनुपर्छ, र मानिसको अनाज्ञाकारितालाई पापको रूपमा भर्त्सना गरिनुपर्छ। उहाँका वचनहरू न्यायका सिद्धान्तहरूमा नै केन्द्रित हुन्छन्; उहाँले आफ्नै धार्मिक स्वभाव प्रकट गर्न मानिसको अधर्मको न्याय, मानिसको विद्रोहीपनको श्राप, र मानिसको कुरूप अनुहारको खुलासालाई प्रयोग गर्नुहुन्छ। पवित्रता उहाँको धार्मिक स्वभावको प्रतिनिधित्व हो, र वास्तवमा परमेश्‍वरको पवित्रता उहाँको धार्मिक स्वभाव नै हो। तिमीहरूका भ्रष्ट स्वभावहरू नै आजका वचनहरूको सन्दर्भ हुन्—म तिनलाई बोल्‍न र न्याय गर्न, अनि विजयको काम पूरा गर्नको लागि प्रयोग गर्दछु। वास्तविक काम यही मात्र हो, र यो यसले मात्र परमेश्‍वरको पवित्रतालाई पूर्ण रूपमा चम्कने तुल्याउँछ। यदि तँमा भ्रष्ट स्वभावको कुनै छाप छैन भने, परमेश्‍वरले तँलाई न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई उहाँको धर्मी स्वभाव नै देखाउनुहुनेछ। तँमा एक भ्रष्ट स्वभाव भएकोले, परमेश्‍वरले तँलाई त्यसै छोड्नुहुनेछैन, र यसैद्वारा नै उहाँको पवित्रतालाई देखाइन्छ। यदि परमेश्‍वरले मानिसको अपवित्रता र विद्रोहीपन अति ठूलो भएको देख्नुभयो र पनि उहाँ बोल्नुभएन वा तेरो न्याय गर्नुभएन, न त तेरो अधर्मका लागि तँलाई सजाय नै दिनुभयो, तब त्यसले उहाँ परमेश्‍वर हुनुहुन्न भन्ने प्रमाणित गर्छ, किनकि उहाँमा पापप्रति कुनै घृणा हुनेथिएन, उहाँ मानिस झैं फोहोर हुनुहुनेथियो। आज तेरो फोहोरकै कारण म तेरो न्याय गर्दछु, र तेरो भ्रष्टता र विद्रोहीपनको कारण म तँलाई सजाय दिन्छु। मैले वाहवाही पाउन वा जानी-जानी तिमीहरूलाई दमन गर्नका निम्ति मेरो शक्तिको प्रयोग गरिरहेको छैनँ; यस फोहोर देशमा जन्मेका तिमीहरू फोहोरद्वारा नराम्रोसँग दूषित भएका हुनाले म यी कुराहरू गर्छु। तिमीहरूले आफ्नो सत्यनिष्ठता र मानवता हराएका छौ र तिमीहरू संसारको सबैभन्दा फोहोर कुनाहरूमा जन्मेका सुँगुरहरूजस्ता भएका छौ, र त्यसैले गर्दा तिमीहरूको न्याय गरिन्छ र म तिमीहरूमाथि मेरो क्रोध पोखाउँछु। ठीक यही न्यायको कारण तिमीहरूले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वर पवित्र परमेश्‍वर हुनुहुन्छ भनी बुझ्न सकेका छौ; उहाँको यही पवित्रता र धार्मिकताको कारण नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि उहाँको आफ्नो क्रोध पोखाउनुहुन्छ। उहाँले मानिसहरूको विद्रोहपन देख्दा उहाँको धर्मी स्वभाव प्रकट गर्न सक्नुहुने भएकोले, र उहाँले मानिसको फोहोर देख्दा उहाँको पवित्रता प्रकट गर्न सक्नुहुने भएकोले, यही नै उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ, जो पवित्र र मौलिक अवस्थाको हुनुहुन्छ, तापनि उहाँ फोहोरको देशमा बस्नुहुन्छ भनी देखाउन पर्याप्त हुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहन सक्दैन, न त मानिसले परमेश्‍वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको प्रबन्धको खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्‍वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र बेजोड गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभावको रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरू विना, मान्छे परमेश्‍वरको गवाही दिन र परमेश्‍वरको हृदयअनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभावको रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरको हृदयअनुरूप भएको छ भन्ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति आज्ञाकारी होस्, उहाँको गवाही दिओस्, उहाँको व्यावहारिक र सामान्य कार्य जानोस्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूको पालना गरोस्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही दिओस् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनुपर्छ; यस प्रकारको गवाही मात्र सही र यथार्थ हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय र सजाय, निराकरण र काँट-छाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँले उहाँको गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्‍वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको धार्मिक स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्‍वरको स्वभाव मुख्य रूपले धार्मिकता, क्रोध, महानता, न्याय र सरापले बनेको हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध बनाउनुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्‍वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध बनाउन सक्‍नुहुन्छ भनी प्रश्न गर्छ। तिनीहरू भन्छन्, “यदि परमेश्‍वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्‍वरले मानिसलाई इन्साफ गर्नुभयो भने, के मानिस दोषी हुने थिएन? त्यसो भए ऊ कसरी अझै सिद्ध हुन सक्छ?” यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्‍वरका कामहरूलाई जान्दैनन्। परमेश्‍वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको अनाज्ञाकारिता हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ रूखो र कठोरता साथ बोल्नुहुने भए तापनि, उहाँले मानिसभित्र भएका सबै कुरा प्रकट गर्नुहुन्छ, उहाँले यी कठोर शब्दहरूद्वारा ती कुरा प्रकट गर्नुहुन्छ जुन मूल रूपमा मानिसभित्र हुन्छ, तापनि त्यस्तो न्यायद्वारा उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्‍वरको सामु समर्पित हुन्छ। मानिसको शरीर पापको र शैतानको हो, यो अनाज्ञाकारिता हो, र यो परमेश्‍वरको सजायको पात्र हो। यसैले, मानिसलाई ऊ आफैलाई चिन्‍न लगाउनको लागि परमेश्‍वरका वचनहरूको न्याय ऊमाथि आउनुपर्छ र त्यहाँ हरप्रकारको शुद्धीकरण प्रयोग गर्नुपर्दछ; तब मात्र परमेश्‍वरको काम प्रभावकारी हुन सक्दछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

तिमीहरू सबै पाप र व्यभिचारको देशमा बस्छौ, र तिमीहरू सबै व्यभिचारी र पापी छौ। आज तिमीहरू परमेश्‍वरलाई हेर्न मात्र असक्षम छैनौ, तर अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले सजाय र न्याय पाएका छौ, तिमीहरूले साँच्चिकै गम्भीर मुक्ति पाएका छौ, भन्नुको मतलब, तैंले परमेश्‍वरको सबैभन्दा ठूलो प्रेम पाएको छस्। उहाँले जे गर्नुहुन्छ ती सबैमा परमेश्‍वर साँच्चै तिमीहरूप्रति प्रेमिलो हुनुहुन्छ। उहाँमा कुनै खराब अभिप्राय छैन। तिमीहरूको पापको कारणले गर्दा नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ, यसैले कि तिमीहरूले आफैलाई जाँच्न सक र यो ठूलो मुक्ति पाउन सक। यो सबै मानिसलाई पूर्ण बनाउने उद्देश्यले गरिन्छ। सुरुदेखि अन्त्यसम्म, परमेश्‍वरले मानिसलाई बचाउन यथासक्दो गरिरहनुभएको छ, र उहाँका आफ्नै हातहरूले बनाउनुभएका मानिसहरूलाई पूर्ण रूपमा नष्ट गर्न चाहनुहुन्न। आज, उहाँ तिमीहरूको माझमा काम गर्न आउनुभएको छ, र के त्यस्तो मुक्ति अझ ठूलो छैन र? यदि उहाँले तिमीहरूलाई घृणा गर्नुहुन्थ्यो भने, के उहाँले तिमीहरूलाई व्यक्तिगत तवरमा मार्गदर्शन गर्न अझै यत्रो ठूलो काम गर्नुहुन्थ्यो र? उहाँले किन त्यस्तो कष्ट भोग्नुहुन्थ्यो? परमेश्‍वरले तिमीहरूलाई घृणा गर्नुहुन्न वा तिमीहरूप्रति कुनै नराम्रो अभिप्राय राख्नुहुन्न। तिमीहरूलाई थाहा हुनुपर्दछ कि परमेश्‍वरको प्रेम सबैभन्दा सत्य प्रेम हो। मानिसहरू अनाज्ञाकारी भएकोले मात्र उहाँले तिनीहरूलाई न्यायको माध्यमबाट बचाउनुपर्छ; यदि त्यसो नगरिने भए, तिनीहरूलाई बचाउन असम्भव हुनेथियो। तिमीहरूले कसरी जिउने भनी नजानेकाले र कसरी जिउने भनी थाहा नपाएकोले, र तिमीहरू व्यभिचारी र फोहोर शैतानहरू भएकोले, उहाँले तिमीहरूलाई अझ बढी भ्रष्ट हुन दिन सक्नुहुन्न, तिमीहरू अहिले यो फोहोर देशमा शैतानको इच्छाद्वारा कुल्चिएर जसरी जिइरहेका छौ त्यो उहाँले देख्न सक्नुहुन्न, र उहाँले तिमीहरूलाई पातालमा पस्न दिन सक्नुहुन्न। उहाँ केवल मानिसहरूको यो समूहलाई प्राप्त गर्न र तिमीहरूलाई पूर्ण रूपमा मुक्ति दिन चाहनुहुन्छ। तिमीहरूमाथि गरिने विजयको कामको मुख्य उद्देश्य यही नै हो—यो केवल मुक्तिको लागि हो। यदि तँमाथि गरिएका सबै कुरा प्रेम र मुक्ति हो भनी तैँले बुझ्न सक्दैनस् भने, यदि तँ यो एउटा तरिका मात्र हो, मानिसलाई यातना दिने उपाय र विश्‍वसनीय कुरा हो भनी सोच्छस् भने तँ पनि दु:ख र कठिनाइ भोग्नका लागि संसारमा फर्केर जान सक्छस्! यदि तँ यस प्रवाहमा हुन, र यो न्याय र यो महान् मुक्तिको आनन्द लिन, यी सबै आशिषहरूको आनन्द लिन, मानव संसारमा कहीँ पनि नपाइने आशिष् पाउन र यो प्रेमको आनन्द लिन, अनि असल बन्न इच्छुक छस् भने: विजयको काम प्राप्त गर्न यो प्रवाहमा नै बस्, यसरी तँ सिद्ध पारिन सक्नेछस्। परमेश्‍वरको न्यायको कारण आज तैंले थोरै पीडा र शुद्धीकरण भोग्नुपर्ला, तर त्यो पीडा भोग्नुको मूल्य र अर्थ छ। यद्यपि मानिसहरूलाई शोधन गरिने र परमेश्‍वरको सजाय र न्यायद्वारा निर्दयतासाथ उदाङ्गो पारिने भए पनि—त्यसको उद्देश्य तिनीहरूका पापहरूका निम्ति तिनीहरूलाई दण्ड दिनु, तिनीहरूका देहलाई दण्ड दिनु हो—यो कुनै पनि काम तिनीहरूका देहलाई नाश पार्नका निम्ति गरिँदैन। वचनद्वारा गम्भीर खुलासा गर्नु सबैको उद्देश्य तँलाई सही मार्गमा डोर्‍याउने उद्देश्यका लागि हो। तिमीहरूले व्यक्तिगत रूपमा यो कामका धेरै अनुभव गरेका छौ, अनि स्पष्ट छ, यसले तिमीहरूलाई खराब मार्गमा डोर्‍याएको छैन! यो सबै तँलाई सामान्य मानवजाति भएर जिउने बनाउनलाई हो, र यो सबैलाई तेरो सामान्य मानवताद्वारा हासिल गर्न सकिन्छ। परमेश्‍वरको कामको हरेक चरण तेरो आवश्यकताहरूमा आधारित छ, तेरो कमजोरीहरू अनुसार, र तेरो वास्तविक कदअनुसार छ र कुनै असहनीय भार तिमीहरूमाथि राखिँदैन। तँलाई आज यो स्पष्ट छैन, र म तँप्रति कठोर भएजस्तो तँलाई लाग्छ, त्यसैकारणले मैले तँलाई घृणा गर्ने हुनाले प्रत्येक दिन म तँलाई दण्ड दिन्छु, न्याय गर्छु र तेरो निन्दा गर्छु भन्‍ने तँलाई लाग्छ। तर तैंले दण्ड र न्याय भोग्‍नु परे पनि यो वास्तवमा तँप्रतिको प्रेम हो, र सबैभन्दा ठूलो सुरक्षा हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (४)

अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा शैतानलाई त्याग्‍न लगाउनका लागि हो। वचनद्वारा गरिएका सबै न्यायहरूको उद्देश्य मानवताको भ्रष्ट स्वभाव उजागर गर्नु र मानिसहरूलाई जीवनको सार बुझ्‍नको लागि सक्षम तुल्याउनु हो। यी पटक-पटक गरिएका न्यायहरूले मानिसको हृदयलाई छेड्छन्। प्रत्येक न्यायले प्रत्यक्ष रूपमा तिनीहरूको नियतिसँग सम्बन्ध राख्दछ र यसको काम तिनीहरूको हृदयमा चोट पुर्‍याउनु हो जसले गर्दा तिनीहरूले ती सबै थोकहरू छोडिदेऊन् र जीवनलाई जान्न सकून्, यस फोहोरी संसारलाई जान्न सकून्, परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌तालाई जान्न सकून्, र मानवजातिलाई पनि चिन्न सकून् जसलाई शैतानले भ्रष्ट बनाएको छ। मानिसले जति धेरै यस प्रकारको सजाय र न्याय पाउँछन्, त्यति नै धेरै मानिसको हृदयमा चोट पुग्न सक्दछ र त्यति नै धेरै उनको आत्मा जाग्‍न सक्छ। यस प्रकारको न्यायको लक्ष्य भनेको यस्ता अत्यन्त भ्रष्ट भएका र सबैभन्दा गहन रूपमा धोकामा परेका व्यक्तिहरूको आत्मालाई जागृत गराउनु हो। मानिससँग आत्मा छैन, अर्थात् उसको आत्मा निकै अघि मर्‍यो र उसलाई स्वर्ग छ भन्ने कुरा थाहा छैन, परमेश्‍वर हुनुहुन्छ भनेर थाहा छैन र ऊ मृत्युको पातालमा संघर्ष गरिरहेको छ भन्ने कुरा निश्चय पनि जान्दैन; ऊ यस दुष्ट नरक पृथ्वीमा बाँचिरहेको छ भन्‍ने उसले कसरी थाहा पाउन सक्थ्यो र? ऊसँग भएको यो दुर्गन्धित लास शैतानको भ्रष्टताको कारण मृत्युको पातालमा खसेको कुरा उसले कसरी थाहा पाउन सक्छ? धेरै पहिले नै पृथ्वीमा भएका सबै कुरालाई मर्मत नै गर्न नसकिने गरी मानवजातिले नाश गरिसकेका छन् भनेर उसलाई कसरी थाहा हुनसक्थ्यो? र सृष्टिकर्ता आज पृथ्वीमा आउनुभएको छ र उहाँले मुक्ति दिन सक्ने भ्रष्ट मानिसहरूको समूहलाई खोज्दै हुनुहुन्छ भनेर उसलाई कसरी थाहा हुनसक्थ्यो? मानिसले सम्‍भव भएको हरेक शोधन र न्यायको अनुभव गरेपछि पनि उसको बोधो चेतना अझै सायदै चलायमान हुन्छ र वास्तवमा यो लगभग उदासीन नै हुन्छ। मानवता कत्ति पतित छ! र यस किसिमको न्याय आकाशबाट खसेको क्रूर असिनाजस्तो हुने भए तापनि, यो मानिसको लागि सबैभन्दा महान् लाभ हो। यदि यस्ता मानिसहरूलाई न्याय नगरिने हो भने, कुनै पनि नतिजा हुनेथिएन र मानिसहरूलाई पीडाको पातालबाट जोगाउन पक्कै पनि असम्भव हुनेथियो। यदि यो काम नगरिएको भए, मानिसहरूलाई पाताल लोकबाट बाहिर निस्कन धेरै गाह्रो हुनेथियो किनभने उनीहरूको हृदय धेरै अघि मरिसकेको थियो र तिनीहरूका आत्माहरूलाई शैतानले कुल्चेको हुनेथियो। पतनको निकै गहिराइमा डुबेका तिमीहरूलाई बचाउनका लागि तिमीहरूलाई कडा रूपमा बोलावट दिनुपर्छ, तिमीहरूलाई कडाइका साथ न्याय गर्नुपर्छ; अनि मात्र तिमीहरूको जमेको हृदयहरूलाई जगाउन सम्भव हुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

मानिसको अवस्था र परमेश्‍वरप्रति मानिसको आचरणको सामना गरेपछि परमेश्‍वरले नयाँ काम गर्नुभएको छ, जसले मानिसलाई उहाँको ज्ञान प्राप्त गर्ने र उहाँप्रति आज्ञाकारी हुने साथै प्रेम र गवाही दुवै प्राप्त गर्ने तुल्याउँछ। यसैले, मानिसले परमेश्‍वरले गर्नुहुने उसको शोधनको, साथै उहाँको न्यायको, उसलाई निराकरण र काट-छाँट गर्ने कार्यको अनुभव गर्नुपर्दछ, जुनविना मानिसले परमेश्‍वरलाई कहिल्यै चिन्न सक्दैन र कहिल्यै पनि उहाँलाई साँच्चै प्रेम गर्न र उहाँको साक्षी दिन सक्दैन। परमेश्‍वरले मानिसमा गर्नुहुने शोधन एकतर्फी प्रभावका लागि मात्र होइन, तर बहु-पक्षीय प्रभावको खातिर हो। परमेश्‍वरले सत्यको खोजी गर्न इच्छुक व्यक्तिहरूमा उनीहरूको संकल्प र प्रेमलाई सिद्ध बनाउन, यस्तै प्रकारले मात्र शोधन गर्नुहुन्छ। जो सत्यको खोजी गर्न इच्छुक छन् र जसले परमेश्‍वरको उत्कट चाहना गर्दछन् उनीहरूका लागि यस्तो शोधन भन्दा धेरै अर्थपूर्ण वा ठूलो सहयोगपूर्ण कुरा अरू कुनै पनि हुँदैन। परमेश्‍वरको स्वभावलाई मानिसले यति सजिलैसँग जान्न वा बुझ्‍न सक्दैन, किनकि परमेश्‍वर, आखिरमा, परमेश्‍वर नै हुनुहुन्छ। अन्त्यमा, परमेश्‍वरमा मानिसको जस्तो स्वभाव हुनु असम्भव छ, र त्यसैले मानिसले परमेश्‍वरको स्वभाव जान्न सजिलो छैन। सत्य मानिसभित्र स्वाभाविक रूपमा हुँदैन र शैतानद्वारा भ्रष्ट पारिएकाहरूले यसलाई सजिलै बुझ्न सक्दैनन्; मानिस सत्य विहीन छ, र सत्यतालाई व्यवहारमा उतार्ने संकल्पविहीन छ, र यदि उसले कष्ट भोग्दैन र उसलाई शोधन वा न्याय गरिँदैन भने, उसको संकल्पलाई कहिल्यै पनि सिद्ध तुल्याइँदैन। सबै मानिसहरूका लागि शोधन धेरै पीडादायक हुन्छ, र यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ—तर शोधनको बेला नै परमेश्‍वरले मानिसको निम्ति उहाँको धर्मी स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ र थप अन्तर्दृष्टिप्रदान गर्नुहुन्छ र थप वास्तविक काट-छाँट र निराकरण गर्नुहुन्छ; तथ्यहरू र सत्यको बीच तुलना गरेर उहाँले मानिसलाई उसको आफ्नै बारेमा र सत्यको अझ धेरै ज्ञान दिनुहुन्छ, र मानिसलाई परमेश्‍वरको इच्छाको अझ बढी बुझाइ दिनुहुन्छ, यसरी मानिसलाई परमेश्‍वरप्रति अझ साँचो र अझ शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ। शोधन कार्यलाई अघि बढाउने परमेश्‍वरका उद्देश्यहरू यिनै हुन्। परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामहरूका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्‍वरले अर्थहीन काम गर्नुहुन्न, न त उहाँले कुनै यस्तो काम गर्नुहुन्छ जसद्वारा मानिसलाई कुनै लाभ हुँदैन। शोधनको अर्थ मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट हटाउनु होइन, न त उनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको समयमा मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका आशयहरू, उसका पुराना दृष्टिकोणहरू परिवर्तन गर्नु, परमेश्‍वरप्रतिको उसको प्रेम बदल्नु, र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नु हो। शोधन मानिसको एक वास्तविक जाँच हो, र एक प्रकारको वास्तविक तालिम हो, र शोधनको अवधिमा मात्र उसको प्रेमले यसको अन्तर्निहित कार्य गर्न सक्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

मानिस शरीरमा जिउँछ, जसको अर्थ ऊ मानव नरकमा, अनि परमेश्‍वरको न्याय र सजायविना मानिस शैतानजस्तै अशुद्ध छ। मानिसलाई कसरी पवित्र पार्न सकिन्थ्यो? परमेश्‍वरद्वारा दिइने सजाय र न्याय नै मानिसको सबैभन्दा उत्तम सुरक्षा र सबैभन्दा महान् अनुग्रह हो भन्‍ने विश्‍वास पत्रुसको थियो। परमेश्‍वरको सजाय र न्यायद्वारा मात्रै मानिस बिउँझन सक्छ र उसले शरीरलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्छ। परमेश्‍वरको कठोर अनुशासनले मात्रै मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्छ, उसलाई आफ्‍नै सानो संसारबाट मुक्त गर्छ, र उसलाई परमेश्‍वरको उपस्थितिको ज्योतिमा जिउन दिन्छ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन। पत्रुसले यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! जबसम्‍म तपाईंले मलाई सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ, तबसम्‍म म तपाईंले मलाई छोड्नुभएको छैन भन्‍ने थाहा गर्नेछु। तपाईंले मलाई आनन्द वा शान्ति नदिनुभए तापनि, र मलाई कष्टमा जिउन दिनुभए तापनि, र ममाथि अनगन्ती सजायहरू दिनुभए तापनि, जबसम्‍म तपाईं मलाई छोड्नुहुन्‍न, तबसम्‍म मेरो हृदय सहजतामा हुनेछ। आज, तपाईंको सजाय र न्याय मेरो सबैभन्दा उत्तम सुरक्षा र मेरो सबैभन्दा महान् आशिष बनेका छन्। तपाईंले दिनुहुने अनुग्रहले मलाई सुरक्षा दिन्छ। आज तपाईंले मलाई दिनुहुने अनुग्रह तपाईंको धर्मी स्वभावको प्रकटीकरण हो, र सजाय र न्याय हो; यसको साथै, यो एउटा परीक्षा हो, र, त्योभन्दा पनि बढी, यो कष्टको जीवन हो।” पत्रुसले आफ्‍ना शरीरका सुख-चैनहरूलाई पन्छ्याएर गहन प्रेम र महान् सुरक्षाको खोजी गर्न सके, किनभने उनले परमेश्‍वरको सजाय र न्यायबाट अत्यन्तै धेरै अनुग्रह प्राप्त गरेका थिए। आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र प्राणीको रूपमा रहेको आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ, र आफूबाट परमेश्‍वरको अनुशासन र परमेश्‍वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस्, र ऊ परमेश्‍वरको ज्योतिमा जिउन सकोस्। परमेश्‍वरको सजाय र न्याय नै ज्योति, र मानिसको मुक्तिको ज्योति हो, र मानिसको लागि योभन्दा उत्तम आशिष, अनुग्रह वा सुरक्षा कुनै छैन भन्ने जान।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

आजको विजयको कामको उद्देश्य मानिसको अन्त्य कस्तो हुनेछ भनी स्पष्ट पार्नु हो। म किन भन्छु कि आजको दण्ड र न्याय आखिरी दिनहरूमा हुने ठूलो सेता सिंहासनको अघि हुने न्याय हो? के तँ यो देख्दैनस्? विजयको काम किन अन्तिम चरणमा छ? के यो सबै वर्गका मानिसहरूको अन्त्य कस्तो प्रकारको हुनेछ भन्ने कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नका निम्ति होइन र? के यो दण्ड र न्यायको विजयको क्रममा सबैलाई आफ्नो वास्तविक रङ्ग देखाउने अनुमति दिन र त्यसपछि तिनीहरूका आ-आफ्नै प्रकारअऩुसार वर्गीकरण गर्नका लागि होइन र? यसलाई मानवजातिलाई जित्नु भन्नुभन्दा बरु प्रत्येक वर्गको व्यक्तिले कस्तो प्रकारको अन्त्यको सामना गर्नुपर्छ त्यो देखाउनु हो भन्नु राम्रो हुन्छ। यो मानिसहरूको पापहरूको न्याय गर्ने र त्यसपछि विभिन्न वर्गहरूका मानिसहरूलाई प्रकट गर्दै त्यसद्वारा तिनीहरू दुष्ट वा धर्मी के हुन् भनेर निर्णय गर्नु हो। विजयको कामपछि, असललाई इनाम दिने र दुष्टलाई दण्ड दिने काम हुन्छ। पूर्ण रूपमा आज्ञापालन गर्ने मानिसहरूलाई-अर्थात् पूर्ण रूपले जितिएका मानिसहरूलाई-सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको कार्य फैलाउने अर्को चरणमा राखिनेछ; अनि नजितिएकाहरूलाई अन्धकारमा राखिनेछन् र तिनीहरूले विपत्तिको सामना गर्नेछन्। यसरी मानिसलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ, दुष्ट काम गर्नेहरू दुष्टहरूको समूहमा राखिनेछन्, फेरि सूर्यको किरणसँग नहुने गरी राखिनेछन्, र धर्मीहरू असल मानिसहरूको समूहमा राखिनेछन्, जसले ज्योति प्राप्त गर्नेछन् र सदासर्वदा ज्योतिमा जिउँनेछन्। सबै चीजहरूको अन्त्य नजिक छ; मानिसको अन्त्य उसको आँखाको अघि स्पष्ट देखाइएको छ, र सबै चीजहरू त्यसको प्रकारअनुसार वर्गीकृत गरिनेछ। त्यसोभए, मानिसहरूले तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिएको पीडाबाट कसरी उम्कन सक्छन्? सबै चीजहरूको अन्त्य नजिक आउँदा मानिसका प्रत्येक वर्गको विभिन्न अन्त्यहरू प्रकट हुन्छन्, र यो (विजयका सबै कामहरू लगायत, वर्तमान कार्यबाट सुरु गर्दै) सम्पूर्ण ब्रह्माण्डलाई जित्ने काम गरिने अवधिमा गरिन्छ। सबै मानवजातिको अन्त्यको प्रकाश न्यायको सिंहासनअघि, दण्ड दिने अवधिमा, र आखिरी दिनहरूको विजयको कामको क्रममा गरिन्छ। … विजयको अन्तिम चरणको उद्देश्य मानिसहरूलाई मुक्त गर्नु र उनीहरूको अन्त्य प्रकट गर्नु हो। यो न्यायको माध्यमबाट मानिसहरूको पतित अवस्था प्रकट गर्नु, र त्यसो गरेर उनीहरूलाई पश्चात्ताप गर्न, माथि उठ्न, र जीवन र मानव जीवनको सही मार्गलाई पछ्याउने बनाउनु हो। यो चेतनाहीन र मन्द बुद्धिका मानिसहरूको हृदयलाई ब्युँझाउनु र न्यायद्वारा तिनीहरूका भित्री विद्रोहीपन देखाउनु हो। तथापि, यदि मानिसहरू अझै पनि पश्चात्ताप गर्न असमर्थ छन् भने, अझै पनि मानव जीवनको सही बाटोको पछि लाग्न असमर्थ छन् भने र यी भ्रष्टताहरू त्याग्न असमर्थ छन् भने, तिनीहरू मुक्तिभन्दा धेरै पर छन् र शैतानद्वारा निलिनेछन्। परमेश्‍वरको विजयको महत्त्व यस्तो छ: मानिसहरूलाई मुक्त गर्नु, र तिनीहरूका अन्त्यहरू पनि देखाउनु। असल अन्त्यहरू, खराब अन्त्यहरू-ती सबै विजयको कामद्वारा प्रकट हुनेछन्। मानिसहरू मुक्त बनाइनेछन् वा श्रापित हुनेछन् यी सबै विजयको कामको दौरान प्रकट गरिनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (१)

अन्तका दिनहरूको अवधिमा परमेश्‍वरको न्याय र सजायको कामको अवधिमा—अर्थात्, शुद्धीकरणको अन्तिम कार्यको अवधिमा दृढ खडा रहन सक्षम हुनेहरू नै—परमेश्‍वरसँगै अन्तिम विश्रामभित्र प्रवेश गर्नेहरू हुनेछन्; त्यस्तै, विश्राममा प्रवेश गर्नेहरू सबै शैतानको प्रभावलाई तोडेर मुक्त भएका र परमेश्‍वरको शुद्धीकरणको अन्तिम कार्य भएर गुज्रिएपछि परमेश्‍वरद्वारा हासिल गरिएकाहरू हुनेछन्। अन्तमा परमेश्‍वरद्वारा हासिल गरिएका यी मानव अन्तिम विश्राममा प्रवेश गर्नेछन्। सजाय र न्यायको परमेश्‍वरको कामको मूलभूत उद्देश्य मानवजातिको शुद्धीकरण गर्नु र उनीहरूलाई उनीहरूको अन्तिम विश्रामको निम्ति तयारी गर्नु हो; यस्तो शुद्धीकरणविना, कुनै पनि मानवजाति किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सकिँदैनथ्यो। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती अनाज्ञाकारी तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र ती टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछन्। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछन् र उनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा उनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, उनीहरूले विश्रामको उनीहरूको मानव दिन सुरुवात गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, उनीहरू सबैलाई नष्ट पारिनेछन् र शैतानलाई झैँ उनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त उनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशानाहरू हुन् र दुष्ट र अधर्मी मानिसहरू हुन्। उनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र उनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; उनीहरू पनि कुनै समय परमेश्‍वरको सेवा गरे। यद्यपि, जब अन्तको दिन आउँछ, उनीहरूका दुष्टताको कारण साथै मुक्त गरिनलाई उनीहरूको अनाज्ञाकारीता र असक्षमताको परिणामस्वरूप उनीहरूलाई अझ पनि हटाइनेछन् र नष्ट पारिनेछन्; उनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र उनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। चाहे उनीहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, सबै दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू सबैलाई मानवजाति माझ एक पटक पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि नष्ट पारिनेछन्। जहाँ सम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, दुष्ट काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछन्, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तको युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भएका थिए वा थिएनन्, उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्नेहरू र मुक्ति पाउन नसक्नेहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्‍चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई उनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिन्छन्। एक पटक यसरी वर्गीकरण गरिसकेपछि, उनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्‍वरले अन्तको दिनहरूमा विजयको उहाँको कार्यको कार्यान्वयनलाई सिद्ध्याउनुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम कार्यान्वयन गर्नुहुनेछ। वास्तवमा, उहाँले मानवजाति माझ काम गर्न सुरुवात गर्नुभएदेखि नै उनीहरूलाई असल र खराब गरी छुट्टाउँदै आइरहनुभएको छ। यो यस्तो मात्र हुन्छ कि उहाँको काम समाप्‍त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; यो यस्तो होइन कि उहाँको काम पूरा भएपछि उनीहरूलाई वर्गहरूमा छुट्टाउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्‍नुहुनेछ। दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्‍वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध मानवजाति ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्‍वरले दुष्टलाई नष्ट पार्नुभएन, तर रहन दिनुभयो भने, सबै मानव विश्राममा प्रवेश गर्न अझै असक्षम हुने थियो, र सारा मानवजातिलाई अझ उत्तम राज्यमा ल्याउन परमेश्‍वर असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण हुँदैन थियो। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र हुनेछ; यसरी मात्र परमेश्‍वर शान्तिपूर्वक विश्राममा बस्न सक्षम हुनुहुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामले कसरी मानवजातिलाई शुद्ध पार्छ र मुक्ति दिन्छ

सन्दर्भका लागि बाइबल पदहरू: “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय...

परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम भनेको विशाल सेतो सिंहासनबाट हुने न्यायको काम हो

परमेश्‍वरका प्रासंगिक वचनहरू: विगतमा बताइएको, परमेश्‍वरको घरमा सुरु हुने न्यायमा, यी शब्दहरूमा सम्बोधन गरिएको “न्याय” ले अन्तिम दिनहरूमा...

प्रभु येशूले मानवजातिलाई उद्धार गर्नुभएको भए पनि, अझै परमेश्‍वरले आखिरी दिनहरूमा किन न्यायको काम गर्नुपर्छ

सन्दर्भका लागि बाइबल पदहरू: “साँचो-साँचो म तिमीलाई भन्छु, पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ...

परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम अस्वीकार गर्दाका नतिजा र परिणामहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, स्वाभाविक रूपमा नै यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्