परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामले कसरी मानवजातिलाई शुद्ध पार्छ र मुक्ति दिन्छ

14 अगस्ट 2021

सन्दर्भका लागि बाइबल पदहरू:

“अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ” (यूहन्ना १२:४७-४८)

“मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्‍ना १६:१२-१३)

“तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो। तपाईंले मलाई संसारमा पठाउनुभएको जस्तै, मैले पनि त्यसरी नै तिनीहरूलाई संसारमा पठाएको छु। अनि तिनीहरूका खातिर म आफैलाई पवित्र पार्छु, ताकि तिनीहरू पनि सत्यताद्वारा शुद्ध पारिन सकून्” (यूहन्‍ना १७:१७-१९)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

वर्तमान देहधारणमा परमेश्‍वरको काम मुख्य रूपले दण्ड र न्यायको माध्यमद्वारा उहाँको स्वभाव व्यक्त गर्नु हो। यही जगमा निर्माण गर्दै, उहाँले मानिसमा अझ धेरै सत्यता ल्याउनुहुन्छ, र उसलाई अभ्यास गर्ने अझ धेरै तरिकाहरू औल्याउनुहुन्छ, त्यसरी मानिसलाई जित्ने र उसको आफ्नै भ्रष्ट स्वभावबाट उसलाई मुक्त गर्ने उहाँको उद्देश्य प्राप्त गर्नुहुन्छ। राज्यको युगमा परमेश्‍वरको कामको पछि रहेको कुरा यही हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावनाबाट उद्धृत गरिएको

आखिरी दिनहरूमा ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खासगरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको वासस्थान हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। न्यायको आफ्नो कामलाई कार्यान्वयन गर्नुहुँदा परमेश्‍वरले थोरै वचनहरूद्वारा मानवको प्रकृतिलाई स्पष्ट मात्र पार्नुहुन्न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म छिँवल्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरमा समर्पित हुनका लागि पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको गहिरो बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सारतत्व, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

आज, परमेश्‍वर मुख्य रूपले “शरीरमा प्रकट हुनुभएका वचन” को काम पूरा गर्न, मानिसलाई सिद्ध बनाउन वचन प्रयोग गर्न, मानिसलाई वचनको निराकरण र वचनको शोधन स्वीकार गर्ने बनाउन देहधारी हुनुभएको छ। उहाँका वचनहरूमा उहाँले तँलाई प्रावधानहरू र जीवन प्राप्त गर्ने तुल्याउनुहुन्छ; उहाँका वचनहरूमा तँ उहाँका काम र कार्यहरू देख्छस्। परमेश्‍वरले तँलाई सजाय दिन र शोधन पार्नका निम्ति वचन प्रयोग गर्नुहुन्छ, र यसैले यदि तैँले कठिनाइ भोगिस् भने त्यो पनि परमेश्‍वरको वचनको कारणले गर्दा नै हो। आज, परमेश्‍वरले तथ्यहरूद्वारा काम गर्नुहुन्न, तर वचनहरूद्वारा गर्नुहुन्छ। उहाँको वचन तँमा आएपछि मात्र पवित्र आत्माले तँभित्र काम गर्न सक्नुहुनेछ र तँलाई कष्ट भोग्ने वा मिठास अनुभव गर्ने तुल्याउनुहुन्छ। परमेश्‍वरको वचनले मात्र तँलाई वास्तविकतामा ल्याउन सक्छ, र परमेश्‍वरको वचन मात्र तँलाई सिद्ध बनाउन सक्षम छ। अनि यसैले कम्तीमा पनि तैँले यसलाई बुझ्नैपर्छ: परमेश्‍वरले आखिरी दिनहरूमा गर्नुभएका काम मुख्य रूपले उहाँको वचन प्रयोग गरेर प्रत्येक व्यक्तिलाई सिद्ध बनाउनु र मानिसलाई बाटो देखाउनु हो। उहाँले सबै काम उहाँको वचनद्वारा गर्नुहुन्छ; तँलाई सजाय दिन उहाँले तथ्यहरू प्रयोग गर्नुहुन्न। यस्ता समयहरू हुन्छन्, जब केही मानिसहरूले परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरले तँलाई असुविधामा पार्नुहुन्न, तेरो शरीरलाई सजाय दिनुहुन्न, न त तैँले कष्ट भोग्‍नेछस्—तर तँमाथि उहाँको वचन आउने बित्तिकै, र त्यसले तँलाई शोधन गर्छ र यो तेरो निम्ति असहनीय हुन्छ। के त्यस्तो हुँदैन र? सेवाकर्ताहरूको समयमा परमेश्‍वरले मानिसलाई अतल कुण्डमा फालिदिनु भन्नुभयो। के मानिस साँच्चै अतल कुण्डमा पुगेको छ? मानिसलाई शोधन गर्न वचनहरू प्रयोग गरेर मानिस अतल कुण्डमा प्रवेश गऱ्यो। अनि यसैले, आखिरी दिनहरूमा जब परमेश्‍वर देहधारी हुनुहुन्छ, उहाँले मुख्य रूपले सबै काम गर्न र सबै कुरा स्पष्ट पार्न वचन प्रयोग गर्नुहुन्छ। उहाँको वचनमा मात्र उहाँ को हुनुहुन्छ भनी तैँले देख्न सक्छस्; उहाँको वचनमा मात्र उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ भनी देख्न देख्‍न सक्छस्। जब देहधारी परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, उहाँले वचन बोल्ने बाहेक अरू काम गर्नुहुन्न—त्यसैले त्यहाँ तथ्यहरूको कुनै आवश्यकता छैन; वचनहरू नै पर्याप्त छन्। यसकारण, उहाँ मुख्यतया: यही काम गर्न आउनुभएको हो, मानिसलाई उहाँको वचनमा उहाँको शक्ति र सर्वोच्चता देख्न दिन, उहाँले नम्रतासाथ आफैलाई कसरी लुकाउनुहुन्छ सो मानिसलाई उहाँको वचनमा देख्न दिन, अनि मानिसलाई उहाँको वचनमा उहाँको समग्रता जान्न दिन आउनुभएको हो। उहाँसँग जे छन् र उहाँ जो हुनुहुन्छ ती सब उहाँको वचनमा छन्। उहाँको बुद्धि र उहाँका अद्भुतता उहाँको वचनमा छन्। यसमा तँलाई परमेश्‍वरले उहाँका वचनहरू बोल्नुहुने धेरै विधिहरू देख्ने तुल्याइन्छ। यो सब समयमा परमेश्‍वरको धेरै जसो काम प्रबन्ध गर्नु, प्रकाश दिनु, र मानिसको निराकरण गर्नु नै भएको छ। उहाँले मानिसलाई हलकासाथ सराप्नुहुन्न, उहाँले सराप्नु भए पनि, उहाँले वचनद्वारा नै तिनीहरूलाई सराप्नु हुन्छ। अनि यसैले, परमेश्‍वर देहधारी हुनुभएको यो युगमा, परमेश्‍वरले फेरि बिरामीलाई निको पार्नुभएको र भूतात्माहरू निकाल्नुभएको देख्ने कोसिस नगर्नुहोस्, अनि निरन्तर चिह्नहरू खोज्न छोडिदिनुहोस्—त्यसको कुनै अर्थ हुँदैन! ती चिह्नहरूले मानिसलाई सिद्ध बनाउन सक्दैन। स्पष्ट रूपमा भन्ने हो भने: आज, देहधारण गर्नुहुने वास्तविक परमेश्‍वर आफैले काम गर्नुहुन्न; उहाँ बोल्नु हुन्छ मात्र। यो सत्यता हो। उहाँले तँलाई सिद्ध बनाउन वचनहरू प्रयोग गर्नुहुन्छ, उहाँले तँलाई खुवाउन र पानी पियाउन वचन प्रयोग गर्नुहुन्छ। उहाँले काम गर्नका निम्ति पनि वचनहरू प्रयोग गर्नुहुन्छ, तँलाई उहाँको वास्तविकता थाहा गराउन उहाँले तथ्यहरूको सट्टामा वचनहरू प्रयोग गर्नुहुन्छ। यदि तँ परमेश्‍वरको यस किसिमको कामलाई बुझ्न सक्षम छस् भने नकारात्मक हुन कठिन हुन्छ। नकारात्मक कुराहरूमा ध्यान दिनुभन्दा तैँले सकारात्मक कुराहरूमा ध्यान दिनुपर्छ—भन्नुको अर्थ, परमेश्‍वरका वचनहरू पूरा भए वा नभए पनि वा तथ्यहरूको आगमन भए वा नभए पनि परमेश्‍वरले उहाँको वचनबाट मानिसलाई जीवन प्राप्त गर्न दिनुहुन्छ, अनि यो सबै चिह्नहरूमध्ये ठूलो हो; अझ त्योभन्दा बढी यो एउटा निर्विवाद सत्यता हो। परमेश्‍वरलाई जान्ने यो नै सर्वोत्तम प्रमाण हो, र यो चिह्नहरूभन्दा ठूलो एउटा चिह्न हो। यी वचनहरूले मात्र मानिसलाई सिद्ध बनाउन सक्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँले मानिसलाई दबाब दिन, वा विश्‍वस्त तुल्याउन चिह्नहरू र अचम्‍मका कामहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्‍वरको शक्तिलाई स्पष्ट बनाउन सक्दैन। यदि परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरू मात्र देखाउनुभएको भए, परमेश्‍वरको वास्तविकता स्पष्ट पार्न असम्भव हुनेथियो, यसरी मानिसलाई सिद्ध बनाउन पनि असम्भव नै हुनेथियो। परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरूद्वारा मानिसलाई सिद्ध बनाउनुहुन्न, तर मानिसमा पानी हाल्न र गोठालो गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिसको पूर्ण आज्ञाकारीता र मानिसमा परमेश्‍वरको ज्ञान प्राप्त गरिन्छ। उहाँले गर्नुहुने काम र उहाँले बोल्नुहुने वचनको उद्देश्य यही नै हो। परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनका निम्ति चिह्नहरू र अचम्‍मका कामहरू देखाउने विधिको प्रयोग गर्नुहुन्न—उहाँले मानिसलाई सिद्ध पार्नको लागि वचनहरू प्रयोग गर्नुहुन्छ, र धेरै वटा फरक-फरक तरिकाहरू प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, निराकरण र काँटछाँट वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध बनाउन अनि मानिसलाई परमेश्‍वरको काम, बुद्धि र अद्भुदताको ज्ञान दिन परमेश्‍वर विभिन्‍न दृष्टिकोणहरूबाट बोल्नुहुन्छ। … मैले पहिलेबाटै भनेको थिएँ, कि विजेताहरूको एउटा दल पूर्वबाट जितिन्छ, ती विजेताहरू जो, महासंकष्टको बीचबाट निस्कन्छन्। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ यही हो, कि ती प्राप्त गरिएका मानिसहरूले न्याय र सजाय, निराकरण र काटछाँट र हरकिसिमका शोधनबाट भएर गएपछि मात्र साँचो रूपमा आज्ञापालन गर्न सके। यी मानिसहरूको विश्‍वास अस्पष्ट र अमूर्त हुँदैन, तर वास्तविक हुन्छ। तिनीहरूले कुनै पनि चिन्हहरू र अचम्‍मका कामहरू वा कुनै आश्‍चर्यकर्महरू देखेका हुँदैनन्; तिनीहरू कुनै बुझ्न नसकिने अक्षरहरू र सिद्धान्तहरू वा गहन अन्तर्दृष्टिहरूको बारेमा कुरा गर्दैनन्; त्यसको साटो, तिनीहरूसित वास्तविकता, परमेश्‍वरका वचनहरू र परमेश्‍वरको वास्तविकताको साँचो ज्ञान हुन्छ। के यस्तो झुण्ड परमेश्‍वरको शक्तिलाई स्पष्ट पार्न अझ बढी सक्षम हुँदैन र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

आखिरी दिनहरूमा, मुख्य रूपमा आफ्‍ना वचनहरू बोल्न नै परमेश्‍वर आउनुभएको हो। उहाँ आत्माको परिप्रेक्ष्यबाट, मानिसको परिप्रेक्ष्यबाट, र तृतीय पुरुषको परिप्रेक्ष्यबाट बोल्नुहुन्छ; एक समयावधिको लागि एउटा तरीका प्रयोग गर्दै उहाँ फरक-फरक तरिकाले बोल्नुहुन्छ, र उहाँले मानिसका धारणाहरू परिवर्तन गर्न र मानिसका हृदयबाट अस्पष्ट परमेश्‍वरको प्रतिरूप हटाउन बोल्ने त्यो तरिकाको प्रयोग गर्नुहुन्छ। परमेश्‍वरद्वारा गरिएको मुख्य काम यही हो। परमेश्‍वर बिरामीलाई निको पार्न, भूतप्रेतहरूलाई निकाल्न, आश्‍चर्यकर्महरू प्रस्तुत गर्न, र मानिसमा भौतिक वरदानहरू प्रदान गर्न आउनुभएको हो भन्‍ने मानिसले विश्‍वास गर्ने भएकाले, मानिसका धारणाहरूबाट यस्ता कुराहरू हटाउन परमेश्‍वरले यो चरणको काम—सजाय र न्यायको काम—कार्यान्वयन गर्नुहुन्छ ताकि मानिसले परमेश्‍वरको वास्तविकता र सामान्यता थाहा पाउन सकून्, र ताकि उसको हृदयबाट येशूको प्रतिरूप हटोस् र त्यसको सट्टा परमेश्‍वरको नयाँ प्रतिरूप स्थापित होस्। मानिसभित्रको परमेश्‍वरको प्रतिरूप पुरानो हुनसाथ, यो मूर्ति बन्छ। जब येशू आउनुभयो र त्यो चरणको काम कार्यान्वयन गर्नुभयो, उहाँले परमेश्‍वरको सम्पूर्णतालाई प्रतिनिधित्व गर्नुभएन। उहाँले केही चिन्‍हहरू र अचम्‍मका कामहरू प्रस्तुत गर्नुभयो, केही वचनहरू बोल्नुभयो, र अन्त्यमा क्रूसमा टाँगिनुभयो। उहाँले परमेश्‍वरको एक भागको प्रतिनिधित्व गर्नुभयो। उहाँले परमेश्‍वरको जे जति छ त्यो सबै प्रतिनिधित्व गर्न सक्नुभएन, तर उहाँले परमेश्‍वरको कामको एक भाग गर्दै परमेश्‍वरको प्रतिनिधित्व गर्नुभयो। यसको कारण हो परमेश्‍वर अति महान् र अति आश्‍चर्यजनक हुनुहुन्छ, र उहाँ बुझ्न नसकिने हुनुहुन्छ, र किनभने परमेश्‍वरले हरेक युगमा उहाँको कामको एक भाग मात्र गर्नुहुन्छ। यो युगको दौरान परमेश्‍वरले गर्नुहुने काम मुख्य रूपमा मानिसको जीवनको लागि वचनहरूको प्रावधान; मानिसको भ्रष्ट आचरण र मानिसको स्वभावको तत्वको पर्दाफास; र धार्मिक धारणाहरू, सामन्ती सोच, पुरानो सोच, र मानिसका ज्ञान र संस्कृतिको बहिस्कार गर्नु हो। परमेश्‍वरका वचनहरूद्वारा पर्दाफास गरेर यी कुराहरू सबैलाई सफा पारिनुपर्छ। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न, परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्‍हहरू र अचम्‍मका कामहरू होइन। उहाँले मानिसलाई खुलासा गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन, र मानिसलाई सिद्ध पार्न आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ ताकि परमेश्‍वरका वचनहरूमा, मानिसले परमेश्‍वरको बुद्धि र प्रेमिलो स्वभाव देख्‍न र परमेश्‍वरको स्वभाव बुझ्न सकोस्, र ताकि परमेश्‍वरका वचनहरूद्वारा, मानिसले परमेश्‍वरका कामहरू देखोस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु

मेरा वचनहरू कठोर हुन सक्छन्, तापनि ती सबै मानिसका मुक्तिका लागि भनिएका छन्, किनकि म केवल वचनहरू मात्र बोल्दैछु र मानिसको देहलाई दण्ड दिइरहेको छैन। यी वचनहरूले मानिसलाई ज्योतिमा बस्न, ज्योति छ भनी जान्न, त्यो ज्योति अनमोल छ भनेर बुझ्न र अझ त्योभन्दा बढी, यी वचनहरू तिनीहरूका लागि कति धेरै लाभदायक छन् भनेर जान्न, साथै परमेश्‍वर मुक्ति हुनुहुन्छ भनी बुझ्न पनि सहायता गर्दछन्। मैले सजाय र न्यायका धेरै वचनहरू बोलेको भए पनि, तिनले जुन कुराको प्रतिनिधित्व गर्दछन् त्यो तिमीहरूमा व्यवहारिक रूपमा गरिएको छैन। म मेरो काम गर्न र मेरा वचनहरू बोल्न आएको हुँ, र मेरा वचनहरू कठोर भए पनि ती तिमीहरूको भ्रष्टता र तिमीहरूको विद्रोहको न्याय गर्न बोलिएका हुन्। मेरो यो कामको उद्देश्य मानिसलाई शैतानको अधिकार क्षेत्रबाट बचाउनु नै हो; मानिसलाई बचाउन मैले मेरा वचनहरू प्रयोग गर्दैछु। मेरो उद्देश्य भनेको मेरा वचनहरूद्वारा मानिसको हानि गर्नु होइन। मेरो कामको नतिजा प्राप्त गर्नका लागि नै मेरा वचनहरू कठोर छन्। त्यस्तो कामद्वारा मात्र मानिसले आफैलाई चिन्न र आफ्‍नो विद्रोही स्वभावबाट अलग हुन सक्छ। वचनहरूको कामको सबैभन्दा ठूलो महत्त्व भनेको मानिसहरूले सत्य कुरा बुझेपछि तिनीहरूलाई त्यो व्यवहारमा अपनाउने, तिनीहरूको स्वभाव परिवर्तन गर्ने र आफ्नो र परमेश्‍वरको कार्यको ज्ञान प्राप्त गर्ने तुल्याउनु हो। वचनहरू बोलेर काम गर्दा मात्रै परमेश्‍वर र मानिसबीच कुराकानी गर्नु सम्भव हुन्छ, र वचनहरूले मात्र सत्यतालाई वर्णन गर्न सक्दछ। यस तरिकाले काम गर्नु नै मानिसलाई जित्ने सबैभन्दा उत्तम माध्यम हो; वचनहरू बोल्‍ने बाहेक, अरू कुनै पनि विधिले मानिसहरूलाई सत्यता र परमेश्‍वरको काम स्पष्ट रूपमा बुझाउन सक्दैन। यसैले, आफ्‍नो अन्तिम चरणको काममा, परमेश्‍वरले मानिससँग मानिसले अझैसम्म नबुझेका सत्यता र रहस्यहरू प्रकट गर्न, तिनीहरूलाई परमेश्‍वरबाट साँचो बाटो र जीवन प्राप्त गर्ने तुल्याउन र त्यसरी उहाँको इच्छा पूरा गर्नको लागि बोल्नुहुन्छ। परमेश्‍वरले मानिसमा गर्नुहुने कामको उद्देश्य तिनीहरूलाई परमेश्‍वरको इच्छा पूरा गर्न सक्षम बनाउनु हो, र यो तिनीहरूकहाँ मुक्ति ल्याउनका लागि गरिन्छ। त्यसकारण, मानिसले उहाँको मुक्ति पाएको समयमा, उहाँले तिनीहरूलाई दण्ड दिने काम गर्नुहुन्न। मानिसकहाँ मुक्ति ल्याउने क्रममा, परमेश्‍वरले दुष्टलाई दण्ड वा असल इनाम दिनुहुन्न, न त उहाँले विभिन्न किसिमका मानिसहरूका गन्तव्यहरू नै प्रकट गर्नुहुन्छ। बरु, उहाँको कामको अन्तिम चरण पूरा भएपछि मात्र उहाँले खराबीलाई दण्ड दिने र असल कार्यलाई इनाम दिने काम गर्नुहुनेछ, तब मात्र उहाँले सबै किसिमका विभिन्‍न मानिसहरूको अन्त्य प्रकट गर्नुहुन्छ। दण्ड पाउने तिनीहरू हुनेछन् जो वास्तवमा मुक्ति पाउन असमर्थ हुन्छन्, अनि बचाइएकाहरू ती हुनेछन् जसले परमेश्‍वरले मानिसलाई मुक्ति दिनुभएको समयमा परमेश्‍वरको मुक्ति प्राप्त गरेका हुन्छन्। परमेश्‍वरले मुक्ति दिने कार्य गरिरहनुभएको बेला मुक्ति पाउन सक्ने प्रत्येक व्यक्तिले हरसम्भव मुक्ति पाउनेछ, र तिनीहरूमध्ये कसैलाई पनि फालिनेछैन, किनकि परमेश्‍वरको कामको उद्देश्य भनेको मानिसलाई बचाउनु नै हो। ती सबै जो, परमेश्‍वरले मानिसलाई मुक्ति दिइरहनुभएको समयमा आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न असमर्थ हुन्छन्—साथै तिनीहरू सबै जो पूर्ण रूपले परमेश्‍वरको अधीनमा बस्न असमर्थ हुन्छन्—तिनीहरू दण्डका पात्रहरू बन्नेछन्। कामको यो चरणले, अर्थात् वचनहरूको कामले मानिसहरूले बुझ्न नसक्ने सबै मार्गहरू र रहस्यहरू खोल्‍नेछ, यसरी तिनीहरूले परमेश्‍वरको इच्छा र परमेश्‍वरले तिनीहरूबाट गर्नुभएका मागहरू बुझ्न सक्छन्, र यसरी तिनीहरूले परमेश्‍वरको वचनहरू अभ्यास गर्ने र तिनीहरूको स्वभावमा परिवर्तन गर्ने पूर्वसर्तहरू पाउन सक्छन्। परमेश्‍वरले उहाँको आफ्नो काम गर्न केवल वचनहरू प्रयोग गर्नुहुन्छ र मानिस थोरै विद्रोही हुँदा उसलाई दण्ड दिनुहुन्न; किनकि अहिले मुक्तिको कामको समय हो। यदि विद्रोही काम गर्ने कुनै पनि व्यक्तिलाई दण्ड दिइयो भने कसैले पनि मुक्ति पाउने मौका पाउनेथिएन; सबैले दण्ड पाउनेथिए र पातालमा खस्नेथिए। मानिसलाई न्याय गर्ने वचनहरूको उद्देश्य भनेको तिनीहरूलाई आफैलाई चिन्ने र परमेश्‍वरमा समर्पित हुने मौका दिनु हो; यो तिनीहरूलाई त्यस्तो न्यायद्वारा दण्ड दिनु होइन।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ

कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको धार्मिक स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्‍वरको स्वभाव मुख्य रूपले धार्मिकता, क्रोध, महानता, न्याय र सरापले बनेको हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध बनाउनुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्‍वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध बनाउन सक्‍नुहुन्छ भनी प्रश्न गर्छ। तिनीहरू भन्छन्, “यदि परमेश्‍वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्‍वरले मानिसलाई इन्साफ गर्नुभयो भने, के मानिस दोषी हुने थिएन? त्यसो भए ऊ कसरी अझै सिद्ध हुन सक्छ?” यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्‍वरका कामहरूलाई जान्दैनन्। परमेश्‍वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको अनाज्ञाकारिता हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ रूखो र कठोरता साथ बोल्नुहुने भए तापनि, उहाँले मानिसभित्र भएका सबै कुरा प्रकट गर्नुहुन्छ, उहाँले यी कठोर शब्दहरूद्वारा ती कुरा प्रकट गर्नुहुन्छ जुन मूल रूपमा मानिसभित्र हुन्छ, तापनि त्यस्तो न्यायद्वारा उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्‍वरको सामु समर्पित हुन्छ। मानिसको शरीर पापको र शैतानको हो, यो अनाज्ञाकारिता हो, र यो परमेश्‍वरको सजायको पात्र हो। यसैले, मानिसलाई ऊ आफैलाई चिन्‍न लगाउनको लागि परमेश्‍वरका वचनहरूको न्याय ऊमाथि आउनुपर्छ र त्यहाँ हरप्रकारको शुद्धीकरण प्रयोग गर्नुपर्दछ; तब मात्र परमेश्‍वरको काम प्रभावकारी हुन सक्दछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

परमेश्‍वरसित मानिसलाई सिद्ध तुल्याउने तरिकाहरू धेरै छन्। मानिसको भ्रष्ट स्वभावको निराकरण गर्न उहाँले हरप्रकारका वातावरणहरू प्रयोग गर्नुहुन्छ र मानिसलाई नाङ्गो पार्न विभिन्न कुराहरू प्रयोग गर्नुहुन्छ; एउटा सन्दर्भमा, उहाँले मानिसलाई निराकरण गर्नुहुन्छ, अर्कोमा उहाँले मानिसलाई नाङ्गो पार्नुहुन्छ, अनि अर्कोमा उहाँले मानिसको हृदयको गहिराइमा भएका “रहस्य” खोतलेर देखाउँदै मानिसलाई प्रकट गर्नुहुन्छ, र मानिसलाई उसका धेरैवटा अवस्थाहरू प्रकट गर्दै उसको प्रकृति देखाउनुहुन्छ। परमेश्‍वर व्यावहारिक हुनुहुन्छ भनी मानिसले जानोस् भनी परमेश्‍वरले धेरै तरिकाहरूद्वारा—प्रकाशद्वारा, मानिसलाई निराकरणगरेर मानिसको शोधन गरेर अनि सजाय दिएर—मानिसलाई सिद्ध तुल्याउनुहुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा शैतानलाई त्याग्‍न लगाउनका लागि हो। वचनद्वारा गरिएका सबै न्यायहरूको उद्देश्य मानवताको भ्रष्ट स्वभाव उजागर गर्नु र मानिसहरूलाई जीवनको सार बुझ्‍नको लागि सक्षम तुल्याउनु हो। यी पटक-पटक गरिएका न्यायहरूले मानिसको हृदयलाई छेड्छन्। प्रत्येक न्यायले प्रत्यक्ष रूपमा तिनीहरूको नियतिसँग सम्बन्ध राख्दछ र यसको काम तिनीहरूको हृदयमा चोट पुर्‍याउनु हो जसले गर्दा तिनीहरूले ती सबै थोकहरू छोडिदेऊन् र जीवनलाई जान्न सकून्, यस फोहोरी संसारलाई जान्न सकून्, परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌तालाई जान्न सकून्, र मानवजातिलाई पनि चिन्न सकून् जसलाई शैतानले भ्रष्ट बनाएको छ। मानिसले जति धेरै यस प्रकारको सजाय र न्याय पाउँछन्, त्यति नै धेरै मानिसको हृदयमा चोट पुग्न सक्दछ र त्यति नै धेरै उनको आत्मा जाग्‍न सक्छ। यस प्रकारको न्यायको लक्ष्य भनेको यस्ता अत्यन्त भ्रष्ट भएका र सबैभन्दा गहन रूपमा धोकामा परेका व्यक्तिहरूको आत्मालाई जागृत गराउनु हो। मानिससँग आत्मा छैन, अर्थात् उसको आत्मा निकै अघि मर्‍यो र उसलाई स्वर्ग छ भन्ने कुरा थाहा छैन, परमेश्‍वर हुनुहुन्छ भनेर थाहा छैन र ऊ मृत्युको पातालमा संघर्ष गरिरहेको छ भन्ने कुरा निश्चय पनि जान्दैन; ऊ यस दुष्ट नरक पृथ्वीमा बाँचिरहेको छ भन्‍ने उसले कसरी थाहा पाउन सक्थ्यो र? ऊसँग भएको यो दुर्गन्धित लास शैतानको भ्रष्टताको कारण मृत्युको पातालमा खसेको कुरा उसले कसरी थाहा पाउन सक्छ? धेरै पहिले नै पृथ्वीमा भएका सबै कुरालाई मर्मत नै गर्न नसकिने गरी मानवजातिले नाश गरिसकेका छन् भनेर उसलाई कसरी थाहा हुनसक्थ्यो? र सृष्टिकर्ता आज पृथ्वीमा आउनुभएको छ र उहाँले मुक्ति दिन सक्ने भ्रष्ट मानिसहरूको समूहलाई खोज्दै हुनुहुन्छ भनेर उसलाई कसरी थाहा हुनसक्थ्यो? मानिसले सम्‍भव भएको हरेक शोधन र न्यायको अनुभव गरेपछि पनि उसको बोधो चेतना अझै सायदै चलायमान हुन्छ र वास्तवमा यो लगभग उदासीन नै हुन्छ। मानवता कत्ति पतित छ! र यस किसिमको न्याय आकाशबाट खसेको क्रूर असिनाजस्तो हुने भए तापनि, यो मानिसको लागि सबैभन्दा महान् लाभ हो। यदि यस्ता मानिसहरूलाई न्याय नगरिने हो भने, कुनै पनि नतिजा हुनेथिएन र मानिसहरूलाई पीडाको पातालबाट जोगाउन पक्कै पनि असम्भव हुनेथियो। यदि यो काम नगरिएको भए, मानिसहरूलाई पाताल लोकबाट बाहिर निस्कन धेरै गाह्रो हुनेथियो किनभने उनीहरूको हृदय धेरै अघि मरिसकेको थियो र तिनीहरूका आत्माहरूलाई शैतानले कुल्चेको हुनेथियो। पतनको निकै गहिराइमा डुबेका तिमीहरूलाई बचाउनका लागि तिमीहरूलाई कडा रूपमा बोलावट दिनुपर्छ, तिमीहरूलाई कडाइका साथ न्याय गर्नुपर्छ; अनि मात्र तिमीहरूको जमेको हृदयहरूलाई जगाउन सम्भव हुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

तँलाई थाहा हुनुपर्दछ कि परमेश्‍वरको सिद्धता, पूर्णता र मानिसहरूको प्राप्तिले तिनीहरूका देहमा तरवार र चोटहरू, अन्त्यहीन दुःख, जलन, क्रूर न्याय, सजाय, र श्रापहरू अनि असिम परीक्षाहरू बाहेक अरू केही ल्याउँदैन। मानिसको व्यवस्थापन कार्यको भित्री कथा र सत्यता यही हो। तापनि, यी सबै कुराहरू मानिसको देहमा लक्षित हुन्छन्, र शत्रुताका सबै वाणहरू निर्दयतापूर्वक मानिसको देहप्रति लक्षित गरिन्छन् (किनकि मानिस निर्दोष छ)। यो सबै उहाँको महिमा र गवाहीका लागि हो, र उहाँको व्यवस्थापनका लागि हो। कारण उहाँको काम मानव जातिका लागि मात्र होइन, तर सम्पूर्ण योजनाका लागि पनि हो, साथै उहाँले मानव जातिलाई सृष्टि गर्नुभएको समयको उहाँको सुरुको इच्छा पूरा गर्नलाई पनि हो। त्यसकारण, सायद मानिसले गर्ने अनुभवको नब्बे प्रतिशतमा दुःखहरू र कठिनाइको आगो सामेल हुन्छ, र त्यहाँ मानिसको देहले चाहना गरेका मीठा र खुसीयालीका दिनहरू थोरै हुन्छन् वा एउटै पनि हुँदैन। मानिसले परमेश्‍वरसित सुन्दर समय बिताउँदै देहमा खुसीका क्षणहरू झनै कम अनुभव गर्न सक्छ। देह फोहोर छ, त्यसैले मानिसको देहले जे देख्छ वा उपभोग गर्छ त्यो परमेश्‍वरको ताडना बाहेक अरू केही पनि हुँदैन, जसलाई मानिसले अनुपयुक्त पाउँछ, मानौं त्यसमा सामान्य अनुभूतिको अभाव थियो। किनभने परमेश्‍वरले आफ्नो धार्मिक स्वभाव प्रकट गर्नुहुन्छ, जसलाई मानिसले समर्थन गर्दैन, जसले मानिसका अपराधहरू सहँदैन, र शत्रुहरूलाई घृणा गर्दछ। परमेश्‍वरले कुनै पनि उपायद्वारा उहाँको सम्पूर्ण स्वभाव प्रकट गर्नुहुन्छ, त्यसरी शैतानसँग उहाँको छ हजार वर्षको लडाइँको—सारा मानव जातिको मुक्तिको कामर प्राचीन कालको शैतानलाई नाश पार्ने काम समाप्त गर्नुहुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानवजातिलाई व्यवस्थापन गर्ने उद्देश्य

मानिसलाई सिद्ध बनाउन परमेश्‍वरले उहाँको न्यायको प्रयोग गर्नुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुभएको छ, र मानिसलाई मुक्ति दिनुभएको छ—तर उहाँको प्रेममा कति धेरै कुरा छ? त्यहाँ न्याय, प्रताप, क्रोध र सराप छ। विगतमा परमेश्‍वरले मानिसलाई सराप दिनुभएको भए पनि उहाँले मानिसलाई पूर्ण रूपमा अतल कुण्डमा हालिदिनुभएन, तर त्यो साधनलाई मानिसको विश्‍वासलाई शोधन गर्न प्रयोग गर्नुभयो; उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन, तर मानिसलाई सिद्ध बनाउनका निम्ति कार्य गर्नुभयो। शरीरको सार त्यो हो जुन शैतानको हो—परमेश्‍वरले यसलाई ठीकै भन्नुभएको थियो—तर परमेश्‍वरले गर्नुभएका तथ्यहरूलाई उहाँका वचनहरू अनुसार पूरा गरिँदैनन्। तैंले उहाँलाई प्रेम गर्नु सक् र तैंले देहको सारलाई बुझ्न सक् भनी उहाँले तँलाई सराप्नुहुन्छ; तँ बिउँझन सक्, तैंले आफू भित्रका कमी-कमजोरीहरूलाई जान्न सक् अनि मानिस पूर्ण रूपमा अयोग्य छ भनी जान् भनी उहाँले तँलाई सजाय दिनुहुन्छ। यसैले, परमेश्‍वरका सरापहरू, उहाँको न्याय र उहाँको प्रताप र क्रोध—ती सबै मानिसलाई सिद्ध बनाउनका निम्ति हुन्। आज परमेश्‍वरले गर्नुहुने सबै कुरा, र उहाँले तिमीहरूभित्र स्पष्ट पार्नुहुने धर्मी स्वभाव—यी सबै मानिसलाई सिद्ध बनाउनका लागि हुन्। परमेश्‍वरको प्रेम यस्तो प्रकारको छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

परमेश्‍वरका वचनहरूमध्ये प्रत्येकले हामीलाई घाइते बनाएर डरले भरेर छोडिदिँदै, हाम्रा मरणशील बिन्दुहरू मध्ये एउटामा प्रहार गर्छन्। उहाँले हाम्रा धारणाहरू, हाम्रा कल्पनाहरू, र हाम्रा भ्रष्ट स्वभावलाई खुलासा गर्नुहुन्छ। हाम्रो लाज लाई कुनै लुक्ने ठाउँ नराखिकन हामीलाई डर र त्रासको अवस्थामा राखेर, हामीले भन्ने र गर्ने कुराहरूदेखि, हाम्रा प्रत्येक विचारहरू र धारणाहरूसम्म, हाम्रा प्रकृति र सार उहाँका वचनहरूमा प्रकट हुन्छन्। हाम्रा सबै दयनीय असिद्धतालाई खुलासा भएको महसुस गराएर र पूर्ण रूपमा राजी गराएर, उहाँले हाम्रा सबै कार्यहरू, हाम्रा लक्ष्यहरू, र नियतहरू, र हामीले कहिल्यै पत्ता नलगाएका हाम्रा भ्रष्ट स्वभावका बारेमा पनि एक-एक गरेर बताउनुहुन्छ। उहाँको विरोध गरेकामा उहाँले हाम्रो न्याय गर्नुहुन्छ, उहाँको निन्दा गरेकोमा र उहाँलाई दोष लगाएकोमा हामीलाई सजाय दिनुहुन्छ, अनि उहाँका नजरमा हामीसँग मुक्ति पाउने एउटा पनि विशेषता छैन, कि हामी जीवित शैतान हौँ भन्ने हामीलाई अनुभूत गराउनुहुन्छ। हाम्रा आशाहरू चकनाचूर हुन्छन्, कुनै पनि अनुचित मागहरू गर्ने आँट पनि हामी गर्दैनौं वा उहाँको कुनै आशा ग्रहण गर्दैनौं, अनि हाम्रा सपनाहरू पनि रातारात हराउँछन्। हामी कसैले पनि कल्पना गर्न नसक्ने र हामी कसैले पनि स्वीकार गर्न नसक्ने तथ्य यही हो। एकै क्षणमा, हामी हाम्रो भित्री सन्तुलनलाई गुमाउँछौं र अगाडि अवस्थित बाटोमा कसरी निरन्तरता दिने भनी वा हाम्रो विश्‍वासमा कसरी अघि बढ्ने सो जान्दैनौं। हाम्रो विश्‍वास पहिलेकै क्षेत्रतिर फर्केर गएको जस्तो देखिन्छ, र हामीले कहिल्यै प्रभु येशूलाई नभेटेको वा उहाँलाई नचिनेको जस्तो देखिन्छ। हाम्रा आँखा अगाडिका सबै कुराहरूले हामीलाई अन्योलताले भर्छ र हामीलाई अनिर्णायक किसिमले ढुलमुले बनाउँछ। हामी उदास हुन्छौं, हामी निराश हुन्छौं, र हाम्रा हृदयहरूका गहिराइमा अदम्य रीस र अपमान हुन्छ। हामीले निकाल्ने प्रयास गर्छौं, निकास दिन खोज्छौं र, यसको अलाबा, हामी हाम्रा मुक्तिदाता येशूलाई निरन्तर पर्खिरहन्छौँ ताकि हामीले हाम्रा हृदयका कुराहरू उहाँमा पोखाउन सकौं। हामी बाहिरपट्टि सहज भएको देखिने समयहरू भए पनि, न त घमण्डी, न नम्र, हामीले पहिले कहिल्यै अनुभूति नगरेका हारको भावनाले हाम्रा हृदयमा हामी ग्रसित हुन्छौं। कहिलेकाहीँ हामी बाहिरपट्टि असामान्य रूपमा शान्त देखिए तापनि, हाम्रा मनहरू समुद्री आँधी जस्तै पीडाले मडारिरहेका हुन्छन्। उहाँका न्याय र सजाय ले हाम्रा फजुल चाहनाहरूलाई अन्त्य गर्दै र उहाँ हाम्रा मुक्तिदाता हुनुहुन्छ र हामीलाई मुक्त गर्न सक्षम हुनुहुन्छ भनी विश्‍वास गर्न हामीलाई अनिच्छुक छोडिदिँदै, हाम्रा सबै आशाहरू र सपनाहरूबाट हामीलाई वञ्चित गर्छन्। उहाँका न्याय र सजायले हामी र उहाँका बीचमा एक खाल्डो बनाएका छन्, यो यति गहिरो छ कि कोही पनि यसलाई नाघेर जान इच्छुक हुँदैन। उहाँका न्याय र ताडनालाई हामीले हाम्रा जीवनमा पहिलो पल्ट यति ठूलो अवरोध, यति ठूलो अपमानको रूपमा भोगेका छौँ। उहाँका न्याय र सजायले हामीलाई परमेश्‍वरको सम्मान र मानिसको अपमानको असहिष्णुताको सराहना गर्ने बनायो, यसको तुलनामा हामी अत्यन्त तुच्छ र अशुद्ध छौ। हामी कति घमण्डी र अहङ्कारी छौँ, र मानिस कसरी कहिल्यै परमेश्‍वरको बराबरी हुन सक्दैन, वा परमेश्‍वरसँग समान हुन सक्दैन भनी उहाँका न्याय र सजायले हामीलाई सर्वप्रथम महसुस गर्ने बनाएको छ। उहाँका न्याय र सजायले यस्तो भ्रष्ट स्वभावमा अझै नजिउन, यस प्रकृति र सारबाट जतिसक्दो चाँडो आफैलाई स्वतन्त्र पार्न, र उहाँप्रति दुष्ट र घृणित नहुनका लागि हामीलाई इच्छुक नहुने बनाएको छ। उहाँका न्याय र सजायले उहाँका योजनाहरू र प्रबन्धहरूका विरुद्धमा अब कुनै विद्रोह नगरीकन उहाँका वचनहरूलाई पालना गर्न हामीलाई खुशी पारेको छ। उहाँका न्याय र सजायले फेरि एक पल्ट हामीलाई बाँच्ने इच्छा दिएका छन् र उहाँलाई हाम्रा मुक्तिदाताका रूपमा स्वीकार गर्न हामीलाई खुशी बनाएको छ…। हामी विजयको कामबाट बाहिर, नरकबाट बाहिर, मृत्युको छायाको घाटीबाट बाहिर निस्केका छौँ…। सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई, मानिसहरूका यो समूहलाई पाउनु भएको छ! उहाँले शैतानलाई जित्नुभएको छ र उहाँका शत्रुहरूका भीडलाई हराउनु भएको छ!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामको महत्त्व कसरी जान्ने

परमेश्‍वरका प्रासंगिक वचनहरू:युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै...

प्रभु येशूले मानवजातिलाई उद्धार गर्नुभएको भए पनि, अझै परमेश्‍वरले आखिरी दिनहरूमा किन न्यायको काम गर्नुपर्छ

सन्दर्भका लागि बाइबल पदहरू: “साँचो-साँचो म तिमीलाई भन्छु, पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ...

परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम अस्वीकार गर्दाका नतिजा र परिणामहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू:न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, स्वाभाविक रूपमा नै यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन...

परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम भनेको विशाल सेतो सिंहासनबाट हुने न्यायको काम हो

परमेश्‍वरका प्रासंगिक वचनहरू: विगतमा बताइएको, परमेश्‍वरको घरमा सुरु हुने न्यायमा, यी शब्दहरूमा सम्बोधन गरिएको “न्याय” ले अन्तिम दिनहरूमा...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्