Nepali Christian Song | तैँले बाँच्नका लागि सत्यता पछ्याउनैपर्छ
4 जुलाई 2026
१
सत्यता पछ्याउनुको सबैभन्दा सरल अभ्यास भनेको तैँले सबै कुरालाई परमेश्वरबाट आएको भनी स्विकार्नु र सबै कुरामा समर्पित हुनु हो। त्यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, तेरो कर्तव्य र जिम्मेवारीहरूको कुरा आउँदा, र, यसलाई अझ बृहत् रूपमा भन्दा, परमेश्वरले तँलाई दिनुभएको आज्ञा र परमेश्वरले तँलाई खटाउनुभएको केही महत्त्वपूर्ण कामको कुरा आउँदा, तैँले सधैँ मूल्य चुकाउनुपर्छ। त्यो जतिसुकै कठिन भए पनि—चाहे तैँले हड्डी घोट्नुपरे पनि, चाहे तैँले सतावट भोग्नुपर्ने भए पनि, वा त्यसले तेरो जीवनलाई जोखिममा पार्ने भए पनि—तैँले मूल्य चुकाउन हिचकिचाउनु हुँदैन, बरु आफ्नो बफादारी अर्पण गर्नुपर्छ र मृत्युसम्मै समर्पित हुनुपर्छ। यो सत्यता पछ्याउनुको वास्तविक प्रकटीकरण, वास्तविक समर्पण, र साँचो अभ्यास हो। यदि मानिसहरूसँग सत्यता पछ्याउने तृष्णा भएको हृदय, अठोट र आस्था छ भने—तिनीहरूसँग हृदयमा यो बल छ भने—तिनीहरूलाई आइपर्ने कुनै पनि कुरा कठिन हुँदैन। चिन्ताको कुरा के हो भने, कतिपय मानिसहरूमा आस्थाको कमी हुन्छ।
२
अन्ततः, आखिरी युगको कामको यस चरणमा, परमेश्वरले मानिसलाई तिनीहरूले अभ्यास गर्नुपर्ने सत्यताका हरेक पक्ष स्पष्ट रूपमा बताउनुहुन्छ। परमेश्वरको काम अनुभव गर्ने यो वर्तमान अवधिमा मानिसहरूलाई सत्यता पछ्याउन लगाउँदा त्यसले तिनीहरूका लागि कामकुराहरू गाह्रो बनाइरहेको हुँदैन; बरु यो तिनीहरूले हासिल गर्न सक्ने कुरा हो। एकातिर, परमेश्वरको यो माग पूर्ण रूपमा उपयुक्त छ; अर्कोतिर, मानिसहरूसँग सत्यता पछ्याउनका लागि पर्याप्त अवस्थाहरू र एउटा पर्याप्त आधार छ। यदि कोही अन्त्यमा अझै पनि सत्यता प्राप्त गर्न असफल हुन्छ भने, त्यो उसका समस्याहरू अत्यन्तै गम्भीर भएकाले हो। यस्तो व्यक्तिले जे-जस्तो दण्ड भोग्छ, जे-जस्तो परिणाम पाउँछ, जे-जस्तो मृत्यु भोग्छ, ऊ त्यसकै लायक हुन्छ। ऊ दया पाउन लायक हुँदैन। परमेश्वरका नजरमा, मानिसहरूका लागि दया वा करुणाजस्ता अवधारणाहरू नै छैनन्। उहाँ आफ्नो स्वभाव, साथै उहाँले स्थापित गर्नुभएका व्यवस्था र नियमहरू, मानिसहरूबाट उहाँले गर्नुहुने मागहरू, र त्यो व्यक्तिमा कस्ता प्रकटीकरणहरू छन् भन्ने आधारमा कुनै व्यक्तिले पाउनुपर्ने परिणामको फैसला गर्नुहुन्छ, र कुनै व्यक्तिका लागि यो जीवन र आउँदो संसार कस्ता हुने हुन् भनी निर्धारण गर्नुहुन्छ। कुरा यति सरल छ।
३
परमेश्वर कतिजना मानिस बाँच्नेछन्, वा अन्त्यमा कतिजना नष्ट र दण्डित हुनेछन् भनेर वास्ता गर्नुहुन्न। यसले तिमीलाई के बताउँछ? यसले तिमीहरूलाई के बताउँछ भने परमेश्वरले मानिसहरूको निश्चित सङ्ख्या पुर्वनियोजन गर्नुभएको छैन र तैँले यसका लागि प्रयास गर्न सक्छस्। परमेश्वरले अहिले जसरी नै बोल्नुहुन्छ र काम गर्नुहुन्छ; उहाँ हरेक व्यक्तिलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ र हरेक व्यक्तिलाई पर्याप्त अवसर दिनुहुन्छ। उहाँले तँलाई पर्याप्त अवसर, पर्याप्त अनुग्रह, अनि पर्याप्त मात्रामा उहाँका वचन, उहाँको काम, र उहाँको कृपा र सहनशीलता दिनुहुन्छ। उहाँ हरेक व्यक्तिप्रति निष्पक्ष हुनुहुन्छ। यदि तँ सत्यता पछ्याउँछस्, र तँ परमेश्वरलाई पछ्याउने मार्गमा हिँड्न थालेको छस्, र तैँले जतिसुकै ठूलो कष्ट सहे पनि वा जतिसुकै कठिनाइहरू सामना गरे पनि, यदि तँ सत्यता स्वीकार गर्न सक्छस्, र तेरा भ्रष्ट स्वभावहरू पखालिन्छन् भने, तैँले मुक्ति पाउनेछस्। यदि तँ परमेश्वरको गवाही दिन र मानकअनुरूपको सृजित प्राणी, र मानकअनुरूपको यावत् थोकको मालिक बन्न सक्छस् भने, तँ बाँचिरहनेछस्।
—वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। मानिसले किन सत्यता पछ्याउनै पर्छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू