Nepali Christian Movie | प्रत्याशा | Prophecies of the Lord Jesus' Return Have Been Fulfilled

15 अप्रिल 2021

दुई हजार वर्ष पहिले, प्रभु येशूले आफ्‍ना जनहरूलाई यसो भनेर प्रतिज्ञा गर्नुभएको थियो: “म तिमीहरूको लागि ठाउँ तयार गर्न जान्छु। अनि यदि म जान्छु र तिमीहरूको निम्ति ठाउँ तयार पर्छु भने, म फेरि आउनेछु र तिमीहरूलाई म आफै ग्रहण गर्नेछु; ताकि म जहाँ छु तिमीहरू पनि त्यहीँ हुन सक(यूहन्‍ना १४:२-३)। यसले गर्दा, पुस्तौं-पुस्तादेखि विश्‍वासीहरूले प्रभुको प्रतिज्ञा पूरा हुने दिनको उत्कट आशा र प्रार्थना गर्दै आइरहेका छन्, अनि जब प्रभु आउनुहुन्छ तब तिनीहरू प्रभुलाई भेट्नको लागि उठाई लगिन सकून् र स्वर्गको राज्यमा प्रवेश गर्न सकून् भनेर तिनीहरू आशा र प्रार्थना गर्छन्।

यसले यो चलचित्रको मुख्य पात्र, चेन जियाङ्गुवाङ्को बारेमा पनि व्याख्या गर्छ। उनी उत्साहको साथ खोजी गर्ने व्यक्ति हुन्, प्रभुको पुनरागमनलाई स्वागत गर्नको लागि उनले सुसमाचार फैलाउँछन्, र प्रभुको साक्षी दिन्छन्। विद्यालयको आफ्‍नो पदबाट उनलाई निष्कासन गरिएको र उनको परिवारका सदस्यहरूले उनको कुरा बुझ्‍न नसकेको भए पनि, उनले आफ्‍नो हृदयमा कहिल्यै हरेस खाँदैनन्। एक दिन भेला भइरहेको बेला, चेन जियाङ्गुवाङ्लाई चिनियाँ कम्युनिस्ट सरकारले पक्राउ गर्छ र जेलमा हाल्छ। परमेश्‍वरको आश्‍चर्यजनक नियम र बन्दोबस्तहरूमा, उनले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको एक विश्‍वासी, झाओ झिमिङ्गलाई भेट्छन्। प्रभुको पुनरागमनको लागि आशा र प्रार्थना गर्दै वर्षौंसम्‍म उनले राखेका धारणा र कल्‍पनाहरूलाई समाधान गर्दै, झाओ झिमिङ्गले उनलाई आखिरी दिनहरूमा परमेश्‍वर देखा पर्नुको घटना र कार्यको बारेमा साक्षी दिन्छन्। जेलबाट निस्केपछि, चेन जियाङ्गुवाङ्ले आफ्‍ना दाजुभाइ-दिदीबहिनीहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा खोजतलास गर्न अगुवाइ गर्छन्। आखिरमा सबैले स्वर्गको राज्यमा उठाई लगिनु भनेको के हो, राज्य वास्तवमा पृथ्वीमा छ कि स्वर्गमा, र प्रभुको पुनरागमनलाई मानिसहरूले कसरी स्वागत गर्नुपर्छ भन्‍ने कुरा बुझ्छन् …

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्