Nepali Christian Song | मानिसलाई व्यवस्थापन गर्ने काम शैतानलाई पराजित गर्ने काम हो

20 मार्च 2025

परमेश्‍वरको सारा काम शैतानलाई पराजित गर्नका लागि हो। चाहे सजाय वा न्याय होस्, उहाँका सबै काम शैतानतिर निर्देशित हुन्छ; यो, मानवजातिको मुक्तिका लागि गरिन्छ, यी सबै शैतानलाई हराउनका लागि हुन् र यसको एउटै उद्देश्य छ: अन्त्यसम्म शैतानविरुद्ध लडाइँ गर्नु! परमेश्‍वर त्यतिबेलासम्म विश्राम गर्नुहुन्न जबसम्म उहाँले शैतानमाथि विजय पाउनुहुन्न! शैतानलाई हराएपछि मात्र उहाँले विश्राम गर्नुहुनेछ।

परमेश्‍वरले गर्नुभएका सबै कामहरू शैतानतर्फ निर्देशित छन् र शैतानद्वारा भ्रष्ट पारिएकाहरू सबै शैतानको सत्ताको नियन्त्रणमा छन् र सबै शैतानको सत्तामा जिउँछन्, त्यसकारण शैतानसित लडाइँ नगरी र त्योसित सम्बन्ध नतोडी शैतानले तिनीहरूमाथिको आफ्नो पकड खुकुलो पार्दैन र तिनीहरूलाई प्राप्त गर्न सकिँदैन। यदि तिनीहरू प्राप्त गरिएनन् भने, त्यसले शैतानलाई पराजित गरिएको छैन, त्यो हारेको छैन भन्‍ने प्रमाणित गर्छ। परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापन योजनाको पहिलो चरणमा उहाँले व्यवस्थाको काम गर्नुभयो, दोस्रो चरणमा उहाँले अनुग्रहको युगको काम गर्नुभयो अर्थात् क्रूसीकरणको काम र तेस्रो चरणको अवधिमा उहाँले मानवजातिलाई विजय गर्ने काम गर्नुहुन्छ। यो सबै काम शैतानले मानवजातिलाई भ्रष्ट पार्ने हदमा निर्देशित छ, यो सबै शैतानलाई हराउनका लागि गरिन्छ र प्रत्येक चरण शैतानलाई हराउनका लागि हो।

परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापन कार्यको सार भनेको ठूलो रातो अजिङ्गरविरुद्ध लडाइँ हो र मानवजातिको व्यवस्थापन गर्ने काम शैतानलाई हराउने काम पनि हो, शैतानसँग लडाइँ गर्ने काम हो। परमेश्‍वरले ६,००० वर्षसम्म लडाइँ गर्नुभएको छ, यसरी मानिसलाई अन्ततः नयाँ क्षेत्रमा ल्याउन उहाँले छ हजार वर्षसम्म काम गर्नुभएको छ। जब शैतानलाई हराइन्छ, मानिस पूर्णतः स्वतन्त्र हुनेछ। कामको प्रत्येक चरण मानिसका वास्तविक आवश्यकता र मागहरूअनुसार नै गरिन्छ; कामको प्रत्येक चरण शैतानलाई हराउनका लागि हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्