Nepali Christian Song 2022 | आखिरी दिनहरूमा विजयको कामको तथ्य | with lyrics

11 जनवरी 2022

पद १

भ्रष्ट मानिस न परमेश्‍वर बारे जान्दछन्

न आराधना गर्छन्।

आदम र हव्वाको सृष्टिमा

यहोवाको महिमा कायम थियो।

तर मानव भ्रष्टित भए

र त्यो महिमा र गवाही गुमाए

जब सबैले उहाँको विद्रोह गरे

र उहाँलाई आदर गर्न छाडे।

कोरस

आजको काम भनेको त्यो

महिमा फिर्ता पाउनु हो

ताकि सबैले उहाँको आराधना गरुन्

र सृष्टिमाझ गवाही दिउन्।

यो गरिनेछ यस चरणको काममा

आखिरी दिनहरूमा विजयको काम।

पद २

मानवमाथि कसरी विजय पाउन सकिन्छ?

वचनको कामले मानवलाई विश्‍वास दिलाउँछ,

न्याय, सजाय र श्रापद्वारा

तिनलाई वशमा पार्न

र तिनको विद्रोह खुलासा गर्दै,

प्रतिरोधलाई न्याय गर्दै

तिनको अन्यायी, फोहोरीपन देखाउन

उहाँको धार्मिकता देखाउन।

कोरस

आजको काम भनेको त्यो

महिमा फिर्ता पाउनु हो

ताकि सबैले उहाँको आराधना गरुन्

र सृष्टिमाझ गवाही दिउन्।

यो गरिनेछ यस चरणको काममा

आखिरी दिनहरूमा विजयको काम।

ब्रिज

उहाँका वचन मानवमाथि विजय गर्न

र विश्‍वस्त पार्न प्रयोग हुन्छन्।

परमेश्‍वरको विजय स्वीकार गर्नेहरूले

उहाँको वचनको न्याय ग्रहण गर्नुपर्छ।

यदि यो वचन पालन गर्न सक्छौ,

आफ्नै तरिका अपनाउँदैनौ भने,

परमेश्‍वरका वचनले तिमीमाथि

विजय प्राप्त गर्छन्।

कोरस

आजको काम भनेको त्यो

महिमा फिर्ता पाउनु हो

ताकि सबैले उहाँको आराधना गरुन्

र सृष्टिमाझ गवाही दिउन्।

यो गरिनेछ यस चरणको काममा

आखिरी दिनहरूमा विजयको काम,

आखिरी दिनहरूमा विजयको काम।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्