Christian Dance | हामी आखिरी दिनहरूको ख्रीष्टका गवाहीहरू हौँ | Praise Song
4 अक्टोबर 2024
१
परमेश्वरको आवाज सुनेर, हामी उहाँसामु उठाइएका छौँ।
हामी परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने देख्छौँ, र हाम्रो हृदय विजय गरिएको छ।
न्याय र सजायद्वारा, हाम्रो भ्रष्टता पखालिन्छ।
हामी परमेश्वर सत्य हुनुहुन्छ भनेर दृढतापूर्वक विश्वास गर्छौँ,
अनि हामी उहाँका पाइला नजिकबाट पछ्याउँछौँ।
हामी हर प्रकारका सतावट र कठिनाइ भोग्छौँ,
तर परमेश्वरका वचनले हामीलाई मार्गदर्शन गर्छन्।
हामी परमेश्वरको अत्यन्तै धेरै प्रेम अनुभव गर्छौँ,
अनि परमेश्वरलाई दृढ-इच्छाका साथ पछ्याउँछौँ।
हामी परीक्षा, सङ्कष्ट र शोधन भोग्छौँ,
र परमेश्वरलाई महिमित गर्न विजयी गवाहीहरू दिन्छौँ।
हामी धार्मिकताको सुर्य देखा परेको छ भन्ने देख्छौँ;
हामी सबै परमेश्वरका गवाही हौँ।
२
परमेश्वर मानिसलाई मुक्ति दिन देहधारी हुनुभएको छ,
अनि उहाँले हर प्रकारका अपमान भोग्नुहुन्छ।
उहाँले इन्कार भोग्नुहुन्छ र गलतफहमी सहनुहुन्छ,
त्यो सबै बिना गुनासो वा पछुतो गर्नुहुन्छ।
हामी धुलोजस्ता छौँ, तर हामी परमेश्वरद्वारा उठाइएका छौँ,
अनि हामी सत्यता र जीवन प्राप्त गर्छौँ;
यो साँच्चै परमेश्वरको महान् प्रेम हो।
हामी इमानदार मानिस बन्ने अभ्यास गर्छौँ र मानव रूपमा जिउँछौँ।
हामी परमेश्वरको प्रेम चुक्ता गर्न आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्छौँ।
राज्यको सुसमाचार फैलाउन र त्यसको गवाही दिन,
परमेश्वरलाई सन्तुष्ट बनाउन हामी आफ्नो बफादारी अर्पण गर्छौँ।
कठिनाइ जेसुकै भए पनि, हामी गुनासो गर्नेछैनौँ;
हामी केवल परमेश्वरलाई आफ्नो सारा हृदय र मनले प्रेम गर्न खोज्छौँ।
हामी परीक्षा, सङ्कष्ट र शोधन भोग्छौँ,
र परमेश्वरलाई महिमित गर्न विजयी गवाहीहरू दिन्छौँ।
हामी धार्मिकताको सुर्य देखा परेको छ भन्ने देख्छौँ;
हामी सबै परमेश्वरका गवाही हौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू