Christian Dance | हामी आखिरी दिनहरूको ख्रीष्टका गवाहीहरू हौँ | Praise Song

4 अक्टोबर 2024

परमेश्‍वरको आवाज सुनेर, हामी उहाँसामु उठाइएका छौँ।

हामी परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्ने देख्छौँ, र हाम्रो हृदय विजय गरिएको छ।

न्याय र सजायद्वारा, हाम्रो भ्रष्टता पखालिन्छ।

हामी परमेश्‍वर सत्य हुनुहुन्छ भनेर दृढतापूर्वक विश्‍वास गर्छौँ,

अनि हामी उहाँका पाइला नजिकबाट पछ्याउँछौँ।

हामी हर प्रकारका सतावट र कठिनाइ भोग्छौँ,

तर परमेश्‍वरका वचनले हामीलाई मार्गदर्शन गर्छन्।

हामी परमेश्‍वरको अत्यन्तै धेरै प्रेम अनुभव गर्छौँ,

अनि परमेश्‍वरलाई दृढ-इच्छाका साथ पछ्याउँछौँ।

हामी परीक्षा, सङ्कष्ट र शोधन भोग्छौँ,

र परमेश्‍वरलाई महिमित गर्न विजयी गवाहीहरू दिन्छौँ।

हामी धार्मिकताको सुर्य देखा परेको छ भन्ने देख्छौँ;

हामी सबै परमेश्‍वरका गवाही हौँ।

परमेश्‍वर मानिसलाई मुक्ति दिन देहधारी हुनुभएको छ,

अनि उहाँले हर प्रकारका अपमान भोग्नुहुन्छ।

उहाँले इन्कार भोग्नुहुन्छ र गलतफहमी सहनुहुन्छ,

त्यो सबै बिना गुनासो वा पछुतो गर्नुहुन्छ।

हामी धुलोजस्ता छौँ, तर हामी परमेश्‍वरद्वारा उठाइएका छौँ,

अनि हामी सत्यता र जीवन प्राप्त गर्छौँ;

यो साँच्चै परमेश्‍वरको महान् प्रेम हो।

हामी इमानदार मानिस बन्ने अभ्यास गर्छौँ र मानव रूपमा जिउँछौँ।

हामी परमेश्‍वरको प्रेम चुक्ता गर्न आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्छौँ।

राज्यको सुसमाचार फैलाउन र त्यसको गवाही दिन,

परमेश्‍वरलाई सन्तुष्ट बनाउन हामी आफ्नो बफादारी अर्पण गर्छौँ।

कठिनाइ जेसुकै भए पनि, हामी गुनासो गर्नेछैनौँ;

हामी केवल परमेश्‍वरलाई आफ्नो सारा हृदय र मनले प्रेम गर्न खोज्छौँ।

हामी परीक्षा, सङ्कष्ट र शोधन भोग्छौँ,

र परमेश्‍वरलाई महिमित गर्न विजयी गवाहीहरू दिन्छौँ।

हामी धार्मिकताको सुर्य देखा परेको छ भन्ने देख्छौँ;

हामी सबै परमेश्‍वरका गवाही हौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्