Christian Song | शोधनबाट विश्‍वास आउँदछ

8 अगस्ट 2021

तेरो भित्रको विश्‍वासद्वारा मात्र तैँले परमेश्‍वरलाई देख्न सक्छस्,

अनि जब तँमा विश्‍वास हुन्छ परमेश्‍वरले तँलाई सिद्ध बनाउनुहुन्छ।

विश्‍वासविना उहाँले यो गर्न सक्नुहुन्न।

जब आफ्नो व्यक्तिगत अनुभवमा उहाँका कार्यहरू देख्‍न सक्‍ने विश्‍वास तँमा हुन्छ,

तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ,

र उहाँले तँलाई ज्ञान दिनुहुनेछ अनि भित्रबाट तँलाई डोर्याउनुहुनेछ।

त्यो विश्‍वासविना परमेश्‍वरले त्यसो गर्न सक्‍नुहुनेछैन।

यदि तैँले परमेश्‍वरमा आशा गुमाएको छस् भने, तैँले कसरी उहाँको कामको अनुभव गर्न सक्‍नेछस् र?

त्यसकारण, तँमा विश्‍वास छ र तैँले परमेश्‍वरप्रति शङ्का गर्दैनस् भने मात्र,

उहाँले जे गर्नुभए पनि उहाँप्रति तँमा साँचो विश्‍वास छ भने मात्र

उहाँले तँलाई तेरा अनुभवहरूद्वारा ज्ञान र प्रकाश दिनुहुनेछ,

तब मात्र तैँले उहाँका कामहरू देख्न सक्‍नेछस्।

यी सबै कुराहरू विश्‍वासद्वारा नै प्राप्त गरिन्छ।

विश्‍वास शोधनबाट मात्र आउँछ, अनि शोधनको अनुपस्थितिमा विश्‍वास बढ्न सक्दैन।

यो “विश्‍वास” भन्‍ने शब्दले केलाई जनाउँछ?

विश्‍वास भनेको कुनै कुरा देख्न वा छुन नसक्दा,

परमेश्‍वरको काम मानिसका विचारहरूसँग मेल नखाँदा,

त्यो मानव जातिको पहुँचभन्दा पर हुँदा मानव हृदयमा हुने सच्‍चा आस्था र इमानदार हृदय हो।

परमेश्‍वरले यही विश्‍वासको बारेमा कुरा गर्नुभएको हो।

कठिनाइ र शोधनको समयमा मानिसहरूलाई विश्‍वास चाहिएको हुन्छ,

अनि विश्‍वास यस्तो कुरा हो जुन शोधन पछि आउँछ;

शोधन र विश्‍वासलाई अलग गर्न सकिँदैन।

परमेश्‍वरले जसरी काम गर्नुभए पनि र तेरो वातावरण जस्तोसुकै भए पनि

तँ जीवनलाई अनि सत्यतालाई खोजी गर्न

अनि परमेश्‍वरको कामको ज्ञानलाई खोज्न,

उहाँका कामहरूलाई बुझ्न सक्‍छस्, अनि तँ सत्यताअनुसार कार्य गर्न सक्छस्।

यसो गर्नु नै साँचो विश्‍वास हुनु हो,

अनि त्यसो गर्दा तैँले परमेश्‍वरमाथिको विश्‍वास हराएको छैनस् भन्ने देखिन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्