2022 Christian Song | अझ धेरै मानिसहरूले उहाँको मुक्ति प्राप्त गरून् भन्‍ने परमेश्‍वर चाहनुहुन्छ

23 मार्च 2022

परमेश्‍वरको वाणी र उहाँको कामको सामना गर्दा अझ धेरै मानिसहरूले

यसलाई ध्यानपूर्वक जाँच्न र यस महत्त्वपूर्ण सन्देशलाई इमानदारीसाथ

र भक्तिभावले हेर्न सक्‍नेछन् भन्‍ने परमेश्‍वरले आशा गर्नुहुन्छ।

दण्डितहरूको पाइलामा नहिंड्नहोस्

र अझ योभन्दा पनि, साँचो बाटो स्पष्टसित थाहा भएर पनि

जानाजानी यसलाई अस्वीकार गर्ने पावलजस्तो नहुनुहोस्

र पापबलि नगुमाउनुहोस्।

परमेश्‍वर धेरै मानिसहरूले दण्ड पाऊन् भन्ने चाहनुहुन्न,

तर त्यसको साटो धेरै मानिसहरूले मुक्ति पाऊन्,

र धेरै मानिसहरूले उहाँका पाइलाहरूलाई पछ्याऊन्

र उहाँको राज्यमा प्रवेश गरून् भन्ने आशा गर्नुहुन्छ।

परमेश्‍वरले सबै मानिससँग धर्मी व्यवहार गर्नुहुन्छ;

तेरो उमेर जति भए पनि, तँ जति नै वरिष्ठ भए पनि,

वा तैँले जति धेरै कष्ट भोगेको भए पनि,

यी सबै कुराहरूको बीचमा पनि परमेश्‍वरको धर्मी स्वभाव सधैँ अपरिवर्तनीय रहन्छ।

परमेश्‍वरले कसैसित उच्च सम्मानका साथ व्यवहार गर्नुहुन्न, न त उहाँले कसैको पक्ष नै लिनुहुन्छ।

मानिसहरूप्रति उहाँको व्यवहार भनेको तिनीहरूले सत्यतालाई

स्वीकार गर्न सक्छन् कि सक्दैनन् र सबै कुरा त्यागेर उहाँको नयाँ कामलाई

स्वीकार गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा आधारित हुन्छ।

यदि तँ उहाँको नयाँ कामलाई ग्रहण गर्न सक्छस् र उहाँले व्यक्त गर्नुहुने सत्यतालाई ग्रहण गर्न सक्छस् भने,

तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्नेछस्,

तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्नेछस्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्