Christian Dance | म परमेश्वरको महिमाको दिन देख्न चाहन्छु | Praise Song
31 जनवरी 2025
१
आज म परमेश्वरको न्याय स्वीकार गर्छु
अनि भोलि उहाँका आशिष्हरू प्राप्त गर्ने छु।
परमेश्वरको महिमाको दिन हेर्नलाई म मेरो जवानी दिन
र मेरो जीवनकाल अर्पण गर्न इच्छुक छु।
उहाँले काम गर्नुहुन्छ र सत्यता व्यक्त गर्नुहुन्छ, र मानिसलाई जीवनको मार्ग प्रदान गर्नुहुन्छ।
परमेश्वरका वचनहरू र परमेश्वरको प्रेमले मेरो हृदयलाई मोहित गरेका छन्।
सत्यता प्राप्त गर्नको लागि म तितो कचौराबाट पिउन र कष्ट भोग्न इच्छुक छु।
म कुनै गुनासो नगरिकन अपमान सहनेछु।
म मेरो सारा जीवन परमेश्वरको अनुग्रहको ऋण चुकाउँदै बिताउन चाहन्छु।
२
परमेश्वरले सुम्पनुभएका कुराहरू मुटुमा हुँदा,
म शैतानसामु कहिल्यै घुँडा टेक्नेछैनँ।
हाम्रो शिर छिनिएला र हाम्रो रगत बग्ला,
तर परमेश्वरका मानिसहरूको मेरुदण्डलाई झुकाउन सकिँदैन।
म परमेश्वरका लागि जोरदार गवाही दिनेछु,
र दियाबलसहरू अनि शैतानलाई अपमानित गर्नेछु।
पीडा र कठिनाइहरू परमेश्वरले नै पूर्वनिर्धारित गर्नुभएको हो,
म मृत्युसम्मै उहाँप्रति बफादार र समर्पित हुने छु।
म परमेश्वरलाई फेरि कहिल्यै रुवाउने छैन
र म उहाँलाई फेरि कहिल्यै चिन्तित तुल्याउने छैन।
म मेरो प्रेम र बफादारी परमेश्वरलाई अर्पण गर्ने छु
र उहाँलाई महिमित तुल्याउन आफ्नो मिसन पूरा गर्ने छु।
३
परमेश्वरका वचनहरूले मलाई आस्था दिन्छन्,
र फलामे डण्डाका साथ, परमेश्वरलाई अन्त्यसम्मै पछ्याउनेछु।
म मेरो सास रहेसम्म, म अटल सङ्कलपसाथ सुसमाचार प्रचार गर्न
र परमेश्वरको गवाही दिन जारी राख्नेछु।
म मेरो सम्पूर्ण हृदय र मनले परमेश्वरको प्रशंसा गर्छु,
मेरो नयाँ गीत र नृत्य अर्पण गर्छु।
म मेरो हृदय खोल्छु, र आफ्ना भावनाहरू पोख्छु,
अनि मेरो निष्कपट हृदय परमेश्वरलाई चढाउँछु।
मेरो हृदय सदासर्वदा परमेश्वरमा नै जोडिएको हुने छ।
जब उहाँको महिमाको दिन आउँछ,
हामी सिंहासनको वरपर भेला हुनेछौँ र आनन्दसाथ नाच्नेछौँ;
र हामी सारा अनन्तकाल परमेश्वरको प्रशंसा गर्नेछौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू