Christian Dance | म परमेश्‍वरको महिमाको दिन देख्‍न चाहन्छु | Praise Song

31 जनवरी 2025

आज म परमेश्‍वरको न्याय स्वीकार गर्छु

अनि भोलि उहाँका आशिष्‌हरू प्राप्त गर्ने छु।

परमेश्‍वरको महिमाको दिन हेर्नलाई म मेरो जवानी दिन

र मेरो जीवनकाल अर्पण गर्न इच्छुक छु।

उहाँले काम गर्नुहुन्छ र सत्यता व्यक्त गर्नुहुन्छ, र मानिसलाई जीवनको मार्ग प्रदान गर्नुहुन्छ।

परमेश्‍वरका वचनहरू र परमेश्‍वरको प्रेमले मेरो हृदयलाई मोहित गरेका छन्।

सत्यता प्राप्त गर्नको लागि म तितो कचौराबाट पिउन र कष्ट भोग्‍न इच्छुक छु।

म कुनै गुनासो नगरिकन अपमान सहनेछु।

म मेरो सारा जीवन परमेश्‍वरको अनुग्रहको ऋण चुकाउँदै बिताउन चाहन्छु।

परमेश्‍वरले सुम्पनुभएका कुराहरू मुटुमा हुँदा,

म शैतानसामु कहिल्यै घुँडा टेक्नेछैनँ।

हाम्रो शिर छिनिएला र हाम्रो रगत बग्‍ला,

तर परमेश्‍वरका मानिसहरूको मेरुदण्डलाई झुकाउन सकिँदैन।

म परमेश्‍वरका लागि जोरदार गवाही दिनेछु,

र दियाबलसहरू अनि शैतानलाई अपमानित गर्नेछु।

पीडा र कठिनाइहरू परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हो,

म मृत्युसम्‍मै उहाँप्रति बफादार र समर्पित हुने छु।

म परमेश्‍वरलाई फेरि कहिल्यै रुवाउने छैन

र म उहाँलाई फेरि कहिल्यै चिन्तित तुल्याउने छैन।

म मेरो प्रेम र बफादारी परमेश्‍वरलाई अर्पण गर्ने छु

र उहाँलाई महिमित तुल्याउन आफ्नो मिसन पूरा गर्ने छु।

परमेश्‍वरका वचनहरूले मलाई आस्था दिन्छन्,

र फलामे डण्डाका साथ, परमेश्‍वरलाई अन्त्यसम्मै पछ्याउनेछु।

म मेरो सास रहेसम्म, म अटल सङ्कलपसाथ सुसमाचार प्रचार गर्न

र परमेश्‍वरको गवाही दिन जारी राख्नेछु।

म मेरो सम्पूर्ण हृदय र मनले परमेश्‍वरको प्रशंसा गर्छु,

मेरो नयाँ गीत र नृत्य अर्पण गर्छु।

म मेरो हृदय खोल्छु, र आफ्ना भावनाहरू पोख्छु,

अनि मेरो निष्कपट हृदय परमेश्‍वरलाई चढाउँछु।

मेरो हृदय सदासर्वदा परमेश्‍वरमा नै जोडिएको हुने छ।

जब उहाँको महिमाको दिन आउँछ,

हामी सिंहासनको वरपर भेला हुनेछौँ र आनन्दसाथ नाच्‍नेछौँ;

र हामी सारा अनन्तकाल परमेश्‍वरको प्रशंसा गर्नेछौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्