Christian Dance | म परमेश्वरलाई अझ गहन रूपमा प्रेम गर्न इच्छुक छु | Praise Song
2 नोभेम्बर 2024
१
म परमेश्वरलाई आफ्नो हृदयको गहिराइदेखि प्रेम गर्छु,
र म उहाँबाट फेरि कहिल्यै अलग हुनेछैनँ।
परमेश्वरको प्रेमले मेरो हृदय पगालेको छ,
म उहाँका विचारशील अभिप्रायहरू जान्दछु।
म परमेश्वरको हृदय र उहाँको प्रेमलाई बुझ्छु,
मलाई थाहा छ उहाँको प्रेम गहन र बलियो छ।
अबदेखि म कहिल्यै परमेश्वरलाई गलत बुझ्नेछैनँ,
र म उहाँलाई आफ्नो साँचो प्रेम अर्पण गर्नेछु।
२
म परमेश्वरलाई आफ्नो हृदयको गहिराइदेखि प्रेम गर्छु,
र म उहाँबाट फेरि कहिल्यै अलग हुनेछैनँ।
मेरो साँचो प्रेम सीमित रहेकोमा मलाई दुःख लाग्छ,
जबकि परमेश्वरको प्रेम निकै वास्तविक छ।
मानिसहरूलाई मुक्ति दिन, उहाँ यस फोहोर भूमिमा आउनुहुन्छ
र मानिसलाई अनन्त जीवनको मार्ग दिनुहुन्छ।
उहाँले आफूलाई मानवजातिप्रति अर्पनुहुन्छ;
अब मलाई थाहा छ परमेश्वरको प्रेम सबैभन्दा बहुमूल्य र महान् छ।
३
म परमेश्वरलाई आफ्नो हृदयको गहिराइदेखि प्रेम गर्छु,
र म उहाँबाट फेरि कहिल्यै अलग हुनेछैनँ।
कठिनाइ र शोधनहरूले कुनै अर्थ राख्दैनन्, म अझै सहन इच्छुक छु।
परमेश्वरप्रतिको प्रेम आशिषहरूबाट उत्पन्न हुँदैन।
कष्टविना, साँचो प्रेम कसरी हुन सक्थ्यो?
परमेश्वरको प्रेम निकै वास्तविक र साँचो छ;
मैले कष्ट सहे पनि र सब चढाए पनि, म त्यसको योग्य छैनँ।
४
म परमेश्वरलाई आफ्नो हृदयको गहिराइदेखि प्रेम गर्छु,
र म उहाँबाट फेरि कहिल्यै अलग हुनेछैनँ।
अब मैले उहाँलाई प्राप्त गरेको छु, मैले उहाँलाई गुमाउनु हुँदैन,
किनभने मलाई डर छ कि मैले उहाँलाई फेरि भेट्टाउन नसकूँला।
म परमेश्वरको अनुग्रह, उहाँको प्रेम,
वा उहाँका आज्ञा वा प्रबन्धहरू कहिल्यै भुल्नेछैनँ।
परमेश्वरले मलाई निकै उत्थान गर्नुहुन्छ; म मर्नु परे पनि, म उहाँको प्रेम चुक्ता गर्नेछु।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू