Christian Dance | मैले परमेश्वरलाई पछ्याउने सङ्कल्प गरेको छु | Praise Song
25 मे 2025
१
मैले यो क्षणसम्म परमेश्वरमा विश्वास गरेको छु
र मैले अन्ततः ज्योति देखेको छु।
यो सतावट र सङ्कष्टहरूको उतारचढावपूर्ण बाटो रह्यो।
सधैँ भागिरहनु पीडादायी हुन्छ, मसँग शिर अडाउने ठाउँ छैन।
मैले सुत्न नसकेर, अत्यन्तै धेरै रातहरू प्रार्थनामा बिताएको छु।
सांसारिक मानिसहरूले मलाई त्यागेका छन्; मेरा प्रियजनहरू मदेखि टाढै बस्छन्।
तितो र मीठो हुँदै, मैले आँसुको नदी बगाएको छु।
स्वतन्त्रता नाममा मात्र छ। मानव अधिकार कहाँ छन्?
म शैतानलाई पूर्णतः घृणा गर्छु र ख्रीष्टले सत्ता लिनुहोस् भन्ने तृष्णा गर्छु।
यो संसारको अन्धकार र दुष्टले मलाई जीवनको ज्योति खोज्न अझ प्रेरित गर्दैछ।
ख्रीष्ट सत्य, मार्ग र जीवन हुनुहुन्छ,
र मैले उहाँलाई अन्त्यसम्मै पछ्याउने सङ्कल्प गरेको छु!
२
परमेश्वरले गोठालाहरूलाई प्रहार गर्नुभयो, र हामी ठूला सङ्कष्ट अनुभव गर्छौँ।
काला बादलहरू छाउँछन्, र हावामा निकै आतङ्क छ।
कैयौँ पटक म बाघको गुफामा परेँ र मृत्युको मुखबाट उम्किएँ।
परमेश्वरको वचनले मलाई सान्त्वना दिए, मेरो हृदयलाई बल दिए।
धेरै यातना भोगेपछि, म परमेश्वरको प्रेमिलो स्वभाव गहिरो रूपमा चिन्छु।
परमेश्वर सबैमाथि सार्वभौम हुनुहुन्छ, तर मानिसको आस्था दयनीय छ।
अग्नि परीक्षाहरूबाट मानिसहरूले धेरै लाभ पाउँछन्।
म शैतानलाई छर्लङ्ग देख्छु र ठूलो रातो अजिङ्गरलाई अझ बढी घृणा गर्दछु!
ठूलो रातो अजिङ्गर, नीच र निर्दयी छ,
र त्यसले अनगन्ती प्राणहरूलाई भ्रष्ट तुल्याएको र निलेको छ।
सत्यता र जीवन प्राप्त गर्नु सजिलो छैन;
मैले परमेश्वरलाई अझै बढी प्रेम गर्नैपर्छ र उहाँको हृदयलाई अझ बढी सान्त्वना दिनैपर्छ!
३
जब म परमेश्वरको काम सम्झन्छु, उहाँ कति दयालु हुनुहुन्छ भनी गहन रूपमा महसुस गर्छु।
उहाँको न्याय स्विकारेर मैले स्वभाव परिवर्तन अनुभव गरेको छु।
सजाय र शोधनका कठिनाइहरूले परमेश्वरको अझ गहिरो ज्ञान ल्याउँछन्।
म सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न सक्छु भन्ने कुरा साँच्चै सम्मानको कुरा हो।
घोषणा गर्दा र परमेश्वरको गवाही दिँदा मेरो हृदयले सान्त्वना पाउँछ।
कठिनाइ भए पनि, बफादारीपूर्वक मेरो कर्तव्य पूरा गर्दा, त्यसले मलाई हर्ष दिन्छ।
जीवन छोटो छ, र परमेश्वरलाई प्रेम गर्नु सबैभन्दा ठूलो हर्षको कुरा हो।
अहिले म परमेश्वरको सेवा गर्न सक्षम भएकोले, मेरो हृदय सन्तुष्ट छ!
सर्वशक्तिमान् परमेश्वरले मलाई मुक्ति दिनुभएको छ, र मलाई साँचो जीवन दिनुभएको छ।
मेरो दीर्घकालिक तृष्णा साकार भएको छ, र म भोलितर्फ लागिपर्छु!
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू