Christian Movie | प्रभु आउनुहुँदा, सुरुमा कसलाई उठाई लगिनेछ? (विशेष दृश्य)
1 नोभेम्बर 2020
प्रभुमा विश्वास गर्ने धेरै मानिसहरूले के विश्वास गर्छन् भने, जबसम्म तिनीहरूले बलिदानहरू गर्छन्, आफैलाई समर्पित गर्छन्, र कठिन परिश्रम गर्छन्, तबसम्म पहिलोपटक उठाई लगिनेहरूमा तिनीहरू नै पर्नेछन्। के प्रभुका वचनहरूमा यसको कुनै आधार छ? प्रभु येशूले भन्नुभयो, “तर धेरै जो पहिलो छन् ती अन्तिम हुनेछन्; र अन्तिमचाहिँ पहिलो हुनेछ” (मत्ती १९:३०)। “मेरो भेडाले मेरो सोर सुन्छ” (यूहन्ना १०:२७)। कुनै व्यक्तिलाई उठाई लगिन्छ कि लगिँदैन भन्नेबारेमा तिनीहरूले प्रभुको आवाज सुन्छन् कि सुन्दैनन् भन्ने कुराले निर्धारण गर्छ भन्ने स्पष्ट छ। सुरुमा उहाँको आवाज सुन्ने र उहाँ देखा पर्नुभएको घटना र कामलाई स्वीकार गर्नेहरू बुद्धिमती कन्याहरू हुन्, र सुरुमा उठाई लगिनेहरू तिनीहरू नै हुनेछन्।
अन्य प्रकारका भिडियोहरू