Nepali Sermon Series: Seeking True Faith | कसले मानिसजातिलाई मुक्ति दिन र हाम्रो नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ?
15 मार्च 2022
नियतिबारे भन्नुपर्दा, अधिकांश मानिसहरूले यसलाई पैसा र हैसियत कमाउनु अनि असल नियतिसहित सफल हुनुसित जोड्छन् अनि गरिब मानिस, अप्रसिद्ध व्यक्ति, विपत्ति र कठिनाइहरू भोग्नेहरू र तिरस्कृतहरूलाई खराब नियति भएका मानिसहरू ठान्छन्। त्यसकारण, तिनीहरू ज्ञानले सम्पत्ति र हैसियत प्राप्त गर्न मदत गर्नेछ अनि यसरी तिनीहरूको भवितव्य परिवर्तन हुनेछ भन्ने आशा गर्दै आफ्नो नियति बदल्न जोडतोडले ज्ञानको पछि लागिपर्छन्। के पैसा, हैसियत र जीवनमा सफलता हासिल गर्नु नै वास्तवमा असल नियति प्राप्त गर्नु हो त? के विपत्ति र दुर्भाग्य भोग्नु वास्तवमा खराब नियति पाउनु हो? यसबारे धेरैजसो मानिसहरूले राम्रोसँग बुझेका छैनन् र उनीहरू अझै आफ्ना भवितव्यहरू बदल्न जोडतोडले ज्ञानको पछि लागिरहेका छन्। तर के ज्ञानले व्यक्तिको नियति बदल्न सक्छ? वास्तवमा कसले मानिसजातिलाई मुक्ति दिन र तपाईंको नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ? साँचो विश्वासको खोजी को यस भागमा हामी तपाईंलाई मानिसजातिको लागि मुक्ति प्राप्त गर्ने र स्वर्गको राज्यमा प्रवेश गर्ने मार्ग खोज्न मदत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू