Christian Song | जवानहरूले पछ्याउनुपर्ने कुरा
15 अगस्ट 2021
जवान मानिसहरूसँग पूर्वाग्रहपूर्ण नजरहरू हुनुहुँदैन
जवान मानिसहरू विवादहरू सुल्झाउने
र न्याय तथा सत्यताको खोजी गर्ने संकल्परहित हुनुहुँदैन।
जवान मानिसहरूसँग अरूप्रति
कपट र पूर्वाग्रहपूर्ण नजरहरू हुनुहुँदैन
र जवान मानिसहरूले विनाशकारी, घृणित कामहरू गर्नुहुँदैन।
तिनीहरू विचार,आकांक्षाहरू
र आफैलाई अझ असल बनाउने उत्साही चाहना विहीन हुनुहुँदैन;
तिनीहरू आफ्ना सम्भावनाहरूको बारेमा निराश बन्नु हुँदैन,
न त तिनीहरूले जीवनको आशा वा भविष्यको आत्मविश्वास नै गुमाउनुपर्छ;
तिनीहरूमा तिनीहरूले अहिले रोजेको सत्यताको मार्गलाई निरन्तरता दिने धैर्य हुनुपर्छ—
तिनीहरूको सम्पूर्ण जीवन परमेश्वरको निम्ति खर्च गर्ने तिनीहरूको इच्छालाई महसुस गर्न।
तिनीहरू सत्यतारहित हुनु हुँदैन,
न त तिनीहरूले ढोँगीपन र अधर्म नै लुकाउनु हुन्छ—
तिनीहरू उचित अडानमा बलियोसँग खडा हुनुपर्छ।
तिनीहरू त्यतिकै बहकिनु हुँदैन,
तर न्याय तथा सत्यताको निम्ति बलिदानहरू गर्ने र संघर्ष गर्न साहस गर्ने आत्मा तिनीहरूमा हुनुपर्छ।
अन्धकारका शक्तिहरूको थिचोमिचोको शिकार नहुने
र आफ्नो अस्तित्वको महत्त्वलाई
रूपान्तरण गर्ने साहस जवान मानिसहरूमा हुनुपर्छ।
जवान मानिसहरूले विपत्तिहरूप्रति आत्मसमर्पण गर्नुहुँदैन
तर आफ्ना दाजुभाइ दिदीबहिनीहरूप्रति
क्षमाको आत्मा सहित खुला र स्पष्ट हुनुपर्छ।
जवान मानिसहरू विवादहरू सुल्झाउने र न्याय तथा सत्यताको खोजी गर्ने संकल्परहित हुनुहुँदैन।
तिमीहरूले सबै सुन्दर र असल कुराहरूको खोजी गर्नुपर्छ
र तिमीहरूले सबै सकारात्मक कुराहरूको वास्तविकता प्राप्त गर्नुपर्छ।
तिमीहरूले सबै सुन्दर र असल कुराहरूको खोजी गर्नुपर्छ
र तिमीहरूले सबै सकारात्मक कुराहरूको वास्तविकता प्राप्त गर्नुपर्छ।
तिमीहरू आफ्नो जीवनप्रति उत्तरदायी बन्नुपर्छ र यसलाई हल्का रूपमा लिनु हुँदैन।
तिमीहरू आफ्नो जीवनप्रति उत्तरदायी बन्नुपर्छ र यसलाई हल्का रूपमा लिनु हुँदैन।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू