Nepali Christian Testimony Video 2022 | एउटा “असल छवि” को पछाडि के रहन्छ
17 फेब्रुअरी 2022
मुख्य पात्र, मण्डलीको सुसमाचारको डिकन हुन्छिन्, जसले दाजुभाइ र दिदीबहिनीहरूले कसरी कर्तव्य निर्वाह गरिरहेका छन भन्ने बारेमा समस्या देख्छिन्, तर उनीहरूको मन दुख्ला र आफूप्रति उनीहरूले बनाएको सकारात्मक छवि बिग्रेला भन्ने डरले यी कुराहरू बाहिर ल्याउँदिनन्। उनी केवल धेरै प्रिय कुराहरू मात्र ल्याउँछिन् र अरुलाई ढाडस दिन्छिन्। यो थाहा पाएपछि एउटा सिस्टरले उनको पाखण्डीपन उदाङ्गो पार्छिन् र यसले उनलाई धेरै लज्जित बनाउँछ। परमेश्वरको वचनहरूको प्रकाशको सहायताले उनी आफ्नो यस प्रवृत्तिको सार पहिचान गर्छिन्,जसअनुसार उनले अरुलाई गलत मार्गमा डोर्याइरहेकी र फँसाइरहेकी हुन्छिन्, उनीहरूको जीवनमा यसले गर्ने क्षतिको बावजूद,दाजुभाई तथा दिदीबहिनीलाई आफ्नो सम्मान र प्रशंसा गर्न प्रेरित गरिरहेकी हुन्छिन्। उनले आफू कति धेरै नीच र दुष्ट रहेछु, र उनी ख्रीष्टविरोधीको बाटोमा हिडिरहेकी छ भन्ने कुरा देख्छिन्। यो महसुस भएपछि उनलाई पछुतो हुन्छ, उनी परमेश्वरसमक्ष प्रार्थना र पश्ताप गर्छिन्। जब उनी आफूलाई फेरि यस प्रकारको स्थितिमा पाउँछिन्, तब उनले परमेश्वरको जाँच स्वीकार गर्छिन् र एउटा इमान्दार व्यक्ति बन्दै सत्यको अभ्यास गर्छिन्। उनले आफूलाई परिवर्तन गर्न सफल हुन्छिन्।
अन्य प्रकारका भिडियोहरू