Nepali Christian Testimony Video | इमान्दारीपूर्वक बोलेर मैले के सिकेँ
15 अक्टोबर 2022
उनी एक समूह अगुवा हुन्छिन्। उनको अगुवाले उनलाई उनका दृष्टिकोण र विचारहरू सोध्दा, उनलाई उनले अवस्थालाई स्पष्ट रूपमा देख्न सक्दिनन् भन्ने चिन्ता लाग्छ, र उनमा क्षमताको कमी छ भनेर अगुवाले देख्नेछ अनि भविष्यमा उनले बढुवा र वृद्धि-विकास पाउनेछैनन् भन्ने कुराप्रति डराउँछिन्। यसले गर्दा उनी आफ्नो अगुवाको तात्पर्यको बारेमा बारम्बार अनुमान गर्छिन्, अगुवाको बेलाइको शैली ध्यान दिएर सुन्छिन्, र अगुवाले जे चाहन्छ त्यही अनुसार जवाफ दिन्छिन्। परमेश्वरका वचनहरू पढेर, उनले आफ्नो छली र दुष्ट स्वभावको बारेमा केही बुझाइ प्राप्त गर्छिन्, र इमानदार व्यक्ति बन्ने र सत्यता बताउने अभ्यास गर्न थाल्छिन्। यसो गरेर उनले के सिक्छिन्? कृपया यो भिडियो हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू