Christian Dance | हामी परमेश्वरको प्रशंसा गर्न आनन्दले भेला हुन्छौं | Praise Song
23 अप्रिल 2024
१
हामी परमेश्वरको प्रशंसा गर्न आनन्दले भेला हुन्छौं र हामी अत्यन्तै खुसी छौँ।
देह बनेर नयाँ युग सुरु गर्नुभएकोमा हामी परमेश्वरको प्रशंसा गर्छौँ।
परमेश्वर आफै मानिसको बीचमा काम गर्नुहुन्छ र बोल्नुहुन्छ,
उहाँले मान्छेको अधार्मिकताको न्याय गर्नुहुन्छ र हाम्रो भ्रष्टाता खुलासा गर्नुहुन्छ।
हामी परमेश्वरका पाइलाहरू पछ्याउँछौँ र स्वर्गको राज्यको भोजमा सहभागी हुन्छौँ।
आमुन्नेसामुन्ने भई, हामी परमेश्वरको देखा पराइलाई हेर्छौं।
परमेश्वरको स्वभाव कृपालु छ, र यो धर्मी र प्रतापी छ।
प्रशंसा गर र खुसी होओ! परमेश्वर विजयी भएर फर्कनुभएको छ!
२
हामी परमेश्वरका वचनहरू खान्छौँ र पिउँछौँ, परमेश्वरलाई प्रार्थना गर्छौँ
र हामीसँग हृदयमा शक्ति छ।
सत्यतालाई बुझेर हामी प्रस्ट भएका छौँ र हामीले पछ्याउने मार्ग पाएका छौँ।
सत्यता अभ्यास गर्नाले र परमेश्वरलाई सन्तुष्ट पार्नले हाम्रा हृदय शान्त हुन्छन्।
हामी तब आशिषित् हुन्छौँ जब हामी परमेश्वरलाई साक्षी दिन्छौँ र उहाँलाई प्रशंसा गर्छौँ।
हामी परमेश्वरको न्याय भोग्छौँ र हाम्रो भ्रष्टता पखालिँदै छ।
परमेश्वरको धर्मी स्वभाव अत्यन्तै प्रेमिलो छ।
हामीले परमेश्वरको साँचो प्रेमको स्वाद लिएका छौँ र उहाँको महान् मुक्ति पाएका छौँ।
प्रशंसा गर र खुसी होओ! परमेश्वर विजयी भएर फर्कनुभएको छ!
३
परमेश्वरले शैतानलाई हराउनुभएको छ र विजेताहरूको एक समूह बनाउनुभएको छ।
ठूलो रातो अजिङ्गर पूर्ण रूपमा लज्जित तुल्याइएको र पराजित भएको छ।
परमेश्वरका कार्यहरू मानवजातिलाई पूर्ण रूपमा खुलासा गरिएका छन्।
हामी परमेश्वरलाई अत्यन्तै बुद्धिमान् र सर्वशक्तिमान् देख्छौँ।
परमेश्वरको मुक्तिको अनुग्रह विशाल छ।
पूर्ण विश्वस्त भई, हामी आराधनामा झुक्छौँ।
हामीलाई मुक्ति दिनुभएकोमा परमेश्वरको न्याय र शुद्धिकरणलाई धन्यवाद।
प्रशंसा गर र खुसी होओ! परमेश्वर विजयी भएर फर्कनुभएको छ!
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू