Christian Dance | आखिरी दिनहरूको ख्रीष्टलाई पछ्याउन पाउँदा हामी निकै आशिषित छौँ | Praise Song
2 नोभेम्बर 2024
१
हामी आखिरी दिनहरूको ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउँछौँ।
हामी हरेक दिन उहाँको वचन खान्छौँ र पिउँछौँ र तिनको आनन्द उठाउँछौँ।
हामीले जीवित पानीको मलजल प्राप्त गर्छौँ र हामी स्वर्गको राज्यको भोजमा सहभागी हुन्छौँ।
हामी राज्यमा नयाँ जीवन जिउँछौँ।
परमेश्वरका सबै वचनहरू सत्यता हुन्, र हामी जति बढी पढ्छौँ हाम्रो हृदय त्यति उज्यालो हुन्छ।
हामीले यस संसारको अन्धकार र दुष्टतालाई स्पष्ट रूपमा देख्छौँ,
र जीवनको मूल्य र अर्थ बुझ्छौँ।
हामी आफ्नो कर्तव्य पूरा गर्न र जीवनको उज्ज्वल मार्गमा हिँड्न सबथोक त्याग्छौँ।
हामी आफ्ना रित्ता र पीडादायी जीवन फाल्छौँ,
अनि स्वतन्त्र र रिहा भई परमेश्वरसामु जिउँछौँ।
हामी नयाँ गीत गाउँछौँ र नयाँ नृत्य नाच्छौँ,
र परमेश्वरलाई धन्यवाद दिन्छौँ र उहाँको प्रशंसा गर्छौँ।
परमेश्वरको वचनले हामीलाई मलजल गर्छ र खुवाउँछ, र हाम्रो जीवन निरन्तर रूपमा बढ्छ।
हामी नयाँ गीत गाउँछौँ र नयाँ नृत्य नाच्छौँ,
हामीलाई सत्यता र जीवन दिनुभएकोमा हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ।
हामी आफ्ना कर्तव्य राम्ररी पूरा गर्नेछौँ र अन्त्यसम्मै बफादार रहनेछौँ;
हामी सत्यता वास्तविकता जिउनेछौँ र परमेश्वरका अभिप्रायहरू पूरा गर्नेछौँ।
२
आखिरी दिनहरूको ख्रीष्टलाई पछ्याउन पाउँदा हामी निकै आशिषित छौँ।
उहाँको वचनले हामीलाई न्याय गर्छ, पखाल्छ र परिवर्तन गर्छ,
हामीलाई शैतानको अन्धकारको प्रभावबाट मुक्ति दिन्छ।
हामी ज्योतिमा, परमेश्वरको आमने-सामने जिउँछौँ।
परीक्षाहरू भोग्दा हामी परमेश्वरका वचनहरूद्वारा मार्गनिर्देशित हुन्छौँ,
र परमेश्वरको हृदयलाई बुझ्दै गर्दा हामी आफ्नो गवाहीमा दृढ रहन्छौँ।
सतावट, जाँच र सङ्कष्टको भोगाइमार्फत, हाम्रो आस्था र प्रेम सिद्ध पारिन्छन्।
हाम्रा अनुभवहरूमा हामी परमेश्वरको प्रेमिलो स्वभाव देख्छौँ,
र हामी उहाँप्रतिको डर र कदरले भरिन्छौँ।
हामी परमेश्वरलाई हामीलाई योजनाबद्ध गर्न दिन्छौँ र कुनै व्यक्तिगत छनोट गर्दैनौँ;
हामी मृत्युसम्मै बफादार रहनेछौँ र अन्त्यसम्मै उहाँलाई पछ्याउनेछौँ।
हामी नयाँ गीत गाउँछौँ र नयाँ नृत्य नाच्छौँ,
र परमेश्वरलाई धन्यवाद दिन्छौँ र उहाँको प्रशंसा गर्छौँ।
हामी परमेश्वरद्वारा पखालिएका र मुक्ति दिइएका छौँ, त्यो पूर्णतः परमेश्वरको अनुग्रह र आशिष् हो।
हामी नयाँ गीत गाउँछौँ र नयाँ नृत्य नाच्छौँ,
सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउँदा हामीले अत्यन्तै धेरै प्राप्ति गर्छौँ।
हामी आफ्नो सम्पूर्ण अस्तित्व अर्पण गर्छौँ र परमेश्वरप्रति आफूलाई समर्पित गर्छौँ।
हामी अनन्तका लागि परमेश्वरलाई प्रेम गर्नेछौँ र उहाँमा समर्पित हुनेछौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू