Christian Dance | आखिरी दिनहरूको ख्रीष्टलाई पछ्याउन पाउँदा हामी निकै आशिषित छौँ | Praise Song

2 नोभेम्बर 2024

हामी आखिरी दिनहरूको ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउँछौँ।

हामी हरेक दिन उहाँको वचन खान्छौँ र पिउँछौँ र तिनको आनन्द उठाउँछौँ।

हामीले जीवित पानीको मलजल प्राप्त गर्छौँ र हामी स्वर्गको राज्यको भोजमा सहभागी हुन्छौँ।

हामी राज्यमा नयाँ जीवन जिउँछौँ।

परमेश्‍वरका सबै वचनहरू सत्यता हुन्, र हामी जति बढी पढ्छौँ हाम्रो हृदय त्यति उज्यालो हुन्छ।

हामीले यस संसारको अन्धकार र दुष्टतालाई स्पष्ट रूपमा देख्छौँ,

र जीवनको मूल्य र अर्थ बुझ्छौँ।

हामी आफ्नो कर्तव्य पूरा गर्न र जीवनको उज्ज्वल मार्गमा हिँड्न सबथोक त्याग्छौँ।

हामी आफ्ना रित्ता र पीडादायी जीवन फाल्छौँ,

अनि स्वतन्त्र र रिहा भई परमेश्‍वरसामु जिउँछौँ।

हामी नयाँ गीत गाउँछौँ र नयाँ नृत्य नाच्छौँ,

र परमेश्‍वरलाई धन्यवाद दिन्छौँ र उहाँको प्रशंसा गर्छौँ।

परमेश्‍वरको वचनले हामीलाई मलजल गर्छ र खुवाउँछ, र हाम्रो जीवन निरन्तर रूपमा बढ्छ।

हामी नयाँ गीत गाउँछौँ र नयाँ नृत्य नाच्छौँ,

हामीलाई सत्यता र जीवन दिनुभएकोमा हामी परमेश्‍वरलाई धन्यवाद दिन्छौँ।

हामी आफ्ना कर्तव्य राम्ररी पूरा गर्नेछौँ र अन्त्यसम्मै बफादार रहनेछौँ;

हामी सत्यता वास्तविकता जिउनेछौँ र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्नेछौँ।

आखिरी दिनहरूको ख्रीष्टलाई पछ्याउन पाउँदा हामी निकै आशिषित छौँ।

उहाँको वचनले हामीलाई न्याय गर्छ, पखाल्छ र परिवर्तन गर्छ,

हामीलाई शैतानको अन्धकारको प्रभावबाट मुक्ति दिन्छ।

हामी ज्योतिमा, परमेश्‍वरको आमने-सामने जिउँछौँ।

परीक्षाहरू भोग्दा हामी परमेश्‍वरका वचनहरूद्वारा मार्गनिर्देशित हुन्छौँ,

र परमेश्‍वरको हृदयलाई बुझ्दै गर्दा हामी आफ्नो गवाहीमा दृढ रहन्छौँ।

सतावट, जाँच र सङ्कष्टको भोगाइमार्फत, हाम्रो आस्था र प्रेम सिद्ध पारिन्छन्।

हाम्रा अनुभवहरूमा हामी परमेश्‍वरको प्रेमिलो स्वभाव देख्छौँ,

र हामी उहाँप्रतिको डर र कदरले भरिन्छौँ।

हामी परमेश्‍वरलाई हामीलाई योजनाबद्ध गर्न दिन्छौँ र कुनै व्यक्तिगत छनोट गर्दैनौँ;

हामी मृत्युसम्मै बफादार रहनेछौँ र अन्त्यसम्मै उहाँलाई पछ्याउनेछौँ।

हामी नयाँ गीत गाउँछौँ र नयाँ नृत्य नाच्छौँ,

र परमेश्‍वरलाई धन्यवाद दिन्छौँ र उहाँको प्रशंसा गर्छौँ।

हामी परमेश्‍वरद्वारा पखालिएका र मुक्ति दिइएका छौँ, त्यो पूर्णतः परमेश्‍वरको अनुग्रह र आशिष् हो।

हामी नयाँ गीत गाउँछौँ र नयाँ नृत्य नाच्छौँ,

सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउँदा हामीले अत्यन्तै धेरै प्राप्ति गर्छौँ।

हामी आफ्नो सम्पूर्ण अस्तित्व अर्पण गर्छौँ र परमेश्‍वरप्रति आफूलाई समर्पित गर्छौँ।

हामी अनन्तका लागि परमेश्‍वरलाई प्रेम गर्नेछौँ र उहाँमा समर्पित हुनेछौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्