Christian Song | आफ्‍नो मृत्युसैय्यामा सत्यतालाई चिन्‍दा त्यो ढिलो भइसकेको हुन्छ

10 डिसेम्बर 2021

यस मार्गमा, धेरै मानिसहरूले थुप्रै ज्ञानको कुरा गर्न सक्छन्,

तर उनीहरूको मृत्युको समयमा, उनीहरूका आँखाहरू आँसुले भरिन्छन्,

र आफ्नो जीवनकाल व्यर्थमा खेर फालेकोमा

र परिपक्‍व वृद्धावस्था शून्यतामा जिएकोमा आफैलाई घृणा गर्छन्।

उनीहरूले सिद्धान्तहरू मात्र बुझ्छन्,

तर सत्यतालाई व्यवहारमा लागू गर्न सक्दैनन् अथवा परमेश्‍वरको साक्षी हुन सक्दैनन्;

बरु, उनीहरू यत्तिकै यता उता दौडिरहन्छन्, मौरी झैँ व्यस्त हुन्छन्,

र अन्त्यमा मृत्युको छेउमा पुगेपछि मात्र

उनीहरूले आफूमा साँचो गवाहीको अभाव भएको

र उनीहरूले परमेश्‍वरलाई बिलकुल नचिनेको थाहा गर्छन्।

किन तँ समयको उपयोग गर्दैनस्

र तैँले प्रेम गरेको सत्यताको खोजी गर्दैनस्?

किन भोलिलाई कुर्छस्?

के यो धेरै ढिलो भएन र?

यदि जीवनमा तँ सत्यताको लागि

दुःख भोग्दैनस् अथवा यसलाई प्राप्‍त गर्न खोज्दैनस् भने

तँ मृत्युको घडीमा पछुताउन चाहन्छस् भन्‍ने अर्थ लाग्दैन र?

यदि त्यसो हो भने किन परमेश्‍वरमा विश्‍वास गर्छस्?

वास्तवमा, मानिसहरूले यदि अलिकति परिश्रम गरे भने पनि

सत्यतालाई अभ्यास गर्न सक्‍ने थुप्रै विषयहरू छन्

र यसरी परमेश्‍वरलाई सन्‍तुष्‍ट पार्न सक्छन्।

किनकी उनीहरूले परमेश्‍वरको खातिर काम गर्न नसकोस् भनेर

मानिसहरूका हृदयहरू दुष्‍टद्वारा नियन्त्रित छन्,

र निरन्तर रूपमा उनीहरूको शरीरको खातिर दौडधूप गर्छन्,

अन्त्यमा केही पनि प्राप्‍त गर्दैनन्।

यस कारणले, मानिसहरू निरन्तर रूपमा समस्याहरू

र कठिनाइहरूद्वारा पीडित हुन्छन्।

के यिनीहरू शैतानका यातनाहरू होइनन्?

के यो शरीरको भ्रष्‍टता होइन?

तैँले आफ्नो ओठ चलाएर परमेश्‍वरलाई मूर्ख बनाउने कोसिस गर्नु हुँदैन।

बरु, तैँले स्पष्‍ट कार्य गर्नुपर्छ।

आफैलाई धोका नदे—त्यसको अर्थ के हुन सक्छ?

आफ्नो शरीरको खातिर जिएर फाइदा र प्रसिद्धिको लागि सङ्घर्ष गरेर तैँले के प्राप्‍त गर्न सक्छस्?

किन तँ समयको उपयोग गर्दैनस्

र तैँले प्रेम गरेको सत्यताको खोजी गर्दैनस्?

किन भोलिलाई कुर्छस्?

के यो धेरै ढिलो भएन र?

यदि जीवनमा तँ सत्यताको लागि

दुःख भोग्दैनस् अथवा यसलाई प्राप्‍त गर्न खोज्दैनस् भने

तँ मृत्युको घडीमा पछुताउन चाहन्छस् भन्‍ने अर्थ लाग्दैन र?

यदि त्यसो हो भने किन परमेश्‍वरमा विश्‍वास गर्छस्?

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्