Christian Song | साँचो प्रार्थना

29 जुलाई 2021

साँचो प्रार्थना भनेको तेरो हृदयमा के छ सो परमेश्‍वरलाई बताउनु,

परमेश्‍वरको इच्छालाई बुझेर उहाँसँग कुराकानी गर्नु,

परमेश्‍वरसँग उहाँको वचनको माध्यमबाट कुराकानी गर्नु,

परमेश्‍वरसँग विशेष रूपमा घनिष्ठ भएको महसुस गर्नु,

उहाँ तेरो सामु हुनुहुन्‍छ भन्ने महसुस गर्नु,

र उहाँलाई भन्नुपर्ने केही कुरा तँसँग छ भनेर विश्‍वास गर्नु हो।

तेरो हृदयले उज्यालोले भरिएको महसुस गर्छ र तैँले परमेश्‍वर कति प्रिय हुनुहुन्छ भन्ने महसुस गर्छस्।

तैँले विशेष रूपमा प्रेरित भएको महसुस गर्छस्

तेरो हृदयले उज्यालोले भरिएको महसुस गर्छ र तैँले परमेश्‍वर कति प्रिय हुनुहुन्छ भन्ने महसुस गर्छस्।

तैँले विशेष रूपमा  प्रेरित भएको महसुस गर्छस्

र तेरो कुरा सुनेर तेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सन्तुष्टि प्राप्त हुन्छ।

तैँले बोल्‍ने शब्दहरू उनीहरूको हृदयभित्रका शब्दहरू हुन्,

उनीहरूले भन्न चाहेका शब्‍दहरू हुन् भन्‍ने तिनीहरूले महसुस गर्नेछन्,

मानौं तेरा शब्दहरू उनीहरूका आफ्नै शब्दलाई प्रतिनिधित्व गर्छ।

साँचो प्रार्थना यही नै हो।

तँ साँचो प्रार्थनामा संलग्न भएपछि,

तेरो हृदय शान्‍तिमा हुनेछ र सन्तुष्टि के हो सो जान्‍नेछ।

परमेश्‍वरलाई प्रेम गर्ने शक्ति वृद्धि हुनसक्छ,

र परमेश्‍वरलाई प्रेम गर्नु जत्तिको बहुमूल्य वा

महत्त्वको कुरा जीवनमा अरू केही छैन भन्‍ने तैँले महसुस गर्नेछस्।

यो सबैले तेरा प्रार्थनाहरू प्रभावकारी भएका छन् भन्‍ने प्रमाणित गर्छ।

प्रार्थना चलायमान हुने, कार्यविधि अनुसरण गर्ने,

वा परमेश्‍वरका वचनहरू पाठ गर्ने मात्र होइन।

भन्नुको मतलब, प्रार्थना गर्नु भनेको निश्‍चित शब्दहरू घोक्नु होइन र यो अरूको नक्कल गर्नु होइन।

प्रार्थनामा, एक व्यक्ति त्यस्तो अवस्थामा पुग्नु पर्दछ,

जहाँ आफ्नो हृदयलाई खुला राखेर परमेश्‍वरलाई प्रदान गर्न सकियोस्,

ताकि यो परमेश्‍वरद्वारा उत्प्रेरित हुन सकोस्।

यदि प्रार्थना प्रभावकारी हुनु छ भने,

यो परमेश्‍वरका वचनहरूको पठनमा आधारित हुनुपर्दछ।

परमेश्‍वरका वचनहरू भित्रबाट प्रार्थना गरेर मात्र

कुनै व्यक्तिले अझ महान् अन्तर्ज्ञान र ज्योति प्राप्त गर्न सक्दछ।

एउटा साँचो प्रार्थनाका अभिव्यक्तिहरू यस प्रकार छन्‌:

परमेश्‍वरले भन्नुभएका सबै कुराको तृष्णा गर्ने,

र यसका साथै उहाँले जुन कुरा माग गर्नुहुन्छ त्यो पूरा गर्ने चाहना गर्ने हृदय हुनु;

परमेश्‍वरले जुन कुरा घृणा गर्नुहुन्छ त्यो कुरालाई घृणा गर्नु र त्यसपछि,

यस जगमाथि टेक्दै, यसबारे केही बुझाई प्राप्त गर्नु,

र परमेश्‍वरले विस्तृत वर्णन गर्नुभएको सत्यताहरूबारे केही ज्ञान र स्पष्टता प्राप्त गर्नु।

जहाँ संकल्प, विश्‍वास, ज्ञान, र प्रार्थनाको अनुसरण गर्ने अभ्यासको मार्ग हुन्छ,

तब मात्र यसलाई साँचो प्रार्थना भन्न सकिन्छ,

र केवल यस प्रकारको प्रार्थना मात्रै प्रभावकारी हुन सक्‍छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्