Christian Dance | परमेश्वरको साँचो प्रेम | Praise Song
21 फेब्रुअरी 2025
१
आज म परमेश्वरसामु फर्किन्छु;
परमेश्वरका वचनहरूको आनन्द उठाउँदा, मेरो हृदयले अतुलनीय रूपमा मिठास महसुस गर्छ।
सत्यता बुझ्दा मेरो आत्मा आजाद हुन्छ,
र म धार्मिक कर्म-काण्डका अनुबन्ध र बन्धनहरूलाई बिदा गर्छु।
आज म परमेश्वरसामु फर्किन्छु;
परमेश्वरको न्याय भोगेर, म उहाँको स्वभाव चिन्न पुग्छु।
परमेश्वरको प्रेमिलो मुहार देख्दा,
मसँग हृदयमा भन्नलाई धेरै कुरा हुन्छन्।
म बढ्दै गर्दा मलाई पानी हाल्ने र भरणपोषण गर्ने परमेश्वरकै कोमल वचनहरू हुन्।
परमेश्वरका कठोर वचनहरूको खुलासा र न्यायले
मलाई आफैलाई चिन्ने तुल्याउँछन्।
परमेश्वरको परिवारमा हामीले आफ्ना कर्तव्यहरू पूरा गर्न सक्नु
उहाँले हामीलाई उचाल्नुभएको हो।
अहिले हामी जीवनमा सही मार्गमा हिँड्न सक्नु
परमेश्वरको आशिष् र कृपा हो।
सर्वशक्तिमान् परमेश्वर, हामी तपाईँलाई सदा प्रेम गर्नेछौँ!
ला ला ला, सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर!
ला ला ला, हाल्लेलुयाह!
२
हे परमेश्वर, तपाईँ हामीलाई साँच्चै निकै प्रेम गर्नुहुन्छ!
हरदिन हामीलाई पानी हाल्न र आपूर्ति गर्न, तपाईँ नयाँ वचनहरू बोल्नुहुन्छ।
हरदिन तपाईँका वचनहरू पढ्दा, हामी नयाँ अन्तर्दृष्टि पाउँछौँ;
हामी धेरै सत्यता बुझ्छौँ र जीवनमा बिस्तारै बढ्छौँ।
हे परमेश्वर, तपाईँ हामीलाई साँच्चै निकै प्रेम गर्नुहुन्छ!
तपाईँका वचनहरूले हाम्रो शैतानी स्वभावहरूलाई न्याय गर्छन्।
तपाईँका वचनहरू अभ्यास गरेर, हाम्रो भ्रष्टता पखालिन्छ।
हामी शैतानको प्रभावबाट उम्किन्छौँ र मुक्ति दिइएका छौँ।
दाजुभाइ-दिदीबहिनीहरू, झट्ट उठ!
हाम्रो परमेश्वरको प्रशंसा सँगै गरौँ!
हामी आज भेला हुन सक्षम छौँ;
परमेश्वरले हामीलाई प्रदान गर्नुभएको यो असल समयलाई कदर गरौँ।
देहका सबै उल्झनहरू फालौँ!
हाम्रो हृदय सन्तुष्ट हुने गरी सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गरौँ।
आफ्नो सम्पूर्ण हृदय र बलले आफ्नो कर्तव्य पूरा गरौँ;
वास्तविक कार्यहरूले परमेश्वरप्रतिको हाम्रो प्रेम देखाऔँ।
सर्वशक्तिमान् परमेश्वर, हामी तपाईँलाई सदा प्रेम गर्नेछौँ!
ला ला ला, सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर!
ला ला ला, हाल्लेलुयाह!
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू