Christian Dance | परमेश्‍वरको साँचो प्रेम | Praise Song

21 फेब्रुअरी 2025

आज म परमेश्‍वरसामु फर्किन्छु;

परमेश्‍वरका वचनहरूको आनन्द उठाउँदा, मेरो हृदयले अतुलनीय रूपमा मिठास महसुस गर्छ।

सत्यता बुझ्दा मेरो आत्मा आजाद हुन्छ,

र म धार्मिक कर्म-काण्डका अनुबन्ध र बन्धनहरूलाई बिदा गर्छु।

आज म परमेश्‍वरसामु फर्किन्छु;

परमेश्‍वरको न्याय भोगेर, म उहाँको स्वभाव चिन्न पुग्छु।

परमेश्‍वरको प्रेमिलो मुहार देख्दा,

मसँग हृदयमा भन्नलाई धेरै कुरा हुन्छन्।

म बढ्दै गर्दा मलाई पानी हाल्ने र भरणपोषण गर्ने परमेश्‍वरकै कोमल वचनहरू हुन्।

परमेश्‍वरका कठोर वचनहरूको खुलासा र न्यायले

मलाई आफैलाई चिन्ने तुल्याउँछन्।

परमेश्‍वरको परिवारमा हामीले आफ्ना कर्तव्यहरू पूरा गर्न सक्नु

उहाँले हामीलाई उचाल्नुभएको हो।

अहिले हामी जीवनमा सही मार्गमा हिँड्न सक्नु

परमेश्‍वरको आशिष् र कृपा हो।

सर्वशक्तिमान् परमेश्‍वर, हामी तपाईँलाई सदा प्रेम गर्नेछौँ!

ला ला ला, सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर!

ला ला ला, हाल्लेलुयाह!

हे परमेश्‍वर, तपाईँ हामीलाई साँच्चै निकै प्रेम गर्नुहुन्छ!

हरदिन हामीलाई पानी हाल्न र आपूर्ति गर्न, तपाईँ नयाँ वचनहरू बोल्नुहुन्छ।

हरदिन तपाईँका वचनहरू पढ्दा, हामी नयाँ अन्तर्दृष्टि पाउँछौँ;

हामी धेरै सत्यता बुझ्छौँ र जीवनमा बिस्तारै बढ्छौँ।

हे परमेश्‍वर, तपाईँ हामीलाई साँच्चै निकै प्रेम गर्नुहुन्छ!

तपाईँका वचनहरूले हाम्रो शैतानी स्वभावहरूलाई न्याय गर्छन्।

तपाईँका वचनहरू अभ्यास गरेर, हाम्रो भ्रष्टता पखालिन्छ।

हामी शैतानको प्रभावबाट उम्किन्छौँ र मुक्ति दिइएका छौँ।

दाजुभाइ-दिदीबहिनीहरू, झट्ट उठ!

हाम्रो परमेश्‍वरको प्रशंसा सँगै गरौँ!

हामी आज भेला हुन सक्षम छौँ;

परमेश्‍वरले हामीलाई प्रदान गर्नुभएको यो असल समयलाई कदर गरौँ।

देहका सबै उल्झनहरू फालौँ!

हाम्रो हृदय सन्तुष्ट हुने गरी सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गरौँ।

आफ्नो सम्पूर्ण हृदय र बलले आफ्नो कर्तव्य पूरा गरौँ;

वास्तविक कार्यहरूले परमेश्‍वरप्रतिको हाम्रो प्रेम देखाऔँ।

सर्वशक्तिमान् परमेश्‍वर, हामी तपाईँलाई सदा प्रेम गर्नेछौँ!

ला ला ला, सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर!

ला ला ला, हाल्लेलुयाह!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्