Christian Dance | सत्यता प्राप्त गर्न, हामी ख्रीष्टलाई पछ्याउँछौँ | Praise Song

30 मे 2025

मानिसको पुत्र देहधारी परमेश्‍वर हुनुहुन्छ,

उहाँ मानिसलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ र काम गर्नुहुन्छ।

सत्यताका निम्ति तिर्खाउनेहरूले परमेश्‍वरको आवाज सुन्छन्

र उहाँको सिंहासनसामु माथि उचालिन्छन्।

तिनीहरू परमेश्‍वरको वचनको आनन्द लिन्छन् र परमेश्‍वरसँग आमनेसामने हुन्छन्;

सत्यता बुझ्नु साँच्चै कत्ति मीठो कुरा हो।

परमेश्‍वरका चुनिएका मानिसहरू स्वर्गको राज्यको भोजमा सहभागी हुन्छन्

र परमेश्‍वरसामु जिउँदा, तिनीहरू अतुलनीय रूपमा हर्षित हुन्छन्।

आज हामी आखिरी दिनहरूका ख्रीष्टलाई पछ्याउन पाउँदा भाग्यमानी छौँ;

हामी साँच्चै कत्ति आशिषित छौँ!

हामी हाम्रा निष्कपट हृदयहरू अर्पण गर्छौँ र हामीसँग भएको सबै समर्पित गर्छौँ,

परमेश्‍वरलाई सन्तुष्ट पार्न सबै कुरा त्याग गर्छौँ।

परमेश्‍वरलाई प्रेम गर्न खोज्नका लागि हामीले सत्यता अभ्यास गर्नैपर्छ,

हाम्रा कर्तव्यहरू राम्ररी पूरा गर्नैपर्छ, र परमेश्‍वरको हृदयको ख्याल राख्नैपर्छ।

हामी सत्यता वास्तविकताहरूमा प्रवेश गर्नैपर्छ र मानव रूपमा जिउनैपर्छ,

त्यसरी हामीले परमेश्‍वरका प्रेम र आशिष्‌हरू प्राप्त गर्छौँ।

सर्वशक्तिमान्‌ परमेश्‍वरले अत्यन्तै धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ

र मानिसलाई अनन्त जीवनको मार्ग प्रदान गर्नुहुन्छ।

उहाँको हरेक वचन सत्यता र जीवन हो, जीवनका लागि बहुमूल्य आदर्श-वाक्य हो।

परमेश्‍वरको वचन पढेर हामी जीवनका रहस्यहरू बुझ्छौँ

र यो संसारको अन्धकारको जडलाई छर्लङ्ग देख्छौँ।

परीक्षा र सङ्कष्टहरू अनुभव गरेर, हाम्रो आस्था अझ बलियो हुन्छ;

हामी ख्रीष्टलाई पछ्याउन र सत्यता प्राप्त गर्न दृढ सङ्कल्पित छौँ।

केवल परमेश्‍वरको वचनले मानिसहरूलाई पखाल्न र मुक्ति दिन सक्छ,

र न्याय अनुभव गरेर हामी शुद्ध पारिन्छौँ।

हामी सत्यता बुझ्छौँ र परमेश्‍वरको प्रेमिलो स्वभाव देख्छौँ,

र हामी परमेश्‍वरलाई प्रेम गर्ने खोजी गर्छौँ र ज्योतिका मार्गमा हिँड्छौँ।

हामी परमेश्‍वरका निम्ति हाम्रो पूरै जीवन समर्पित गर्नेछौँ र मृत्युसम्मै उहाँप्रति बफादार रहनेछौँ,

उहाँसँग एउटै हृदयको हुनेछौँ, र उहाँको विश्‍वासपात्र बन्नेछौँ।

हामी सत्यता र जीवन प्राप्त गर्ने र परमेश्‍वरद्वारा सिद्ध पारिने चाहना गर्छौँ;

हामी सदासर्वदा परमेश्‍वरलाई प्रेम गर्नेछौँ र सदासर्वदा उहाँको गवाही दिनेछौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्