Nepali Christian Song | कष्ट र परीक्षाहरूद्वारा मात्र तिमी परमेश्‍वरलाई साँच्चै प्रेम गर्न सक्छौ

14 अगस्ट 2026

आज तँ परमेश्‍वरलाई साँच्चै कति प्रेम गर्छस्? परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूमध्ये तैँले ठ्याक्कै कति जान्दछस्? तैँले सिक्नुपर्ने पाठहरू यिनै हुन्। जब परमेश्‍वर पृथ्वीमा आइपुग्नुहुन्छ, उहाँले मानिसमा जे गर्नुभएको छ र मानिसलाई जे देख्ने तुल्याउनुभएको छ, त्यो सबै मानिसले उहाँलाई प्रेम गरोस् र साँच्चै उहाँलाई चिनोस् भनेर नै हो। मानिसले परमेश्‍वरका लागि कष्ट भोग्न सक्‍नु र यति टाढासम्‍म आउन सक्‍नु, एक हिसाबमा, परमेश्‍वरको प्रेमका कारण हो, र अर्को हिसाबमा, परमेश्‍वरको मुक्तिका कारण हो। त्यो भन्दा पनि बढी, परमेश्‍वरले मानिसमा गर्नुभएको न्याय र सजायको कामका कारण हो। यदि तिमीहरू परमेश्‍वरको न्याय, सजाय, र परीक्षाहरूरहित छौ भने, अनि यदि परमेश्‍वरले तिमीहरूलाई कष्ट भोग्ने तुल्याउनुभएको छैन भने, तिमीहरूले साँच्चै परमेश्‍वरलाई प्रेम गर्नेछैनौ।

मानिसमा परमेश्‍वरको काम जति ठूलो हुन्छ, र मानिसको कष्ट जति ठूलो हुन्छ, त्यसले परमेश्‍वरको काम कति अर्थपूर्ण छ भनी त्यत्ति नै बढी देखाउँछ, अनि मानिसको हृदय परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्न त्यति नै सक्ने हुन्छ। परमेश्‍वरलाई प्रेम गर्ने पाठ कसरी सिकिन्छ? यदि कुनै कष्ट र शोधनविना, पीडादायक परीक्षाहरूविना—त्यसमाथि, परमेश्‍वरले मानिसलाई दिनुभएका सबै कुरा अनुग्रह, प्रेमिलो दयालुपन, र कृपा मात्रै थियो भने—के तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्ने बिन्दुमा पुग्न सक्थिस्? एकातिर, परमेश्‍वरका परीक्षाका अवधिमा, मानिसले आफ्ना कमी-कमजोरीहरू थाहा पाउँछ र ऊ नगण्य, घृणायोग्य र तुच्छ छ, उसँग केही पनि छैन र ऊ केही पनि होइन भनी बुझ्छ; अर्कोतिर, परीक्षाका अवधिमा परमेश्‍वरले मानिसका लागि केही वातावरणहरू प्रबन्ध गर्नुहुन्छ, ताकि मानिस तीभित्र, परमेश्‍वरको प्रेमिलो स्वभाव अनुभव गर्न झन् बढी सक्षम होस्। त्यो पीडा ठूलो भए तापनि, र कहिलेकहीँ अपराजेय भए तापनि—चरम दुःखको तहसम्म समेत पुग्‍ने भए तापनि—त्यो अनुभव गरिसकेपछि, मानिसले उसमा भएको परमेश्‍वरको काम कति प्रेमिलो छ भनी देख्छ, अनि यसैको जगमाथि मात्र मानिसभित्र परमेश्‍वरका निम्ति साँचो प्रेमको जन्म हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्