परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४३

24 सेप्टेम्बर 2021

जब येशू आफ्नो काम गर्न आउनुभयो, यो पवित्र आत्माको निर्देशनमा थियो; उहाँले पवित्र आत्माले चाहनुभए जस्तै गर्नुभयो, पुरानो करारको व्यवस्थाको युगअनुसार वा यहोवाको कामअनुसार होइन। येशूले जुन काम गर्न आउनुभयो त्यो यहोवाको व्यवस्था वा यहोवाका आज्ञाहरू पालन गर्नुपर्ने काम थिएन, तैपनि तिनको स्रोत एउटै र उस्तै थियो। येशूले गर्नुभएको कामले येशूको नाउँलाई प्रतिनिधित्व गर्‍यो, र त्यसले अनुग्रहको युगलाई प्रतिनिधित्व गर्‍यो; यहोवाले गर्नुभएको कामको विषयमा भन्ने हो भने, त्यसले यहोवाको प्रतिनिधित्व गर्थ्यो र त्यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्थ्यो। उहाँहरूका काम दुई फरक युगहरूमा गरिएका आत्माको काम थिए। येशूले गर्नुभएको कामले अनुग्रहको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो, र यहोवाले गर्नुभएको कामले पुरानो करारको व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो। यहोवाले इस्राएल र मिश्रका मानिसहरूलाई र इस्राएल बाहिरका सबै जातिहरूलाई मात्र डोऱ्याउनुभयो। नयाँ करारको अनुग्रहको युगमा येशूले गर्नुभएको काम त्यो युगलाई डोऱ्याउनुका निम्ति परमेश्‍वरले येशूको नाउँमा गर्नुभएको काम थियो। यदि तँ येशूको काम परमप्रभुले गर्नुभएको काममा आधारित थियो, र उहाँले कुनै नयाँ काम थाल्नुभएन, उहाँले जे गर्नुभयो सबै यहोवाको वचनअनुसार, यहोवाको कामअनुसार र यशैयाका अगमवाणीहरू अनुसार थियो भनी भन्छस् भने, येशू देहधारण गर्नुभएका परमेश्‍वर बन्न सक्नुहुन्न। यदि उहाँले आफ्नो काम यस तरिकाले सञ्चालन गर्नुभएको थियो भने उहाँ एक प्रेरित वा व्यवस्थाको युगका एक सेवक मात्र हुनुहुनेथियो। यदि यो तैँले भनेको जस्तै हो भने, येशूले एउटा युग सुरु गर्न सक्नुहुने थिएन, न त उहाँले अरू कुनै काम नै गर्न सक्नुहुन्थ्यो। त्यसरी नै, पवित्र आत्माले मुख्य रूपले यहोवाद्वारा उहाँको काम गर्नुपर्दछ, अनि यहोवाविना पवित्र आत्माले कुनै नयाँ काम गर्न सक्नुहुनेथिएन। मानिसले येशूको कामलाई यस तरिकाले बुझ्नु गलत हो। यदि कुनै व्यक्तिले येशूद्वारा गरिएको काम यहोवाको वचन र यशैयाका भविष्यवाणीहरू अनुसार गरिएको थियो भनी विश्‍वास गर्दछ भने, येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो कि उहाँका भविष्यवक्ताहरूमध्ये एक हुनुहुन्थ्यो? यस धारणाअनुसार अनुग्रहको युग हुनेथिएन, र येशू परमेश्‍वरको अवतार हुन सक्नुहुन्नथियो, किनकि उहाँले गर्नुभएको कामले अनुग्रहको युगलाई प्रतिनिधित्व गर्न सक्दैनथियो र पुरानो करारको व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्नेथियो। येशू नयाँ काम गर्न, एउटा नयाँ युगको सुरु गर्न, इस्राएलमा पहिले गरिएको कामलाई तोड्न र इस्राएलमा यहोवाले गर्नुभएको कामअनुसार वा उहाँको पुराना नियमहरू वा कुनै पनि नियमअनुसार होइन, तर उहाँले गर्नुपर्ने नयाँ काम गर्न आउनुहुँदा मात्र एउटा नयाँ युग हुन सक्थ्यो। नयाँ युग सुरु गर्न परमेश्‍वर आफै आउनुहुन्छ, र त्यो युगलाई समाप्त गर्न परमेश्‍वर आफै आउनुहुन्छ। युग सुरु गर्ने र युग समाप्त गर्ने काम गर्न मानिस असक्षम छ। यदि येशू आउनुभएपछि पनि उहाँले यहोवाको कामलाई समाप्त गर्नुभएको थिएन भने त्यसले उहाँ एक साधारण मानिस मात्र हुनुहुन्थ्यो र परमेश्‍वरको प्रतिनिधित्व गर्न नसक्‍ने व्यक्ति हुनुहुन्थ्यो भन्ने प्रमाणित गर्नेथियो। वास्तवमा भन्ने हो भने, येशू आउनुभयो र यहोवाको कामलाई समाप्त गर्नुभयो, यहोवाको कामलाई निरन्तरता दिनुभयो र त्यसबाहेक आफ्नै एउटा नयाँ काम पनि गर्दैजानुभयो, ठीक यही कारणले यो एउटा नयाँ युग थियो र येशू परमेश्‍वर स्‍वयम्‌ नै हुनुहुन्थ्यो भन्ने कुरालाई यसले प्रमाणित गर्छ। उहाँहरूले कामका दुई भिन्न-भिन्न चरणहरू गर्नुभयो। एउटा चरण मन्दिरमा पूरा गरियो, र अर्को मन्दिरको बाहिर सञ्चालन गरियो। एउटा चरण व्यवस्था अनुसार मानिसको जीवन डोऱ्याउनु थियो, र अर्को पापको बलिदान चढाउनु थियो। कामका यी दुई चरणहरू स्पष्ट रूपमा फरक-फरक थिए; यसले नयाँ युगलाई पुरानोबाट छुट्ट्याउँछ, र ती दुई भिन्नाभिन्नै युग हुन् भन्नु पूर्ण रूपमा सही हुन्छ। उहाँहरूको कामको स्थान फरक थियो, र उहाँहरूको कामको विषयवस्तु फरक थियो, र उहाँहरूको कामको उद्देश्य पनि भिन्न थियो। त्यसरी नै, ती कामहरूलाई दुई युगहरूमा विभाजन गर्न सकिन्छ: नयाँ र पुरानो करार, यो भनेको नयाँ र पुरानो युग हो। जब येशू आउनुभयो उहाँ मन्दिरमा जानुभएन, जसले यहोवाको युग समाप्त भएको थियो भन्‍ने प्रमाणित गर्दछ। उहाँ मन्दिरभित्र पस्नुभएन, किनकि मन्दिरमा यहोवाको काम समाप्त भइसकेको थियो, र त्यसलाई फेरि गर्नुपर्ने आवश्यक थिएन, र त्यो फेरि गर्नु भनेको दोहोऱ्याउनु मात्रै हुनेथियो। मन्दिरलाई छोडेर, एउटा नयाँ काम सुरु गरेर अनि मन्दिरदेखि बाहिर नयाँ मार्ग सुरु गरेर मात्रै उहाँले परमेश्‍वरको कामलाई आफ्नो चरम बिन्दुमा ल्याउन सक्नुभयो। यदि उहाँ आफ्नो काम गर्न मन्दिरबाट बाहिर नजानुभएको भए, परमेश्‍वरको काम मन्दिरको जगमाथि अड्केर बस्‍नेथियो, र त्यहाँ कुनै नयाँ परिवर्तनहरू हुनेथिएन। यसैले जब येशू आउनुभयो, उहाँ मन्दिरमा प्रवेश गर्नुभएन, र उहाँले मन्दिरमा आफ्नो काम गर्नुभएन। उहाँले मन्दिरको बाहिर काम गर्नुभयो, र आफ्ना चेलाहरूलाई डोऱ्याउँदै आफ्‍नो काम स्वतन्त्र रूपले अघि बढाउनुभयो। परमेश्‍वरले आफ्नो काम गर्न मन्दिरबाट प्रस्थान गर्नुको अर्थ परमेश्‍वरसँग नयाँ योजना थियो भन्ने हुन्छ। उहाँको काम मन्दिरको बाहिर सञ्चालन हुनुपर्ने थियो, र कार्यान्वयन गर्ने तरिकामा नियन्त्रित नरहेको नयाँ कार्य हुनुपर्थ्यो। येशू आइपुग्‍नुभएपछि तुरुन्तै उहाँले पुरानो करारको युगको यहोवाको कामलाई समाप्त गर्नुभयो। उहाँहरूलाई दुई फरक नाउँले बोलाइएको भए पनि, दुवै चरणका कामहरू पूरा गर्ने एउटै आत्मा हुनुहुन्थ्यो, र गरिएको काम निरन्तर भइरहने काम थियो। जसरी नाउँ फरक थियो, र कामको विषय फरक थियो, त्यसरी नै युग पनि फरक थियो। जब यहोवा आउनुभयो, त्यो यहोवाको युग थियो, र जब येशू आउनुभयो, त्यो येशूको युग थियो। त्यसैले, हरेक आगमन सँगै, परमेश्‍वरलाई एउटा नाउँले बोलाइन्छ, उहाँले एउटा युगको प्रतिनिधित्व गर्नुहुन्छ, र नयाँ मार्ग सुरु गर्नुहुन्छ; र हरेक नयाँ मार्गमा, उहाँले नयाँ नाउँ धारण गर्नुहुन्छ, जसले परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भन्ने देखाउँदछ, र उहाँको काम कहिल्यै अगाडि बढ्नुबाट रोकिँदैन। इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्‍वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजनालाई त्यसको लक्ष्यमा पुर्‍याउनको लागि त्यो अगाडिको दिशामा बढिरहनुपर्छ। प्रत्येक दिन उहाँले नयाँ काम गर्नुपर्दछ, प्रत्येक वर्ष उहाँले नयाँ काम गर्नुपर्दछ; उहाँले नयाँ मार्गहरू सुरु गर्नुपर्दछ, नयाँ युगहरू सुरु गर्नुपर्दछ, नयाँ र अझ ठूलो काम सुरु गर्नुपर्दछ, र ती सँगसँगै नयाँ नाउँहरू र नयाँ काम ल्याउँदछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्