परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३७

16 अप्रिल 2021

परमेश्‍वरले सारा ब्रह्माण्डभरि उहाँको काम गर्नुहुन्छ। उहाँमा विश्‍वास गर्नेहरू सबैले उहाँको वचनलाई स्वीकार गर्नुपर्छ, अनि उहाँको वचन खानु र पिउनु पर्छ; परमेश्‍वरद्वारा प्रकट गरिएका चिह्नहरू र अचम्‍मका कामहरू हेरेर कोही पनि परमेश्‍वरद्वारा प्राप्त हुन सक्दैनन्। युगौंयुगभरि परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन सधैँ वचन प्रयोग गर्नुभएको छ। यसैकारण तिमीहरूले आफ्नो सम्पूर्ण ध्यान चिह्नहरू र अचम्‍मका कामहरूमा लगाउनु हुँदैन, तर परमेश्‍वरद्वारा सिद्ध बनाइने कोसिस गर्नुपर्छ। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही वचनहरू बोल्नुभयो अनि अनुग्रहको युगमा येशूले पनि धेरै वटा वचनहरू बोल्नुभयो। येशूले धेरै वचनहरू भनिसक्‍नुभएपछि, पछिबाट प्रेरितहरू र चेलाहरूले मानिसहरूलाई येशूले दिनुभएका आज्ञाहरू अनुसार अभ्यास गर्न अगुवाइ गरे अनि येशूले बोल्नुभएका वचनहरू र सिद्धान्तहरूको अनुभव गरे। आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँले मानिसलाई दबाब दिन, वा विश्‍वस्त तुल्याउन चिह्नहरू र अचम्‍मका कामहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्‍वरको शक्तिलाई स्पष्ट बनाउन सक्दैन। यदि परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरू मात्र देखाउनुभएको भए, परमेश्‍वरको वास्तविकता स्पष्ट पार्न असम्भव हुनेथियो, यसरी मानिसलाई सिद्ध बनाउन पनि असम्भव नै हुनेथियो। परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरूद्वारा मानिसलाई सिद्ध बनाउनुहुन्न, तर मानिसमा पानी हाल्न र गोठालो गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिसको पूर्ण आज्ञाकारीता र मानिसमा परमेश्‍वरको ज्ञान प्राप्त गरिन्छ। उहाँले गर्नुहुने काम र उहाँले बोल्नुहुने वचनको उद्देश्य यही नै हो। परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनका निम्ति चिह्नहरू र अचम्‍मका कामहरू देखाउने विधिको प्रयोग गर्नुहुन्न—उहाँले मानिसलाई सिद्ध पार्नको लागि वचनहरू प्रयोग गर्नुहुन्छ, र धेरै वटा फरक-फरक तरिकाहरू प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, निराकरण र काँटछाँट वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध बनाउन अनि मानिसलाई परमेश्‍वरको काम, बुद्धि र अद्भुतता ज्ञान दिन परमेश्‍वर विभिन्‍न दृष्टिकोणहरूबाट बोल्नुहुन्छ। जब परमेश्‍वरले आखिरी दिनहरूमा युगको समाप्ति गर्नुहुने समयमा मानिसलाई पूर्ण बनाइन्छ, त्यसबेला ऊ चिन्हहरू र अचम्‍मका कामहरू हेर्न योग्यको हुनेछ। जब तँ परमेश्‍वरलाई चिन्छस् र परमेश्‍वरले जे नै गर्नुभए पनि उहाँको आज्ञापालन गर्न सक्ने बन्छस्, तब चिह्नहरू र अचम्‍मका कामहरू देख्दा उहाँको विषयमा तँमा उप्रान्त कुनै धारणाहरू हुनेछैन। यस क्षणमा, तँ भ्रष्ट छस् र परमेश्‍वरको पूर्ण आज्ञा पालन गर्न असक्षम छस्—के यस्तो अवस्थामा तँ परमेश्‍वरका चिन्हहरू र अचम्‍मका कामहरू देख्‍न योग्य छस् भन्‍ने ठान्छस्? जब परमेश्‍वरले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्छ, त्यही बेला परमेश्‍वरले मानिसलाई दण्ड दिनुहुन्छ, अनि युग परिवर्तन हुन्छ, त्यसबाहेक युगको अन्त्य पनि हुन्छ। जब परमेश्‍वरको काम सामान्य रूपमा पूरा भइरहेको हुन्छ, त्यसबेला उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्न। चिन्हहरू र अचम्‍मका कामहरू देखाउनु उहाँको निम्ति हास्यास्पद रूपमा सजिलो हुन्छ, तर परमेश्‍वरको कामको सिद्धान्त त्यो होइन, न त त्यो मानिसको निम्ति परमेश्‍वरको व्यवस्थापन नै हो। यदि मानिसले चिन्हहरू र अचम्‍मका कामहरू देख्यो, र परमेश्‍वरको आत्मिक शरीर मानिसकहाँ देखा पर्‍यो भने, के सबै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नेथिएनन् र? मैले पहिलेबाटै भनेको थिएँ, कि विजेताहरूको एउटा दल पूर्वबाट जितिन्छ, ती विजेताहरू जो, महासंकष्टको बीचबाट निस्कन्छन्। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ यही हो, कि ती प्राप्त गरिएका मानिसहरूले न्याय र सजाय, निराकरण र काटछाँट र हरकिसिमका शोधनबाट भएर गएपछि मात्र साँचो रूपमा आज्ञापालन गर्न सके। यी मानिसहरूको विश्‍वास अस्पष्ट र अमूर्त हुँदैन, तर वास्तविक हुन्छ। तिनीहरूले कुनै पनि चिन्हहरू र अचम्‍मका कामहरू वा कुनै आश्‍चर्यकर्महरू देखेका हुँदैनन्; तिनीहरू कुनै बुझ्न नसकिने अक्षरहरू र सिद्धान्तहरू वा गहन अन्तर्दृष्टिहरूको बारेमा कुरा गर्दैनन्; त्यसको साटो, तिनीहरूसित वास्तविकता, परमेश्‍वरका वचनहरू र परमेश्‍वरको वास्तविकताको साँचो ज्ञान हुन्छ। के यस्तो झुण्ड परमेश्‍वरको शक्तिलाई स्पष्ट पार्न अझ बढी सक्षम हुँदैन र? आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने काम वास्तविक काम हो। येशूको युगको अवधिमा, उहाँ मानिसलाई सिद्ध बनाउन आउनुभएन, तर मानिसलाई उद्धार गर्न आउनुभयो, त्यसकारण, मानिसहरूलाई उहाँको पछि लगाउन उहाँले केही आश्‍चर्यकर्महरू गर्नुभयो। किनकि उहाँ मुख्य रूपले क्रूसीकरणको काम पूरा गर्न आउनुभएको थियो, र चिह्नहरू देखाउनु उहाँको सेवकाइको हिस्सा थिएन। त्यस्ता चिन्हहरू र अचम्‍मका कामहरू उहाँको कामलाई अझ प्रभावकारी बनाउन गरिएका थिए; ती अतिरिक्त काम थिए, र तिनले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्दैनथिए। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही चिन्हहरू र अचम्‍मका कामहरू पनि देखाउनुभयो—तर परमेश्‍वरले आज गर्नुहुने काम वास्तविक काम हो, र निश्चय पनि उहाँले अहिले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्‍न। यदि उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुभयो भने उहाँको वास्तविक काम लथालिङ्ग हुनेथियो, र उहाँले अरू थप काम गर्न सक्नुहुनेथिएन। यदि परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन वचन प्रयोग गर्छु भनी भन्‍नुभयो, तर उहाँले चिन्हहरू र अचम्‍मका कामहरू पनि देखाउनुभयो भने, के मानिसले साँच्चै उहाँमा विश्‍वास गरेको छ कि छैन भनी स्पष्ट पार्न सकिन्थ्यो? यसैले, परमेश्‍वरले त्यस्ता कार्यहरू गर्नुहुन्न। मानिसभित्र धर्म धेरै छ; परमेश्‍वर मानिसभित्र भएका सबै धार्मिक धारणाहरू र अलौकिक कुराहरूलाई रद्द गर्न अनि मानिसलाई परमेश्‍वरको वास्तविकता जनाउन आखिरी दिनहरूमा आउनुभएको छ। उहाँ परमेश्‍वरको त्यो प्रतिरूप हटाउन आउनुभएको छ, जुन अस्पष्ट र काल्पनिक छ—अर्को शब्दमा भन्ने हो भने, एउटा यस्तो परमेश्‍वरको प्रतिरूप जसको कुनै अस्तित्व नै छैन। अनि यसैले अहिले तेरो निम्ति एउटै मात्र मूल्यवान् कुरा भनेको वास्तविकताको ज्ञान प्राप्त गर्नु हो! सत्य सबै कुराभन्दा माथि हुन्छ। आज तँमा कति धेरै सत्यता छ? के चिन्हहरू र अचम्‍मका कामहरू देखाउनेहरू सबै परमेश्‍वर हुन्? दुष्टात्माहरूले पनि चिन्हहरू र अचम्‍मका कामहरू देखाउन सक्छन्; के ती सबै परमेश्‍वर हुन्? परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा मानिसले खोज्ने भनेको सत्यता हो र उसले जीवनमा खोज्‍ने कुरा जीवन हो, चिन्हहरू र अचम्‍मका कामहरू होइनन्। परमेश्‍वरमा विश्‍वास गर्ने सबैको उद्देश्य यही नै हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्