परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १५

13 अप्रिल 2021

सम्पूर्ण व्यवस्थापन कार्यभरि, सबैभन्दा महत्त्वपूर्ण काम भनेको मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्नु हो। मुख्य काम भनेको भ्रष्ट मानिसलाई पूर्ण रूपमा विजय गर्नु, यसरी विजय गरिएको मानिसको हृदयमा परमेश्‍वरप्रतिको मूल भक्तिलाई पुनर्स्थापित गर्नु र मानिसलाई सामान्य जीवन, अर्थात्, परमेश्‍वरको सृष्टिको सामान्य जीवन हासिल गर्न दिनु हो। यो काम अत्यन्तै महत्त्वपूर्ण छ र यो व्यवस्थापन कार्यको केन्द्रविन्दु हो। मुक्तिको कार्यको तीन चरणहरूमा, व्यवस्थाको युगको पहिलो चरणको कार्य व्यवस्थापन कार्यको केन्द्रविन्दुबाट निकै टाढा थियो; यसमा मुक्तिको कार्यको अलिकति स्वरूप मात्रै थियो र यो मानिसलाई शैतानको अधिकार-क्षेत्रबाट मुक्त गर्ने परमेश्‍वरको कार्यको सुरुवात थिएन। कार्यको पहिलो चरण प्रत्यक्ष रूपमा आत्माले नै गर्नुभयो किनभने, व्यवस्थाको अधीनमा व्यवस्थाको पालन गर्ने बारेमा मात्रै मानिसलाई थाहा थियो र मानिससँग त्योभन्दा बढी सत्यता थिएन, किनभने व्यवस्थाको युगको कार्यमा मानिसको स्वभावलाई परिवर्तन गर्ने कार्य मुस्किलले संलग्न थिए, शैतानको अधिकार-क्षेत्रबाट मानिसलाई कसरी मुक्त गर्ने भन्ने कार्यसँग यो सम्बन्धित हुने कुरा त परै जाओस्। यसरी परमेश्‍वरका आत्माले कार्यको यो अत्यन्तै सरल चरणलाई पूरा गर्नुभयो, जसले मानिसको भ्रष्ट स्वभावसँग कुनै सम्बन्ध राखेन। कार्यको यो चरणले व्यवस्थापनको केन्द्रविन्दुसँग त्यति सम्बन्ध राखेन र मानिसको मुक्तिको आधिकारिक कार्यसँग यसको त्यति धेरै परस्पर सम्बन्ध थिएन, त्यसकारण व्यक्तिगत रूपमा आफ्नो काम गर्नको लागि परमेश्‍वर देह बन्न आवश्यक तुल्याएन। आत्माले गर्नुभएको काम अन्तर्निहित र बुझ्न नसकिने छ र यो मानिसको लागि गहन रूपमा डरलाग्दो र उसको पहुँचले नभ्याउने छ; मुक्तिको काम प्रत्यक्ष रूपमा गर्नको लागि आत्मा उपयुक्त हुनुहुन्न र उहाँ मानिसलाई प्रत्यक्ष रूपमा जीवन दिन उपयुक्त हुनुहुन्न। मानिसको लागि सबैभन्दा उपयुक्त भनेको आत्माको कामलाई मानिसको नजिकको पहुँचमा रूपान्तरण गर्नु हो, भन्नुको अर्थ, आफ्नो काम गर्नको लागि परमेश्‍वर सामान्य, सर्वसाधारण व्यक्ति बन्नु नै मानिसको लागि सबैभन्दा उपयुक्त हो। यसको लागि आफ्नो काममा आत्माको स्थान लिन परमेश्‍वर देहधारी बन्नु आवश्यक हुन्छ र मानिसको लागि, परमेश्‍वरले काम गर्ने योभन्दा अरू कुनै उपयुक्त तरिका छैन। कार्यका यी तीन वटा चरणहरूमध्ये दुई चरणलाई देहले अघि बढाउनुहुन्छ र यी दुई चरणहरू व्यवस्थापन कार्यका मुख्य अवस्थाहरू हुन्। दुई देहधारणहरू पारस्परिक रूपमा परिपूरक छन् र तिनीहरूले एकअर्कालाई सिद्ध रूपमा परिपूर्ण गर्छन्। परमेश्‍वरको देहधारणको पहिलो चरणले दोस्रो चरणको लागि जग बसाल्यो र परमेश्‍वरका दुई देहधारणहरूले एउटै पूर्णतालाई निर्माण गर्छन् र तिनीहरू एकअर्कासँग परस्पर विरोधी छैनन् भनेर भन्न सकिन्छ। परमेश्‍वरको कार्यका यी दुई चरणहरूलाई परमेश्‍वरले आफ्नो देहधारी पहिचानमा अघि बढाउनुहुन्छ किनभने सम्पूर्ण व्यवस्थापन कार्यको लागि ती अत्यन्तै महत्त्वपूर्ण छन्। के सम्म भन्न सकिन्छ भने, परमेश्‍वरका दुई देहधारणहरूको कार्यविना, सम्पूर्ण व्यवस्थापन कार्य रोकिने थियो र मानवजातिलाई मुक्त गर्ने कार्य बकम्फुसे गफबाहेक केही पनि हुनेथिएन। यो कार्य महत्त्वपूर्ण छ कि छैन भन्ने कुरा मानवजातिका आवश्यकताहरू, मानवजातिको भ्रष्टताको वास्तविकता र शैतानको अनाज्ञाकारिता र कामप्रतिको त्यसको बाधाको गम्भीरतामा आधारित हुन्छ। कुनै कामको लागि उपयुक्त व्यक्ति को छ त्यस कुरालाई काम गर्नेले गरेको कामको प्रकृति र कामको महत्त्वको आधारमा पूर्वानुमान गरिन्छ। जब यो कामको महत्त्वको कुरा आउँछ, कार्यको कुन विधि अपनाउने हो त्यसको आधारमा—परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको काम वा देहधारी परमेश्‍वरले गर्नुभएको काम वा मानिसद्वारा गरिने काम—सुरुमा हटाइने भनेको मानिसद्वारा गरिने कार्य हो, र कामको प्रकृति र देहको कामको विरुद्धमा आत्माको कामको प्रकृतिको तुलनाको आधारमा, मानिसको लागि आत्माले प्रत्यक्ष रूपमा गर्नुहुने कामभन्दा देहले गर्ने काम नै लाभदायक छ र यसले अझै बढी फाइदाहरू प्रदान गर्छ भन्ने नै अन्तिम निर्णय हो। यो काम आत्माद्वारा गर्ने कि देहद्वारा गर्ने भन्ने बारेमा निर्णय गर्ने समयमा परमेश्‍वरले यही विचार गर्नुभयो। कार्यको हरेक चरणको महत्त्व र आधार छ। ती आधारहीन कल्पनाहरू होइनन्, न त ती मनोमानी ढङ्गले नै गरिन्छन्; तिनमा निश्चित बुद्धि छ। परमेश्‍वरको सबै कामको पछाडिको सत्यता यस्तै छ। निश्चित रूपमा, देहधारी परमेश्‍वरले मानिसको बीचमा व्यक्तिगत रूपमा काम गरिरहनुभएको बेलामा यति ठूलो काममा परमेश्‍वरको अझै धेरै योजना छ। त्यसकारण, परमेश्‍वरको बुद्धि र उहाँको अस्तित्वको सम्पूर्णता उहाँको कामको हरेक क्रियाकलाप, सोचाइ र विचारमा प्रतिबिम्बित हुन्छ; यो परमेश्‍वरको अझै ठोस र व्यवस्थित अस्तित्व हो। यी सानातिना सोचाइ र विचारहरू मानिसले कल्पना गर्न कठिन छ, मानिसले विश्‍वास गर्न कठिन छ, यसको साथै, मानिसले जान्न कठिन छ। मानिसले गर्ने काम आधारभूत सिद्धान्तको आधारमा गरिन्छ, जुन मानिसको लागि अत्यन्तै सन्तोषजनक हुन्छ। तैपनि परमेश्‍वरको कामको तुलनामा, त्यसमा अत्यन्तै धेरै भिन्नता छ; परमेश्‍वरका कर्महरू महान् र परमेश्‍वरको काम विशाल आकारको भए तापनि, तिनका पछाडि मानिसको लागि अकल्पनीय हुने धेरै साना र सटीक योजनाहरू र बन्दोबस्तहरू हुन्छन्। उहाँको कार्यको हरेक चरण सिद्धान्तको आधारमा गरिने मात्रै होइन तर हरेक चरणमा त्यस्ता धेरै कुराहरू समावेश हुन्छन् जसलाई मानव भाषाले व्यक्त गर्न सक्दैन र यी कुराहरू मानिसको लागि अदृश्य छन्। चाहे यो आत्माको काम होस् या देहधारी परमेश्‍वरको काम होस्, हरेकमा उहाँको कामका योजनाहरू समावेश हुन्छन्। उहाँले आधारहीन रूपमा काम गर्नुहुन्न र उहाँले निरर्थक काम गर्नुहुन्न। जब आत्माले प्रत्यक्ष रूपमा काम गर्नुहुन्छ, यो उहाँको लक्ष्यहरूसहित नै हुन्छ र जब उहाँ आफ्‍नो काम गर्नको लागि मानिस बन्‍नुहुन्छ (भन्नुको अर्थ, जब उहाँले आफ्‍नो बाहिरी भेषलाई रूपान्तरण गर्नुहुन्छ), यो अझै बढी उहाँको लक्ष्यहरूसहित हुन्छ। अन्यथा उहाँले किन आफ्नो पहिचानलाई सहजै परिवर्तन गर्नुहुन्थ्यो? अन्यथा उहाँ किन सहजै नीच र सताइएको ठानिने व्यक्ति बन्नुहुन्थ्यो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्