परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ९

13 अप्रिल 2021

मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने कार्य मानिसबाट लुकेको छैन, र परमेश्‍वरको आराधना गर्ने सबैले यसलाई जान्‍नुपर्छ। परमेश्‍वरले मानिसको बीचमा मुक्तिको कामका तीन चरणलाई अघि बढाइसक्‍नुभएको हुनाले, कार्यका तीन चरणमा मानिसले उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अभिव्यक्तिलाई जान्‍नुपर्छ। मानिसले गर्नैपर्ने कुरा यही नै हो। मानिसबाट परमेश्‍वरले लुकाउनुहुने कुरा मानिसले हासिल गर्न नसक्‍ने र मानिसले जान्‍नु नपर्ने कुरा हो, जबकी परमेश्‍वरले मानिसलाई देखाउनुहुने कुरा मानिसले जान्‍नुपर्ने, र मानिसमा हुनुपर्ने कुरा हो। कार्यका तीन चरणमध्ये हरेकलाई अघिल्‍लो चरणको जगमा नै अघि बढाइन्छ; यसलाई स्वतन्त्र रूपमा, मुक्तिको कामभन्दा अलग रूपमा अघि बढाइँदैन। गरिने कार्य र काममा ठूला भिन्‍नताहरू भए तापनि, मूल रूपमा यो मानवजातिको मुक्ति नै हो, र मुक्तिको कामको हरेक चरण अघिल्‍लोभन्दा अझ गहन हुन्छ। कामको हरेक चरण रद्द नगरिएको अघिल्‍लोको जगमा निरन्तर रहन्छ। यसरी, सधैँ नयाँ र कहिल्यै पुरानो नहुने आफ्‍नो काममा, परमेश्‍वरले मानिसलाई पहिले कहिल्यै व्यक्त नगरिएको आफ्‍नो स्वभावको पक्षलाई लगातार व्यक्त गरिरहनुभएको हुन्छ, र मानिसलाई सधैँ उहाँको नयाँ कार्य र उहाँको नयाँ अस्तित्व प्रकट गरिरहनुभएको हुन्छ, र पुरानो धार्मिक रक्षकले यसलाई प्रतिरोध गर्नको लागि सकेजति गर्ने र यसलाई खुलेआम विरोध गर्ने भए तापनि, परमेश्‍वरले सधैँ आफूले गर्ने अभिप्राय राख्‍नुभएको नयाँ काम गर्नुहुन्छ। उहाँको काम सधैँ परिवर्तन भइरहेको हुन्छ, र यसले गर्दा, यसले सधैँ मानिसको विरोधलाई सामना गरिरहेको हुन्छ। त्यसकारण, उहाँको कामको युग र यसलाई प्राप्त गर्नेहरू जस्तै उहाँको स्वभाव पनि सधैँ परिवर्तन भइरहेको हुन्छ। यसको साथै, मानिसको लागि पहिले गरिएको कामको विरोधाभासमा रहेको जस्तो देखिने कार्यलाई समेत त्यसको प्रतिउत्तर स्वरूप अघि बढाउँदै, उहाँले सधैँ पहिले कहिल्यै नगरिएको काम गरिरहनुभएको हुन्छ। मानिसले एउटै प्रकारको काम, वा एउटै तरिकाको अभ्यासलाई मात्रै स्वीकार गर्न सक्छ, र तीभन्दा विपरीत, वा तीभन्दा उच्‍च कार्य, वा अभ्यासको तरिकालाई स्वीकार गर्न मानिसको लागि कठिन हुन्छ। तर पवित्र आत्माले सधैँ नयाँ काम गरिरहनुभएको छ, त्यसकारण परमेश्‍वरको नयाँ कामलाई विरोध गर्नको लागि धार्मिक विशेषज्ञहरूको एकपछि अर्को समूह देखा पर्छन्। मानिससँग कसरी परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्‍न त्यसको बारेमा ज्ञान हुँदैन, र परमेश्‍वरको कार्यका सिद्धान्तहरूको ज्ञान हुँदैन, यसको साथै परमेश्‍वरले मानिसलाई मुक्ति दिने विभिन्‍न तरिकाको ज्ञान हुँदैन, ठीक यही कारणले गर्दा नै यी मानिसहरू विशेषज्ञ बनेका छन्। यसैले, यो पवित्र आत्‍माबाट आउने काम हो कि होइन, र यो परमेश्‍वर स्वयम्‌बाट आउने काम हो कि होइन सो कुरा बताउन मानिस पूर्ण रूपमा असमर्थ छ। कतिपय मानिसहरूले यस्तो मनोवृत्तिलाई पक्रिरहन्छन् कि यदि कुनै कुरा पहिले आएका वचनहरूसँग मिल्छन् भने त्यसलाई तिनीहरू स्वीकार गर्छन्, र पहिलेको कामसँग त्यसका केही भिन्‍नताहरू छन् भने, त्यसलाई तिनीहरू विरोध गर्छन् र त्यसलाई इन्कार गर्छन्। आज, के तिमीहरू सबै त्यस्ता सिद्धान्तहरू अनुसार चल्दैनौ र? तिमीहरूमा अहिलेसम्‍म मुक्तिको कामको तीन चरणले ठूलो प्रभाव पारेको छैन, र कामका अघिल्‍ला दुई चरण तिनीहरूले जान्‍नै नपर्ने भार हो भनेर विश्‍वास गर्नेहरू पनि छन्। तिनीहरू के विचार गर्छन् भने, यी चरणहरूलाई धेरै मानिसहरूका बीचमा घोषणा गरिनु हुँदैन र तिनलाई जतिसक्दो चाँडो रद्द गरिनुपर्छ, ताकि मानिसहरू कार्यका तीन चरणका अघिल्‍ला दुई चरणद्वारा विचलित नहोऊन्। कामका अघिल्‍ला दुई चरणहरूलाई चिनाउनु धेरै टाढाको कुरा हो, र परमेश्‍वरलाई चिन्‍नमा यसले कुनै सहयोग गर्दैन भन्‍ने विश्‍वास धेरैजसो मानिसहरूले गर्छन्—तिमीहरूले यही विचार गर्छौ। आज, यस्तो व्यवहार गर्नु सहि छ भन्‍ने तिमीहरू सबैले विश्‍वास गर्छौ, तर तिमीहरूले मेरो कामको महत्त्वलाई महसुस गर्ने दिन पनि आउनेछ: म महत्त्व नै नभएको कुनै पनि काम गर्दिन भन्‍ने जान। मैले तिमीहरूका सामने कार्यका तीन चरणको घोषणा गरिरहेको हुनाले, ती तिमीहरूको लागि लाभदायक हुनैपर्छ; कार्यका यी तीन चरण परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनको केन्द्रमा रहेको हुनाले, ती ब्रह्माण्डका हरेकको मुख्य ध्यानको विषय बन्‍नुपर्छ। एक दिन, तिमीहरू सबैले यो कामको महत्त्वलाई महसुस गर्नेछौ। यो जान, कि तिमीहरू परमेश्‍वरको कार्यलाई विरोध गर्छौ, वा आजको कामलाई नाप्‍नको लागि तिमीहरूका आफ्‍नै धारणाहरूको प्रयोग गर्छौ, किनभने तिमीहरूलाई परमेश्‍वरको कार्यका सिद्धान्तहरू थाहा छैन, र किनभने तिमीहरूले पवित्र आत्माको कार्यलाई रूखो तरिकाले व्यवहार गरेका हुनाले। परमेश्‍वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्‍वरको कार्य गलत भएर होइन, तर तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै अनाज्ञाकारी भएकोले यसो भएको हो। परमेश्‍वरमाथिको आफ्‍नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्‍चयताको साथ भन्‍न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू गर्ने आँट गर्छन्। तिनीहरू टिप्‍पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले इन्कार गरेर नरकको आगोद्वारा जलाउनुहुने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्‍वरको कामको बारेमा थाहा छैन, तैपनि उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्‍वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्‍न सक्छन् र? खोजी गर्ने र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ; आवेगमा आलोचना गरेर होइन तर पवित्र आत्‍माको अन्तर्दृष्टिद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ। परमेश्‍वर सम्‍बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्‍वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्‍भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने पूँजी हो, र तेरा नैतिकताहरू जति भ्रष्ट, तेरा गुणहरू जति घिन लाग्दो, र तेरो मानवता जति नीच बन्छ, तँ त्यति नै बढी परमेश्‍वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्‍वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्‍वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्‍वरसँग मिल्‍ने बन्‍नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्