परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ७

13 अप्रील 2021

कामका तीन चरणहरू परमेश्‍वरको सम्पूर्ण कामको अभिलेख हो; ती मानवजातिको निम्ति परमेश्‍वरको मुक्तिको अभिलेख हुन् र तिनीहरू काल्पनिक कुरा होइनन्। यदि तँ परमेश्‍वरको सम्पूर्ण स्वभावको ज्ञान खोज्ने इच्छा गर्छस् भने, परमेश्‍वरले गर्नुभएको कार्यको तीन चरणहरूलाई तिमीहरूले जान्नुपर्छ, यसको अलाबा, तिमीहरूले कुनै पनि चरणलाई छोड्नु हुँदैन। परमेश्‍वरलाई चिन्न चाहनेहरूले हासिल गर्नुपर्ने न्यूनतम कुरा यही हो। मानिस स्वयम्‌ले परमेश्‍वरको साँचो ज्ञान निर्माण गर्न सक्दैन। यो मानिस स्वयम्‌ले कल्पना गर्न सक्‍ने कुरा होइन, न त यो कुनै एक जनालाई गरिएको पवित्र आत्माको विशेष कृपाको परिणाम नै हो। बरु, यो त परमेश्‍वरको कामलाई अनुभव गरेपछि मानिसमा आउने ज्ञान हो र यो परमेश्‍वरको कामका तथ्यहरूलाई अनुभव गरेपछि मात्र आउने परमेश्‍वरको ज्ञान हो। यस्तो ज्ञान सहजै प्राप्त गर्न सकिँदैन, न त यो सिकाउन सकिने कुरा नै हो। यो पूर्ण रूपमा व्यक्तिगत अनुभवसँग सम्बन्धित कुरा हो। मानवजातिको निम्ति परमेश्‍वरको मुक्ति कार्यका यी तीन चरणहरूको सार हो, तैपनि मुक्तिको कामभित्र परमेश्‍वरको स्वभाव व्यक्त गरिने कामका केही विधिहरू र केही माध्यमहरू समावेश छन्। मानिसले पहिचान गर्नको लागि सबभन्दा कठिन यही हो र मानिसले बुझ्नको लागि जटिल कुरा यही हो। युगहरूको विभाजन, परमेश्‍वरको कामका परिवर्तनहरू, कामको अवस्थितिमा हुने परिवर्तनहरू, यो कार्यको प्रापकहरूमा आउने परिवर्तन र अरू यस्तै कुराहरू सबैलाई कामको तीन चरणहरूमा समावेश गरिएका छन्। निश्‍चित रूपमा, पवित्र आत्माको काम गर्ने तरिकामा भिन्नता, साथै परमेश्‍वरको स्वभाव, स्वरूप, नाउँ, पहिचान वा अन्य परिवर्तनहरूमा हुने बदलावहरू सबै कार्यको तीन चरणहरूका हिस्सा हुन्। कामको एउटा चरणले एक भागको मात्र प्रतिनिधित्व गर्न सक्छ, र यो निश्‍चित क्षेत्रभित्र सीमित हुन्छ। अन्य पक्षहरूको त कुरै छोडौं, यसले युगहरूको विभाजन वा परमेश्‍वरको काममा परिवर्तनलाई पनि समेट्दैन। यो स्पष्ट तथ्य हो। कामका तीन चरणहरू परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने कामको पूर्णता हो। मुक्तिको काममा परमेश्‍वरले गर्नुहुने काम र परमेश्‍वरको स्वभावलाई मानिसले जान्नुपर्छ; यो तथ्य विना, परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान खोक्रा शब्दहरू बाहेक अरू केही पनि होइन, यो अव्यवहारिक धर्माध्यक्षताभन्दा केही पनि होइन। यस्तो ज्ञानले न त मानिसलाई विश्‍वस्त पार्छ न जित्न नै सक्छ; यो यथार्थतासँग मेल खाँदैन, र यो सत्य होइन। यो कानको निम्ति प्रचुर र प्रसन्न तुल्याउने कुरा हुनसक्छ, तर यदि यो परमेश्‍वरको निहित स्वभावसँग मेल खाँदैन भने, परमेश्‍वरले तँलाई छोड्नुहुनेछैन। उहाँले तेरो ज्ञानको सराहना मात्र गर्नुहुनेछैन तर उहाँको निन्दा गर्ने पापी भएकोमा उहाँले तँलाई प्रतिशोध पनि लिनुहुनेछ। परमेश्‍वरलाई चिन्ने सम्‍बन्धी शब्दहरूलाई हल्का रूपमा बोलिँदैन। तँ वाक्पटु र सुवक्ता नै भए पनि र तँ सेतोलाई कालो र कालोलाई सेतो बनाउने गरी चतुर नै भए तापनि परमेश्‍वरको ज्ञानको बारे बताउनु पर्दा तँ आफ्नो गहनताभन्दा बाहिर हुनेछस्। परमेश्‍वर तिमीहरूले सुझबुझविना नै न्याय गर्न सक्‍ने वा अकस्मात् रूपमा प्रशंसा गर्न सक्‍ने वा बेपर्बाही रूपमा बदनाम गर्न सक्‍ने कुनै व्यक्ति हुनुहुन्‍न। तैँले कुनै वा हरेकको प्रशंसा गर्छस्, तैपनि परमेश्‍वरको महान् अनुग्रहको वर्णन गर्नलाई सही शब्द पाउन तँलाई गाह्रो हुन्छ—हरेक हरुवाले यही महसुस गर्न पुग्छ। परमेश्‍वरको बारे वर्णन गर्न सक्‍ने धेरै भाषिक विशेषज्ञहरू भए तापनि तिनीहरूले वर्णन गरेका कुराहरू भनेका परमेश्‍वरका मानिसहरूले बताएको सत्यताको सय भागको एक भाग मात्र हुन्, तिनीहरूसँग सीमित शब्दावलीहरू हुने भए तापनि, प्रयोग गर्नलाई प्रचुर अनुभव उपलब्ध हुन्छ। यसैले परमेश्‍वरको ज्ञान शब्दहरूको चलाकीपूर्ण प्रयोगमा होइन सत्यता र यथार्थतामा रहन्छ अनि मानिसको ज्ञान र परमेश्‍वरको ज्ञान पूर्ण रूपमा असम्बन्धित कुराहरू हुन् भन्ने देख्न सकिन्छ। परमेश्‍वरलाई चिन्ने पाठ मानवजातिको कुनै पनि प्राकृतिक विज्ञानभन्दा उच्च छ। यो परमेश्‍वरलाई जान्न खोज्ने अत्यन्त थोरै मानिसले मात्र हासिल गर्न सक्ने पाठ हो र यसलाई कुनै पनि प्रतिभावान् मानिसले हासिल गर्न सक्दैन। त्यसैले, तिमीहरूले परमेश्‍वरलाई चिन्ने र सत्यता अनुसरण गर्ने कुरालाई बालकले पनि हासिल गर्न सक्ने कुराको रूपमा हेर्नु हुँदैन। सायद तँ आफ्‍नो पारिवारिक जीवनमा वा आफ्नो जीविकोपार्जनमा, वा आफ्नो विवाहमा पूर्ण रूपमा सफल छस् होला, तर जब सत्यता र परमेश्‍वरलाई चिन्ने कुरा आउँछ, तब तँसित आफ्नो निम्ति देखाउने कुरा केही पनि हुँदैन र तैँले केही पनि हासिल गरेको हुँदैनस्। सत्यतालाई व्यवहारमा उतार्न तिमीहरूलाई महाकठिन हुन्छ र परमेश्‍वरलाई चिन्ने कुरा अझै ठूलो समस्यापूर्ण हुन्छ भन्न सकिन्छ। यो तिमीहरूको कठिनाइ हो र यो सारा मानवजातिले भोगेको कठिनाइ पनि हो। परमेश्‍वरलाई चिन्ने अभियानमा केही उपलब्धि हासिल गर्नेहरूमध्ये मापदण्डसम्म आइपुग्‍ने लगभग कोही पनि छैन। परमेश्‍वरलाई चिन्नुको अर्थ, वा परमेश्‍वरलाई जान्न किन आवश्यक छ वा परमेश्‍वरलाई चिन्न कुन हदसम्म हासिल गर्नुपर्छ भन्ने मानिसले जान्दैन। यो मानवजातिको निम्ति निकै अन्यौलपूर्ण कुरा हो र यो मानवजातिले सामना गर्ने सबभन्दा ठूलो अड्को हो—यो प्रश्नको जवाफ दिन सक्षम कोही पनि छैन, न त यो प्रश्‍नको जवाफ दिन नै कोही तत्पर छ, किनभने हालसम्म कुनै पनि मानवजातिले यो कार्यको अध्ययनमा कुनै सफलता हासिल गरेको छैन। सायद, मानवजातिलाई कार्यको तीन चरणहरूको अड्को प्रकट गरिँदा परमेश्‍वरलाई चिन्ने प्रतिभाशाली मानिसहरूको एउटा समूह अनुक्रममा देखा पर्नेछ। अवश्य नै, त्यही होस् भन्ने म आशा गर्छु, यसको साथै, म यो काम कार्यान्वयन गर्ने क्रममा छु र निकट भविष्यमा यस्ता धेरै प्रतिभाशाली मानिसहरू देखा परेको देख्ने आशा गर्छु। तिनीहरू कार्यका यी तीन चरणहरूको तथ्यको गवाही दिनेहरू बन्नेछन् र अवश्य नै, तिनीहरू कामको यी तीन चरणहरूको गवाही दिनमा पहिलो पनि हुनेछन्। तर परमेश्‍वरको काम अन्त हुने दिनमा यस्ता प्रतिभाशाली मानिसहरू देखा परेनन् भने वा देहधारी परमेश्‍वरले सिद्ध तुल्याएर व्यक्तिगत रूपमा स्वीकार गर्नुहुने व्यक्ति एक वा त्यस्ता मानिसहरू दुई जना मात्र भए भने त्योभन्दा अरू कष्टदायी र खेदपूर्ण कुरा केही पनि हुँदैन। तथापि, यो एक खराब घटनाको परिदृश्य मात्रै हो। मामला जेसुकै होस्, उहाँलाई साँचो रूपमा अनुसरण गर्नेले यो आशिष्‌ पाउन सक्छ भन्ने म अझै आशा गर्छु। समयको सुरुवातदेखि नै यस्तो काम कहिल्यै भएको छैन; मानव विकासको इतिहासमा यस्तो कार्य कहिल्यै पनि भएको छैन। यदि तँ परमेश्‍वरलाई चिन्नेहरूमध्ये पहिलो हुन सक्छस् भने, के यो सारा सृष्टिहरू माझ सबैभन्दा उच्च आदरको कुरा हुँदैनथ्यो र? के मानिसहरूमाझ परमेश्‍वरले कदर गर्ने अरू कुनै सृष्टि हुन्थ्यो? यस्तो काम हासिल गर्न सहज छैन, तर अझै अन्तमा इनामको कटनी गर्नेछ। तिनीहरूको लिङ्ग वा राष्ट्रियता जे भए तापनि परमेश्‍वरको ज्ञान हासिल गर्न सक्षम हुनेहरू सबैले अन्तमा परमेश्‍वरको ठूलो सम्मान प्राप्‍त गर्नेछन् र परमेश्‍वरको अधिकार हासिल गर्ने तिनीहरू मात्र हुनेछन्। आजको काम यही हो र भविष्यको काम पनि यही नै हो; ६,००० वर्षको काममा पूरा गरिने अन्तिम र सबैभन्दा उच्च काम यही हो अनि मानिसको हरेक वर्गलाई प्रकट गर्ने कामको तरीका यही हो। मानिसलाई परमेश्‍वर चिन्ने तुल्याउँदा विभिन्न वर्गका मानिसहरूलाई प्रकट गरिन्छ: परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरको आशिष्‌ पाउन र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न योग्यका हुन्छन्, जबकी परमेश्‍वरलाई नचिन्नेहरू उहाँको आशिष्‌ प्राप्‍त गर्न र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न अयोग्य हुन्छन्। परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू हुन् र परमेश्‍वरलाई नचिन्‍नेहरूलाई परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू भनी भन्‍न सकिँदैन; परमेश्‍वरका घनिष्ठ मानिसहरूले उहाँका कुनै पनि आशिष्‌हरू प्राप्‍त गर्न सक्छन्, तर उहाँसँग घनिष्ठ नभएकाहरू उहाँको कामको योग्यका हुँदैनन्। संकष्टहरू, शुद्धीकरण वा न्यायहरू यी सबै अन्तमा परमेश्‍वरको ज्ञान हासिल गर्नको निम्ति नै हुन्, ताकि मानिस परमेश्‍वरको अधीनमा रहन सकोस्। अन्तमा हासिल गरिने एक मात्र प्रभाव यही हो। कार्यको तीन चरणहरूमा कुनै पनि कुरा लुकाइँदैन र यो परमेश्‍वरसम्‍बन्धी मानिसको ज्ञानको निम्ति लाभदायक हुन्छ र मानिसलाई परमेश्‍वरको अझ पूर्ण र यसले विस्तृत ज्ञान हासिल गर्न सहायता गर्छ। यी सबै काम मानिसको लाभको निम्ति हो।

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्