Christian Dance | सत्यतालाई प्रेम गर्नेहरू आशिषित छन् | Praise Song
22 डिसेम्बर 2024
१
परमेश्वर देह बन्नुभयो र उहाँले मानवजातिलाई छुटकारा दिनुभयो,
र अहिले आखिरी दिनहरूमा, उहाँ आफ्नो न्यायको काम गर्न फेरि आउनुभएको छ।
उहाँले मानिसहरूमाझ जिउन आफूलाई विनम्र तुल्याउनुभएको छ,
ठूलो अपमान र कष्ट सहनुभएको छ।
उहाँ मानवजातिलाई मुक्ति दिन सत्यताहरू व्यक्त गर्नुहुन्छ,
मानिसहरूलाई उहाँसामु जिउने तुल्याउनुहुन्छ।
सत्यताको ज्योति मानवजातिमाझ चम्कन्छ,
हर प्रकारका मानिसहरूको भ्रष्टता र कुरूपता प्रकाश गर्छ।
परमेश्वरमा विश्वास गर्ने तैपनि उहाँको प्रतिरोध गर्ने सबैलाई
उहाँको ज्योतिमा खुलासा गरिएको छ।
सत्यतालाई प्रेम गर्नेहरू मात्र
स्वर्गको राज्यका भोजमा सहभागी भएका छन्।
२
देहमा देखा पर्नुहुने वचन महान् ज्योतिझैँ चम्कनुहुन्छ,
अन्धकारमा छामछुम गर्नेहरूमाथि चम्कनुहुन्छ।
परमेश्वरका वचनहरूको मलजल र भरणपोषण प्राप्त गर्दा,
हामी सत्यता बुझ्छौँ र परमेश्वरसामु जिउँछौँ।
हामीले कठिनाइहरू अनुभव गर्दै गर्दा, हामीलाई मार्गदर्शन दिने परमेश्वरका वचनहरू छन्,
र हामी अब उप्रान्त नकारात्मक, अलमल्ल वा असहाय महसुस गर्दैनौँ।
परमेश्वरका वचनहरूको खुलासा र न्यायले
आफैलाई चिन्न र वास्तविक पश्चात्ताप प्राप्त गर्न हामीलाई अगुवाइ गर्छ।
परमेश्वरको धार्मिकता र पवित्रता देखेर,
हामी ठूलो रातो अजिङ्गरलाई झन् बढी घृणा गर्न पुगेका छौँ।
परमेश्वरको आज्ञा स्वीकार गरेर,
हामी परमेश्वरलाई बफादारी देखाउँछौँ र उहाँको इच्छा पछ्याउन लागिपर्छौँ।
३
हामीले मुक्ति पाउनु पूर्णतः परमेश्वरको अनुग्रह हो,
किनकि मानिस साँच्चै नगण्य छ र आफैबारे घमन्ड गर्न अयोग्य छ।
सबथोक परमेश्वरलाई सुम्पँदा,
हामी गुनासोबिना उहाँलाई सबथोक योजनाबद्ध र प्रबन्ध गर्न दिन्छौँ।
हामी आफ्ना कर्तव्य व्यावहारिक र वास्तविक शैलीमा गर्छौँ,
परमेश्वरको हृदयलाई सन्तुष्ट पार्न आफ्नो निष्कपटता अर्पण गर्छौँ।
हामी राज्यको सुसमाचार फैलाउँछौँ र परमेश्वरको गवाही दिन्छौँ,
उहाँको आज्ञा पूरा गर्न आफूले सके जति गर्छौँ।
हामी नयाँ गीतहरू गाउँछौँ र नयाँ नृत्यहरू नाच्छौँ,
र परमेश्वरले सम्पन्न गर्नुभएको महान् कामका लागि उहाँको प्रशंसा गर्छौँ।
हामी सदैव परमेश्वरलाई प्रेम गर्नेछौँ र उहाँको गवाही दिनेछौँ,
र आफ्नो बाँकी जीवनभर उहाँलाई पछ्याउनेछौँ र उहाँको सेवा गर्नेछौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू