Christian Dance | परमेश्वरलाई प्रेम गर्नेहरू ज्योतिमा जिउँछन् | Praise Song
31 मे 2024
१
परमेश्वरको न्यायले मानिसको भ्रष्टता धुन्छ,
मानिसलाई ज्योति दिन्छ, मानिसलाई ज्योति दिन्छ।
हामी ज्योतिमा जिउँछौँ र परमेश्वरका वचनहरूको आनन्द उठाउँछौँ,
परमेश्वरलाई प्रशंसा गर्छौँ र साँच्चै खुसी छौँ।
परमेश्वरलाई प्रेम गर्न हामी निष्ठापूर्ण र अर्पित हुनैपर्छ,
र उहाँका अभिप्रायहरूलाई ख्याल गर्नैपर्छ।
परमेश्वरलाई प्रेम गर्दा हामी खुसी हुन्छौँ र ज्योतिमा जिउँछौँ।
स्वर्गको राज्य परमेश्वरलाई प्रेम गर्नेहरूको हो।
गाऊ र नाच! हामी भेला हुन्छौँ र परमेश्वरलाई प्रार्थना गर्छौँ, र साँच्चै खुसी छौँ!
नाच! अघि बढ! हामी परमेश्वरलाई पछ्याउँछौँ र अघि बढ्छौँ,
कहिल्यै पछाडि फर्केर हेर्दैनौँ, कहिल्यै पछाडि फर्केर हेर्दैनौँ।

२
हामी परमेश्वरका वचनहरूको न्याय र सजाय अनुभव गर्छौँ,
र परमेश्वरको धर्मी स्वभाव देख्छौँ।
हामी सत्यता अभ्यास गर्छौँ र साँच्चै पश्चात्ताप गर्छौँ,
र हाम्रा भ्रष्ट स्वभावहरू धोइन्छन्।
जीवनको मार्ग मोडै-मोडले भरिएको छ
तर हामी कहिल्यै पछि हट्नेछैनौँ, कहिल्यै पछि हट्नेछैनौँ।
हामी कठिन बाटो हिँड्छौँ र परमेश्वरका निम्ति सबथोक समर्पण गर्छौँ,
र हामी अन्तिमसम्मै वफादार रहनेछौँ।
गाऊ र नाच! हामी भेला हुन्छौँ र परमेश्वरलाई प्रार्थना गर्छौँ, र साँच्चै खुसी छौँ!
नाच! अघि बढ! हामी परमेश्वरलाई पछ्याउँछौँ र अघि बढ्छौँ,
कहिल्यै पछाडि फर्केर हेर्दैनौँ, कहिल्यै पछाडि फर्केर हेर्दैनौँ।
गाऊ र नाच! हामी भेला हुन्छौँ र परमेश्वरलाई प्रार्थना गर्छौँ, र साँच्चै खुसी छौँ!
नाच! अघि बढ! हामी परमेश्वरलाई पछ्याउँछौँ र अघि बढ्छौँ,
कहिल्यै पछाडि फर्केर हेर्दैनौँ, कहिल्यै पछाडि फर्केर हेर्दैनौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू