Nepali Christian Song | परमेश्‍वरले मुक्ति दिन चाहनुहुने मानवजाति उहाँको हृदयमा अग्रस्थानमा छ

14 अप्रिल 2026

परमेश्‍वरले मानवजातिको उहाँको व्यवस्थापन र उहाँले मानवजातिलाई दिनुहुने मुक्तिको यस घटनालाई अरू कुनै पनि कुराभन्दा बढी महत्त्वपूर्ण मान्नुहुन्छ। उहाँ यी कुराहरू केवल आफ्नो मनले मात्र गर्नुहुन्न, र केवल आफ्‍ना वचनहरूले गर्नुहुन्न, अनि त्यत्तिकै त निश्चय नै गर्नुहुन्न—उहाँ यी कुराहरू आफ्ना अभिप्रायहरूका साथ, एउटा योजना, एउटा लक्ष्य, र मानकहरूका साथ गर्नुहुन्छ। यो देख्न सकिन्छ कि मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामको यस घटनाले परमेश्‍वर र मानिस दुवैका निम्ति ठूलो महत्त्व राख्दछ। काम जतिसुकै कठिन भए पनि, यसका व्यवधानहरू जतिसुकै ठूला भए पनि, मानिसहरू जति कमजोर भए पनि, वा मानवजातिको विद्रोहीपन जति गहन भए पनि, यीमध्ये कुनै पनि परमेश्‍वरका निम्ति कठिन हुँदैनन्।

परमेश्‍वरले आफूलाई व्यस्त राख्नुहुन्छ, उहाँले आफ्नो रगत-पसिना समर्पित गर्दै हुनुहुन्छ, र उहाँ आफूले गर्न चाहनुभएको काम व्यवस्थापन गर्दै हुनुहुन्छ; उहाँले सबै कुरा प्रबन्ध पनि गरिरहनुभएको छ, र उहाँले काम गर्न चाहनुभएका ती सबै मानिस र सबै काममाथि सार्वभौमिकता राखिरहनुभएको छ—यी सबै अभूतपूर्व कुरा हुन्। मानवजातिलाई व्यवस्थापन गर्न र मुक्ति दिनका लागि यो वृहत् परियोजना गर्न परमेश्‍वरले यी विधिहरू प्रयोग गर्नुभएको र यति ठूलो मूल्य चुकाउनुभएको यो पहिलो पटक हो।

जब परमेश्‍वरले यी सबै काम गरिरहनुभएको हुन्छ, तब उहाँले अलि-अलि गर्दै, पूर्णतः आफ्नो रगत-पसिना, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँको बुद्धि तथा सर्वशक्तिमान्‌ता, र उहाँको स्वभावको हरेक पक्षलाई मानवजातिसामु व्यक्त गरिरहनुभएको र देखाइरहनुभएको हुन्छ। यी विधिहरूमा भएको अभिव्यक्ति र प्रदर्शन अभूतपूर्व छ। त्यसैले, सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरले व्यवस्थापन गर्ने र मुक्ति दिने लक्ष्य राख्नुभएका मानिसहरू बाहेक, कुनै पनि प्राणी परमेश्‍वरसित यति निकट भएका छैनन्, र कुनै पनि प्राणीको उहाँसित यस्तो घनिष्ठ सम्‍बन्ध रहेको छैन। परमेश्‍वरको हृदयमा, उहाँले व्यवस्थापन गर्न र मुक्ति दिन चाहनुभएको मानवजाति अग्रस्थानमा छ, र उहाँ यस मानवजातिलाई अरू सबथोकभन्दा बढी महत्त्व दिनुहुन्छ।

उहाँले तिनीहरूका निम्ति ठूलो मूल्य चुकाउनुभएको भए पनि, र तिनीहरूले उहाँलाई निरन्तर चोट पुर्‍याएका र उहाँविरुद्ध विद्रोह गरेका भए पनि, उहाँसँग कुनै गुनासा वा पछुतो छैनन्, उहाँ अझै पनि तिनीहरूलाई त्याग्नुहुन्न वा तिनीहरूलाई छोड्नुहुन्न, र उहाँ अनवरत रूपमा आफ्नो काम गरिरहनुहुन्छ। यस्तो किन हुन्छ भने, उहाँलाई थाहा छ कि ढिलो-चाँडो, उहाँका वचनको बोलावटप्रति मानिसहरू जाग्ने, उहाँका वचनहरूद्वारा उत्प्रेरित हुने, अनि सृष्टिका प्रभु उहाँ नै हुनुहुन्छ भनी चिन्ने, र त्यसपछि उहाँको छेउमा फर्कने दिन आउनेछ…

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्