Christian Dance | सर्वशक्तिमान् परमेश्वरका वचनहरू सबैभन्दा बहुमूल्य छन् | Praise Song
9 अप्रिल 2025
१
परमेश्वर काम गर्न देह बन्नुभएको छ,
र उहाँ हामीलाई मुक्ति दिन सत्यताहरू व्यक्त गर्नुहुन्छ।
हामी हरदिन परमेश्वरका वचनहरू खान्छौँ, पिउँछौँ, र तिनको आनन्द लिन्छौँ,
र हामी यसमा पूर्ण भरणपोषण पाउँछौँ।
न्याय, सजाय, र काटछाँटमार्फत हामी आफूलाई चिन्न पुगेका छौँ।
हाम्रा भ्रष्ट स्वभावहरू पखालिएका छन्,
र हामी क्रमिक रूपमा सत्यता वास्तविकताहरूमा प्रवेश गर्छौँ।
मान्छेमाझ काम गर्नुभएकोमा
र हामीलाई अमूल्य सत्यताहरू प्रदान गर्नुभएकोमा परमेश्वरलाई धन्यवाद होस्।
कठिनाइहरू सामना गर्नुपर्दा, हामी सत्यताको खोजी गर्छौँ,
र हामीसँग सबै कुरामा अभ्यासको मार्ग छ।
सत्यता बुझ्नाले हृदयलाई ऐनाझैँ प्रस्ट बनाउँछ,
जसले हामीलाई साँचो र झुटो अनि सही र गलत खुट्ट्याउन सक्षम बनाउँछ।
परमेश्वरका वचनहरूअनुसार जिउँदा हामी सिद्धान्तनिष्ठ बन्छौँ।
सर्वशक्तिमान् परमेश्वरका वचनहरू सबैभन्दा बहुमूल्य छन्।
२
परमेश्वरका वचनहरू अभ्यास र अनुभव गरेर म धेरै सत्यताहरू बुझ्न पुगेको छु।
मेरा कार्यहरू र आचरणबारे चिन्तन गर्दा म मेरो भ्रष्टताको सत्यता देख्छु।
म परमेश्वरसामु पछुतो मान्छु र पश्चात्ताप गर्छु;
न्याय स्विकारेर म रुपान्तरित हुन्छु।
परमेश्वरले तयार पार्नुभएका सबै भोजहरू अद्भुत छन्,
र कष्टको भोगाइमार्फत मेरो कद बढ्छ।
परमेश्वरको न्यायले मलाई मुक्ति दिएको छ,
र मेरो हृदय उहाँप्रति असीम रूपमा कृतज्ञ छ।
परमेश्वरको प्रेम अत्यन्तै साँचो र वास्तविक छ,
र म आफ्नो कर्तव्य पूरा गरेर उहाँको प्रेमको ऋण तिर्नेछु।
म सुसमाचार प्रचार गर्न आफूले सकेजति सबै गर्नेछु,
र आफ्नो जवानी समर्पित गरेकामा मलाई कुनै पछुतो हुनेछैन।
म सत्यता पछ्याउन र प्राप्त गर्न लागिपर्नेछु।
सर्वशक्तिमान् परमेश्वरका वचनहरू सबैभन्दा बहुमूल्य छन्।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू