Christian Dance | सत्यताको तुरही बजेको छ | Praise Song
16 डिसेम्बर 2024
१
आखिरी दिनहरूमा मानिसको पुत्र संसारलाई हल्लाउँदै बोल्नुहुन्छ।
उहाँ सत्यता व्यक्त गर्नुहुन्छ, अधार्मिकतालाई न्याय गर्नुहुन्छ,
मानिसलाई पखाल्नुहुछ र मुक्ति दिनुहुन्छ।
परमेश्वरका चुनिएका मानिसहरूले उहाँको आवाज सुन्छन् र उहाँसामु फर्किन्छन्।
हामी परमेश्वरका वचनहरू खान्छौँ र पिउछौँ र सत्यता बुझ्छौँ;
हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ र उहाँको प्रशंसा गर्छौँ।
व्यक्तिगत रूपमा परमेश्वरद्वारा मलजल र आपूर्ति गरिनु निकै मिठो कुरा हो।
हामीले हर्ष र खुसीका साथ प्रभुलाई स्वागत गरेका छौँ,
र हामी स्वर्गको राज्यको भोजमा सहभागी हुन्छौँ।
२
परमेश्वरका मानिसहरूले उहाँको वचन खान्छन् र पिउँछन् अनि उहाँको न्याय प्राप्त गर्छन्।
तिनीहरूका भ्रष्ट स्वभाव पखालिन्छन्, र तिनीहरू मानव रूपमा जिउँछन्।
परमेश्वरको स्वभाव पवित्र र धर्मी छ, सम्माननीय र प्रेमिलो दुवै छ।
तिनीहरू परमेश्वरको डर मान्छन् र दुष्टबाट अलग बस्छन् र परमेश्वरको धार्मिकताको प्रशंसा गर्छन्।
तिनीहरूले ख्रीष्टको गवाही दिन र राज्यको सुसमाचार फैलाउन
आफ्नो सम्पूर्ण अस्तित्व अर्पण गर्छन्।
सबै राष्ट्र र जातिहरू आराधनामा झुक्छन्, र सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छन्।
३
परमेश्वर प्रताप हुनुहुन्छ, परमेश्वर क्रोध हुनुहुन्छ,
परमेश्वरले कुनै मानव उल्लङ्घन सहनुहुन्न।
शैतान र दियाबलस आफ्नो मृत्युको कगारमा छन्,
दन्किरहेको आगोमाझ विलाप गर्दैछन्।
चीन, यो दियाबलसहरूको स्थानलाई, सजाय दिइएको छ
र यसद्वारा परमेश्वरको धार्मिकता प्रकाश हुन्छ।
जो जागेका छन् तिनीहरू परमेश्वरमा फर्किन्छन् र परमेश्वरको मुक्ति पाउँछन्।
परमेश्वरका मानिसहरूले सङ्कष्ट भोग्छन् र परमेश्वरको विजयी गवाही दिन्छन्।
सर्वशक्तिमन् साँचो परमेश्वरले शैतानलाई पराजित गर्नुभएको छ
र विजेताहरूको समूह बनाउनुभएको छ।
उहाँले महिमा प्राप्त गर्नुभएको छ।
४
परमेश्वरका वचनहरू पृथ्वीका चारै कुरामा फैलिएका छन्,
राज्य देखा परेको छ।
धार्मिकताको सूर्यले संसारलाई झकमक्क पार्छ,
र यावत् थोक नयाँ बनाइन्छन्।
परमेश्वरका वचनहरूको सत्यताले पृथ्वीमा शासन गर्छ, परमेश्वरको जित पूर्ण छ।
परमेश्वरका मानिसहरूले मानव रूप जिउँछन् र परमेश्वरका अभिप्रायहरू पूरा गर्छन्।
परमेश्वरका वचनहरूले सबै कुरा हासिल गर्छन्, उहाँको महान् काम समापन हुन्छ।
परमेश्वरका मानिसहरूले उहाँलाई आफ्ना हृदयमा प्रेम गर्छन्
र अनन्तभर उहाँको प्रशंसा गर्छन्।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू