Christian Dance | सत्यताको तुरही बजेको छ | Praise Song

16 डिसेम्बर 2024

आखिरी दिनहरूमा मानिसको पुत्र संसारलाई हल्लाउँदै बोल्नुहुन्छ।

उहाँ सत्यता व्यक्त गर्नुहुन्छ, अधार्मिकतालाई न्याय गर्नुहुन्छ,

मानिसलाई पखाल्नुहुछ र मुक्ति दिनुहुन्छ।

परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँको आवाज सुन्छन् र उहाँसामु फर्किन्छन्।

हामी परमेश्‍वरका वचनहरू खान्छौँ र पिउछौँ र सत्यता बुझ्छौँ;

हामी परमेश्‍वरलाई धन्यवाद दिन्छौँ र उहाँको प्रशंसा गर्छौँ।

व्यक्तिगत रूपमा परमेश्‍वरद्वारा मलजल र आपूर्ति गरिनु निकै मिठो कुरा हो।

हामीले हर्ष र खुसीका साथ प्रभुलाई स्वागत गरेका छौँ,

र हामी स्वर्गको राज्यको भोजमा सहभागी हुन्छौँ।

परमेश्‍वरका मानिसहरूले उहाँको वचन खान्छन् र पिउँछन् अनि उहाँको न्याय प्राप्त गर्छन्।

तिनीहरूका भ्रष्ट स्वभाव पखालिन्छन्, र तिनीहरू मानव रूपमा जिउँछन्।

परमेश्‍वरको स्वभाव पवित्र र धर्मी छ, सम्माननीय र प्रेमिलो दुवै छ।

तिनीहरू परमेश्‍वरको डर मान्छन् र दुष्टबाट अलग बस्छन् र परमेश्‍वरको धार्मिकताको प्रशंसा गर्छन्।

तिनीहरूले ख्रीष्टको गवाही दिन र राज्यको सुसमाचार फैलाउन

आफ्नो सम्पूर्ण अस्तित्व अर्पण गर्छन्।

सबै राष्ट्र र जातिहरू आराधनामा झुक्छन्, र सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर्छन्।

परमेश्‍वर प्रताप हुनुहुन्छ, परमेश्‍वर क्रोध हुनुहुन्छ,

परमेश्‍वरले कुनै मानव उल्लङ्घन सहनुहुन्न।

शैतान र दियाबलस आफ्नो मृत्युको कगारमा छन्,

दन्किरहेको आगोमाझ विलाप गर्दैछन्।

चीन, यो दियाबलसहरूको स्थानलाई, सजाय दिइएको छ

र यसद्वारा परमेश्‍वरको धार्मिकता प्रकाश हुन्छ।

जो जागेका छन् तिनीहरू परमेश्‍वरमा फर्किन्छन् र परमेश्‍वरको मुक्ति पाउँछन्।

परमेश्‍वरका मानिसहरूले सङ्कष्ट भोग्छन् र परमेश्‍वरको विजयी गवाही दिन्छन्।

सर्वशक्तिमन् साँचो परमेश्‍वरले शैतानलाई पराजित गर्नुभएको छ

र विजेताहरूको समूह बनाउनुभएको छ।

उहाँले महिमा प्राप्त गर्नुभएको छ।

परमेश्‍वरका वचनहरू पृथ्वीका चारै कुरामा फैलिएका छन्,

राज्य देखा परेको छ।

धार्मिकताको सूर्यले संसारलाई झकमक्क पार्छ,

र यावत् थोक नयाँ बनाइन्छन्।

परमेश्‍वरका वचनहरूको सत्यताले पृथ्वीमा शासन गर्छ, परमेश्‍वरको जित पूर्ण छ।

परमेश्‍वरका मानिसहरूले मानव रूप जिउँछन् र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्छन्।

परमेश्‍वरका वचनहरूले सबै कुरा हासिल गर्छन्, उहाँको महान् काम समापन हुन्छ।

परमेश्‍वरका मानिसहरूले उहाँलाई आफ्ना हृदयमा प्रेम गर्छन्

र अनन्तभर उहाँको प्रशंसा गर्छन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्