Nepali Christian Movie Trailer | इमानदारीतामा सूर्य कहिल्यै अस्ताउँदैन

1 मे 2024

वांग शिन्यु र उनका श्रीमान एउटा कपडा पसल चलाउँछन्, र सुरुमा तिनीहरूले आफ्नो पसल इमानदारी र विवेककासाथ सञ्चालन गर्ने प्रयास गरे पनि, तिनीहरूले धेरै पैसा कमाउँदैनन्, अनि तिनीहरूको जीवन निकै कठिन हुन्छ। तर जब तिनीहरूले व्यापार गर्न झूट र छलमा भर पर्ने आफ्ना साथीहरूले गाडी र घर किनेको अनि विलासी जीवन जिएको देख्छन्, तब तिनीहरूले आफूहरू पछि पर्न नचाहने निर्णय गर्छन्। आफ्ना साथीहरूद्वारा निर्देशित भएर, तिनीहरूले सामाजिक प्रचलन पछ्याउँछन् अनि झूट र ठगीसाथ व्यापार गर्न थाल्छन्। केही वर्षपछि, तिनीहरूले केही पैसा कमाए पनि तिनीहरूको विवेक प्राय: असहज हुन्छ र तिनीहरूलाई हृदयमा खोक्रो महसुस हुन्छ। त्यसपछि तिनीहरूले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको सुसमाचार स्विकार्छन्, परमेश्वरका वचन पढ्छन्, जसद्वारा तिनीहरूले परमेश्वरले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र छली मानिसहरूलाई घृणा गर्नुहुन्छ भन्ने कुरा पत्ता लगाउँछन् अनि इमानदार मानिसहरूले परमेश्वरका आशिषहरू प्राप्त गर्छन् भन्ने कुरा थाहा पाउँछन्। तर, तिनीहरूले संसारमा भएको दुष्टता र अन्धकार पनि देख्छन् अनि तिनीहरू आफूले इमानदारीतासाथ व्यापार गरेर पैसा कमाउन सक्नेछैनन्, र पैसा गुमाउने जोखिम समेत हुनेछ भन्ने चिन्ता गर्छन्, तर यदि तिनीहरूले ग्राहकहरूलाई छल्न झूट र छल प्रयोग गर्न जारी राखे भने, त्यसका लागि परमेश्वरले तिनीहरूलाई घृणा गर्नुहुनेछ भन्ने जान्दछन्…। धेरै सङ्घर्ष र असफलतापछि, तिनीहरू अन्तत: परमेश्वरका वचनहरूअनुसार इमानदार मानिस बन्ने छनोट गर्छन्, र परमेश्वरका आशिषहरू प्राप्त गर्दा चकित हुन्छन्। तिनीहरूको व्यापार फस्टाउने मात्र होइन, तिनीहरूले इमानदार मानिस बन्नुको शान्ति र सुरक्षाको पनि आनन्द उठाउँछन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्