Christian Movie Trailer | सुनारको आगो (Nepali Subtitles)

4 मार्च 2022

मण्डली अगुवा चेन सिन्जीलाई आफ्नो कर्तव्य पूरा गर्ने क्रममा सन् २००६ मा चिनियाँ कम्युनिस्ट पार्टी पुलिसले पत्ता लगाउँछ र निगरानी गर्छ। अन्त्यमा उनी मण्डली डिकन झाओ गुइलानसँगै गिरफ्तार हुन्छिन्। अन्य मण्डली अगुवाहरूबारे जानकारी प्राप्त गर्ने र मण्डलीको कोष कहाँ राखेको छ भनेर जान्ने प्रयासमा, पुलिसले सोधपुछ गर्छ र उनीहरूलाई मुख खोल्न लगाउन पिट्ने र हतकडीमा झुन्ड्याउने जस्ता युक्तिहरू समेत प्रयोग गर्छ। चेन सिन्जीले मुख खोल्न इन्कार गरेको देखेर, तिनीहरूले उनलाई सोधपुछ गर्ने गोप्य स्थानमा लान्छन्, उनको अपमान गर्न उनको सबै लुगा फुकाल्छन् र बेहोस नहोउञ्जेल उनलाई करेन्ट लगाउँछन्। आफू जीवन-मरणको दोसाँधमा परेकी महसुस भएपछि उनले आखिरी शक्ति लगाएर परमेश्‍वरलाई प्रार्थनामा पुकार्छिन्। बेहोस हुँदा, उनले स्वर्गदूतहरूको झुन्डले उनलाई प्रोत्साहन दिन परमेश्‍वरका वचनको भजन गाइरहेको देख्छिन्, जसले गर्दा उनी मृत्युको मुखबाट फिर्ता आउँछिन्। उनी आफ्नो विश्‍वासमा दृढ रहन्छिन् र शैतानलाई लज्जित पार्न परमेश्‍वरको गवाही दिने प्रतिज्ञा गर्छिन्। आफ्नो क्रूर यातना विधिहरू उनमा काम नलागेको देखेर, पुलिसले उनका श्रीमान् मार्फत उनलाई परमेश्‍वर र मण्डलीलाई धोका दिन लगाउन बलजफती गर्ने र प्रलोभनमा पार्ने प्रयास गर्छ। पुलिसले दुई पटक चेन सिन्जीको नजिक हुन र मण्डलीको जानकारी प्राप्त गर्न जासूसहरू पठाउँछ। परमेश्‍वरमा भर परेर, उनी शैतानको चालमा फस्दिनन्, तर पुलिस अझै पनि हार मान्दैन। त्यसपछि, हावाहुरी चलेको र हिउँ परेको एक दिन, तिनीहरूले चेन सिन्जी र झाओ गुइलान दुवैलाई श्रम शिविर मार्फत पुनर्शिक्षामा पठाउँछन्, जहाँ उनीहरूलाई सयौँ कैदीहरूको अगाडि आफ्नो लुगा फुकाल्न बाध्य पारिन्छ, तिनीहरूको नग्न शरीरलाई सबैको अगाडि खुलासा गरिन्छ। …

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्